एजेन्सी : धर्मनिरपेक्षताको पक्षमा वकालत गर्दै आएका एक ब्लगरको शुक्रबार दिउँसो बंगलादेशको राजधानी ढाकामा हत्या भएको छ
४० वर्षीय ब्लगर निल्यो निललार्इ पहिचान हुन नसकेको समूहले हत्या गरेको पुष्टि ढाकाको खलीगाउँस्थित बंगलादेशी प्रहरीका सव-इन्सपेक्टर खैरुजजमानले पुष्टि गरेका छन् ।
'हामीलार्इ प्राप्त प्राराम्भीक सूचना अनुसार हत्या गरिएका ब्यक्ति ब्लगर भएको खुलेको छ ।'
उनीसँगै बंगलादेशमा धर्मनिरपेक्षताक
पक्षमा वकालत गर्ने चौथो ब्लगरको हत्या भएको छ । हत्यामा इस्लामिक आर्मीको संलग्नता रहेको अनुमान गरिएको छ ।
समाचार अनुसार निलको ढाकास्थित कोठैमा पसेर निलमाथि आक्रमण गरिएको थियो । निलले लामो समयदेखि इस्लामिक पार्टीमाथि प्रतिबन्ध र सन् १९७१ का युद्धका अपराधीमाथि कारबाही माग गर्दै आएका थिए ।annapurnapost.com

एजेन्सी । मध्य अफ्रीकी देश कांगोमा आज विहान भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
भूकम्पमा परी दुई बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । अमेरिकी भौगर्भिक संस्था (यूएसजीएस)का अनुसार कांगो के बुकावु शहरलाई केन्द्रविन्दु बनाएर ५.६ रेक्टर स्केलको ठूलो धक्का महसुस गरिएको हो ।
यसको केन्द्र कांगोको बुकावु सहरबाट ३९ किलोमिटर उत्तर रवांडाको सीमा आसपास जमिनको १० किलोमिटर गहिराई भएर गएको थियो । त्यहाँको स्थानीय समय अनुसार, भूकम्पको झट्का विहान ३ बजेर २५ मिनेटमा महसूस गरिएको थियो ।
भूकम्पले लाखौंको धनसम्पत्तिको क्षति भएको समाचार प्राप्त भएको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
ainiknepal.com

काठमाडौं, २१ साउन । गएको ३ दिनदेखी सुनको मुल्यमा कुनै उतारचढाब आउन सकेको छैन ।
आज छापावाल सुन प्रतितोला ४७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ४७ हजार २ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि तोलाको ६ सय ६० रुपैयाँ नै रहेको महासघंको बेवसाइटमा उल्लेख छ । सुनको यो मुल्य ५ बर्षपछिको सस्तो हो ।
सुनचाँदीको मुल्य घटेपनि उपभोक्ताले भने सर्बत्र खरिद गर्न पाइरहेका छैनन् । सुन सस्तिएसगैँ ब्यापारीले लुकाएर बजारमा सुनको अभाब सृजना गरेको उपभोक्ताहरुको गुनासो छ ।

आर्इएसले यसरी तोक्यो महिलाको मूल्य
एजेन्सी : आतंकवादी संगठन इस्लामिक स्टेट (आर्इएस) ले इराकको मोसुलमा १९ जना महिलाको हत्या गरेका छन् ।
टर्कीका सुरक्षा अधिकारीले ती महिलाको हत्या भएको पुष्टि गरेका छन् । समाचार अनुसार आर्इएसका लडाकूसँग यौन सम्बन्ध राख्न इन्कार गरेपछि ती महिलाको हत्या भएको हो ।
एक र दुर्इ अगष्टमा भएको सो घटनामा ती सबै महिलालार्इ पटक पटक गरेर हत्या गरिएको हो ।
टर्किस डेमोक्र्याटिक पार्टीका प्रवक्ता मिमोसिनीले बताए अनुसार संगठनभित्र र्याङ्किङका आधारमा कम उमेरका महिला र युवतीको खरिद हुने गरेको छ ।
उनले एक इराकी समाचार एजेन्सीलार्इ बताए अनुसार पछिल्लो दुर्इ दिनमा १९ महिलाको आर्इएसले हत्या गरिसकेका छन् । यी सबै महिलालार्इ लडाकूको यौनतिर्खा मेटाउन इन्कार गरेको भन्दै हत्या गरिएको हो ।
समाचार अनुसार कुर्दिस डेमोक्रेटिक पार्टीले दाबी गरेको दुर्इ दिन अघिमात्रै राष्ट्र संघले आर्इएसद्वारा यौनकार्यमा लगाउने महिला र युवतीहरुको मूल्य सूची सार्वजनिक गरेको थियो ।
राष्ट्र संघकाको 'सेक्रेट्री-जनरल फर सेक्सुअल भ्वाइलेन्स' का स्पेशल रिप्रेजेन्टेटिभ ज्यानब बांगुराका अनुसार, इराक र सिरियाका युद्धग्रस्त इलाकामा युवती दैनिक उपभोग्य बस्तुसरह किनबेच भइरहेका छन् ।
कयौं पटक आतंकवादीले युवतीलार्इ यसकारण खरिद गर्छन्, जसले उनीहरुका परिवारसँग लाखौं रुपैयाँ फिरौती लिन सकियोस ।
आर्इएसले तोकेको महिलाको मूल्य । डेली मेलबाट
http://annapurnapost.com/News.aspx/story/16050

काठमाडौं, २२ साउन । नेपालमा वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’पछि अब पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको भूभागमा भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने खतरा बढेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
नयाँ तथ्याङ्कहरुले गत बैशाख महिनामा नेपालमा गएको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सञ्चित सबै तनाव निस्कन नसकेको र त्यो पश्चिमतर्फ सरेको उनीहरुले जनाएका छन् । नेचर एण्ड साइन्स नामक जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले त्यस्तो चेतावनी दिएका हुन् ।
तर उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिँ भन्न नसकिने बताए । बीबीसीसँग कुरा गर्दै ब्रिटेनको प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जँ फिलिप अवुआकले भने, ‘यस क्षेत्रमा ध्यान दिन जरुरी छ, यदि आज भूकम्प आउने हो भने पश्चिम नेपालमा मात्रै होईन, उत्तरी भारतको गङ्गा मैदानमा घना बसोबासका कारण पनि ठूलो विध्वंश हुनसक्नेछ ।’
गत वैशाखको भूकम्प भारतीय प्लेट र युरोसियन प्लेट भनिने दुइ भौगर्भिक क्षेत्रहरुबीच घर्षण हुँदा पैदा भएको हो । यो निरन्तर भइरहने प्रक्रिया हो जहाँ हरेक वर्ष जमीन दुइ सेन्टिमीटरले उत्तरतिर सरिरहेको हुन्छ ।
वैज्ञानिकहरुका अनुसार गत बैशाख १२ मा गएको भूकम्पले पृथ्वीमुनि सञ्चित तनावमध्ये केहीमात्रै सतह बाहिर निकालेको थियो । प्राध्यापक अवुआकले भने, ‘यदि सो भुइँचालोले हिमालयको अघिल्तिरसम्मको भूभागमा चिरा पारेको भए अझ ठूलो भूकम्प आउन सक्थ्यो ।’
अनुसन्धानकर्ताहरु पृथ्वीको सतहमुनिको केही तनाव पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको ठान्दछन् । हिमालयक्षेत्रमा सन् १५०५ मा ८.५ रेक्टरको महाभूकम्प आएको थियो । हालै त्यता सरेको दबाबले गएको पाँचसय वर्षभन्दा बढी समयदेखि त्यहाँ जम्मा भईरहेको तनावमाथि थप दबाब थप्न सक्ने उनीहरु बताउँछन् ।
‘अहिले हामी पश्चिम नेपालका बारे निकै चिन्तित छौं,’ प्राध्यापक अवुआकले भने । उनले नेतृत्व गरेको टोलीले त्यस क्षेत्रमा अरु बढी अनुगमन गर्नुपर्ने जनाएको छ, यद्यपी अर्को प्राकृतिक विपद् ठिक कहिले आउनेछ भनेर अनुमान गर्नु असंभव नै छ ।
‘हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर आफुहरु बसिरहेको ठाउँमुनि अत्यन्तै धेरै तनाव सञ्चित भईरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै आवश्यक छ,’ प्राध्यापक अवुआकले भने ।
उनले ठूला भूकम्पहरु पनि थेग्नसक्ने ससाना घरहरु निर्माण गर्न सुझाव दिए । नेपालमा गत वैशाखमा गएको भूकम्पमा परी झण्डै नौ हजार जनाको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए ।
प्राध्यापक अवुआकले भने, ‘काठमाण्डौ नजिकै ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प आयो भन्ने सुन्दा त्यसबाट तीन देखि चारलाख मानिसहरुको ज्यान गयो भन्ने समाचार सुन्न म तयार भएर बसेको थिएँ, यो दुर्घटना हो, तर निकै घना जनसंख्या भएको इलाकामा १०,००० भन्दा कम मानिसहरुको ज्यान जानुलाई एउटा सानो संख्या नै मान्नु पर्दछ।’
गत वैशाखको भूकम्पले उच्च फ्रिक्वेन्सीको तरङ्गहरु सिर्जना गरेको भए काठमाण्डौका साना भवनहरुमा ठूलो क्षति पुग्न सक्ने थियो भनी वैज्ञानिकहरु बताउँछन् । सो भूकम्पमा पर्याप्त तनाव निष्काशन नभएको, बरु जमीनमुनि जम्मा भएको तनाव पश्चिमतर्फ सरेकाले अझ ठूलो भूकम्पको जोखिम बढेको उनीहरुले बताएका छन् । बीबीसीबाट
http://dainiknepal.com/2015/80701.html

काठमाडौं : शुक्रबार मध्यान्ह काभ्रे जिल्लाको ढुंखर्क केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ ।
मध्यान ११ बजेर ५७ मिनेटमा काभ्रेको ढुंखर्कलार्इ केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यसअघि बिहीबार राति ८ बजेर ३६ मिनेटमा सिन्धुपाल्चकोकको बराम्ची केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । annapurnapost.com

काठमाडौं, श्रावण २२ । वैज्ञानिकहरुले नेपाल र भारतको केही क्षेत्रमा ठूलो भूकम्पको जोखिम कायमै रहेको बताएका छन् । नेपालमा बैशाख १२ गते गएको ७.८ म्याग्निच्युटको भूकम्पपछि गरिएका विभिन्न अध्ययनहरुले अझै शक्तिशाली भूकम्पको जोखिम कायम रहेको देखाएका हुन् ।
भौगर्भिक विज्ञानसम्बन्धी पत्रिका जियो साईन्स र साईन्सले दाबी गरेअनुसार बैशाख १२ गतेको भूकम्पले यो क्षेत्रको जमिनमुनी सञ्चित सबै शक्तिलाई प्रवाह गर्न सकेको छैन । तर उक्त भूकम्पले यो शक्तिलाई केही पश्चिमतर्फ धकेलेको बताइएको छ ।
अध्ययनमा सामेल वैज्ञानिक प्रोफेसर जाँ फिलिप अभोवाकलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार नेपालको पोखराबाट पश्चिमदेखि भारतको दिल्लीबाट उत्तरसम्म शक्तिशाली भूकम्पको जोखिम बढेको छ । यो क्षेत्रमा विशेष सतर्कता र पूर्व सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।
वैशाख १२ को भूकम्पले जमिनमुनि जम्मा भएको शक्तिको केही हिस्सा मात्रै बाहिर ल्याएको अध्ययन प्रतिवेदनको दाबी छ । योजत्रै वा योभन्दा पनि ठूलो शक्तिको हिस्सा भूकम्पको केन्द्रविन्दु भएको गोरखाको बारपाकभन्दा पश्चिमतर्फ सरेको वैज्ञानिकहरुको दाबी छ । Source: Image Khabar.com