ज्योतिषः कुन राशी भएकालाई साथी बनाउने ? हरेक व्यक्ति आफ्नो लागि एउटा यस्तो साथी चाहन्छ जसले उनको दुख सुखमा साथ दिन सकोस्
। हुन त धेरै मानिसहरुले निकै सोचर नै साथी बनाउने गर्दछन् तर पनि थुप्रै पटक गलत साथीहरुले जीवनलाई नर्क तुल्य बनाएको हुन्छ । आउनुहोस्, कुन राशी भएका महिलालाई साथी बनाउँदा तपाईंले पछुताउनुपर्छ ? मेष राशी (चू, च, चो, ला, ली, लू, ले, लो, आ) यो राशीका साथीहरु हुन त आफ्नो जीवनसाथीमा अधिकार जमाउने किसिमका हुन्छन् तर उनीहरु जसलाई साथ दिन्छन्, उनीहरुलाई लामो समयसम्म साथ दिन्छन् ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो) यदि तपाईंको वृष राशी भएको महिला वा पुरुषसँग साथीको सम्बन्ध छ भने तपाईं ती मानिसहरुको सूचीमा पर्नुहुन्छ जसको एक सच्चा साथी छ । वृष राशी भएकी महिला आफ्नो साथीहरुलाई सम्मान गर्छिन् भने उनको लागि जे पनि गर्न तयार हुन्छिन् । मिथुन राशी (का, की, कू , घ, ड, छ, के, को, हा) हुन त मिथुन राशी भएका मानिसहरु आफ्नो साथीबाट निकै आशा राख्छन् तर आवश्यक पर्दा यी व्यक्तिहरु साथीको लागि जे पनि गर्न तयार हुन्छन् । जब तपाईं आफ्नो जिन्दगीको सबैभन्दा नराम्रो स्थितीबाट गुज्रिरहेको अवस्थामा मिथुन राशीका मानिसहरुले नै तपाईंलाई साथ दिनेछन् । ककर्ट राशी (ही, हू, हे, हो, डा, डी, डू, डे, डो) यो राशी भएका मानिसहरुलाई साथी बनाउनु सानो बच्चालाई साथी बनाउनु जस्तो हुन्छ । कर्कट राशी भएका महिला पुरुष आफ्नो सम्बन्ध निभाउँदा कहिले पनि आफ्नो स्वार्थ हेर्दैनन् । उनीहरु पूरा इमान्दारीताका साथ सम्बन्धमा रहिरहन्छन् । सिंह राशी (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) यो राशी भएका मानिसहरु आफ्नो आदर्श र सिद्धान्तका लागि बाँच्ने गर्छन् । उनीहरुका लागि साथीहरुलाई साथ दिनु नै सबैभन्दा ठूलो कुरा हो । यी व्यक्तिहरु आवश्यक पर्दा आफ्नो सबैकुरा दाउमा लगाउन पनि पछि पर्दैनन् । कन्या राशी (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) सम्बन्धमा इमान्दारीता देखाउनु छ भने कन्या राशीका व्यक्तिभन्दा राम्रो तरिका अरु कसैले देखाउन सक्दैनन् । सम्बन्धमा तपाईं कन्या राशी भएका महिला पुरुषलाई आँखा चिम्लेर विश्वास गर्न सक्नुहुन्छ । तुला राशी (रा, री, रू, रे, री, ता, ती, तू, ते) तुला राशीलाई भावनाप्रधान राशी मानिन्छ । यो राशी भएका मानिसहरु जीवनमा एउटा सन्तुलन बनाएर हिँड्ने गर्दछन् तर पनि आवश्यकता पर्दा यी मानिसहरु आफ्नो पार्टरनलाई भावनात्मक सहयोग गर्न पछि पर्दैनन् । वृश्चिक