• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
नेपालगन्ज : नेपाल सदभावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नयाँ बन्ने संविधान अन्तरिम संंविधान भन्दा पछाडि फर्कने प्रयत्न नगर्न चेतावनी दिएका छन् ।

लोकतान्त्रिक मधेशी मोर्चाद्धारा आयोजित विरोध सभालाई नेपालगन्जमा सम्बोधन गर्दै सदभावना अध्यक्ष महतोले अन्तरिम संविधान मधेसवादी दलको बटमलाईन भएको बताए ।

उनले गलत संविधान निर्माण हुन लागेको बताउँदै  भने–हाम्रो अन्तिम बटम लाईन अन्तरिम संविधान हो, त्यो यताउता भएमा त्यो अनर्थ हुने छ ।’

उनले मधेसलाई पहाड मिलाएर प्रदेश बनाउने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । ‘मधेसी धर्तीलाई पहाडमा मिलाइए त्यो हामीलाई स्वीकार्य हुँदैन’ उनले भने, ‘त्यो देशको लागि समेत अनर्थ हुने छ ।’

उनले  झापा, मोरङ, सुनसरी तथा कैलाली र कञ्चनपुरलाई समेत मधेसबाट छुटयाउने कुरा अस्वीकार्य भएको बताए । ‘त्यो खाका आयो भने हामी मान्दैनौँ’, महतोले भने ।
उनले मधेसी दल र नेताबाट विगतमा भएका स्वीकार्दै यसको लागि आत्मालोचना गर्न आफू तयार रहेको बताए ।

‘विगत हामी पनि गल्ती गरियो, मधेशी पाटी विभाजन भएर १३ वटा भयो’ उनले भने, ‘यो सबै मन्त्री बन्नलाई भएको थियो, विगतको गल्तीलाई हामी आत्मालोचना गर्छौँ ।

सो सभामा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला लगायतले सम्बोधन गरेका थिए । annapurnapost.com
त्यो दिन मैले चरीलाई भनें, ‘त्यसरी हत्या गर्ने नै त संगठनको नीति छैन, हातखुट्टासम्म भने भाँच्न सकिन्छ । उनीहरूले हाम्रा साथीहरूका हातखुट्टा भाँचेका छन् । टिट फर ट्याट । यसका लागि तिमीले संगठनको सहयोग लिँदा पनि हुन्छ ।’मेरो उत्तर सुनेपछि चरीले भन्यो, ‘यत्ति कामका लागि मलाई अहिले नै संगठनको आवश्यकता पर्दैन, दाइ । म एक्लै काफी छु ।’ त्यसपछि ऊ उत्साहित हुँदै गयो । चरी निस्किएलगत्तै मेरो मनमा आशंका जन्मियो– कतै चरीले नराम्रो केही गरेर संगठनले आजसम्म पाएको इज्जत त सखाप पारिदिने हैन ?

मैले तत्कालै ऐनजीलाई फोन गरें, ‘त्यो चरीलाई वाच गर्दै गर्नू है । त्यसले नराम्रो काम गरेर पूरै संगठनको बदनाम गर्ला नि फेरि ।’ ००० तर, ऊ आफैं पनि माओवादीपीडित रहेछ । अर्कोतर्फ, हामीले जुन उद्देश्यका साथ युथ फोर्सलाई अगाडि बढाएका थियौं, त्यसका लागि चरीहरू पनि हाम्रा सहयात्री हुनु आवश्यक थियो । एकाध मान्छे त्यो पृष्ठभूमिका नभएसम्म हामीलाई वाईसीएलले पेलिरहने निश्चित थियो । चरीलाई युथ फोर्समा ल्याउनुको अर्थ मनोवैज्ञानिक हिसाबले वाईसीएललाई पछाडि धकेल्नु पनि थियो । त्यो दिन म बुटवलमा थिएँ । एमालेको महाधिवेशन चलिरहेको थियो । साँझ मोबाइलमा चरीको फोन आयो । उसले भन्यो, ‘दाइ, हामीले हान्दियौं त्यसलाई । सायद बाँच्दैन होला । अस्पताल भर्ना भएको छ । छातीमै गोली लागेको छ ।

