गगन थापा, कांग्रेस सभासद
यो प्रकरणमा मेरो धारणा लेखेर तयार गर्दै गर्दा कैलालीमा एउटा अकल्पनिय घटना भएको छ, जसले स्तब्ध बनाएको छ । यो क्रुर घटनाको जति निन्दा गरेपनि कम हुन्छ । करुणाले भरिएको नेपाली समाजमा क्रुरताको यस्तो विषवृक्षको विजारोपण गर्नेहरु जुन सुकै राजनीतिको आवरणमा आएपनि सजायबाट मुक्ति पाउनु हुँदैन ।
जनताको सुरक्षाको लागि अफ्नो जीवन उत्सर्ग गर्ने वीर प्रहरी हरुलाई सलाम । यस्तो बेलामा सबै तर्फबाट संयमता चाहिएको छ । म सबैलाई संयमत र सद्भाव कायम राख्न अनुरोध गर्दछु ।
गएको शुक्रवार काठमाडौंमा प्रहरीको ‘इन्काउन्टर’ मा कुमार श्रेष्ठ ‘घैटे’मारिएको विषय अहिले चर्चामा छ । यस सम्बन्धमा मेरो नाम पनि जोडिएर केहि समाचारहरू सनसनीपुर्ण रुपमा आएपश्चात मलाइ थुप्रै शुभचिन्तकहरुले आक्रोसित भएर प्रतिकृया पठाउनुभएको छ । ति प्रतिकृयाहरूमा उठाएका मुलभुत प्रश्नहरूका सन्दर्भमा मेरो विचार यहाँ राख्न चाहन्छु ।
१. पहिलो प्रश्न, तपाइ पनि अपराधीको पक्षमा बोल्ने ?
Gagan Thapa 400अपराधको राजनीतिक संरक्षणले अन्ततः अपराधको राजनीतिकरण हुन्छ र राजनीतिको अपराधीकरण कुनै पनि हालतमा हुन दिनु हुँदैन र अपराधीलाई अपराधकै आँखावाट हेर्नुपर्छ राजनीतिक आँखावाट होइन भन्ने कुरामा म प्रष्ट छु । मेरो कृयाकलाप कहिल्यै पनि कुनै पनि अपराधीलाई राजनीतिक संरक्षण दिनेमा थिएन, छैन र हुँदैन ।
मेरो राजनीतिक जीवनको हरेक मोडमा जव जव त्यस्तो अवस्था आउँछ म सधै एउटा मान्यताको पक्षमा दृढ भएर उभिएको छु, अपराध र अपराधीको न कुनै जात हुन्छ नधर्म, न कुनै दल न विचार न मुल्य । मेरो दलमा आवद्ध होस वा अरु कुनै दलमा सधै अपराधको राजनीतिक संरक्षणको खिलापमा बोल्दै, उभिदै आएको छु ।
जसरी सामाजिक कुरिति र छुवाछुतमा संलग्नलार्इ पार्टी सदस्यता नदिने प्रावधान राखेजस्तै अपराधमा संलग्नलाइ पनि पार्टी सदस्यता दिनुहुँदैन भन्ने मान्यता समेत राखेको थिए । हो म एउटा राजनीतिक कार्यकर्ता हुँ, हिजो लागू औषधमा लागेका, विभिन्नअपराधमा कानूनी सजाय भोगेका थुप्रै व्यक्तिहरू आफ्नो विगतवाट प्रायश्चित गर्दै समाजमा पुनर्स्थापनाको लागि तिनै गैह्रकानूनी काम र अपराधको विरुद्धमा केहिगर्न चाहन्छु भन्दै गर्दा त्यसका निम्ति प्रोत्साहन गरेको छु । त्यो पनि लुकेर होईन, सिंगो समाजलाई साक्षी राखेर । तर, विडम्वना ति विषयहरू समाचार वन्दैनन ।
न म कहिले कुनै अपराधीलाई पार्टीमा भित्राउनु पर्छ भन्नेमा लागेको छु न अपराधमा संलग्नलाई पार्टीले जोगाउन पर्छ भन्नेमा नै लागेको छु । पार्टीभित्रका अनेकन अवसर गुम्छन भन्ने थाहा हुँदा हुँदै पनि पार्टी भित्र र वाहिर मैले त्यस्ता गलत प्रवृत्तिका विरुद्ध उभिएको छु र उभिने छु । तर, चरी र घैटे जन्माउन र हुर्काउनुमा हाम्रो राजनीति र यसमा संलग्नहरूको कुनै न कुनै रुपमा दोष भएकोले म पनि आफूलाई यसकै हिस्सा ठान्छु र नैतिक रुपमा आफूलाई पनि जिम्मेवार ठान्दछु ।
म एक राजनीतिकर्मी भएकोले मेरो हरेक कृयाकलाप खुला र पारदर्शी हुनुपर्छ । मेरो बाहिर एउटा र भित्र अर्को जीवनको पाटो छैन । आज एउटा घटनावाट मेरो राजनीतिक आस्था, मेरो जीवनशैली, मेरा मुल्य मान्यता र मेरो विश्वास माथि गम्भीर प्रश्नउठाउने प्रयास गरिएको छ । अहिले भनेका वा भनिएका, उठाइएका र सार्वजनिक भएका यीधारणाहरू गलत छन भन्नेकुरा समयक्रममा मेरो व्यवहारले नै प्रमाणित गर्दै जाने छनै ।
तर, आज चुनौतिका साथ भन्छु-मेरो कुनै पनि अपराधमा संलग्न व्यक्तिसँग कुनै पनि कालखण्डमा अनैतिक र अस्वभाविक सम्बन्ध रहेको, कुनैपनि अपराधमा संलग्नलार्इ मैले राजनीतिक संरक्षण दिएको, कुनै खालको गैह्रकानूनी काममा मेरो संलग्नता रहेको छ भन्ने कसैले प्रमाणित गर्छ भने त्यहि क्षण म यो राजनीतिक/सामाजिक जीवन नै छाड्न तयार छु ।
मेरो कुरा प्रष्ट छ, घैंटेहरूजस्तो वाट समाजलार्इ मुक्त राख्नुपर्छ । घैटे र चरी बन्न र बनाउने कुरामा संलग्नता हुने, प्रोत्साहन गर्ने जोसुकै होस उ पनि कानूनको कठघरामा उभिनै पर्छ । यदि कुनै राजनीतिज्ञको उसँग संलग्नता छ र कुने गैरकानूनी कानमा संलग्न छ भने त्योसहित प्रत्येक कुराको छानविन हुनुपर्छ, मेरो पनि हुनुपर्छ । सवै कुरा आम नागरिकको वीचमा आउनुपर्छ । अव यो विषय उठिसकेको छ, प्रत्येक कुरा टुङ्गोमा पुगोस ।
२. दोस्रो प्रश्न, के नेपाल प्रहरीले आफ्नो काम गर्न पाउँदैन ? ‘इन्काउन्टर’गर्न पाउँदैन ? गुण्डागर्दी कसरी नियन्त्रण गर्ने त ? प्रहरीले घैंटे, चरी जस्तोमान्छेलाई मार्दा तपाईलाई के को आपत्ति ?
नेपाल प्रहरीले काम गर्न्\गराउँन पाउँछ । उसको दायीत्व हो । नेपाल प्रहरी राज्यको बल प्रयोग गर्न पाउने बैद्यानिक निकाय हो । प्रहरीले त्यसलै हतियारबोकेर हिड्न पाउँछ र आवश्यकता अनुसार प्रयोग गर्न पनि पाउँछ । आफ्नो जीवन रक्षाको लागि हतियार प्रयोग गर्छ र भिडन्तमा प्रहरीको हातवाट कहिले काहि कसैको ज्यान जान पनि सक्छ । यदि यो घटनामा पनि त्यस्तै भएको हो भने यसलाई स्वभाविक घटनाको रुपमा नै लिनुपर्छ । त्यसैले यो घटनामा प्रहरीको नेतृत्व र गृहमन्त्रीले हामीलाई जे वताउनु भएको छ यदि त्यस्तै भएको हो भने ठिक छ । तर, त्यहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद भीमसेनदास प्रधान र स्थानीय जनताले जे भनिरहनु भएको छ त्यस्तो हो भने त्यो अत्यन्त गम्भीर विषय हो ।
