कैलाली, १० भदौ– बिहीबार जिल्लाको टिकापुरमा निषेधाज्ञा जारी गरेको स्थानमा जबर्जस्ती देखा परेका एक पूरुषमाथि प्रहरीले गोली चलाएको छ ।
निषेधाज्ञा जारी गरिएको स्थानमा एक्कासि देखापरेका जगत देवकोटामाथि प्रहरीले गोली चलाएको हो । सो घटनामा प्रहरीले एकजना सुरक्षाकर्मीलाई पनि सामान्य घाइते भएका छन् ।
निषेधाज्ञा जारी गरेको ठाउँमा जर्बजस्ती देखिएका देवकोटालाई पटक–पटक सम्झाउँदा पनि नटेरेपछि उनलाई वाध्य भएर गोली प्रहार भएको प्रहरीको भनाई छ । घाइते देवकोटाको टिकापुर अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भैरहेको बताइएको छ । सो घटनापछि टिकापुर क्षेत्रमा फेरि सन्त्रास फैलिएको छ ।
अहिले टिकापुर क्षेत्र आसपास नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले कडा निगरानी गरिरहेको बताइएको छ ।
kathmandutoday.com

भक्तपुर, भदौ १० । आज बिहान परेको भीषण पानीका कारण आएको बाढीले भक्तपुर र मध्यपुर थिमि पूरै डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण खोला आसपासका क्षेत्रहरुको जनजीवन निकै प्रभावित भएको छ ।
भक्तपुरको बस्तीमा बिहान ५ बजेदेखि र मध्यपुर थिमिमा बिहान नौ बजेदेखि बाढीको पानी पसेपछि धेरैले भागेरै ज्यान जोगाएका छन् । बाढी बस्तीभित्र पसेपछि अरनिको राजमार्ग, अस्पताल, विद्यालय, भूकम्पपीडितका अस्थायी शिविर, जगाती–च्याम्हासिंह क्षेत्र, भेलुखेल, राममन्दिर, बाराहीस्थानका घरहरु डुबानमा परेका छन् ।
भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा रहेको भूकम्पपीडितको ८५० जना बस्दै आएको शिविर पूरै डुबानमा परेपछि बिहानैदेखि भागदौड मच्चिएको थियो ।
“बिहान ५ बजे सुतिरहेको शिविरमा एक्कासि पानी पसेपछि भूकम्पपीडितबीच भागदौड मच्चियो”, शिविरमा बस्दै आएकी राधिका त्वातीले भन्नुभयो – “कोही बच्चा बोकेर दौडिए, बूढाबूढीलाई कसैले घिसार्दै दौडिए, शिविरका केही सामान झिक्न पाइएन, ज्यान जोगाउनै मुस्किल प¥यो ।”
शिविरको बस्तीमा बसेका भूकम्पपीडितले कुनै सामान झिक्न पाएनन् भने नेपाली सेना र प्रहरीले शिविरका धेरैलाई उद्धार गरेका थिए । खोलाको बाढी सडक हुँदै बस्तीमा पसेपछि यस क्षेत्रका घरहरु एकतलासम्म डुबानमा परेका थिए । लत्ता कपडा र ओछ्यान डुबेपछि शिविरका बासिन्दाको बिचल्ली भएको छ ।
भक्तपुर नगरपालिका भएर बग्ने हनुमन्ते खोला क्षेत्र आसपासमा जगाते– च्यामासिंह सडकखण्डका दायाँबायाँका बस्ती, महेश्वरी क्षेत्र, हनुमानघाट, भेलुखेल, राम मन्दिर क्षेत्र, बाराही स्थान, सल्लाघारी, सिर्जनानगरका सयौँ घर, पसल एवम् कारखाना डुबानमा परेका छन् ।
भक्तपुरको शान्ति निकेतन मावि, शारदा प्रावि, बालसेवक निमावि, ब्राइटस्टार, परोपकारको भवन डुबेपछि पढाइसमेत अवरुद्ध भएको छ भने बाढीले सडक अवरुद्ध बनाएपछि धेरै विद्यालयको पढाइ प्रभावित भएको छ ।
भक्तपुरकै सिद्धिस्मृति अस्पताल, इवामूरा अस्पताल डुबानमा परेपछि बिरामीको उपचार समेत प्रभावित भएको छ । इवामुरा अस्पतालमा पानी पसेर डुबानमा परेपछि आकस्मिक सेवा र ओपिडी सेवा र कलेज नै बन्द गर्नुपरेको अस्पतालका प्रबन्धक रञ्जीत मारिकुले जानकारी दिनुभयो ।
त्यसैगरी, सिद्धिस्मृति अस्पताल पौडी पोखरीमा परिणत भएपछि उपचार प्रभावित भएको छ । अस्पतालको एम्बुलेन्सदेखि इमर्जेन्सीसम्म डुबानमा परेको छ भने, अस्पतालको भुइँतला सबै डुबानमा परेपछि उपचारसमेत प्रभावित भएको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिनुभयो । अस्पतालको जेनेरेटरदेखि प्राविधिक सामग्रीहरु डुबानमा परेपछि रु दुई करोड बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।
यता बिहान ९ बजे मध्यपुर थिमिमा बाढी पसेपछि यहाँका तीन सय ५० घर डुबानमा परेका छन् । बिहान ९ बजे बस्तीमा बाढी पसेपछि यहाँका बासिन्दा ज्यान जोगाउँदै भागेका छन् भने धेरै मानिस माथिल्लो तलामा गएर बसेका छन् ।
मध्यपुर थिमि नगरपालिका क्षेत्रको निकोसेरा, राधेराधे, चक्रवर्ती मार्ग पूरै डुबानमा परेको छ । चक्रवर्ती मार्गका स्थानीय बासिन्दा राधिका थापाले खाना खाएर बच्चालाई विद्यालय पु¥याउन जाँदासम्म केही नभएको तर बच्चालाई स्कुल पु¥याएर आउँदा घर एक तला डुबिसकेको बताउनुभयो ।
राधेराधे बस्ने दुर्गा खड्काले बस्तीको पहिलो तला पूरै डुबानमा परेपछि धेरैले घर छाडेर निस्केको, केही घरको माथिल्लो तलामा गएर बसेको बताउनुभयो । बस्तीमा घरभित्र परेका बच्चालाई प्रहरी वृत्त थिमिका प्रहरीले उद्धार गरेर बाहिर निकालेका थिए । बिहान ११ बजेसम्म मध्यपुर थिमि क्षेत्रमा पानीको सतह बढ्दै गएको थियो ।
वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा पहिरो जाँदा करिब पाँच घन्टा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उपत्यकाबाट रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्ला जाने सवारी साधन र उताबाट उपत्यका आउने सवारी साधन बीचमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए । डोजरले पहिरो पन्छाएपछि सडक ९ बजे खुलेको थियो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

अनिल बस्नेत
अध्यक्ष
शिवसेना नेपाल
लामो समयदेखि यहाँहरु हिन्दुराष्ट्रको माग गर्दे आउनु भएको छ तर हिन्दुराष्ट नहुँने छाँट देखियो नी ?
हामी नेपाली हौ । हाम्रो धर्म र संस्कार छुट्टै छ । जस्तो हामी नेपालीको संस्कार छ, त्यही प्रकारको विधि र ब्यक्तिको स्वार्थका लागि हामीले यो माग गरेका
कानुन निर्माण गर्नु राज्य संचालकको दायित्व हुन्छ । नेपाली समाजको चरित्र हिन्दुधर्म ग्रन्थमा आधारित छ । तर दुर्भाग्य आज त्यही चरित्रको हत्या गरिदैछ । नेपाल सदियौ देखि हिन्दु दर्शनबाट चलेको छ । रिति रिवाज यस्तै छ । नेपाल एउटा स्वर्गभूमी हो । नेपाली समाजको चरित्र नै हिन्दुधर्मसँग गाँसिएको हुनाले शिवसेना नेपालले हिन्दु राष्ट्रको माग गरेको हो । हामी नेपालबाट विश्वलाई शान्तिको मार्गमा हिडाउने प्रयत्नमा छौ ।
होइनौ । दिर्घकालिनरुपमा नेपालीको हित होस भन्ने हाम्रो चाहाना हो । तर यहाँका राज्य सञ्चालकहरु केही विदेशीको स्वार्थमा हिडेर हिन्दु संस्कार नष्ट गर्ने प्रयत्नमा छन् । एउटा सानो कुरा माओवादीले १३ हजार मान्छे मारेर सत्तामा आयो । यदि हिन्दु राष्ट्रका लागि हामीले आन्दोलन र हतियारको आडमा लड्ने हो भने कति विनाश हुन्छ त्यसको आकलन अहिलेका राज्य सञ्चालन गरिरहेका दलहरुले सोच्न पनि सक्दैनन् ।
अब के गर्नु हुन्छ यहाँहरुले ?
हिन्दु राष्ट्र अब शिवसेना नेपालको मात्र मुद्दा रहेन । ९० प्रतिसत भन्दा बढि नेपालीको साझा मुद्दा भइसकेको छ । नेपालीको मागलाई यदि बेवास्था गर्ने हो भने हामी चुप लागेर बस्दैनौ । अहिले देश चलाइरहेकाहरुलाई ठुलो घातक हुन सक्छ । जनताको चाहाना कदर नगरे त्यसको परिणाम भोग्न दलका नेताहरु तयार रहन म चेतावनी दिन चाहान्छु । तर हाम्रो काम र कर्तब्य विनाश होइन
राज्य सञ्चालकका गतिविधि नेपालीको हितमा हुनु पर्दथ्यो । हाम्रो शक्तिपनि नेपालीकै हितमा छ । हामीले अहिले धैर्य गरिरहेका छौ । अरु पार्टी जस्तो हामीले आफ्नो स्वार्थका लागि जनता मार्ने काम गर्दैनौ । तर एउटा यस्तो समय आउँछ त्यो बेला यी विदेशी दलालले कारवाही पाउँछन् । अहिले नै उनीहरुको बुद्धि विर्काे उघारे राम्रो होला । शिव सेना नेपाल आज रगतको आँशु बगाएर बसेको छ । संविधानका नाममा नेपालीको पहिचान मेटिदैछ, हामी सहेर बसेका छौ । राष्ट्र विदेशीको इसारामा चलेको हामीले थाहा पाउँदा पनि चुप लागेर बसेका छौ । जनतालाई लडाई रहेका छन् तर पनि हामी चुप लागेर बसेका छौ । कति दिन अब रगतको आँशु बगाउने र चुप लागेर बस्ने ? अव चुप लागेर हामी बस्दैनौ, दलालहरुलाई कारवाही गरेरै छाड्छौ ।
कसरी दलहरु दलाल भए के प्रमाण छ ?
प्रमाण छ, जो हरेक नेपालीलाई थाहा भइसकेको छ । राजनीतिक दलका नेताहरु नेता होइनन् दलाल हुन् । विदेशीहरुको केही पैसामा उनीहरु बिक्रि भइसेका छन् । केही देशका केही ब्यक्तिबाट रकम खाएर उनीहरुले देश र नेपालीको पहिचान बेचिरहेको छन् । उनीहरुलाई एउटा कुरा थाहा रहेनछ, नेपालमा नेपाली आमालाई माया गर्ने धेरै छन् । जुन दिन नेपाली आमालाई माया गर्ने सपुतहरु आउँछन् त्यो दिन विदेशीको पैसा पचाउनु त परको कुरा उनीहरुले आफ्नो दाहसंस्कारको नशिव पनि पाउने छैनन् ।
तपाईहरुले जति भनेपनि धर्मनिरपेक्षता शब्द त संविधानबाट नहट्ने भयो ?
संविधान बन्ने नवन्ने कुरा हाम्रो महत्वको कुरा होइन । महत्वको कुरा त नेपालीको पहिचान बच्यो या बचेन भन्ने हो । हिन्दुराष्ट्र विनाको संविधान आएमा शिवसेना नेपालले टिक्न दिँदैन । हिन्दु राष्ट्र चाहने ९० प्रतिसतले सडकबाट आफ्नो संविधान लेख्छन् । अर्काे कुरा हामीलाई अब ज्यानको माया पनि छैन । जसले ज्यानको माया गर्छ उसलाई मर्नको डर हुन्छ । शिवसेना नेपालले मृत्यु जितिसकेको छ । मृत्युसँग डर छैन । यसको आबास केही समयपछि राजनीतिक दलका दलालहरुले थाहा पाउनेछन् ।
तपाइहरुको संगठन कति ठुलो छ र ?
हाम्रो संगठन कति ठुलो छ भन्ने कुरा निकट भविश्यमै थाहा हुन्छ । नेपालमा मात्र हैन हाम्रा शाखाहरु विदेशमा पनि छन् । कतार, अस्टेलिया, अमेरिका केही दिनअघि भारतमा पनि विस्तार गरेका छौँ । नेपालीको पहिचान हिन्दुराष्ट बनाउन विदेशबाट पनि कम्मर कसीसकेको अवस्था छ ।
केही दलका नेताहरुले देश टुक्राउने अभिब्यक्ति दिइरहेका छन नी ?
मैले पनि मिडिया मार्फत थाहा पाएँ । नेपाली कांग्रेस र मधेशबादी दलका केही विदेशी दलालहरुले यस्तो भनेको थाहा पायौै । देश ट्क्राउने अभिब्यक्ति दिनेलाई तत्काल कारवाही गर्नु पर्दछ । उनीहरुलाई अहिले सडकमा जनताका अगाडी कारवाही गरिएन भने भोली हामी सडकमै उनीहरुलाई फाँसी दिन्छौ । नेपाली दाजुभाईहरुमा फाटो ल्याउने काम भइरहेको छ । दाजुभाइहरुलाई आपसमा भिडाउनेलाई तत्काल जनताले चिन्न जरुरी छ । उनीहरुले जुन ठाउँमा देश ट्ुक्राउने अभिब्यक्ति दिन्छन् सोही ठाउँमा फाँसीसम्मको सजाय दिन शिवसेना नेपाल अब तयार छ । हामीलाई जनताको साथ रहनेछ । हरेक दलभित्र दलाल छन् । कोही युरोयिनको दलाल छन् । कोही नजिकका छिमेकी देशका दलाल छन् । राज्य नै दलाल छ । यस्तो बेला देश बचाउनु हाम्रो कर्तब्य हो । जनता सचेत हुन जरुरी छ ।
yeskathmandu भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, १० भदौ । इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’का व्यावसायिक पार्टनरलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको एक टोलीले घैँटेको सम्पत्ति अनुसन्धानका लागि भन्दै सहयोगी राजेश कार्कीलाई सोमबार पक्राउ गरेको हो । घैंटेको सहयोगमा कार्कीले ट्राभल एजेन्सी खोलेर १० देखि १२ करोड सम्मको अवैध कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेका कार्की लाजिम्पाटको फ्राइडे रेस्टुरेन्टका सञ्चालक हुन् ।
उनले घैँटेको आर्थिक कारोबार सम्हाल्दै आएको सूचना पाएपछि महाशाखाको टोली सोमबार होटल पुगेको थियो । प्रहरी अनुसन्धान अनुसार कार्कीको रेस्टुरेन्टमा ठेकदारहरूलाई बोलाएर घैँटेले धम्क्याउँदै असुली गर्दथे । धम्की आएपछि केही व्यापारीले त महाशाखामा उजुरी समेत दिएका थिए । त्यही उजुरीका आधारमा पनि प्रहरीले घैंटेका सहयोगी कार्कीलाई नियन्त्रणमा लिएको हो ।
करिब १० वर्षअघि सामान्य जागिरे रहेका कार्कीको नाममा हाल करोडौँको सम्पत्ति पनि भेटिएको छ । घैंटेको सम्पत्तिको अपराध महाशाखाले नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घैँटेसँग करोडौँको सम्पत्ति भएको भनिएपनि उनको नाममा थोरै मात्र भेटिएको छ । सहयोगी र आफन्तका नाममा पनि गुन्डागर्दीबाट कमाएको रकम जम्मा गरेको हुन सक्ने भन्दै महाशाखाले घैंटेको सम्पत्तिको छानबिन थालेको हो ।

फोटो :रासस
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सहर पसेर बगाउँदै गरेका एक व्यक्तिलार्इ बचाउँदै स्थानीयबासी

फोटो :सौजन्य: सिद्धि प्रधानाङग
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको सिद्धि अस्पताल परिसरमा रहेको कार।
www.annapurnapost.com

काठमाडौं, १० भदौ । नेपाली बजारमा बुधबार ८ रुपैयाँले घटेको सुनको भाउमा विहीबार पनि गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार मूल्य घटेसँगै बिहीबारका सुन तोलाको ५० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार सुन तोलाको ५१ हजारमा कारोवार भएको थियो भने मंगलबार ५१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । दुई दिनको अन्तरमा सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो ।
चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार बजारमा चाँदी तोलाको ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ८१ रुपैयाँमा किनबेच भएको थियो ।
dainiknepal.com