कुनै पनि देशको आ–आफ्नो देशको पहिचान हुन्छ । जसले उसलाई त्यस देशको नागरिक भएको पहिचान दिलाउँछ । नेपालीको पनि यस्तै पहिचान बोकेका केही कुराहरु छन् जसले उसलाई नेपाली भनेर चिनाउँछ । देशमा होस् या विदेशमा नेपालीको पहिचान बोकेका यस्ता चिजहरु सबैका लागि आत्मिय र प्यारा छन् । विशेषगरी त विदेशमा बस्ने नेपालीहरु आफ्नो पहिचान आफूसँगै राख्न चाहन्छन् सधैभरी । हामी यहाँ त्यस्ता चिजहरुको कुरा गर्दै छौँ जुन विदेशमा बस्ने नेपालीको कोठा–कोठा र घर–घरमा पाईने गर्छन् । हेरौँ के गरेछन् त ति चिजहरु ।
१. गौतम बुद्धः भगवान गौतम बुद्ध विश्वमा नै चर्चा कमाएको नाम हो । मार्गीहरु जसको जन्म नेपालमा भएको थियो । उनलाई शान्तिका प्रतिकका रुपमा लिईन्छ । विदेशमा बस्ने प्राय नेपालीले गौतम बुद्धलाई आफ्नो कोठामा स्थान दिने गर्छन् ।
२. नेपालको झण्डाः अर्को विदेशमा बस्ने नेपालीको घरमा पाईने कुरा भनेको नेपालको झण्डा हो । नेपालको झण्डाले नेपालीको पहिचान समेटेको हुने हुनाले पनि आफू जहाँ रहेता पनि नेपालीपन सधै साथ रहने यो एउटा अर्को उपाए हो ।
३. नेपाली पात्रोः नेपाली पात्रो अर्को विदेशमा बस्ने नेपालीको घरमा पाईने कुरा हो । उनीहरुलाई नेपाली चाडपर्व, समय लगाएतका बारेमा थाहा पाउन पात्रो अनिवार्य हुनछ । त्यसैले पनि विदेशमा बस्ने प्रत्येक नेपालीले आफ्नो कोठामा पात्रो अनिवार्य राख्छन् ।
४. पूजा गर्ने ठाउँः अर्को विदेशमा रहने नेपालीको घरमा पाउने भनेको पूजा गर्ने ठाउँ हो । नेपालीले सानो भएता पनि आफ्नो घरमा भगवानको फोटो वा पूजा कक्ष राख्ने गर्छन् । हिन्दु धर्ममा आस्था नराख्नेहरुमा यो कुरा लागु नहुन पनि सकछ ।
५. मःम पकाउने भाडोः मःम नेपालीलाई असाध्यै मन पर्ने खाने कुरा हो । अझ विदेशमा रहँदा त नेपालको याद दिलाउने यो एउटा महत्वपूर्ण चिज बनेको छ । त्यसैले साइृज अनुसारको मःम पकाउने भाडो प्राय विदेशमा बस्ने नेपालीको कोठामा पाईन्छ।
६. हिमालको फोटोः नेपालीले आफ्नो विदेश बसाईमा आफ्नो कोठामा राख्ने अर्को महत्वपूर्ण कुरा भनेको हिमालको फोटो हो । विशवको सर्वोच्च शिखर सगरमाथाले नेपालको पहिचान बोक्ने भएकाले पनि नेपालीलाई यो प्रारो लाग्छ । उनीहरुले सगरमाथा लगाएतका नेपालका अन्य सुन्दर र लोभलाग्दा हिमालहरको फोटो आफ्नो कोठामा राख्ने गर्छन् ।
७. तामा, गुन्दु्रकः तामा, गुन्दु्रक प्रत्येक नेपालीलाई मन पर्ने चिज हो । नेपालबाट कोही त्यहाँ जाँदा होस् या आफै पनि नेपाल छाडेर जाँदा नेपालीले तामा, गुन्दु्रक लान भुल्दैनन् । त्यसैले पनि विदेशमा बस्ने धेरै नेपालीको घरमा तामा, गुन्द्रुक पाईन्छ ।
kathmandutoday.com

काठमाडौं : विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको छ ।
कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
दाङ घर भएका उनको उपचारकै क्रममा अस्पतालमा शुक्रबार निधन भएको हो ।annapurnapost.com

अजरबैजान : अजरबैजानको दक्षिणपश्चिमी भागमा शुक्रबार बिहान ७ रिक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पबाट हालसम्म मानवीय हताहत र क्षतिको कुनै विवरण भने प्राप्त नभएको जनाइएको छ ।
सो भूकम्प स्थानीय समयअनुसार शुक्रबार बिहान ९ः४५ गएको बताइएको छ । सो भूकम्पबाट राजधानी बाकूबाट ३२५ किलोमिटर टाढा रहेको सिकी क्षेत्र बढी प्रभावित भएको बताइएको छ ।
यस भूकम्पको केन्द्रविन्दु सिकी सहरबाट २९ किलोमिटर टाढा १३ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । सो भूकम्पको कम्पन देशको दोस्रो ठूलो सहर गन्जामा समेत महसुश गरिएको जनाइएको छ ।
annapurnapost.com

बर्दिया : बर्दियामा शुक्रबार बिहान भएको झडपमा गोली हानेर प्रहरी हवल्दार देवबहादुर पाण्डेको ज्यान लिने अभियोगमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामनरेश चौधरी,अविनाश थारु र रामहर्ष चौधरी छन्।
घरमा बसिरहेको अवस्थामा प्रहरीले आफना कार्याकर्ता पक्राउ गरेको थरुहट थारुवान संयुक्त संर्घष समितिका अध्यक्ष गोविन्द थारुले जानकारी दिए । उनले प्रशासनले आफुहरुको आन्दोलनमा दमन गर्ने नीति लिएको बताउँदै पक्राउ गरेका आफना कार्यकर्ता बिना शर्त रिहा नगरे आफुहरु अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
आन्दोलनकारीले कब्जा लिनका लागेका दुईवटा बसलाई छुटाउने क्रममा शुक्रबार बिहान मैनापोखरीमा भएको झडपमा गोली लागेर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।
मैनापोखरमा भएको झडपमा आन्दोलनकारीबाट गोली चलाइएको थियो। उनीहरुले घरेलु हतियारसमेत प्रहरीमाथि प्रहार गरेका थिए। बस छुटाइसकेपछि आन्दोलनकारीले हवल्दारमाथि आक्रमण गरेका थिए।

काठमाडौं – आफ्नी प्रेमिकालाई आँखा लगाएको भन्दै साहुको छोरा हत्या गर्ने रन्जित शर्मा पक्राउ परेका छन् । राजधानीको बौद्ध–६ टुसाल स्थित बिएम फर्निचरमा काम रङ लगाउँदै आएकी प्रेमिकासँगै हिँडेको झोकमा शर्माले साहुको छोराको हत्या गरेका हुन् ।
भारत मोतिहारी थाना कल्याणपुर स्थायि घर भएका उमेश शर्माले संचालन गरेको फर्निचरमा काम गर्दै आएका रन्जित शर्माले साहुका छोरा २० बर्षीय मन्टु शर्मालाई आफ्नी प्रेमीका सँग हिमचीम बढाएको आरोपमा हत्या गरेको प्रहरीले जनाएको छ । गएको बिहीबार राती साँढे ११ बजे मन्टुको लाश सोही फर्निचर पसलमा भेटिएको थियो ।
२०७० सालदेखि बिएम फर्निचरमा हेड मिस्त्रीको रुपमा काम गर्दै आएका रन्जित शर्माले ०७१ मंसिरमा कारखाना नजिकै कोठा सरेर आएकी एक महिलालाई बिएम फर्निचरमै रङरोगन गर्ने काम मिलाईदिएका थिए । काम गर्दै जाँदा निज महिलासँग प्रेम सम्वन्ध रहन गरेको र बेला बेला शारिरीक सम्पर्क समेत हुने गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
फर्निचर मालिक नातामा अभियुक्त रन्जित शर्माको हजुरबुवा पर्छन् । हजुरबुवा नाता पर्ने फर्निचर संचालक उमेश भारत गएको बेला आफ्नी प्रेमिका र मृतक मन्टु शर्मा सँगै हिँडेको देखेपछी उनीहरु दुईबिच खटपट परेको थियो । रन्जितको प्रेमीकाको विषयमा दुई बिच भनाभन समेत भएको थियो ।
भनाभन भएकै मध्यरात अर्थात् भदौ १७ गते बिहीबार मन्टु सुतिरहेका बेला रन्जितले काठको काम गर्ने धारिलो राँबो (बटारी) प्रयोग गरी घाँटीमा रोपेर हत्या गरेको बताईएको छ ।
पक्राउ पछी निज रन्जित शर्मालाई कानुनी कारवाहीका लागी महानगरीय प्रहरी वृत बौद्ध पाठाईएको अपराध महाशाखाले जनाएको छ ।www.ratopati.com

चाहेर पनि नेपालमा जातीय राज्य बन्दैन
रामेछाप : कांग्रेसका युवा नेता गगन थापाले सीमाङ्कनमा देखिएको विवाद टुङ्ग्याउन सात प्रदेशको सीमाङ्कनलाई थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताएका छन् ।
संसद्को कृषि समितिका सभापतिसमेत रहेका थापाले सीमाङ्कनको कामलाई बाँकी राखेर संविधान घोषणा गरेर सीमाङ्कनका लागि आयोग बनाउनुपर्ने प्रस्ताव गरे ।
कांग्रेस बेथान गाउँ कार्यसमितिले बिहीबार रामेछापको बेथानमा गरेको कार्यक्रममा बोल्दै नेता थापाले संविधानसभाले संविधान जारी गरी तीन महिनाभित्र प्रदेशको सीमाङ्कन टुङ्ग्याएर संविधानसभा विघटन गर्नुपर्ने बताए । अर्को प्रसङ्गमा उनले नेपालमा कसैले चाहेर पनि जातीय राज्य नबन्ने दाबी गरे ।
नेपालको जातीय विविधताका कारण जातीय राज्य सम्भव नहुने उनको तर्क छ । यो संविधानसभाले पनि संविधान जारी गर्न नसके नेपालमा लोकतन्त्र र गणतन्त्र कसैले जोगाउन नसक्ने पनि उनले बताए ।
कार्यक्रममा बोल्दै कांग्रेस रामेछापका सभापति रामचन्द्र खड्काले अबको अभियान गरिबी, पछौटेपन र अशिक्षाको विरुद्ध हुनुपर्ने बताए ।
यसैगरी, गगन थापाकै समन्वयमा निर्माण गरिएको बेथानको कुशेश्वर उच्च माविको नवनिर्मित भूकम्प प्रतिरोधात्मक भवनको साँचोसमेत सोही अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । रासस
www.annapurnapost.com

बर्दिया: बर्दियाको गुलरिया नगरपालिका-२ बैरियाघाटस्थित बबई नदीमा बेवारिसे एक युवतीको शव बिहीबार फेला परेको छ।
अन्दाजी २३ वर्षीया युवतीको शव अनुहारलगायत शरीरको छाला खुइलिएर दुर्गन्धसमेत आएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
स्थानीयले शव देखेर जानकारी दिएपछि प्रहरी उक्त स्थान पुगेको थियो। शव परीक्षणका लागि जिल्ला अस्पताल बर्दियामा पठाइएको छ । शवको सनाखत अहिलेसम्म हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए। रासस