एजेन्सी, २ भदौ । झट्ट सुन्दा यो पत्याउनै सकिँदैन । किनकि, हामीले लामो समययता पढ्दै आएका छौँ– बलिउड अभिनेता सलमान खानले यो वर्षभित्र विवाह गर्ने तय गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – केही समयअघि विभिन्न आरोपमा अदालतले सफाइ दिएपछि उनले विवाह गर्ने सम्भावना झन् बढेको रिपोर्ट आइरहेका थिए । तर, खासमा त उनले विवाह गरिसकेका छन् । कम्तीमा पनि रोमानियाका पत्रपत्रिकालाई पत्याउने हो भने यो कुरा विश्वास गर्न तयार हुनैपर्छ । रोमानियाका मिडियाका अनुसार सलमानले रोमानियन मोडल युलिया वन्तुरसँग विवाह गरेका हुन् ।
सलमान फिल्म ‘ट्युबलाइट’को सुटिङका लागि केही समयअघि लद्दाख पुगेका थिए । त्यही ठाउँमा सलमानले युलिया मात्र होइन, उनका बाबुआमालाई पनि भेटेका थिए । त्यो भेट विवाहका लागि भएको र सलमान र युलियाले विवाह गरिसकेको रोमानियाका मिडियाले दाबी गरेका छन् । यता, भारतीय मिडियाले भने यो दाबीमा आश्चर्य व्यक्त गरेका छन् ।.khabardabali

गायिका ज्योती मगर कसैले आफ्नो फेसबुक ह्याक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छिन् ।
गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्हरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट ह्याक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोष्ट भउकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेकी छिन् ।
ह्याकरले अश्लील सामग्री पोष्ट गर्ने तथा जथाभावी म्यासेज पठाएर अनफ्रेन्ड तथा ब्लक गर्न थालेपछि उनी कारबाहीका लागि प्रहरी शरणमा पुगेकी हुन् ।
गायिका मगरले ह्याकरलाई कारबाही गर्न अनुरोध गर्दै उजुरीसमेत दिएकी छिन् ।
कार्यक्रमदेखि सामाजिक संजालसम्म राम्रो फ्यान बनाएकी ज्योती केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि व्यक्तिगत फेसबुक चलाउँदै आएकी थिइन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।news24nepaltv

एजेन्सी । सार्वजनिक बैठकमा पोर्न भिडियो हेर्दाहेर्दै एक उच्च अधिकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
घटना भारतको मध्य प्रदेशको हो । जहाँ भोपाल नगर निगमका हाकिमलाई पोर्न भिडियो हेर्दाहेर्दै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।
भोपालका मेयर आलोक शर्माले अभियुक्त अधिकारीलाई निलम्बन गरिएको बताए ।
जनवरी १८-१९ मा भोपाल नगर निगमले पानीको मुद्दामा एक उच्चस्तरीय बैठक डाकेको थियो । यसैक्रममा नगर आयुक्तसहित सबै अधिकारी सहभागी थिए ।
यसैबीचमा जोन अधिकारी अनिल शर्मा आफ्नो मोबाइलमा पोर्न भिडियो हेरिरहेको अवस्थामा फेला परे । उनको यो हर्कतको सदनको कारवाहीको भिडियो रेकर्डिंगमा रेकर्ड भयो ।
नगर निगमका अधिकारीको यो हर्कतको खुलासा भएपछि हंगामा मच्चिएको छ । आनन-फाननमा आयुक्त र मेयरले घटनाबारे छानविन गर्न सुरक्षा निकायलाई आदेश दिएका छन् ।
पक्राउ परेका जोन अधिकारीले भने आफूले पोर्न भिडियो नहेरेको तर, मोबाइलमा एक्कासी पोर्न चलेको दाबी गरेका छन् ।
dainiknepal

बिहीबार, ७ माघ
काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, अभिनेता राजेश हमाल र भुवन केसीबीच राम्रो सम्बन्ध छैन ।
त्यही सम्बन्धको निरन्तरता हालै काठमाडौंको पाँचतारे होटल सोल्टीमा आयोजित सिजी कामना फिल्म अवार्डको एक कार्यक्रममा पनि देखियो ।
त्यहाँ थुप्रै फिल्मकर्मीहरु राजेश र भुवन एकआपसमा बोल्लान कि नबोल्लान भन्नेमा जिज्ञासु थिए । फोटो ग्राफरहरु पनि ‘उनीहरु कतिबेला अंकमाल गर्लान र तस्वीर लिइहालौं’ भनेर तयारी अवस्थामा देखिन्थे ।
तर, कार्यक्रमको अन्त्यसम्म उनीहरुले बोल्न त के आँखाको इसारा समेत गरेनन् । कार्यक्रममा उनीहरु एकअर्कालाई पूर्णतः बेवास्ता गर्दैअरुसँग गफिन मस्त देखिए ।
अभिनेता रमेश उप्रेतीसँगको गफमा राजेश मस्त देखिए भने भुवन गौरी मल्ललगायतसँग वाइनको चुस्की लिइरहे । आफ्ना पछाडि रहेका राजेशलाई उनी बेला–बेला व्यंग्य हानिरहेका हुन्थे ।
राजेश भने आफ्ना वरिपरी भएकालाई मतलब नगरी गफमै मस्त देखिन्थे । करिब डेढ घन्टासम्म उनीहरुको यो क्रम जारी रह्यो । तर उनीहरु बोलेनन् ।
भुवन कार्यक्रमबाट एकाएक हराए भने राजेश उप्रेतीसँग डिनर गरेपछि बाहिरिएका थिए । राजेशलाई ‘महानायक’ उपमा दिइएकोमा भुवनले विभिन्न कार्यक्रममा आक्रोश व्यक्त गर्ने गरेका छन् । सायद यही कारणले उनीहरुबीच सम्बन्ध विग्रिएको हो । आजको शुक्रबार साप्ताहिकमा समाचार छ ।
nepalsandesh

नयाँदिल्ली–अभिनेता नवाजुद्धिन सिद्धिकीको विरोधमा वर्सोवा पुलिस स्टेशनमा एक युवतीले हात हालाहाल तथा छेडछाडको मुद्दा दायर गरेकी छन् । सञ्चारमाध्यमका अनुसार मुम्बईको यारी रोडमा रहेको एक अपार्टमेन्टको पार्किङमा उनको एक युवतीसँग विवाद भएको थियो । अहिलेसम्म नवाजले यस विषयमा मुख खोलेका छैनन् ।
कस्तो थियोे घटना
सञ्चारमाध्यमका अनुसार अपार्टमेन्टको तल्लो तलामा नवाजुद्धिनको अफिस छ । त्यहाँ उनले गैरकानूनी रुपमा निमार्णको काम गरे । नवाजुद्धिनका कारण कार पार्किङलाई अफ्ठेरो भयो । त्यसैकारण कार पार्किङ सोसाइटीका अध्यक्ष तथा महासचिवले नवाजुद्धिनलाई यस सम्बन्धी ध्यानाकर्षण समेत गराएका थिए ।
कसले गर्यो उजूरी
नवाजको विरुद्धमा उजुरी गर्ने २४ वर्षीया युवती महासचिवकी छोरी हुन् । उनी नवाजलाई मिटिंगको विषयमा बताउन गएकी थिइन् । तर नवाजले गाली गरेको र उल्टै हातपात गरेको उनको आरोप छ । नवाजसँगको विवादपछि उनले प्रहरी थानामा पुगेर उजुरी गरेकी हुन् ।
लन्चबक्स चलचित्रका लागि जितेका थिए फिल्मफेयर अवार्ड
तलाश, कहानी, ग्यांग्स् अफ वासेपुर र देख इन्डियन सर्कस चलचित्रका लागि नवाजुद्धिन सिद्धिकीलाई सन् २०१२ मा नेशनल फिल्म अवार्डस्अन्तर्गत स्पेश ज्यूरी अवार्ड प्रदान गरिएको थियो । सन् २०१३ मा आएको चलचित्र लन्च बक्सका लागि उनलाई उत्कृष्ट सहअभिनेताको फिल्मफेयर अवार्ड मिल्यो ।
थुप्रै हिट फिल्ममा छन् नवाज
सलमान खानको पछिल्लो वर्षको चलचित्र बजरंगी भाईजानमा नवाजले गरेको अभिनयको सबैले तारिफ गरेका छन् । चलचित्र मांझी द माउन्टेन म्यान, बदलापुर, किक, ग्यांग्स् अफ वासेपुरलगायत चलचित्रले उनलाई बलिडमा अलग पहिचान दिलाएका छन् । अहिले उनी कोलकत्तामा अमिताभ बच्चनको साथ फिल्म तीन को सूटिंंगमा व्यस्त छन् ।
ratopati

माघ ५, २०७२- नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता अरविन्द केजरिवालले शाहरुख खान, अजय देवगनलगायतका बलिउड स्टारहरुलाई चिठी लेखेका छन् । उनले सुर्तीजन्य उत्पादनको प्रवद्र्धन नगरिदिन अनुरोध गर्दै शाहरुख, अजय, गोविन्दा, सैफअलि खान र अरबाज खानलाई उनले चिठी लेखेका हुन् ।
यी स्टारहरुले गुट्खा, पान मसलालगायतका उत्पादनको टेलिभिजन र अरु माध्यममा विज्ञानपनमा अभिनय गरेको र प्रवद्र्धनमा सघाएको भन्दै उनले यस्तो चिठी लेखेका हुन् । यस्ता चिजले मुखको क्यान्सर हुने भन्दै उनले स्टारहरुलाई चिठी लेखेका हुन् ।
kantipur.ekantipur

आइतबार, ३ माघ
मुम्बई । बलिउडका कलाकारबीच प्रेम सम्बन्ध हुनु र छुट्नु नौलो विषय होइन ।
बलिउड कलाकारबीच बेलाबेलामा हुने यस्ता घटना राम्रै चर्चाको विषय भने बन्ने गरेका छन् । यतिबेला चर्चामा छ बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफको प्रेम सम्बन्ध टुटेको खबर ।
यो खबर फैलिइरहेका बेला कट्रिना भने आफ्ना पूर्वप्रेमी सलमान खानसँग भेटिएको खबरले अर्को चर्चा बटुलेको छ । उनीहरु एक पार्टीमा एकसाथ भेटिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सलमानको नयाँ चलचित्र सुल्तानका निर्देशकले जुहूको एक क्लबमा पार्टीको आयोजना गरेका थिए । सोही पार्टीमा सलमान र कट्रिना भेटिएका हुन् ।
सन् २००९ मा ‘अजब प्रेम की गजब कहानी’ फिल्ममा सँगै खेलेपछि कैट्रिना रणवीर कपूरबीच प्रेम सम्बन्ध सुरु भएको थियो । तर पछिल्ला दिलहरुमा उनीहरुबीचको सम्बन्धमा ब्रेक भएको र रणवीर कैट्रिनालाई छोडेर आफ्ना बाबु आमासँगै बस्न थालेको बताइएको छ ।
निर्देशक अली अब्बासले सुल्तानका कलाकार तथा आफ्ना केही साथीहरुलाई पार्टीमा बोलाएका थिए । यस पार्टीमा कबीर खान र मिनी माथुर पनि सहभागी थिए ।
सलमान पनि पार्टीमा आउँने जानकारी जानकारी पाएपछि कैट्रिना पार्टीमा सहभागी भएकी थिइन् । निर्देशक अब्बाससँग कैट्रिनाको पनि राम्रो सम्बन्ध रहेको एक वेबसाइटले उल्लेख गरेको छ । पार्टीमा सलमान र कैट्रिना घण्टौँसम्म सँगै बसेर आपसी कुराकानी गरेका थिए ।
यसअघि रणवीरसँग प्रेम सम्बन्ध भएपछि कैट्रिना सलमानसँग टाढा भएपनि उनीहरुबीचको प्रेम सम्बन्धबारे सलमानले कहिल्यै केही बताएका थिएनन् ।
गत वर्ष एक पार्टीमा सलमानले आफूले कट्रिनालाई खान बनाउन खोजेपनि कपुर हुन लागेको भन्दै घुमाउरो भाषामा उनीप्रतिको मोह दर्शाएका थिए ।
तर हरेक असहज अवस्थामा कट्रिनालाई सघाउने गरेका सलमानले यसपटक पनि त्यही परिस्थितिका कारण कैट्रिनाले भेटेको अनुमान गरिएको छ ।

