काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीलाई राजनीतिक दलको मान्यता दिएको छ । दल दर्ताका लागि आयोगमा परेको निवेदनमाथि छलफल भई उक्त
पार्टीलाई राजनीतिक दलको मान्यता दिइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले सो पार्टीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ तथा अन्य प्रचलित कानुनबमोजिम आयोगमा बुझाउनुपर्ने विवरण तोकिएकै म्यादभित्र बुझाउन पनि अनुरोध गरेको छ । रासस dainiknepal

काठमाडौं, ८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ । काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा बुधबार बसेको मधेसी मोर्चाको बैठकले असोज ३ गतेलाई कालो दिवसका रुपमा मनाइ ब्ल्याक आउट गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी
दिनुभयो । ‘नयाँ संविधानले मधेसी, जनजाति र आदिवासीका मागलाई सम्बोधन गरेको छैन’, उहाँले भन्नुभयो, ‘संविधानमा हाम्रो असहमति रहेकाले संविधान जारी भएको दिन आसोज ३ गतेलाई कालो दिवसका रुपमा मनाउने निर्णय भएको छ ।’ भदौको अन्त्यसम्म संविधान संशोधनका लागि सरकारले तयारी गरिरहेका बेला मधेसी मोर्चाको यस्तो निर्णयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झट्का लाग्न सक्नेछ । मधेसी मोर्चाले तीन बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्री दाहालसँग मधेसी मोर्चाका शीर्ष नेताहरूले बिहीबार वा शुक्रबार भेट गरेर संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाउन दबाब दिने छन् । रामसपाका महासचिव झाका अनुसार तीन बुँदेको दोस्रो बुँदामा रहेका शहीद घोषणा हुन बाँकी, घाइतेको उपचार खर्च, क्षतिपूर्ति, न्यायिक आयोगको पूर्णता, राजनीतिक मुद्दा फिर्ताका लागि मधेसी मोर्चाका तर्फबाट २/३ जना सदस्य पठाएर फाइल आफै अगाडि बढाउने निर्णय पनि भएको छ । त्यसका लागि गृहमन्त्रीसँग बिहीबार नै कुरा गर्ने झाले बताउनुभयो ।dainiknepal

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) ले सरकारले संविधान संशोधन जस्तो आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण कार्य गरेको आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूत पठाई संविधान संशोधनबारे छिमेकी भारतलाई पत्र समेत पठाइएको चर्चा सार्वजनिक भएकामा चिन्ता व्यक्त गर्दै एमालेले नेपालको स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पु¥याउने तथा मुलुकको शिर निहुरिने अवस्था आउने कुनै किसिमका काम नगर्ने सरकारलाई सचेत गराएको छ । एमालेको आज सम्पन्न स्थायी समितिको ४३औँ बैठकका निर्णय सार्वजनिक गर्न पार्टीको केन्द्रीय कार्यालय धुम्मबाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारको पूर्णता नपाउँदै र परराष्ट्रमन्त्री रिक्त रहेका अवस्थामा कूटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी चीन र भारतमा प्रधानमन्त्रीद्वारा विशेष दूत खटाउने कार्य भएकामा एमालेले आलोचना गरेको हो ।
“संविधान एउटा गतिशील दस्तावेज हो । यसलाई समयसापेक्ष बनाइरहनुपर्छ तर अहिले जे आधारमा र जुन ठाउँमा संविधान संशोधनका लागि चर्चा चलाइएको छ, यो आपत्तिजनक र निरर्थक छ ।” एमालेको निर्णयमा भनिएको छ, “संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो र यहाँका राजनीतिक दलले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ । कुनै देशको अतिरिक्त चासोका आधारमा देशको मूल कानुन संशोधन हुन सक्दैन । यसले समस्यालाई बल्झाउने काम मात्र गर्छ ।” देशभित्र कुनै छलफल नै नभएर विदेशी भूमिमा गएर छलफल गरिनु आपत्तिजनक भएको भन्दै एमालेले प्रधानमन्त्रीबाट भारतलाई पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ । एमालेको बैठक गत साउन ३० गते सुरु भई यही भदौ ७ गते सम्पन्न भएको थियो । बैठकले जटिल परिस्थितिमा गठन भएको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मुलुकको विकास र जनपक्षका आधारमा युगान्तकारी भएको, तीनै तहको निर्वाचन संविधानले तोकेको समयमा गर्न र संविधान कार्यान्वयनको कार्ययोजना अघि सार्न सफल भएको ठहर गरेको छ । लोकतन्त्रको आधार र वैधता निर्वाचनबाहेक अरु हुन नसक्ने भन्दै एमालेले स्थानीय तहको पुनःसंरचना गर्दा जनभावनालाई ध्यानमा राख्दै संविधानले व्यवस्था गरेका अधिकारको अभ्यास गर्नसक्ने गरी उपर्युक्त सङ्ख्यामा स्थानीय तह निर्धारण हुनुपर्ने अडान राखेको छ । पत्रकार सम्मेलनमा सामान्य अस्वस्थ्यताका कारण पार्टी अध्यक्ष ओली अनुपस्थित हुनुभएको जानकारी दिइएको थियो । महासचिव ईश्वर पोखरेलले देश र जनताको स्वार्थलाई ध्यानमा राखेर साझा कार्यसूचीका आधारमा एमालेले आगामी दिनमा सहकार्य र प्रतिस्पर्धाका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो । पछिल्लो राजनीतिक परिस्थिति र पार्टी कामकाबारेमा आवश्यक छलफल गर्न एमाले केन्द्रीय कमिटीको सातौँ बैठक २०७३ असोज ५ मा बोलाइएको पार्टीका सचिव योगेश भट्टराईले बताउनुभयो । रासस dainiknepal

भदौ ८
काठमाडौँ- आगलागी नियन्त्रणमा सहयोग पु-याउन भारतले आज नेपाललाई १७ वटा दमकल उपहारस्वरुप प्रदान गरेको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई भारतीय राजदूत रणजीत रायले यहाँ आयोजित कार्यक्रममा ती दमकलको साँचो हस्तान्तरण गरे ।
त्यस अवसरमा मन्त्री पाण्डेले एउटा दमकलको साँचो काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई हस्तान्तरण गरे ।
मन्त्री पाण्डेले आगलागी नियन्त्रण गर्न भारत सरकारबाट प्राप्त दमकलले थप सहयोग पु¥याउने बताए ।
राजदूत रायले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दमकलकै भर पर्नुपर्ने उल्लेख गर्दै ती दमकलले प्रयोगले यस्ता कामकामा मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
हाल २१७ नगरपालिकामध्ये ७१ नगरपालिकामा १०१ बटा दमकल रहेको उक्त मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले जानकारी दिए ।
ratopati

