सप्तरी, ३० साउन । सप्तरीको कञ्चनरुप नगरपालिका– ५ मा बहुविवाह गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय ३५ वर्षीय राजिवकुमार गुप्ता र उनकी ३२ वर्षीया श्रीमती हीराकुमारी गुप्ता रहेका छन् ।
राजिवको अर्की ३३ वर्षीया श्रीमती रिंकुकुमारी गुप्ताले दिएको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो । आरोपितहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी नियन्त्रणमा राखिएको छ ।
गुप्ताले गत जेठ २५ गते दोस्रो विवाह गरेका थिए । विवाहपछि रिंकुले जिल्ला प्रहरी कार्यालय सप्तरीमा साउन १५ गते उजुरी दिएकी थिइन् । उजुरीका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको बताएको छ । गुप्ताले रिंकुसँग गत ०६३ वैशाख २८ गते सामाजिक परम्पराअनुसार विवाह गरेका थिए भने अहिले रिंकुका दुई छोरी रहेको बताइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी : फ्रान्समा एक युवकले जिउँदै गाडिदिएको आफ्नो घर पालुवा कुकुरलार्इ अर्को कुकुरले बचाएको छ । मरोस भनी खाडलमा गाडिएको कुकुरलार्इ खाडलबाट निकालेर अर्को कुकुरले बचाइदिएको हो ।
खाडलमा पुरेको कुकुरलार्इ अर्को कुकुरले बचाएपछि मालिकको चहाना पुरा हुन सकेन । समाचार अनुसार ती युवकले पालेको दोस्रो कुकुर घरबाट निस्केर नजिकैको फोहोर थुपारेको चौरमा गएको थियो । चौरमा पुगेको समयमा त्यो कुकुरले अर्को कुकुरलार्इ खाडलमा गाड्दै गरेको अवस्थामा देख्यो ।
एक साताअघि भएको यो समाचारमा खाडलमा पुरिएको कुकुलार्इ अर्को कुकुरले निकाल्दै गरेको देखेपछि अर्का युवाले फोटो खिचेर सामाजिक सञ्जालमा हालिदिएका छन् ।
एक कुकुले अर्को कुकुरलार्इ खाडलबाट निकाल्दै गरेको फोटो अहिले फेसबुकमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा फोटो हालिएपछि कुकुरको पक्षमा मानिसहरुले अभियान नै चलाए ।
फोटोले हल्लीखल्ली भएपछि पुलिसले यो मामिलाको छानबिन शुरु गर्यो । सोही क्रममा पुलिसले खाडलमा जिउँदै गाडिएको कुकुरका क्रुर मालिकलार्इ पक्राउ गरेको छ ।
जिउँदै खाडलमा गाड्नुको कारण बताउँदै ती युवाले १० वर्ष भन्दा बढी उमेर भएको कुकुर थला परेपछि मर्नका लागि गाडिदिएको स्पष्टिकरण दिएका छन् ।
पक्राउ परेका २१ वर्षीय युवालार्इ २१ हजार पाउन्ड जरिबाना र जेल सजाय हुने फ्रान्सेली प्रहरीले जनाएको छ ।
www.annapurnapost.com

एजेन्सी– बेलायतकी एक २१ वर्षीया आमाले आफ्नो दुई वर्षको छोरालाई वासीङ मेसिनभित्र राखेर खिचेको
फोटो फेसबुकमा राख्दा उनको परिवारले घर छाड्नु परेको छ ।