काठमाडौं, ३ माघ । नेपालमा धेरै अमेरिकन अवैध रुपमा बस्दै आएको तथ्य खुलेको छ । एक वर्षमा ३६ जना अमेरिकी गैरकानुनी रुपमा नेपाल बस्दै आएको पाइएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
सन् २०१५ मा नेपालमा अवैध रुपमा बस्दै आएका ३६ जना विदेशीलाई नेपाल सरकारले कारबाही गरी निष्कासन गरेको छ ।
अध्यागमन ऐनविपरीत नेपालमा विभिन्न काम गरेर बस्ने अमेरिकी नागरिकलाई निष्कासन गरिएको हो ।
अमेरिकासहित अन्य ३२ देशका नागरिक नेपालमा गैरकानुनी रुपमा बस्दै आएपछि सरकारले निष्कासन गरेको हो ।

काठमाडौं । विभिन्न युवतीसँग नाम जोडिएर समय समयमा चर्चामा आउने गरेका पुराना अभिनेता भुवन केसीले आफ्नो निर्देशनमा ‘ड्रिम्स’ नामक फिल्म ल्याएका छन् । उनको फिल्म फागुन २१ गतेदेखि रिलिजको तयारीमा छ ।
भुवनले आफ्नो फिल्मी करियरमा पहिलो पटक ‘ड्रिम्स’लाई निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन फिल्म हो । भुवनले फिल्मको ट्रेलर र गीत सार्वजनिक पनि गरेका छन् ।
भुवनले दर्शकले आफेनो निर्देशनलाई पनि रुचाउनेमा विश्वास व्यक्त गरेका छन् । ‘मैले यो फिल्ममा ३० वर्षको फिल्मी अनुभवसँगै नयाँ पुस्तासँग पहिलो पटक काम गरेको अनुभव पनि जोडेको छु’, उनले भने, ‘अघिल्ला फिल्ममा जस्तो यो फिल्ममा पनि दर्शकले मेरो छोरा अनमोलको कामलाई रुचाउनुहुनेछ ।’
भुवनले आफूले बलिउड र हलिउडका फिल्मसँग प्रतिष्पर्धा गर्ने किसिमको फिल्म बनाएको दाबी गरे ।
अभिनेता अनमोल केसीले फिल्मले प्रेमकथालाई प्रस्तुत गरेकाले आफू अभिनित अघिल्लो फिल्म ‘जेरी’भन्दा ड्रिम्सको कथाबस्तु राम्रो भएको बताए ।
फिल्मबाट नायिका रुपमा प्रवेश गरेकी साम्राज्ञीराज्य लक्ष्मी शाहले पहिलो फिल्ममा काम गर्दा डर लागे पनि भूवन र अनमोलको सहयोगले त्यो डर हटेको बताईन् ।
सुपरकाजल फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा भुवनसँगै डा. कपिल रिजाल र भानु फुँयालको लगानी छ भने उनीहरुलाई लगानीमा सत्यनारायण केयल र कृष्ण पाण्डेले सहयोग गरेका छन् ।
दिवाकर भट्टराईको एसोसिएट निर्देशन रहेको फिल्ममा अनमोल र साम्राज्ञीसँगै दर्शना केसी, सन्ध्या केसी, अमित श्रेष्ठ र न्यान्सी थापालगायतको पनि अभिनय छ ।
सामिप्यराज तिमल्सेनाको पटकथा र संवाद रहेको फिल्ममा वनिष शाह र मिलन श्रेष्ठको सम्पादन, विशेष, रोधित र हरकुलिश बस्नेतको संगीत, कविराज गहतराजको नृत्य, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधान तथा सञ्जय लामाको छायांकन छ ।

काठमाडौं: 'सिमसिमे पानीमा' बोलको गीत गाएर चर्चित भएकी गायिका रेखा शाह ठगी अभियोगमा पक्राउ परेकी छन् ।
धम्की दिएको अभियोगमा उनलाई आइतबार राति महानगरीय प्रहरी परिसरले हिरासतमा लिएको हो ।
क्यासिनोमा जुवा खेलाउनका लागि शाह दम्पत्तीले एक व्यक्तिलाई लगानी गरेको रकम उठाउनका लागि धम्की दिएको अभियोगमा प्रहरीले उनीहरुलाई हिरासतमा लिएको हो।
धम्की दिएको बारेमा बोलाएर महानगरीय प्रहरी परिसरमा पुगेका साह दम्पत्तीले परिसर प्रमुख एसएसपी विक्रमसिंह थापालाई धम्की दिएपछि दुबैजनालाई प्रहरीले हिरासतमा राखेको हो।
ब्याज तिर्ने शर्तमा क्यासिनो खेल्न काठमाडौंकै सन्दीपराज काफ्लेले लगेको रकम नतिरी उनी बेपत्ता भएपछि साह दम्पत्तीले उनका बाबु सुबासराजलाई रकम तिर्न दबाब दिँदै धम्यक्याएको आरोप लागेको छ।
सन्दीपले साह दम्पत्तीबाट क्यासिनो खेल्नका लागि करिब ७३ रुपैयाँ लगेको प्रहरी स्रोतको भनाइ छ।
annapurnapost