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसले पार्टीका तर्फबाट जान बाँकी ९ जना नेताहरूको नाम मन्त्रीका लागि सिफारिस गरेको छ । सभापति शेरबहादुर देउवाले अर्जुननरसिंह केसी, बालकृष्ण खाँड, डा. प्रकाशशरण महत र जीवनबहादुर शाहीलाई मन्त्रीमा सिफारिस गरेको स्रोतले जनाएको छ ।
यी चार जना देउवा निकटका मानिन्छन् । केसीलाई शिक्षा, खाँडलाई रक्षा, डा. महतलाई परराष्ट्र र शाहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, बलबहादुर केसी र दीपक गिरीलाई मन्त्री बनाउन सिफारिस गरेका छन् । कोषाध्यक्ष यादव र जोशी मन्त्री हुने निश्चित भएपनि केसी र गिरीमध्ये कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने टुंगोमा देउवा पुगेका छैनन् । कोषाध्यक्ष यादव र जोशीमध्ये एकलाई शान्ति तथा पुनर्निर्माण र ढुंगानालाई सामान्य प्रशासन मन्त्रालय दिने तयारी भएको बुढानिलकण्ठ स्रोतले बतायो । नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा केन्द्रीय सदस्य गगन थापा मन्त्री हुने पक्का छ । थापालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । प्रभावशाली नेता खुमबहादुर खड्काको सिफारिस शंकर भण्डारीलाई भएपनि उनलाई आजै सपथ खुवाउने वा नखुवाउने भन्ने निश्चित भएको छैन् । dainiknepal

काठमाडौं, भदौ ८ । म्यानमारमा बुधबार शक्तिशाली भूकम्प गएको छ ।
नेपाली समयअनुसार बुधबार दिउँसो ४ बजेर १९ मिनेटमा म्यानमार केन्द्रबिन्दू भएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।
त्यसको धक्का बंगलादेश, भारतका विभिन्न स्थान हुँदै काठमाडौंसम्म महसुस गरिएको छ ।
भूकम्पबाट भएको कुनैपनि क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।
बुधबारै बिहान इटालीमा ६.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
imagekhabar

काठमाडौं, ७ भदौ । तातोपानीमा कागती मिसाएर खानु स्वस्थ्यका लागि निकै लाभदायक मानिन्छ । दैनिक रुपमा एक गिलास तातोपानीमा कागती मिसाएर खाँदा हाम्रो शरीरलाई निकै ठुलो फाइदा पुर्याउने गर्दछ ।
दैनिक एक गिलाँस तातोपानीमा लेमन मिसाएर खाँदा हुने फाइदाको बारेमा तपाईले कल्पना पनि गर्नु भएको छैन होला ।
यस्ता छन् कागती पानीका अचुक फाइदाहरु
१ नियमित एक गिलास तातोपानीमा कागती (लेमन) मिसाएर सेवन गर्दा दिमाग र शरिरलाई फ्रेस राख्न मद्धत गर्दछ ।
२. कागती पानी (लेमन जुस) भिटामिन ‘सि’को निकै ठुलो स्रोत हो । जसले हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमताको विकाश गर्दछ । जसले चिसोका साथै विभिन्न रोगसँग लड्ने क्षमताको विकाश गर्दछ ।
३. कागती पानीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रमा रहेको हुन्छ । जसका कारण यसको नियमित सेवनले छालालाई सँधै जवान र ताजा राख्न मद्धत गर्दछ ।
४. कागती पानीले हाम्रो मुत्र नलीलाई सफा राख्न मद्धत जसले गर्दा हाम्रो शरीरमा जम्मा भएर बसेको टक्सिनलाई बाहिर निकाल्न मद्धत गर्दछ साथै कलेजोलाई स्वच्छ राख्न मद्धत गर्दछ ।
५ कागती पानीबाट प्रशस्त मात्रमा पोटासियम प्राप्त हुन्छ जसले हाम्रो ब्रेन ( दिमाग) र शरिरका अन्य (नर्भ) ज्ञानेन्द्रीय अंगहरुको कामलाई प्रभावकारी बनाउन मद्धत गर्दछ ।
६. कागती पानीले थकान र तनावलाई कम गरि तपाईलाई नयाँ स्फुर्ति प्रदान गर्दछ ।
७. यदि तपाईले दैनिक एक गिलास तातोपानीमा लेमन मिसाएर खानुभयो भने २१ दिनमा तपाईको छालामा निकै ठुलो परिवर्तनको महशुस गर्नुहुनेछ । यसले तपाइको छालालाई ताजा र जवान देखाउँछ ।

३ भदौ, नयाँ दिल्ली।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले आज देखि उच्चस्तरीय भेटवार्ता शुरु गर्दैछन् ।
हाइ कन्फिडेन्सका साथ नयाँ दिल्ली पुगेका विशेष दुत निधीले हिँजो नै दिल्लीस्थित नेपाली दुताबासमा रात्रिभोजको आयोजना गरने निर्देशन दिएका थिए । रात्रीभोजमा भारतका विभिन्न पार्टीका नेता तथा पूर्व राजदुत एवं बरिष्ठ कुटनीतिज्ञहरुको उपस्थिति थियो ।
निधी जाने दिन नै दिल्लीस्थित नेपाली दूताबासले आयोजना गरेको रात्री भोजमा काँग्रेस आईका नेता करण सिंह, सत्तारुढ भाारतीय जनता पार्टीका नेता तरुण विजय, राष्ट्रवादी काँग्रेसका महासचिव डिपी त्रिपाठी र समाजवादी नेता सुरेन्द्र भदौरिया लगायत उपस्थित थिए । त्यस्तै भारतका पूर्व विदेश सचिव श्याम शरण, नेपालका लागि
पूर्वराजदूतहरु केभी राजन, शिव शंखर मुखर्जी, राकेश सुद, जयन्तप्रसाद र नेपालका लागि भारतका बाहलवाला राजदूत रन्जित रे सम्मका अधिकारिहरु रात्रि भोजमा उपस्थित थिए । निधीको उपस्थितिमा आयोजित रात्रि भोजमा देखिएको अभूतपूर्व उपस्थितिले भारतमा उनको भ्रमणलाई उच्च महत्व दिएको देखिएको छ । यस अघि भारतका यो स्तरका बरिष्ठ अधिकारीहरु दुताबासको रात्रि भोजमा नआएको समेत एक सहभागीले बताए । “यस अघि बरिष्ठहरुको यति ठूलो जमघट कहिल्यै देखिएको थिएन” उनले भने ।
साढे १० बजे सम्म चलेको रात्री भोजमा देखिएको माहौलले भारत प्रचण्ड सरकारसँग साँच्चिकै अगाडी बढेर सहकार्य गर्न चाहेको छ भन्ने झल्किएको त्यहाँ उपस्थित एक नेपाली अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । केही समय यता नेपालमा बढेको भारत विरोधी भावना न्यूनिकरण गर्दै नेपाल सरकारलाई सहयोग गर्नु पर्नेमा भारतीय नेता देखि कुटनीतिज्ञहरु सम्म सहमत देखिएका कारण यस्तो संकेत देखिएको उनको भनाइ छ ।
राष्ट्रपतिको भ्रमणका लागि भारतले राख्यो शर्त
दिल्ली पुगेको २४ घण्टापछि निधिले आज साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गरेर नेपाल भ्रमणको निम्तो पनि दिनेछन् । शुक्रबार साँझ राष्ट्रपति भवनमा हुने भेटमा निधिले मुखर्जीलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिने कार्यक्रम समेत रहेको छ । संविधान जारी भएको वार्षिकोत्सवको अवसरमा असोज ३ मा आयोजना गरिने विशेष कार्यक्रममा मुखर्जीलाई प्रमुख अतिथिको रुपमा सहभागि हुन सरकारका तर्फवाट निम्ता दिन लागिएको परराष्ट मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँगपनि आजै भेटदैछन । उनीसँग दिउसो हुने भेटमा नेपाल भारत सम्वन्ध लगायतका विषयमा छलफल हुने बताइएको छ । निधिले शनिबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । उपप्रधानमन्त्री निधि नेपाल सरकारको विशेष दुतका रुपमा बिहीबार नयाँदिल्ली पुगेका हुन् ।
अर्चना पनेरुको नाममा स्ट्याटस राख्दा दीपकले खाए गाली
प्रचण्डले मधेश मुद्धालाई प्राथमिकतामा राखेको भन्दै भारत खुसी रहेको बताइन्छ । यसपटक पहिलो विदेश भ्रमण भारत जाने तयारी गरेका प्रचण्डले भारतीय राष्ट्रपतिलाई संविधान जारी भएको वार्षिकोत्सवमा अतिथि बनाउन चाहेको बताइएको छ । त्यसैगरी उनले यस अघि रोकिएको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण पनि छिट्टै गराउन चाहेका छन् । प्रचण्डका विशेष दुत भारत जानु अघि भारतीय विदेशमन्त्रालयले प्रचण्ड सरकारसँग नजिक रहेर सहकार्य गर्न चाहेको भन्दै पठाएको सन्देशले प्रचण्डका विशेष दुत निधीको मिसन सफल हुने देखिएको विश्लेषकहरुले बताएका छन् ।nepaliheadlines