यो फोटो हेरेपछि धेरैले उनलाई ‘क्रुर आइमाइ’को संज्ञा दिएका छन् । फोटो अपलोड गर्ने कोर्टनी स्टेवार्टले यस विषयमा प्रतिक्रिया जनाउँदै भनिन्,‘म संसारकै सबै भन्दा घृणित आमा बनेँ ।’ ‘डन सिन्ड्रोम’ नामक रोगबाट पीडित २ वर्षका सलेव ‘वासीङ मेसिनमा चढे । त्यही बेला उनकी आमा स्टेवर्टले ‘मेरो छोरो कति बदमासी गर्छ’ भन्दै फोटो अपलोड गरेकी थिइन् । त्यो फोटो केही दिनमै भाइरल बन्यो । त्यसपछि उनलाई सामाजिक सञ्जालमा गालीको वर्षात सुरु भयो । उनको विषयमा ट्रोल पनि बन्यो । त्यस्ता ट्रोलले स्टेवार्टको परिवारले एर्कसिन, रेनफ्रेस्यरभन्ने स्थानमा रहेको घर छाडेको छ । बेनामे एक व्यक्तिले यो फोटो सार्वजनिक भएपछि प्रहरीमा उजुरी गरिदिए ।
1प्रहरी र सामाजिक सेवाका कर्मचारीहरु आएर उनको घरको निरीक्षण गरे । तर उनीहरुले स्टेवार्टले आफ्ना बच्चाहरुको लालनपालनमा कुनै कसर राखेको पाएनन् । उनीहरु बिना कुनै चेतावनी स्टेवार्टको घरबाट फर्के । स्ट्रेवार्टले फेसबुकमा फोटो अपलोड गर्नु महाभूल भएको प्रतिक्रिया दिएकी छिन् ।

सुमन जंग । यतिबेला उर्खरमाउँलो गर्मीले धेरैलाई छट्पटाहट बनाइरहेको छ । मानिसहरु शीतलताका खोजीमा छन् । यस्तै हिजोआज सामाज देखि सामाजिक सञ्जालसम्मलाई लोक गायिका ज्योती मगरको प्रशंगले गर्माएको छ ।
हुन त ज्योतिले केहि महिनादेखि मिडियामा कब्जा जमाईरहेकी छिन् । टेलिभिजन अन्र्तवार्ताको प्रसंगबाट सुरु भएको उनको विवादित चर्चा यात्रा ‘ढाडे बिरालो’ सम्म आइपुगेको छ ।
यहाँ आउँदा भने ज्योतिलाई हिजो भन्दा बढी आलोचना सहनु पर्यो । देश विदेशबाट गालीका वर्षा पर्यो। अति नै तुच्छ शब्दमा तथानाम भनियो । उनका समर्थनमा पनि आवाजहरु सुनिएका छन् । तर, तुलनात्मक रुपमा कम मात्र ।
प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको ‘ढाडे बिरालो’ तीजको गीतमा ज्योतीलाई अभिनय गराउने निर्देशक भने शंकर बिसी हुन् । केहिले बिसीलाई प्रमुख दोषी मानेका छन् त कतिले गायक प्रकाश कटुवाललाई । कटुवालको शब्द संगीतमा गीत तयार पारिएको हो । गीतमा शब्द पनि छाडा भएको आरोप छ ।
अहिलेसम्म लोक गीतको पहिचान र मौलिकतालाई आत्मसाथ गर्दै आफ्नो सृजनालाई दर्शक/श्रोतामाझ पुर्याउँदै आएका अग्रज दुई लोकस्रष्टा बिमा कुमारी दुरा र खड्क गर्बुजाले ज्योति मगरको पछिल्ला हल्लका बारेमा के भन्छन् त ?
लोक गायकः खड्क गर्बुजा
नेपाली लोकसंगीत भनेको एउटा देशको गरिमा र प्रतिष्ठासँग जोडिएको कुरा हो । यसका आफ्नै खाले मूल्य मान्यता मर्यादा गरिमा र अनुशासन छ । अन्य पप गीत, र्याप गीत, आधुनिक गीत जस्ताको रुपमा हामीले लोक गीतलाई हेर्न हुँदैन भन्ने मान्यता हो । भनेको, मनोरञ्जनको साधन मात्र होइन् । यो भनेको राष्ट्रको पहिचान बोकेको एउटा मौलिक संगीत हो,सम्पदा हो । यसलाई चाँही अनुशासित रुपमा मर्यादित रुपमा बचाईराख्नु कलाकार लगायत सम्पूर्ण देशभक्त सन्तान र नागरिकको कर्तव्य हो ।
यदि ज्योति मगरले जुन खालको प्रस्तुति यो गीतमा दिएको थियो, त्यो प्रस्तुति लोक गीतमा नभइकन अरु पप गीत र्याप गीतमा दिएको भए आलोचना गर्ने ठाउँ रहने थिएन् । अब एउटा पहिचान बोकेको मौलिकता भित्र पर्ने लोकसंगीतमा त्यस्तो खालको प्रस्तुति दिएकाले बढि आलोचित भएको हो । मेरो विचारमा चाहिँ त्यहि लाग्छ ।
