देउवाको प्रश्न : यस्तो झुट बोल्ने बाबुराम कसरी डाक्टर भए ?
काठमाडौँ : कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु र पहाडीका बीचमा मेलमिलाप हुन नदिने तत्व सक्रिय रहेकाले सचेत हुन आग्रह गरेका छन्।
सिन्धुपाल्चोक कांग्रेसले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने,“थारु र पहाडी आपसमा मिलेर बस्दै आएका छन्। तर अहिले फुट ल्याउने तत्व सक्रिय भएका छन्।' उनले थारु–पहाडी–जनजातिलगायतका समुदाय मिलेर नबसे नेपालको अस्तित्व नै खतरामा पर्ने भएकाले आपसी सद्भाव कायम गरी फरक मत शान्तिपूर्ण रुपमा राखिनुपर्ने बताए।
उनले सम्वाद समितिका सभापति बाबुराम भट्टराईले आफूलाई थारु विरोधी नेताको भनेकोमा कडा आपत्ति जनाए। उनले भने, को हो त्यो बाबुराम मलाई थारु विरोधी भन्ने। यस्ता झुटा कुरा गर्ने। देउवा आक्राशित हुँदै भने, यस्ता झुटो बोल्ने बाबुराम कसरी डाक्टर भए, उनले कसरी पिएचडी गरे ?
देउवाले आफू कहिल्यै पनि थारु विरोधी हुन नसक्ने बताउँदै भने, जो व्यक्ति कमैया मुक्ति र थारु अधिकारका लागि सधै लडिरह्यो, उ कसरी थारु विरोधी हुनसक्छ ? उनले थारु समुदायको अधिकार अवसर र सम्मानका लागि आफू सधै लडिरहने बताएका थिए।
चार दलको शीर्ष बैठकमा कैलाली र कञ्चनपुरको एक इन्च जमिन थारुलाई नदिने भनेर देउवाले अडान राखेको भन्दै प्रचार गरिएपछि देउवा आक्रोशित भएका हुन्। बाबुराम भट्टराईले पनि देउवालाई लक्षित गर्दै सामाजिक सञ्जालमा केही सन्देश राखेका थिए।
कांग्रेस नेता गोपालमान श्रेष्ठले आपसी मेलमिलाप र सद्भाव कायम गरेर जतिसक्दो छिटो संविधान जारी गरिनुपर्नेमा जोड दिए। कार्यक्रममा सिँचाइमन्त्री नारायणप्रकाश साउदले हिमाल, पहाड र तराईका नेपाली आपसमा मिलेर बसेकामा भेद ल्याउने समूहका पछाडि नलाग्न आह्वान गर्दै संविधान जारी हुने तयारी अन्तिम चरणमा पुगेका बेला संविधान ल्याउनै नदिन जातीय विद्वेष फैल्याउने समूह सक्रिय भएकाले सचेत हुनुपर्ने बताए।
सभासद् एवम् काँग्रेस सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेतले भूकम्पले चिरा परेको पार्टी केन्द्रीय कार्यालय पुनःनिर्माणका लागि जिल्ला कार्यसमितिकातर्फबाट रु पाँच लाख दिने घोषणा गरेका छन्।
annapurnapost.com

भूकम्पमा बाँचेका दम्पतीलाई पहिरोले लग्यो
त्रिशूली (नुवाकोट) : ‘हुने हार दैव नटार’ भने झैं कहिलेकाहीँ आउने विपत्तिले जीवनभरका लागि नमेटिने घाउ छाडेर जान्छन् । जो कसैको इच्छा हुन्छ, त्यस्तो विपत्ति नआइदेओस्, दैवले टारेर लैजाओस् ।
तर मान्छेले चालेजस्तो कहाँ हुन्छ र ? लेखन्तले लेखेको कुरा कहिल्यै मेटिन्न, पुरा भएरै छाड्छ । शुक्रबार विहान साढे एक बजे नुवाकोटको दुर्गम गोस्र्याङ गाविसका कलिला नानीबाबुलाई जीवनभर नभुल्ने पीडा बोकेर आयो ।
बिहानीपखको निद्रामा बिलिन भइरहेका बेला धर्ती नै कपाउँदै झरेको पहिरो बालक सुमन तामाङ र उनका भाइबहिनीका लागि जीवनभरको पीडाको कारण बन्यो ।
राति उनी मस्त निदाइरहेको थिए, भूकम्प आएजसरी उनी सुतेको खाट र जमिन हल्लियो । जमिन हल्लिएपछि उनी तत्कालै ब्युँझिए । आँखा खोलेर हेर्दा चारैतिर अध्याँरो, क्षणभरमै हिलोमाटोकोे गन्ध फैलियो । बत्ती गएका बेला गर्जिरहेको आकाशसँगै चम्किएको बिजुलीको उज्यालोमा चिह्याउँदा उनी सुतेको टहरोको चिनोबानो थिएन ।
पहिरोले पुरिसकेको टहरोबाट उनले आफू, भाइ र बहिनीलाई तानेर बचाउन सफल भए । तर, टहरोको पूर्वतर्फ भित्तामा सुतिरहेका बाबुआमालाई बचाउन सकेनन्, दैव पनि कति निष्ठुरी आफ्नै आँखा अगाडि बाबुआमालाई पहिरोले निल्यो ।
उठेर दौडँदै उनी ढोकामा पुग्दा ढोका पनि भाँचिइसकेको रहेछ । ढोकाबाट निस्केर भाग्न खोज्दा बहिनी मनिषा चिच्याइन् । बहिनीलाई लिएर भाग्न खोज्दा भाइ अशोक पनि चिच्याए । दुबै जनाको हातमा तानेर बाहिर लगे । जमिन अझै हल्लिरहेको थियो । त्यसपछि बुुवा सोमबहादुर र आमा फुुर्कुमायातर्फ नजर लगाए । बुवालाई त पहिरोले किचेर अघि नै प्राण लिइसकेछ, जीवनको भीख मागिरहेकी आमालाई गुहार लगाउँदै ताने ।
भूकम्प गएका बेला त भागेर वाँचेका उनका बाबुआमा पहिरो पनि दिउँसो झरेको भए बुवाआमा पनि सँगै भाग्न सक्थे होलान् । छिमेकी भाइ ६ वर्षीय पूर्ण त अझै भेटिएकै छैन ।
‘पहिरो सम्झिँदा अहिले पनि मुटु हल्लिरहेको छ’, सुमनले त्रिशुली अस्पतालमा आएकाहरुसँग सुनाइरहेका छन्, ‘पढ्न पाए हुन्थ्यो । सँगै खेल्ने अर्का छिमेकी भाइ १२ वर्षीय केशव पनि बिते । भगवानले दया गरिदिएको भए हुने ।’
पहिरो झरेपछि गाउँका छिमेकी आए । आमालाई पानी खुवाए । ‘पानी खाँदाखाँदै मेरै काखमा संसारबाट विदा भइन्, मेरी आमा’, सुमनले रुँदै भने, ‘मलाई र भाइ बहिनीलाई अब कसले पाल्छ ?’
ज्याला मजदुरीबाट सातजनाको परिवार पाल्दै आएका सोमवहादुर र श्रीमती फुर्कुमायाको पहिरोमा परेर मृत्यु भएपछि टुहुरा भएका बालक सुमनको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।
दिदी अस्मिता पनि पहिरोमा परेर घाइते भएकी छिन् । उनको विवाह भइसकेको छ । उनीसँगै उनको परिवारमा दुई भाइ र दुई बहिनी घाइते भएका छन् । अब परिवारको बोझ अस्मिता र भाइ सुुमनको काँधमा आएको छ । अस्मिताले गाउँकै चौतारीडाँडामा रहेको चक्रेदेवी प्राबिबाट पांँच कक्षा पढेपछि तुलवहादुरसँग विवाह गरेकी थिइन् ।
तुलबहादुर तीन वर्षदेखि मलेसियामा रोजगारीमा रहेका छन् । सुमन घरदेखि आधा घण्टा दुरीको शंखादेवी उच्च माविमा अध्ययन गर्दै यस वर्ष टेष्ट परिक्षाको तयारी गर्दै थिए । अब उनी आफु, भाइ र बहिनीको पढाईको चिन्तामा परेका छन् ।
भाइ अशोक र बहिनी सञ्जुमाया गाउँकै चक्रेदेवी प्राविको कक्षा २ तथा अर्की बहिनी मनिषा कक्षा ५ मा अध्ययनरत छिन् । गम्भीर घाइते सञ्जुमायासहित उनका छिमेकी सुन्दरबहादुरलाई सेनाको हेलिकप्टरवाट शुक्रबारै काठमाडौ लगियो ।
‘बहिनीको अवस्था गाह्रो थियो, सुधार भएको छ भन्ने सुनेको छु’, नुवाकोट जिल्ला अस्पताल त्रिशूलीको आकस्मिक कक्षमा उपचार गराइरहेका सुमनका आँखा रसाइसकेका थिए ।
अविरल वर्षातसँगै आएको पहिरोले घर पुरिँदा नुवाकोटको दुई छुट्टाछुट्टै स्थानमा तीन महिलासहित पाँच जनाको मृत्यु भएको छ । एकजना वेपत्ता छन् भने ६ जना घाइते भएका छन् । जसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।
सदरमुकाम विदुरदेखि २५ किलोमिटर पश्चिममा रहेको गोस्र्याङ गाविस–२ स्थित काप्रेको तामाङबस्ती सिरान टोलमा रहेको उनीहरुको र छिमेकी घर पहिरोले पुर्यो । सुमनले आफु, भाइ र बहिनीलाई बचाएर गुहार मागे । छिमेकीहरु आए, घाइते आमा र दिदीलाई निकाले तर आमाको भने १५ मिनेटपछि मृत्यु भयो ।
‘पहिरोमा बाबुआमा एकैसाथ गुमायौं, बेसहारा बन्यौं’, उनले भने, ‘हामीलाई अब सरकारले बस्ने र पढ्ने व्यवस्था गरिदिए गुण लाग्ने थियो । मेरो, भाइ र बहिनीहरुको पढाई नबिग्रिए राम्रो हुन्थ्यो ।’
उनले अस्पतालमा पुगेकी जिल्ला वाल कल्याण संघ नुवाकोटकी वाल कल्याण अधिकारी अनीता थापासँग सहयोगको हात पसरेका छन् । थापाले बालकका आफन्त र उनीहरुको आवश्यकता अनुसार सकेको सहयोग गरिने बताइन् ।
www.annapurnapost.com

महोत्तरी, सप्तरी, भदौ ११ । महोत्तरी सदरमुकाम जलेश्वरमा शुक्रबार युवाहरुले खबरदारी जुलुस निकालेका छन ।
नगरपालिका चोकबाट सुरु भएको जुलुस नगरको विभिन्न भागमा परिक्रममा गर्दै दुर्गाचोकमा पुगेर कोणसभामा पारिणत भएको हो ।
जुलुसमा सहभागी युवाहरुले मधेसीको माग पूरा गर, मधेसी एकता जिन्दावादसहितका नारा लगाएका थिए ।
उता, संयुक्त मधेसी मोर्चाको अगुवाइमा सप्तरीको राजविराजमा शुक्रबार लठ्ठी जुलुस प्रदर्शन गरिएको छ ।
स्थानिय शिव मन्दिरको प्रांगणबाट निस्केको लठ्ठी जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरी स्थानीय दशन चौकमा कोणसभा गरिएको थियो ।
कोणसभामा बोल्दै नेताहरुले स्वायत मधेस प्रदेशको घोषणा नभएसम्म आन्दोलन नरोकिन बताए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
चलचित्र 'कान्छी'को गीतमा भनिएको छ, 'परदेशीसँग बिर्सेर पनि पिरती लाउनु हुँदैन'। केही कलाकारले परदेसिएका नेपालीसँग पिरती लाए भने केहीले विदेशीसँगै पिरती गाँसेर घरजम गरेका छन्।
निजी क्षेत्रबाट बनेको नेपालको पहिलो चलचित्र 'माइतीघर'का अभिनेता सीपी लोहनीबाटै परदेशीसँग पिरती लाएर घरजम गर्ने चलन सुरु भएको हो। यसपछि चलचित्र 'कुमारी' की नायिका चैत्यदेवीले पनि विदेशीसँग विवाह गरिन्।
पछिल्लो पुस्ताका कलाकारमा पनि विदेशीसँग विवाह गर्ने धेरै छन्। अभिनेत्री कृष्टि मैनाली, पूजा चन्द, सारंगा श्रेष्ठ, सज्जा मैनाली, रेजिना उप्रेती, जल शाहलगायतका अभिनेत्रीले परदेसिएका नेपालीसँग विवाह गरेर परदेशमै घरजम गरेका छन्।
अभिनेता तथा निर्देशक आकाश अधिकारीले विदेशी महिलासँग विवाह गरेर पनि नेपालमै स्थापित छन् । केही अभिनेत्री विदेशी नागरिकसँग विवाह गरेर त्यतै लागेका छन्।
सीपी लोहनी र माला सिन्हा
नेपाली चलचित्र इतिहासको प्रारम्भिक कालखण्डको चलचित्र हो 'माइतीघर'। भारतकी चर्चित अभिनेत्री माला सिन्हा चलचित्रकी नायिका थिइन्। चलचित्रका नायक थिए सीपी (चिदम्बरप्रसाद) लोहनी।
माइतीघरमा अभिनय गर्न आएकी मालाले सीपीसँग विवाह गरेर नेपाललाई 'ससुराल' बनाइन्। माइतीघर प्रदर्शन भएको दुई वर्षमा उनीहरूको विवाह भयो।
विवाहपछि पनि मालाले भारतीय चलचित्रमा आफ्नो अभिनय यात्रालाई निरन्तरता दिइरहिन् भने सीपीले आफ्नो व्यवसायलाई। उनीहरूकी छोरी प्रतिभा सिन्हाले पनि केही भारतीय चलचित्रमा अभिनय गरेकी छन्। पछिल्लो समय यो जोडी मुम्बईमै बसोबास गरिरहेको छ।
झरना वज्राचार्य र राहुल अग्रवाल
कुनै समयकी चर्चित अभिनेत्री तथा पूर्वमिस नेपाल झरना बज्राचार्यले पनि विदेशीसँग विवाह गरेकी छन्। उनले भारतीय मूलका मलेसियन व्यवसायी राहुल अग्रवालसँग गत वर्ष विवाह गरेकी हुन्। झरनाका पति राहुल मलेसियामा रेस्टुरेन्ट व्यवसायमा छन्।
सन् १९९७ मा १६ वर्षकै उमेरमा मिस नेपालको उपाधि जितेकी झरना मिस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने पहिलो नेपाली प्रतिस्पर्धी पनि हुन्। झरना र राहुलको भेट चलचित्र 'सेफ ल्यान्डिङ'को निर्माणका क्रममा भएको थियो।
राहुल यो चलचित्रका निर्माता हुन्। यसअघि बेलायती नागरिक करार हिलसँग उनको इन्गेजमेन्ट भएको थियो । पछि उनीहरूको ब्रेकअप भएपछि झरनाले राहुलसँग विवाह गरेकी हुन्।
विपना थापा र आशुतोष भारद्वाज
नेपाली रजतपटकी अर्की नायिका विपना थापा पनि विदेशीसँग विवाह गर्ने कलाकार हुन्। उनले २०६३ मा भारतीय नागरिक आशुतोष भारद्वाजसँग विवाह गरेपछि भारतकै मथुरामा बसोबास गर्दै आएकी छन्। विपनाले भारतको राजनीतिमा सक्रिय परिवारसँग नाता गाँसिन्।
उनका पति आशुतोष भारतीय राष्ट्रिय कांग्रेसका नेता हुन्। विपना र आशुतोषको भेट चलचित्र निर्माणकै क्रममा भएको हो । चलचित्र ‘वरमाला’का लगानीकर्तासमेत रहेका आशुतोषसँग नायिका विपना नजिकिइन् र प्रेमसम्बन्धपछि विवाह गरेकी हुन्।
हर्षिका श्रेष्ठ र प्रसुन झुनझुनवाला
म्युजिक भिडियो एवं विज्ञापन हुँदै चलचित्र क्षेत्रमा आएकी अभिनेत्री हर्षिका श्रेष्ठ अभिनयमार्फत आफ्नो पहिचान बनाउने तरखरमा थिइन्। केही चलचित्रमा अभिनय गरे पनि उनको नाममा सफल चलचित्र दरिन सकेको थिएन।
चलचित्र क्षेत्रमा संघर्षकै क्रममा उनले पनि गत जेठमा विदेशीसँगै विवाह गरेर नेपाललाई माइती बनाइन्। उनले कोलकाताका व्यवसायी प्रसुन झुनझुनवालासँग विवाह गरेकी हुन्।
भारतीय मारवाडी समुदायका झुनझुनवालासँग विवाह गरेकी हर्षिकाले विवाहपछि पनि नेपाली चलचित्रमा निरन्तरता दिने बताएकी छन् तर विवाहपछि उनका नयाँ प्रोजेक्ट सार्वजनिक भएका छैनन्।
आकाश अधिकारी र क्लाउडिया फाजिओ
विदेशी महिलालाई दुलहीका रूपमा भित्र्याउने अभिनेता तथा निर्देशक हुन्, आकाश अधिकारी। उनकी श्रीमती क्लाउडिया फाजिओ अधिकारी इटालियन हुन्।
१३ वर्षअघि चलचित्र 'दाग'को छायांकन गर्दा क्लाउडिया र आकाशको भेट भएको थियो। विश्व भाषा क्याम्पसमा अध्ययनरत क्लाउडियालाई चलचित्रको क्यामेरापछाडिको काममा रुचि थियो।
यसै क्रममा उनीहरू नजिकिए र केही समयपछि दुवै घरपरिवारको सल्लाहमा विवाहबन्धनमा बाँधिए। आकाश आफूहरूको विवाहलाई लभपछि एरेन्ज भन्न रुचाउँछन्।
नेपाली भाषा, रहनसहन र संस्कृतिमा भिजिसकेकी क्लाउडियाले अहिले आकाशलाई पारिवारिक र व्यावसायिक दुवै क्षेत्रमा साथ दिइरहेकी छन्।