महरा नफर्किदै माधव नेपाल चीन तिर ! ओलीले नजान आग्रह गर्दा मानेनन् !
सरकारको विशेष दुतको रुपमा चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा चीनबाट नफर्किदै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि चीन प्रस्थान गरेकाछन् । पार्टी स्थायी समितिको बैठक छोडेर नेता नेपाल विहिवार राती चीन प्रस्थान गरेका हुन् ।
एकाविहानै प्रचण्डको उद्घोष, सिंहदरवारमै बसेर
स्थायी समितिको बैठक छोडेर चीन नजान पार्टी अध्यक्ष केपी ओलीले आग्रह गरेपनि निर्धारित कार्यक्रम भएको रद्द गर्न नमिल्दै नेपाल चीन गएको एमालेका एक स्थायी समिति सदस्यले बताए । सरकार परिवर्तन निक भयो र कसरी अगाडि बढ्ने भन्ने बारेमा विगत पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एमालेको स्थायी समितिको बैठक जारी रहेको छ ।
नेता नेपालले अध्यक्ष ओलीलाई सरकार परिवर्तन हुनुनको पछाडि ओली नै मुख्य जिम्मेवार रहेको बताउदै आएका छन् । नेपालले तीन बुँदे सहमति पालना गरेको भए अहिले प्रतिपक्ष दलको भूमिका भन्दा सरकारमा रहेर एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वय गरेर देशको समृद्धि अगाडि बढाउन सकिने बताउदै आएका छन् ।
हरेक दिन नयाँ काम, प्रचण्ड सरकार ‘हार्ड एण्ड फास्ट’ लक्ष्यमा
सरकार परिवर्तनपछि अध्यक्ष ओलीको स्थायी समिति सदस्यहरुले चर्को आलोचना गर्दै आएका छन् । ओलीले माओवादीसँग गत वैशाख २३ गते भएको तीन बुँदे सहमति पालना नगरेको भन्दै माओवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कांग्रेसको साथ लिएर नयाँ सरकार गठन गरेको छ । सरकार गठन भएको १५ दिन भन्दा बढी भइसक्दा समेत एमालेले भने सरकार किन परिवर्तन भयो भन्ने बहस चलिरहेको छ ।
ओलीलाई ठोक्ने माधव नेपाल रणनीति !
माधव नेपाल पक्षका नेताहरुले बैठक बस्यो कि ओलीलाई ठोक्ने रणनीति लिएका छन् । प्रसंग हो, साउन ३१ गते धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटिको बैठकको । बैठक प्रारम्भ हुने बित्तिकै केपी ओलीले नेपाल पक्षका नेतालाई बोल्न दिए । नेपाल पक्षले सल्लाहअनुसार नै ओलीलाई पूर्ण रुपमा ठोक्ने लक्ष्य निर्धारण गरेका थिए । नेपाल पक्षले अर्याल होटल बानेश्वरमा बसेर आवश्यक नीति तथा योजना बनाएका थिए । सोही योजनाअनुसार नै स्थायी कमिटिको बैठकमा सबैभन्दा पहिले माधव नेपालले धारणा राखे ।
एउटा खाडलः जहाँबाट वर्षेनी निस्किन्छ २ खर्व ८० करोडको हिरा
उनले भने– ‘केही मान्छेहरुले मुलुकलाई उखान टुक्कामय बनाए, हावादारी सपना बाँडे, आफूले मात्रै सबै गरेको अरुले केही नगरेको समेत भन्न भ्याए । इतिहासमा सफल प्रधानमन्त्रीको नाम लिदा मेरो नाम पनि लिइन्छ, झलनाथ जीको नाममा पनि राष्ट्रवादको छाप लागेकै छ । तर केही मान्छेहरु आफूलाई पूर्ण रुपमा आफूमात्रै पूर्ण भएको गफ लगाएर हिँडेको पनि देखिएको छ ।’
अलिक फरक रुपमा प्रस्तुत भएका नेपालले बुँदागत रुपमा ओली विरुद्ध प्रहार मात्रै गरेरनन् उखानका आधारमा चल्ने भए गठबन्धन किन नजोगाएको, प्रधानमन्त्री बनिरहन त सरकारमा सहभागी भएका अन्य दलको पनि भावना बुझ्नपर्ने थियो होला नी । सत्य निरुपण तथा मेलमिलापमा काँग्रेसका मान्छे प्रमुख छन् । सरोकार भएको पक्ष माओवादी छ, समन्वय गरेको भए राम्रै काम हुन्थ्यो, त्यसो किन नगरेको ?
बैठकमा कड्किँदै माधव नेपालले भनेका थिए, “माओवादीको एजेण्डा पनि बोक्न नहुने, उसलाई मिलाएर पनि लैजान नसक्ने जुन हुतीहार प्रवृत्ति नेतृत्वमा देखियो, त्यसैका कारण यो अराजकता सतहमा आएको हो । माओवादीलाई दोष नदिउ उ परक पार्टी हो, ऊ एमालेको भातृ संगठन होइन, तर गठबन्धन तोडिहाल्ने पक्षमा माओवादी थिएन, मैले पनि पटक पटक माओवादीका नेतासँग सम्वाद गरेको छु । उनीहरु गठबन्धनलाई थप बलियो बनाउने पक्षमा नै थिए ।”
यो पृष्ठभूमिमा माधव नेपालको चीन यात्रालाई अर्थपूर्ण मानिएको छ । त्यसमाथि सरकारका विशेष दुत बनेर चीनमा रहेका अर्थमन्त्री कृष्णबहादुर महरा नफर्किँदै माधव नेपालको यात्रा संयोग मात्र नभएको कतिपयको बुझाइ छ ।

काठमाडौं, ३ भदौ । नयाँ सरकार बनेलगत्तै दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध बनाउने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालका विशेषदूतका रूपमा उपप्रधानमन्त्री विमलेन्द्र निधि बिहीबार अपराह्न नयाँदिल्ली पुगेका छन् । निधिको भ्रमणभन्दा एक दिनपूर्व भारतीय राजदूत रञ्जित रेले निधिको यात्रामा प्रधानमन्त्री दाहाल तथा राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका मितिहरू निर्धारण हुने बताएका थिए ।
मन्त्री निधिलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीले स्वागत गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उपप्रधानमन्त्री निधिले भारतसँगको सम्बन्ध सुधारमा आफ्नो भ्रमण केन्द्रित रहेको बताए । ‘नाकाबन्दीपछि भारत र नेपालबीच देखिएको असमझदारी हटाएर सम्बन्ध सुधार्न मेरो भ्रमण केन्द्रित रहनेछ’, उनले भने । उनले नेपाल र भारतबीच द्विपक्षीय भ्रमणहरू गराउन आफ्नो भ्रमणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने र त्यसको मितिसमेत निर्धारण गर्न आफूले भ्रमणका क्रममा कोसिस गर्ने उनले बताए । प्रधानमन्त्री दाहालको भारत भ्रमण तय गर्ने विषयमा भारतीय पक्षसँग कुराकानी हुने निधिले बताए । ‘मेरो भ्रमणले नेपालभारत सम्बन्ध सुधार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु’, उनले भने । मन्त्री निधिले भारत बसाइका क्रममा भारतीय राष्ट्रपति मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र विपक्षी दल कांग्रेस आईका नेतासँग भेट्ने तय भएको छ । नेपालमा नयाँ संविधान जारी भएको वार्षिकोत्सव अर्थात् असोज ३ गतेको अवसर पारेर भारतीय राष्ट्रपतिलाई भ्रमण गराउने पक्षमा नेपाल सरकार छ । भ्रमणका क्रममा मन्त्री निधिले मधेसी दलहरूको माग सम्बोधनका लागि सरकारले चाल्ने कदमबारे समेत छलफल गर्नेछन् । निधिले शनिबार भारतीय प्रधानमन्त्री मोदी र विदेशमन्त्री स्वराजसँग अलगअलग भेट गर्नेछन् । मन्त्री निधि भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किनेछन् । नयाँ सरकारका प्राथमिकता बुझ्छौंः भारत भारतले विशेषदूत निधिको भ्रमणलाई नेपालमा बनेको नयाँ सरकारका प्राथमिकता बुझ्ने अवसरका रूपमा लिएको छ । भारतीय विदेश मन्त्रालय साउथ ब्लकमा बिहीबार आयोजित पत्रकारसम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउँदै अहिलेको सरकारसँग निकट रही काम गर्न चाहेको उल्लेख गरे । ‘प्रचण्डको नेतृत्वमा सरकार बनेयता नेपाल सरकारका तर्फबाट निधिको भ्रमण पहिलो उच्चस्तरीय सरकारी भ्रमण हो । उहाँको भ्रमणले नेपालमा बनेको नयाँ सरकारको प्राथमिकताबारे हामीलाई जानकारी लिने अवसर प्रदान गर्नेछ’, स्वरूपले भने, ‘साथै दुई देशबीचको बहुआयामिक सम्बन्धलाई कसरी थप सुदृढ गर्ने भन्ने उपायहरूका विषयमा यस भ्रमणमा छलफल हुनेछ ।’ dainiknepal

काठमाडौं, ३ साउन । संखुवासभाका एक बालकलाई हनहन्ती ज्वरो आयो । टाउको दुख्ने, जोर्नी दुख्ने समस्या सँगै देखियो । घरमै निको पार्ने प्रयासस्वरूप परिवारले उनलाई तातोपानी पिउन आग्रह गरे । अन्य घरेलु उपाय अपनाए । केही सीप नलागेपछि नजिकैको पसलबाट औषधि किनेर बालकलाई खुवाइयो ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – नतिजाको पर्खाइमा अभिभावकले कडा ज्वरो आएका ती बालकलाई सात दिनसम्म घरमै राखे । थला परेपछि मात्रै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका लागि लगियो ।
चिकित्सकले जाँचका विभिन्न उपाय अपनाउँदा पनि उपलब्धि नभएपछि उनको रगत निकालेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो । नजितामा ती बालकको रगतमा स्क्रब टाइफस रोग पुष्टि भयो । सोहीअनुसारको उपचार प्रक्रिया अघि बढाइए पनि ढिलो अस्पताल ल्याउँदा बालकले ज्यान गुमाउनु पर्यो ।
बालकको ज्यान गएपछि मात्र उनका अभिभावकले स्क्रब टाइफस कस्तो रोग हो भन्ने थाहा पाए । यो एउटा उदाहरण हो । स्क्रब टाइफसबारे जानकारी समयमै नपाउँदा वा नलिँदा अनायासै यस वर्ष अन्य दुईजनाले ज्यान गुमाउनु परेको छ । जब कि यो रोगको समयमै उपचार भयो भने निको हुन्छ ।
मुसामा पाइने किर्नाजस्तै कीरा (माइटको लार्भा)ले टोक्दा मानिसमा फैलिने उक्त रोगबाट वैशाखयता ९१ जनामा उक्त रोग पुष्टि भइसकेको छ । ‘पहिले केही थाहा थिएन । अरू नै कारणले ज्वरो आएको होला भन्ने लाग्यो र कतै गइनँ । ज्यानै जालाजस्तो भयो अनि अस्पताल आएँ,’ टेकुस्थि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एक बिरामीले भने, ‘अहिले थाहा भयो यो त निकै डरलाग्दो रोग रेहछ ।’
रोगका लक्षण
–कडाखाले ज्वरो (१०२ देखि १०५ डिग्री फरेन हाइटसम्म) आउने
–टाउकोमा धेरै दुखाइ हुने
–श्वासप्रश्वासमा समस्या पैदा हुने
–जीउ, जोर्नी र मांसपेशीमा पीडा हुने
–खोकी लाग्ने
–पेट दुख्ने र पखाला लाग्ने
–शरीरका विभिन्न भागमा गुलाबी बिमिरा देखिनु
स्क्रब टाइफसबाट बच्ने उपाय
–घरवरपर सफा राख्ने र आफूले पनि सरसफाइमा ध्यान दिने
–लामो बाउला भएको कपडा लगाउने
–मुसाबाट टाढै रहने
–सामान्य रूपमा ज्वरो आउने वा खोकी लाग्नेजस्ता समस्या देखिमा एक दुई दिन घरमै आराम गरी तातो र झोलिलो खाने ।
–त्यसो गर्दा नभए सम्बन्धित चिकित्सकको सल्लाहमा उपचार अघि बढाउने ।
–असामान्य लक्षण देखिँदा शरीरमा भएका दागहरू नियाल्ने । केहीले टोकेकोजस्तो लाग्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिने
उपचारविधि
यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र कीराले टोकेको दाग देखेर पनि गरिन्छ । रगत परीक्षणअन्तर्गत सीबीसी काउन्ट, लिभर फंग्सन टेस्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षणसमेत गर्न सकिन्छ ।
नेपालमा हाल एलाइजा टेस्टबाटै काम चलाउने गरिएको छ, जुन हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ । महाशाखाका चिकित्सक गुणनिधि शर्माका अनुसार स्क्रब टाइफसको आशंका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधि दिन सकिन्छ ।khabardabali