हुनत अहिलेको २१ औं शताब्दीमा मान्छेहरुले आफूलाई मन लागेको लुगा लगाउन पाउनुपर्छ । खानेकुरा खान पाउनुपर्छ । आफूले जे गर्न मन लाग्छ गर्न पाउँछ । स्वतन्त्र छ । तर पनि सबै कुरालाई एउटा स्वतन्त्रता भित्र राखेर हेर्नु हुँदैन् । आफूले नियमभित्र बाँधिनुपर्ने कुरा पनि हुन्छन् ।
कि ज्योति मगरले खेलेको त्यो गीतलाई चाहिँ लोक गीतको नाम नदिएर अर्कै खालको नाम दिँदा राम्रो हुन्छ । लोक गीत पनि भन्ने उच्छृङखल र अश्लील खालका गतिविधि नेपाली लोक संगीतमा अलिक सुहाउँदैन कि भन्ने मत छ मेरो पनि । गबुर्जाले ज्योतिको मात्रै दोष नभएर गायक गायिका देखि निर्देशक सम्म उतिनै दोषीको भागिदार भएको बताए ।
लोक गायिकाः बिमा कुमारी दुरा
लोक गायिका विमा कुमारी दुराले ज्योती मगर को हो ? के हो, भन्ने बारेमा आफूलाई अहिलेसम्म पनि थाह नभएको बताइन् । हामीले लोक गायिका ज्योति मगरलाई चिन्नुहुन्छ ? भन्ने प्रश्नमा दुराले आफू लोक गायिकाको हिसाबले भन्नुपर्दा उनलाइ कति पनि नचिनेको तर, व्यक्तिगत रुपमा भने चिनजान भएको कुटनीतिक जवाफ दिइन् ।
ज्योतीको पहिरन र अन्य गतिविधिले लोकसंस्कृतिको बेइज्जत गराएको भन्दै तिव्र आक्रोश व्यक्त गरिन् । दुराले यस विषयमा लोकदोहोरीको विकास गर्छौ भनेर खोलिएका संघसंस्थाहरुले आवाज उठाउन पर्ने बताइन् । ब्यक्ति बोल्नु भन्दा पनि संस्था अघि बढेर यस्ता किसिमका गीत र कलाकारलाई कारबाहीको घेरामा ल्याउन सक्नुपर्ने आश्य ब्यक्त गरिन् । यस्ता गीतसंगीत उत्पादन हुनुमा संस्था पनि जिम्मेवार भएको आरोप लगाइन् ।
समाजले ज्योतीको गतिविधिलाई पचाउन नसक्ने भन्दै उनले बाउबाजेको बेईज्जत हुने गरि नभई इज्जत ल्याउने गरि गीतसंगीतमा अघि बढ्नुपर्ने सुझाव दिइन् । खासै नबोल्ने दुराले पोहोर तीजमा बाग्लुङ जाँदाको प्रसंग जोड्दै भनिन्, ‘माईक्रोमा कार्यक्रमका लागि बाग्लुङ जाँदै थिए त्यतिकैमा ड्राईभरले ‘कनाईदेउन बाई’ गीत बजायो । मैले के गीत बजाको यस्तो भने, तर, उसले तपाईहरु नै यस्तो गीत गाउनुहुन्छ नबजाएर के गर्ने ? ‘उसको जवाफले मलाई लज्जित बनयो’ दुराले सुनाइन् । दुराले भनेको यस गीत पनि ‘ढाडे बिरालोका’ प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको नै हो ।
एउटाको गल्तीका कारण सबैले दोष बोक्नु पर्ने हुँदा सस्तो लोकप्रियताका पछि नलाग्न विनम्र अनुरोध गरिन् । लोक गीत भनेको अनुशासनहिन भडकिलोपन नभइ स्वच्छ मनोरञ्जन दिने र देशको पहिचान दिलाउने भएकाले सोहि अनुसार गीतसंगीतमा लाग्न सक्नुपर्ने धारणा ब्यक्त गरिन् ।
अबका दिनमा ज्योती मगर मात्र नभइ लोकसँगीतमा लाग्ने हरेकले आफू को हो ? के गर्दैछु र कहाँ छु ? भन्ने कुराको ख्याल राख्न सक्नुपर्ने अन्य लोक सर्जकहरुको पनि मत रहेको छ । लोकसंगीतमा लागेर यो गर्न पाइने त्यो नपाइने भन्ने कहिँ कतै उल्लेख गरिएको छैन् । तर, यसका आफ्नै मौलिक मान्यताहरु छन् । यसलाई आत्मसाथ गरी अघि बढेमा मात्र लोकसंस्कृतिको विकास हुन सक्नेमा उनीहरुको एकमत छ ।
www.nepalsandesh.com

चर्चित हास्यकलाकार दीपकराज गिरीले केही समय बढदै गएको बन्द हडताल प्रति व्यंग्य गर्दे सामाजिक सञ्जालमा चोटिलो स्टाटस लेखेका छन्। टेलिभिजनका कार्यक्रम देखी फसबुकसम्म निरन्तर खबरदारी गर्ने गरेका उनले कतिवात्मक शैलीमा बन्द हडताल गर्नेहरुको उछितो काढ्दै लेखेका हुन्।
उनि लेख्छन्, साथि हो मट्टितेल तैयार गर आगो बाल्नु पर्छ लाठि पनि नछुटोस टाउको फोर्नु पर्छ टोल टोल बन्द गर चोक चोक बन्द गर खरानी नभए सम्म आगो दन्काउनु पर्छ वरपर हेर त मृत्यु पनि शोक गीत गाउदैछ हो साथि हो… संबिधान आउदैछ यहि हो मौका देशमा शक्ति देखाउने लालपूर्जामा आफ्नो आफ्नो नाम लेखाउने खन्ड आए तिमी उफ्रिनु,अखन्ड आए हामी उफ्रिन्छौ किनकि यत्रो बर्ष पछि गोरू ब्याउदैछ हो साथि हो…. संबिधान आउदैछ एक इन्च उता लानु हुन्न, किनकि संघि यता छ अरूको जे सुकै होस हाम्रो त छुट्टै कथा छ संधि “यता” मिलायौ भने , धर्म उता बिगारेरै छाडछौ जसो गरे नि देश रगतमा नुहाउदै छ हो साथि हो….. संबिधान आउदैछ।
कलाकार गिरी टेलिभिजनमा तितो सत्य नामक हास्य शृंखलामा देखिन्छन् भने उनले अभिनय गरेको चलचित्र ‘वडा नम्वर ६’ छिट्टै सार्वजनिक हुँदैछ।nepaliheadlines.com

३० साउन, काठमाडौं ।
अन्तरिम संविधानमा समावेश गरिएको धर्म निरपेक्षता नयाँ बन्ने संविधानले संस्थागत गरेर अगाडि बढ्नु पर्ने विभिन्न धार्मिक संघ संस्थाले माग गरेका छन् । सरकारले अनुमोदन गरेको विभिन्न अन्तर्राष्ट्रिय सहमति उल्लघंन हुने भन्दै उनीहरुले धर्म निरपेक्षता नै राख्नुपर्ने माग गरेका हुन् ।
संविधानको प्रारम्भिक मस्यौदाको धारा ३१(३) ले कसैको धर्म परिवर्तन गर्ने गराउने कार्यलाई अपराधिकरण गरेको छ । कुनै एक धर्मबाट अर्को धर्म परिवर्तन गर्नको लागि तेस्रो व्यक्तिको संलग्नता बिना असम्भवप्राय हुने बताउंदै धार्मिक चौतारी नेपालका कार्यक्रम संयोजक सरल श्रेष्ठल उक्त धाराले आफ्नो धर्मको प्रचार गर्ने, धर्म परिवर्तन गर्ने तथा धर्म छान्न पाउने स्वतन्त्रतालाई समाप्त पार्ने बताए ।
मस्यौदाले व्यक्तिको आफ्नो धर्म छान्न पाउने तथा धर्म परिवर्तन गर्ने स्वतन्त्रतालाई नकारेको उल्लेख गर्दे श्रेष्ठले धारा ३१(३) ले नेपालमा धार्मिक स्वतन्त्रतालाई गम्भिर रुपमा संकुचित गरेको बताए । धारा ३१ (३) ले मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा १८ को समेत उल्लघंन गरेको ठहर धार्मिक चौतारीले गरेको छ ।
नेपालले राजनीतिक तथा नागरिक अधिकार सम्बन्धि प्रतिज्ञापत्र पनि अनुमोदन गरेको उल्लेख गर्दै कार्यक्रम संयोजक श्रेष्ठले व्यक्तिगत रुपमा वा अरुसँग मिलेर तथा सार्वजनिक वा निजी रुपमा पूजाआजा, नियम, अभ्यास तथा शिक्षणमा आफ्नो धर्म वा आस्था प्रकट गर्न पाउने स्वतन्त्रतालाई अधिकारको रुपमा व्यवस्था गरीएको बताए । आफ्नो धर्म प्रचार गर्ने, छान्ने, तथा परिवर्तन गर्ने स्वतन्त्रता व्यक्तिको मौलिक हकहरु मध्ये एक भएको उनले बताए ।
सबै जाजजाति र धर्मालम्बीहरुको माग सम्बोधन गर्नको लागि अन्तरिम संविधानमा उल्लेख गरिएको धर्म निरपेक्षता नै नयाँ संविधानमा पनि कायमै राख्न र संस्थागत गरेर अगाडि बढ्न नेपालले संविधानसभा समक्ष आग्रह गरेको छ ।

– विमल विष्ट
डोटी, ३० साउन । डोटीमा एक युवतीमाथि एम्बुलेन्सभित्रै बलात्कारको प्रयास भएको छ ।
सेती प्राविधिक शिक्षालय दिपायलमा अनमी छात्रबृतिका लागि बाबुसँगै परीक्षा दिन आएकी एक युवतीमाथि दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्सभित्रै बलात्कारको प्रयास भएको हो । शनिबार विहान १ बजे सुदूरपश्चिमको हिमाली जिल्ला बझाङबाट बाबुसँग दिपायल आउने क्रममा १९ बर्षिया युवतीमाथि बलात्कारको प्रयास गरिएको हो ।
दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्सभित्र चालक राम बहादुर खड्काले बलात्कारको प्रयास गरेको पीडितले प्रहरीलाई जानकारी गराएकी छिन् । पीडित युवती आफ्ना बुवासंग शुक्रबार बेलुकी बझाङबाट डडेल्धुराको स्याउलेसम्म बस चढेर आएकी थिइन् । स्याउलेमा अबेर राति १२ बजे पुगेका बाबुछोरीलाई प्रहरीले नै एम्बुलेन्समा लगि दिन चालक खड्कालाई आग्रह गरेका थिए ।
छोरीसंगै आएका बुवालाईबीच बाटोमा एम्बुलेन्स बिग्रेको भन्दै बाहिर निस्केर हेर्न चालक खड्काले बहाना बनाएका थिए । पीडित युवतीका बुवाले भने ‘म बाहिर निस्कने बित्तिकै ढोका बन्द गरेर एम्बुलेन्स कुदायो । मलाई त्यही छोडेर छोरीलाई दुब्र्यबहार ग¥यो ।’ पीडित युवतीले मदिरा खाएर अनियन्त्रित भएका चालकले आफूसंग २० मिनेटसम्म जबरजस्ती बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन् । ‘२० मिनेटसम्म चालक संग लडाई भयो, लात्ताले हानेर म ढोका खोली भाग्न सफल भए’, रुँदै पीडितले भनिन् ‘अध्यारो रातमा खाली खुट्टा रोडमा आधा घण्टासम्म दगुरे, उ पनि पछि पछि दगुर्दै आयो, मलाई छोप्न सकेन ।’
उनले करिब आधा घण्टापछि बुवा संग भेट हुँदा पनि चालक खड्का फेरि एम्बुलेन्स फर्काएर आएको बताउनुभयो । पीडित युवती आज शनिबार बिहान ८ बजे बाट भएको परीक्षामा सहभागी भएर जिल्ला प्रहरी कार्यालय सिलगढीमा घटनाबारे उजुरी दिएकी छिन् ।
उता चालक खड्का भने नगपालिकामा एम्बुलेन्स राखेर राति नै फरार रहेको नगरपालिकाका सामाजिक बिकास अधिकृत रमेश जोशीले बताउनुभयो । उहाँले भन्नुभयो ‘राति नै चालकले एम्बुलेन्स राखेर साँचो छोडी गएको रहेछ अहिले कार्यालय आउँदा त खबर यस्तो सुनियो ।’
dainiknepal.com