बलिउडका ४० कलाकारलाई सरकारले दिएको सुरक्षा व्यवस्थामा फेरबदल गरिएको छ। जसमा बलिउड स्टार शाहरुख खान र आमिर खान पनि सामेल छन्।
आमिरले आफ्नो सुरक्षा हटाइएको मा कुनै अप्ठ्यारो नभएको र मुम्बइ प्रहरी सहरको अरु सुरक्षाको लागि प्रयोग गर्न सकिने भन्दै चित्त बुझाउदै ट्वीट गरेका छन्।
सलमान र शाहरुखलाई पहिले चार सुरक्षा गार्ड र एक सुरक्षाकर्मीको गाडी दिइएको थियो। कटौती पश्चात अब केवल दुई सुरक्षा गार्डमात्र बाँकी छन्।
शाहरुख र आमिरले नोभेम्बरमा देशमा अशहिष्णुता बढेको वयान दिएका थिए। वयानको कारण दुवै खान निकै विवादित भएका थिए।
यता मुम्बइ प्रहरीले भने कसैको पनि सुरक्षा कम नगरिएको बताएको छ।
अमिताभ, दिलीप कुमार, अक्षय कुमार, महेश भट्, मुकेश भट्को भने सुरक्षामा फेरबदल गरिएको छैन। अक्षयलाई ग्याङ्स्टार र भट् दाजुभाइलाई अन्डरवर्ल्डबाट धम्की आइरहने बताइएको छ।
बलिउड कलाकारलाई दिइएको सुरक्षाले प्रहरी जवानको राम्रो उपयोग नभएको ठहर गर्दै सुरक्षा फिर्ता लिइएको थियो। विधु विनोद चोपडा, राजकुमार हिरानी, फराह खान, करीम मोरानी र अली मोरानीको पनि सुरक्षा फिर्ता बोलाइएको छ। सन् २०१४ मा अली मोरानीको घरमै गुण्डाहरुले फायरिङ गरेका थिए।
nepaliheadlines

काठमाडौं । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल एक म्यूजिक भिडियोमा देखिएका छन् ।
राष्ट्रियताप्रति समर्पित गीतमा खरेल देखिएका हुन् । ‘यो देशका लागि म जन्म लिएको हुँ’ बोलको गीतमा
गायक गायिकाले पनि अभिनय गरेका छन् । गीतमा भुवन प्यासी र पारु शाहीले स्वर दिएका छन् ।
dainiknepal
राष्ट्रियताप्रति समर्पित गीतमा खरेल देखिएका हुन् । ‘यो देशका लागि म जन्म लिएको हुँ’ बोलको गीतमा
dainiknepal
मुम्बई, पुस २३ । ‘आर्म्स एक्ट’ मा दोषी ठहर भई जेल सजाय भोगिरहेका बलिउड नायक संजय दत्त आगामी महिना रिहा हुने भएका छन् । अदालतबाट तोकिएको जेल सजाय पुरा नगर्दै उनी रिहा हुन लागेका हुन् ।
भारतीय संचारमाध्यमका अनुसार संजय दत्तलाई १०५ दिनको जेल सजाय माफ गर्दै रिहा गर्न लागिएको हो । अर्थात् उनी आफ्नो जेल सजाय पुरा हुन १०५ दिन बाँकी छँदै रिहा हुने भएका छन् ।
भारतको महाराष्ट्र सरकारले उनलाई यस्तो सहुलियत दिने निर्णय गरेको हो । जेलमा रहँदा उनको बानी–व्यहोरा राम्रो रहेकोभन्दै राज्य सरकारले १०५ दिनको सजाय माफी गर्ने निर्णय गरेको हो ।
राज्य सरकारको यस्तो निर्णयसँगै संजय दत्त आगामी फेब्रुअरी २७ मा रिहा हुने भएका छन् ।
त्यसो त, यसअघि पनि संजयले जेल जीवनमा विशेष सहुलियत पाउँदै आएका थिए । पाँच वर्षे जेल सजाय भोगिरहेका उनले हालसम्म १६२ दिन छुट्टीमा जेल बाहिर रहने सौभाग्य पाइसकेका छन् । सन् २०१३ मा उनी ११८ दिन जेल बाहिर रहे भने सन् २०१४ मा १४ दिन र २०१५ मा ३० दिन जेल बाहिर रहे ।
जेल बाहिर रहँदा निर्धारित बिदा अवधिभन्दा दुई दिन ढिलो पुगेको भन्ने आरोपमा पनि संजयले सफाइ पाएका छन् । उनी दुई दिन ढिलोगरी जेल पुग्नुमा जेल अधिकारीहरुकै दोष पाइएको राज्य सरकारको ठहर छ । उक्त आरोपबाट मुक्तिसँगै संजयले निर्धारित सजाय सकिन १०५ दिन बाँकी रहँदै रिहा हुने अवसर पाएका हुन् ।
imagekhabar