काठमाडौं, ३ भदौ । आन्दोलनका क्रममा मारिएका भारतीयलाई पनि सहिद घोषणा गर्न माग मोर्चाले गरे पनि सरकारले उक्त माग पुरा गरेन । गत १६ कात्तिक ०७२ मा वीरगन्जमा मारिएका भारतीय नागरिकलाई सहिद घोषणा गर्नुपर्ने मोर्चाको माग थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – उसले सरकारलाई बुझाएको ६८ जनाको सूचीमा आशिषकुमार रामको नाम छ । उनको ठेगाना भने पर्सा उल्लेख छ, तर उनी भारतीय नागरिक हुन् । सरकारले उनलाई सहिद घोषणा गरेन ।
khabardabali

काठमाडौ, ३ भदौ । सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सीमांकनको विषयमा तराईलगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनका क्रममा मारिएकामध्ये ५२ जनालाई सहिद घोषणा गरेको हो । सरकारले सहिदका परिवारलाई यसअघि नै १० लाख रुपैयाा दिने निर्णय गरिसकेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सरकारले कैलाली घटनामा मारिएका ११ प्रहरीलाई पनि सहिद घोषणा गरेको छ । मधेस आन्दोलन तथा सीमांकनको विषयमा भएका आन्दोलनका क्रममा मारिएका सर्वसाधारण ४१ र प्रहरी ११ गरी ५२ जनालाई सरकारले सहिद घोषणा गरेको हो ।
मोर्चाद्वारा सहिद घोषणा गर्न ६८ जनाको सूची
मधेसी मोर्चाले सहिद घोषणाको माग गर्दै सरकारसमक्ष यसअघि ६८ जनाको सूची बुझाएको थियो । मोर्चाले केही दिनअघि मात्रै गृहमन्त्री विमलेन्द्र निधिलाई ६८ जनाको सूची बुझाउादै उनीहरूलाई सहिद घोषणा गर्न माग गरेको थियो । तर, गृह मन्त्रालयले ५२ जनालाई मात्रै सहिद घोषणा गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको हो ।
आन्दोलनकारी को–को भए सहिद ?
राजेन्द्र (राजीव) राउत (सप्तरी), दुर्गेश यादव (भैरहवा), राजकिशोर ठाकुर (रौतहट), धर्मराज सिंह (वीरगञ्ज), दीनानाथ साह (वीरगन्ज), भोला साह (वीरगन्ज), हिफाजत मियाा (बारा), रामकृष्ण राउत (सप्तरी), रोहन चौधरी (महोत्तरी), रामविवेक यादव (महोत्तरी), अमित कापर (महोत्तरी), वीरेन्द्र बिच्छा (महोत्तरी), रामशिला मण्डल (महोत्तरी), गणेश चौधरी (महोत्तरी), नितु यादव (जनकपुर), सञ्जयकुमार चौधरी (जनकपुर), दिलीप यादव (जनकपुर), चन्दन पटेल (रुपन्देही), रञ्जना क्षेत्री (रुपन्देही), राजकुमार बरई (रुपन्देही), बिन्दु भन्ने विनोद लाकोल (रुपन्देही), नन्दनी पाण्डेय (रुपन्देही), सौमती मुराव (रुपन्देही), शत्रुधन पटेल (पर्सा), वीरेन्द्र राम (सप्तरी), नागेश्वर यादव (सप्तरी), दिलीप साह (सप्तरी), प्रमोद गुप्ता (बारा), मो. मेहरुद्दिन (रौतहट), शेष तवरेज आलम (रौतहट), द्रोपदी धानुक चौधरी (रंगेली), महादेव ऋषिदेव (रंगेली), शिवु माझी (रंगेली), राजाराम झा, यमबहादुर बिसी (सुर्खेत), टीकाराम गौतम (सुर्खेत), गोपालसिंह रजवार (सुर्खत), हरि कुँवर (जुम्ला), टेकबहादुर सावद (कैलाली), करण सिंह (बाँके) र जयप्रकाश शाह (बारा)
सुरक्षाकर्मी सहिद
एसएसपी लक्ष्मण न्यौपाने (कैलाली), इन्स्पेक्टर बलराम विष्ट (कैलाली), केशवराज बोहरा (कैलाली), लोकेन्द्र चन्द (कैलाली), रामबिहारी ठाकुर (कैलाली), ललित साउद (कैलाली), बमनबहादुर विक (महोत्तरी), जनक नेगी (कैलाली), काशीराम कामी (कैलाली), देवबहादुर पाण्डे (कैलाली) र करण सिंह (बाँके) ,।khabardabali

नयाँदिल्ली ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार सााझ नयाँदिल्ली पुगेका छन् । निधिले शुक्रबार सााझ भारतका राष्ट्रपति प्रणव मुखर्जी र शनिबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।
आजको नयाँ पत्रिका दैनिकमा नयाँदिल्लीबाट पर्शुराम काफ्लेको रिपोर्ट प्रकाशित छ– जेट एयरको उडानबाट साँझ ६ बजे दिल्ली पुगेका उपप्रधानमन्त्री निधिलाई भारतीय विदेश मन्त्रालयको उत्तरी डिभिजन (नेपाल र भुटान मामिला) प्रमुख सुधाकर दलेलाले सरकारका तर्फबाट स्वागत गरे । निधिलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत रणजित राय, नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल, कांग्रेस युवा नेता बालकृष्ण पाण्डे पनि पुगेका थिए । भारत सरकारले उनको बसोबासको व्यवस्था होटेल ताज प्यालेसमा गरेको छ ।
उपप्रधानमन्त्री निधि सााझ ८ बजे बारखम्बा रोडस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी भए । भोजमा भारतीय कंग्रेसका नेता डा. करण सिंह, पूर्वविदेशसचिव श्यामशरण, नेपालका लागि पूर्वराजदूत जयन्तप्रसाद, राकेश सुद, भाजपा नेता तरुन भिजय, सांसद डिपी त्रिपाठीलगायत सहभागी थिए ।
निधि सोमबार साँझ मात्रै स्वदेश फर्किने कार्यक्रम छ । उनीसँग काठमाडौंबाट परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना आएका छन् । औपचारिक भेटवार्ताहरूमा दिल्लीस्थित कार्यबाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाल, राजनीतिक काउन्सिलर हरि ओडारीलगायत रहनेछन् ।
अमित र मनमोहनसँग भेट्ने प्रयास
उपप्रधानमन्त्री विमलेन्द्र निधिले सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित साहसाग भेटका लागि प्रयास भइरहेको छ । साह सकारात्मक भए पनि समय तय हुन बााकी छ । भारतका पूर्वप्रधानमन्त्री एवं कंग्रेस नेता डा. मनमोहन सिंहसँग निधिको भेटवार्ताका लागि नेपाली दूतावासले प्रयास गरिरहेको छ । भारतीय कंग्रेसका अध्यक्ष सोनिया गान्धीसँग भेटका लागि सुरुमा कोसिस भए पनि उनको स्वास्थ्यलगायत कारण सम्भव नभएपछि पूर्वप्रधानमन्त्री सिंहसाग भेट्न प्रयास भएको हो । सिंहसँग शनिबार अपराह्न भेट्नेबारे कुराकानी भएको, तर समय तय नभएको दूतावास स्रोतले जानकारी दिएको छ । ०६२र६३ को आन्दोलनपूर्व भएको १२ बुादे समझदारी र नेपालमा गणतन्त्र घोषणा हुने वेला भारतमा सिंह प्रधानमन्त्री थिए ।
khabardabali
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh
सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध निरस हुनेछ । तर आत्मविश्वासका साथमा काम गरेमा केही महत्त्वपूर्ण उपलब्धीसमेत प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish
कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun
मिश्रित प्रभाव भएको दिन छ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र हुनेछ । आफ्ना कामजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat
आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha
मनका इच्छा र आकाङ्क्षामा व्यवधान सिर्जना हुनेछ । दिन मनोरञ्जनपूर्ण रहने छ, तर पनि मनमा निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । पठनपाठनमा रुचि हुँदैन । नयाँ ज्ञान सिक्ने मौका त छ, तर मिहिनेत र परिश्रममा कमी आउनाले पूर्ण हुँदैन । यात्रामा नमज्जा हुनेछ । दाम्पत्य जीवन वा प्रेमसम्बन्धमा चिसोपन देखिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya
जे गरे पनि आवेग र रिसरागलाई नियन्त्रणमा राखी धैर्य र लगनशीलताका साथमा काम गर्नुपर्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula
व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी÷प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu
खर्चको मात्रा बढ्नुका साथै परिस्थिति अन्योलमय बन्ने सम्भावना छ । मिहिनेत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ । तापनि उठ्नुपर्ने रकम हातलागी हुनेछ । सोचेको फाइदा उठाउन अलि नसकिएला । नयाँ काम सुरु गर्न निकै खट्नु पर्ने हुन्छ । लगनशीलता र परिश्रमको अभावमा बन्दव्यापारमा मन्दी छाउने छ । परोपकारी र सामाजिक काममा समय प्रदान गर्नु पर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar
अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha
निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान जुटाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