’ मैले कुनै प्रतिक्रिया जनाउन सकिनँ । चरीले त्यो हदसम्म गएर कसैलाई गोली हान्ला भनी मैले सोचेको पनि थिइनँ । हदैसम्म भए जोग भाइको खुट्टा काट्नेहरूको खुट्टा भाँचिदेला, सुशीलको हात काट्नेहरुको हात भाँचिदेला भन्ने मात्रै ठानेको थिएँ । युथ फोर्स र युवा संघका त्यसअघिका कारबाहीहरूमा त्यस्तो हतियारको प्रयोग भएको थिएन । तर, चरीले गर्नु गरेको थियो । त्यसले मलाई ठूलो समस्यामा पार्‍यो ।

 महाधिवेशनको तनावमाथि अनपेक्षित झमेला थपियो । चरीले पार्टी प्रवेशपूर्व गर्दिनँ भनेको काम गरेको थियो । उसले गोली चलाएको घटनालाई हामीले आफ्नो जिम्मेवारीमा लिन सक्ने समय पनि थिएन त्यो । कुनै पनि आपराधिक क्रियाकलापलाई हामीले राजनीतिक संरक्षण दिनुहुँदैन भन्ने मेरो मान्यता थियो ।

त्यस्ता कामलाई राजनीतिक संरक्षण र प्रश्रय माओवादीले दिइरहेको थियो । हामी त्यही माओवादीविरुद्ध अभियानमा उभिएका थियौं । जुन कामको विरोधमा हामी थियौं, त्यही काम हामीबाट हुनु हुँदैन भन्नेमा म सचेत थिएँ । तर, नहुनु भइसकेको थियो । चिन्ता लिएर मात्र समस्या सल्टिने अवस्था थिएन । पाइला–पाइलामा सावधानी जरुरी थियो । समयको आवश्यकता थियो त्यो । यो समस्यालाई सावधानीपूर्वक समाधान गर्न नसके युथ फोर्स झन् भुमरीमा पर्ने निश्चित थियो । ‘हत्तेरिका, के गरेको त्यस्तो †’ मैले चरीलाई भनें ।

 ऊ नाजवाफ भयो । घटना भइसकेपछि सायद उसको मनोबल कमजोर भएको थियो । फेरि त्यस्तो काम गर्न ऊ निरुत्साहित होस् भन्नका लागि मैले उसलाई कराउनैपर्ने थियो । ‘अहिले त्यो मान्छेको अवस्था कस्तो छ त ?’ मैले सोधें । ‘भन्न सकिँदैन, दाइ †’ चरीले आत्तिँदै भन्यो । म फेरि लामो समय चुप भएँ । त्यसपछि उसलाई सल्लाह दिएँ, ‘अब चुपचाप कत्तै बस्नू । केही दिन बाहिर ननिस्कनू ।’ केही दिन ऊ सम्भवत: कतै निस्किएन । मलाई प्रत्येक दिन फोन गरिरह्यो । तर, मैले उसका अधिकांश फोन इग्नोर गरें ।

 त्यसो नगर्दा झन् नराम्रो हुन सक्थ्यो । ऊसँग कुरा हुँदा पनि आफू निकै व्यस्त छु भन्दै चुपचाप बस्न भन्ने गर्थें । ००० त्यो घटनाको केही समयपछि मैले र केही साथीले चरीसँग  गम्भीर कुरा गर्‍यौं । उसले आफूले गल्ती गरेको सहजै स्वीकार्‍यो । त्यति हुँदा पनि, उसको काम क्षम्य थिएन । माओवादी विरुद्ध आक्रमण गरेकै भए पनि किन नहोस्, त्यो मेरो पनि एउटा गल्ती थियो । तर, त्यसले वाईसीएललाई अलि साइजमा ल्याइदियो । त्यो आक्रमण नभएको भए त्यो क्षेत्रमा वाईसीएल झन् कति उद्दण्ड हुने थियो होला, म कल्पनासम्म गर्न सक्दिनँ । त्यही घटनापछि युवा संघका साथीहरूलाई थ्ेरट आउन पनि छोड्दै गयो ।

युथ फोर्स गठन हुँदा माओवादीले यो कुनै शक्ति होला भन्ने आँकलन गरेकै थिएन । बालाजु घटनापछि भने ऊ हामीबाट त्रस्त हुन थाल्यो । काठमाडौं उपत्यकामा हामीलाई त्यस्तो समस्या हुन छोड्यो । ००० त्यही समय मैले चरीलाई पनि बारम्बार सम्झाएँ । मैले उसलाई दुईटा विकल्प दिने गरेको थिएँ– तँ जिन्दगीको यस्तो मोडमा आइपुगेको छस्, तेरो सामु दुई बाटा छन् । राजनीतिक बाटो हिँडे सामाजिक व्यक्तित्व बन्न सकिन्छ, दिनहुँ प्रहरीबाट डराएर हिँड्नुपर्ने अवस्था हट्दै जान्छ, अपराधकै बाटो समाते आफैंबाट समेत भागिरहनुपर्छ, समाजले कहिल्यै माया गर्दैन । उल्टो प्रहरीको सलाम खाने दिन पनि आउन सक्छ

। एक पटक मैले भनें, ‘हेर् भाइ, हामी अहिले थप सहकार्य हुने–नहुने  भन्ने एउटा मोडमा आइपुगेका छौं । तँ, पहिलो बाटो हिँडिस् भने हाम्रो सहकार्य हुन्छ । हैन, दोस्रो बाटो रोज्छस् भने सहकार्य आजकै मितिबाट टुंगिन्छ ।’ चरीसँग मेरो कैयौंचोटि भेट भइसकेको थियो । फोनमा कति कुरा भइसकेको थियो । तर, त्यो दिन मैले उसलाई आत्मीयतापूर्वक पहिलोपटक ‘तँ’ सम्बोधन गरेको थिएँ । यतिन्जेल युथ फोर्स विघटन भइसकेको थियो । देशको राजनीतिले फेरि परिवर्तन खोजिरहेको थियो ।

खासमा म उसलाई डर देखाएर भए पनि सही बाटोमा ल्याउन चाहन्थें । युथ फोर्समा लागेकाले ऊ सुध्रिएको हो भन्ने सन्देश जाँदा युवा संघका लागि मात्र हैन, एमालेका लागि पनि फाइदै हुन्थ्यो । त्यो दिन मैले उसलाई भनेको थिएँ, ‘हो, पहिले युथ फोर्स हुँदा केही हदसम्म तँलाई हामीले प्रयोग गरेका पनि थियौं । त्यो त्यतिबेलाको आवश्यकता पनि थियो । तर, अब त्यही कुरा दोहोरिएको छैन । तँ आफैंले निर्धारण गर्ने कुरा हो यो ।’ उसका दुष्कर्महरू बारम्बार दोहोरिँदै थिए । विभिन्न आपराधिक कार्यमा उसको संलग्नता अपृेक्षाकृत रूपमा घटेको थिएन । मैले जति सम्झाउँदा पनि उसमा खासै परिवर्तन आउनसकेको थिएन । गधालाई धोएर गाई बनाउन नसकिने निश्चित भएपछि म उसबाट टाढिँदै गएँ । फोन उठाउन कम गर्दै गएँ ।

त्यति हुँदा पनि आफूलाई अप्ठ्यारो पर्दा उसले मलाई फोन गर्न छोडेको थिएन । एक पटक दसैंताका उसलाई प्रहरीले गिरफ्तार गरेछ । थुनाबाटै उसले फोन गर्‍यो, सहयोगका लागि अनुनय विनय गर्‍यो । दसैंको बेला भनेर मैले प्रहरीलाई हुनेसम्म सहुलियत दिन अनुरोध गरें । उसले सुध्रिन्छु भन्दै आएको थियो । प्रहरीले छाडिदियो । केही समयपछि एसपी रमेश खरेलसँग सल्लाह गरेरै उसलाई चार-पाँच महिना थुनामा राखियो, सुध्रिन्छ कि भनेर । सुध्रिन्छ भने हिरासतमै राखेर ऊमाथि लागेका विभिन्न मुद्दा चलाउने सल्लाह खरेलसँग भएको थियो । ऊ चार महिना जेल बसेर निस्कियो । तर, लागेको बानी के छुट्थ्यो ।

हाम्रा सारा योजना र कामना तुहिँदै गए । मेरो मन मर्‍यो । अब चाहिँ साँच्चै उसलाई बेवास्ता गर्न थालें । लामो समयसम्म ऊसँग मेरो कुनै सम्पर्क थिएन । चरी २०७१ साल साउन २१ गते प्रहरी इन्काउन्टरमा मारियो । त्यसभन्दा केही अगाडि प्रहरीले उसलाई पक्राउ गर्न खोजिरहेको छ भन्ने मलाई थाहा थियो । उसलाई पक्राउ गरियोस् र केही समय थुनामा राखियोस् भन्ने मेरो चाहना थियो । त्यसो गर्दा उसमा सुधार आउला कि भन्ने मैले सोचेको थिएँ । तर, इन्काउन्टरमा पर्‍यो । भर्खरै प्रकाशित पुस्तक ‘म महेश’बाट । साभारdainiknepal.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय:

बंदा काउलीको स्वादिलो सुप एक हप्तासम्म सेबन गर्नुहोस् र आफ्नो शरीरको अनावश्यक बोसो पगालेर चाहे अनुसारको शरीर पाउनुहोस् ।

यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं ।

शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ ।

जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका कारण तपाईको मेटाबोलिज्ममा बृद्धि हुन्छ र परिणामसरुप तपाईले प्राप्त गरेको क्यालोरी भन्दा तपाईको शरीरको क्यालोरी घटेर जान्छ । अझै तपाईले आफ्नो शरीरको विषादी नाश गर्न सक्नुहुन्छ र शरीरलाई चाहेको आकारमा ढाल्न सक्नुहुन्छ ।

यो उपचार अवधि भर दिन बिराउन भने हुँदैन । यदि तपाई कतै यात्रा गर्दै हुनुहुन्छ वा दिनमा कतै जानुहुन्छ भने थरमसमा यो बोसो पगाल्ने सुप भर्न नबिर्सनुहोस् र आफुलाई आवश्यक परेको बखत सुप बिधि प्रयोग गर्नुहोस् ।

यो बिधिलाई सेकरेड हार्ट मेमोरियल हस्पिटलमा शरीरको तौल धेरै भएका मुटुका बिरामीहरुमा प्रयोग गरिएको थियो । तौल नियन्त्रण भए पछि मात्र अपरेशन गर्नु पर्ने भएकाले यो तौल घटाउने बिधि अपनाईएको थियो जसमा बिधि सफल प्रमानित भयो । यो बिधिलाई एड कास्पर एल एस, अकुपंचरीस्ट तथा हर्बलिस्टले समेत आफ्नो क्याबेज सुप फर सेभन डेज टु बर्न फ्याटमा उल्लेख गरेका छन् ।

अनि यो बिधि अपनाएको अवधि भर प्रसस्त पानी पिउन बिर्सिनु हुँदैन । साथै लामो अबधि सम्म यो सुप मात्र पिउने गर्नाले शरीरमा कुपोषण लाग्न सक्ने संभावना हुन्छ ।

सुपका लागि चाहिने सरदामहरु :

- एउटा ठूलो बंदा, मसिनो पारेर काट्नुपर्छ

- आधा किलो छोडाएको हरियो मटरकोसा

- २ वटा हरियो खुर्सानी, काटेको

- ६ वटा हरियो प्याज, मसिनो काटेको

- आधा किलो गाजर, मसि काटेको

- एक पाउ टमाटर, गोलो पारेर काटेको

- थोरै नुन

- थोरै मात्र मसला

सुप तयार पार्ने बिधि:

सब्जीको मीश्रणलाई एउटा भाँडामा खन्याउनुहोस् । यसमा थोरै मसला मिसाउनुहोस् । यसमा आवश्यकता अनुसार पानी मिसाउनुहोस् र यसलाई चुलोमा दश मिनेट सम्म मधुरो आगोमा उमाल्नुहोस् । तरकारी मज्जाले नपाके सम्म उमाल्नुपर्छ ।

सात दिने डायट प्लान:

पहिलो दिन:

सुप र फलफुल मात्र खानुहोस् । पानी तथा कालो चिया चिनि थोरै राखेर पनि सेवन गर्न सकिन्छ । केरा बाहेक सबै प्रकारका फलफुल खान सकिन्छ किनकि केरामा क्यालोरीको मात्रा बढी हुन्छ ।

दोस्रो दिन:

अन्य हरियो सब्जी र सुप मात्र सेवन गर्नुहोस् । सुखेको सिमि, भटमास, मकैको सट्टामा हरियो सागसब्जी खानुहोस् । राती सुप सँगै उसिनेको आलु खानुहोस् तर रातको समयमा फलफुल भने खान हुँदैन ।

तेस्रो दिन:

बिभिन्न प्रकारका सुप, सागसब्जी तथा फलफलुल खान सक्नुहुन्छ । तर राती आलु खान हुँदैन । तपाईले यो सात दिने तौल नियन्त्रण बिधि तिन दिन सम्म उपयुक्त तरिकाले अपनाउनु भएको छ भने तपाईको शरीरको तौल ४-५ किलो घटेको हुनुपर्छ ।

चौथो दिन :

चौथो दिनमा केरा र दुध खाने दिन हो । यी दुबै केरा र दुधमा प्रसस्त मात्रामा क्यालोरी तथा कार्बोहाईड्रेट लुकेको हुन्छ । तर यो चौथो दिनमा तपाईको शरीरलाई पोटासियम, कार्बोहाईड्रेट, प्रोटिन र क्याल्सियमको आवश्यक पर्छ जसले शरीरको प्रक्रियामा गडबड हुनदिदैन । सुपका साथै तीन वटा केरा तथा चाहे जति दुध पिउनुहोस् ।

पाँचौ दिन :

६-७ वटा टमाटर, छाला नभएको कुखुराको मासु तथा माछा अवश्यकता अनुसार तयार पार्न सक्नुहुन्छ । पानी कम्तीमा पनि ६-८ ग्लास पिउनुहोस् । यसले युरिक एसीडलाई सफा पार्छ । सुप कमसेकम दिनको एक पटक पिउनुपर्छ ।

छैठौं दिन :

तपाईले चाहे जति छाला नभएको कुखुराको मासु, सिमि, केराउ, माछा लगायतको सागसब्जी यो छैठौं दिनमा खान सक्नुहुन्छ । तर तारेको आलु भने खान हुँदैन । बंदाको सुप भने यो दिनमा पनि कमसेकम एक पटक पिउन बिर्सिनुहुँदैन ।

सातौं दिन :

हरियो सागसब्जी तथा खैरो चामलको भात । फलफुल तथा हरियो सागसब्जी जति खाए पनि हुन्छ । अनि सुप यो दिनमा पनि कमसेकम एक पटक पिउनु पर्छ ।

डायट प्रोग्राममा सुझाए अनुसारको सल्लाह तपाईले अपनाउनु भएकोले तपाईको शरीरको तौल ७(९ किलो घटेको हुनुपर्छ ।

यदि तपाईको तौल ७ किलो भन्दा बढी घटेको छ भने यस्तो अवस्थामा तपाईले २ दिन पछि डायट प्रोग्राम पुन सुरुवात गर्न सक्नुहुन्छ ।

व्यक्ति पिच्छे पाचन प्रक्रिया फरक हुने भएकोले यो डायट प्रोग्राम कसैका लागि अनुपयुक्त पनि हुन सक्छ ।

यो बिधि तपाईले उपयुक्त तरिकाले अपनाएका खण्डमा, बंदाको सुपले तपाईको पाचन प्रक्रियामा भएको समस्यामा एकरुपता ल्याएर तपाईको शरीरमा फुर्ती प्रदान गर्नुका साथै शरीरमा जम्मा भएको बोसोलाई पगाल्न ठूलो भूमिका खेल्छ । अनि तपाईले आफुलाई पहिला भन्दा हलुंगो, अझै फुर्तिलो र स्वस्थकर महसुस गर्नुहुनेछ ।  यो बिधिको विशेषता भनेकै तपाईले चाहेको अवधिमा प्रयोगमा ल्याउन सक्नुहुन्छ ।

तसर्थ मानसिक तथा शारीरिक रुपमा स्वस्थ महसुन नगरे सम्म यो प्रक्रिया अपनाउनुहोस् र जीवन सुखमय बनाउनुहोस्
आमाले हालिन् छोरीविरुद्ध मुद्दा
झापा : आफू जिउँदो हुँदा हुँदै मरेको भन्ने आफ्नै छोरीविरुद्ध पश्चिम-दक्षिण झापाको गौरीगन्ज निवासी ७४ वर्षीया वृद्धाले जिल्ला अदालत झापामा मुद्दा हालेकी छन् ।

गौरीगन्ज–७ घर भई हाल काठमाडौँ बस्दै आएकी राजकुमारी श्रेष्ठले ४५ वर्षीया छोरी सरस्वती श्रेष्ठविरुद्ध अदालतमा मुद्दा हालेकी हुन् ।

पतिको नाममा रहेको गौरीगन्ज-५ को कित्ता नं. ६८८ र ०९७ नम्बरको एक बिगाह पाँच कट्ठा जमिन कृषि विकास बैंक गौरीगन्जमा धितो राखी कारोबार गरेको बैंकको हिसाब मिलाउन नसकेपछि लिलाम गरी २०४३ फागुन २५ गते बैंकले आफ्नो नाममा कायम गरेको थियो ।

बैंकको नाममा कायम जग्गा आफ्नो कर्जा तिरेर फिर्ता ल्याउने प्रक्रियामा उनले आमा मरेको बयान २०४५ सालमा दिएको थाहा पाएपछि आफ्नै छोरीविरुद्ध मुद्दा हाल्नुपरेको श्रेष्ठले बताइन् ।

'मलार्इ जिउँदै हुँदा मारेर मानमर्दनमा समेत आँच पुर्‍याएकाले आफूले छोरीविरुद्ध मुद्दा हाल्नुपरेको हो', श्रेष्ठले भनिन् ।

आफ्ना एक छोरा र पाँचवटी छोरी रहेकामा छोराको पनि मृत्यु भएको उनको भनाइ छ। पतिको पनि पहिले नै मृत्यु भइसकेको अवस्थामा अहिले छोरीले अदालतमा गएर आफूलार्इ मरिसकेको बयान दिएर जग्गा आफ्नो नाममा बनाई सम्पत्ति हडप्न खोजेको ती बृद्धाले बताइन् ।

'पति र छोराको निधन भएपछि बुहारीलाई अंश दिन खोज्दा जमिन छोरीले एकलौटी बनाएपछि थाहा पाएर बूढेसकालमा अदालती ढोका ढक्ढक्याउन आएकी हुँ', श्रेष्ठले भनिन्, 'छोरीले म मरेको बयान २०४५ सालमै दिएकी रहिछे, अहिले आएर थाहा भएपछि अदालत आएकी हुँ ।' रासस

मलेसिया : मलेसियाको इपोस्थित एक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक नेपाली युवाको ज्यान गएको छ।

कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर धादिङको नालाङका सिजन गिरी सोमबार मृत्यु भएको हो ।

गिरी इपोको एक प्लास्टिक कम्पनीमा कार्यरत थिए । मेसिनमा प्लास्टिकको कच्चा पदार्थ लगाउने क्रममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त राजेन्द्र पुरीले जानकारी दिए ।

गिरिको शव पोस्टमार्टमका लागि इपो अस्पतालमा राखिएको छ् । कम्पनीले गिरीको शब बिहीबार नेपाल पठाउने भएको छ । annapurnapost.com
काठमाडौं : वैशाख १२ को शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन । बुधबार दिउँसो पनि अर्को परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो १ बजेर ५९ मिनेटमा दोलखाको भिमेश्वर नगरपालिकास्थित अनरिनको राजमार्गलार्इ केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प गएको हो ।

यसअघि गत शनिबार सिन्धुपाल्चोकलार्इ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महुसस भएको थियो ।
२० साउन, काठमाडौं । सरकारले दिएको सहुलियत कोटामा डाक्टरी पढ्ने अनि पैसा कमाउन सुटुक्क विदेशतिर लाग्नेहरुले अब विचार गर्नुपर्ने भएको छ ।
राज्यको सहुलियतमा डाक्टरी पढिसकेका विद्यार्थी र उनका अविभावकको इच्छाले मात्रै अब उनीहरु चल्न नपाउने गरी कानून बनाउनुपर्ने डा. केदारभक्त माथेमा आयोगको प्रतिवेदनले औंल्याएका कारण अब राज्यको पैसाले डाक्टरी पढेर विदेश पलायन हुनेहरुका लागि दु:खको दिन सुरु हुन लागेको हो ।
सरकारी सहुलियतमा डाक्टरी पढेका अधिकांश चिकित्साकर्मीहरु स्वदेशमा सेवा नगरी विदेश पलायन हुने क्रम नेपालमा बढेको छ । यसबाट सरकारले विद्यार्थीलाई दक्ष चिकित्सक बनाउन गरेको लगानी खेर गइरहेको छ ।
सन् २०१२ मा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका ७ सय १० जना स्नातकबारे गरिएको अध्ययनले सन् १९८३ देखि सन् २००४ सम्म पहिलो २२ समुहका स्नातकहरूमध्ये ३६.१ प्रतिशत नेपाल छाडेर विकसित मुलुकमा गएका छन् ।
माथेमा आयोगले स्पष्टसँग किटेर भनेको छ कि जनताको करको पैसाले राज्यको लगानीमा पढेका यस्ता चिकित्सक र नर्सहरुको दायित्व आफू र आफ्नो परिवारप्रति मात्रै होइन, राज्य रजनताप्रति पनि हुनुपर्छ ।
यसबारे माथेमा आयोगको प्रतिवेदनले भनेको छ- ‘यसबाट विद्यार्थीहरूलाई चिकित्सक बनाउने क्रममा राष्ट्र र समाजले उनीहरूमाथि गरेको लगानीको प्रतिफल खेर गएको पुष्टि भएको छ ।’
चिकित्साकर्मीहरूको शिक्षा र तालिम लामो अवधिको र खर्चिलो हुने हुँदा यस्ता शिक्षा र तालिमको गुणस्तरीयता सुनिश्चित गर्न आवश्यक ध्यान दिन कार्यदलले सरकारलाई सुझाव दिएको छ । स्वाथ्यकर्मीको शिक्षा/तालिमको विषयलाई नाफा नोक्सानको दृष्टिकोणले गरिने उद्योगको रूपमा मात्र लिँदा तात्कालिक रूपमा आकर्षक र उपयुक्त जस्तो देखिए तापनि अन्तत्ाोगत्वा त्यसबाट निस्कने परिणाम भने राष्ट्रका लागि घातक हुन सक्ने खतरा औंल्याइएको छ । हाल आएर नेपालमा यो गम्भीर चिन्ताको विषय हुन पुगेको प्रतिवेदनमा उल्लेख छ ।
हाल नेपालमा प्रतिवर्ष झण्डै २ हजारको हाराहारीमा चिकित्सक र करिब ७ हजारको संख्यामा विभिन्न तहका नर्सहरूको उत्पादन हुने गर्दछ । त्यसैगरी वर्षेनी विदेशबाटसमेत करिब ५/७ सय नेपाली विद्यार्थीहरुले चिकित्साशास्त्र अध्ययन गर्ने गरेका छन् ।
जनस्वास्थ्य र सार्वजनिक हितसँग प्रत्यक्ष सम्बन्धित रहने चिकित्सा शिक्षा प्रणालीको गुणस्तर उपभोक्ताका रूपमा रहने विद्यार्थी एवम् अभिभावकहरूको सन्तुष्टिसँग मात्र जोडेर हेर्नु उचित नहुने कार्यदलको ठहर छ ।
चिकित्सा शिक्षा प्रत्यक्षतः नागरिकको जीवन र स्वास्थ्यसँग गाँसिएको विषय भएकाले वर्तमान अवस्था हेर्दा अनियमितता, गैरअनुशासन, उत्पादित जनशक्तिको गुणस्तरमा बेवास्ता र नैतिक सिद्धान्तहरूमा सम्झौता गर्ने किसिमको प्रवृत्तिले चिकित्सा शिक्षाको भविष्य राष्ट्रहित अनुकूल र न्यायपूर्ण होला भन्न सकिने अवस्था नरहेको माथेमा कार्यदलले ठहर गरेको छ ।
www.onlinekhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home