राशी (तो, ना, नी, नू, ने, नो, या, यी, यू) यो राशी भएका मानिसहरुको सम्बन्ध स्थाई हुँदैन । यो राशीको महिला पुरुष मित्र आफ्नो शर्तको आधारमा नै सम्बन्ध बनाउँछन् र आफ्नै शर्तमा सम्बन्धबाट बाहिर निस्कने गर्दछन् । तपाईंले यी राशी भएका साथीहरुलाई कहिले पनि विश्वास गर्नुहुँदैन । तर यदि तपाईं अस्थाई मित्रता बनाउन चाहनुहुन्छ भने यी व्यक्तिहरुलाई साथी बनाउनुहोस्, यद्यपी यसमा पनि तपाईंलाई हानी नै हुनसक्छ । धनु राशी (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) आफ्नो साथी र जीवनसाथीका लागि समर्पण यी व्यक्तिबाट सिक्नुहोस् । यी व्यक्तिहरु न त कहिले आफ्नो साथीलाई धोका दिन्छन् न त उनीहरुबाट केही विशेष आशा राख्छन् । यी राशी भएका मानिसलाई साथी बनाउनु तपाईं भाग्य बलियो छ भनेर बुझ्नुहोस् । मकर राशी (भो, जा, जी, खी, खू, खे, खो, गा, गी) मकर राशी भएका व्यक्तिहरु मुडी हुन्छन् । यी व्यक्तिहरुले कहिले के भन्छन् अथवा के गर्छन् कसैले भन्न सक्दैनन् । यी मानिसहरु धेरैजसो अवस्थामा अरुको भावना पनि बुझ्न सक्दैनन् जसले उनको साथीहरुलाई भावनात्मक रुपमा ठेस् पुगेको हुन्छ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) यदि तपाईंको साथी अथवा पार्टनर कुम्भ राशीको हुनुहुन्छ भने निश्चित रुपमा तपाईं आँखा बन्द गरेर उनलाई विश्वास गर्न सक्नुहुन्छ । यी व्यक्तिहरु आदर्श र सिद्धान्तको पक्का हुन्छन् र आफ्नो साथीहरुलाई सहयोग गर्नको लागि जुनसुकै हदसम्म पनि जान सक्छन् । मीन राशी
(दी, दु, थ, दे, दो, चा, ची) मीन राशी भएका व्यक्तिहरु सम्बन्ध निभाउने बेला आफ्नो अरु केही हेर्दैनन्, तत्काल त्यागको सबै सिमा पार गर्ने गर्दछन् । तर यति सबै गर्दा पनि उनको साथीहरुको भने उनलाई साथ दिँदैनन् । एकप्रकारले मीन राशी भएका व्यक्तिलाई साथी बनाउनु भाग्यमानीको निशानी हो । source zoomnp.com
संसार जित्न हिँडेका हामी आफैंसँग हार्यौं
दाङ : उनले आजको मितिमा मलेसियामा हुन्छु भन्ने सपनामा पनि सोचेका थिएनन् रे । ‘कि हार्यो अब यही एउटा जीवन, कि जित्यो संसार’ बोलको गीत गाउँदै मृत्युपत्रमा हस्ताक्षर गरी जनयुद्धमा होमिएका उनी आफूलाई मलेसियामा पाउँदा सपना हो कि विपनाजस्तो लाग्छ रे १
बागलुङको गल्कोट घर भएका इन्द्रमणि न्यौपाने “इन्द्रजीत” वैदेशिक रोजगारीका क्रममा हाल मलेसियाको क्वालालम्पुरमा छन् । संविधान निर्माणको प्रक्रिया उत्कर्षमा पुगेका बेला उनले मलेसियाबाटै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेखेका छन् ।
जनआन्दोलन र जनयुद्धको उपलब्धी गुम्दै गएको, जनयुद्धका बेला जनतासमक्ष गरेका बाचाहरु नेतृत्वले भुल्दै गएको, आलिशान बंगला, चिल्ला गाडी र सत्ता स्वार्थमा चुर्लुम्म डुबेको र पहिलो संविधानसभाबाट दोस्रो संविधानसभाले स्वामित्व ग्रहण गरेका विषय पनि धमाधम उल्टिँदै गएको गम्भीर विषयहरु पत्रमा उठाइएको छ ।
उनले पार्टीका सहकर्मीहरु पाँच चिरामा चिरामा विभाजित भइ झुन्डमा परिणत हुनुमा नेतृत्व अडानबाट चिप्लिएको र चोचोमोचो मिलाउने आसेपासे जिम्मेवार रहेको बताएका छन् ।
आफू एउटा प्रतिनिधि पात्रमात्र भएको बताउने इन्द्रमणिले पत्रको अन्त्यमा अन्नपूर्णकर्मीलाई भनेका छन्, ‘सम्भव भएसम्म अन्नपूर्ण पोष्ट्मा प्रकाशित गरिदिएर अध्यक्ष प्रचण्डको कानसम्मै कुरा पुगोस् ।”
पत्रको पूर्ण अंश
श्रद्धेय अध्यक्ष तथा पार्टी केन्द्रमा रहनुभएका नेतागणहरु !
म पूर्वजनमुक्ति सेनाको तर्फबाट क्रान्तिकारी जोशिलो अभिवादन !
आरामै हुनुहुन्छ । संविधान निर्माणको चटारोमा मेरो पत्र पढ्न त तपाईंलाई समय हुँदैन होला तर पनि फुर्सद मिलाएर पढ्दा राम्रो । संविधान निर्माणको अन्तिम चरणमा तपाईंलाई म एउटा अनुरोध गर्न चाहन्छु । नेपाली जनताको २००७ सालदेखिको संविधानसभाको चाहना अहिले आएर पूरा हुँदैछ ।
यसमा हामीले जनयुद्धताका जनताका नाममा गरेका बाचाहरु यति छिट्टै तपाईँहरु भुल्नुहोला भन्ने मलाई लागेको थिएन तर आज जनयुद्ध र जनआन्दोलनका उपलब्धि गुम्दै गइराखेको छ । २०५२ फागुन १ गते जनयुद्ध सुरु गर्दाको अवस्था र अहिले हामी भिन्न परिवेश छौं । पहिला भूमिगत थियौं, अहिले शान्ति प्रक्रियाको चरणमा छौं ।
फरक यति हो हामीले जनयुद्धका बेला सर्वहारा जनताको नाममा गरेका बाचाहरु एकपछि अर्को गर्दै तिलान्जली दिँदै गएको मलाई भान भइराखेको छ । यसरी जनताको नाममा गरिएका बाचाहरु भुल्दै जानुले माओवादी पार्टीप्रति नैराश्यता र आस्था गुम्दै गइराखेको छ । परिणाम दोस्रो संविधानसभामा भोगिहाल्नु भयो ।
अझै पनि केही बिग्रेको छैन । जङ्गल पसेकाहरु शहर पसे र उतै आलिशान बङ्गला, चिल्ला गाडीमा र सतास्वार्थमा लिप्त हुनु दुःखको कुरा हो । जनयुद्धका हामीले उठाएका मुद्दाहरुले गर्दा नै जनताले साथ दिएका हुन् । यो हेक्का हुनु जरुरी छ । पहिलो संविधान सभामा गरिएका निर्णयहरु थोरै भएपनि जनताको प्रत्यक्ष सरोकारका बिषयहरु केही भएपनि समेटिने आशा थियो ।
फेरि अर्को घटनाको स्मरण गराउँछु । यो पनि चितवनकै हो । जनयुद्धको उपलब्धिमाथि दिनानुदिन बज्रपात भएको देखेर एकजना महिला कमरेडले आत्महत्या गरिन् । तपाईँहरुको एक कासनका भरमा आफ्नो प्राण दिन तयार हुने घाइतेको बिचल्ली भएको छ ।
दुर्भाग्यवश संविधानसभा नै भङ्ग भयो । मैले भन्न के खाजेको भने हाम्रो नेतृत्व आफ्नो अडानबाट चिप्लियो । त्यसकारण जनयुद्ध र जनआन्दोलनका उपलब्धि गुम्ने अबस्था सिर्जना भएको छ । अडानमा चिप्लिँदा आफ्ना सहकर्मीहरु एकपछि अर्को गर्दै झुण्डझुण्डमा अलग भइ ५ चिरामा विभाजित हुनुमा तपार्इँ र तपाईँको चोचोमा मोचो मिलाउनेहरु जिम्मेवार छन् ।
सेना समायोजनमा लिइएको गलत निर्णयले गर्दा पार्टी विभाजित भयो । सेना समायोजनको बेला म नवलपरासीको झ्याल्टुङडाँडा शिविरमा थिएँ । सेनाको तर्फबाट हामीलाई अपमानित गरियो । बाहिर जाँदा उनीहरुलाई सोधेर जानुपर्ने र हामीलाई नजरबन्द गरे जस्तो महसुस भयो । पछि कुरा उठाएपछि त्यो बन्द भयो । गणतन्त्र नेपाल घोषणा भइसकेको देशमा अन्तरिम संविधानमा उल्लेख भइसकेका र संविधान सभाले स्वामित्व ग्रहण गरिसकेका बिषयहरु फेरि उल्टिँदै छन् ।
धर्मनिरपेक्षता, शासकीय स्वरुप, आमा वा बाबुको नामबाट नागरिकता पाउने ब्यवस्था, आदिवासी-जनजाति, सिमान्तकृत, थारु, मधेसी मुस्लिम महिला आदिको अधिकारको ग्यारेण्टी नयाँ संबिधानमा हुन्छ कि हुँदैन ? यसैगरी सबै त्याग गर्दै जाने हो भने आगामी १० बर्षमा माओवादीको नामनिसाना मेटिने निश्चित छ ।
नेपालमा जनयुद्ध भए’थ्यो रे भन्ने दिन आउने निश्चित छ । जनयुद्धका हजारौं घाइते-अपांग, बेपत्ताा पारिएका, द्वन्द्व प्रभावित व्यतिहरुको बारेमा नयाँ संविधानमा के सम्बोधन गरिएको छ । मैले एक महिना अगाडि चितवनमा अपाङ्ग जनसेनाको अन्तर्वार्ता स्थानीय एफएममा सुने । उहाँले जनयुद्धमा बेकारमा लडिएछ भनेर गुनासो पोख्दै हुनुहुन्थ्यो । उहाँ गाउँमा पुन:स्थापित हुने अवस्था छैन ।
फेरि अर्को घटनाको स्मरण गराउँछु । यो पनि चितवनमा नै हो । जनयुद्धको उपलब्धिमाथि दिनानुदिन बज्रपात भएको देखेर एकजना महिला कमरेडले आत्महत्या गरिन् । तपाईँहरुको एक कासनका भरमा आफ्नो प्राणको प्रवाह नगर्ने जनसेना घाइतेको बिचल्ली भएको छ । साथीहरु न गाउँमा गएर पुन:स्थापित हुने अवस्था छ न त राज्य र माओवादी पार्टीले नै उनीहरुको बारेमा सोचेका छन् ।
त्यसैले नयाँ संविधानमा जनयुद्धका सहिद, घाइते, अपांग र बिस्थापितहरुबारे स्पष्ट व्यवस्था गरियोस् । अर्को कुरा, सङ्गै लडेका तपाईँहरु विभाजित हुँदा जनयुद्ध र जनआन्दोलनका मुद्दा कमजोर भएका छन् । मजस्ता हजारौं कार्यकर्ता अरब र मलेशियामा भौतारिरहेका छौं । जनयुद्धका उपलब्धि रक्षा र जनजीविकाको ग्यारेन्टी नयाँ संविधानमा गरियोस् ।
अभिवादनसहित !
इन्द्रमणि न्यौपाने “इन्द्रजीत”
बाग्लुङ, गल्कोट । हाल : क्वालालम्पुर, मलेसिया
annapurnapost.com

बसमा सवार २६ जनामध्ये अहिलेसम्म दुई जनाको शव भेटिएको छ । करिब १५ जना जति यात्रु बस एकै छिन रोकिँदा ओर्लिएकाले सुरक्षित रहन सफल भएका छन् । बसमा अझै करिब आठ जना रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल उद्धारमा खटिएका छन्। www.etajakhabar.com
केहिदिन आघि नासाले सार्वजनिक गरेका तस्बिर अहिले विश्वभरि भाइरल बनेको छ । नासाले अन्तरिक्षबाट खिचेका तस्बिरको अध्ययन गरेर केही वैज्ञानिकहरुले मंगल ग्रहमा महिला भेटिएको दाबी गरेपछि ती तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । वैज्ञानिक उक्त तस्विरमा देखिएकी महिला शुक्र ग्रहबाट आएको दाबी गरेका छन् ।
लामो समय अघि बाट नै वैज्ञानिकहरुले मंगल ग्रहमा जीवको बसोबास हुनसक्ने बताएपनि अहिलेसम्म जीवित प्राणी फेला पार्न सकेका थिएनन् । तर, यस्तो तस्विर सार्वजनिक भएपछि धेरै मानिसहरु मंगल ग्रहमा जीवको बसोबास हुनसक्ने कुरामा विश्वस्त हुन पुगेका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोवटले खिचेको दुर्इ तस्बिरमा महिलाको आकार प्रस्ट रुपमा देख्न सकिन्छ । आझ सामाजिक सञ्जालका प्रयोगकर्ता र केही वैज्ञानिकले त ती महिलाको छाती र पाखुरासमेत प्रष्टसँग देखिएको बताएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भने अहिलेसम्म यी तस्बिरमा देखिएका आकृतिबारे मुख खोलेको छैन । नासाले ति सामाजिक सञ्जालमा भाइरल बनेका तस्विर हरुको आधिकारिक पुस्टि गरेपछि मात्रै मंगल ग्रहमा साचिकै महिला भेटिएकी हुन् त ? भन्ने कुराको आधिकारिक पुस्टि हुनेछ । एजेन्सी । www.etajakhabar.com

बुद्धिमान हुनु सफलताको सुत्र हो। तर बुद्धिमान हुनलाई कुन सुत्र प्रयोग गर्ने?
परिवर्तन भइरहने समय अनुसार नै बुद्धिको उपयोग गरिएन भने बुद्धिमान भइदैन। बुद्धिमान हुनको अचुक सुत्र हो ‘लगातार अभ्यास’। पढाइ होस् या कुनै काम, जति धेरै अभ्यास त्यति नै बढी अनुभव।
अभ्यासको समयमा ध्यान केन्द्रित नगर्ने हो भने अभ्यासको कुनै अर्थ रहदैन। आँखा जता हुन्छ ध्यान पनि त्यतै भए दिमाग केन्द्रित हुन्छ। दिमागले कुनै काम प्रति आफ्नो पुरा शक्ति लगाउन सके काम छिटो अनि ठिक ढङ्गबाट सम्पन्न हुन्छ। पढ्दा पनि छिटो सम्झन सकिन्छ, किनकी दिमागले सहि ढङ्गले ध्यान पुर्याउन पाएको हुन्छ।
दिमागमा धेरै कुरा खेल्नाले ध्यान पुर्याउन भने गाह्रो हुन्छ। धेरै विचार दिमागमा अनावश्यकरुपमा ल्याउन दिन हुँदैन।
दिमागको ध्यान पुर्याउन के के गर्न सकिन्छ?
पढ्दा निकै ‘सुनेको झै’ लाग्ने यी उपाय सोचेभन्दा बढी जीवन उपयोगी छन्। ‘सुने झै’ लाई ‘जानेको’ झै लाग्ने बनाउने हो भने उपयोगी छन् छैनन् थाह पाउन पनि सकिन्छ।
रिस कम गर्ने
रिस उठ्दा शारिरीक शक्ति खर्च हुन्छ। दिमाग अशान्त हुन्छ। दिमागमा कुरा धेरै खेल्नाले आफ्नो नियमितकाममा ध्यान पुर्याउन सकिदैन। दोस्रो व्यक्तिमा निरासी आउँछ।
ध्यान गर्ने
दिनको केही घण्टा वा मिनेट ध्यान गर्दाले दिमाग कुनै काम प्रति केन्द्रित गर्न सकिन्छ। ध्यान गर्नाले दिमागमा आउने अनावश्यक विचारहरुलाई कम गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ। ‘ध्यान गर्नु’ साथै शारीरिक दृष्टीबाट निकै फाइदाकारी हुन्छ।
सकारात्मक कुरा गर्ने, सोच्ने
सकारात्मक हुनाले आफु अनि विश्वको कुरा सिक्न, बुझ्न सजिलो हुन्छ। नकारात्मक सोचले अनावश्यक कुरा दिमागमा उब्जाउँछ। जसले काम प्रतिको ध्यान भंग हुन्छ।
सत्य बोल्ने
सत्य बोल्दा सबैलाई फाइदा हुन्छ। सत्य बोल्दा कम शक्ति खर्च हुन्छ भने झुठो बोल्दा धेरै। सत्य बोल्नाले दिमागमा शान्त विचारहरु आउँछन् जसले काम प्रतिको लगाव बढाउँछ, धेरै सम्झन सकिन्छ। सत्य बोल्नाले सकारात्मक भइन्छ। सामाजिक नियम स्वतः राम्रो पनि बन्छन। सबैलाई भलो गर्ने अनि दिमागलाई पनि सजिलो काम किन नगर्ने?
यी सबैकुराले जीवनमा खुसी ल्याउँछ। आखिर खुसी हुन धैर्य र सन्तुष्ट हुन जान्नु पनि त पर्छ। दिमाग शान्त nepaliheadlines.comहुँदा नै तेजिलो हुन्छ।

धोनीले आगरामा भारतिय सेनासंग दुई हप्ताको लेफ्टिनेन्ट कर्नलको मानक पदको लागी प्रशिक्षण लिइरहेका छन् । भारतिय रक्षा मन्त्रालयका प्रवक्ता सितांशु कारका अनुसार २ हप्ताको ट्रेनिङ्ग सकिएपछि धोनीले प्यारासुटबाट पाँच पटक हाम फाल्ने छन् । धोनीले क्रिकेटपछि सबै भन्दा मन पर्ने सैनिक क्षेत्र भएकोले सेनाको तालिममा सहभागी भएका हुन् । एजेन्सी ।
काठमाडौं । चर्चित एसिड काण्डका दोषी जीवन वि.क. ले महानरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतभित्रैबाट दुईवटा पत्र लेखेका छन् । खबरडबलीले प्राप्त गरेका दुई पत्रमध्ये एउटामा चैत १५ को मिति उल्लेख छ भने त्यसको दुईदिन पछि अर्को पत्र लेखेका छन् । पत्रमा कसैलाई सम्बोधन गरिएको छैन । तर, भाषा पत्र लेखिएजस्तै छ ।
प्रस्तुत छ, उनले लेखेका दुई पत्र जस्ताको तस्तै: पहिलो पत्र जब हामी मिति २०६९–२–२२ गते झोँछे अर्थात संगिताहरु बसेको कोठामा आइपुग्यौँ त्यसपछि हाम्रो चिनजान सुरु भयो भेटेको ५–७ दिनपछि नै हामी नजिकियौँ अनि संगिताकी आमा चमेली मगरले मलाई संगितालाई ट्युसन पढाउन अनुरोध गरिन् त्यसपछि मैले संगितालाई गणित, अंग्रेजी, विज्ञान आदि विषयहरु निःशुल्क पढाउन थालेँ । एक महिनापछि हामी बिच माया गाढा हुँदै गयो । हामी सँगै खाने, सँगै बस्ने, संगिता र म एक अर्काप्रति धेरै माया गर्ने भयौँ । हामीबिच शारिरिक सम्पर्कबाहेक अरु सबै भयो ।
६–७ महिना पछि मेरो जात दलित भनेर थाहा पाएपछि संगितालगायत उसको परिवारले मलाई कामी दमाई भनेर हेप्ने जिस्काउने अनि अभद्र व्यवहारसमेत गरे । त्यहि पनि संगिता र मेरो प्रेमसम्बन्ध गोप्य रुपले अगाडि बढिरह्यो ।
जुनदिन संगिता र उसको परिवारले मेरो जातको बारेमा थाहा पाए, त्यहिबेलादेखि हाम्रो प्रेममा तुसारापात भयो । २०७०–७–१२ गते राती मलाई कुटियो, ज्यान मार्ने धम्की दिइयो र प्रहरीलाई खबर गरेँ तर प्रहरीले जर्बजस्ती मुद्दा मिलायो र जातिको कुरा गरेन । चमेली आन्टीको प्रेमीले मलाई बाहिरै मार्छु भन्यो । म पिडितलाई प्रहरीले पनि न्याय नदिएकाले र समाजले जातीय भेदभाव गरेकाले मैले आवेगमा आएर बदला लिएको हुँ । मैले संगितालाई मार्न होइन, उसको घमण्ड तोड्न मात्र यस्तो गरेको हुँ तर यसले ठूलो रुप लियो । मैले जिन्दगीमा दुखैदुःख पाएँ, मलाई समाजले अपराधी बनायो । म एक राम्रो विद्यार्थी थिएँ । त्यहि पनि अब फेरि कानुन पढेर राम्रो वकिल बनेर मजस्तो जातीय पिडितका लागि वकालत गर्न चाहन्छु ।
अनि मैले संगितालाई मात्र एसिड हान्या छु तर सीमा बस्नेतलाई पनि परेकोमा क्षमा माग्न चाहन्छु । सीमा, म माफीको लायक त छैन तर तिमिलाई नखाएको विष लागयो मलाई माफ गर सीमा । तीन घण्टाको फिल्मलाई २ मिनेटको प्रोमोबाट संक्षीप्तमा लेख्ने कोसिस गरेको छु । अरु विस्तृत रपमा पछि सेन्टर जेलबाट लेखौँला । म पब्लिक युथ क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत छु । नामः जीवन वि.क. हनुमानढोका कारागार कोठा नः ४ मेरो बारेमा बाँकी विस्तृत रुपमा पछि लेखौँला ।
दोस्रो पत्र मेरो नाम जीवन वि.क. हो मेरो घर रामेछाप, फूलासी–८ मा पर्छ । म काठमाडौंमा सानैदेखि आएर परिवारका साथ बस्दै पढ्ने गर्ने विद्यार्थी हुँ मैले २–३, झोँछेको विदोदय मा.वि. र ४–१२ सम्म कुपोण्डोलको प्रगती शिक्षा सदन उमाविबाट पास गरेको हुँ बिबिएस पब्लीक युथ क्याम्पसमा पहिलो वर्षमा पढ्दै छु म एक होनहार विद्यार्थी हुँ ।
