पर्सा । वैदेशिक रोजगारले एकातिर मुलुकमा विप्रेषण भित्र्याएको छ भने अर्कोतिर यसले गर्दा श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई प्रभावित गरेको छ ।
मुलुकमा रोजगार नपाएर परिवारको भरणपोषणका लागि विदेश जाने क्रमसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत स्खलन आएका कारण सम्बन्धबिच्छेद गर्ने क्रम बढ्दो छ ।
कम उमेरमा विवाह र वैदेशिक रोजगारका कारण प्रतिवर्ष दोब्बरका दरले पर्सामा सम्बन्धबिच्छेद भएको पर्सा जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।
जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७०-०७१ मा ६० दम्पतीले सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गराएको तुलनामा आव २०७१-०७२ मा सो सङ्ख्या बढेर १३३ दम्पती पुगेको छ ।
यो सङ्ख्या २०७०-०७१ को तुलनामा २२१ प्रतिशतले बढी रहेको पर्सा जिल्ला अदालतका तहसिल्दार शम्भुकुमार बस्नेतले बताए । उनले तराईका युवायुवतीबीच कम उमेरमा विवाह हुनु र वैदेशिक रोजगारमा दुई तीन वर्ष बिताई स्वदेश फर्किएपछि श्रीमान् श्रीमतीको चित्त नमिलेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको बताए ।
रोजगारका लागि विदेश जाने युवा दुई तीन वर्षपछि स्वदेश फर्किने र श्रीमतीको आचरण माथि शङ्का गर्नु, श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध स्थापित हुनुजस्ता कारणले गर्दा पर्सामा सम्बन्धबिच्छेद गर्ने चलन बढी रहेको तहसिल्दार बस्नेतको तर्क रहेको छ ।
लामो समयसम्म श्रीमान् श्रीमती अलग बस्नु र घरेलु हिंसाको घटनामा समेत वृद्धिले पनि सम्बन्धबिच्छेदलाई बढाएको समाजसेवीहरुको भनाइ रहेको छ ।
सम्बन्धबिच्छेदको बढ्दोक्रमलाई रोक्न तराईमा रहेको बालविवाह तथा दाइजोप्रथा अन्त्य गर्नुका साथै श्रीमान् श्रीमतीबीच विश्वासिलो वातावरण आवश्यक रहेको समाजसेवीको भनाइ रहेको छ ।
www.nepalsandesh.com

बैंकक। लाओसमा एक सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुदा त्यसमा रहेका २३ सेना बेपत्ता भइका छन् ।
हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको छ ।
लाओसको उत्तरपूर्वी प्रान्त सिन्जाकुङ्तर्फ लागिरहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त प्रान्तको हाउफान भन्ने स्थानमा सो हेलिकोप्टर खसेको बताइएको छ ।
सो हेलिकोप्टरको सम्पर्क विच्छेद भएपछि त्यसमा रहेका १९ जना यात्रु र चालक दलका चारजना सदस्य हराइरहेका छन् ।
उक्त दुर्घटना विकट स्थानमा र लगातार भारी वर्षाकाकारण उद्वारको काम हुन नसकिरहेको जानकारी सेनाले दिएको छ ।
सेनाले उद्वारकर्ताहरु घटनास्थलतर्फ पठाएको जनाएको छ । तर उनीहरुले त्यहाँ पुगेर उद्वार गर्न गर्न कठिनाइ भएको सेनाले बताइएको छ ।
www.nepalsandesh.com
हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको छ ।
लाओसको उत्तरपूर्वी प्रान्त सिन्जाकुङ्तर्फ लागिरहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त प्रान्तको हाउफान भन्ने स्थानमा सो हेलिकोप्टर खसेको बताइएको छ ।
उक्त दुर्घटना विकट स्थानमा र लगातार भारी वर्षाकाकारण उद्वारको काम हुन नसकिरहेको जानकारी सेनाले दिएको छ ।
