मुम्बई, श्रावण २४ - अजय देवगन र तब्बुले अभनिय गरेको फिल्म ‘दृश्यम्’ले पहिलो सातामा पचास करोड कमाएको छ । शनिबार ४ करोडको व्यापार गरेपछि यसको व्यापार ५३ करोड पुगेको छ । सानो बजेटको यो फिल्मले पहिलो दिन ८ करोड जति कमाएको थियो । दोस्रो र तेस्रो दिनको कलेक्सन बढेपछि यसले पचास करोड पार गरेको हो ।
बाहुबली र बजरंगी भाइजानजस्ता दुई ठूलो बजेटका फिल्मपछि आएको दृश्यमलाई समीक्षकहरुले पनि मन पराएका छन् । यो शुक्रबार आएको रितेश देशमुखको फिल्म ‘ब्यांगिस्तान’ पूरै डुबेको छ । बाहुबली र बजरंगी भाइजानको पनि व्यापार घटेको छ । शुक्रबार यी तीन फिल्मको कमाई जोड्दा पनि दृश्यम जति पुगेन । ब्यांगिस्तानको असफलताको फाइदा पनि दृश्यमलाई हुने बताइएको छ ।
दृश्यम हिन्दी फिल्ममा बढी कमाउने भए पनि अंग्रेजी फिल्म ‘मिसन इम्पोसिबल ५’ भने योभन्दा पनि अब्बल निस्किएको छ । यो फिल्मले शनिबारमात्रै भारतमा ९ करोडको व्यापार गरेको छ । टम क्रुज अभिनित यो फिल्मले दुई दिनमा भारतमा करिब १५ करोड कमाएको बताइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी : हिन्दी फिल्म फिल्म हम दिल दे चुके सनममा अजय देवगन आफ्नी पत्नीलार्इ उसका प्रेमीसँग मिलाउन पुरै फिल्ममा प्रयासरत रहेका थिए । तर अन्तिममा जब मिलनको समय आयो तब पत्नीलार्इ आफ्नै पतिसँग प्यार हुन पुग्छ । पत्नी प्रेमीलार्इ छोडेर आफ्नै पतिसँग जीवन बिताउने निर्णयमा पुग्छिन् ।
यो कथा त अजय अभिनित हम दिल दे चुके सनम फिल्मको हो । तर भारतको उत्तर प्रदेशस्थित फैजाबाद जिल्लामा फूल, चन्दा र सुरजको हम दिल दे चुके समन फिल्मी पटकथालार्इ पनि बिर्साउने अनौठो घटना भएको छ ।
यो सत्य प्रेमकथामा जति धेरै माया र प्रेम छ त्यति नै धेरै समर्पण पनि छ । पत्नीको खुसीका लागि पतिको त्याग एकातिर छ भने अर्कातिर प्रेमीका लागि उनको प्यार पाएको खुसी पनि छ । ती पागल प्रेमी जो अर्काकी पत्नीको प्रेममा पागल भएर कसैको घर उजाड पार्न लाग्दै थिए । तर, अर्काकी पत्नीको प्रेममा पागल भएका ती युवाले प्रेमको युद्धमा जित निकालेका छन् ।
यो घटना उत्तर प्रदेशको फैजाबाद जिल्लाको हो । एक युवाले आफ्नी पत्नीको खुसीका लागि उनका प्रेमीसँग बिहे गरिदिएर दुनियाँलार्इ चकित बनाइदिएका छन् ।
फैजाबादको चौरे बजारमा बस्दै आएका फूलचन्दको बिहे दुर्इ वर्ष अघि नजिकैको गाउँकी चन्दासँग भएको थियो । तर, चन्दा बिहै अघिदेखि नै अर्कै युवासँगको प्रेममा थिइन् । बाबुआमाले छोरी गाउँकै सुरजसँग प्रेममा परेको थाहा हुँदाहुँदै उनको बिहे छोरीको मन्जुरीबिना फूलचन्दसँग गरिदिए ।