भदौ ३
काठमाडौं–ओली बढी जान्ने हुँदा खादा खाँदैको गाँस नै छाडनुप¥यो यो सजिलो विषय नै होइन । तर, जे हुनु भयो । आगामी दिनमा पार्टी रहे न राजनीतिक गर्ने होला नी भन्दै नेपालले धुवाधार रुपमा ओलीविरुद्ध प्रस्तुत भएपछि ओली भने कुरै नसुनी निहुरीमुन्टी न गरेर बसेका थिए ।
हुँदा खादाको प्रधानमन्त्री पदबाट नराम्ररी हात धुनुपरेपछि नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई पार्टीभित्रैबाट खेद्ने क्रम सुरु भएको छ । ओलीका कारण माओवादीसँगको गठबन्धन टुटेको, गठबन्धन जोगाउन कुनै प्रयास नगरेको तथा गर्न सकिने पनि काम नगरेर केवल उखान टुक्का मात्रै सुनाउँदै हिँडेको भन्दै नेपाल पक्षका नेताहरुले बैठक बस्यो कि ओलीलाई ठोक्ने रणनीति लिएका छन् । प्रसंग हो, साउन ३१ गते धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटिको बैठकको ।
बैठक प्रारम्भ हुने बित्तिकै केपी ओलीले नेपाल पक्षका नेतालाई बोल्न दिए । नेपाल पक्षले सल्लाहअनुसार नै ओलीलाई पूर्ण रुपमा ठोक्ने लक्ष्य निर्धारण गरेका थिए । नेपाल पक्षले अर्याल होटल बानेश्वरमा बसेर आवश्यक नीति तथा योजना बनाएका थिए । सोही योजनाअनुसार नै स्थायी कमिटिको बैठकमा सबैभन्दा पहिले माधव नेपालले धारणा राखे ।
उनले भने– ‘केही मान्छेहरुले मुलुकलाई उखान टुक्कामय बनाए, हावादारी सपना बाँडे, आफूले मात्रै सबै गरेको अरुले केही नगरेको समेत भन्न भ्याए । इतिहासमा सफल प्रधानमन्त्रीको नाम लिदा मेरो नाम पनि लिइन्छ, झलनाथ जीको नाममा पनि राष्ट्रवादको छाप लागेकै छ । तर केही मान्छेहरु आफूलाई पूर्ण रुपमा आफूमात्रै पूर्ण भएको गफ लगाएर हिँडेको पनि देखिएको छ ।’
अलिक फरक रुपमा प्रस्तुत भएका नेपालले बुँदागत रुपमा ओली विरुद्ध प्रहार मात्रै गरेरनन् उखानका आधारमा चल्ने भए गठबन्धन किन नजोगाएको, प्रधानमन्त्री बनिरहन त सरकारमा सहभागी भएका अन्य दलको पनि भावना बुझ्नपर्ने थियो होला नी । सत्य निरुपण तथा मेलमिलापमा काँग्रेसका मान्छे प्रमुख छन् । सरोकार भएको पक्ष माओवादी छ, समन्वय गरेको भए राम्रै काम हुन्थ्यो, त्यसो किन नगरेको ?
राजनीतिक शक्तिका रुपमा पटक–पटक साथ लगाएर हिँडेको माओवादीलाई विश्वासमा लिन गाह्रो थिएन तर मुद्दा मामिला लगाएर बिच्क्याउन त अग्नी खरेल नै प्रयोग गरियो । लौ न बाबा तिनलाई नियुक्त नगर भन्दा भन्दै सुवोध प्याकुरेलहरुलाई कुन जस्केलाबाट छिराइयो, मैले राम्रैसँग थाहा पाएको छु । एनजिओ उचाल्ने, अनावश्यक बखेडा झिक्ने र साझेदारसँग निहु खोज्ने काम माधव नेपालले गरेको छैन । ओली पार्टी अध्यक्ष हुन् कि गुटको नेता मैले आजसम्म थाहा पाउन सकेको छैन । नेपाल पड्कदै गए ।
उनले भने लौ माओवादीले सरकार नै छाड्ने नै भयो, विगतमा किन सहमति गरेको, तीन बुँदे भद्र सहमतिमा त नेतृृत्वको विषयमा प्रष्ट व्यवस्था थियो । बजेट पारित भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने, वामदेव जी यही हुनुहुन्छ । झलनाथ जी पनि सहभागी हुनुभएको हो । भीम रावललाई पनि थाहा नै छ । विष्णु पौडेल पनि त्यसको जानकार हुनुहुन्छ ।
आफ्नै पार्टीलाई मिलाउन नसक्नेले कसरी मिलाओस अरुलाई नेपाल थप कडा रुपमा प्रस्तुत भए । संसद्मा सामान्य रुपमा सरकार गठन र विघटन हुन जान्छ । नेपालको प्रक्रिया र राजनीतिक सिष्टम पनि विचित्रको छ । राष्ट्रपतिय प्रणालीमा जाने भनेर गरेको सहमति नमानेको कसले हो ? लौ भएन कार्यकारी प्रधानमन्त्री नै भएपनि प्रत्यक्ष निर्वाचित हुने प्रावधन राखौ भन्दा नमानेको कस्ले हो ?
जो आज पार्टी अध्यक्षका रुपमा विराजमान हुनुहुन्छ । हिजो माओवादीको एजेण्डा बोक्न नहुने प्रत्यक्ष निर्वाचितको विषय राखियो भने त बर्बाद नै हुन्छ जसरी प्रस्तुत हुने त पार्टी अध्यक्ष नै हो क्यार ? माधव नेपाल थप सत्य बोल्दै गए । माओवादीको एजेण्डा पनि बोक्न नहुने, उसलाई मिलाएर पनि लैजान नसक्ने जुन हुतीहार प्रवृत्ति नेतृत्वमा देखियो, त्यसैका कारण यो अराजकता सतहमा आएको हो । माओवादीलाई दोष नदिउ उ परक पार्टी हो, ऊ एमालेको भातृ संगठन होइन, तर गठबन्धन तोडिहाल्ने पक्षमा माओवादी थिएन, मैले पनि पटक पटक माओवादीका नेतासँग सम्वाद गरेको छु । उनीहरु गठबन्धनलाई थप बलियो बनाउने पक्षमा नै थिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

