• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
१५ साउन, काठमाडौं । सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु खत्री र कृष्ण क्षेत्री पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले युनिटीका प्रवन्ध निर्देशक विष्णु र तालिम निर्देशक कृष्ण क्षेत्री दाजुभाइलाई नेपाल-भारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरेको हो । विहान साढे ५ बजेतिर लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।
पवर्तको आर्थर डाँडाखर्क ३ का ४७ वर्षका कृष्ण र ४२ वर्षका विष्णु दाजुभाइ हुन् ।
फेसबुकमा मरेको नाटक गर्दा फन्दामा परे
असार २३ गते विहानै कृष्ण क्षेत्रीले ललितपुरको भैसेपाटीमा आफ्नो भाइ विष्णुको हत्या भएको भन्दै फेसबुकमा शंकास्पद तस्वीर पोष्ट गरेका थिए । उनले रगत जस्तो केही लागेको सेतो कपडाले शरीर छोपेको र नाकमा कपास राखेको अवस्थामा विष्णु लडिरहेको तस्वीर पनि शेयर गरेका थिए ।

लामो समयदेखि फरार विष्णु मारिएको अल्ला चलेपछि प्रहरीलाई पनि सुरुमा के हो भन्ने पर्‍यो । तर, विहान साढे १० बजेतिर विष्णुकी पत्नी श्रीषाले आफ्नो पतिको हत्या नभएको अनलाइनखबरमा स्पष्टिकरण दिइन् ।
प्रहरीलाई नै चुनौती दिने गरी मृत्युको नाटक गरेपछि अपराध महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालले प्रहरी निरीक्षक सुदिप पाठकको कमाण्डमा फिल्डमा टोली खटाए ।

साथै यो प्रकरणमा खनालले भारतीय सुरक्षा अधिकारीहरुसँग समेत समन्वय गरेको स्रोतले बताएको छ । मरेको नाटक गरेर प्रहरीलाई चुनौती दिन खोजेका क्षेत्री दाजुभाइ आफैं प्रहरी फन्दामा परेका छन् ।
सरकारले वातावरण बनाए पैसा फिर्ता दिन्छौं

गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्स लगायतका आर्थिक गतिविधि सञ्चालन गरेर सार्वसाधारणको अर्बौं ठगेको भन्दै सरकारले चार वर्ष अघि कारबाही सुरु गरेको थियो ।
ललितपुर जिल्ला अदालतले १७ चैत २०७० मा ठगीको अभियोगमा तीन वर्ष कैद १ करोड ६ लाख २६ हजार २७६ जरिवानाको फैसला सुनाएको थियो ।
युनिटी ठगी प्रकरणमा अध्यक्ष काशी गुरुङ यसअघि नै पक्राउ परेपनि क्षेत्री दाजुभाइ फारर थिए ।
पक्राउ परेका क्षेत्री दाजुभाइले सरकारले वातावरण बनाए सबैको रकम फिर्ता दिने दाबी गरेका छन् । उनीहरुले भने-‘हामी सबैको रकम फिर्ता दिन तयार नै छौं । त्यही भएर आएका हौं । तर, सरकारले वातावरण बनाउनुपर्छ ।’
नेपालमा विभिन्न सात स्थानमा जग्गा तथा अस्पतालमा लगानी भएको उनीहरुले बयान दिएका छन् ।

के हो युनिटि काण्ड ?
यूनिटी समूहले सरकारी निकायबाट अनुमति नलिइ युनिटी लाइफ इन्स्योरेन्स र सहकारी लगायतका संस्था सञ्चालन गरेर सर्वसाधारणको अर्बौ ठगी गरेको थियो ।
विभिन्न प्रकारका सेवा दिने भन्दै युनिटीले पाँच वर्षमा ३ लाख ६६ हजार ३ सय ३४ सदस्यबाट ३ अर्ब ७९ करोड बढी रकम उठाएको थियो । ०६७ जेठ १८ गते १ सय १२ जनालाई प्रतिवादी बनाइ दायर मुद्दामा १२ अर्ब ७५ करोड बढी बिगो दावी गरिएको थियो ।
युनिटी काण्डका १२ जना अभियुक्तलाई ललितपुर जिल्ला अदालतले तीन वर्ष कैद र अर्ब करोड ६ लाख २६ हजार बिगो बराबरको जरिवाना सुनाएको थियो । तर, सोही काण्डमा अदालतले कालू गुरुङलगायतका १ सय जनालाई सफाइ दिइएको थियो ।
बीमा समितिको अनुमति बीमा बीमासम्बन्धी कुनै पनि कारोबार गर्न पाइदैन भने सहकारी विभागको सहमति नलिइ सहकारी सञ्चालन गर्न पाइँदैन । वित्तीय कारोबारका लागि राष्ट्र बैंकबाट पनि इजाजत लिनु पर्छ । तर, युनिटीले राज्यका कुनै पनि निकायमा दर्ता नभइ बीमा र बित्तीय कारोबार गर्दै आएको थियो ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१ वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन त्यसैले आफुले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।

२ शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ ।

३ मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।

४  यदि सर्प विषालु छैन भने पनि उसले आफूलाई विषालु देखाउन आवश्यक छ ।

५ ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना बच्चालाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको विद्वानको समूहमा निकै बेइज्जत हुने गर्दछ ।

६ चाणक्यका अनुसार नदीको किनारामा रोपिएको जीवन अनिश्चित हुन्छ किनभने नदीमा आएको बाढीले किनारामा रहेको रुख उजाडिदिन्छ । यस्तै प्रकार अरुको घरमा बस्ने स्त्री पनि कुनै समय पतनको मार्गमा जान सक्छिन् । यस्तै, जुन राजासँग राम्रो सल्लाह दिने मन्त्री छैनन्, ती राजा धेरै समयसम्म सुरक्षित हुन सक्दैनन् ।

७ जुन प्रकार यौनकर्मी सम्पत्ति सिद्धिएपछि परपुरुषको मुख पनि हेर्दिनन् त्यसरी नै जब राजा शक्तिहिन हुन्छन् तब प्रजाले उनको साथ छोडिदिन्छन् । यस्तै प्रकारले रुखमा बस्ने पंक्षी पनि त्यतिबेलासम्म मात्र त्यहाँ बास बस्ने गर्दछ जबसम्म त्यसले उक्त रुखबाट फल प्राप्त गर्छ । अतिथीलाई जब पुरा स्वागत सत्कार गरिन्छ भने उसले पनि त्यो घर छोडिदिन्छ ।

८ जुन प्रकारले पत्नी वियोगको दुख, आफ्नो भाइ–नातागोताले प्राप्त गर्ने अपमानको दुख असह्य हुन्छ, त्यसरी नै ऋणले दबिएको व्यक्ति हरेक समय दुखी नै रहन्छ । दुष्ट राजाको सेवाका लागि बस्ने नोकर पनि दुखी नै रहन्छ ।

९ जो व्यक्तिको छोरा उसको नियन्त्रणमा बस्ने गर्दछ, श्रीमती उनको आज्ञा अनुसार व्यवहार गर्दछिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन् भने यस्ता व्यक्तिहरुका लागि संसार एक स्वर्गजस्तै हुन्छ ।

१० खानाको लागि मिठो पदार्थ उपलब्ध हुनु, त्यसलाई पचाउने शक्ति हुनु, सुन्दर महिलासँग संसर्गको लागि कामशक्ति हुनु, प्रचुर धनका साथै धन दिने इच्छा हुनु, यी सबै सुख मानिसका लागि निकै कठिन रुपमा प्राप्त हुन्छ ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस
अचानक रिस उठ्ने आफ्नो बानी देखेर वाक्क हुनुभएको छ ? हामीमध्ये धेरैलाई रिसाउनु राम्रो होइन भन्ने थाहा छ, तर यति हुँदा हुँदै पनि स्वभाव र परिस्थितीले मानिसहरु पटक–पटक रिसाइरहेका हुन्छन् । यस्तो बानीले धेरै मानिसहरुलाई हानी पनि पुर्याइरहेको हुन्छ । रिसलाई यदि शान्त गरिएन भने यसले ठूलो रुप लिन सक्छ जसले रिसाउने मानिसलाई त नकारात्मक असर पुर्याएको हुन्छ भने उनको व्यवहारले उनका वरिपरि हुने मानिसहरुलाई समेत प्रभाव पारेको हुन्छ । आज हामी तपाईंलाई रिस शान्त पार्ने तरिका बताउँदैछौँः


ग्रीन टी पिउनुहोस्ः
ग्रीन टी थियेनिनको राम्रो स्रोत हो । यो त्यो केमिकल हो जसले रिस कम गर्दछ ।
एक चम्चा महः
महमा दिमागको गर्मीलाई कम गर्ने क्षमता रहेको हुन्छ । अर्थात यसले डिप्रेशन र तनावबाट मुक्ति दिन्छ ।
आफूलाई मनपर्ने गीत याद गर्नुहोस्ः
आफूलाई मन परेको गीत याद गर्नुहोस् र त्यसलाई जति आउँछ त्यति गुनगुनाउनाले पनि तपाईंको रिस कम हुने गर्दछ ।
चकलेट खानुहोस्ः
चकलेट खाँदा स्ट्रेस हर्मोन कोर्टिसोलको स्तर ठिक हुने गर्छछ जसले मेटाबोलिजम स्टेबलाइज हुने गर्दछ ।
चुइङगम चपाउनुः
मात्र ५ मिनेट चुइङगम चपाउनाले कोर्टिसोल स्तर कम हुने गर्दछ जसले तनाव पनि कम गर्दछ ।
उल्टो गन्तीः
नम्बरको संख्यालाई उल्टोतर्फबाट गन्नुहोस् जस्तै १०,९,८,७,६,५… । यसले तनाव कम गरेर तपाईंको रिसलाई पनि कम गर्दछ ।
आँप खानुहोस्ः
लिनालूल नामको कम्पाउन्ड आँपमा पाइन्छ जसले स्ट्रेस लेभललाई कम गर्ने गर्दछ ।
तकियामा टाउको राख्नुहोस्ः
तपाईंलाई निन्द्रा हटाउनको लागि लामो निन्द्राको आवश्यक पर्दैन । केहि बेर तकिया, स्पोन्ज अथवा कुसनमा आफ्नो टाउको अड्याउनुहोस्, यसले तपाईंको तनावको स्तरलाई कम गर्ने गर्दछ ।
छुट्टीको योजना बनाउनुहोस्ः
छुट्टीमा यदि जाँदै हुनुहन्छ अथवा जाँदै हुनुहुन्न भने पनि त्यसको योजना बनाउनुहोस् । रिस उठेको बेलामा छुट्टीको योजना बनाउँदा यसले तपाईंलाई आनन्दित महसुस गराउँछ । यसका साथै पर्यटकीय स्थलको सूची पनि हेर्नुहोस् ।
बलमाथि खुट्टा घुमाउनुहोस्ः
रिस उठ्दा केहि बेर बलमाथि आफ्नो खुट्टा घुमाउनुहोस् । यसले फिजिकल र मेन्टल दुबैको व्यायामको काम गर्दछ । यदि गोल्फ बल हुन्छ भने झन् राम्रो ।
कपाल कोर्नुहोस्ः
आफ्नो कपालमा १०–१२ पटक काँइयो अथवा ब्रस घुमाउँदा तनाव कम हुने गर्दछ र तपाईं आनन्दित महसुस गर्नुहुन्छछ । यसले मसाजको काम गर्दछ र आनन्दित बनाउँछ ।
झ्यालबाट बाहिर हेर्नुहोस्ः
पाँच मिनेटको लागि झ्यालबाट बाहिर हेर्नुहोस् । बाहिर यदि रुख वा हरियाली छ भने राम्रो मानिन्छ ।
लेखेर हेर्नुहोस्ः
एउटा कागजमा केहि बेर लेख्नुहोस्, ‘आज म तनावमा छु….. आज म तनावमा छु ।’ यस्तो तरिका पनि निकै प्रभावकारी हुनेछ ।
बास्नाः
आफूलाई मनपरेको फरफ्युमको बास्ना लिनुहोस् । अथवा कफीको बास्ना लिँदा तनाव कम हुने गर्दछ ।
-दैनिक खबर फेसबुक पेज बाट सभार गरियको भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सर्प सपनामा देखिनु को शंकेतहरु हे हुन भनि जान्न कठीन छ। अरु जनावरहरु झै सपनामा सर्प देखिनुको धेरै हुन सक्छ।
सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ। यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ।

केहि सभ्यतामा सर्पलाइ ज्ञान र शक्तिको प्रतिक मानिन्छ। सर्प सपनामा देखिनुको अर्थ हुन्छ, व्यक्तित्वमा आउने परिवर्तन।

यस्ता सपनाले तपाइलाइ अत्याउने गर्दछ, तर साथसाथ जुन कुराबाट एकदमै दुखित हुनुहुन्छ तीबिर्साउने अवसर पनि प्रदान गर्छ साथै तपाइलाइ सावधान बनाउछ, र एकदमै नलौ जीवनको बाटोबाट अगाडी बढाउन सहयोग गर्दछ।

सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने।

कुनै लुकेका कुरा वा गोप्यकुराहरु प्रति तपाइलाई संकेत गर्ने हेतुले पनि सर्पको सपना देखिने हुन्छ।वा कुनै कुराको सत्यता तपाइलाइ थाहा छैन भने पनि त्यसबारेमा संकेत गर्न खोजिएको पनि हुन सक्छ

तपाइसंग लुकेका क्षमताको संकेतार्थ पनि हुनसक्छ सर्पको सपना। हामीले कुनै कुराको परिवर्तन प्रति
मानिने डरको को बारेमा हुन्छ यस्तो सपना। जमिन मुनिबाट सुतेर (हाइबर्नेसन) उठेको सर्प आउदै गरेको सपना देखेमा तपाइमा भएको शक्ति तथा कार्यक्षमता तपाइको जोश र प्रेरणासगं मिलाउन चाहिने उर्जा प्राप्तिको लागि हुनसक्छ।

आध्यात्मिक शक्ति वृद्धि  केही पूर्वीय संस्कृति अनुसार सर्पको सपनालाइ जागेको कुण्डलीनीसंग पनि बुझिन्छ, मेरुदण्डको आधार बाट निस्कने यो शक्तिले तपाइको आध्यात्मिक शक्तिलाइ जनाउछ। सपनाको सर्पले तपाइलाइ बिग्रान हैन बरु तपाइको सुधारको लागि देखापर्ने हुन्छ।

सपनामा सर्प देखिनुले तपाइको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाइ पनि इंकित गर्दछ। जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले।

सपनामा देखिरहिने सर्पहरुको अर्थ राम्रो तथा नराम्रो दुवै हुन्छ। सर्पलाइ गरिने व्यवहार र सर्पको बारेमा चलिआएको भनाइहरुपनि संस्कृति अनुसार फरक फरक नै हुन्छ। त्यसैले यस्को सपनाको प्रभाव तथा अर्थपनि फरक फरक नै हुन्छ।

डरको प्रतिकको पनि मानिन्छ सर्पलाइ, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने बारेमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले। source:nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस
वि.सं.२०७२ साल श्रावण १६ गते शनिबार,
इ स २०१५ अगष्ट १ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
श्रावण कृष्णपक्षको प्रतिपदा तिथि दिवा ०२:४१ बजे सम्म उपरान्त द्वितीय,
श्रवण नक्षत्र बिहान ०९:५२ बजेसम्म उप्रान्त धनिष्ठा,
आयुष्मान योग दिवा ०२:०६ बजेसम्म उप्रान्त सौभाग्य,
कौलब करण दिवा ०२:४८ बजेसम्म,तैतिल रात्रि ०१:४४ बजेसम्म उप्रान्त गर,
आनन्दादियोगमा स्थिर योग,
चन्द्रमा मकर राशिमा रात्रि ०९:१४ बजे पछि कुम्भ राशिमा,
काठमाडौंमा सूर्योदय ५:२७ बजे, सूर्यास्त ६:४८ बजे,
दिनमान ३३ घडी ३४ पला
राहुकाल बिहान  ०८:४८ देखि १०:२९ सम्म ।   
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आटेका कामहरु पुरागर्न सकिनेछ,त्यसकोलागी गोपनियता अति आबस्यक रहनेछ,नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ,नया काम सुरु गर्नको लागि उचित समय रहेकोछ,राजनैतिक क्षेत्रमा उल्लेख्य सफलता हात लाग्नेछ,सुखको अनुभूति हुनेछ आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
धार्मिक कार्यमा रुची बढ्नेछ,विशिष्ट व्यक्तित्व तथा मान्यजन संगको सामिप्यताले मनोबल उच्च बनाउनेछ,आकस्मिक जरिवाना तिर्नु पर्ने तथा आर्थिक क्षति हुन सक्छ,मुद्दा मामिलामा फसिएता पनि खासै कमजोर देखिदैन जित तपाइकै हुनेछ,अल्छिपन हाबि हुन सक्छ,आजको लागि शुभ अंक ६,शुभ रंग पहेलो  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शम् शनिश्चराय नम: यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
दिन कमजोर छ,सकभर यात्रा र नया कामको थालनी नगर्नु नै उचित हुनेछ,सामाजिक प्रतिष्ठामा कमि आउनेछ,सोच्ने शक्तिमा गिरावट आऊनाले दिन तनाबमय रहन सक्छ,पति पत्नी बिचको सम्बन्ध धमिल्याउने तत्व सक्रिय रहनेछ निकै चनाखो रहनु होला,आजको लागि शुभ अंक १,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
ब्यबसायिक पाटो सफल रहनेछ,साझेदारीमा गरेका काममा मनोवान्छित सन्तुष्टि मिल्नेछ,पढाइ लेखाइमा खासै मन जाने देखिन्न,पति पत्नी तथा प्रेमी प्रेमिकाको लागि सुखमय दिन रहनेछ, रमाइलो यात्रा संगै मिष्ठान्न भोजनको अवसर जुट्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

शरीरमा आरोग्यता छाउनेछ,कुरा काट्नेहरु टाढिनेछन् भने तपाइको अनुयायी बन्न अभिप्रेरित रहनेछन,आर्थिक कारोबार बढ्नेछ भने मनग्य लाभ उठाउन सकिनेछ,आफन्त संगको सम्बन्धमा सुधार आउनेछ,नया साथि संगको चिनजान र भेटघाटले काममा सहायता मिल्नेछ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
पढाइ लेखाइमा सुधार आउनेछ,भोज भतेरमा सरिक हुने अवसर मिलेता पनि खानपानमा असावधानी अपनाउदा पेटको समस्या बल्झिन सक्छ,सन्तान तथा नोकर-चाकर बाट सहयोग मिल्नेछ,जग्गा जमिनको कारोबार आज सफल रहनेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
आफन्त तथा कुल-कुटुम्ब संग बैमनश्यता बढ्न सक्छ,काममा गति घट्नेछ भने काम बिगार्ने तत्व सक्रिय रहनेछ,सवारी साधन खर्चिलो साबित हुनेछ,साथै दुर्घटनाको सम्भाबनालाई नकार्न सकिन्न,मनमा खराब बिचार आउनाले आफैलाई घाटा पुर्याउन सक्छ,चनाखो रहनु होला,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
साहसिक कार्यमा मन रमाउनेछ,खेलकुद क्षेत्रमा सफलता हात लाग्नेछ,मनोरन्जनात्मक भेटघाट हुनेछ भने साथिभाइ संगको सहयोगको आदान प्रदानले दिन उत्साहपूर्ण रहनेछ,मनमा महत्वकांक्षी बिचार बढ्नाले पुरा गर्न गाह्रो पर्ला,उपहार तथा पुरस्कार प्राप्ति हुनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
नया आर्जित धन संचय गर्ने अवसर जुतेता पनि पुराना संचित धनको क्षय हुन सक्छ,अचल सम्पतिमा बिबाद सिर्जना हुन सक्छ,प्रेम सम्बन्ध सुधारित रहनेछ,बोलीको प्रभाब घट्नाले बिबादित रहनु पर्ला,पारिवारिक घुमफिरमा समय बित्न सक्ने देखिन्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिब पार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
प्रतिष्ठित पद प्राप्ति हुन सक्छ,सामाजिक रुपमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्नेछ,साहित्यिक अभिरुची बढ्नेछ,विशिष्ट व्यक्तित्व संगको सम्बन्ध अझ दरिलो बन्नेछ,नया सवारी साधन तथा यान्त्रिक साधनको प्राप्ति हुने सम्भाबना देखिन्छ,शिरको समस्याले सताउन सक्छ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
बार्हौ भावमा रहेको चन्द्रमाले आलस्यता बढाउनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउने सम्भाबना हुदा बादबिबादमा नपर्नु बुध्दिमानी हुनेछ,पारिवारिक अल्झनले गर्दा काममा अबरोध आउन सक्छ,कष्टकर यात्रा हुन सक्छ,सहयोगी भावमा भने बृध्दि हुनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग  निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता  हात लाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आर्थिक हिसाबमा दिन सफल रहनेछ,अड्किएका सम्पति हात लाग्नेछन,मिष्ठान्न भोजनमा सरिक हुने अबसर मिल्नेछ,सामाजिक गुणगान बढ्नेछ भने दिर्घकालिन फाईदा मिल्ने लगानीका बाटाहरु भेटिनेछन्,उत्तम बस्त्र तथा सामग्रीको लाभ हुनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ | आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ |

 १ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ | तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ |
  २. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ |

३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ |

४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ |

५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ | यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ |

६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ |

 ७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ |

 ८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस | यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ | चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ | भिडियो हेर्न तलको बाकस थिच्नुहोस
दीर्घराज प्रसाई

हिन्दु धर्मभन्दा धेरै पछि जन्मिएका धर्महरु मुस्लिम, क्रिस्चियनहरुले विश्वका अनेकौं राष्ट्रलाई धर्मसापेक्ष राष्ट्र घोषित गर्ने अनि नेपालले चाहीं धर्मनिरपेक्ष हुनुपर्ने ? यो कस्तो न्याय हो ? क्रिश्चियनहरुले– ‘क्रस’, यहुदीहरुले– ‘षडकोण’, मुसलमानहरुले–‘काबा’ को अस्तित्व त्याग्न तयार हुनसक्नु पर्दछ । साउदी अरबमा शिवजी वा अन्य हिन्दु देवता–देवीको फोटो लान बर्जित छ । पाकिस्तानमा हिन्दुले मुसलमानलाई भोट हाल्न पाउँदैन । घोडाको टापको औंठी लगाउनु मुसलमान राष्ट्रमा खतरा मोल्नु हो ।

 त, भन्नुहोस्– क्रिश्चियन्, यहुदी र मुसलमानहरु आ–आफ्नो धर्मका अडानहरुलाई कुनै तलमाथि हुन नदिने अनि हामी नेपालीहरुले चाहीं आफ्नो अस्तित्व समाप्त पार्न विदेशीले उचालेका पार्टीका दलाल नेताहरुले भने अनुसार धर्मनिरपेक्ष र गणतन्त्रको समर्थन गरेर बस्नुपर्ने ? कुनै कुनै उपमाहरुलाई छोडेर जस्तोसुकै नास्तिक हुँ भन्ने नेपाली र हिन्दु तथा बौद्धहरु पनि जन्मेदेखि मृत्युसम्म कुनै न कुनै प्रकारले आफ्नै हिन्दु तथा बौद्ध संस्कारमा आवद्ध भएका हुन्छन् ।


नेपालमा राई, लिम्बू, मगर, गुरुङ, नेवार, ब्राह्मण, क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी, अवधि जो जति छौं हामी सबै हिन्दु हौं ।

हामीहरुमध्येका कतिपय बौद्ध पनि छौं, जस्मा शेर्पा, तामाङ र केही नेवार बौद्ध धर्मप्रति आबद्ध भए तापनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथभित्रकै उपज हो । यसरी दुईतिहाई जनमतभन्दा बढी जनताको समर्थन भएको मान्यताको विरुद्धमा थिचोमिचो गरेर हिँड्नु कांग्रेस, एमाले, माओवादीका नेताहरुलाई अधिकार छैन । हिन्दु धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकाहारी, मांसाहारी, जनै लाउने नलाउने आआफ्नो इच्छाअनुसार हिँड्न सक्ने कुराहरुमा हरेक हिन्दुहरु स्वतन्त्र हुन्छन् । विश्वभरिका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म मानिन्छ ।

विदेशीको इसारामा हिन्दु अधिराज्यलाई राजनीतिक मुद्दा बनाए । विश्वलाई धर्मयुद्धबाट मुक्त राख्न र विश्वशान्तिको लागि विश्वका सबै धर्महरुको सहअस्तित्व कायम राख्नको लागि नेपालमा राजसंस्था र हिन्दु अधिराज्यको निरन्तरता सबै पक्षका लागि समाधानको बाटो हो । विदेशीहरुले यहीका दलाल नेताहरुमार्फत संविधानसभाको आडमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई आधार बनाएर वैधानिक रुपबाट नेपाललाई ध्वस्त बनाउन लागे ।
हिन्दुअधिराज्य र राजसंस्थाको बिरोध गर्नेहरु देशद्रोही हुन् । यो देश बचाउन र स्थिरताको लागि– अबको विकल्प भनेको– हिन्दु अधिराज्यसहितको राजसंस्थाको निरन्तरता नै हो । यसबाट देशले बाटो पाउँछ, र विदेशीहरुको चलखेल समाप्त हुन्छ । नेपालमा राजसंस्था विस्थापित गर्न खोजिएको बेलादेखि नेपालमा चौतर्फी संकटले सीमा नाघेको छ, देशभित्र आगो लागेको छ ।

आगो बढदै गएपछि निभाउन सजिलो हुँदैन । अतः मेरो सुझाव छ– नेपालको सार्वभौमसत्ता, एकता र यसका पहिचानहरुलाई जीवन्त राख्न संविधानमा हिन्दुअधिराज्य र संसदको नियमवद्धतामा रहने संवैधानिक राजसंस्थालाई निरन्तरता दिइयोस् ।nepaliheadlines.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home