बिहे भएको केही दिनपछि फूलचन्द कामको शिलशिलामा केही वर्षका लागि सहरतिर पसे । त्यही बेला चन्दाका प्रेमी उनलार्इ भेट्न उनको गाउँमै आइपुगे । चन्दाको बिहेपछि पनि उनीहरुबीचको प्रेम झन झाँगिदै गयो । बिहेपछि टुटेको प्रेम फेरि टुसाउन थाल्यो ।
जब दुर्इ वर्षपछि फूलचन्द रोजगारी गरेर जब आफ्नो गाउँ फर्के तब पत्नी चन्दाले आफू सुरजसँगको प्रेममा रहेको कुरा सुनाइन् । पत्नीले आफूलार्इ ढाँटेर अर्कैको प्रेममा रहेको थाहा पाएपछि फूलचन्द शुरुमा रिसाए । तर केही समयपछि उनी आफैंले पत्नीको बिहे उनका प्रेमीसँग गरिदिने निचोड निकाले ।
शुरुमा रिसाएका फूलचन्दले अन्त्यमा गाउँकै प्रधानपञ्चलार्इ बोलाएर प्रेमीसँग पत्नीको बिहे गरिदिए ।
'मेरो बिहे चन्दासँग भएको थियो, मैले उनलार्इ धेरै खुसी दिउँला भन्ने सोचेको थिएँ', फूलचन्दले भने, 'तर उनी म सँग सन्तुष्ट हुन सकिनन्, उनी सुरजसँग प्रेम गर्दिरहिछन् । प्रेम सफल बनाइदिन पत्नीको बिहे उनका प्रेमीसँग गरिदिएको हुँ ।'
उनी आफैंले पत्नीका प्रेमी सुरजलार्इ फोन गरेर बिहेका लागि बोलाएका थिए । 'मैले आफैंले फोन गरेर सुरजलार्इ बिहेका लागि बोलाएँ', उनले भने, 'सुरजलार्इ बोलाएपछि गाउँका प्रधानपञ्चको रोहबरमा पत्नीलार्इ घरबाट अन्माएर प्रेमीको घर पठाइदिएँ ।'
फूलचन्दका लागि यो काम गर्न त्यति सजिलो भने थिए । तर आफ्नी पत्नीको खुसीका उनले आफ्ना सारा सपनाको गला निमोठे । गाउँका प्रधानपञ्च र केही अन्य छिमेकीको सहयोगमा सुरजको घरसम्म उनैले बिहेको कुरा पुर्याए । सुरजको घरबाट फूलचन्दकै घरमा जन्ती आए । जन्ती आएपछि फूलचन्दले गाउँकै मन्दिरमा लगेर आफ्नी पत्नी चन्दा र उनका प्रेमी सुरजको बिहे धुमधामका साथ गरिदिए ।
सुरजका बाबु माता प्रसादका अनुसार उनी एकमात्र छोरा हुन् । सुरजको खुसीका लागि आफू जेसुकै गर्न तयार रहेको माता प्रसादले बताए । छोराकै इच्छा अनुसार उनको बिहे फूलचन्दकी पत्नी चन्दासँग गरिएको माता प्रसादले बताए ।
www.annapurnapost.com

जव कुनै पनि केटी पुरुषसँगको सम्बन्धमा आउँछे उसमा बदलाव आउँछ । हुन त केटीलाई बुझ्न कसैले पनि सक्दैन पनि भनिन्छ तर कसैकै गर्लफ्रेण्ड बनेपछि केटीहरुमा बदलाव आउँछ । उनीहरुमा आएको बदलाव बुझ्न त्यति कठिन हुँदैन ।
यस्ता बदलाव कुनै चिजसँग सम्बन्धित हुन सक्छन् । अचानक मुड परिवर्तन हुने, स्वभाव बदलिनु इत्यादि ।
प्रेममा परेपछि केटीमा के के ब्यवहारिक परिवर्तन आउँछन् त?