काठमाडौँ, २ भदौ । नेकपा (एमाले) स्थायी समितिको बैठकले नवौँ राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका विचार, नीति तथा सङ्गठनात्मक व्यवस्थापनतर्फ प्रभावकारी कदम चाल्दै आगामी चुनावी प्रतिस्पर्धामा पार्टीलाई बहुमतसहितको पहिलो शक्ति बनाउन जोड दिएको छ ।
सोका लागि पार्टी अझ बढी सुदृढ र एकताबद्ध बनाउन नेताहरुले सुझाव दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज जारी स्थायी समितिको बैठकमा विगतका काम र पार्टीले नेतृत्व गरेको सरकारको समीक्षा, आगामी निर्वाचन र पार्टीका कार्यभार तथा पार्टीको आन्तरिक जीवन लगायत विषयमा समीक्षात्मक धारणा राख्ने क्रममा सो सुझाव प्राप्त भएको हो । आजको बैठकमा नेता घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, अमृतकुमार बोहरा, डा पुष्प कँडेल, केशवप्रसाद बडाल, किरण गुरुङ र सत्यनारायण मण्डलले धारणा प्रस्तुत गर्नुभयो । संविधान निर्माणलगत्तै संविधानको कार्यान्वयन, मुलुकले व्यहोर्नुपरेको अनपेक्षित नाकाबन्दी, मुलुकको तराई क्षेत्रमा देखिएका तनाव, कतिपय प्रतिकूल भूूराजनीतिक अवस्थाका बीचमा पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारले उपर्युक्त प्रतिकूल परिस्थितिलाई सामान्यीकरण गर्दै जननिर्वाचनका माध्यमबाट संवैधानिक तथा लोकतान्त्रिक स्थायित्व कायम गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल गरेको कुरा बैठकमा महसुस गरिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउँदै चौतर्फी विकासका माध्यमबाट समतामूलक तथा न्यायमूलक समृद्धि हासिल गर्ने दिशामा अघिल्लो सरकारले सकारात्मक पलह कदमी लिएकामा बैठकले गर्वबोध गरेको छ । त्यसक्रममा भएका केही कमजोरीलाई महसुस गरी त्यसलाई पार्टीको आन्तरिक समीक्षाका विषयका रुपमा बुझ्दै पार्टीलाई अझ बढी सुदृढ र एकताबद्ध बनाउन उहाँले ध्यानाकर्षण गराउनुभयो । बैठक शुक्रबार मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा जारी रहनेछ । रासस dainiknepal

भदौ २,
काठमाडौंः सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनका क्रममा मारिएका गुमाएका सुरक्षाकर्मीसहित ५२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सहिद घोषणासँगै सरकारले पीडित परिवारलाई क्षतिपूर्तिवापत १० लाख रुपैयाँ उपलब्ध गराउनेछ।
यस्तै असारमा अफगानिस्तानको काबुलमा भएको बम विष्फोटमा परि घाइते भएका नेपालीहरुको उपचारमा ९१ लाख ६ हजार रुपैयाँ खर्च भएको र सो खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।
बैठकले मधेस आन्दोलनमा भएका घटनाहरुको छानविन गर्न गिरिशचन्द्र लालको संयोजकत्वमा सात सदस्यीग आयोग गठन गर्ने निर्णय गरेको छ।
आयोगमा रहने सदस्यहरु भने प्रधानमन्त्रीसँगको समन्वयमा गृह मन्त्रालयले तोक्नेछ।
मन्त्रिपरिषदको बैठकले योजना आयोगका सहसचिव गोपिनाथ मैनालीलाई सचिवमा बढुवा गरेको छ। बैठकले स्थानीय निकाय निर्वाचन विधेयकमा सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको छ।
annapurnapost

