भक्तपुर, १९ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा दर्शन गरेर फर्कने क्रममा तीर्थयात्री बोकेको माइक्रोबस आज दुर्घटना हुँदा दुई बच्चासहित १५ जना घाइते भएका छन् ।
लोकन्थलीबाट रिजर्भमा २१ जना महिला तीर्थयात्री लिएर डोलेश्वर र आशापुरी मन्दिर गएको बा १ ज ८४३९ नंको माइक्रोबस ब्रेकफेल भएर दुर्घटना भएको हो ।
डोलेश्वर महादेव मन्दिरको दर्शन गरेर आशापुरी महादेव मन्दिर गई दर्शन गरेर फर्कने क्रममा डोलेश्वरभन्दा माथि माइक्रोबस दुर्घटना भएको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो ।
घाइतेमध्ये गम्भीर रहेका दुईजनाको बिएन्डबी अस्पताल ललितपुरमा, पाँचजनाको नागरिक अस्पताल गट्ठाघरमा र आठजनाको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
dainiknepal.com

पूर्व पोर्नस्टार सन्नी लियोन बलिउड क्षेत्रमा पनि निकै चर्चितै छिन् । विभिन्न हर्कत बाट उनि चर्चामा आइ रहेकी हुन्छिन । हालै मात्र अर्को खबर बाट उनि चर्चाको विषय बनेकी छिन् । हो, सन्नी लियोनले आफ्नो पारिश्रमीक धेरैनै बढाएकी छिन् ।
उनले एक बिज्ञापनको लागि मागेको पारिश्रमीक बलिउडका ‘ए’ लेवलमा रहेका स्टारहरुले मात्र लिने गरेका छन् । बताईए अनुसार उनले घाँटीको समस्यासँग सम्बन्धित औषधिको विज्ञापनमा अभिनय गरे बापत आठ करोड रुपैँया पारिश्रमिक लिएकी छिन् । सन्नीले एउटा बिज्ञापनको लागि आठ
करोड रुपैँयाको लिएपछि तीनछक पर्नेहरु थुप्रै छन् । उनले एक दिनको दुई करोडको हिसाबले पैसा मागेकी हुन् । उक्त विज्ञापनको उनले चार दिनमा सुटिङ सकाईन् । सन्नी लियोनले गिनी एम एम एस २, एक पहेली लिला, कुछ कुछ लोछा है जस्ता थुप्रै बलिउडका फ्लिमहरुमा अबिनाया गरिसकेकी छिन् । www.etajakhabar.com

काठमाडौं : दुबई लैजाने क्रममा भारतको दिल्लीमा पुर्याइएका २७ जना युवतीलाई उद्धार गरी मंगलबार जहाजमा काठमाडौं फर्काइएको छ।
दिल्लीस्थित नेपाली दूतावास र महिला मन्त्रालयको पहलमा उनीहरुलाई स्वदेश फर्काइएको हो। उनीहरुलाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा राखिएको छ। नेपाल बायु सेवा निगमको जहाजमा उनीहरुलाई अपरान्ह पौने एक बजे काठमाडौं ल्याइएको हो।
विमानस्थलबाट प्रहरीकै गाडीमा उनीहरुलाई ब्यूरोमा लगिएको छ। प्रहरी मुख्यालयका वरिष्ठ उपरीक्षक दिनेशप्रसाद गौतमले अनुसन्धान गरेर सबै कुरा बाहिर ल्याइने बताए। एसएसपी गौतम फर्केका युवतीहरुलाई रिसिभ गर्न आफै विमानस्थल पुगेका थिए।
मानव बेचबिखनमा संलग्न गिरोहले दुबई डान्स बारमा राम्रो जागिर लगाइदिने प्रलोभन दिएर ती युवतीलाई दिल्ली लगेको बुझिएको छ। दिल्लीस्थित प्रहरी र केही सामाजिक संस्थाको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो।
उद्धार गरेर फर्काइएका युवतीमा २० देखि ४० वर्षसम्मका छन्। ती युवतीहरुलाई भीभीआइपी गेट प्रयोग गरेर विमानस्थलबाट बाहिरि निकालिएको थियो।
annapurnapost.com

काठमाडौँ, १९ साउन । नवलपरासीको कुडिया–४ मर्चहवामा गत साउन ५ गते भएको बालक हत्याको घटनाको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
बालहिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह (एनएसिजी–नेपाल) ले आज पत्रकार सम्मेलन गरी गरिबी, चेतनाको कमी र रुढीगत मान्यताका कारण घटना घटेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले धामी झाँक्री प्रथा समाजको कलङ्क भएको र यस्तो प्रथालाई अन्त्य गर्न कडा कानुनको खाँचो रहेको औँल्याउनुभयो । अनुगमन टोलीका संयोजक कृष्ण सुवेदीले पूर्ण साक्षर जिल्लाका रुपमा भर्खरै अगाडि बढ्दै गरेको सो जिल्लामा बालहत्याजस्तो क्रूर घटना घट्नु दुःखद भएको बताउनुभयो ।
यस्तो घटनाका पीडितलाई मनोपरामर्श कक्षा सञ्चालन गर्नुपर्ने, बालबालिकालाई भयरहित वातावरणमा विद्यालय जान प्रोत्साहन गर्नुपर्ने र राजनीतिक तवरले दोषीलाई उन्मुक्ति दिन नहुने उहाँको सुझाव थियो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव डा किरण रुपाखेतीले कसैको ज्यान बचाउन कसैको हत्या गर्न पाइँदैन भन्दै पीडित परिवारलाई आवश्यक मनोपरामर्शका साथै उचित राहत दिनुपर्ने बताउनुभयो ।
घटनाको अनुगमनमा एनएसिजीका तर्फबाट बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप) का संयोजक कृष्ण सुवेदी, जागृत बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, सिजपका संयोजक दीपक बस्याल साथै स्थानीयस्तरका बाल क्लबका प्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख, इन्सेकका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सम्मिलित हुनुहुन्थ्यो । रासस

काठमाडौँ, १९ साउन । विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते हुनुभएको छ ।
दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते हुनुभएको छ ।
उहाँहरु अधिकांशको टाउकामा चोट लागेको र हातखुट्टा भाँचिएको छ । अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उहाँहरुको उपचार भइरहेको छ । नेकपा (एमाले)का नेता एवम् सभासद् जितु गौतमले दोस्रो जनआन्दोलनपछि स्थापित भएका दलितका अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएकाले त्यसलाई सच्याउन दबाब सिर्जना गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गरिएकोमा प्रहरी ज्यादती भएकाले त्यसको छानबिन गर्न माग गर्नुभयो ।
उहाँले लोकतन्त्रमा अधिकार प्राप्तिका लागि शान्तिपूर्ण विरोध तथा सभा गर्न पाइने राजनीतिक अधिकार भएको भएपनि आफूहरुमाथि भएको प्रहरी दमनको निन्दा गर्नुभयो । अधिकारकर्मी सरु सुनारले घाइतेको स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गर्दै दलितमैत्री संविधानका लागि आफूहरुले विभिन्न चरणबद्ध आन्दोलन सञ्चालन गरेको र सोही अन्तर्गत आज विरोध प्रदर्शन गरिएको बताउनुभयो ।www.etajakhabar.com

काठमाडौं, १९ साउन । ९ दिनपछि हिजो सुनको मुल्य २ सयले सस्तिएको थियो । नेपाली बजारमा निरन्तर ओरालो लागिरहेको सुनको भाउ घट्ने क्रम अझै रोकिएको छैन ।
चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ६ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ। सुनचाँदीको मुल्य ओरालो लाग्दै गएपनि उपभोक्ताले भने खरिद गर्न नपाएको गुनासो गरेको छन् । सुन ब्यापारीले सुन लुकाएको उनिहरुले आरोप लगाएका छन् ।