सेनाले उद्वारकर्ताहरु घटनास्थलतर्फ पठाएको जनाएको छ । तर उनीहरुले त्यहाँ पुगेर उद्वार गर्न गर्न कठिनाइ भएको सेनाले बताइएको छ ।
www.nepalsandesh.com
काठमाडाैं, १३ साउन । स्याललाई काल आयो भने के हुन्छ ? जंगल छाडी सहर पस्छ । अहिले लोकमानलाई त्यस्तै व्यथाले सताएको प्रतीत हुन्छ । त्यो पनि संविधानको प्रस्तावित मस्यौदामै अधिकार कटौती भएको पुनर्नियुक्तिको प्रावधान राख्न लागिएको घडीमा ।
अख्तियारको परिभाषित जिम्मेवारी हो भ्रष्टाचार हुन नदिनु र आर्थिक अपचलनको प्रमाण भेटिए दोषीलाई पक्रेर मुद्दा चलाउनु, राज्यलाई ठग्नेबाट असुल उपर गराउनु । तर, उनले त सरोकारवालाले गरेको नियुक्तिको फाइलसमेत विप्लवद्धारा शुक्रबार आयोजित बन्दको मौका छोपेर उठाउन लगाएका छन् । अख्तियारमा छानीछानी आयुक्तहरुलाई फाँट जिम्मा लगाएका छन् ।
यस अनुसार खेलकुद मन्त्रालय दिप बस्नेत, र नविन घिमिरेको जिम्मामा पर्छ तर, यी दुवैलाई थाहै नदिई लोकमानले शुक्रबार दिउसो इन्सपेक्टर पुष्प मल्ललाई खेलकुद मन्त्रालयको फाइलन उठाउन लगाए । खेलकुद विकास ऐनको दफा ३ (घ)मा अध्यक्षले खेलकुद परिषद्को सदस्य सचिव नियुक्त गर्ने प्रावधान छ । सोही अनुसार मन्त्री पुरुषोत्तम पौडेलले असार १० गते केशव विष्टलाई युवराज लामाको अवकाशपछि रिक्त स्थानमा पार्टी अध्यक्ष केपी ओलीको असहमतिको वावजुद नियुक्ति दिए ।
एक हिसाबले हेर्दा यो राजनीतिक रुपमा नीतिगत निर्णय हो । तर, लोकमानलाई के नीति, के राजनीति ? अकुत सम्पत्तिको फाइल आफैंले च्यापेझैं आयुक्तहरुलाई बाइपास गरेर सोझै इन्सपेक्टरको तहमा झरेर फाइलन उठाउन लगाए । सचिव दिपेन्द्रनाथ शर्मालाई पहिले फोनमा फाइल र तयार पार्न भनियो ।
छुट्टीमा भएका कारणले उनले सहसचिव चुडामणि पौडेललाई जिम्मा लगाए । सहसचिवले अह्राए बमोजिम उपसविच केशव त्रिपाठीको हातबाट फाइल फुत्क्याएर टोली दिउसै टंगालतिर लुसुक्क फर्कियो । एमालेको केन्द्रीय कमिटी बैठकमा लोकमानको लहडबारे मजैसँग कुरा उठेको थियो । जनआस्था साप्ताहिकमा खबर छ ।

निरुसा निखत मुम्बईकी चर्चित फेसन डिजाइनर हुन् । इलाहावादको निम्न मध्यमवर्गीय मुस्लिम परिवारकी निरुसाको मुम्बईसम्मको यात्रा कठोर र संघर्षपूर्ण छ । तिनै संघर्षको कथाले यतिबेला निरुसा मुम्बईमा स्थापित फेसन डिजाइनर भएकी हुन् ।
मुम्बईमा उनी स्थापित मात्र होइन, सबै पक्षबाट बलियो पनि छिन् । यद्यपि आर्थिक रूपले सबल भए पनि अविवाहित आमा बन्ने उनको निर्णय समाजका लागि चुनौतीपूर्ण थियो । मुस्लिम समुदायमा एकल आमा बन्ने निर्णय नै आफैँमा कठोर थियो, यद्यपि उनले त्यस्तो निर्णय किन लिनुप¥यो ? निक्कै रोचक र संघर्षपूर्ण कथा निरुसाले यसरी सुनाइन् ।
‘सन् २००५ तिरको कुरा हो, म त्यसबेला लिभ इन रिलेसनसिपमा थिएँ । हाम्रो सम्बन्धले निरन्तरता पाउँछ भन्ने कुरामा मलाई पटक्कै विश्वास थिएन । रहँदै बस्दै जाँदा म गर्भवती भएछु, गर्भपतन गराउन मलाई राम्रो लागेन । किन भने यो मेरो सम्बन्धको नतिजा थियो, यसको जिम्मेवार म हुँ, मेरो पेटभित्र हुर्किएको भ्रुणको के कसुर थियो र म उसलाई मिल्काउँ ?