१ निद्रा नलाग्ने
भनिन्छ प्रेममा परेपछि निद्रा भाग्छ । यस्तै हुन्छ कतिपय केटीलाई पनि । प्रेममा परेका केटीहरु अवेर सम्म जाग्छन् र प्रेमीसँग कुरा गरिरहन्छन् । एसमएस कल देखि च्याटले केटीहरुलाई राति सम्म ब्यस्त राख्छ ।
२ फोनमा लामो कुरा
प्रेममा परेपछि एउटै कुरा पनि आपसमा पटक पटक दोहोर्याएर गर्नु समान्य हो । केटीहरु पनि त्यस्तै गर्छन् । केटीहरुले फोनमा केटासँग लामो लामो कुरा गर्छन् । प्रेममा परेपछि एसमएस र कल जाँच गर्नु नै केटीको काम बन्छ । राति राति सम्म केटीहरु फोनमा झुण्डिरहेका हुन्छन् ।
३ रोमान्टिक गीत र फिल्म
कसैको प्रेममा परेपछि केटीहरु रोमान्टिक गीत र फिल्म मन पराउँछन् । किन भने कुनै पनि रोमान्टिक गीत आफैलाई गाएको जस्तो लाग्छ भने फिल्मका पात्र आफू नै भएको जस्तो महसुस हुन्छ । र यो कुरा प्रेमीलाई सुनाउन हतारिन्छन् ।
४ जासुस
जव प्रेममा पर्छन् केटीहरुले प्रेमीलाई बढी सिरियस्ली लिन्छन् । केटाको बारेमा हरेक कुरामा चासो लिन्छन् फेसबुक स्ट्याटस देखि प्रोफाइलमा आएका लाइक सम्म । आफ्नै प्रेमीको विषयमा कुरा गरेको सुन्न मन पराउँछन् । तर उनीहरु चाहिने भन्दा बढी नियन्त्रण गर्ने सम्म केटीहरुको बानी हुन्छ ।
५ इर्स्यालु
जव केटीहरु कुनै पुरुषको प्रेममा पर्छन् । उनीहरुलाई असुरक्षित महसुस हुन्छ । केटो अरुसँग नजिक होला आफूसँग टाढा होला कि भन्ने केटीहरुको चिन्ता हुन्छ । अरु केटीसँग प्रेमी बोल्दा त केटीहरुलाई इर्श्या नै हुन्छ ।

२४ साउन, बाग्लुङ ।
आफ्नो जिल्ला टुक्राइएको भन्दै विभिन्न जिल्लामा आन्दोलन शुरु भएको छ । ४ दलबीच हिजो भएको सहमती अनुसार बाग्लुङ, रुकम र नवलपरासीलाई टुक्राइएको भन्दै ती जिल्लाका वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।
संविधान बनाउने नाउँमा प्रमुख दलले जिल्ला टुक्राएको भन्दै त्यसका विरुद्ध अनिश्चितकालीन बागलुङ बन्दको घोषणा गरिएको छ । बागलुङ जिल्लामा रहेका राजनैतिकदल, उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाको संयुक्त बैठकले संघीयताको नाउँमा बागलुङलाई २ वटा प्रदेशमा राख्नु षडयन्त्र मूलक खेल भएको उनीहरुको आरोप छ ।
जिल्ला टुक्राउने निर्णय नसच्याएसम्म सम्पूर्ण व्यापारिक, शैशिक संघ संस्था यातायात सबै पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नेपाली काँग्रेस बाग्लुङका कार्यवाहक अध्यक्ष जगदिशचन्द्र उपाध्यायले बताए ।
रातारात षडयन्त्रपूर्ण रुपमा बागलुङलाई प्रदेश ४ र ५ मा राख्नु आफुहरुलाई मान्य नहुने भन्दै निर्णय तत्काल सच्याई संविधान निर्धारित समयमा जारी गर्नुपर्ने आफुहरुको माग रहेको उपाध्यायले बताए ।
जिल्ला टुक्राइएको भन्दै नवलपरासी र रुकुममा पनि विरोध भएको छ ।
अखण्ड सुदुरपश्चिम हुनुपर्ने भन्दै कैलालीमा भइरहेको आन्दोलन दलहरुबीच गएराति ६ प्रदेसको सिमांकनसहितको सहमती भएपछि मथ्थर भएको छ । आन्दोलनरत अखण्ड सुदुरपश्चिम पक्षधरले दलहरुले आफुहरुको मागलाई सम्बोधन गरेको भन्दै आन्दोलन कम गरेका छन् ।
तर संविधानसभामा प्रतिवेदन पेश गरेर कार्यवन्यन आउने ग्यारेन्टि भएपछि मात्रै आन्दोलनको कार्यक्रम फिर्ता लिने उनिहरुले जनाएका छन् । थरुहट संर्घष समितिले भने ६ प्रदेशको सहमतिको विरुद्धमा कैलालीमा विरोध प्रर्दशन जारी राखेको छ । थारुहरुले धनगढि र लम्किमा विरोध प्रर्दशन गरिरहेका छन् ।nepaliheadlines.com
काठमाडौं : बहुजन शक्ति पार्टीका सभासद् विसेन्द्र पासवानले असहमतिको पत्र सम्वाद समितिका सभापति बाबुराम भट्टराईलाई प्रहार गरेर बैठकबाट बाहिरिएका छन्।
बाहिर निस्केका पासवानले पत्रकारहरुसँग भने, मेरो असहमतिको पत्र पोको पारेर बाबुरामलाई हिर्काए। उनले किन यस्तो व्यवहार गरेको भने। तिमीलाई मुलुक टुक्राउन पाउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै म हिडे।
पासवानको यस्तो व्यवहार देखेर बैठकका अन्य सदस्यहरु स्तब्ध भएका थिए। सभापति भट्टराईले विचार राख्न पाइन्छ तर अभद्र व्यवहार मान्य हुँदैन भन्दै संयमित हुन पासवानलाई आग्रह गरेका थिए।
निकै आक्रोशित मुद्रामा बाहिरिएका पासवानले छ प्रदेशका सिमांकन कुनै पनि हिसाबले उपयुक्त र वैज्ञानिक नभएको तर्क गरे ।
annapurnapost.com

भारतको पुने स्थित यरवदा जेलमा सजाँय काटिरहेका बलिउड नायक संजत दत्तले दुइ दिन देखि खाना पानी बन्द गरेका छन्। संजय दत्तको एक्ली बहिनी राजरानी बलीको मृत्यु पश्चात जेलमा संजयले खाना खाना छोडेको बताइन्छ।

बहिनीको अन्तिम संस्कारमा जान चाहे पनि अनुमति नमिल्दा संजय जान पाएका थिएनन। आफ्नो कोठामा बनाइएको सानो मन्दिरको अगाडी बसी बेला बेला संजय रुने गरेको बताइन्छ।
५६ वर्ष पुगिसकेकेा संजयलाई सन् १९९३ सालमा भारतमा भएको श्रृखलाबद्ध बम ब्लास्टको बखत गैरकानुनी तवरले हतियार राखेको आरोपमा पाँच वर्ष जेल सजाँय भएको थियो।
जसमा १८ महिना पहिल्यै कटाइसकेका उनलाई बाँकी अवधि(४२ महिना) कोलागि सन् २०१३ मे बाट फेरी यरवदा जेल पठाइएको थियो। यो वर्षको अन्त्यसम्म संजय जेल मुक्त हुने सम्भावना छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्बलता र टाउको दुखाईलाई कम गर्ने गर्दछ । कागतीलाई भिटामिन ‘सि’ को सबैभन्दा ठूलो भण्डारको रुपमा लिइने भएकाले यो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।
विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ । यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।
१. मसीको दाग हटाउनका लागिः कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ ।
२. नङलाई चम्काउँदछः नङलाई यदि चम्काउन चाहनुहुन्छ भने कागतीभन्दा अर्को विकल्प छैन । यसका लागि तपाईंले एउटा कचौरामा पानी लिनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । त्यो पानीमा केहि बेर आफ्नो हात डुबाएर बस्नुहोस् र पानीबाट हात निकालिसकेपछि कागतीले नङलाई रगड्नुहोस् । यसो गर्नाले तपाईंको नङ चम्किलो हुने गर्दछ । यस्तै तपाईंले यदि खुट्टाको नङलाई पनि गर्नुहुन्छ भने खुट्टाको नङ पनि त्यस्तै चम्किलो हुने गर्दछ ।
