रौतहट : चन्द्रनिगाहपुरमा अनियन्त्रित गतिमा एउटा कार सडकबाट हुत्तिएर रुखमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।
चन्द्रनिगाहपुरबाट लालबन्दी जाँदै गरेको बा ठ च ९०१२ नम्बरको आइ टेन कार चन्द्रनिगाहपुर बागमती सडकखण्डको पौराही जंगलमा साँझ ७ बजे दुर्घटना भएको हो। दुर्घटनामा छ जना घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीका रानीबनका ३३ वर्षीय चित्रबहादुर पुर्वाछाने र २५ वर्षिय मनोज गोले छन्।
प्रहरीका अनुसार निकै तीव्र गतिमा कुदेको कार अनियन्त्रित भएर सडकबाट जंगलतिर हुत्तिएको थियो। सडकबाट हुत्तिएको कार रुखको करिब दस मिटर माथिको हाँगामा ठोक्किर भूँइमा पछारिएको थियो। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
annapurnapost.com

साउन १५ गते
मुम्बई । बलिउडका अभिनेता सलमान खान बेला बेला फिल्मभन्दा बढी विभिन्न घटनाका कारण चर्चामा आउने गर्छन् ।
भारतमा उनका ‘हिट एण्ड रन’, कुटपिट, मारपिट जस्ता मुद्दा अहिले पनि सुल्झिएका छैनन् । पाँच वर्षको जेल सजायँ पाएका सलमानले माथिल्लो अदालतबाट न्याय पाएका थिए । अहिले पनि उनको यो महत्वपूर्ण मुद्दा अदालतमा विचाराधिन छ ।
यही क्रममा विहीबार भारतमा फाँसी सजायँ सुनाइएका याकूब मेमनको पक्षमा बोलेको भन्दै सलमानविरुद्ध फाँसी सजायँको माग उठ्न थालेको छ । त्यो पनि सत्तारुढ दलकै नेताबाट । सत्तारुढ भारतीय जनता पार्टीका सांसद उषा ठाकुरले सलमान खानलाई मृत्युदण्ड सजायँ दिन माग गरेकी छिन् ।
सांसद उषा ठाकुर ।
उनले याकूब मेमन जस्तैगरी सलमानलाई पनि फाँसीमा झुण्ड्याउनुपर्ने बताएकी हुन् । उषाले देशविरोधी गतिविधी गर्ने अपराधी भएकाले अपराधीको पक्ष लिने पनि देशद्रोही हो भन्दै सलमानलाई फाँसीमा चढाउन अदालत र न्यायधिशलाई आग्रह गरेकी छिन् । सलमानले याकूबलाई फाँसीमा झुण्ड्याउनु दुई दिन अगाडि फाँसीमा चढाउनु गलत कार्य भएको भनेर न्यायलयको अलोचना गर्नेगरी ट्विट गरेका थिए ।
यस्तो विवादास्पद भनाईपछि सांसद उषाका अमर्थक र अचोलक दुई धारमा छुट्टिएका छन् । उनको राजीनितक बजारमा पनि आलोचना सुरु भएको छ । उनका समर्थकले पनि सामाजिक सञ्जालमा मृत्युदण्डको माग गरिरहेका छन् । उषा सत्तारुढ दल भाजपाको मध्य प्रदेशको इन्दौरकी सांसद हुन् ।