डा. जगन्नाथ अधिकारी सन १९८८ मा अष्ट्रेलियामा आइपुग्नु भएको थियो। त्यतिखेर अष्ट्रेलियामा नेपाली भेटिन्न्थ्यो। यतिखेर अष्ट्रेलियामा नेपाली नपुगेको कुनै ठाउँ छैन्।२८ वर्ष अगाडी उहाँ आउँदा अष्ट्रेलियामा नेपालीको उपस्थिति न्युन थियो। नेपाली साथीभाइ नभेटेर होटलमा बस्नु परेको थियो उहाँलाई। निकै कसरत गरेर सिड्नीमा एक जना नेपाली भेटेर बस्ने व्यवस्था भएको थियो त्यसबेला। अष्ट्रेलियाको प्रमुख शहर सिड्नी संरचनामा खासै परिवर्तन भएको होइन तर सिड्नी विस्तार भएको बताउने डा. अधिकारीसंग नेपाली हेडलाइन्स प्रतिनिधीको केही दिन अघि जम्काभेट भयो।
२८ वर्ष यता निरन्तर अष्ट्रेलिया र अष्ट्रेलियमा नेपाली गतिविधीलाई नियाल्दै आउनु भएका अधिकारीसंग गरिएको कुराकानीको सम्पादित अशं।
अष्ट्रेलियाको बारेमा
अष्ट्रेलियामा बस्न सजिलो छ। शान्त पनि छ। सन १९८० पछि आप्रवासीलाई सहजताका साथ स्विकार(एकोमोडेट) गर्न थालियो । यहाँ काम गरेर पढ्ने वातावरण छ। छात्रवृतिको यतिसाह्रो संभावना नभए पनि कामै गरेर पढ्न सकिने अवस्था छ।
पढ्न आउने विद्यार्थीलाई पीआर लिन तुलनात्मक रुपमा सजिलो छ।
सुरक्षाको दृष्टिकोणबाट पनि अष्ट्रेलिया अब्बल हो। आउन सजिलो पनि छ। नेपालीको संख्या बढ्दै जाँदा नेपालीलाई सहजता बढ्दैछ।
वातावरण हिसावले अष्ट्रेलिया नेपाल भन्दा धेरै फरक होइन। नेपालीहरु यहाँको हावापानीमा सजिलै घुलमिल हुन सक्छन। समुन्द्रले नछोएको नेपाल जस्ता देशबाट आउनेलाई यहाँका सु्न्दर बीच(समुन्द्री किनार)ले आकर्षण गर्छ।
किन आउने अष्ट्रेलिया?
कहाँ जाने भन्ने आफ्नो आफ्नो रुचिको कुरा पनि हो। यहाँ जीवन सहज छ। धेरै कम्पिटिटिभ सोसाइटी होइन्। लिभिटङ स्टान्डर्ड राम्रो मध्ये एक हो। पढ्नलाई प्रशस्त च्वाइस पाइन्छ। केटाकेटीहरुलाई पढाउन सजिलो छ। सरकारी स्कुलहरु लगभग फ्रि छन्। हेल्थ केयर र बेसिक सोसल सेक्युरिटी छ। अष्ट्रेलियामा विकसित देशमा पाइने भनिएका सबै सुविधा उपलब्ध छन्। पढाई गर्न देखि व्यवसाय गर्न सम्मलाई अष्ट्रे्लिया राम्रो गन्तब्य बन्न सक्दछ । घुमघाम देखी समुन्द्री रहनसहन बुझ्नका लागि पनि अष्ट्रेलिया उपयुक्त स्थान हो।
कस्तालाई अवसर छ ?
यहाँको सरकारले ‘जब डिमान्ड’का आधारमा स्किलको अपेडट गर्दछ। त्यही स्किल भएका मानिसहरु आउँदा सहज हुन्छ। ती स्किल पनि वर्षैपिच्छै परिवर्तन भइरहेका हुन्छन्। एउटा विषयको संभावना देखेर पढ्दै गर्दा त्यो विषय अर्को वर्ष नहुने अवस्था पनि हुन्छ। परिवर्तनलाई आत्मसाथ गर्ने हिम्मत पनि चाहिन्छ ।
यदी अष्ट्रेलियामा परिवार वा साथीभाई पहिले नै छन् भने पक्कै पनि सजिलो हुन्छ। केही गर्न चाहने र त्यही अनुसार मेहनत गर्न कस्नेलाई अष्ट्रेलिया नराम्रो पक्कै छैन् बरु अवसर प्रशस्त छन्।
रेसिजम बारेमा
नेपालीहरु यहाँको मुख्य सोसाइटीसंग मिक्स भएर बसेको देखिदैन। धेरै नेपाली आफ्नै समुहमा बस्न रुचाएको देखिएको छ। त्यसैपनि हुन सक्च यहाँ रेसिजम देखिने स्तरमा छैन्। यद्पी ससान घट्ना नसुनिएका होइन्।
नेपालीको पहिचान
ठाउँ अनुसार नेपालीको पहिचान र उपस्थिती फरक छ। क्यानबेरा तिर प्रोफेसनल बढि छन् । ठुला शहरमा क्लिनिङ लगायतका लेबर काममा धेरै नेपाली छन्। समग्रमा पुरै अष्ट्रेलियामा नेपालीहरु प्रोफेसनल ज्यादै कम र ननप्रोफेसनल काममा धेरै छन्।
नेपालीहरु अनुशासित र इमान्दार भएका कारण धेरै ठाउँमा रुचाइएका छन् । यसकारण उनिहरुाई काम पाउन त्यति गाह्रो छैन् र पहिचान बनेको छ। नेपालीको काममा ब्याड इम्रेपसन परेको छैन् । नेपालीहरुले अष्ट्रलियामा उपस्थिती निरन्तर बलियो हुँदै गएको देखिन्छ।
अष्ट्रेलियाका आउनु अघि..
अष्ट्रेलिया आउनु अघि अंग्रेजी भाषामा मेहनत गर्नु अत्यन्तै जरुरी छ। केही स्किल हुनैपर्छ। जे पनि काम गर्न तयार हुने मानसिकता बनाएकै राम्रो हुन्छ। पेशा एकदमै परिवर्तन हुन्छ, तीब्र परिवर्तनलाई ‘कोप’ गर्ने क्षमता हुनु आवश्यक छ।
अरु भाषा र सस्कृति भएकासंग घुलमिल हुन सक्नेले अझ फाइदा लिन सक्दछन्। बोल्न सक्ने, आफ्नो कुरा राख्ने सक्ने, कुरा राख्न नडराउने बानी उपयोगी हुन्छ।
‘रुल्स र रेगुलेसन’लाई मान्ने र तीनलाई गम्भिरताका साथ लिने बानी बसाल्नुपर्छ ।

भारतको मध्यप्रदेश राज्यमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । १९ वर्षीया एक कलेजकी छात्राले आफ्नो मनोकाङ्क्षा पुरा हुने आशामा माता कालीलाई आफ्नो जिब्रो काटेर चढाएकी छिन् ।
मध्यप्रदेशको टीआरएस नामको कलेजमा पढिरहेकी आरती डुबेले सपनामा माता कालीले आफूलाई जिब्रो काटेर चढाए इच्छा पूरा हुने बताएको भन्दै अर्को दिन रिभा गाउँमा रहेको कालीको मन्दिरमा आफ्नो जिब्रो चढाउन पुगिन् । हुन त मानिसहरुले भगवानको नाममा आफ्नो शरिरका अरु अंग चढाएको घटना हामीले सुनिरहेका छौं तर आरतीले जे गरिन् त्यो निकै अचम्मको थियो किनभने उनी पढेलेखेकी किशोरी थिइन् ।
‘मानिसहरुले आफ्नो इच्छा पूरा हुने आशामा मानिसहरुले शरिरका अंगहरु चढाउने गरेको यदाकदा सुन्ने गरिन्थ्यो । तर यो केस निकै फरक छ । अशिक्षित मानिसहरुले समाजका अन्धविश्वासलाई मान्नु सहज मानिन्छ तर पढेलेखेका मानिसले यस्तो गर्दा पूरा समाजमा नै नकारात्मक असर पार्ने गर्दछ,’ स्थानीय पत्रकार श्याम मिश्रले डेली मेललाई बताए।
एक प्रत्यक्षदर्शीका अनुसार ती किशोरी काली मन्दिरमा आइन् । केही धार्मिक कार्य गरेपछि उनले आफ्नो जिब्रो निकै धारिलो ब्लेडले काट्न थालिन् । जिब्रो काटेपछि उनी बेहोस भइन्–सम्भवतः पीडाका कारण । तर एम्बुलेन्सलाई बोलाउनु र केही प्राथमिक उपचार गर्नुको साटो मन्दिरका पुजारी र केही भक्तजनहरुले उनलाई स्कार्फले छोप्दै उनको सुधारको लागि प्रार्थना गर्न थाले ।
अडिटी सेन्ट्रलका अनुसार उनलाई पाँच घण्टासम्म कसैले पनि सहयोग गरेनन् । पाँच घण्टापछि आफै चेतना आएपछि उनले पुनः काली माताको लागि धार्मिक कार्य सुरु गरिन् । उनले पूरा मन्दिरलाई पटक पटक परिक्रमा गरिन्, मन्द मुस्कानको साथमा ।
आरतीले गरेको यस्तो प्रकारको कार्यको पूरा रिभामा चर्चा भएपछि एउटा पुलिसको एउटा समूह एम्बुलेन्ससहित मन्दिरमा छानबिनका लागि आइपुगे । प्राथमिक उपचार दिएपछि उनलाई पुलिसले घर पठाइदिए ।
आरतीका भाइ सचिनले डेली मेललाई बताए अनुसार आरतीले उनलाई आफ्नो सपना र सोचबारे भनेको तर उनी कहिले पनि यो हदसम्म आइपुग्लिन् भनेर सोचेनन् । ‘आरतीले मलाई उनको सपनाबारे जानकारी दिएको र आफ्नो जिब्रो माता कालीलाई चढाउने बताएकी थिइन् । तर मैले कहिले पनि सोचिनँ कि उनी यो विषयमा यति धेरै गम्भीर छिन् । मेलै सोचेको थिएँ उनी मसँग जिस्किरहेकी छिन्,’ उनले भने ।