३. ब्ल्याकहेडबाट छुटकारा पाउनुहोस्ः सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा कागती लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस् । केहि दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् तपाईंको ब्ल्याकहेड गायब हुने गर्दछ ।
४. कपाल चम्किलो बनाउन: यदि गर्मी मौसममा कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसलाई हानिकारक केमिकलबाट बचाउनु होस् । पानीमा कागतीको रस मिलाएर लगाउनुहोस् र उसलाई घाममा सुकाएर चिसो पानीले पखाल्नुहोस् तपाईंको कपाल निकै चम्किलो देखिन्छ ।
५. चपिङ बोर्डको सफाईः हामी चपिङ बोर्डमा सबै कुराहरु काट्ने गछौँ त्यसकारण केहि समयमा नै यो फोहोर हुने गर्दछ । यसलाई सफा गर्नका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । एउटा कागती लिनुहोस्, त्यसलाई राम्रोसँग बोर्डमा रगड्नुहोस् र करिब २० मिनेट छोड्नुहोस् । सफा पानीले धोइसकेपछि यसबाट लसुन प्याजको दुर्घन्ध पनि हट्ने गर्दछ ।
६. सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछः के तपाईंको सेतो कपडाले आफ्नो सेतोपना गुमाइरहेको छ ? यदि हो भने कागतीको रसको प्रयोग गर्नुहोस् । आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्नुहोस् र त्यो पानीले आफ्नो सेतो कपडा भिजाउनुहोस् । यसले तपाईंको सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ ।
७. तपाईंको घाँटीको दुखाईलाई पनि टाढा राख्छः कागतीमा निकै धेरै चिकित्सकीय गुण पनि पाइने गर्दछ । एउटा कागतीको रसलाई मनतातो हुने गरि तताउनुहोस् । फेरी त्यसलाई महसँग मिसाउनुहोस् र पिउनुहोस् । तपाईंको समस्या चट हुनेछ ।
८. चाँयाः कागतीले चाँया पनि गायब हुने गर्दछ । एक चम्चा कागतीलाई चिसो कपालमा लगाउनुहोस् र फेरी श्याम्पुले धुनुहोस् । अथवा, दुई ठूलो चम्चा कागतीको रसलाई दुई कप पानीमा मिसाउनुहोस् र त्यसलाई चाँया नजाउन्जेलसम्म लगाउनुहोस् ।
९. स्टिल, पित्तल र तामाको भाँडाहरुलाई चम्काउनुहोस्ः कागतीको रससँग नुन मिसाएर भाँडामा लगाउनुहोस् र राम्रोसँग रगड्नुहोस् र पानीले धुनुहोस् । यसले तपाईंको पुरानो भाँडालाई नयाँ जस्तै चम्काउने गर्दछ ।
१०. खानालाई ताजा राख्न मद्दत गर्दछः तपाईं कति दुखले खाना बनाउनुहुन्छ तर पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन । त्यसकारण तपाईं थोरै कागतीको रस त्यसमा लगाउनुहोस्, खाना पहिलेको जस्तै ताजा देखिनेछ ।
११. कम खर्चमा घरलाई सजाउनुहोस्ः गर्मीमा घरलाई सजाउनु छ भने कागतीले सजाउनुहोस् । कागतीलाई एउटा भाँडोमा राख्नुहोस् अथवा ढोकाको किनारामा लगाउनुहोस् । कागतीको पहेँलो रङमा घामको किरण पर्दा निकै मनमोहक देखिन्छ ।
१२. माइक्रोवेभको सफाईः माइक्रोवेभको सफाई गर्नका लागि तपार्ईंले निकै खर्च गर्नुपर्ने हुन्छ तर अब होइन किनभने तपाईंले अब सस्तोमा यसलाई सफा गर्नसक्नुहुन्छ । चार ठूलो चम्चा कागतीको रसमा एक कप पानीलाई माइक्रोवेभमा पाँच मिनेट तताउनुहोस् र यसले माइक्रोवेभको ढोकाहरु सफा गर्नुहोस् ।
१३. दाग धब्बा हटाउनुहोस्ः खाना खाइसकेपछि हात धुनका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंको हात सफा र चमकदार हुने गर्दछ । (एजेन्सी) रातोपाटी