एजेन्सी । अमेरिकाकी एक युवती केटा पट्याउँदै विदेश घुमिरहेकी छिन् ।
अमेरिकाको अल्बामा बस्ने २५ वर्षकी मोनिका लिनले आफ्नो कुनै पनि पैसा खर्च नगरी अहिलेसम्म ९ देश घुमिसकेकी छिन् । मोनिकाले नचिनेका थुप्रै व्यक्तिसँग डेटिंगमा गइन् । त्यसको बदलामा उनले ति पुरुषहरुसँग भ्रमणका लागि आर्थिक सहयोग मागिन् ।
अन्तर्राष्ट्रिय समाचार संस्थामा उनको यो अनौठो यात्रा सार्वजनिक भएपछि उनी सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । उनले अनलाईनमा भेटिएका पुरुषसँग डेट गर्ने बताएकी छिन् । तर उनी डेट जानुअघि पुरुषको हैसियत पत्ता लगाउँछिन् । जस्तो धनि हो वा गरिब । उनी डेटिंगका दौरान पुरुषहरुले सेक्सका लागि दबाब नदिएको दाबी गर्छिन् ।
मोनिकाले गत वर्षको जनवरीदेखी डिसेम्बरको बीचमा दुबई, हंगकंग, इटली, इन्डोनेशिया लगायतका देश घुमेर सक्काएकी छिन् । कुनै समय आर्थिक सल्लाहकारको काम गर्ने मोनिकाले संसार भ्रमण गर्ने उद्देश्यका साथ यो पेशा छाडेकी थिईन् । यदी आफ्नै पैसाले यात्रा गर्ने योजना बनाएको भए उनलाई पैसा जम्मा गर्न वर्षौ लाग्ने थियो भन्छिन् मोनिका ।
उनलाई यसरी यात्रा गर्ने तरिका मिस ट्राभल नामक बेभसाइटले सिकायो । यस डेटिंग साइटमा एकल व्यक्तिहरु आफ्ना सम्भावित डेटिंग पार्टनरसँग घुम्नका लागि पैसा खर्चन तयार हुन्छन् । जनवरी २०१५ मा अमेरिका छाडेर भ्रमणमा निस्किएकी मोनिकाले एक वर्षमै केटा पट्याउँदै ९ देश घुम्न सफल भइन् ।

काठमाडौं, पुस २२ । अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकामा अन्धाधुन्ध दुरुपयोग भइरहेको बन्दूक नियन्त्रणमा लिने आफ्नो योजना सार्वजनिक गरेका छन् ।
अनियन्त्रित बन्दूककै कारण अनाहकमा दिन प्रतिदिन अमेरिकी नागरिकले ज्यान गुमाउँदा पनि नियन्त्रणका लागि कानून बनाउन कंग्रेसले नसघाएकामा निकै भावुक देखिएका ओबामाले अब कारवाही नगर्ने कुनै बहाना स्वीकार्य नहुने चेतावनी दिए ।
आँखाबाट अश्रुधारा चुहाउँदै राष्ट्रपति ओबामाले भने–‘अब बन्दूक राख्नेको पृष्ठभूमि परीक्षणका साथै मानसिक स्वास्थ्य र अपराधको इतिहास केलाउने नियम पनि बनाइनेछ ।’
यसका साथै चोरी गरिएका बन्दूकको जानकारी दिने कानूनलाई कठोरताका साथ लगाइने पनि उनले प्रष्ट गरे । बन्दूकको व्यापारीहरुले कंग्रेसलाई बन्धक बनाएपनि अमेरिकालाई बन्धक बनाउन नसक्ने चेतावनी ओबामाले दिए ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सडक दुर्घटनामा भन्दा बन्दूकको दुरुपयोगबाट मारिनेको संख्या अधिक देखिएपछि ओबामा चिन्तित भएका हुन । बन्दूक बन्देज कानून ल्याउन अमेरिकाको संसद बाधक बनेपछि राष्ट्रपतीय अधिकार लागू गर्दै ओबामाले कार्यपालक आदेशमार्फत् यो कानून ल्याएका हुन ।
आलोचकहरुले भने ओबामा आफ्नो शक्तिभन्दा अघि बढ्न खोजेको टिप्पणी गरेका छन् । रिपब्लिकन नेता पउल रायनले ओबामाको यस योजनाविरुद्ध अदालतमा मुद्दा पर्नसक्ने बताए । उनले ओबामाका शब्द र कार्य स्वतन्त्रतालाई नजरअन्दाज गर्ने खालका रहेको टिप्पणी गरे ।
नयाँ प्रबन्ध अनुसार अब सबै किसिमका पुराना बन्दुक बिक्रेताले दर्ता गर्नुपर्ने र नयाँ पसलेले बन्दुक खरिद गर्नेको पृष्ठभूमिको समेत अभिलेख राख्नुपर्ने छ ।

मुम्बई । गत वर्षजस्तै यो वर्ष पनि भारतमा गुगलमा खोजिने व्यक्तिको सूचीमा एक नम्बरमा परिन्, अभिनेत्री सन्नी लियोन । अहिले उनको भारतमा ठूलो ‘चार्म’ छ ।
भारतीय मूलकी क्यानेडियन अभिनेत्री हुन् उनी । भारतीयहरूले गत वर्ष पनि, यो वर्ष पनि गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । त्यति मात्र होइन, शाहरुख खान, सलमान खानजस्ता बलिउडका हस्तीलाई पनि उनले पछाडि पारेकी थिइन् ।
गुगलमा जति खोजिए पनि सन्नीको प्रशंसाभन्दा आलोचना बढी सुनिन्छ । तर, अहिलेको कामका लागि होइन, विगतमा उनले अपनाएको पेसाका कारण । तर, उनी सानी छँदा पोर्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिइन् । ‘सानी छँदा मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।’
किशोरवयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा ‘भोलेन्टियर’ भएर काम गरिन् । ‘त्यहाँ काम गर्दा भित्रैदेखि आनन्द आएको थियो,’ उनी सम्झिन्छिन् । सन् २००२ मा उनको जीवनको मोड पूरै बदलियो । एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौ ?’ साथीको प्रस्तावबारे सन्नीले एकान्तमा सोचिन् ।
कुरो ठिकै होजस्तो लाग्यो । मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो । ती साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफरसँग भेट गराइन् । ती फोटोग्राफरले सन्नीका अनेक पोजलाई तस्बिरमा उतारे । सन्नी मोडलिङमा डुब्दै गइन् । मोडलिङ हुँदै उनी पोर्नस्टारको दुनियाँमा प्रवेश गरिन् । (नयाँ पत्रिकाबाट)