एजेन्सी । १९९३मा मुम्बईमा भएको अलग अलग बम विस्फोटका दोषी याकूब मेमनलाई विहीबार दिइएको फांसीपछि महाराष्ट्रको कोल्हापुरका दुई बहिनीलाई पनि फांसीमा चढाउने सम्भावना बढेको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अब रेणुका किरण शिन्दे र उनकी बहिनी सीमा मोहन गवितलाई फांसीमा चढाइनेछ । यो घटनामा पहिलो फैसला अप्रिल २०१५मा भएको थियो । जबकि अर्काे अन्तिम फैसला अक्टुबर २०१५मा हुँदैछ । खबरअनुसार उनीहरुविरुद्ध अदालतमा डेथ वारन्ट (मृत्युदण्ड) जारि गरिएको छ । जसले फाँसी सजाय हुने सम्भावना धेरै छ ।
तल्लो अदालतले यसअघि मृत्युदण्डको प्रस्तावसहित माथिल्लो अदालतमा मुद्दा पठाएको थियो । यी दिदीबहिनीलाई तल्लो अदालतले यस्तो सजाँय वर्ष २००१मा सुनाइएको थियो । यी दुबैले मागेको माफीलाई पनि राष्ट्रपतिले २०१४मा अस्वीकार गरेका थिए ।
अपराधी दिदीबहिनी रेणुका र सीमामाथि आरोप थियो कि दुबै बहिनीले आफ्नी आमा अनजानाबाई गवितसँग मिलेर १३ बच्चाको अपहरण गरेका थिए । र उनीहरुलाई भीख माग्ने बाध्य पारेका थिए । जब यिनीहरुमा ९ बच्चा भीख मांग्न नसक्ने थिए र भीख माग्न मानेन् तब आमासँग मिलेर दिदीबहिनीले ती सबै बच्चाहरुको हत्या गरिदिए । मुद्दा चल्दैगर्दा आमा अनजानाबाईको मृत्यु भयो ।
अहिले यो मुद्दा सर्वाेच्च अदालतमा सुनुवाईको क्रममा छ । आगामी अक्टुबर २०१५मा फैसला हुने यो मुद्दामा दुबै बहिनीलाई फाँसी सजायँ हुने सम्भावना प्रबल छ । किनकि उनको मृत्युदण्ड सजाय माफी राष्ट्रपतिले समेत अस्वीकार गरिसकेका छन । जसका कारण पनि अदालतले सिधै फाँसी सजाँय सुनाउनेछ ।
dainiknepal.com

पाँचथर, १५ साउन । जिल्ला अदालत पाँचथरले जबर्जस्ती करणी गरेको आरोप लागेका लुङ्रुपा– ३ का ७० वर्षीय देवी राईलाई ११ वर्ष कैद सजाय सुनाएको छ । मुद्दा दर्ता भएको १५ दिनमै राईलाई दोषी प्रमाणित गर्दै सजाय सुनाइएको हो । छिट्टै सुनुवाइ हुनुपर्ने मुद्दामा ढिलाइ हुँदा पीडितले पाउने न्यायको दायरा साँघुरो बन्दै गएका बेला १५ दिनमै मुद्दामाथि फैसला सुनाएर अदालत उदाहरणीय बनेको छ । अदालतले राईलाई कैदसहित रु २५ हजार भरण गर्न आदेश दिएको छ ।
पन्ध्र वर्षीया बालिकालाई राईले जबर्जस्ती करणी गरेको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जेठ २७ गते उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा आरोपितलाई प्रहरीले अनुसन्धान गरी असार १३ गते अदालतमा बुझाएको १५ दिनमै मुद्दा फैसला गरेको हो ।
प्रमाण र साक्षी जुटेपछि १५ दिनमै पीडकलाई सजाय दिन सम्भव भएको जिल्ला अदालत पाँचथरका स्रेस्तेदार इन्द्रहाङ योङ्हाङले बताउनुभयो । लगातार सुनुवाइ गर्नुपर्ने किसिमका गम्भीर प्रकृतिका मुद्दाहरु चाँडै किनारा नलाग्दा प्रमाण नष्ट हुने, साक्षीलाई लोभलालच दिने र अन्य किसिमका सौदाबाजीले पीडितले न्याय नपाउने अवस्था छ । संवेदनशील किसिमका मुद्दाको किनारा चाँडो नहुँदा पीडितले मानसिक तनाब खेप्नुपर्छ ।
अपहरण तथा शरीर बन्धक, आगलागी, घरेलु हिंसा, चोरी, जबर्जस्ती करणी, जीउ मास्ने–बेच्ने, ठगी, मानव बेचबिखन तथा ओसारपसारका मुद्दालाई लगातार सुनुवाइ गरी चाँडो न्याय सम्पादन गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

सउल । कोरियामा एक नेपाली कामदारको हत्या भएको छ ।
करिब हप्तादिन अगाडि रोजगारीका लागि कोरिया पुगेका काभ्रेका ३६ वर्षीय सुदिप राउतलाई सँगै बस्ने नेपाली साथीले नै हत्या गरेका हुन् ।कोरियाको ख्यंगीदो ग्वाङजुमा रहेको फनिचर कम्पनीमा कार्यरथ भोजपुरका ३४ वर्षीय परशुराम राईले बिहीबार राति राउतको हत्या गरेका हुन् ।
राति खाना खाएर सँगै सुतेका राईले राउतलाई सुतेकै अवस्थामा काठको चिर्पटले हानेर हत्या गरेको अर्का नेपाली नवलपरासीका मिलन न्यौपानेले बताए । उनका अनुसार हत्यापछि राई आफैले प्रहरीलाई खबर गरी आत्मसमर्पण गरेका थिए ।
मानसिक तनावमा राउतको हत्या गरेको राईले प्रहरीमा बयान दिएको न्यौपानेले जानकारी दिए । मृतक राउन इपिएस प्रणालीबाट एक हप्ता अघि मात्रै कोरिया आएका थिए ।

काठमाडौं, १५ साउन । बिगत एक हप्तादेखी सुनचाँदीको मुल्यमा कुनै हेरफेर भएको छैन । आज पनि प्रतितोला ४८ हजार रुपैयाँमा सुनको किनबेच भएको सुनचाँदी ब्यवसायी महासघंले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मुल्य ४७ हजार ७ सय ५० रुपैयाँ रहेको छ भने चादीँको मुल्य भने प्रतितोला ६ सय ६५ रुपैयाँ रहेको पनि महासघंको बेवसाइटमा उल्लेख छ ।

एजेन्सी : अन्डर वर्ल्ड डन दाउद इब्राहिमले याकुब मेमनलार्इ भारतले फाँसीमा झुन्डाएको बदला लिने चेतावनी दिएका छन् । दाउद इब्राहिमका दाहिने हात छोटा शकिलले दाउदको तर्फबाट बोल्दै भारतमा जुनसुकै बेला हमला गर्ने चेतावनी दिएका हुन् ।
शकिलले याकुबको फाँसीलार्इ कानुनी हत्याको संज्ञा दिँदै यसको परिणाम भोग्न तयार हुन भारतलार्इ चेतावनी दिएका हुन् ।
शकिलले याकुबलार्इ भारतले नमार्ने शर्तमा झुक्याएर बोलाइ हत्या गरेको जनाउँदै त्यसको बदला लिएरै छाड्ने बताए ।
सन् १९९३ मा मुम्बईका दर्जन बढी ठाउँमा गरिएको धमाकामा दोषी ठहर्याएर याकुबलार्इ बिहीबार महाराष्ट्रको नागपुर सेन्ट्रल जेलमा फाँसी दिइएको थियो । छोटा शकिल पनि मुम्बर्इ बम आक्रमणका एक दोषी हुन् ।
'भारत सरकारले यो कस्तो सन्देश दियो ? तिमीहरुले एक निर्दोषलार्इ उसका भाइले गरेको अपराधमा सजाय दियो', शकिलले एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै भने, 'डि कम्पनी यसको निन्दा गर्छ ।'
शकिलले यो फाँसीको परिणाम भोग्न तयार हुन समेत भारतलार्इ चेतावनी दिए । उनले भारतलार्इ धोकेबाजको संज्ञा दिँदै उनका प्रमुख दाउद र भारतबाट भागेका अन्य मान्छे अब फर्कने सम्भावना पनि समाप्त भएको जनाए ।
शकिलले मुम्बर्इ बम हमलाका दोषी याकुबका भाइ टाइगर भएको जिकिर गरे । शकिलले भने, 'दाउद भाइको पनि यही हालत हुनेछ यदि उनी भारत फर्के भने उनलार्इ पनि झुन्डाउनेछन् ।'
दाउदका साथै चाँदीका तस्कर तथा याकुबका दाजु टाइगर मेमनले मुम्बर्इ बम हमलामा संलग्न भएर त्यसलार्इ सफल पारेको आरोप छ । 'अबबाट कुनै पनि भारतीय एजेन्सीको भरोसा गर्न सकिन्न', शकिलले भने, 'चाहे उनीहरुले जति नै धेरै भरोसा किन नदिउन् ।'