काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुन:स्थापनाका लागि सबै पक्षसँग बृहद सहकार्यको लागि आव्हान गरेका छन्।
संविधानसभा घेराउपछिको जनसभालाई सम्बोधन गर्दै थापाले भने, 'अब हिन्दुराष्ट्र नभए कोहि सभासद लोगो लगाएर सडकमा निस्कन सक्ने छैनन्, म अनुरोध गर्छु त्यो अवस्था आउन नदिऊ।'
उनले नेपालको सार्वभौमिकतामाथि भारतीय मन्त्रीले धावा बोलेका बताउँदै प्रश्न गरे, किन हाम्रो सरकारले संसदमा उभिएर यसबारे चुँ सम्म गर्न सक्दैन ? उनले दमन गरेर,पुलिस प्रशासन प्रयोग गरेर संविधान जारी त होला तर त्यो टिक्दैन।
उनले हामी शान्तिपूर्ण प्रदर्शनमा सहभागी राप्रपालाई बल प्रयोग गरेर विकल्प खोज्न बाध्य नपारियोस् भन्ने चेतावनी दिए।'
annapurnapost.com

राजविराज : बन्द हड्तालका कारण बिहान झिसमिसेमै हिंडेका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मंगबलार मृत्यु भएको छ ।
विराटनगरबाट सिरहातर्फ जाँदै गरेको बा.१ ब ८६१६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्यांक सहायक जिवछ पंजियारको मृत्यु भएको हो ।
बन्दकर्ताहरुले सरकारी मोटरसाइकल फेला पारे जलाई दिने डरले बिहान ३ बजे नै विराटनगरबाट निक्लिएका महोत्तरी मटियानी गाविस ३ का ३६ वर्षीय पंजियारको दुर्घटनामा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त मोटरसाइकलसहित बेहोस अवस्थामा रहेका जिवछलाई सशस्त्र प्रहरीको टोलीले फेला पारेका थियो । गनासिं सगरमाथा अंचल अस्पताल राजविराजमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ

रौतहट, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी आन्दोलनका क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका राजकिशोर ठाकुरको शव आज उनका परिवारले बुझी लगेका छन् ।
सदरमुकाम गौरस्थित कवीर चोकमा आन्दोलनका क्रममा दङ्गाग्रस्त घोषित क्षेत्रमा प्रहरीको गोली लागी मठिया गाविस– ६ बस्ने २४ वर्षीय ठाकुरको मृत्यु भएको थियो ।
मृतक ठाकुरलाई भेट्न सद्भावनाका अध्यक्ष राजेन्द्र महतो अस्पताल पुगेका थिए । महतोले मृतक यादवका परिवारलाई कन्भिन्स गराएपछि शव आफन्तले बुझेका हुन् ।
मृतकलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्तिको माग राख्दै मोर्चा र मृतकका परिवारले शव बुझ्न नमानेकामा जिल्ला सुरक्षा समन्वय समितिले सहिद घोषणा तथा अन्य प्रक्रिया पूरा गर्न गृहमन्त्रालयमा पत्राचार गरेपछि शव बुझेर अन्तिम सद्गतका लागि लगेको प्रहरी उपरीक्षक प्रद्युन्न कार्कीले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला सुरक्षा समन्वय समितिको बैठकले मृतक ठाकुरलाई सहिद घोषणाका लागि प्रक्रिया सुरु गरेको छ ।
मृतक ठाकुरलाई सहिद घोषणा, आश्रित परिवारलाई क्षतिपूर्ति तथा परिवारमध्ये एकजनालाई रोजगारीसहित पाँचबुँदे माग मोर्चाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसँग राखेको थियो । केही दिन पहिले मोर्चाले आन्दोलनमा मरे शहिद घोषणा गराउने र ५० लाख क्षतिपूर्ति दिने घोषणा गरेको थियो । रासस
dainiknepal.com

