वि.सं.२०७२ साल श्रावण १४ गते बिहिबार,
इ स २०१५ जुलाई ३० तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्लपक्षको चतुर्दशी तिथि,साझ ०८:१९ बजेसम्म उप्रान्त पूर्णिमा,
पुर्बषाढा नक्षत्र बिहान ११:४१ बजेसम्म उप्रान्त उत्तरषाढा,
बिष्कुम्भ योग साझ ०६ :५९ बजेसम्म उप्रान्त प्रीति,
गर करण बिहान ०६:५९ बजेसम्म, साझ ०६:१९ बजेसम्म उप्रान्त भद्रा,
आनन्दादियोगमा धाता योग,
चन्द्रमा धनु राशिमा साझ ०५:३२ बजे देखि मकर राशिमा,
काठमाडौंमा सूर्योदय ५:२४ बजे, सूर्यास्त ६:५२ बजे,
दिनमान ३३ घडी ४८ पला
राहुकाल दिउसो १:५० देखि ०३:३२ सम्म
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
धार्मिक कार्यमा रुची बढ्नेछ,भगवान तथा मान्यजनको सेवामा समय व्यतित हुनेछ,सहि समयमा निर्णय लिन नसक्दा हात लागेको काम फुत्कन सक्छ,कानुनि अड्चन आइलाग्न सक्छ भने आकस्मिक जरिवाना तिर्नु पर्ने पनि हुनसक्छ,आजको लागि शुभ अंक २,शुभ रंग बुट्टे हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ रां राहबे नमः मन्त्र १८ पटक जप गरेर अगाडी बढे सफ़लता मिलने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
रोकिएका काममा सुधारको लक्षण देखिनेछ,हतारमा गरिएका निर्णयले काममा बिध्न आउन सक्छ,आम्दानिका नंया स्रोतहरु भेटिनेछन,पढाइ लेखाइमा खासै मन जाने देखिन्न,साबधानी पूर्ण तबरले काममा लागे प्रशस्त लाभ मिल्नेछ,आजको लागि शुभ अंक ८,शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम: शिवाय यो मन्त्र ११ पटक जपेर अगाडीबढे सफलता मिल्नेछ।।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
दिन कष्टकर हुन सक्छ,बिचार पुर्बक अगाडी बढे मात्र केहि सफलता हात लाग्न सक्लान,आफन्त संग झैझगडा हुन सक्छ भने रिसले आफैलाई नोक्सानी गर्नेछ,अनाबस्यक खर्च बढ्ने देखिन्छ, गणेश भगवानको आराधना गरे केहि शुभफल हात लाग्नेछ,आजको लागि ६,शुभ रंग सप्तरंगी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुलादेबताको स्मरण र दर्शन पूजा गरेर अगाडी बढे उत्तम हुनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
प्रतिस्पर्धामा सफलता हात लाग्नेछ,व्यपार व्यवसाय र प्रेम सम्बन्ध तथा मित्रतामा सकारात्मक प्रतिफल मिल्नेछ,आम्दानीका बाटोहरु खुल्नेछन्,सामाजिक र राजनैतिक मान सम्मानमा वृद्धि हुनेछ,रमाइलो यात्राको सम्भावना देखिन्छ,आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सरस्वत्यै नम: यो मन्त्र जपेर अगाडी बढे उत्तम हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
खानपानमा असावधानी हुन जादा स्वास्थ्यमा कमजोरी देखिनेछ,आफ्नो कला र प्रतिभा देखाउने अवसर मिल्नेछ,शत्रु पक्ष बलियो भएता पनि चतुर्याई पूर्ण तरिकाले जित हासिल गर्न सकिनेछ, प्रयत्न गरे कामामा निकै ठुलो सफलता हात लाग्नेछ,आजको लागि शुभ अंक ३,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ मृत्युन्जयाय नम: योमन्त्र २३ पटक जप गरेर अगाडी बढे शुभफल हात लाग्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
गुरु तथा मान्यजन संगको सामिप्यता बढ्नेछ,बौध्धिक कार्यबाट उच्चतम सफलता हात लाग्नेछ,पढाइ लेखाइमा सुधार आउनेछ,जग्गा जमिन र मेसेनेरी बस्तु संगको व्यवसायमा प्रगति हुनेछ, पेट सम्बन्धि समस्या देखिन सक्छ,आजको लागि शुभ अंक ५ शुभ रंगखैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब नवदुर्गा भगवतीको मन्त्र जप गरेमा सफलता हात लाग्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
आफन्त संग मनमुटाब हुन सक्नेछ,अरुको सल्लाह लिने मनसाय घटनाले काममा आफन्तको सहयोगमा कमि आउन सक्छ,सवारी साधनबाट घाटा व्यहोर्नु पर्ने देखिन्छ,अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नमः यो मन्त्र २१ पटक स्मरण गरेर थालनी गरेमा उचित हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
पराकम बढ्ने दिन छ,साहसिक कार्यमा मन लाग्नेछ,सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ, पठन पाठनको क्षेत्रमा सुधारको संकेत देखिनेछ,मित्रजन संगको भेटघाटमा मन रमाउनेछ,बोलीमा केहि कमजोरी आउनाले बिबादको सिर्जना हुन सक्छ,आजको लागि शुभ अंक ५,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब हनुमानको दर्शन पूजा र स्तोत्र पाठ गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
पारिवारिक झन्झटबाट केहि राहत मिल्नेछ,धन संचय गरिनेछ भने बहुमुल्य रत्न तथा आभूषणको जोरजाम गरिएला,बोलीको प्रभाव बढ्नाले टाढाको व्यक्तिलाई पनि सजिलै आफ्नो बनाउन सकिनेछ,मिष्ठान्न भोजनको अवसर जुट्नेछ,रमाइलो यात्रा हुन सक्छ,आजको लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे,र यात्रा गर्नु पुर्ब बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
आम्दानिको तुलानामा खर्च अत्याधिक बढ्नाले मनमा चिन्ता छाउनेछ,घरायसी समस्याले सताउने छन भने पति पत्नी बिचमा तनाबको अबस्था आउन सक्छ,नोकर तथा सन्तान बाट खर्च बढ्नेछ, अरुको कारण अपजस पनि आइलाग्ने सक्ने सम्भाबना देखिन्छ,आजको लागि शुभ रंग गाढा रातो हो भने,शुभ अंक ५ हो,कामको सुरुवात गर्नु पुर्ब ॐ घृणी सूर्याय नम: यो मन्त्र १२ पटक उच्चारण गरेर अगाडी बढे सकारात्मक फल मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
नंया लगानिका क्षेत्रहरु भेटिनेछन्,आम्दानीका बाटोहरु खुल्न थाल्नेछन,कीर्तिमानी काम गर्ने अवसर मिल्नेछ,मन सम्मान मिल्नेछ भने मिठास पूर्ण यात्राको अवसर पनि मिल्ने देखिन्छ, बिपरित लिंगी संगको सम्बन्धमा सुधार आउनेछ,अरुको बिस्वास जित्न सकिनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब बिष्णु भगवानको स्मरण पुजा र मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
राजनीतिक र सामाजिक कार्यमा रुची बढ्नेछ,काम गरे अनुरुप प्रतिफल हात लाग्नाले जोश र जाँगरमा उल्लेख्य वृद्धि हुनेछ,माता पिता संगको सहयोगमा ठुला काम फत्ते गरिनेछन,नोकरीमा पदोन्नती प्राप्त हुनेछ भने राज्यबाट विशिष्ट सम्मान मिल्नेछ,,आजको लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो,कुनै काममको थालनी पुर्ब देबी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।

गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि पछि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् ।
यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ ।
१ पानी र मह
विहानको समयमा उठ्ना साथ पानीमा मह राखेर पिउनुस् । यसले पेटका विकारलाई कम गर्छ र अनुहारमा चमक ल्याउँछ ।
२ बेसन र बेसार
२ चम्चा बेसन र आधा चम्चा बेसार मिसाएर खुव फिट्नुस् अनि गुलाव जल मिसाएर अनुहारमा लगाउनुस् । यसो गर्दा अनुहारमा चमक आउँछ ।
३ पानी प्रयाप्त पिउनुस्
गर्मीमा शरीरलाई पानीको आवश्यकता अघि पछि भन्दा बढी पर्छ । गर्मीमा प्रयाप्त पानी पिउनुस् । यसले शरीरमा भएका विषाक्त पदार्थ बाहिर निकाल्छ । त्वचामा निखार ल्याउँछ ।
४ केरा सेवन
गर्मी मौषममा केराको सेवन निक्कै राम्रो मानिन्छ । केरा सेवन मात्र होइन केराको लेपमा नुन मिसाएर अनुहारमा १० मिनेट लगाउनुस् र सफा गर्नुस् अनुहार चम्किन्छ ।
५ सुन्तालका बोक्रा
सुन्तालाका बोक्रालाई पिसेर पाउडर बनाउनुस अनि काँचो दुधमा लेप बनाउनुस् । यो अनुहारमा लगाउँदा त्वचामा चमक आउँछ ।
६ मलाइ र केसर
अनुहारमा भएको सुख्खापन हटाउन मलाइ र केसरको मिश्रणले अनुहारमा मालिस गर्नु उत्तम मानिन्छ । यसो गर्दा अनुहारको रुखो पन हटेर चमक आउँछ ।
७ मह र पानी
एक चम्चा महमा पानी मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको फोहोर निस्किन्छ । अनि सफा गर्दा अनुहारमा चमक आउँछ ।
८ काजु र दुध
काजु अनुहारको च्वचाका लागि राम्रो मानिन्छ । काजु र दुध मिसाएर खँदा अनुहारमा चमक आउँछ । छालाको सुख्खापन हटाउन काजु र दुधको लेप अनुहारमा लगाउन सकिन्छ ।
९ कागती र सुन्तालाको रस
आधा चम्चा सुन्तालाको रसमा केही थोपा कागतीको रस मिसाएर गुलाव जलसँग केहीबेर फ्रिजमा राख्नुस् । २० मिनेटपछि यसले अनुहार धुनुस् ।
१० दही र पुदिना
दही र पुदिनाको पातको पाउडर मिसाएर अनुहारमा लगाउनुस् अनि आधा घण्टा कुर्नुस् । सुख्खाभएपछि सफा पानीले धुनुस् । यसो गर्दा अनुहार चम्किन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी : आफ्नो फिल्म 'बजरंगी भाइजना' को बालकलाकार हर्षाली मल्होत्राबारे सलमानले दिएको चासो र लगावबारे बलिउडमा चर्चा भइरहेका बेला उनलार्इ पढाउने जिम्मा पनि सलमानले लिने भएका छन् ।
समाचार अनुसार सलमानले हर्षालीको सबै पढाइ खर्च आफैंले ब्यहोर्ने भएका हुन् । सलमानले अहिलेसम्म हर्षालीका परिवारलार्इ सहयोगस्वरुप डेढ करोड भारतीय रुपैयाँ प्रदान गरिसकेका छन् ।
तर हर्षालीकी आमाले भने यो खबरलार्इ बकबासको संज्ञा दिँदै आएकी छन् । हर्षालीकी आमा काजलले बताए अनुसार आफूलार्इ कुनै खर्च प्राप्त नभएपनि सलमानले सहयोग गर्न लागेको जानकारी भने पाएको बताइन् ।
केही विज्ञापनमा समेत देखिइसकेकी हर्षालीको करियरलार्इ लिएर आमा काजलले सतर्कतापूर्वक निर्णय गर्न थालेकी छन् । सलमानले हर्षालीलार्इ पढाइदिने कुराको पनि उनले सोचेरमात्रै निर्णय दिने बताइरहेकी छन् ।
बजरंगी भाइजानबाट हर्षालीले बलिउडमा आफ्नो गतिलो पहिचान बनाइसकेकी छन् । उनकी आमाले अब सानोतिनो फिल्मी भूमिकामा अल्झेर छोरीले आफ्नो करियर बर्बाद गरेको हेर्न नचाहेको बताएकी छन् ।
केही दिनअघि आएको समाचार अनुसार काजलले छोरी हर्षालीलार्इ क्याटरिना कैफको बालककालको भूमिका निर्वाह गर्न आएको प्रस्ताव अस्विकार गरेकी थिइन् ।
त्यतिमात्रै होइन उनले फिल्म प्रेम रतन धन पायोका लागि सलमानको तर्फबाट आएको अफरको समेत हर्षालीले इनकार गरिदिएकी थिइन् ।

काठमाडौँ : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पेसागत चासोका अतिरिक्त अग्रगामी संविधान बनाउनेमा विशेष ध्यान पुर्याउन आग्रह गरेका छन्।
नेपाल पत्रकार महासङ्घले प्रस्तावित नयाँ संविधानमा सूचना एवम् अभिव्यक्ति स्वतन्त्रता सम्बन्धमा राखिनुपर्ने प्रावधानबारे प्रस्तुत गरेको ध्यानाकर्षण–पत्र संविधानसभा भवन बानेश्वरमा ग्रहण गर्दै उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण खम्बा भएकाले त्यसको सुनिश्चितताका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
अघिल्लो संविधानसभाले गरेको कार्यको उपलब्धि ग्रहण गर्नेलगायत दलबीच भएका सहमति विपरीत संविधान मस्यौदा समितिले गल्ति मात्रै होइन, बद्मासी र अपराधजन्य काम गरेर मस्यौदा ल्याएको बताउँदै उनले भने– “विगतको सहमतिलाई उल्टाउने गरी आएको मस्यौदालाई कतिपयले त कम्प्युटरले लेखेको भन्ने अभिव्यक्तिसमेत दिएको पनि पाइन्छ ।”
“अहिलेको मस्यौदालाई सुधार नगरी जाने हो भने उत्पीडित जनताको मागलाई सम्बोधन गर्न नसकिने हो भने आफ्नो मृत्यु पत्रमा हस्ताक्षर गर्ने की अन्य विकल्प सोच्ने भन्ने प्रश्न उब्जिएको छ,’सभापति डा भट्टराइले भने।
यसअघि ध्यानाकर्षपत्र प्रस्तुत गर्दै महासङ्घका सभापति डा महेन्द्र विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानको मस्यौदाले अङ्कुश पार्न खोजिएको हुँदा त्यसलाई व्यापक सुधार र परिमार्जनको खाँचो रहेको बताउनुभयो । रासस
annapurnapost.com

१३ साउन, काठमाडौं । नवलपरासीको कुडिया–४ मर्चहवामा भएको बालक बलिको घटनामा प्रहरी उपरीक्षक (एसपी) नलप्रसाद उपाध्यायको विवादास्पद भूमिका देखिएको छ । सोनु भनिने जीवन कोहरको हत्या प्रकरणको छानविनको क्रममा एसपी उपाध्यायको भूमिका विरोधाभाषपूर्ण देखिएको हो ।
जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रमुख समेत रहेका उपाध्यायले हत्यामा समलग्न कोदाई चमारका छोराको उमेरको विषयमा विवादास्पद भूमिका खेलेको देखिएको छ । सञ्चार माध्यममा १४ वर्ष मात्रै पुगेकाले प्रचार नगर्न आग्रह गरेका उनले पत्रकार सम्मेलन वितरण गरिएको प्रेस विज्ञप्तिमा १८ वर्ष पुगेको उल्लेख गरेका थिए ।
स्थानियहरुले पनि १८ वर्ष पुगिसकेको बताएका थिए । कोदाई चमारका छोरा विजय चमार कामेपछि मान्छेको मासु मागेका थिए । उनै विजयलाई जोगाउन प्रहरीले शंकास्पद भूमिका खेलेको स्रोतले दाबी गरेको छ ।
घटनाबारे आयोजित पत्रकार सम्मेलनको क्रममा पुजारी गंगा हरिजन पनि हत्यामा समलग्न नरहेको उपाध्यायले पटकपटक बताएका थिए । तर हत्यामा समलग्न गंगा आफैले भने हत्या अघि आफूले देउताका नाममा पूजा गरिदिएको जानकारी दिएका थिए ।
पूजा गरेवापतको ५० हजार रुपैयाँ पनि उनैले लिएका थिए ।
तर एसपी उपाध्यायले भने त्यो पैसाले बियर पाटी गरेको बताएका थिए । पत्रकार सम्मेलनको क्रममा एसपी उपाध्यायले थुनामा रहेकी मूख्य अभियक्त (कोदाई चमार) की श्रीमती कान्तिलाई उनले ‘निर्दोष’ रहेको बताएका थिए । जबकी शव फेला पार्नासाथ हत्याको पहिलो बयान दिने उनै थिइन् उनले विभिन्न सञ्चार माध्यमलाई भनेकी थिइन् ‘हत्या गरेपछि मलाई श्रीमानले सुनाए, मैले गाली गरें ।’ गाउँभर बालकको खोजी हुँदा उनले बालकबारे खुलाशा नगरी बसेकी थिइन् ।
पत्रकार सम्मेलनको क्रममा अलि हतारिएको भावमा देखिएका उनले पत्रकारलाई अभियुक्तसँग कुराकानी गर्न समेत दिएका थिएनन् । अभियुक्तसँग अलि गम्भिर विषयमा पत्रकारले प्रश्न गर्दा एसपी उपाध्यायले मातहतका प्रहरीलाई हकार्दै भन्थे, ‘यिनीहरुलाई लगिहाल्नोस् । ल भयो । पुग्यो अब ।’ घरमै हत्या भएको गाउँलेको भनाई प्रति प्रहरीको भनाइ थियो होइन बाहिर भएको हो । बाहिर कहाँ भन्ने प्रश्नमा उनले भन्थे त्यो त अनुसन्धानबाट थाहा हुन्छ ।’
उनको भूमिकालाई लिएर पश्चिम क्षेत्रिय प्रहरी कार्यलयमा समेत चर्चा भएको छ । पश्चिम क्षेत्रिय कार्यलयका डिआइजी पंकज श्रेष्ठले समेत एसपीको भूमिकालाई माथि चासो राखेको जनाइएको छ ।
प्रहरी प्रवक्ता डिआइजी कमल सिंह बम घटना अनुसन्धानमा भएकाले बोल्न नमिल्ने बताए । ‘सम्बन्धीत निकायले अनुसन्धान गरिरहेको छ ।’ खबरडबलीसँग बमले भने, ‘अनुसन्धान भइरहेको घटनामा प्रधान कार्यलयले बोल्न मिल्दैन ।’
गत साउन ५ गतेदेखि हराएका १० वर्षिय बालक सोनुको घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । सोही घटनाको अनुसन्धानबाट बालकलाई बलि दिएको रहस्य बाहिर आएको थियो ।प्रहरीले ९ जना अभियुक्तलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

पर्सा । वैदेशिक रोजगारले एकातिर मुलुकमा विप्रेषण भित्र्याएको छ भने अर्कोतिर यसले गर्दा श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई प्रभावित गरेको छ ।
मुलुकमा रोजगार नपाएर परिवारको भरणपोषणका लागि विदेश जाने क्रमसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत स्खलन आएका कारण सम्बन्धबिच्छेद गर्ने क्रम बढ्दो छ ।
कम उमेरमा विवाह र वैदेशिक रोजगारका कारण प्रतिवर्ष दोब्बरका दरले पर्सामा सम्बन्धबिच्छेद भएको पर्सा जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।
जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७०-०७१ मा ६० दम्पतीले सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गराएको तुलनामा आव २०७१-०७२ मा सो सङ्ख्या बढेर १३३ दम्पती पुगेको छ ।
यो सङ्ख्या २०७०-०७१ को तुलनामा २२१ प्रतिशतले बढी रहेको पर्सा जिल्ला अदालतका तहसिल्दार शम्भुकुमार बस्नेतले बताए । उनले तराईका युवायुवतीबीच कम उमेरमा विवाह हुनु र वैदेशिक रोजगारमा दुई तीन वर्ष बिताई स्वदेश फर्किएपछि श्रीमान् श्रीमतीको चित्त नमिलेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको बताए ।
रोजगारका लागि विदेश जाने युवा दुई तीन वर्षपछि स्वदेश फर्किने र श्रीमतीको आचरण माथि शङ्का गर्नु, श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध स्थापित हुनुजस्ता कारणले गर्दा पर्सामा सम्बन्धबिच्छेद गर्ने चलन बढी रहेको तहसिल्दार बस्नेतको तर्क रहेको छ ।
लामो समयसम्म श्रीमान् श्रीमती अलग बस्नु र घरेलु हिंसाको घटनामा समेत वृद्धिले पनि सम्बन्धबिच्छेदलाई बढाएको समाजसेवीहरुको भनाइ रहेको छ ।
सम्बन्धबिच्छेदको बढ्दोक्रमलाई रोक्न तराईमा रहेको बालविवाह तथा दाइजोप्रथा अन्त्य गर्नुका साथै श्रीमान् श्रीमतीबीच विश्वासिलो वातावरण आवश्यक रहेको समाजसेवीको भनाइ रहेको छ ।
www.nepalsandesh.com

बैंकक। लाओसमा एक सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुदा त्यसमा रहेका २३ सेना बेपत्ता भइका छन् ।
हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको छ ।
लाओसको उत्तरपूर्वी प्रान्त सिन्जाकुङ्तर्फ लागिरहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त प्रान्तको हाउफान भन्ने स्थानमा सो हेलिकोप्टर खसेको बताइएको छ ।
सो हेलिकोप्टरको सम्पर्क विच्छेद भएपछि त्यसमा रहेका १९ जना यात्रु र चालक दलका चारजना सदस्य हराइरहेका छन् ।
उक्त दुर्घटना विकट स्थानमा र लगातार भारी वर्षाकाकारण उद्वारको काम हुन नसकिरहेको जानकारी सेनाले दिएको छ ।
सेनाले उद्वारकर्ताहरु घटनास्थलतर्फ पठाएको जनाएको छ । तर उनीहरुले त्यहाँ पुगेर उद्वार गर्न गर्न कठिनाइ भएको सेनाले बताइएको छ ।