मेरो एसएलसीमा (७०.७५) र प्लस टु मा ५८ प्रतिशत अंक आएको छ मसँग २४ वटा खेलकुदको सर्टिफिकेट र ८ वटा अतिरिक्त सर्टिफिकेट अनि बाँकी ४ वटा शिल्ड र ६ वटा मेडल प्रगती स्कुल र घरमा छन् । म एक राम्रो विद्यार्थी थिएँ तर मलाई एक्कासी समाजले र मेरो आफ्नो जातिले त्यहाँ पुर्यायो । मिति २०६९–२–२२ गते हामी संगिता भएको कोठामा डेरा सर्यौँ त्यसपछि मैले संगिताको आमाको अनुरोधमा संगितालाई गणित, विज्ञान, अंग्रेजीको निःशुल्क ट्युसन पढाएँ त्यसपछि हामीबिच मायाप्रेम चल्यो जुन एक वर्षसम्म राम्रो चल्यो । संगिता बिग्रिएकी केटी थिइ अनि त्यसको भाइ पनि तर मैले सुधारेँ, माया गरेँ । पछि मेरो जात वि.क भनेर थाहा पाएपछि मलाई धेरै हेँला गरी संगिताले त्यसको आमाले गर्दा । त्यहि प्रेम जातको कारणले हामीबिच मात्र नभई परिवारै बिच पनि झगडा पर्यो
। संगिता र म सँगै खाने, सँगै सुत्ने, सँगै हिँड्ने गर्थ्यौँ । तर एक्कासी मेरो जातले गर्दा मलाई उसको आमा, बाले काले कामी, कामीदमाई भएर आफ्नो ठाउँमा बस भनेर हेपे । तर तर संगिताले पनि आमा, बाकै पक्ष लिएर मलाई रुपको घमण्ड गरी । मिति २०७०–७–१२ गते राति ७ः३० मा संगिताको भाइ र मेरो झगडा पर्यो । जात र प्रेमको कारणले संतोषले मलाई दिदीसँग प्रेम परेको परिवारलाई भन्दिन्छु भनेर दिनदिनै चुरोट खानलाई पैसा माग्थ्यो । मैले उसलाई एक वर्षसम्म दिनको २० देखि ४० रुपैयाँ दिन्थेँ । पछि पैसा दिन बन्द गरेकाले झगडा भयो । संगिता र मेरो पवित्र प्रेममा त्यसको परिवार मेरो जातकै कारण हावि भए ।
पहिला चाँही वास्तै नगर्ने पछि वि.क भनेर थाहा पाएपछि सबै हेप्न थाले । मिति २०७०–७–१२ गते झगडामा मलाई नराम्ररी संगिताको आमा, बुवा, भाइ, संगिताको आमाको प्रेमी भएर कुटे, समाजमा बेइज्जत गरे । मैले प्रहरीको सहयोग लिएँ तर प्रहरीले पनि उल्टै मलाई नै थुन्यो र सन्तोषलाई पनि । म पिडित थिएँ तर पुलिसले जातिको आधारमा नभएर झगडाको आधारमा मुद्दा मिलायो, मलाई डर देखाएर । हो, त्यहि दिनदेखि मैले न्याय नपाएर अब मैले बदला लिने निर्णय गरेर परिवारबाट छुटर बसेँ । मैले २०७१ साल फागुन १० गते एसिड हानेँ तर मैले संगितालाई मार्न चाहेको भने होइन । उसको रुपको घमण्ड तोड्न मात्र एसिड हानेको थिएँ ।
तर यसले ठूलो रुप लियो । समाजमा जातिका कारणले मलाई समाजले यस्तो अपराधी बनायो । सीमा बस्नेतलाई पनि एसिड परेकाले मलाई दुःख लाग्यो । सीमा तपाईंलाई नखाएको विष लाग्यो त्यसका लागि म माफी चाहन्छु । माफीको लायक त छैन त्यहि पनि तपाईंको उज्जवल भविष्यको कामना गर्न चाहन्छु ।