१५ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालुवाटार र शीतलनिवास आसवासको थप स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधित क्षेत्र बढाइएको प्रशासनले जनाएको छ । थप गरिएको निषेधित क्षेत्र सोमबारबाट लागू भएकोछ ।
राष्ट्रपति कार्यालय शीतलनिवास कम्पाउण्डको उत्तरतर्फ ५० मिटर तथा दक्षिणतर्फ पानीपोखरी जाने नेपाल प्रहरीको २ नम्बर गण जाने बाटोसम्म निषेधित तोकिएको छ । उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास र सभामुख निवास आसपासमा पनि निषेधित लागू गरिएको छ ।
संविधानसभा भवन बानेश्वरको दक्षिणतर्फ पूर्वी कुना, दक्षिणमा मीनभवन क्याम्पस जाने बाटोको पश्चिम कुनादेखि पश्चिममा बानेश्वर चोकबाट ७५ मिटर पश्चिमको सडकसम्म निषेधित तोकिएको छ ।
पश्चिमतर्फ थापा गाउँ जाने बाटोको दक्षिण किनारादेखि नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र तोकिएको स्थानीय प्रशासनले जनाएको छ ।
यसैगरी भद्रकाली मन्दिरपूर्व तीनकुने आइल्याण्डको पूर्वी कुनादेखि पूर्व सिंहदरबार मूलगेटसम्म, मूलगेट अगाडिदेखि पद्मोदय माविको मोडसम्म, मूलगेट अगाडिदेखि दक्षिणतर्फ माइतिघर मण्डलासम्म र बबरमहलस्थित जिल्ला अदालत प्रवेश मार्ग हुँदै जिल्ला प्रशासन कार्यालय, हनुमान मन्दिर क्षेत्रमा पनि निषेधित घोषणा गरिएको छ ।
माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थानसम्म पनि निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
‘निषेधित क्षेत्रमा जुलस, धर्ना, हुलदंगा जस्ता काम गर्न पाइँदैन’ सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखेरलले अनलाइनखबरसँग भने ।
www.onlinekhabar.com

पर्सा: पर्साको वीरगन्जमा आन्दोलनकारीले दुइ वटा सवारी साधनमा आगजनी गरेका छन्। उनीहरुले आन्तरिक राजस्व कार्यालयमा राखिएको बा १ झ २७ २५ नम्बरको सेन्ट्रो कार ना १झ ७९१ नम्बरको बलेरो जीपमाथि आगजनी गरेका हुन्।
आन्दोलनकारीले बिहानैदेखि कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन गरिरहेका छन्। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार दिउँसो ४ बजेबाट नै अनिश्चितकालिन लगाएको कर्फ्यु लगाए पनि आन्दोलनकारीले भने कर्फ्युको उल्लंघन गर्दै पर्साको लक्ष्मणवा चोक, गण्डक, मुर्ली, छपकैंयालगायतका स्थानमा प्रदर्शन गरिरहरेका छन्।
प्रहरी र आन्दोलनकारीबीचको झडपमा परी मंगलबार १५ जना आन्दोलनकारी घाइते भएका छन्। यसअघि सोमबार भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए।
www.annapurnapost.com

काठमाडौँ, १५ भदौ । अब तपाइले बसमा यात्रा गर्दा दिसा पिसाबका लागी बिच बाटोमा रोकिनु नपर्ने भएको छ । अब बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस नेपाली बजारमा पनि संचालनमा आएको छ ।
विगत छ वर्षदेखि पर्यटक बस सञ्चालन गर्दै आएको डेविट टुर्स एन्ड ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको दोश्रो हप्तादेखि सञ्चालनमा ल्याएको हो । तीसजना यात्रु क्षमता भएको बस हाल पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ–पोखरा रुटमा चलेको ट्राभल्सका सञ्चालक दीपक भट्टराईले जानकारी दिनुभयो ।
हालसम्म काठमाडौँ–पोखरा बाटोमा चल्ने सामान्यखालका पर्यटकीय सवारी साधन चले पनि यो बसमा शौचालयका लागि बाहिर जान झन्झट गर्न नपर्ने सञ्चालक भट्टराई बताउँछन् । उनले भने “निःशुल्क वाइफाई, पानी, पत्रपत्रिका र फोल्डिङ सिट रहेकाले आरामदायी यात्रा गर्न सकिन्छ । स्विस प्रविधिबाट निर्माण गरिएका ती बस भारतबाट खरिद गरेर नेपाल भित्र्याएको उनले बताए ।
www.etajakhabar.com

काठमाडौं: राप्रपा नेपालले मंगलबार शक्ति प्रदर्शनसहित संविधानसभा घेराउ गर्दैछ। पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार दिनको १२.०० बजे दशरथ रंगशाला जम्मा भएर अध्यक्ष कमल थापाको नेतृत्वको जुलुस संविधानसभा घेराउ गर्न नयाँ बानेश्वर आउने कार्यक्रम छ।
यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्लाइएको छ। यसअघि पनि राप्रपाले संविधानसभा घेराउ गर्ने क्रममा झडप भएको थियो।हिन्दु राज्यको स्थापना र राजसंस्थालाई संविधानमा उल्लेख गर्नुपर्ने माग राख्दै राप्रपाले शक्ति प्रदर्शन गर्न लागेको हो।