केही समयअघि बलिउड अभिनेता सलमान खानलाई अदालतले ‘हिट एन्ड रन’ मुद्दामा सफाइ दिएपछि उनको विवाहबारे चर्चा चुलिएको छ ।
केही समयअघि नै उनले गर्लफ्रेन्ड लुलिया बन्तोरसँग ‘इनगेजमेन्ट’ गरेको समाचार आएको थियो । यसबारे सलमानले कुनै प्रस्टीकरण त दिएका थिएनन्, तर उनले लुलियालाई परिवारसँग भेटाएका थिए । ५०औँ जन्मदिनमा लुलियालाई केक खुवाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तैपनि, उनीहरूको विवाह कहिले हुने भन्ने निश्चित छैन । उता, ज्योतिषीहरूले भने यो वर्ष पनि सलमानको विवाह नभए कहिल्यै नहुने अड्कलबाजी गरेका छन् । भारतीय सेलेब्रिटी न्युमेरोलोजिस्ट सञ्जय जुमानीले भाष्करलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘सलमानले यसपटक पनि बिहे गरेनन् भने उनका लागि बिहेको योग अब छैन ।’ नयाँ पत्रिकाबाट ratopati

काठमाडौं, पुस १९ । बेलायतमा आयोजना हुन लागेको एक सांगीतिक कार्यक्रममा गायिका ज्योती मगरलाई सहभागीता गराउने तयारी भइरहेका बेला दुतावासले भिषा नदिएपछी उनी यतिबेला तनाबमा छिन् ।
ज्योतीले भिषा नपाएपछि आयोजकले इन्दिरा जोशीलाई बेलायत लगीसकेको छ । नले गायिका सुनिता दुलालसँग मिलेर बेलायतमा आयोजना हुने सांगीतिक कायृक्रममा माहोल तताउन लागेका हुन् ।
सुनिता सात तारिकमा बेलायत उड्ने योजनामा छिन् । नौ तारिकमा हुने कार्यक्रमका लागी उनी त्यस तर्फ जाने तयारीमा छिन् । ब्रिरटिश गोर्खा नेप्लिज काउन्सिलले बेलायतको १३ स्थानमा गोर्खा कल्चर नाईट गर्न लागेको हो ।
etajakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, पुस १९ । एक बर्ष अघि पति श्रीकृष्ण श्रेष्ठ गुमाएकी नायिका श्वेता खड्का के गर्दैछिन भन्ने चासो शुभचिन्तकहरुलाई हुनु स्वाभाविकै हो । विभिन्न सामाजिक कार्यमा सक्रिय रहेकी उनी फिल्ममा फर्कने बताइए पनि तत्काल फिल्ममा नआउने सोचमा छिन ।
फिल्ममा आउनेबारे फिल्मी पत्रकारको प्रश्नमा उनले अहिले नै फिल्म क्षेत्रमा आउने कुनै योजना नभएको बताइन् । सँगसँगै श्वेताले फिल्म निर्माणको पनि संकेत गर्दै अभिनेत्री या निर्मात्री जे बनेर पनि यो क्षेत्रमा आउन सक्ने बताईन् । तर केही समय भने सामाजिक कार्यमै सक्रिय हुने जानकारी गराइन ।
केहि दिन पहिले एक अनलाईनले श्वेताले तीनवटा स्कृप्टमा काम गर्ने तयारी गरेको समाचार आएकै समयमा दिवंगत पति श्रेष्ठको जन्मदिनको अवसरमा आयोजित एक कार्यक्रममा उनले परिवारको सल्लाहमा नै आफूले अब हरेक काममा हात हाल्ने बताईन् ।
त्यसो त श्वेतालाई फिल्ममा लिनको लागी धेरै निर्माता निर्देशकहरुले कदम चालेपनि कोही पनि सफल हुनसकेका छैनन् । रोज राणाले बनाउने भनिएको फिल्म ‘पर्शुराम’मा पनि उनले अभिनय गर्ने चर्चा चल्यो तर अन्तिममा उनले नगर्ने बताइन् ।
हेरौं श्वेता आफ्नै व्यानरबाट निर्मात्री र अभिनेत्री दुबै हुँदै आउँछिन् या अरु कसैको प्रोजेक्टमा समेटिन्छिन् त्यो हेर्न केही समय कुर्नैपर्ने हुन्छ ।
अभिनेता स्व. श्रेष्ठको जन्मदिनको दिन स्वेताले चण्डोल स्थित ‘घर–आँगन नेपाल’ आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई आवश्यक जाडोका लुगा, ब्ल्याङ्केट, बेड कभर एवम् अन्य आवश्यक सामग्रीहरु प्रदान गरेकी थिइन ।
पती गुमाएपछि लामो समयसम्म भावुक बनेकी श्वेता यतिबेला ‘फ्रेस’ हुने प्रयासमा छिन । ‘मेरो जिन्दगीमा अब खुशी आउँदैन होला’ भनेर फेसबुकमा स्टाटस राखेर शुभचिन्तकलाई भावुक बनाएकी उनी विभिन्न सामाजिक कार्यहरुमा देखिन थालेकी छिन् ।

‘हेल्लो! राधा के छ खबर? अहिलेसम्म अनलाइन? केटी मान्छे भएर यति रातिसम्म अनलाइन बस्दा अरुले के भन्लान् !’ उत्तर फर्काउन नपाउँदै उसले प्रश्नको वर्षा नै गरायो। ‘केटी भएर’ भन्ने शब्दले दिमाग चक्रायो, किनकी म सामान्य कुरामा पनि केटीलाई नराम्रै सोची हाल्ने प्रवृत्ति रुचाउँदिन । सधैँको च्याटमा विवाद मात्र गर्न रुचाउने एलेक्सले आज पनि विवाद गर्छ नै भन्ने लागेर उत्तर दिएँ।
‘अँ ठिकै छ, तिम्रो के छ खबर बरु सुनाऊ, लामो समयपछि बोलायौ नि? अनि केटा मान्छे भएर अहिलेसम्म अनलाइन?’ मैले पनि एकै पटकमा उसको सबै प्रश्नको उत्तर दिएँ अनि उसकै शैलीमा प्रश्न पनि गरेँ। मलाई थाहा थियो एलेक्सले फेरि पुरुष हुनुको घमण्ड र हैसियत पक्कै देखाउँछ किनकी मैले उसकै शैलीमा च्याट सुरु गरेकी थिएँ । नभन्दै उत्तर पनि त्यस्तै आयो –‘कस्ती ठाडो स्वभाव भाकी केटी यार तिमी, केटीलाई यस्तो स्वभाव सुहाउँदैन नि, यति रातिसम्म अनलाइन बस्दा अरुले नराम्रो सोच्लान् कि भनेर।’ उसले फेरि पनि केटी हुनुको गल्ती दर्शायो । रातको १२ बजेको छ, एलेक्ससँगको फेसबुके गफलाई अघि बढाऔँ कि नबढाउँ दोधारमा परेँ । सोचेँ, आजको गफमा पुरुष हुनुको घमण्डको सीमा नाप्नै पर्यो । अनि सुरु गरेँ–
‘म यस्तै ठाडो स्वभावकी छु भन्दा भन्दै किन बोलाएको त? के तिमी केटालाई चाहिँ अबेरसम्म अनलाइन बस्दा फूल माला पहिरिदिने कोही छन्?’
‘अरे यार त्यस्तो भन्न खोजेको हैन, तिमीलाई अरुले नराम्रो सोच्लान् कि भनेर साथीको नाताले भनेको मात्रै हुँ।’
मनमनै सोचेँ, बिचमा ‘अरु’ भन्ने शब्द घुसारेर आफ्नै सोचाइको स्तर देखायो ।
‘अरुलाई किन दोष दिन्छौँ? नराम्रो लाग्यो भने नबोल, यति राति दिमाग नचाट मेरो। ’ ‘नरिसाउन हउ, मैले त्यस्तो नराम्रो के नै भनेको छु र?’
‘यति राति केटी मान्छे भएर..रे, केटी मान्छे राति अनलाइन हुँदा नराम्रै सोच्नु पर्छ र? तिमी जस्तो यो जमानाको केटाको सोच देखेर दया लाग्छ एलेक्स साँच्चै हो । तिमीसँग विहे गर्ने केटी नराम्ररी फस्छे।’
मैले पनि यो पटक त उसको घमण्डमा नै प्रहार गरिदिएँ । कहिलेकाहीँ यस्तै च्याट उ आफूले आफ्नै प्रशंसा गरेर थाक्दैनथ्यो, आफूलाई पाउने केटी साह्रै लक्की हुन्छे भन्दै फुईँ नलगाएको पनि होइन। मेरो प्रहार सही ठाउँमा लागेछ क्यारे–‘तिमी जस्ती घमण्डी केटीको त झन् विहेको भोलिपल्टै डिभोर्स हुन्छ। तिम्रो स्वभावलाई कसले झेल्न सक्ला र खै?’
उसको रिसको पारो माथि उक्लिँदै गरेकोमा कता कता खुशी लाग्यो मलाई । सधैँ तिमी यस्ती उस्ती, केटी भनेको यस्तो हुनपर्छ भन्ने उसको साँघुरो सोचसँग विवाद गर्दा गर्दा वाक्क भएकी म आज उसको महान्पनमा नै खोट देखाइदिए। अलि ठण्डा भएर उत्तर फर्काएँ–‘म तिमी जस्तो केटीलाई निश्चित घेराभित्र सीमित राख्नुपर्छ भन्ने सोच राख्ने केटासँग विहे गर्दिन कसरी हुन्छ डिभोर्स? हेर राधा तिम्रो यस्तै स्वभाव भइरहने हो भने बुढी कन्या बस्छौँ।’
उसको रिस थामिने सुरै थिएन, केटी हो भन्दैमा पुरुषत्वको भाषण दिने साथीलाई दिमाग सेलाउन नदिने प्रण गर्दै फेरि रिस नै उठ्ने जवाफ दिएँ –‘तिमी जस्तो संकिर्ण सोचाई भएको, आधुनिकताको खोल मात्र ओढेको केटोसँग विहे गर्नु भन्दा बुढी कन्या बस्नु बेस।’ ‘हेर राधा म जस्तो आधुनिक, समय अनुसार चल्न सक्ने, परिस्थितिलाई बुझ्ने केटो खोजेर देखाऊ सक्छाँै भने, नत्र तिम्रो यो घमण्डीपनलाई कुनै केटाले थेक्न सक्दैन।’
आधुनिकताको खोक्रो भाषण फेरि दियो । किनकी यो उसको बानी नै बनिसकेको छ । ‘एलेक्स, तिमीले आफ्नाी प्रेमिकालाई त खुट्टाको जुत्ता सम्झिँन्छौ होला है? विचरी एलिना नराम्रोसँग फसी, खै! कसरी जिन्दगी बिताउँछे होला र तिमीसँग?’ कहिले काँही मेरो घमण्डीपनलाई होच्याउन उसले आफ्नी प्रेमिका एलिनाको खुबै तारिफ गथ्र्यो । त्यसैले उसलाई बिचमा ल्याएर मैले पनि उम्लिएको रिसलाई झन् उमाल्ने काम गर्दिएँ । रिसले साँच्चै सीमा नाघेछ क्यारे, धम्कीको भाषामा जवाफ आयो–‘मलाई यस्तो हेप्यौ हैन राधा, यस्तै बानी हो भने ठिकै छ अबदेखि तिमीसँग कहिल्यै बोल्दिन ।’
उसको रिसलाई थमथम्याउन थोरै फुर्काउने कोशिस गरेँ । उसको थोरै मात्र प्रशंसा गरिदिँदा मख्ख पर्ने उसको बानी कहिले काँही बच्चा जस्तै लाग्थ्यो । प्रशंग मोडेर कुरा गरेँ – ‘अँ आज त दामी प्रोफाइल पिक्चर राखेछौँ त, कस्तो सुहाएको रातो रिसर्ट, जिन्स पाइन्ट, आँखामा कालो चस्मा झन् पछाडिको सामन्द्रीक सीन ।’ साँच्चै मख्ख पो भएछ –‘देख्याैँ म कति आधुनिक छु?’ आफ्नो पहिरनमा आधुनिकता देख्ने एलेक्सको रिस शान्त भएसँगै फेरि प्रश्न गरेँ– ‘एलेक्स, यदि कुनै दिन तिम्री एलिना बदलिएर म जस्तै घमण्डी अनि ठाडो स्वभावकी भइन् भने के गर्छौँ?’
– ‘तिमीलाई थाहा छैन, हाम्रो गाउँ घरमा ‘पोथी बासे धुरी कटाउने’ चलन छ नि हो त्यस्तै गर्छु।’
लौ यो पटक त म उसको जवाफले हैरान भएँ, छागाबाट खसेजस्तो अनुभव भयो । आधुनिकताको नकाब भिरेको एलेक्सले यतिसम्म गिरेर सोच्ला भनेर कल्पना पनि गरेकी थिइन्। आफूलाई केही सम्हालेर उत्तर लेखेँ–हेर एलेक्स, तिमीले आफूलाई जति परिस्कृत र आधुनिक युवक सोचेपनि तिम्रो यस्तो घिन लाग्दो सोचले तिम्रो फेसबुके साथी मात्र भएकोमा पनि पछुतो छ । आधुनिक केवल केटीलाई तल गिराएर म पुरुष हुँ भन्ने सोच राख्दैमा हुँदैन । तिम्रो पहिरनमा जति आधुनिकता छ, त्यस्तै तिम्रो सोच्ने क्षमतामा पनि निखार आउनु जरुरी छ।
एउटै समाजको तिमी पुरुष र हामी महिलामा शारिरीक बनावटमा भिन्नता पक्कै हो तर के दुवैले पाउनुपर्ने आत्मसम्मान उस्तै हुनुपर्ने होइन र? तिम्रो प्रोफाइल फोटोको पछाडिको सामुन्द्रीक शीन जस्तो तिम्रो सोचाई नि फराकिलो हुनपर्ने होइन र? आज साच्चै तिम्री एलिनादेखि दया लागेर आइरहेको छ। उसले यस्तो केटासँग प्रेम गरिरहेकी छे, जसले कुनै दिन उसकै घाँटी निमोठ्न पछाडि पर्दैन ।
हो एलेक्स, आज तिमीसँग विलासी सम्पूर्ण चीज छन्, जुन तिम्रो पैसाले किन्न सक्यो। तर तिम्रो सोचाइलाई अब कुनै पनि नगदे धनले बदल्न सक्दैन । अष्ट्रेलिया बसेर मनग्य पैसा कमाएका छाँै, काठमाडौंमा घर किनेका छौँ, दिनहुँ सुविधासम्पन्न कारमा घुमफिर गर्छौँ तर तिमी मेरा लागि दुनियाकै गरिब व्यक्ति भयौ । तिमी भन्दा त दिनहुँ मजदुरी गरेर धुलो मैलोमा छोपिन बाध्य भएका कैयौँ साइँला, माइँला धनी छन्, किनकी उनीहरुको बाहिरी आवरण मैलो भएर के भो उनीहरुको सोच कम्तिमा तिम्रो जस्तो घिन लाग्दो छैन ।
समयसँगै चल्न सिकेका छन्, किनकी अब उनीहरु पोथी बासेपनि धुरी कटाउनु पर्छ भन्ने अन्धविश्वासमा छैनन् । एलेक्स, आजदेखि कुनै कुरामा तिम्रो र मेरो विवाद हुने छैन । यो लामो उत्तरसँगै तिमी मेरो फेसबुकै साथीको लिष्टबाट सदाका लागि हटिसकेका छौ । हो, अघि धम्कीको भाषामा भनेका थियौ नि तिम्रो यस्तै बानी हो भने कहिलै बोल्दिन भनेर तिम्रो यो चाहना पनि पूरा भयो ।
ल कुरै कुरामा रातको एक पनि बजिसकेछ । तर एलेक्सको ‘पोथी बासे धुरी कटाइन्छ’ भन्ने वाक्यले दिमागमा झट्का हानिरह्यो । मैले गाउँमा कुखुराको पोथी बास्दा काटेर घरको धुरी कटाएको नदेखेको हैन, सोचेँ, पक्कै एलेक्स जस्तै मै हुँ भन्ने पुरुषले चलाएको चलन होला यो । तर अहिले समाजका केही नाजायज कुरिति हट्दै गएको छ, विस्तारै एलेक्स जस्तो सोच भएका पुरुषहरु पनि बदिलने आशा राख्दै मोबाइल थन्काएँ।
setopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस