• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
वार्ताका लागि प्रक्रिया नरोक्ने
काठमाडौं : कांग्रेस, एमाले र एमाओवादीले मधेस तथा अन्य क्षेत्रमा आन्दोलनरत सबै पक्षहरुलाई वार्तामा सहभागी हुन पुनः अपिल गरेका छन् ।

सम्बादबाटै समाधान खोज्न तयार रहेको प्रतिवद्धतासहित तीन दलका शीर्ष नेताहरुले बुधबार पुनः अपिल गरेका हुन् । बुधबार बेलुका सिंहदरबारमा बसेको तीन दलको शीर्ष बैठकले आन्दोलनरत दल तथा पक्षलाई वार्ताका लागि आव्हान गर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेसका नेता रामचन्द्र पौडेलले वार्ताका लागि सरकारले अन्तिम पटक अपिल गरेको बताउँदै भने, यो वार्तामा सहभागी हुने अन्तिम अवसर हो । तर वार्तामा कोही आएन भने पनि प्रक्रिया रोकिदैन ।

पौडले अहिले आन्दोलनकारीले उठाइरहेका माग र मुद्दालाई वार्ताबाट समाधान र सम्बोधन गर्न सकिने बताए । उनले भने, हामीलाई विश्वास छ आन्दोलनकारी वार्तामा आएर छिटै समझदारी हुन्छ ।

यसअघि पनि मुख्य दलहरुले र प्रधानमन्त्रीले पनि अलगअलग रुपमा वार्तामा आउन आन्दोलनकारीसँग औपचारिक रुपमा आग्रह गरेका थिए। मधेसमा आन्दोलन गरिरहेका मधेसी दलहरुले संविधान निर्माणको प्रक्रिया स्थगित गर्नुपर्ने र सेना ब्यारेकमा फिर्ता गर्नु सर्त राख्दै आएका छन् । तर तीन दलले भने वार्ताका लागि प्रक्रिया एक मिनेट पनि नरोक्ने निर्णय गरेका छन् ।

annapurnapost.com
साले मान्छे मार्ने  तँ, अझ यहाँ आएर डुक्रन्छस्…. !’ यसरी सभामुखको च्याम्बरबाट चर्को स्वर निस्किएपछि वरिपरि तैनाथ  सुरक्षाकर्मीले हत्तपत्त पोजिसन लिइहाले सिंहदरवार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्रै हतियारधारीको घुपैठको खतराका कारण  सरकारले देशमा भएभरको कमाण्डो प्रहरी त्यता खटाएको थियो ।
स्वभाविक रूपमा  कधतैबाट अलिक ठूलो स्वर निस्किएपछि उनीहरू हाई अलर्टका साथ पोजिसन लिने नै भए । एकजना अधिकृत स्तरका मर्यादापालक भित्रै छिरे । तर, त्यस भित्रको वातावरण अघि बाहिर निस्किएको चर्को स्वरको भन्दा  विपरित थियो । केही सभासद् घोसेमुन्टो लगाएर उभिएका थिए, सभामुखचाहिँ चिउँडोमा हात राखी गम्भीर मुद्रामा सोमग्न थिए । राप्रपा नेपालले डा. गोविन्द केसीको अनसनमा केन्द्रित भएर ११ बजे बोलाइएको सदनको पूरै समय त्यसमा दिनुपर्ने माग राख्दै थियो । पूर्व निर्धारित कार्यसूचीबमोजिम सदन सञ्चालन गर्नमा केही समस्या आएपछि सभामुख सुवास नेम्वाङ के गरौँ र कसो गरौँ को दोधारमै थिए । १६ भदौको कुरा हो यो । अघिल्लो दिन वीरगञ्जमा प्रहरीको गोली लागी केही प्रदर्शनकारी हताहत भएका थिए । गृहमन्त्रीले सदनलाई दिने जवाफ तयार भएको थिएन । सदनलाई बैकल्पिक कार्यसूचीका साथ अघि बढाउनुपर्ने विभिन्न प्रस्ताव आइसकेपछि सभामुख रनभुल्लमा परे । निर्धारित ११ बजेको समय घर्किसकेको थियो । यत्तिकैमा होहल्ला गर्दै अमरेशकुमार सिंह  सभामुखको कार्यकक्षमा छिरे । घरको नोकरलाई हप्काएजस्तो बोल्न थाले, ‘यो के तरिका हो?’ वीरगञ्जमा त्यत्रा मान्छे मारेका छन् । हामीले बोल्न नपाउने? यतिबेला सम्म किन हाउस नचलाएको ? के हामीले बोल्छौँ भनेर लाग्यो तपाईंलाई ? उता मान्छे मरेको छ, तपाईं चूप लागेर बस्नुहुन्छ?’ सामान्यतया धैर्यवान् स्वभावका सभामुख अमरेशको तमिजविनाको चिच्याहट सुनेर रातोपिरो हुन पुगे । उनी पनि ठूलै श्वरमा कराए, ‘मान्छे कसले मार्यो? मैले मारेँ? मान्छे मैले मारेँ कि तैँले मारिस्, हँ ?’ अमरेशले जवाफ दिए, ‘मैले कसरी मारेँ ?’ म सत्तापक्षको सांसद्ले कसरी मान्छे मारेँ?’ सभामुख अझै थामिएनन्, जवाफ दिए, ‘गोली चलेको छ । तपाईंहरू भाषण गर्दै हिँड्नुभएको छ । खुँडा, खुकुरी, भाला बोकी सुरक्षाकर्मीलाई मार भन्दै डुक्रिएर हिँड्ने को हो? अझ, यहाँ आएर ठूलो कुरा गर्ने?’ यसपछि त्यहाँ उभिएका केही व्यक्तिहरू सभामुखको  पक्षमा बोल्न थाले, ‘सदन कसरी चलाउने? कार्यसूची के पेश  गर्ने? यो सभामुखको चिन्ताको विषय हो । हामीले दबाब दिएर हुँदैन ।’ अर्काले भने, ‘ सभामुख तिम्रा अरौटे हुन् र, यसो गर त्यसो भन्छौ ?’ जनआस्थामा यो समाचार छ । – See more at: http://nepalpati.com/news/14919/suvash-chandra-nemwang#sthash.Iel9u1tL.dpuf - See more at: http://dainiknepal.com/2015/88584.html#sthash.QCZBWKHd.kQr8KM90.dpuf
२३ भदौ, काठमाडौं । दुई वर्ष अघि धादिङमा बाईसीएल कार्यकर्ताको हत्या गरेको अभियोगमा साजन गुरुङ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले धादिङ सेमजोङ ८ का नचोक उर्फ साजनल र कारजोन गुरुङलाई पक्राउ परेको हो । साजनमाथि २४ माघ २०७० मा बाईसीएल कार्यकर्ता पवन भन्ने पहलमान तामाङको हत्या गरेको अभियोग लागेको छ ।
२८ वर्षका साजनलाई काठमाडौंको न्यूरोडमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनले भने-‘बाहिरबाट ताला लगाएर बस्ने र अपराध गर्ने बेलामा मात्र बाहिर निस्केन गरेका रहेछन् ।’
उनका साथबाट हेमन्त गुरुङको नाममा जारी भएको भारतको मतदाता परिचय पत्र र एक थान चुप्पी समेत बरामद भएको छ ।
प्रहरीका अनुसार साजनले उद्योगी व्यवसायीलाई धम्क्याउने र रकम असुल्ने गरेको पाइएको छ । उनले नुवाकोट धादिङ सडक खण्डका ठेकेदारसँग समेत २० लाख रुपैयाँ मागेको पाइएको छ ।
www.onlinekhabar.com
जिल्ला प्रहरीमा आक्रमण गरेपछि प्रहरीले गोली चलायो
महोत्तरी : महोत्तरीको जलेश्वरमा भएको झडपमा प्रहरीको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको छ ।

मधेसी मोर्चाले सदरमुकाम जलेश्वरमा निकालेको जुलुसका क्रममा प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरी धावा बोलेपछि प्रहरीले स्थितिलार्इ नियन्त्रणमा लिन गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर जलेश्वर–७ बज्राही निवासी रोहन चौधरी, जलेश्वर-१४ का मुसो कापर र रामविवेक यादवको ज्यान गएको हो ।  अर्का एकजनाको नाम खुल्न सकेको छैन ।

प्रहरीको गोली लागेर थप ७ जना गम्भीर घाइते भएका छन् । मोर्चाका कार्यकर्ताले मंगलबार राति जिल्ला शिक्षा कार्यालयमा अागजनी गरेका थिए ।

जलेश्वर नगरपालिकामा निकालिएको जुलुसका क्रममा उग्र प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालयमा जाइ लागेपछि प्रहरीले गोली चलाएको हो । मारिएका सबैजनाको घुँडाभन्दा माथि गोली लागेको छ।

झडपका कारण अहिले जलेश्वर तनावग्रस्त छ ।
www.annapurnapost.com
काठमाडौं:  टेकुमा बुधबार अपरान्ह डरलाग्दो दुर्घटना भएको छ।

टेकुबाट त्रिपुरेश्वरतर्फ आइरहेको बा ४९ प ३८०६ नम्बरको मोटसाइकल र त्रिपुरेश्वरबाट टेकुतर्फ गइरहेको बा ६० प ९५१४ नम्बरको मोटरसाइकल बीच सडकमा ठोक्किँदा तीनजना सडकमै पछारिएका थिए।

भानु लामिछानेको टाउको सडकमा बजारिएर रगत बगेको थियो। गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएको छ। त्यसैगरी चालक प्रशान्त सापकोटा पवन लामा पनि घाइते भएका छन्।
annapurnapost.com
काठमाडौ :  नेपाली काग्रेसका नेता एवम सनातन हिन्दु राष्ट्र महाअभियानका संयोजक खुमबहादुर खड्काले ठूला दलका ठूला नेताहरुले विदेशीको डलर खाएर हिन्दु धर्म बेचेको आरोप लगाएका छन्।

रिपोर्टस् क्लबमा बुधबार बोल्दै खड्काले धर्म निरपेक्षता कुनै पनि हालतमा मान्य नहुने र हिन्दु राज्य हुनैपर्ने बताए। उनले आफ्नै पार्टीका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई नाम बदल्न चुनौती दिदै भने, अब किन कोइराला,देउवा र पौडेल राख्‍नुपर्‍यो। तपाईहरुले नाम फेरेर अब पिटर, मिटर र टोनी राखे हुन्छ।


उनले भने, 'तिहारमा दिदी बहिनीसँग टिका लगाउने कोइराला र पौडेल, त्यस्तै देउडा नाच्ने देउवाले त्यो काम छाड्नु पर्यो । कम्यूनिष्टहरुले त धर्म मान्दैनन। कांग्रेस पनि त्यही बाटोमा हिड्नु दुर्भाग्य हो। हिन्दु बाबु आमाको कोखबाट जन्मिएर त्यस्तो गर्दा सम्पूर्ण हिन्दुको अपमान हुन्छ ।


खड्काले नेपाल बचाउने सूत्र हिन्दु धर्ममात्रै भएको दाबी गर्दै हिन्दुवादीहरुको  जित निश्चित रहेको बताए। खड्काले ९० प्रतिसत नेपाली जनताले हिन्दु राष्ट्र र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा सुझाव दिए पनि नेताहरुले त्यसलाई वास्ता नगरेको र आफ्नो निर्णय जबरजस्ती लादेको बताए।

उनले अहिले संविधान गौण र  महत्वपूर्ण कुरा राष्ट्र भएको उल्लेख गर्दै भने, भोलीको दिन अझै भयावह हुन्छ । स्वतन्त्र मधेसको आवाज प्रवल भयो भने देश विखण्डन हुन सक्छ । जवरजस्ती संविधान जारी गरेर हुँदैन ।'


खड्काले नेपाललाई एकीकृत गर्न एक महिनासम्म संविधानसभा स्थगित गरेर सबैसँग सल्लाह गरेर संविधान बनाउन सके नेपालकै संविधान हुने स्पष्ट पार्दै सभासदहरुले धमाधम संविधानसभा छाडिरहेको अवस्थामा आफ्नो दुनो सोझ्याउन मात्रै संविधान जारी गरे मुलुकमा द्धन्दमा जाने बताए।

धर्म निरपेक्षताको घोषणा काग्रेस पार्टीभित्र कुनै पनि तहमा छलफल नगरी भएको दावी गर्दै भने, 'अहिलेको केन्द्रीय समितिको बैठकमा बोल्ने सबै सदस्यहरुले हिन्दु राष्ट्रको पक्षमा छन्। अभियानका प्रवक्ता कुमार रेग्मीले नेपालका हिन्दु र बौद्ध तिर्थ स्थलको प्रवर्दन मात्र गर्न सके नेपालको विकास हुने भन्दै नेपालले अरुसँग भिख मागिरहनुको आवश्यकता नरहेको बताए ।
annapurnapost.com
काठमाण्डु, २३ भदौ– भारतमा साउदी अरबका एक कुटनीतिज्ञले दुई नेपालीलाई बनधक बनाएर त्यहाँको एक घरमा राखि पटक–पटक बलात्कार गरेको समाचारले यतिबेला सबैलाई स्तब्ध बनाएको छ । घटना बाहिर आएसँगै कुटनीतिज्ञमाथि बलात्कारको मुद्धा दर्ता गराइएको छ । समाचार अनुसार भारतका लागि साउदी अरब दूतावासका प्रथम सचिवले दुई नेपाली महिलालाई भारतमा महिनौँसम्म बन्धक बनाएर बलात्कार गर्दै आएको थियो । त्यहाँ उनीहरुलाई निकै दर्दनाक तरिकाले बलातकार गरिएको थियो । प्हरीले सोमबार स्थानीय र एनजिओको सहयोगमा उनीहरुलाई त्यहाँबाछ छुटाएको हो ।
घटना बाहिर आएपछि बलात्कारित ४४ वर्षीया महिला र उनकी २० वर्षीय छोरीले आफूमाथि भएको पीडाको दर्दनाक कथा सुनाएका छन् । युवतिले भनिन्, ‘पछिल्लो चार महिना हाम्रा लागि निकै भयावह रह्यो । हामीलाई लाग्थ्यो कि हामी छिट्टै मर्ने वाला छौँ र हाम्रो घरपरिवारलाई हाम्रो लाशुमेत मिल्नेवाला छैन ।’
४४ वर्षीया नेपाली महिलाले कहिलेकाँही आफूहरुलाई सात आठ जनाले सामूहिक बलात्कार गर्ने गरेकोसमेत बताइन् । पहिले दुबै आमाछोरीलाई घरको कामका लागि राखिएको थियो तर, पछि उनीहरुलाई यौन प्यास बुझानका लागि प्रयोग गर्न थालियो । महिलाले भनिन्, ‘केबल कुटनीतिज्ञमात्र होइन उसको घरमा आउने सबैजनाले बलात्कार गर्थे, कहिलेकाँही त दिनमै सातदेखि आठ जनासम्मले पनि सामूहिक बलात्कार गरे । उनीहरु पनि साउदी अरबका मानिस हुने गर्थे ।’
आफूहरुले बिरोध गर्न खोज्दा मारेर लाश कतै फालिदिने धमकी आउने गरेकोसमेत महिलाले खुलासा गरिन् । नेपाली महिलाको आरोप छ कि एकदिन जब उनले बलात्कारको बिरोध गर्न खोजिन् तब उनको हातमा चाकु हानियो । महिलाका अनुसार कुटनीतिज्ञले उनीहरुलाई कतिपटक दिल्ली भन्दा बाहिर आगरा र नैनीताल लगेर गयो । त्यहाँ केही मानिसहरु भेटिन्थे र उनीहरु पनि बलात्कार गर्थे ।
घटनापछि साहायक प्रहरी आयुक्त राजेशले पहिले उनीहरुलाई साउदी अरबको जेद्धान लगिएको जहाँ उनीहरुलाई घरेलु काम लगाइयो र बलात्कार पनि गरियो । केही समयपछि उनीहरुलाई भारतको दिल्लीस्थित गुडगाउँ लगियो । त्यहाँ एक फ्ल्याटमा राखियो जुन साउदी अरबको दूतावासले भाडामा लिएको थियो । राजेशले पीडतको बयानका आधारमा अघि भने एक घरेलु सहायक पनि त्यहाँ गएकी थिइन् । उनले यी दुबै महिलाको दुर्दसा देखिन् र त्यहाँबाट गइन् ।
सोही महिलाले एक एनजिओलाई सूचना दिइन् र प्रहरी त्यहाँ गएर छापा हान्यो र महिललाई मुक्त गर्यो । घटनाका समबनधमा अहिलेसम्म कोही गिरफ्तार भएका छैनन् । प्रहरीले यस घटनामा नेपाली दूतावासको सहयोग मागेको छ । युवतिहरुको घर बाग्लुङ भएको समाचारमा बताइएको छ । भारतीय संचार माध्यमले यस घटनालाई प्राथमिकताका साथ स्थान दिइरहेका छन् ।
 source kathmandutoday.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home