हो म त्यहि चासोले सत्य तथ्य बुझ्न अरु कोहिसँग होइन उनै भीमसेनदास प्रधानसँग राष्ट्रियमानव अधिकार आयोग (NHRC) गएको थिए । यो घटनाको पृष्ठभुमिमा आयोग पनि जोडिएको, आयोगमा सुरक्षा मागेर निवेदन दिएको केहि दिनमा घटना घटेको भन्ने कुरा सार्वजनिक भएको अवस्थामा न्याय माग्न होइन सत्य तथ्य बुझ्न आयोग गएको हुँ । १ बर्ष अगाडि दिनेश अधिकारी ‘चरी’ मारिदा होस वा युद्धको वेलामा दोरम्बामा विद्रोही मारिदा होस, शान्तिप्रकृया पछि शक्तिखोरमा लगेर रामहरी श्रेष्ठको हत्या हुदा होस वा हिरासतमा शिव पौडेलको हत्या हुँदा, डेकेन्द्र थापाको मुद्दामा होस वा नन्दप्रसाद अधिकारी लगायतद्वन्द्व पिडितको न्यायको लडाईमा, कानून विपरित भएका घटनामा प्रत्येक पटक मेरो चासो रहदै आएको छ र सार्वजनिक गर्दै पनि आएको छु । कानूनलाई दुरुपयोग गरेरकोहि पनि नागरिक अन्यायमा पर्नु हुँदैन भन्नेमा म हिजो पनि सचेत थिए र आजपनि छु ।
चरिको हत्या पश्चात केहि सांसद साथीहरूले संसद अवरुद्ध गर्दा मैले सार्वजनिकरुपमा भनेको थिए- नेपालमा मृत्युदण्डको व्यवस्था छैन र संविधानभन्दा माथि पनि कोहि छैन । कानूनले जे गर्न र जे नगर्न निश्चित गरेको छ सरकारका निकायहरू पनि त्यसै अनुसार चल्नुपर्छ र नागरिक पनि त्यसैअनुसार चल्नुपर्छ । यो वेलाम को व्यक्ति कस्तो थियो भन्ने आधारमा कुनै पनि घटनाको जज गर्नु हुदैन । तर कसलेकिन कसरी हत्या गर्यो निष्कर्ष निकाल्ने अधिकार भने हामीलाई छैन । घटनाकोनिश्पक्ष छानविन हुनुपर्छ र वास्तविकता जनताले थाहा पाउनुपर्छ ।’ (हे. चरीप्रकरणले उठाएका केहि प्रश्नहरू)
अहिले घटना घटेको सामाखुसी काठमाडौंको ६ नं क्षेत्रमा पर्छ, त्यो क्षेत्रको सांसदले सार्वजनिक क्षेत्रमा र संसदमा एउटा कुरा उठाउनु भएको छ-‘त्यो इन्काउन्टर होइन, गैह्रन्यायीक हत्या हो । मृतक कुमार श्रेष्ठले राष्ट्रियमानव अधिकार आयोग (NHRC) मा जीवन रक्षाको लागि निवेदन दिएका थिए । NHRC लेप्रहरीलाई सोध्यो’ के तपाईहरू उसलाई खोजिराख्नु भएको छ ? श्रावण २७ गतेप्रहरीले उत्तर पठायो ‘कुमार श्रेष्ठलाई हामीले खोजिराखेका छैनौं ।’
२७ गते हामीले खोजेका छैनौ भनेर NHRC लाई जवाफ पठाउने प्रहरीले भाद्र ७ गते प्रहरीले भने; हामीले काठमाडौंको मस्ट वान्टेड सुचिमारहेको गुण्डा नाइकेलाई इन्काउन्टरमा मार्यौं ।’ मलाई भीमसेन सरले गर्नुभएको अरु कुनै तर्कसँग सरोकार थिएन र छैन तर उहाँको यो तर्कले भने मलाई गम्भीर वनायो । छिमेक भारतमा गैह्रन्यायीक हत्याश्रृङ्खलाको केहि अध्ययन गर्ने मौका पाएकोले स्वभाविक रुपमा मेरो मनमा पनि यही प्रश्न उव्जियो कतै हामी गैह्रन्यायीक हत्याको डरलाग्दो अराजकतातर्फ त जादैछैनौं ? यो कुराको सत्य तथ्य बुझ्ने निकाय NHRC मात्र थियो ।
NHRC सँग सत्यतथ्य नबुझिकन म कुनै धारणा बनाउन चहान्न थिएँ र त्यसका लागि NHRC को अध्यक्षसँग प्रत्यक्ष भेटेर मात्र बुझ्न सकिन्छ भनेर आयोगले जानकारी गराएपछि भीमसेन सरसँग म आफैं गएको हुँ । म कुनै निवेदन बोकेर न्याय माग्न गएको हैन । आयोगको अध्यक्षसँग सत्य तथ्य बुझ्न गएको हो । हामीसँगको भेटमा NHRC का अध्यक्षले माथि भीमसेन सरले भनेको जस्तै कुरा हामीलाई वताउनुभयो । यसको वास्तविकता जनताले थाहा पाउने कि नपाउने ?