काठमाडौं : हिंसाग्रस्त क्षेत्रमा नेपाली सेनालार्इ परिचालन गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटलार्इ सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सरकारको निर्णय कानून सम्मत भएको निष्कर्श निकाल्दै सर्वोच्चले रिट खारेज गरेको हो । प्रधान न्यायाधीश कल्याण श्रेष्ठको इजलासले सेना खटाउने सरकारी निर्णयविरुद्ध कुनै सुनुवाइ गर्नु नपर्ने जनाउँदै रिट खारेज गरिदिएको हो ।
कैलाली लगायतका क्षेत्रलार्इ दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना खटाउने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा बिहीबार रिट परेको थियो ।
सेना खटाउने सरकारी निर्णयप्रति राष्ट्रपति डा. रामवरण यादवले पनि असन्तुष्टी व्यक्त गरिरहेका बेला सर्वोच्चले यो निर्णय सुनाएको हो ।
सेना परिचाल गैह्र कानुनी भएको दाबी गर्दै अधिवक्ताहरु रोशन झा र यामकुमार योञ्जनले बिहीबार रिट दायर गरेका थिए । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय, नेपाली सेना र रक्षा मन्त्रालयलार्इ विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।
राष्ट्रपति यादवले सेना परिचालन गर्ने सरकारी निर्णय गलत रहेको जनाउँदै प्रधानमन्त्री सुशील कोइरालासँग पनि असन्तुष्टी व्यक्त गरेका थिए ।
गत ७ गते कैलालीको टीकापुरमा थरुहटका कार्यकर्ताको आक्रमणमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र एक बालकसहित नौ जना मारिएपछि सरकारले दंगाग्रस्त क्षेत्रमा सेना खटाएको हो ।
सरकारले कैलाली, रौतहट र सर्लाहीसहितका जिल्लामा हिंसा भड्किन नदिन स्थानीय प्रशासन एेन वमोजिम जनपथ र सशस्त्र प्रहरीलार्इ सघाउने गरी सेना परिचालन गरेको थियो ।www.annapurnapost.comf

ताजाखबर, काठमाण्डौ। छायांकन सुरु हुँदा देखी नै दर्शकहरुको प्रतिक्षामा रहेको नेपाली चलचित्र ‘भैरव’लाई शुक्रबार बिहान देखी नै दर्शकहरुले साथ दिएका छन् । पहिलो शो हेर्न गोपिकृष्ण हलदेखी राजधानीका विभिन्न हलमा चाहारेका निखिलाई हलभित्र जान सम्म मुस्किल पर्यो ।
दर्शकहरुसँग चलचित्र हेर्न निखिलसहित चलचित्रका केहि कलाकारहरु राजधानीका विभिन्न हलहरुमा पुगेका थिए । भैरवको शुक्रबार बिहानको शो राजधानी देखी राजधानी बाहिर सबै हलहरुमा हाउसफुल रहेको बताईएको छ ।
निखिलको निर्माण, निर्देशन र अभिनयमा निर्माण भएको चलचित्र भैरवले तराईमा हुने विभिन्न विषयलाई गम्भिर तरिकाले उठाएको छ । भैरवमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् ।
चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका हुन । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ ।

विराटनगर, ११ भदौ-थारु कल्याणकारिणीसभाका पूर्वअध्यक्ष राजकुमार लेखीले दाङदेखि कञ्चनपुरसम्म र बढीमा चुरे क्षेत्र मिलाएर थरुहट प्रदेश निर्माण हुनुपर्ने आफुहरुको माग रहेको बातएका छन् ।
थारु समाजद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कुनै जाति, समुदाय, क्षेत्र र भूगोलको विरुद्ध नभई एकात्मक शासकविरुद्धको लडाइँ रहेको उल्लेख गरे ।
सरकारसँग वार्ता तत्काल हुन नसक्ने उल्लेख गर्दै उनले भने, ‘थुनामा रहेका थारुको रिहाइ, सेना परिचालन फिर्ता हुनुपर्ने, कफ्र्यु र निषेधाज्ञा हटाउनुपर्छ ।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस