आजको पञ्चाङ्ग
शुभ प्रभात आज वि.सं. २०७२ भाद्र २० गते आइतबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०६ तारिख,
भाद्रपद कृष्ण अष्टमी, मृगशिरा नक्षत्र, बृष राशिको चन्द्रमा, वज्र योग, गर करण आजको व्रत/पर्व : श्रीकृष्ण रथयात्रा, हिले जात्रा, पाल्पा तानसेनमा भगवती यात्रा, नारायणी यात्रा, विभिन्न ठाउँमा राधाकृष्ण रथयात्रा भोलिको व्रत/पर्व : गुगा नवमी व्रत
आजको राशिफल
ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो छ । सामाजिक काममा भनेजस्तो जस र सम्मान प्राप्त हुनेछैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलोवा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurusबृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपान वा काममा नियन्त्रण गर्नु राम्रो हुन्छ । मित्र, परिवार र सहयोगीले तपाईंको काममा सरसहयोग गर्न सक्दैनन् । यात्राबाट उल्लेखनीय लाभ हुने सम्भावना छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मिश्रित प्रभाव भएको दिन छ । आज दिउँसोबाट मनमा उत्साह र उमंगमा सकारात्मकता देखिन सक्छ, तर भनेजस्तो सफलता प्राप्त नहुन सक्छ । असन्तुष्टि बढ्ने छन् तर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार÷व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारमार्थिक काममा खटिनु पर्ने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी बढ्नसक्छ । झैझगडाबाट टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धनको उपयोग हुनसक्छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आलस्य र थकानको अनुभूति हुनेछ, उता झर्को लाग्दो यात्राको सम्भावना पनि छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि शैक्षिक र बौद्धिक क्षेत्रमा पनि कमजोरी देखिन्छ । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्धमा तिक्तताको अनुभूति भए पनि बेलुका घरायसी वातावरणमा केही सुधार आउने छ । प्रणय र रोमान्सका लागि समय निस्कने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुरुवातमा मन खिन्न भए पनि आज गरिएको प्रयासमा ढिलो गरी सफलता पाउनु हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । खर्च बृद्धिको योग छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन सामान्यतया राम्रै दिन छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले अलि बढी सास्ती ब्यहोर्नु पर्छ । सामाजिक काममा खट्नु पर्छ, तर असन्तुष्टि र निराशा बढ्न सक्छ । अरुले गरेका गल्ती र कमजोरीको गुणदोष सबैको जिम्मा लिंदै आफैंले नेतृत्व गरेमा काममा सफलता पाउनु हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:३९:४७ उत्तर तथा देशान्तर : ८७:१६:२८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

भाद्र २०, २०७२- गत सोमबार दिउँसो जिविस पर्साको गेट अगाडि ‘भुजा पकौडी’ नास्ता खाइरहेका थिए दिलीप चौरसिया। चिनी मिल कारखाना अगाडि सञ्चालनमा रहेको वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजीमा सिभिल इन्जिनियरिङमा डिप्लोमा अध्ययनरत २२ वर्षीय चौरसिया ट्युसन पढेर खाजा खाँदै थिए।
आन्दोलनकारीले सुरक्षाकर्मीमाथि ढुंगा बर्साउन थाले। पसलहरू धमाधम बन्द गरियो। केही समय अघिसम्म शान्त रहेको क्षेत्रमा कर्फ्यु लागेपछि तनावग्रस्त बन्यो।
स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मीले चलाएको गोली लागेर चौरसिया सडक खण्डमा ढले। उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा साँझ उनको मृत्यु भएको थियो। वीरगन्ज २५ मनियारी जगरनाथपुरका स्थायी बासिन्दा चौरसिया कलेज नजिक कोठा भाडा लिएर बस्दै आएका थिए।
डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत उनको लक्ष्य सिभिल इन्जिनियर बन्ने थियो। दिलीपका दाइ पृथ्वीनाथ चौरसिया भन्छन्, ‘थप अध्ययनका लागि भारतको बैंग्लोरमा भर्ना गर्ने योजना थियो।’ शनिबार दिलीपको शवयात्रामा सहभागी उनले भाइको भर्नाका लागि रकमको जोहो र कलेजमा पत्राचार पनि गरिसकिएको सुनाए। परिवारमा सबैभन्दा कान्छो दिलीप अध्ययनशील रहेकाले उनकै चाहनाअनुसार सदरमुकाममा राखेर पढाइरहेका थियौं।
‘भाइको सपना अधुरै रह्यो,’ आँसु झार्दै उनले भने, ‘हामी ५ भाइमध्ये ऊ कान्छो हो।’ पछिल्लोपटक गत शनिबार रक्षाबन्धनका दिन भाइ घर आएको थियो, त्यो नै अन्तिम रहेछ,’ पृथ्वीनाथले सुनाए। सामाजिक सञ्जाल फेसबुकमा गितार बजाएको प्रोफाइल तस्बिर राखेका चौरसिया मिलनसार थिए।
‘उनी अध्ययनमा पनि राम्रो विद्यार्थीका रूपमा परिचित थिए,’ शवयात्रामा सहभागी चौरसियाका समकक्षीले भने। उनीसँगै वीरगन्जमा ज्यान गुमाएका अन्य ४ जनाको पनि शनिबार शवयात्रा निकालिएको थियो। सोमबार र मंगलबार सुरक्षाकर्मीको गोली लागी ५ को मृत्यु भएको थियो।
वीरगन्ज २५ मनियारीका २५ वर्षीय धर्मराज सिंह, बारा प्रसौनी नौतनका दीनानाथ साह, नौतनकै जयप्रकाश साह तेली र वीरगन्ज १९ निवासी सोहन साहको मृत्यु भएको थियो। वीरगन्जको राधेमाई क्षेत्रमा गोली लागी मरेका धर्मराज सिंह सशस्त्र प्रहरी बलका पूर्वजवान हुन्। २ महिना अघिमात्र उनले राजीनामा दिएका थिए। सीमा सुरक्षा बल पर्सामा दरबन्दी हुँदा सिंहले राजीनामा दिएका थिए।
नगवामा मंगलबार अपराह्न गोली लागी ज्यान गुमाएका २४ वर्षीय सोहनले वीरगन्जस्थित आर्मी ब्यारेक पछाडि चिया र नास्ता पसल चलाउँदै आएका थिए। वीरगन्ज १८ लक्ष्मनवा क्षेत्रमा ज्यान गुमाएका बारा नौतनका दीनानाथ र जयप्रकाश मिल्ने साथी थिए। २५ वर्षीय दीनानाथ नारायणी यातायात व्यवस्था कार्यालय अगाडि ड्राइभिङ सेन्टरमा लेखनदासको काम गर्थे।
जयप्रकाश जगदम्बा ग्यासमा कार्यरत थिए। मृतकलाई सहिद घोषणा, आश्रित परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उपचार गराउन स्थानीय प्रशासनले गृह मन्त्रालयलाई सिफारिस गर्ने जिल्ला शान्ति समितिले शुक्रबार निर्णय गरेपछि ६ दिनपछि शनिबार शव अस्पतालबाट उठेको हो। शवयात्रामा बारा, पर्साका हजारौंको सहभागिता थियो।
यसैबीच, गोली लागी वीरगन्जमा ज्यान गुमाएका ५ जनाको शनिबार सामूहिक अन्त्येष्टि गरिएको छ।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट बिहान करिब ११ बजे निस्किेको शवयात्रा यहाँको घन्टाघर, नगवा, बाराको नौतन, पर्साको मनियारी, जगरनाथपुर हुँदै अलौं परिक्रमा गरी विन्दवासनीस्थित तिलावे नदीमा साँझ साढे ७ बजेको समयमा अन्त्येष्टि गरिएको हो। शवयात्रामा महिलासहित हजारौंको सहभागिता रहेको थियो।
शवलाई प्रत्येक मृतकको गाउँ/घर हुँदै परिक्रममा गराइएको थियो। शवयात्राका लागि स्थानीय प्रशासनले बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्म कर्फ्यु हटाएको थियो। गत सोमबार ४ बजेदेखि वीरगन्जमा अनिश्चित कर्फ्यु लगाइएको छkantipur.ekantipur.com

ज्योतिष विज्ञान भन्छ, खुट्टाका आकार र बनोटका आधारमा मानिसहरुका स्वभाव र आचरण र भविष्य बताउन सकिन्छ। शरिरका अंग लक्षण हेरेर मानिसको भविष्य बताउने विधीको वर्णन ज्योतिष विज्ञानमा गरिएको छ।ज्योतिषको एक महत्वपुर्ण आधार सामुद्रिक शास्त्रमा मानिसको टाउको देखि खुट्टा सम्मका अंगका विशेष लक्षणहरु उल्लेख छ।
अंगहरुको बनावट, आकार, रंगबाट मानिसको रहस्य पत्ता लाग्ने र भविष्यको बारेमा जानकारी हासिल गर्न सकिने तरिका सामुद्रिक शास्त्रमा उल्लेख छ।जोसुकै मानिसहरुको खुट्टाको औलाहरुको बनोट हेरेर सहजै व्यवहार, विचार र कार्यक्षेत्रका बारेमा बताउने सकिन्छ।
हावी हुने मानिस: जो मानिसको खुट्टाका औंलाहरु घट्दो क्रममा हुन्छन् यी मानिसहरु अन्य माथि हावी हुन चाहन्छन् । यस्ता मानिसहरु आफ्ना अधिकारका बारेमा सजक हुन्छन्। यी मानिसहरु चाहन्छन कि उनीहरुलाइ मान सम्मान प्राप्त होस र सवैले उनीहरुको कुरा अक्षरस पालन गरुन । यदी घर परिवारमा वा समाजका कोही मानिसहरु उनीहरुको इच्छा अनुसार नचले रिसाउने गर्दछन्। यस्ता किसिमका खुट्टाका औला भएका मानिसहरु आफ्ना जीवनसाथीमाथि आवश्यक्ता भन्दा बढि हावी रहन्छन्।
कडा परिश्रम गर्छन: जो मानिसको खुट्टका औलामा बुढी औला सहित अन्य दुइ औला बराबार र बाँकी औला साना हुन्छन, ती मानिसहरु कठिन परिश्रम गर्ने खालका हुन्छन्। यस्ता मानिसहरु आफ्नो श्रमको बलमा सफलता हासिल गर्दछन्। श्रमकै बलमा उनीहरुलाई मान सम्मान प्राप्त हुन्छ यस्ता खुट्टाका औला भएकाहरु अरु मानिसले गरेका कामको समेत प्रशंसा गर्ने गर्दछन। उनीहरुलाई कर्मशील मानिस विशेष मन पर्दछ यस्ता औला भएकाहरु घरपरिवारमा पनि आफ्नो जिम्मेवारी राम्रो तरिकाले निर्वाह गर्दछन।
अदभुत ढंगबाट गर्छन काम: जो मानिसको खुट्टाको औलामा दोस्रो औला लामो र अन्य छोटा हुन्छन्, ती मानिसहरु फरक र अदभुत तरिकाबाट काम गर्दछ । यी मानिसका योजनाहरु र कार्यशैली अलग र श्रेष्ठ हुन्छन्। योजानाकै बलमा उनीहरुलाई विशे्ष स्थान प्राप्त हुन्छ। घरपरिवारमा यस्ता मानिसलाई विशेष सुख सुविधा प्राप्त हुन्छ।
शान्तिप्रिय हुन्छन यस्ता मानिस: जो मानिसहरुको बुढि औला लामो र अन्य औला समान लम्बाईका हुन्छन, त्यस्ता मानिस शान्तिप्रिय हुन्छन। यस्तो प्रकृतीको खुट्टा भएका मानिसहरु तनावमा नआईकन काम गर्न रुचाउँछन्। यी मानिसहर कहिल्यै पनि आवेशमा आउँदैनन् । विरोधीहरुसंग पनि उनीहरु शान्तिबाटे बिजय प्राप्त गर्दछन्। शान्तिप्रियसगै केही मानिसहरु अल्छी पनि हुन्छन र ढिलासुस्ती गर्ने किसिमका हुन्छन्।
उर्जावान हुन्छन यस्ता मानिस: जो मानिसको खुट्टाको औला मध्य दोस्रो औला ठुलो र अरु सानो हुँदै जान्छन् र अन्त्यका दुइ औला करिब बराबार हुन्छन, ती मानिस उर्जावान हुन्छन्। सामान्यतया यस्ता मानिसहरु जोशिला हुन्छन , जुनसुकै पनि जोश र उर्जाका साथ गर्दछन् । यिनीहरु खुलेर रमाइलो गर्न चाहन्छन्। यी मानिसहरु पुर्णरुपमा जीवनको आनन्द लिन्छन् सधै खुसी रहन्छन् र अरुलाई खुसी राख्न प्रयत्न गर्दछन्।

बेंसीशहर : लमजुङको सुन्दरबजार नगरपालिका–१३ कुन्छास्थित शान्ति उच्च माध्यामिक विद्यालयमा शुक्रबार मध्यरातमा आगो लगाइएको छ ।
अज्ञात समुहले शुक्रबार राति १२ बजे बिद्यालयमा आगजनी गरेको हो । ‘ दिउँसो विद्यालयको प्रथम चौमासिक परीक्षा चलेको थियो’, विद्यालयका प्राचार्य नारायण गिरीले भने, ‘राति एक्कासी आवाज आएपछि हेर्न जाँदा विद्यालय आगोले बलिरहेको थियो । ’
विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएपनि विहान प्रहरीको टोलीले निरीक्षण गर्दा कक्षा ९ को झ्यालको रड काटेर आगो लगाएको भेटिएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए ।
आगजनीबाट विद्यालयको प्रशासन, किचन, लाईब्रेरीसहित चारवटा कोठा पूर्णरुपमा जलेका छन् ।
घटनाको तीन घण्टापछि स्थानीयबासीले निभाएर विद्यालय थप क्षति हुनबाट जोगाएका थिए । आगजनीबाट विद्यालयका २० थान कम्प्युटर, टेबल, दराज र कुर्सी लगायत सामाग्री नष्ट भएको प्रचार्य गिरीले बताए ।
आगजनीबाट बिद्यालयमा एक करोड २० लाखको क्षति भएको उनले जानकारी दिए । घटनाको अनुसन्धान थालिएपनि हालसम्म कोही पक्राउ नपरेको प्रहरी निरीक्षक थापाले बताए ।
लमजुङको पुरानो सदरमुकाम कुन्छास्थित शान्ति उमावि २००९ सालदेखि सञ्चालनमा आएको थियो । सो विद्यालयमा पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । www.annapurnapost.com

इलाम (श्रीअन्तु) : इलामको श्रीअन्तु गाउँ विकास समितिस्थित श्रीबुङ गाउँमा श्रीमतीकोे किरिया बसेका श्रीमान्सहित तीनजनाको निसासिएर मृत्यु भएको छ ।
किरिया बसेकाहरुको मृत्यु भएपछि गाउँलेमा शोकमाथि शोक थपिएको छ । श्रीअन्तु गाविस–६ मा जेनेरेटरको धुवाँले निसासिएर तीनजनाको मृत्यु भएपछि दिनभर गाउँलेका आँखामा आँसु थामिएन ।
श्रीबुङमा श्रीमति जोतिमाया तामाङको किरिया बसेका ४५ वर्षीय लगन तामाड., सोही गाउँका १८ वर्षीय नितेश मगर र पशुपतिनगर निवासी ६० वर्षीय फुर्वा तामाङको मृत्यु भएको हो ।
उनीहरु तीनैजना शनिबार बिहान घरको कोठामा बेहोस भेटिएपछि उपचारका लागि फिक्कल ल्याइएको थियो । फिक्कल ल्याएपछि डाक्टरले उनीहरुलाई मृत घोषित गरे ।
किरिया बसेको ठाउँमा रहेका तीनैजना त्यही कोठामा राखिएको जेनेरेटर चलाएपछि धुवाँले निसासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पदम थपलियाले बताए ।
लमनकी श्रीमती ज्योतिमाया तामाङको दुई हप्ताअघि मृत्यु भएपछि तामाङ संस्कारअनुसार घेवा भइरहेको थियो । आइतबार घेवाको अन्तिम दिन मूलकर्म सम्पन्न गर्नु केही दिन अघिदेखि नै लामा पढाउने काम भइरहेको थियो ।
शुक्रबार राति पनि लामा पढाउन बिजुली नहुँदा जेनेरेटर चलाइएको थियो । पानी परेकाले घरको कोठामै राखेर जेनेरेटर चलाइएको थियो ।
त्यही कोठाका सबै दैला र झ्याल लगाएर तीनजना सुतेको निकेशका बुबा टेकबहादुर मगरले बताए । ‘बत्ती बाल्ने भनेर जेनेरेटर स्टार्ट गरेर सुतेछन्’, उनले भने, ‘कोठाभित्र हावा छिर्ने ठाउँ भएनछ, निदाएपछि निसास्सिएको थाहै नपाइ राति नै सकिएछन् ।’
लमनका कान्छा छोरा प्रितमका अनुसार बिहान ढिलासम्म नउठेका उनीहरुलाई बोलाउँदा नबोलेपछि ढोका फोडेर हेर्दा सबैजना अचेत अवस्थामा थिए ।
फिक्कलको प्रसिद्ध हस्पिटलका डा. आश्विनीकुमार रञ्जनका अनुसार जेनेरेटरले कार्वनडाई अक्साईड फाल्दा कोठामा अक्सिजन अभावमा श्वास फेर्न गाह्रो भएर मृत्यु भएको हुन सक्छ ।
शवलाई फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रको शवगृहमा शनिबारै पोष्ट मार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
आइतबारदेखि उनीहरुको पनि घेवा शुरु गरिने आफन्तजनले बताए । मृतक लमनका दुई छोरा र दुई छोरी छन् भने निकेशका बाबुआमा र दुईजना बहिनी छन् । annapurnapost.com

(एजेन्सी)– राती नसुतेको भन्दै दिनमा सुत्ने मानिसहरु सावधान हुनुहोस् । एक तथ्यका आधारमा दिउँसो सुत्ने वयस्क र पाको मानिसहरुको चाँडै मृत्यु हुने सम्भावना हुन्छ । विशेष रुपमा, दिउँसोको निन्द्राले स्वासप्रश्वाससम्बन्धि रोगहरु बढाउने गर्दछ ।
४० देखि ६५ वर्षका उमेरसमूूहरुका मानिसहरु जो दिउँसो एक घण्टा वा त्योभन्दा बढि सुत्ने गर्दछन् उनीहरुको मृत्यु हुने सम्भावना दिउँसो नसुत्ने मानिसहरुको तुलनामा दोब्बर हुन्छ, युनिभर्सिटी अफ क्याब्रिजका अनुसन्धानकर्ताहरुले बताए । दिउँसो धेरै सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ विशेष गरि श्वासप्रश्वाससम्बन्धि रोगहरु, क्याम्ब्रिजका महामारीविद् यू लेंगले बताए । उक्त अनुसन्धानमा १६ हजार मानिस सामेल गराइएको थियो । सन् १९९८ देखि २००० सम्मको अन्तरालमा उनीहरुको सुत्ने बानीको बारेमा जानकारी लिइयो र उनीहरुलाई १३ वर्षसम्म पिछा गरियो ।

काठमाडौँ । के तपाई कुराहरु भुल्ने गर्नुहुन्छ ? के कहिलेकाँही यस्तो पनि हुन्छ तपाई महत्वपूर्ण कुरा नै बिर्सनु हुन्छ । जुन मानिसहरूमा भुल्ने बानी हुन्छ, केही समयपछि उनीहरूले यस्तो महत्वपूर्ण कुरा कसरी भुल भन्ने सोच्ने गर्छन् । यस्तोमा खानपानलाई पनि ध्यान दिन सके मष्तिष्कले राम्रोसँग काम गर्ने विज्ञहरू बताउँछन् । केही यस्ता खानेकुराहरू छन् जसले भुल्ने बानीलाई केही कम गर्न मद्धत गर्छ । थाहा पाऔ यस्ता खानेकुराहरू
चकलेटः चकलेट वा कफी खानाले मष्तिष्कलाई प्रत्यक्ष प्रभाव पार्छ । कफी पिउनाले दिमागले तिव्र गतिमा काम गर्ने विज्ञहरूले अनुसन्धानमार्फत पत्ता लगाएका छन् । जाडोमा कोकोयुक्त खानेकुरा खानु लाभदायक मानिन्छ ।
तुलसीः तुलसीलाई हिन्दू धर्ममा देवीको रूप मानिन्छ । यसको उपयोग मसालाको रूपमा गरिनुका साथै विभिन्न रोगमा औषधीको लागि समेत प्रयोग गरिन्छ । दैनिक तुलसीको २(४ पत्ता खानाले बारम्बार भुल्ने समस्या हट्न मद्धत गर्छ ।
गोलभेँडाः गोलभेँडामा प्रोटिन, भिटामिन आदी पाईन्छ । यसमा कार्बोहाइड्रेट्सको मात्रा कजम हुन्छ । गोलभेँडामा लाइकोपिन हुने गर्छ । यसले शरिरको फ्रि रेडिकल्सलाई रक्षा गर्ने गर्छ । साथै यो ब्रेनको सेल्सलाई जोगाउँछ ।
दहीः दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, नुन, क्याल्सियम र फस्फोरस जस्ता तत्वहरू पर्याप्त मात्रामा पाईन्छ । दहीको नियमित प्रयोगले शरिरमा फाईदा पुर्याउने जीवाणुहरू बढाउने काम गर्छ र हानिकारक जीवाणु नष्ट गर्ने गर्छ । यसमा अमिनो एसिड पाइन्छ, जसले तनाव कम गर्छ र सम्झने क्षमतामा बृद्धी गर्छ ।
जाईफलः जाईफललाई विषेश स्वाद र सुगन्धका लागि चिनिन्छ । यसमा यस्ता तत्व हुन्छन्, जसले दिमालाई स्वस्थ राख्न मद्धत गर्छ । साथै, सम्झने क्षमतामा बृद्धी गर्न मद्धत गर्छ ।
दालचिनीः अल्जाइमर रोगीहरुका लागि दालचीनी राम्रो औषधी हो । दालचीनीको नियमित सेवनले सम्झने क्षमतामा बृद्धी हुन्छ र मष्तिष्क स्वस्थ रहन्छ ।
ओखरः दैनिक ओखर खानाले पोषक तत्वहरूको कमी हट्छ । ओखरमा ओमेगा ३, फ्याक्टी एसिड, प्रोटिन, फाइबर र एण्टी(अक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाइन्छ । थोरै ओखर दैनिक खानाले मष्तिष्कको क्षमतामा बृद्धी हुन्छ ।
जैतुनः जैतुन तपाईको स्वास्थ्यको लागि मात्र नभइ अनुहारको चमकताका लागि पनि लाभदायक छ । जैतुनमा निकै धेरै फ्याट पाईन्छ । यसले सम्झने शक्ति बढाउने काम पनि गर्छ ।
चियाः चियामा पाइने पोलिफिनोलले मष्तिष्कलाई सन्तुलित राख्न मद्धत गर्छ । यसले मष्तिष्कलाई शान्त र एकाग्र बनाउन समेत मद्धत गर्छ । ग्रिन टिमा पाइने एण्टी(अक्सिडेन्टले पनि मष्तिष्कलाई तेजिलो बनाउन मद्धत गर्छ ।
बेसारः बेसार मष्तिष्कका लागि निकै राम्रो औषधी हो । यो मात्र स्वाद र रंगका लागि मात्र नभई मष्तिष्कलाई पनि स्वस्थ राख्न मद्धत गर्छ । यसको नियमित सेवनले अल्जाइमर रोगबाट छुटकारा पाउन सकिन्छ । साथै यो मष्तिष्कको क्षतिग्रस्त कोषहरूलाई पुनजाग्रित गर्ने काम गर्छ ।
स्ट्रबेरीः स्ट्रबेरी आफ्नो मनमोहक सुगन्धका कारण विश्वमा नै निकै लोकप्रिय छ । यसको नाम सुन्ने बित्तिकै मुखमा पानी समेत आउने गर्छ । स्ट्रबेरी मिल्क शेक, आइसक्रिम आदीको स्वाद मिठो बनाउनका लागि पनि प्रयोग गरिन्छ । यसमा भरपूर मात्रामा एण्टी(अक्सिडेन्ट पाइन्छ ।