यस सन्दर्भमा मेरो कुरा प्रष्ट राख्न चाहन्छु । चरी र घैंटेहरू जन्मन नैदिनुहुन्न र जन्मिहाले भने हुर्काउनुहुन्न र यो समाजलाई चरी, घैंटेहरूवाट मुक्तगर्नुपर्छ भन्नेमा दुइमत छैन । राज्य, बर्दीधारी मात्र होइन, कुनै पनि अपराधिक समूह वा व्यक्तिको भयवाट नागरिक त्रसित हुने वातावरणको अन्त्य हुनैपर्छ । उसले कानून वमोजिम सजाय पाउनुपर्छ । कानून नभए बनाउनुपर्छ । राजनीतिक हस्तक्षेपले गर्दा अपराधीले कुनै उन्मुक्ति पाइरहन्छन् भने कुनै राजनीतिक व्यक्ति वा संगठनले त्यस्तो गर्न नपाउने गरि कानून वनाउनु पर्छ । तर राज्य (मन्त्री\प्रहरी)ले हामी आफैसँग भएको कानूनको प्रयोगवाट अपराध र अपराधी नियन्त्रण हुँदैन भन्ने निष्कर्ष निकालेको हो भने यो एकदमै खतरनाक संकेत हो । कानूनसम्मत प्रकृयावाट न्याय प्राप्त हुँदैन भन्ने निष्कर्षमा सरकार नै पुगेको हो भने आम नागरिकले यो राज्य व्यवस्था र न्याय प्रणालीमा किन विश्वास गर्ने ?
तर, पनि तपाई ठान्नुहुन्छ कि चरी र घैंटेहरुवाट समाजलाई मुक्त गराउन भन्दै गरिएको त्यो इन्काउन्टर वास्तविक नभएर फेक नै थियो भने पनि जायज हुन्छ अनि प्रहरीलाई पनि न्यायीक प्रकृयामा गएर हुँदैन इन्काउन्टर नै विकल्प हो भन्नेलाग्छ र तपाई पनि हत्या गैरन्यायीक भएपनि ठिक हो नै भन्नु हुन्छ भने विनम्रतापूर्वक म तपाईसँग आफ्नोअसहमति राख्छु । ‘अपराधिक कृयाकलापमा संलग्न व्यक्तिलाई दल र नेताहरूले संरक्षण गर्छन, उनीहरूका कर्तुत ढाकछोप गर्छन र कारवाही गर्न दिँदैनन, राजनीतिक संरक्षणमा उनीहरू छुट्छन् र जनतालाई दुःख दिन्छन । त्यसैले कारवाहीमा पुग्न प्रहरी वाध्य हुन्छ ।’ भन्ने नाममा हामी कानून विपरितका कार्य गर्न प्रहरीलाई प्रोत्साहन गर्ने ? कि त्यस्ता राजनीतिज्ञ र त्यस्तो प्रवृत्तिलाई रोक्न संयन्त्र वनाउने ? कानून बनाउने त्यसको प्रयोग गर्ने कि कानून सानुन जे सुकै होस हामीलाई परिणाम चाहियो भन्ने ? मेरो विचारमा हाम्रो यस्तो दोहोरो मापदण्ड सरासर गलत हो ।
गलत मात्र होइन, एउटा संक्रमणमा रहेको लोकतन्त्रको लागि डरलाग्दो रोग हो । समाजमा घैंटे, चरीजस्ता अपराधी छन र यीनको हत्या गर्दा आममान्छे खुशी हुन्छन् भन्ने कुरालाई आधार भनाएर नियोजित ढङ्गले हत्या भएको हो भने त यो झन डरलाग्दो विषय हो । समाजमा गुण्डागर्दी, भ्रष्टाचारी, वलत्कारीप्रति ठुलो घृणा छ त्यो स्वभाविक हो । आम मानिसहरू चाहन्छन यीनिहरूलाई कडा भन्दा कडा सजाय होस । (संविधान सुझावको वेलामा समेत फाँसीको माग थियो ।) ख्याती श्रेष्ठको हत्या हुँदा पनि यस्तै कुरा उठेको थियो । तर, समाजको यही मनोविज्ञान वुझेर प्रहरी संगठनभित्र लोकप्रियताका लागि गैह्रन्यायीक हत्याको शुरुवात भएको हो भने कुनै पनि सभ्य समाजले यसलाई स्वीकार्न सक्दैन र गर्नु हुँदैन ।
३. तेस्रो प्रश्न, तपाई यस्तो गलत विषयको पक्षमा बोल्ने ?
मलाई बिश्वास छ म गलत विषयको पक्षमा उभिएको छैन । म घैटेको पक्षमा उभिएको होइननत मलाई उभिनु नै छ । म एउटा इस्युको पक्षमा उभिएको छु । मेरो आस्थाको आधारभूत मान्यतामा दरोसँग उभिन सकिन भने मेरो अरु कुराको कुनै अर्थ रहदैन ? म मेरोब्रम्हले सत्य देखेको पक्षमा सधै उभिएको छु, एक्लै भए पनि बोलेको छु, जुन दिनत्यो गर्न छोड्छु त्यो दिन म नै रहदिन र नरहन तयार छु । मेरो मुद्दा प्रष्ट छ, गुण्डागर्दी र संगठित अपराधलाई निर्मुल गर्न राज्यको प्रहरी लगायत हर निकाय ले गर्ने प्रत्येक काममा संगसंगै हिड्ने छु, त्यहि क्रममा नेपाल प्रहरीले भनेको जस्तो त्यो इन्काउन्टरमा भएको घटना थियो भने प्रहरीको पक्ष्यमा उभिनेछु तर, त्यो गैह्रन्यायीक हत्या हो तर पनि हत्या गुण्ड को भएकोले ठिक नै मान्नुपर्छ भन्ने कुरा हो भने त्यसमा चै मेरो सहमति छैन ।
पुलिस इन्काउन्टरको रुपमा प्रख्यात गैह्र न्यायीक हत्या भनेको कुनै न्यायीक प्रकृया वा निर्देशन विना राज्य वा यसका एजेन्टद्वारा मुडभेढका नाममा गरिने हत्या हो । गैह्रन्यायीक हत्या प्राय अपराधिक चरित्र भएका मानिएका व्यक्तिहरुप्रति लक्षित हुने गर्दछ । हाम्रो जस्तो सामाजिक परिवेश तथा संस्कारमा जहाँ न्यायीक प्रकृयाप्रति जनताको विश्वास कम छ र प्रकृया भन्दा परिणामलाई महत्व दिइन्छ त्यहाँ यस्ता कार्यलाई सराहना गरिन्छ । न्यायीक प्रकृया प्रतिको जनताको गुनासोको आडमा राज्यका निकायवाट हुने यस्ता कार्यलाई आम जनताले भारतमा पनि शुरुका दिनमा राम्रै लोकप्रियता हासिल गरेको हो । तर, त्यसपछिको दिनमा अवस्था त्यस्तै रहेन ।
राजनीतिक मान्छेहरूले प्रहरीको त्यही हतियारलाई आफ्नो विरोधीलाई सक्ने हतियारको रुपमा दुरुपयोग गर्न थाले । पछिल्लो समय गैह्र न्यायीक हत्या अराजक हुँदै संस्थागत र संस्कारको रुपमा देखा पर्न थालेपछि पहिला समर्थन गर्ने जनता बाटै यसको चर्को विरोध हुनथाल्यो । यसै सन्दर्भमा उच्च न्यायलयले सन् २०१४ मा वढ्दो गैह्र न्यायीक हत्याको परिवेशमा प्रहरी प्रशासनलाई एक वाधयकारी निर्देशिका नै जारी गरेको छ । उक्त निर्णयले हरेक नागरिकलाई सम्मानपुर्वक बाँच्न पाउनुपर्ने अधिकार र न्याय सम्बन्धि हकको महत्वलाई पुनर्स्थापित गरेको छ । कानूनी प्रकृया विनाको भिजिलान्ते न्यायलाई समर्थन र प्रोत्साहन गर्नु कमजोर समाजिक चेतना मात्र हो । आधुनिक सभ्य समाजमा यस्तो भिजिलान्ते न्यायलेस्थान र प्रोत्साहन पाउनु हुदैन भन्ने म ठान्दछु । अलोकप्रिय हुने डरले यस्ता गैह्रन्यायीक हत्यामा मौन रहनु जनताप्रतिको विश्वासघात हो ।
जहाँसम्म राजनीतिक क्यारियरको कुरा छ, राजनीति करियर होइन, जहाँ प्रत्येक पटक हिसाव किताव गरेर कुनै विषयको पक्ष वा विपक्षमा वोलिन्छ. कुनै कार्यक्रममा सहभागी हुँदा अञ्जानमा कोहिसँग कसैले खिचेको फोटो राखेर मेरो सम्बन्धको काल्पनिक कथा लेख्नेसँग मलाई कुनै प्रष्टिकरण दिनु छैन । विहानदेखि साँझसम्म मेरो शिर्षक राखेर समाचार बेच्नेसँग पनि मलाई भन्नु केहि छैन ।
म मलाई माया गर्ने र मलाई आशा र भरोषाले हेरिराख्नु भएका लाखौं मान्यवर र साथीहरलाई भन्न चाहन्छु, मेरो मतदातालाई भन्न चाहन्छु-मेरो नैतिक धरातल कमजोर छैन, अञ्जानमा केहि गल्ति भए होलान तर, जानेर कुनै गलत काम वा प्रवृत्तिको पक्षमा लागेको छैन र लाग्दिन पनि । त्यसैले म विनम्रतापुर्वक अनुरोध गर्दछु मलाई आफ्नो कुरा राम्रोसँग सम्प्रेसित गर्न नसक्दा तपाईको भावनामा चोट पुगेको छ भने म क्षमा चाहन्छु तरप्रष्टसँग दोहोर्याउन चाहन्छु म एउटा लोकतन्त्रवादी हुँ, म राजनैतिक दलहरुको शुद्धता र राजनितिको पवित्रताको पक्षमा जति दृढताका साथ उभिन्छु, संस्थागत गुण्डागर्दी बाट समाजलाई मुक्त गराउन जति दृढता को साथमा उभिन्छु, जनताको लोकप्रिय मतको दुरुपयोग गरेर गरिने राज्यको गैह्रन्यायीक हत्या हो भने मत्यसको बिपक्षमा पनि त्यति नै दृढताका साथ उभिन्छु, मारिने जोसुकै किन नहोस् ।
अन्त्यमा
मलाई थाहा छ आजको माहोल यस्तो छ मैले जति कुरा भने पनि बहुसंख्यक मानिसहरू आज मेरो कुरासँग सहमत हुनु हुन्न तर, फेरि पनि मेरो विश्वास यहि नै हो- तपाई मसँग असहमत हुन सक्नुहुन्छ तर, तपाईको असहमत हुन पाउने कुराको लागि म जीवनभर लडिरहन्छु ।
/www.onlinekhabar.com

सिरहा, भदौ ८ । चलचित्रमा कुनै खलनायककी दिदी बहीनिले प्रेम गरे वा प्रेम विबाहका प्रस्ताब ल्याए ज्यानै जानेसम्मका दृश्यहरु देखिन्थे । त्यस्तै भएको छ सिरहामा पनि । लहान नगरपालिका एक युवकले आफ्नी बहिनीले प्रेम विबाह गरेको भन्दै उनी माथि गोली चलाएका छन् । गोली लागेर स्थानीय २३ वर्षीया रेणुकुमारी महतो गम्भीर घाइते भएकी छन् ।
घाइते रेणुलाई उपचारका लागि विराटनगर लगिएको छ । रेणुको बिहे गत वर्ष भएको थियो । उनी बिहे भएको स्थानबाट भागेर सिंग्राहीस्थित दाजुकै घर अगाडि आएपछि त्यही झोकमा भाइले नै गोली चलाएर मार्ने प्रयास गरेको स्थानीयको भनाइ छ ।
युवकले हानेको गोलीले उनलाई ठुलो असर नपरेपनि पछि धारिलो हतियारले रेणुको हात र टाउकोमा प्रहार गरेर अवस्था गम्भीर भएको स्थानीयले जनाएका छन् । गोली चलाउने दाजु उमेश साह भने फरार भएका छन् । रेणुको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
www.etajakhabar.com

काठमाडौँ, ८ भदौ । प्रमुख चार राजनीतिक दलले सोमबार कैलालीको टीकापुरलगायत देशका विभिन्न स्थानमा भएका घटनाको समीक्षा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा ती दलले शान्ति स्थापनाका लागि सरकारका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्र्नेमा जोड दिएका थिए ।
बैठकपछि एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कैलाली घटनाको समीक्षा गर्दै दलहरुले पूर्ववत् प्रतिबद्धताबमोजिम नै संविधान निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।
केही दिनअघि चार दलका शीर्ष नेताहरुबीच भएको बैठकमा सात प्रदेशको सङघीयता अङ्गिकार गर्ने निर्णयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले फरक मत राख्नुभएको थियो ।
आजको बैठकमा गृहमन्त्रीले कैलालीलगायतका स्थानमा भएका घटनाक्रमबारे बैठकमा जानकारी गराउनुभएको थियो । आपराधिक मानसिकताका साथ भएको टिकापुर घटना अक्षम्य भएको गृहमन्त्रीले बैठकमा बताउनुभएको जानकारी नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले उहाँले दिनुभयो ।
संविधान निर्माणको प्रक्रिया पूर्ववत् कार्यक्रमअनुसार नै अघि बढ्ने उहाँको पनि भनाइ थियो ।
फोटो : फाइल
/www.etajakhabar.com

बाँके, ८ भदौ । बाँकेमा ड्युटीमा खटिएका प्रहरीमाथि पेट्रोल बम प्रहार भएको छ ।
ड्युटीमा खटिएको प्रहरी माथि पेट्रोल बम प्रहार गरेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने १८ बर्षीय समीर अन्सारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
अन्सारीले त्रिभुवन चोकमा ड्युटीमा खटिएको प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए ।
घटनामा परी केही प्रहरी जवान घाइते भएका थिए । उनीहरुको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com

नेपाल प्रहरीका एसएसपी रमेश खरेलले आफ्नो नाममा दर्जनौ फेसबुक अकाउन्ट खोली आपत्ती जनक, आवेश प्रेरीत, उच्छृंखल तथा नेपाल प्रहरी संगठनको मर्यादा विपरितका अभिव्यक्तिहरु पोष्ट गरेकोमा आपत्ति जनाएका छन्।
मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजबाट सार्वजनिक अपिल गर्दै यस्ता फेक फेसबुक पेजहरू कसैले गलत रुपमा प्रयोग गरिरहे कानुन बमोजिम कारबाही हुने बताएका छन्।
हेर्नुहोस् उनले गरेको अपिल जस्ताको तस्तै
मिति २०७२ भाद्र ७ गते मनुवा गा.वि.स. ६ सिमलचौर कैलालीमा अत्यन्त होनहार, बहादुर प्रहरी कर्मचारीहरुले कर्तव्य पालनाको सिलशिलामा सहादत प्राप्त गरेको घटनाले मलाई अत्यन्त दु:खी बनाएको छ।
कर्तव्य पालनामा रत्तिभर विचलित नभई प्राणको आहुती दिने वीर प्रहरीहरू प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु र भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु।
नेपाल प्रहरीले यस्तो दुःख बेहोरीरहेको अवस्थामा केही फेसवुक प्रयोगकर्ताहरुले मेरो आधिकारीक फेसवुकमा मेरो फोटो समेत ट्याग गरि आपत्ती जनक, आवेश प्रेरीत, उच्छृंखल तथा नेपाल प्रहरी संगठनको मर्यादा विपरितका अभिव्यक्तिहरु पोष्ट गरेकोमा मेरो आपत्ति रहेको छ। कानूनी राज्यको अवधारणालाई सहस्त्र शिरोधार्य गरि जनताको जिउ धनको सुरक्षामा अहोरात्र लागि रहने हामी कर्तव्य परायण राष्ट्र सेवकहरुलाई सामाजिक सञ्जालको प्रयोग गरि संगठनमा द्धेष फैलाउने तथा हाम्रो मनोवल गिराउने कार्य कही कसैबाट नहोस भन्ने अनुरोध गर्न चाहन्छु।
यसका अतिरिक्त मेरो नामसँग जोडेर करिब एक दर्जन फेसवुक पेजहरु पनि कसैले गलत रुपमा प्रयोग गरिरहेकोले त्यस्तो कार्य नगर्न समेत म विनम्र आग्रह गर्दछु र अवउप्रान्त यस प्रकारको गैह्र जिम्मेवारीपन प्रदर्शन गरिएको पाईएमा कानुन बमोजिम कारबाही हुने जानकारि गराउँदै समस्त फेसवुक प्रयोगकर्ताहरुलाई त्यस्ता पेजहरुमा विश्वास नगर्न हुन समेत अनुरोध गर्दछु। setopati.com

कैलाली, भदौ ८ । टिकापुरमा थरुहटका कार्यकर्ताले प्रर्दशन जारी राखेकाले त्यसको प्रभाव अस्पताल लगायतका अत्यावशक क्षेत्रमा समेत परेको छ । जसका कारण अस्पतालमा रहेका मृतकका शव निकाल्न समेत असहज भएको छ । अस्पताल परिसर बाहिर कयौ संख्यामा रहेका स्थानीय प्रदर्शनकारीले नारा जुलुस गरिरहेकाले अवरोध सिर्जना भएको स्थानीय संचारकर्मी प्रयागराज ऐरीले जनाएका छन् ।

यसैबिच रौतहटमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा गएराति एउटा एम्बुलेन्स जलाएका छन् । केही दिनदेखि असहज परिस्थितिका कारण प्रभावित बन्न पुगेको सदरमुकाम गौरमा निषेधाज्ञा लगाइएको केही घन्टा पछि आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यी हुन् कैलालीमा एसएसपी न्यौपाने जिउँदै आगो लगाउने थारु आन्दोलनकारी
मैले एसएसपी लाई यो कारणले गर्दा आगो लगायो पुरा पढ्नुहोस
धनगढी, ७ भदौ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव एवं सभासद रामजनम चौधरीले प्रहरीले गोली चलाएपछि कैलालीमा दोहोरो भीडन्त भएको बताएका छन् । कैलालीको टीकापुरमा सुरक्षाकर्मी र थरुहट आन्दोलनकारीबीच सोमबार दिउँसो भएको हिंसात्मक झडपमा घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारीको आक्रमणमा परी एसएसपी सहितका सुरक्षाकर्मी मारिएपछि प्रतिक्रिया दिँदै सभासद चौधरीले प्रहरीले गोली चलाएपछि थारु आन्दोलनकारीहरुले प्रतिकार गरेको बताए ।
‘प्रहरीले गोली चलाएपछि हामीले परिस्थितिलाई थेग्न सकेनौँ, थारु आन्दोलनकारीहरु रिसाए, त्यसपछि कसैले सम्हाल्न सक्ने अवस्था रहेन’ । घटनाबारे जानकारी दिँदै उनले अगाडी भने–‘थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त प्रदेश लेख्न थारु समुदायका झण्डै ८÷१० हजारको संख्यामा रहेका आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोक्यो, सुरक्षाकर्मीलाई धकेल्दै
अघि बढेका आन्दोलनकारीमाथि पशु हाटमा पुगेपछि प्रहरीले गोली चलाए, त्यसपछि आन्दोलनकारी रिसाएर प्रहरीमाथि जाइलागेका हुन् ।’
को हुन चौधरी ?
चौधरी अघिल्लो संविधानसभा निर्वाचन अघि काँग्रेसबाट मधेशी जनअधिकार फोरममा प्रवेश गरेका हुन् । विजयकुमार गच्छदारले फोरम टुक्राएपछि उनी फोरम लोकतान्त्रिकको महासचिव बने । पार्टी अध्यक्ष गच्छदार चार दलीय मोर्चासँग वार्ता र घुर्की लगाइरहँदा उनी भने थारु सभासद्को नेतृत्व गर्दै सडकमा उत्रिसकेका थिए । संविधानको पछिल्लो मस्यौदा र प्रदेशको सिमांकनका विषयमा गच्छदार र चौधरीबीच विवाद समेत भएको थियो ।
चौधरीकै नेतृत्वमा सोमबार कैलालीमा निषेषाज्ञा तोडिएको हो । सुरक्षाकर्मीका कारण अप्रिय घटना भएको भन्दै उनले कैलाली हत्याकाण्डको दोष प्रहरीतर्फ तेर्साएका आएका छन् । ‘भाडाका गुण्डा र हतियारको प्रयोग भयो’ स्थानीय बासिन्दाले थरुहटको शान्तिपूर्ण भारतबाट भाडामा हतियार सहितका गुण्डाहरुको घुसपैठ भएको दाबी गरेका छन् । कैलालीको आन्दोलनमा भाला, बन्चरो, हतियार बोकेका पचासौँ जना सिमा पारिका युवाहरु देखेको नेपाल भारत सिमा क्षेत्र खकरउलाका बासिन्दा रामबहादुर साउद लगायतले बताएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस