मलेसिया । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेकी एक नेपाली चेलीले आत्महत्या गरेकी छन् ।
१० महिना अगाडि रोजगारीका लागि मलेसिया पुगेकी पाँचथरको भारपा- ७ की २७ वर्षीय निलम पन्धाकले बुधबार बिहानै आफू बस्ने होस्टलको ट्वाइलेटमा आत्महत्या गरेकी हुन् । डोरीको पासो घाटीमा लगाइएको अवस्थामा उनी मृत भेटिएकी थिईन् । आत्महत्याको कारण खुल्न सकेको छैन् ।
निलम मलेसियाको मेरुमा रहेको टप ग्लोव कम्पनीमा कार्यरत निलमको शवलाई पोस्टमार्टमका लागि केलाङ अस्पताल लगिएको छ । पोस्टमार्टपछि शव नेपाल पठाइने नेपाली दूतावासले जनाएको छ । लिलमका श्रीमान र एक छोरा रहेका छन् ।
dainiknepal.com

सामान्य प्रशासन मन्त्रालयद्वारा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार
कपिल ज्ञवाली
११ भदौ, बुटवल । साउन २९ देखि भदौ २४ सम्मका लागि घरबिदा लिएर आन्दोलनमा होमिएका सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर धनीराम चौधरीलाई कारबाही हुने भएको छ ।
अनलाइनखबरको समाचार पछि सामान्य प्रशासन मन्त्रालयले उनलाई कारबाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् ।
हेर्नुस् समाचार : सरकारी अड्डामा घरविदा लिएर आन्दोलनको कमाण्डर
कानुनविपरीत राजनीतिक आन्दोलनमा सरिक हुँदै आएकाले चौधरीलाई कारबाही गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
‘बिहिबार पत्र नै पठाएर सत्य तथ्य बुझेर कारबाहीका निम्ति प्रकृया अघि बढाउन भनिएको छ,’ सामान्य प्रशासन मन्त्री लालबाबुका स्वकीय सचिव बसिम आलमले अनलाइनखबरसँग भने । उनले प्राविधिक कर्मचारी भौतिक योजनाले हेर्ने भएकाले उसैले कारवाही गर्ने जानकारी दिए ।
धनिराम चौधरीको हाजिरी रजिष्टर । भदौ महिना पूरै उनले विदा लिएका छन् ।

चौधरी करिब एक वर्षअघि थारू कल्याणकारी सभाको अध्यक्ष बनेका हुन् । उनी सरकारी काममा घरबिदा लिएर आन्दोलनको कमाण्डर बनेका थिए ।
सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐन विपरीत चौधरी थारू कल्याणकारी सभाको अध्यक्ष भइ थरुहट प्रदेशको माग गर्दै सरकार विरोधी आन्दोलनमा होमिएको प्रमाण भेटेपछि कारवाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।
उनी थारू सभासदहरूको मोर्चासहित ४ संगठनको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक पनि हुन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं : उच्च माध्यमिक शिक्षा परिषद्ले गत बैशाखमा सञ्चालन गरेको १२ कक्षाको विज्ञान विषयको परीक्षाफल प्रकाशित गरेको छ ।
शुक्रबार प्रकाशित गरिएको नतिजाअनुसार नियमिततर्फ ७१.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी आंशिकतर्फ ४४.३० प्रतिशत विद्यार्थी उत्र्तीण भएका जानकारी उच्च माध्यमिक शिक्षा परिषद्ले दिएको छ ।
annapurnapost.com

'तीन दलले अरुलाई बाइपास गर्न खोजे '
काठमाडौं : राष्ट्रपति डा. रामवरण यादवले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट भएका मधेस केन्द्रित तथा अन्य दलको नेताहरुसँग सामूहिक रुपमा छलफल गरेका छन् ।
बिहान १० बजेदेखि ११ बजेसम्म शितल निवासमा राष्ट्रपति यादवले संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईलगायतका अन्सन्तुष्ट मधेसी तथा अन्य दलका नेताहरुसँग छलफल गरेका थिए। भेटमा असन्तुष्ट दलका नेताहरुले सेना परिचालन गर्ने निर्णय, संविधान निर्माण प्रक्रियालगायतका विषयमा आफ्ना भनाइ राखेका थिए ।
भेटमा सहभागी राईका अनुसार राष्ट्रपति सेना परिचालनको निर्णय गलत भएकोले आफूले सच्चाउन प्रधानमन्त्रीलाई भनिसकेको र त्रुटी भएकोमा प्रधानमन्त्रीले नै माफी मागेको बताएका थिए । राजनीतिक समस्याको समाधान राजनीतिक ढंगबाट खोजिनुपर्ने र यसमा सेनालाई मुछ्न नहुने भनाइ राष्ट्रपतिले राखेका थिए ।
संविधान निर्माण प्रक्रियामा असन्तुष्ट दलहरुलाई समेट्नका लागि आफूले सक्दो पहल गरिरहेको राष्ट्रपति यादवले बताएका थिए। राष्ट्रपतिले प्रधानमन्त्री तथा मुख्य दलका शीर्ष नेताहरुलाई थोरै ढिला भए पनि सबैलाई समेटेर संविधान ल्याउन सुझाव दिएको बताए। उनले तीन दलले मात्रै संविधान ल्याएर ठीक नहुने बताउँदै सबैलाई समेट्नुपर्ने धारणा राखेका थिए।
राष्ट्रपतिको भनाइ उधृत गर्दै राईले अन्नपूर्ण पोस्ट्सँग भने, 'तीन दलले अरुलाई बाइपास गर्न खोजेका छन् । यो ठीक हुँदैन । यसबारेमा मैले प्रधानमन्त्री र मुख्य दलका नेताहरुलाई भनिसेको छु ।'
राष्ट्रपतिसँगको भेटमा नेपाल सद्भावना पार्टीका उपेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका रामनरेश यादव, संघीय थारुवान पार्टीका भानु चौधरी, तमलोपाका गोविन्द चौधरी, संघीय लोकतान्त्रिक पार्टीका कुमार राई लगायत थिए ।

प्युठान, ११ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका–१५ दम्ति बस्ने २० बर्षीय विक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
कुमालले विहीबार सोही नगरपालिका–१४ खप्रिङखोला घर भई गुरीगाईमा रहेको माइती घरतर्फ जाँदै गरेकी २० बर्षीया महिलालाई प्युठान नगरपालिका–१६ कोलछाप्नामा जबरजस्ती करणी गरेको बताइएको छ ।
जबरजस्ती करणी गरी फरार रहेका कुमाललाई प्रहरी चौकी मरन्ठानाबाट खटिएको प्रहरी टोलीले चिउरीखोला भन्ने स्थानबाट पक्राउ गरेको हो । प्रहरीले पीडक तथा पीडित महिलाको स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पतालमा पठाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

जोतिन बलियो बन, तिमीलाई मेरो शुभकामना’
काठमाडौं : रियल मड्रिडका पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोका विश्वभर करोडौं फ्यान रहेका छन् ।
मड्रिडबाट ७ नम्बर जर्सीमा मैदानमा उत्रने उनी र उनका क्लबले जितेको हेर्न चहाने फ्यानको नेपालमै पनि कमी छैन ।
आफ्नो फुटबल कलाले विश्वभरका फुटबल प्रेमीको मन र मुटुमा बस्न सफल उनी मैदान बाहिर पनि बेला बेला अनौठा काम गरेर चर्चामा आइरहन्छन् ।
सामाजिक काममा समेत उत्तिकै चाख राख्ने उनले गत वैशाखको भूकम्पपीडित नेपालीका लागि करोडौं डलर दिएको समाचारले विश्वभर हल्लीखल्ली भयो । तर, अन्त्यमा त्यो खबर झुठो सावित भयो ।
रोनाल्डो फेरि एक पटक नेपालसँग जोडिन पुगेका छन् । नेपालका एक भूकम्पपीडित बालकलाई आफूले हस्ताक्षर गरेको रियल मड्रिडबाट लाउने आफ्नो ७ नम्बरको टिसर्ट पठाएर उनी पुनः चर्चामा आएका हुन् ।
बनेपा नगरपालिका निवासी रोनाल्डोका फ्यान १३ वर्षीय जोतिनलाई उनले स्पेनबाट आफ्नो टिसर्ट पठाइदिएका हुन् । जतिनलार्इ टि-सर्ट ल्याइदिएर उनका प्रतिनिधि बनेपामै पुगेका थिए ।
रोनाल्डोले पठाइदिएको टिसर्टको प्याकेट आफ्ना सहपाठीहरुसँग खोल्दै जोतिन खुसी मुद्रामा देखिएका छन् । जोतिनले आफू कुशल फुटबल बन्न चाहेको बताउँदै भवष्यिमा रियल मड्रिडबाट खेल्ने इच्छा व्यक्त गरे ।
'मलार्इ क्रिस्टियानो रोनाल्डो मन पर्छ, रियल मड्रिडलार्इ पनि म उत्तिकै माया गर्छु,' जोतिने भने, 'एक दिन म मेरो मन पर्ने क्लब रियल मड्रिडबाट फुटबल खेल्न चाहन्छु किन कि म फुटबललार्इ माया गर्छु ।'
वैशाख १२ को भूकम्प आउँदा जोतिन बनेपामै फुटबल खेलिरहेका थिए । शनिबारको दिन फुटबल खेल्दाखेल्दै भूकम्पले हल्लाएपछि उनी केही बेर रोकिए । र, फेरि फुटबल खेल्न थाले ।
जोतिनको फुटबल मोहबारेमा फोटो पत्रकार ओमार हभाना र पोर्चुगलका पत्रकार मार्गिडा मोटाले थाहा पाएर यो खबर रोनाल्डोलाई सुनाइदिएका थिए ।
जोतिनको खबर दुबैजनाले रोनाल्डोका एजेन्ट जोर्जे मेन्डेसलाई सुनाइदिएपछि उनको पहलमा शुभकामनासहितका आफ्नो टिसर्ट रोनाल्डोले गत साता पठाइदिएका हुन् ।
‘जोतिन बलियो बन, तिमीलाई मेरो शुभकामना’, रोनाल्डोले जोतिनलाई पठाइदिएको टि–सर्टमा लेखेका छन् ।
एजेन्सीको सहयोगमा ज्ञानेन्द्र खड्का

काठमाडौं । कुमार घैंटेको इन्काउन्टरपछि चर्चामा आएका एसएसपी सवेन्द्र खनालले टोले गुण्डाहरु डन नभएको भन्दै प्रहरी नै असली डन भएको बताएका छन् ।
आजको साप्ताहिकसँग कुराकानी गर्दै खनालले भनेका छन्, ‘डन भन्ने शब्द सकारात्मक रुपमा पनि बुझिन्छ, यस अर्थमा ती टोेले गुण्डालाई डन नभनेकै राम्रो ।
सकारात्मक रुपमा बुझ्ने हो भने समाजका डन हामी हौं, जसले विना स्वार्थ नागरिकको सुरक्षाको जिम्मेवारी लिएका हुन्छौं ।
होटल हस्पिटल, स्कूले, कलेज, ट्राभल र तरकारी बजारमा समेत जवर्जस्ती पैसा उठाउनेहरुाई डन भन्ने ? प्रहरी यस्ता गुण्डालाई तह लगाउन सक्षम छ तर, त्यसका लागि सबैको सहयोगचाँहि आवश्यक हुन्छ ।
ephilokhabar.blogspot भिडियो हेर्न तलको बाकस थिच्नुहोस