मेरो पेटको भ्रुणको कुनै दोष नभएकाले मैले उसलाई मिल्काउन चाहिनँ ।’
मेरो केही जिम्मेवारी छ भन्ने कुरो साँचो हो । मैले आफ्नो जिन्दगीबारे केही निर्णय गर्नु नै थियो । त्यसबेला मेरो अवस्था पनि त्यति राम्रो थिएन । यो ठाउँमा कहिले स्थापित हुन्छु कि हुन्न भन्ने कुरामा कुनै एकिन थिएन । यदि यो क्षेत्रमा स्थापित भइएन भने निम्नमध्यम वर्गको मुस्मिल परिवारकी मैले के गर्नुपर्छ भन्ने कुरो सोच्न सकेकी थिइनँ । त्यसैले मेरो पेटको भु्रणलाई कायमै राख्ने निर्णय गर्नु मेरा लागि त्यति सजिलो थिएन ।
यसबारेमा मैले आफ्नो परिवारलाई पनि जानकारी दिएँ । त्यसका लागि केही भाग्यमानी युवतीमध्ये एक हुँ, जसलाई परिवारले हरेक समयमा साथ दिएको थियो, भलै यो केसमा मैले साथ पाइनँ ।
गर्भावस्थाका बेलामा एक्लो थिएँ, जागिर थिएन । मेरो अवस्था यस्तो थियो, म बच्चा जन्माउन हिँडेर अस्पताल पुगेँ, डेलिभरी फर्ममा आफैँले हस्ताक्षर गरेँ, बच्चा जन्मेपछि आफैँ नानी बोकेर घर फर्किएँ । सुरुमा त मेरी आमाले मलाई स्वीकार गर्नुभएको थियो, तर मलाई साथ दिनसक्नु भएन । किनभने मेरा पिताजी मसँग खुसी हुनुहुन्न थियो, त्यसैले मेरो सुत्केरी स्याहार्ने आमाको इच्छा पिताजीले अनुमति नदिँदा पूरा हुन सकेन । आमा धर्मसंकटमा पर्नुभयो, छोरी अथवा पति दुईमध्ये एउटा रोज्नुपर्ने भयो । जब मैले सन्तानलाई यो धर्तीमा टेकाएँ, विस्तारै सबै कुरा मिल्दै गयो ।
आमा बन्नका लागि मलाई लोग्ने चाहिन्छ भन्ने कुरा कहिल्यै पनि महसुस भएन । एउटा लोग्नेमान्छे भए पुग्छ भन्ने लाग्यो । बच्चालाई बाबु खोज्ने अधिकार छ र हुनु पनि पर्छ भन्ने कुरा ठिकै हो ।
विवाहपछि सन्तान जन्मियो भने कानुनी रूपमा ऊ बाबु हो । तर त्यसपछिको जिम्मेवारी पनि उसले पूरा गर्नुपर्छ ।
मैले त्यस्ता धेरै विवाह देखेको छु, जसका बाबुले जे जिम्मेवारी निर्वाह गर्नुपथ्र्यो, त्यो गर्दैन । त्यस्ता विवाहित पुरुष पनि हुन्छन्, जुन बच्चाले खोजेको माया ममता दिन सक्दैन । तर हिम्मतिला महिलामा बुबा–आमा बन्ने क्षमता हुन्छ, जुन म गरेर देखाउँदैछु ।’
प्रकाश उज्यालो ब्लगबाट ।

काठमाडौँ, १३ साउन ।
केपी ओली प्रधानमन्त्री बन्ने कहिले हो कहिले उनको नातेदार हुँ भन्ने एकजना इन्सपक्टरले अहिल्यैदेखि महिलामाथि हिंसा गर्दै हेडक्वाटर हल्लाइदिएका छन् । बिहे गर्छु भनी अर्काकी छोरीलाई घर लैजान, केही दिन संगै राख्न र पछि मन परेन भन्दै ‘फर्केर जाऊ’ भन्न कानुन र नैतिकता दुवैले मिल्दैन ।
तर, आफूलाई ‘भावी प्रधानमन्त्री’को नातेदार बताउने इन्सपेक्टरले यस्तै गर्दा आइजिपी उपेन्द्रकान्त अर्याल बमबम भएका छन् ।
गौशाला प्रहरी वृत्तमा कार्यरत पृथ्वीनारायण ओलीले हो, यस्तो तमासा देखाएको छ । उनी केपी ओलीकै पुख्र्यौली जिल्ला तेह्रथुप छातेढुंगा – ४ का स्थायी बासिन्दा हुन् । श्रीमतीको निधन भएपछि बालबच्चा र आफ्नै पनि स्याहार गर्न समस्या भएको भन्दै १६ असारमा मोरङको विराटचोकबाट धनकुटाकी शर्मिला (नाम परिवर्तन)लाई काठमाडौं ल्याए समाजका अगाडि पत्नी सकार्दै । पुरुषोत्तम महिनामा धार्मिक कार्य गर्न नहुने विश्वासका कारण टिकाटालो पछि गर्ने गरी १७ गतेदेखि नै पत्नीका रुपमा अपनाए ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वेशीगाउँस्थित आफ्नै घरमा राखे । तर, संगै बस्न थालेको केही दिनपछि ‘केटी फिल्म लाइनतिर लागेकी रहेछ, यस्ता केटी खत्तम हुन्छन्’ भन्दै घरबाट निकाले । शर्मिला फिल्मको कथा र पटकथा लेख्ने काममा अभ्यास गरिरहेकी छन् । अहिले हेडक्वाटरस्थित महिला तथा बालबालिका केन्द्रमा यो मामिला पुगेको छ । त्यहाँकी एसपी दुर्गा सिंह र डिएसपी गंगा पन्तहरुलाई ओलीको रवाफ लगाउँदै पृथ्वीनारायण छलफलमा जान आनाकानी गर्दै थिए ।
पीडितहरु एक साता अघि आइजिपी उपेन्द्रकान्तकहाँ पुगे । उपेन्द्रले ‘मान्छ भने मानोस्, नत्र पाता कसेर भए पनि ल्याउनु’ भन्दै कराएपछि बल्ल इन्सपेक्टर बल्ल छलफल गर्न राजी भए । पाँच दिन मात्र त हो नी भन्दै आफूहरु अलग भएको इन्सपेक्टरले बताए पनि डिएसपी गंगा पन्त जंगिएपछि पिडक इन्सपेक्टर नै भएकोले आन्तरिक रुपमा समाधान खोज्न पहल भइरहेको आजको जनआस्था साप्ताहिकमा खबर छ ।

काठमाण्डु–समस्या हरेक मान्छेको जीवनमा आउने गर्छ । जब एउटा समस्याको तपाईं हल गर्नुहुन्छ लगत्तै अर्काे ढोका ढकढकाउन आइपुगेको हुन्छ । त्यसकारण समस्याको अनतय कहिल्यै पनि हुँदैन ।
जब हामी कुनै सफल व्यक्तिलाई देख्छौं हामीलाइृ लाग्छ यो मान्छे भाग्यमानी रहेछ, यसले सजिलै सफलता हासिल ग¥यो । तर, हामीले सफल देखेका ती मान्छेले हाम्राभन्दा ठूला समस्या झेलेर नै सफल भएका हुन् तर उनीहरुको समस्यालाइृ हल गर्न तरिका भने अलग थियो ।
तपाई पनि दिमागमा यी पाँच कुरा नखेलाउनुहोस् सफलता तपाईको दैलोमै हाजिर हुन्छ ।
१, बाहिर मान्छेले के सोच्छन् भनेर चिन्ता नलिनुहोस्
यस दुनियामा हरेक व्यक्तिले आफ्नै मर्जीले मात्र नभइ अरुको देखेर प्रभावित भएर पनि काम गर्ने गर्दछन् । जब तपाई केही गर्न थाल्नुहुन्छ र त्यसका बारेमा आम मानिसहरुले के भन्लान् भनेर सोच्न थाल्नुहुन्छ भने तपाईं सफल हुनुहुन्न । त्यसैले तपाईंले आफूलाइृ मनमा लागेको काम गर्नुहोस् अरुको बारेमा दिमागमा ठाउँ नै नराख्नूस् ।
२ डर
डरको कुरा गर्न हो भने हामी कल्पनाभन्दा घेरै केही होइनौं । तपाईले कुनै पनि काम गर्दा जोखिम मोल्न डराउनु भयो भने सफलता तपाईभन्दा टाढा भाग्छ । त्यसैले डर भन्ने शब्दलाई पनि हाफ्नो दिमागबाट हटाउनुहोस् ।
३, बितेको समय र भविष्यको बारेमा चिन्ता नलिनूस्
हामीमध्य धेरैजसो मानिसले भविष्य के होला भनेर चिन्ता गर्ने गर्छाैं । बितेको समय सम्झेर पनि त्यस्तै गर्छौ । त्यसले हाम्रो वर्तमान बिगारी रहेको हुनछ । त्यसैले वर्तमानमा काम गर्नूस् भूत र भविष्यको कल्पना गरेर नबस्नूस् ।
४, नकरात्मक सोचाइलाई हटाउनूस्
नकरातमक सोचाइ यस्तो घात चीज हो कि यसले हामे शक्तिलाई नास गर्दछ । जब हाम िकुनै काम गर्न खोजछौं पहिले नै म त यो सक्दिन भन्न थाल्यौं भने हामी कहिल्यै त्यो काम गर्न सक्दैनौं । त्यसैले सकरात्मक सोचको विकास गरौं ।
५, उमेरको ख्याल नगनूस्
तपाईलाई लाग्न सक्छ उमेर एक सख्याको नाम हो । सफल व्यक्तिले आफ्नो उमेरको ख्याल नै गर्दैन् । त्यसैकारण कतिपय व्यक्तिले कलिलै उमेरमा पनि सफलता पाएका हुनछन् । तपाई पनि उमेरलाई दिमागमा नल्याउनूस् त्यसले तपाईंलाई कि म कलिलै छु कि म बूढो भइसके जस्ता हीनता ग्रनथी भरिदिने काम गर्छ ।
यी पाँच कुरालाई दिमागमा ल्याउनुभएन भने तपाईं अवश्य सफल हुनुहुने छ ।
kathmandutoday.com

वि.सं.२०७२ साल श्रावण १३ गते बुधबार,
इ स २०१५ जुलाई २९ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्लपक्षको त्रयोदशी तिथि साझ०७:३३ बजेसम्म उप्रान्त चतुर्दशी,
मूल नक्षत्र मध्यान्ह १२:०१ बजेसम्म उप्रान्त पूर्बषाढा,
बैधृति योग रात्रि ११:५९ बजेसम्म उप्रान्त बिष्कुम्भ,
कौलब करण बिहान ०८:०० बजेसम्म,तैतिल साझ ०७:३३ बजेसम्म उप्रान्त गर,
आनन्दादियोगमा ध्वज योग,
चन्द्रमा धनु राशिमा,
काठमाडौंमा सूर्योदय ५:२५ बजे, सूर्यास्त ६:५० बजे,
दिनमान ३३ घडी ४२ पला
राहुकाल मध्यान्ह १२:०९ बजे देखी दिउसो ०१:५१ बजेसम्म ।
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
सुकेधारा/माछापोखरी काठमाडौँ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
धर्म कर्ममा निकै रुची बढ्नेछ,आइलागेका विभिन्न जटिलता र झैँ-झमेलामा समाधानको उपाय भेटिनेछ,मान्यजनको सहयोगले अगाडी बढ्ने बाटो खोज्न सहायता गर्नेछ,बहुमुल्य बस्तु हराउनुको साथै आकस्मिक जरिवाना समेत तिर्नु पर्ने हुन सक्छ,कर्ममा दृढ भएर लागे आज भाग्यको राम्रो साथ मिल्नेछ,आजको लागि शुभ अंक २,शुभ रंग हरियो हो भने कामको सुरुवात गर्नु पूर्ब आफ़्नो कुलदेवताको स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
आजको दिन विभिन्न किसिमका झमेलामा फसेर नै बित्न सक्ने देखिन्छ,शारीरिक अस्वस्थता बढ्नाले काममा निरन्तरता दिन नसकिएला,आफ्नै कमजोरीले आफन्त ताथा साथिभाइ संगको साथ छुट्न सक्छ,सवारी साधनको प्रयोग निकै महँगो साबित हुन सक्छ इष्टदेबको दर्शन पूजा गरेर मात्र नया कममा लाग्नुहोला,,आजको लागि शुभ अंक ४,शुभ रंग रातो हो भने कामको सुरुवात गर्नु पूर्ब इन्द्रायणी भगवतीको दर्शन पूजा र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
प्रेमी जोडीहरुको लागि निकै सुखद समय रहनेछ भने सम्बंध निकै सुमधुर रहनेछ,मिठा मिठा खानेकुरा हात लाग्नेछन,नया बाहन तथा पहिरन प्राप्तिको योग देखिन्छ,लामो यात्राको प्रारम्भ गरिएला,व्यापारिक साझेदारी अझै कसिलो बन्नेछ,अपरिचितलाई छिटो बिस्वास नगर्नु होला घात हुन सक्छ,कलाकारिता क्षेत्रमा फड्को मर्न सकिनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग खैरो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ नमो भगवते वासुदेबाय यो मन्त्र १२ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
बहुमुल्य बस्तु हराउन वा टुटफुट हुन सक्छ,शत्रु पक्ष बलावान रहनेछन तथापि मुकाबिला गर्न सक्ने शक्ति बढ्नाले शत्रु पक्ष झस्किने छन्,स्वास्थमा देखिएका नकारात्मक प्रभाब बिस्तारै हटेर जानेछ, पढाइ लेखाइको पाटो भने खासै उभो लाग्ने देखिन्न,बिपरित लिंगीको सहयोग निकै फलदायी रहनेछ,आजको लागि शुभ अंक ८,शुभ रंग सेतो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ सों सोमाय नम: यो मन्त्र १६ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
पढाइ लेखाइमा केहि सुधारको आभास हुनेछ,मनमा सु-बिचारको आगमन हुनेछ भने आफन्त संगको किचलो क्रमश घटेर जानेछ,साहित्यिक र खेलकुदको क्षेत्रमा पद प्रतिष्ठा हात लाग्नेछ,आज धर्म कर्ममा समय बित्नेछ भने सन्तान तथा अनुयायीहरुको प्रशस्त सहयोग पाइनेछ,खानपानमा आउने असाबधानिले पेट सम्बन्धि समस्या देखिन सक्छ,आजको लागि शुभ अंक १,शुभ रंग सेतो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ नम: शिवाय यो मन्त्र ११ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
पारिवारिक काममा समय बित्नेछ,समाजका विशिष्ट व्यक्ति संगको निकटता बढ्नेछ,कामकाजमा निकै खटिनु पर्नेछ भने कामको सहि मुल्यांकन नहुन सक्ने अबस्था छ,सवारी साधन र जग्गा जमिन जस्ता ब्यबसायमा नोक्सानी व्यहोर्नु पर्ने हुन सक्छ,यात्राको लागि समय खासै उचित छैन,आजको लागि शुभ अंक ३,शुभ रंग पहेलो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ हनुमतये नम:यो मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
प्रियजन संगको निकटता बढ्नेछ,काम गरे अनुरुप समाजमा मान प्रतिष्ठा पाइनेछ,पुराना साथी संगी संगको भेटघाटले आनन्दित महसुस गराउनेछ,कठिन र साहसिक कार्यमा लाग्ने रुची बढ्नेछ भने सफलता पनि मनग्य हात लाग्ने समय छ,दाजु भाइको सम्बन्धमा भने कमजोरी आउन सक्छ,आजको लागि शुभ अंक ५,शुभ रंग खरानि रङ्ग हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ सरस्वत्यै नम:यो मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आकस्मिक धन लाभ हुने समय देखिएता पनि संचिति हुन नसक्ला,उल्टै जोगावट गरेको धन क्षति हुन सक्ने देखिन्छ,चनाखो रहनु होला,पारिवारिक अल्झनले आगाडी बढ्ने बाटोमा तगारो लाग्न सक्छ,प्रगतिको लागि गोपनियता आबस्यक देखिन्छ,फलदायी यात्राको सम्भाबना पनि देखिन्छ,आजको लागि शुभ अंक ७,शुभ रंग हल्का रातो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ शं शनिश्चराय नम:यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
शरीरमा स्फूर्ति बढ्नेछ भने कम गर्ने शक्तिको बिकाश हुनेछ,रोकिएका काममा क्रमश सुधारको संकेत देखिनेछ,टाढिएका साथि संगी सगको सम्बन्ध निकटतम बन्नेछ,मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ,शिरका आसपासमा चोटपटक लाग्न सक्ने देखिन्छ,बोलीको प्रभाब अत्यन्त बलियो हुनेछ,आजको लागि शुभ अंक १,शुभ रंग गुलाबी हो भने कामको सुरुवात गर्नु पूर्ब मृत्युञ्जय मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
प्रतिफल रहित काममा समय व्यतित हुन सक्ने देखिन्छ,पारिवारिक सम्बन्धमा कमजोरी देखिएता पनि घर बाहिर रहेर गरिने काममा सन्तोषजनक सफलता हात लाग्नेछ,लेनदेन बिबादित रहन सक्छ,बिस्वास गरेका व्यक्तिबाट बिस्वास घात हुन सक्ने देखिन्छ,निरर्थक यात्रा हुन सक्ने देखिन्छ साबधानी अपनाउनु होला,आजको लागि शुभ अंक ९,शुभ रंग निलो हो भने कामको सुरुवात गर्नु पूर्ब कें केतबे नमः यो मन्त्र १७ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
नया काम पाइनेछ भने गरि रहेको काममा पदोन्नती वा विशिष्ट जिम्मेवारी पाउने समय छ,विशिष्ट व्यक्तित्व सगको भेटघाट संगै नया कुराको जनाकारी लिने अवसर मिल्नेछ,सभा सम्मेलनमा सरिक भई मन परेका बस्तु भोजन गर्न पाइनेछ,आर्थिक पाटो सफल र दरिलो बन्नेछ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का कालो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ गं गणपतये नम:यो मन्त्र २१ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
शरीरको आलस्यता हटेर जानेछ,व्यवसायमा नया साझेदारी गर्नको लागि उचित समय रहेकोछ, बैदेशिक सहयोगमा बृध्दि आउनुको साथै राजनैतिक र सामाजिक पद प्रतिष्ठामा उच्चतम सुधार आउनेछ,कृषि तथा पशु चौपाय सम्बन्धि व्यवसायमा ठुलो सफलता हात लाग्ने समय रहेकोछ, आजको लागि शुभ अंक १,मिश्रीत रंग शुभ हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ रां राहबे नम:यो मन्त्र १८ पटक स्मरण गरेर अगाडी बढे शुभ फल हात लाग्नेछ।