• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
आज वि.सं. २०७२ श्रावण २१ गते बिहीबार तदनुसार ई. सं. २०१५ अगस्ट ०६ तारिख
श्रावण कृष्ण सप्तमी, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, शूल योग, विष्टि (भद्रा) करण
आजको मूहुर्त : अन्नप्राशन(पास्नी),
भोलिको व्रत/पर्व : अष्टमी व्रत, गोरखकाली पूजा

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको तपाईंको निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ । कुनै नयाँ काममा मन जानेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा खर्च बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफन्तबाट सहयोग प्राप्त हुने छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक बन्नसक्छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर फुत्काउन सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामकाजमा जाँगर चल्दैन, मन भावुक र रोमान्टिक बन्न सक्छ । व्यवसायमा अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन रुमल्लिए पनि फाइदा नै हुनेछ, तर साझेदारले साथ दिन पाउँदैनन् । जीवनसाथीलाई समय दिनु र सानो घरायसी भ्रमणमा निस्कनु राम्रो हुन्छ । सन्ततिपक्षमा राम्रै छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चन्द्रमा चौथो घरमा भए पनि आज शुभ ग्रहको दृष्टि पर्नाले दिन बलियो भएको छ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ, ख्याति कमाइने छ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउनसक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिक दृष्टिले मध्यमफल प्राप्त हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ, सचेत रहनु होला । उमंग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

त्यो दिन मैले चरीलाई भने यसरी हत्या गर्ने नै त संगठनको नीति छैन, हातखुट्टा सम्म भने भाच्न सकिन्छ । उनीहरुले हाम्रा साथीहरुको हात खुट्टा भाचेका छन् । टिट फर ट्याट । यसका लागि तिमिले संगठनको सहयोग लिदा पनि हुन्छ । मेरो उत्तर सुनेपछि चरीले भन्यो ,‘ यत्ति कामका लागि मलाई अहिले नै संगठनको आवश्यकता पर्दैन, दाइ । म एक्लै काफी छु । त्यसपछि ऊ उत्साहित हुदै गयो ।



चरी निस्किएलगत्तै मेरो मनमा आशंका जन्मियो– ‘कतै चरीले नराम्रो गरेर संगठनले आजसम्म कमाएको इज्जत त सखाप पारिदिने हैन?’ मैले तत्काल ऐनजी लाई फोन गरे, ‘त्यो चरीलाई वाच गर्दै गर्नु है । त्यसले नराम्रो काम गरेर संगठनको बदनाम गर्ला नि फेरि । तर, ऊ आफै पनि माओवादी पीडित रहेछ । अर्को तर्फ, हामीले जुन उद्देश्यका साथ युथ फोर्स अगाडी बढाएका थियौ, त्यसकालागि चरीहरु पनि राम्रा सहयात्री हुनु आवश्यक थियो । एकाध मानिस त्यो पृष्ठ भूमिका नभएसम्म हमीलाई वाईसीएलले पेलिरहने निश्चित थियो । चरीलाई युथफोर्समा ल्याउनुको अर्को मनोवैज्ञानिक हिसावले वाईसीएललाई पछाडि धकेल्नु पनि थियो ।
त्यो दिन म बुटवलमा थिए । एमालेको महाधिवेशन चलिरहेको थियो । साँझ मोबाइलमा चरीको फोन आयो । उसले भन्यो, ‘दाई, हामीले हान्दियौ त्यसलाई । सायद बाँच्दैन होला । अस्पताल भर्ना भएको छ । छातीमै गोली लागेको छ ।
मैले कुनै प्रतिक्रिया जनाउन सकिन । चरीले त्यो हदसम्म गएर कसैलाई गोली हान्ला भन्ने सोचेको थिइनँ । हदै सम्म भए जोग भाईको खुट्टा काट्नेहरुको खुट्टा भाँचिदेला, सुशीलको हात काट्नेहरको हात भाँचिदेला भन्ने मात्रै ठानेको थिएँ । युथ फोर्स र युवा संघका त्यसअधिका कारबाहीहरमा त्यस्तो हतियारको प्रयोग भएको थिएन । तर, चरीले गर्नु गरको थियो । त्यसले मलाई ठूलो समस्या पार्‍यो । महाधिवेशनको तनावमाथि अनावस्यक झमेला थपियो । चरीले पार्टी प्रवेशपूर्व गर्दिनँ भनेको काम गरेको थियो । उसले गोली चलाएको घटनालाई हामीले आफ्नो जिम्मेवारीमा लिन सक्ने समय पनि थिएन त्यो । कुनै पनि आपराधिक क्रियाकलापलाई हामीले राजनैतिक संरक्षण दिइनुहुदैन भन्ने मेरो मान्यता थियो ।

त्यस्ता कामलाई संरक्षण र प्रश्रय माओवादीले दिइरहेको थियो । हामी त्यही माओवादी विरुद्ध अभियानमा उभिएका थियौँ । जुन कामको बिरोधमा हामी थियौँ त्यही काम हामीबाट हुनु हुँदैन भन्नेमा म सचेत थिए ।
तर, नहुनु भइसकेको थियो । चिन्ता लिएर मात्र समस्या सल्टिने अवस्था थिएन । पाइला–पाइलमा सावधानी अरुरी थियो । समयको आवस्यकता थियो त्यो । यो समस्यालाई सावधानीपूर्वक समाधान गर्न नसके युथ फोर्स झन् भुमरीममा पर्ने निश्चित थियो । हत्तेरिका के गरेको यस्तो !‘ मैले चरीलाई भने । ऊ नाजवाफ भयो । घटना भइसकेपछि सायद उसको मनोबल कमजोर भइसकेको थियो । फेरी त्यस्तो काम गर्न निरुत्साहीत होस् भन्न मैले कराउनु पर्ने थियो ।

अहिले त्यो मान्छेको अवस्था कस्तो छ त?’मैले सोधे । ‘भन्न सकिदैन दाई चरीले आत्तिदै भन्यो !’ म फेरि लामो समय चुप भएँ । त्यसपछि उसलाई सल्लाह दिए । ‘अव चुपचाप कतै बसनु । केहि दिन बाहिर ननिस्कनु’
केहि दिन ऊ सम्भवत : कतै निस्किएन । मलाई प्रत्येक दिन फोन गरिरह्यो । तर, मैले उसका अधिकांश फोन इग्नोर गरे । त्यसो नगर्दा झन् नराम्रो हुन सक्थ्यो । ऊसँग कुरा गर्न पनि आफु निकै व्यस्त भएका कारण चुपचाप वस्न भन्ने गर्थे ।

त्यो घटना भएको केहि समय पछि मैले र केहि साथीले चरीसँग गंम्भीर कुरा ग¥यौँ । उसले आफुले गत्ल्ति गरको सहजै स्विकार ग¥यो । त्यति हुदा पनि उसको काम क्षम्य थिएन । आमोवादी बिरुद्ध आक्रमण गरेकै किन नहोस्, त्यो मेरो पनि एउटा गल्ति थियो ।
त्यही समय मैले चरीलाई पनि बासम्बार सम्झाए । मैले उसलाई दुईवटा बिकल्प दिने गरेको थिए – तँ जिन्दगीको यस्तो मोडमा आइपुगेको छस्,तेरो सामु दुइवटा बाटाहरु छन् । राजनीतिक बाटो हिँडे सामाजिक व्यक्तित्व बन्न सकिन्छ । दिनहु प्रहरीबाट डराएर हिडुनपर्ने अवस्था हटेर जान्छ, अपराधकै बाटो हिडिरहे आफैबाट पनि भागिरहनु पर्ने हुन्छ ।

एक पटक मैले भने ‘हेर भाई, हामी अहिले थप सहकार्य हुने–नहुने मोडमा आइपुगेका छौँ । तँ, पहिलो बाटो हिडिस् भने हाम्रो सहकार्य हुन्छ । हैन, दोस्रो बाटो रोज्छन् भने सहकार्यआजैबाट टुङिन्छ ।
उसका दुश्कर्महरु बारम्बार दोहोरिँदै थिए । विभिन्न आपराधिक कार्यमा उसको संलग्नता अपेक्षाकृत रुपमा घटेको थिएन । मैले जति सम्झाउदा पनि उसमा खासै परिवर्तन आउन सकेको थिएन । गधाँलाई गाँई बनाउन नसकिने निश्कर्ष पछि म उसबाट टाढिँदै गएँ । फिोन उठाउन काम गर्दै गए ।

त्यति हुदा पनि आफूलाई अप्ठेरो पर्दा उसले मलाई फोन गर्न छाडेको थिएन । एक पटक दर्सैँ तका उसलाई प्रहरीले गिरफ्तार गरेछ । थुनाबाटै उसले फोन गर्‍यो, समयोग को निम्ति अनुनय विनय गर्‍यो ।
दसँको बेला भनेर मैले प्रहरीलाई हनेसुम्म सहुलियत दिन अनुरोध गरे । उसले सुध्रिन्छु भन्दै आएको थियो । प्रहरीले छाडिदियो ।

केही समय पछि एसपी रमेश खरेल सँग सल्लाह गरेर उसलाई चाण्पाँच महिना थुनामा राखियो, सुध्रिन्छ कि भनेर। सुध्रिन्छ भने हिरासतमै राखेर ऊमाथि लागेका विभिन्न मुद्दा चलाउने सल्लाह खरेल सँग भएको थियो । ऊ चार महिना जेल बसेर निस्कियो । तर, लागेको बानी के छुट्थ्यो । हाम्रा सारा योजना तुहिदै गए । मेरो मन मर्यो । अव चाहि लसाच्चे उसलाई वेवासता गर्न थाले । लामो समय सम्म ऊ सँग कुने सम्पर्क नै थिएन ।

चरी २०७१ साल साउन २१ गते प्रहरी इन्काउन्टरमा मारियो । त्यस भन्दा केहि अगाडी प्रहरीले उसलाई पक्राउ गरियोस् र केहि समय नियन्त्रणमा राखियोस् भन्ने मेरो चाहना थियो । त्यसो गर्दा उसमा सुधार आउला कि भन्ने मैले सोचेको थिएँ । तर, इन्काउन्टरमा पर्यो ।–भर्खरै प्रकाशित पुस्तक म–महेशबाट ।
गएको केही साता अघि इजरायलमा गैर कानूनी रुपमा रहेका नेपालीहरुलाई काम लगाइदिन्छु भन्दै अध्यागमन प्रहरी लगाएर पक्राउने गरेकोले संगिता ओलीदेखि सावधान रहन भन्दै नेपालीहरुलाई आह्वान गर्दै  फोटो सहितको समाचार अनलाइन मिडियाहरु लगायत सामाजिक सञ्जाल फेसबूकबाट महिलाको पारिवारिक सम्वन्धमा समेत खलल पुर्याउने गरी समाचार तथा पोस्टहरु गर्ने खाडी मुलुक कतारमा कार्यरत सागर अधिकारी भनिने विष्णुकुमार अधिकारीलाई महानगरीय प्रहरी अपराध महाशाखाले घरविदामा नेपाल गएको समय पारी पक्राउ गरेको छ । गत ३ अगस्त सोमवार पक्राउ परेका अधिकारीलाई विद्युतीय कारोबार ऐन (साइवर अपराध) अनुसार मुद्दा चलाउन महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ ।



अनाधिकारीक अनलाइन व्लगहरु र  इन्टरनेट सामाजिक सञ्जाल फेसबूक मार्फत सुनेको भरमा चरित्र हत्या गर्ने नियतले अपुष्ट तथा व्यक्तिगत लान्छानायुक्त झुटो सन्देश पोष्ट गरी महिलालाई मानसिक यातना दिएको अभियोगमा विष्णुकुमार अधिकारी पक्राउ परेका हुन् ।

उनले फेसबुक पोस्टमार्फत् महिलाको चरित्र हत्या हुनेगरी अन्तरक्रिया समेत गराउन खोजेको महानगरीय प्रहरी अपराध महाशाखाले उल्लेख गरेको छ । उनले आफूले नुबझेको नजानेको विषय समेत पोस्ट गरी महिलाको सामाजिक तथा पारिवारिक सम्बन्धमा खलल पुर्‍याएको प्रहरीले उल्लेख गरेको छ ।
लामो समयदेखि इजरायलमा रहेकी पिडित संगिता ओलीले अपराध अनुसन्धान महासाखामा गरेको उजुरीका अनुसार अभियुक्त अधिकारीले उनको सम्बन्धबारे पोस्ट गरी अन्त्यमा ‘यो विषयमा तपाइँहरुको के कस्तो प्रतिक्रिया छ’ भनी अन्तरक्रिया चलाउने गरेका थिए।
त्यस्तो पोस्टमा अत्यन्त अश्लिल तथा अनैतिक कमेन्ट गरेर महिलालाई मानसिक यातना दिने गरेको उजुरीमा उल्लेख छ । ‘अत्यन्त अश्लिल वाक्य शब्दहरु प्रयोग गरी महिलाप्रति घृणा र द्वेष फैलाई यातना दिने गरेको पाइयो’,  अपाराध अनुसन्धान महाशाखाले उल्लेख गरेको छ ।

ओलीको उक्त घटमा फेसबूकमा भाइरल भएपछि उनले नेपाल इजरायल डट नेटमार्फत विज्ञप्ति जारी गरी उक्त समाचारप्रति ध्यानाकर्षण भएको जनाउदै प्रचार गरिएका सम्पूर्ण कुराहरु  झुट तथा कपोकल्पित भएको प्रस्ट गरेकी थिइन ।

पथरी ५ मोरङ स्थायी घर भई विगत साढे ६ बर्षदेखि इजरायलमा रहेकी ३२ बर्षिया सिता थापा खनाल र काठमाण्डौ स्थायी घर भई विगत ८ बर्षदेखि इजरायलमा रहेकी तारा गिरीलाई गत   ५ मा काममा जाने क्रममा अध्यागमन प्रहरीले पक्राउ गरेपछि यो विषयले ठूलो रुप लिएको थियो ।

उक्त घटनाको विषयमा थप अनुसन्धान जारी रहेको र घटनामा संग्लग्न अन्य पनि छिट्टै कारवाहीको दायरामा आउने जनाइएको छ ।
जो कोही मानिसको जिवनमा केही न केही गोप्य कुरा अवश्य पनि हुन्छन् । केही गोप्य कुराहरु यस्ता हुन्छन् जो मानिसले न त आफ्नो सबैभन्दा नजिकको जिवनसाथीलाई भन्छ, न त आफ्ना साथीभाइ तथा परिवारका अन्य मानिसलाई । यस्तो कुनै गोप्यता व्यक्तिमा कम्तीमा पनि १५ वर्ष आफैभित्र लुकाएर राख्ने गर्छ । यो हाम्रो दाबी होइन, हालै भएको एक नयाँ अध्ययनले देखाएको हो ।

भारतको गरिएको अध्ययन अनुसार हरेक ५ जनामा ३ जना मानिस आफ्नो जिवनका केही मुख्य राज लुकाएरै राख्ने गरेका हुन्छन् । सर्भे अनुसार मानिसहरु गोप्यतम कुराहरु वा केही रहस्यहरु आफ्नो जिवनसाथीसँग पनि लुकाउँछन् ।धेरै मानिसलाई डर हुन्छ की त्यस्ता गोप्य कुरा जिवनसाथीलाई बतउँदा सम्बन्ध बिगि्रन्छ । आफ्नी आमासँग समेत केही रहस्य वा कुराहरु लुकाउँछन् मानिसले । मानिसले लुकाउने गोप्य रहस्यका विषयमा गरिएको अध्ययनका केही रोचक तथ्य यस्ता छन्-

१. विवाहअघिको आफ्नो प्रेम सम्बन्धको विषयलाई मानिसहरुले गोप्य राख्दछन् । रहस्य आफै नखुलेसम्म महिला वा पुरुषले आफ्नो त्यो पूर्व सम्बन्धका विषयमा आफ्नो जिवनसाथीलाई मरिगए बताउँदैनन् ।
२. विवाह भैसकेपछि परस्त्री वा परपुरुषसँगको सम्बन्धका विषयमा पनि मानिसहरुले कसैलाई बताउँदैनन् ।
३. विवाह नगरिकनै जन्मिएको बच्चाको विषयमा पनि मानिसहरु सकेसम्म लुकाउन चाहन्छन् । चाहे पछि बिहे गरेका प्रेमी प्रेमिकाबीचको सम्बन्धबाट बिहे अघि नै जन्मिएको बच्चा किन नहोस् उनीहरुले बिहेभन्दा पछि नै जन्मिएको भनेर ढाँट्दछन् ।
४. बाल्यकालमा चोरी गरेको तथा कहिलेकाहीँ रक्सी खाएर गाडी चलाएको बेलामा पक्रिएको कुरा पनि मानिसहरुले सित्तिमित्ति कसैलाई भन्दैनन् ।
५. यदि कसैले इन्टरनेटमा कसैसँग अश्लील च्याट गर्यो भने पनि त्यसको बारेमा छिटै अरु कसैलाई बताउँदैनन् ।
६. कुनै विपरित लिंगीप्रति आफुमा जागृत भएको यौनइच्छाको विषयमा पनि मानिसहरुले कसैलाई भन्दैनन्, चाहे आफ्नो लंगौटिया नै किन नहोस् ।
७. विवाह पछि यदि विवाहित पुरुषलाई कुनै अर्को महिला वा विवाहित महिलालाइ अर्को कुनै पुरुषप्रति आकषर्ण हुन्छ भने त्यो कुरा जिवनभर नै खोल्दैनन् मानिसहरु । यसको अर्थ मानिसहरुले आफ्नो जिवनसाथी भन्दा अरु कुनै परस्त्री वा परपुरुषलाई मन पराएको कुरा आफ्नो जिवनसाथीलाई कहिल्यै पनि बताउँदैनन् ।
भीमदत्तनगर, २० साउन । जेठानीका पाँच महिने छोरालाई विष खुवाएर हत्या गर्न खोज्ने महिलालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी जेठानी जानकी शाहका दुधे बालक कर्मा शाहलाई विष खुवाउने कञ्चनपुरको बेल्डाँडी गाविस–९ की २० वर्षीया काकी समिरा शाहलाई सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक किशोरकुमार दाहालले गत शनिबार समिराले आफ्नै सहोदर जेठानीले छोरालाई घरको बरन्डामा झुलामा राखेर गोरु चराउन गएका बेला दूधमा विष हालेर खुवाएकी थिइन् ।
“बालककी आमा झुलामा सुताएर जङ्गलमा गोरु चराउन हिँडेकी रहेछन्, ” पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दाहालले भन्नुभयो – “सोही मौकामा समिराले बालकलाई विष खुवाएको स्वीकार गरेकी छन् ।”
समिराले बालकलाई विष खुवाउनाका कारण समिराको घरायसी विवाद, आफ्नो छोरी र जेठानीको छोरा हुनु, घरमा बसेर जेठानीको छोराको समेत हेरचाह गर्नुपर्नेलगायत रहेको प्रहरीको भनाइ छ ।
बालकको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारत पठाइएको थियो । अहिले भारतमा बालकको अवस्था सामान्य भएपछि घर फिर्ता ल्याइसकिएको छ । समिराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने भएको छ । रासस
dainiknepal.com
हो अनुहार सफा गर्ने पनि विभिन्न तरिका हुन्छन । तपाईंलाई अनौठो लाग्न सक्छ अनुहार सफा गर्ने पनि कुनै तरीका हुन्छ भनेर । तर यो जानी सकेपछि तपाईलाई अचम्म लाग्न पनि सक्छ अनुहार धुँदा पनि मानिसले कति गल्ती गर्दो रहेछ भनेर । त्यसैले अनुहार धुने बेलामा ख्याल गर्नुहोस् ।
यसो गर्नाले अनुहारको छाला स्वस्थ्य रहन्छ ।
 १) सावुन या बडीवासले अनुहार नधुनुहोस् किनकी तपाईंको अनुहारको अन्य अंगको तुलनामा मुकावला असाध्दै संवेदनशील हुन्छ ।
 २) तपाईंको अनुहार ड्राइ छ भने तपाईंले केसर, मह, र दुध युक्त फेसवासको प्रयोग गर्नुहोस् ।
३) यदि तपाईको अनुहार चिल्लो छ भने तपाईंले एलोभेरा मिन्ट या नीम युक्त फेसवासको प्रयोग गर्न सक्नुहून्छ ।
 ४) फेस वास गर्दा एकदमै तातो र एक दमै चिसो पानी पनि प्रयोग नगर्नुहोस् ।
 ५) ताजा, सफा र मनतातो पानी प्रयोग गर्न सक्नुहुन्छ । अनुहारको फोहरलाई विस्तार मिचेर हटाउनु होस् ।
 ६) जहिले पनि अनुहारलाई विस्तारै विस्तारै पुछ्ने गर्नुहोस् जोड्ले नपुछ्नु होस् ।
७) विशेष परिस्थितिमा बाहेक २ पटक फेसवासले अनुहार सफा गर्नु होस् ।
 ८) मेकअप पछि अनुहार पखाल्नुहुँदै छ भने पहिले मेकअपलाई हटाउनु होस् । www.etajakhabar.com
नयाँ दिल्ली, २० साउन । मध्य भारतीय राज्य मध्य प्रदेशमा दुईवटा रेल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ३२ जना व्यक्तिको मृत्यु भएको समाचार छ ।

सो दुर्घटनामा परी अन्य ७० जना घाइते भएका वरिष्ठ रेलवे अधिकारीले बुधबार जानकारी दिएका छन् । प्रान्तीय राजधानी भोपालबाट १६० किलोमिटर टाढा रहेको स्थानमा स्थानीय समयाअनुसार ११ः३० मा सो दुर्घटना भएको जनाइएको छ ।

दुर्घटना भएका ती दुई रेल मुम्बईबाट बनारस र अर्को रेल मुम्बईबाट पूर्वी भारतीय राज्य बिहारको जबालपुरतर्फ गइरहेको सो रेल मचामक नदीमा खसेको बताइएको छ ।

सो रेल दुर्घटनामा मारिएकामा १० जना महिला र पाँच बालबालिका रहेका जनाइएको छ । दुर्घटनाग्रस्त सो रेलबाट ३०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ ।

www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home