• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
महन्थ र महतोबाट अलगअलग पत्रकार सम्मेलन
जनकपुरधाम : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संलग्न दलहरुबीच मतभेद देखिएको छ। वार्तामा जाने नजाने र संविधान छोड्ने विषयमा विषयमा नेपाल सद्‌भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकूरबाट फरकफरक अभिव्यक्ति आएको छ। महन्थ वार्ताको पक्षमा छन् भने महतो विपक्षमा छन्।


महतो र ठाकूरले बुधबार जनकपुरमा अलगअलग पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न मुद्दामा फरकफरक अभिव्यक्ति दिएका छन्।तमलोपाका अध्यक्ष ठाकूरले सरकारले औपचारिक रुपमा बोलाए वार्तामा सहभागी हुनसक्ने बताएका छन् भने सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले अब वार्तामा जानुको कुनै औचित्य नरहेको बताएका छन्।


महतोले मधेशीसँग गरिएको सम्झौता र अन्तरिम संविधानको जगमा संविधान निर्माण नगरिए वर्तमानको आन्दोलन नरोकिने र सरकारसंग कुनै पनि वार्ता नगर्ने चेतावनी दिएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रील औपचारिक रुपमा पत्र पठाए आफुहरुले वार्तामा जाने विषयमा विचार गर्न सक्ने धारणा राखेका छन्।

ठाकुरले भने, सरकारले मधेशी जनतामाथि गरिराखेको दमन बन्द गरी अन्तरीम संविधानअनुरुप संविधानबनाउने प्रतिबद्धता व्यक्त गरे हामी वार्तामा जाने विषयमा विचार गर्छौ। सद्भावना पार्टीका अध्यक्ष् महतोले संविधान सभाको वर्तमान प्रक्रियाबाट मधेशको अधिकार सुनिश्चित हुने अब कुनै संम्भावना नरहेकोले त्यहाँ मधेशी सभासदहरुले विरोध गर्नुको साटो विद्रोह गर्दै राजीनामा दिनुपर्ने बताएका थिए। महतोले भने, मोर्चाका घटक सबै नेताहरुले संविधान सभाबाट राजिनामा दिए भने २४ घण्टामै आन्दोलन निर्णायक बन्छ ।’

ठाकुरले भने यो महतोको निजी विचार रहेको र संविधान सभाबाट राजिनामा दिने निर्णय समेत उनको पार्टीको मात्र रहेको बताए। ठाकुरले भनेर्, मोर्चामा यस विषयमा कुनै छलफल भएको छैन र अहिलेनै संविधान सभाबाट राजिनामा दिने बेला आएको छैन ।’ तमलोपाका सभासदहरुले संविधान सभा र सडक दुवै ठाउँमा संघर्ष गरिराखेको र राजिनामा दिने बेला आयो भने त्यो निर्णय लिन पनि पछि नहट्ने ठाकुरको भनाइ छ।


महतो र ठाकुरले वर्तमान सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरिराखेको र यसले आन्दोलन अझ बढि सशक्त हुने चेतावनी दिएका छन्। सरकारले मधेशी, थारु, जनजाती सहित उपेक्षितवर्गहरुसंग भएको विगतका सम्झौताहरुलाई कार्यान्वयनमा ल्याउनुको साटो आफ्नो अधिकारका लागि शान्तिपूर्ण संघर्षमा रहेका जनताको आवाजलाई लठ्ठी र गोलीका बलमा दबाउन खोजेको महतोको भनाइ रहेको थियो।

वर्तमान सरकारका गृहमन्त्रीवामदेव गौतमले कैलाली र रौतहटमा भएको घटनाका सन्दर्भमा संसद्मा भ्रमपूर्ण र सद्भावबिग्रिने खालको अभिव्यक्ति दिएर जारी आन्दोलनलाई अझ बढि उग्र बनाउने कार्य गरेको भन्दै नेता महतोले यस्ता मन्त्रीलाई प्रधानमन्त्रीले तुरुन्तै पदच्यूतगरि कार्वाही गर्नुपर्ने बताए ।

मधेशका जिल्लाहरुमा सेना परिचालन गरी जनतालाई दमन गराउन खोज्ने प्रयास अतिनै निन्दनीय रहेको भन्दै महतोले यस्ता क्रियाकलापबाट जनताले यो देश हाम्रो हो वा होइन भन्ने कुरा सोच्न बाध्य हुने बताएका थिए। ठाकुरले पनि सेना परिचालनको निर्णय फिर्ता लिनुपर्ने मात्रै बताए ।
annapurnapost.com
झडपमा तीनजनाको ज्यान गयो
एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहर गुजरातको अहमदाबादमा मंगलबारबाट शुरु विरोधले उग्ररुप लिएपछि तीनजनाले ज्यान गुमाएका छन् ।

गुजरात प्रहरीका डिजीपी पिसी ठाकुरले बताएअनुसार अहमदाबादमा पटेल समुदायले थालेको आन्दोलन उग्र भएपछि गोली चलाउँदा तीनजना मारिएका हुन् ।


उनका अनुसार उग्र भएका प्रदर्शनकारीले बनासकान्ठा जिल्लामा रहेको गढ पुलिस कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण गरेका छन् । प्रहरी चौकीमा आक्रमणका क्रममा एक प्रदर्शनकारी मारिएका छन् ।

गुजरातको अहमदाबादको नौवटा प्रहरी कार्यालयको क्षेत्र, सुरतको दुर्इवटा प्रहरी कार्यालयको क्षेत्रसहित राज्यका १७ वटा सहरी इलाकामा कर्फ्यू लगाइएको छ ।


राज्यमा हिंसा भड्केर स्थिति नियन्त्रण बाहिर जाने अवस्था आएपछि सेनालार्इ बोलाइएको छ । डिजीपी ठाकुरका अनुसार गुजरातका सबै दलका वरिष्ठ नेता र धर्म गुरुहरुलार्इ मानिसलार्इ कानुन व्यवस्था कायमका लागि अपिल गर्न भनिएको छ ।

हिंसाले उग्ररुप लिन थालेपछि गुजरातमा सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ । पटेल समुदायले बुधबारै गुजरात बन्दको अपील गरेको थियो ।

मुख्यमन्त्री आनन्दीबेन पटेलले गुजरातबासीलार्इ शान्ति कायम गरिराख्न अपील गर्दै राज्यमा कानुनी व्यवस्था कायम राखिराख्न पनि सबैसँग सहयोग मागेका छन् ।

आरक्षणको माग लिएर आन्दोलन गरिरहेका गुजरातका पटेल समुदायले मंगलबार राति उग्र बनेर कयौं स्थानमा आगजनी गरेका छन् ।

आन्दोलनको नेतृत्व गरिरेहका २२ वर्षीय हार्दिक पटेललार्इ मंगलबार राति पुलिसले हिरासतमा लिएपछि उनका समर्थक उग्र भएका थिए ।

उनका समर्थकले करिब ४० वटा बस र अन्य गाडी जलाएका छन् । हिंसा बढ्दै गएपछि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरिदिएको छ ।

मंगलबार काटिएको मोबाइल र इन्टरनेट सेवा बुधबार अपरान्हसम्म पनि सुचारु गरिएको छैन ।

पटेल समुदायले आरक्षण माग गर्दै आन्दोलनमा उत्रेको छ । यसको नेतृत्व २२ वर्षीय हार्दिक पटेलले गरिरहेका छन् ।

उनको नेतृत्वमा मंगलवार अहमदाबादको जिएमडीसी मैदानमा र्‍याली गरिएको थियो । यो र्‍यालीमा लाखौंको संख्यामा मानिसहरु सहभागी भएका थिए ।
/www.annapurnapost.com
काठमाडौं ।

कैलालीमा गत सोमबार भएको हिंसात्मक घटना पछि प्रहरीको अत्याधिक खोजिको सूचिमा रहेका पात्र हुन् रेशम चौधरी । घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजि कार्य जारी राखेको छ तर उनी हाल नेपालमा नभएको र भारतको मोवाइल नम्बरबाट फोन गर्ने गरेको उनका साथीहरुले बताएका छन् ।

कैलाली घटनापछि कोइरालालाई मोदीको फोनः भने ‘वार्ता गर्नुस्’

यस्तो छ कैलाली घटनाको पृष्ठभूमि
कैलालालीमा प्रहरी माथि आक्राण हुनु केही समय अघि टिकापुरमा आमसभा आयोजना गरियो । जसमा अतिथिको रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस केन्द्रिय सदस्य एवं सभासद् अमरेस कुमार सिंहलाई बोलाइएको थियो ।


कार्यक्रममा उनीहरुले निक्कै उत्तेजित भाषण गरे । पहाडियाहरुलाई तराईबाट लखेट्नु पर्ने र घरेलु हतियार सहित प्रदर्शनमा उत्रनु पर्ने गरी निक्कै उत्तेजित र विवादाष्पद अभिव्यक्ति दिए । जसको संसदमा निक्कै आलोचना भयो ।

गृहमन्त्री बामदेव गौतमले त्यसको अडियो टेप संसदलाई उपलब्ध गराएर राज्य व्यवस्था समितिमा पठायो । र राज्य व्यवस्थाले उपसमिति गठन गरेर अहिले त्यसको छानविन गरिरहेको छ । त्यसरी भाषण गर्ने पात्र आम सभामा बोलाउने र उनीहरुलाई उत्तेजित भाषण नगरे जनता आन्दोलनमा सहभागि नहुने भन्दै उकास्ने पात्र उनै रेशम चौधरी भएको श्रोतको दावी छ । जुन आमसभाको अध्यक्षता चौधरी आफैले गरेका थिए ।

टिकापुर घटना घट्नु अघिल्लो दिनसम्म उनी आफ्नै फूलबारी रिसोर्टमा थिए । श्रोतका अनुसार आन्दोलनको सबै योजना त्यही रिसोर्टबाट बनेको थियो । प्रहरी श्रोतका अनुसार एस एस पी लक्ष्मी न्यौपाने माथि पहिलो प्रहार गर्ने व्यक्ति पनि उनै रेशम चौधरी थिए ।

को हुन रेशम चौधरी ?
देखावटी पेशाका हिसावले उनी मिडिया मालिक र व्यवशायी हुन् । उनले कैलालीमै फूलवारी एफ एम र फूलवारी रिसोर्ट सञ्चालन गरेका छन् । तर उनको पृष्ठभूमि त्यति मात्र होइन ।

दरवार हत्याकाण्ड अघिसम्म उनी दरवारका मान्छे थिए । दरवारमा खेल सिकाउने र बेलाबेला गीत गाएर मनोरञ्जन दिलाउने पात्र हुन उनी । २०६२÷०६३ को आन्दोलन अघि राजाले शासन हातमा लिएको बेला हुने नागरिक अभिनन्दनको चाँजोपाँजो मिलाउने काम गर्थे उनी । त्यही अभियानका क्रममा उनले धेरै जिल्ला घुमेका छन् र राजाका हरेक जसो कार्यक्रममा उनको उपस्थिती हुन्थ्यो ।

जनआन्दोलन सफल भए पछि उनी माओवादी भएको भनेर लागे तर माओवादी भने भएनन् । फाइदा लिन खप्पिस चौधरी माओवादीबाट त्यो सम्भावना नदेखे पछि दोस्रो संविधानसभा चुनावको केही दिन अघि राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गरे ।

कैलाली घटना कसले गरायोः भरत दाहालको दावी यस्तो छ

उनी सदभावनामा प्रवेश मात्र गरेनन्, राजेन्द्र महतो पछिको दोस्रो ठूलो पद अर्थात केन्द्रीय उपाध्यक्ष पनि हात पारे ।

त्यति मात्र होइन, दोस्रो संविधानसभा चुनावमा टिकट पनि पाए र कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बने । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ९ भदौ । ‘ए किलो फाइभ, के– रे के– रे ? एकचोटि रिपिट गर त !’ टीकापुरस्थित इलाका प्रहरी कार्यालयअघिल्तिरको गोलघरमा बसेका एसएसपी लक्ष्मण न्यौपानेले यस्तो सोधेपछि इन्स्पेक्टर बलराम विष्ट दोहो¥याएर कराए, ‘च्याप्यो हजुर च्याप्यो, भीडले च्याप्यो, थप मद्दत, थप मद्दत…!’


अस्ति सात गते सोमबार अपराह्न थरुहट संघर्ष समितिका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच कैलालीको टीकापुरमा झडप हुँदाको वृत्तान्त हो यो । कस्तो दुःखको कुरा भने मद्दत माग्ने र मद्दत दिने दुबै हाकिम एकै ठाउँ बञ्चरो र भालाको आक्रमणबाट मारिए । विचराहरु ‘ऐय्या–आत्थु’ केही भन्नै नपाई रगत पिउने तानाशाही इदी अमिनले मान्छे सोतर पारेकै शैलीमा एकैचिहान भए ।
तीनजना इन्स्पेक्टरको कमाण्डअन्तर्गत तीन फरक फरक नाकामा ड्युटी लगाई इप्रका अगाडि कमाण्ड पोष्ट खडा गरेर बसेका थिए, लक्ष्मण न्यौपाने । प्रदर्शनकारीले निषेधित क्षेत्र नतोडुन् भन्नका लागि भएजतिका फौज ठाउँठाउँमा तैनाथ थिए ।
न्यौपानेसँग अञ्चल गुल्मका इन्स्पेक्टर केशब बोहराको कमाण्डमा थोरै फौज त थियो, तर कमाण्ड पोष्टका रुपमा बसेपछि त्यसकै सुरक्षाका लागि पनि त्यति जनशक्ति चाहिन्थ्यो । धनगढीस्थित जिप्रकाबाट टोली मगाऔं भने १ सय १४ किलोमिटरको दूरी छिचोल्नै दुई घण्टा लाग्ने ।
भीडले च्यापेर अर्को इन्स्पेक्टरलाई अप्ठेरै पारेपछि सँगै बसेका सशस्त्र एसपी लक्ष्मणबहादुर सिंहसँग उनकै गाडी चढेर टिकापुरको पश्चिमी नाकामा तैनाथ इन्स्पेक्टर बलराम भएतिर पुगे ।
उत्तरतिर तैनाथ किलो वन थ्री कलसाइन भएका इन्स्पेक्टर जगन्नाथ खनाल र उत्तर–दक्षिणतिरका किलो वन टु कलका एकीन्द्र खड्काको टोलीलाई पश्चिमतिर सामेल हुन आदेश दिए ।
अघि–अघि न्यौपाने पछि–पछि फौज दौडियो । भीडले सुरक्षाकर्मीलाई च्याप्यो भनिएको पश्चिमी नाकामा एसएसपीको टोली पुग्दा प्रदर्शनकारी पूर्व फर्किएका थिए । न्यौपाने पश्चिम फर्किएर प्रदर्शनकारी अगुवा (फोरम सभासद्) रामजनम चौधरीसँग भन्दै थिए, ‘यस्तो गरिदिन भएन हजुर !’ भन्दाभन्दै पछाडिबाट पिठ्युँमा बञ्चरो र भाला प्रहार भयो । उनी भुक्लुक्क ढले । उनलाई छोप्न खोज्दै थिए, इन्स्पेक्टर केशव बोहरा र बलराम विष्टले ।
तर, उनीहरु पनि बञ्चरोकै प्रहारमा ढालिए । प्रहरीहरु ढालिँदा सशस्त्र प्रहरीले थप मद्दत दिन्छ भन्ने न्यौपानेको आशा थियो । तर, जब भीडले प्रहरी टोलीलाई च्याप्न थाल्यो, न्यौपानेलाई त्यहाँबाट छाडेर सशस्त्र एसपी लक्ष्मण सिंह घटनास्थलबाट बाहिरिए ।
उनले थरुहट अगुवा रमेश चौधरीलाई साथमा लिएर गए । प्रहरी कमाण्डहरुहरु ढलेसँगै प्रदर्शनकारीले एसएसपीका बडीगार्डसँग रहेको अत्याधुनिक एसएलआर राइफल खोसे । एसएलआर नियन्त्रणमा लिएपछि भिड लम्कियो नजिकै साउद परिवारको घरतिर ।
सशस्त्रका जागिर खाने त्यो परिवारका वरिष्ठ हवल्दार ललित साउद प्रदर्शनकारीको पहिलो निशाना बने । उनीहरु अछामबाट बसाईं सरी त्यहाँ गएका हुन्  र भीम रावलका आफन्त पनि ।
जेठा पूर्णबहादुर साउद सशस्त्रका डिएसपी हुन् भने कान्छा नेत्रबहादुर सशस्त्रकै हलव्दार र लेखा सहायक पनि । डेढ क्विन्टलका ललित सशस्त्रका घुमुवा हुन् ।
तीन दाजु भाईलाई एकैचिहान बनाउने गरी प्रदर्शनकारी त्यहाँ पुगेका थिए । तर, घरको बरण्डामा डिएसपी पूर्ण एक्लै थिए, भाइ नेत्रको छोरा खेलाउँदै । भीड देखेपछि उनी भागे, तर बालक मारिए ।
सशस्त्र-थरुहट कनेक्सन
सशस्त्र साथमा थिएन भने सायद एसएसपी न्यौपाने अर्को रणनीतिका साथ भिड नियन्त्रणमा जुट्थे वा अश्रुग्याँस र रबर बुलेटको सहाराले भीडलाई तितरबितर पार्थे ।
तर, सशस्त्रले आफ्नो गाडी चढाई–चढाई भीडको बीचमा लगेर छाड्ने र हमला भएपछि सर्लक्क पछाडि हट्ने कारण उच्च पदस्थ प्रहरी अधिकृतसहितका मारिए ।
भीडन्तमा घाइते भई हाल नेपालगञ्जमा उपचाररत एक सशस्त्र जवानले बयान दिइसकेका छन् । ‘झडप सुरु भएपछि हामीलाई विथ ड्र हौ (फर्कनु) भनेका थिए । सोहीअनुसार फर्कंदै थियौं ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडाैं, भदाै ९ । गत बिहीबार प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डानाइके कुमार घैँटेको व्यावसायिक पार्टनर राजेश कार्की पक्राउ परेका छन् ।

घैँटेको सम्पत्ति अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखाले घैंटेका सहयोगी कार्कीलाई सोमबार पक्राउ गरेको हो । कार्कीलार्इ प्रहरीले अाजै सार्वजानिक गर्ने बताएकाे छ ।


घैँटेसँग मिलेर उनले विभिन्न व्यवसाय गर्दै आएका थिए । लाजिम्पाटको फ्राइडे रेस्टुरेन्टका सञ्चालक रहेका कार्कीले नै घैँटेको आर्थिक कारोबार मिलाउने गरेको सूचनाका आधारमा महाशाखाले उनलार्इ पक्राउ गरेको हो ।

उनकै फ्राइडे रेस्टुरेन्टमा घैँटेले ठेकदारहरूलाई बोलाएर धम्क्याउने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

कार्कीले ट्राभल एजेन्सीका नाममा १०/१२ करोडको अस्वाभाविक कारोबार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

करिब १० वर्षअघि सामान्य जागिर गर्ने कार्कीको हाल करोडौँको सम्पत्ति भेटिएको छ । महाशाखाले नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर अनुसन्धान अघि बढाएको छ । घैँटेले चलाउँदै आएको गजुरमुखी कन्स्ट्रक्सनमा भने कार्कीको आफ्नै नाममा सेयर भेटिएको छैन ।

कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसीकी श्रीमतीलगायत सातजनाको नाममा सो कम्पनीमा सेयर रहेको खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार घैँटेसँग करोडौँको सम्पत्ति भए पनि आफ्नै नाममा भने कमै मात्र भेटिएको छ ।

सहयोगी र आफन्तका नाममा पनि गुन्डागर्दीबाट कमाएको रकम जम्मा गरेको आशंकामा महाशाखाले छानबिन थालेको छ ।

(उल्लेखित तस्विर इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेकाे हाे) भिडियो हेर्न तलको बाकस थिच्नुहोस
परासी : नवलपरासी सदरमुकाम परासीमा बुधवार दिउँसो मधेसी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् ।

सदरमुकाम परासीमा जारी निषेधाज्ञा तोडेर अघि बढ्ने क्रममा प्रदर्शनकारीमाथि प्रहरीले दर्जनौ अश्रु ग्यास र केही राउण्ड हवाई फायर गरेको छ ।

प्रदर्शनकारीले महेशपुर चोकस्थित बाईपास रोडमा राखिएको निषेधाज्ञा लेखिएको सूचना बोर्ड फ्याकेपछि झडप सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

प्रदर्शनकारीहरु बाइपास रोडको दुईतिरबाट अघि बढेपछि प्रहरीले स्थिति नियन्त्रण गर्न गोली प्रहार गरेको बताएको छ ।

ढाडमा गोली लागेका बिहडी धोकको उपचार हुँदै । तस्बिर : हरि शर्मा
गोली लागेर सनई–९ पडरीका बिहडी धोवी घाइते भएका छन् । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज पठाइएको छ ।
प्रदर्शनका क्रममा गोलीको छर्रा लागेर रामग्राम नगरपालिका–५ की मुन्नी जयसवाल घाइते भएकी छन् ।

आन्दोलनकारीहरु सदरमुकाम प्रवेश गर्ने स्थान महेशपुर चोकस्थित बाईपास रोड, मञ्जरिया चोक र शान्ति चौरमा जम्मा भएर निषेधाज्ञा तोड्ने प्रयास गरेपछि झडप भएको थियो ।

अहिले जिल्ला सदरमुकामको स्थिति तनावपूर्ण छ । स्थानीय प्रशासनले सोमबार साँझदेखि एक हप्तासम्म परासी सदरमुकामसहित बर्दघाटको भूताहासम्मका लागी निषेधाज्ञा जारी गरेको छ ।  


निषेधित क्षेत्रतर्फ अघि बढेका प्रदर्शनकारीलार्इ बन्दुक ताक्दै सशस्त्र प्रहरी । तस्बिर : हरि शर्मा

गोलीको छर्रा लागेर घाइते मुन्नी जैसवाल। तस्बिर : हरि शर्मा

अश्रुग्यासले आँखा पोलेपछि पत्रकारसँग पानी माग्दै सशस्त्र प्रहरीका जवान । तस्बिर : हरि शर्मा

परासीमा प्रदर्शन गरिरहेका मधेसी दलका कार्यकर्ता । तस्बिर : हरि शर्मा
www.annapurnapost.com
एजेन्सी : बलिउड अभिनेता अक्षय कुमार केही त्यस्ता अभिनेतामा पर्छन्, जो फिल्ममा धेरैजसो स्टन्ट आफैं गर्छन् ।

खतारनाका दृश्यमा पनि आफैंले स्टन्ट गर्दा उनी जल्न पुगे । अक्षयको आउन लागेको फिल्म सिंह इज ब्लिङ्गको सुटिङका क्रममा स्टन्ट स्टन्ट गर्दा अक्षयको शरीरमा आगो लाग्न पुग्यो । यो घटना मुम्बईमा भएको हो । आगो लागेपछि तत्कालै निभाएकाले उनी बाँच्न पुगे ।

अघिल्लो साता सिंह इज ब्लिङ्गको एउटा गीत रिलिज गरिएको थियो । यो गीतमा अक्षय धेरै स्टन्ट गरिरहेका देखिएका थिए । यही गीतमा एक सिनको सुटिङ गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

 सुटिङका क्रममा अक्षयले बलेको आगो बीचबाट कुद्नुपर्ने थियो । यसका लाग अक्षयले पूर्वअभ्यास पनि गरेका थिए ।

तर जब सुटिङ शुरु भयो तब उनको खुट्टाको पछिल्लो भाग आगोमा ठोक्किन पुग्यो । त्यसपछि अक्षयको जिउमा आगो लाग्यो र उनी जमिनमा लड्न पुगे ।

आगोले जलेर अक्षय ढलेपछि फिल्मका सदस्यहरुले तत्कालै निभाएर ठूलो दुर्घटना टर्न पुग्यो । आगोले जलेपछि पनि अक्षयले सुटिङ जारी राखे अनि फिल्मको सुटिङ सके ।

प्रभु देवाको फिल्म सिंह इज ब्लिङ्ग २ अक्टोबरमा रिलिज हुँदैछ । यो फिल्मा अक्षयसँगै हिरोइन एमी ज्याक्सन पनि एक्सन सिनमा देखिनेछिन् ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home