फोटो :पक्राउ परेका थारुवान-थरुहटका नेता लाहुराम थारु (रातो घेरामा) अन्य थारु नेताका साथ । फाइल फोटो
कैलाली : कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित नौजनाको हत्या गरिएको घटनालाई लिएर प्रहरीले एक थारु नेतालाई पक्राउ गरेको छ ।
टीकापुरमा प्रहरीको हत्याबारे अनुसन्धान गर्न कैलालीको थरुहट-थारुवान आन्दोलनका संयोजक लाहुराम चौधरीलाई बिहीबार बिहान पक्राउ गरेको हो ।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी नपा–३ मिलन चोकबाट पक्राउ गरेको हो । (टीकापुर कान्डमा थारु नेता लक्षमण पक्राउ)
चौधरीलाई टीकापुर घटनाबारे सोधपुछ गर्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी विश्वराज खड्काले जानकारी दिए ।
पक्राउ परेका चौधरीले टीकापुर घटना थरुहट-थारुवान आन्दोलनकै क्रममा भएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।
थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष पनि रहेका उनले सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा टीकापुरमा प्रहरीको हत्या थरुहटको आन्दोलनका क्रममा भएको अभिव्यक्ति दिएपछि प्रहरी अनुसन्धानमा तानिएका हुन् ।
बुधबारमात्रै प्रहरीले थारु आन्दोलनका केन्द्रीय नेता लक्षमण थारुलाई भैरहवाबाट पक्राउ गरी हिरासतमा लिएको थियो ।
www.annapurnapost.com
सिरहा : स्थानीय प्रशासनले सिरहाको पुर्व–पश्चिम लोकमार्गमा जारी गरेको अनिश्चितकालीन निषेधाज्ञाको बावजुद लहानमा एक मालबाहक ट्रकमा आगजनी भएको छ ।
निषेधाज्ञा घोषणा भएको केही बेरमै लहानको पुर्व हुलाक चोकमा ना. ५ ख ४१४९ नम्बरको मालवाहक ट्रक प्रदर्शनकारीले आगजनी गरेका थिए ।
आगजनी भइँरहदै प्रहरीले छ राउण्ड हवाइ फायर गरेको थियो । लहानमा बिहीबार मध्यान्ह १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
यसअघि विहानैदेखि लहानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको थियो । प्रदर्शनकारीहरुले लहानको पश्चिम चोकमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानको कार्यालयमा आगजनी गरेका छन् ।
उक्त कार्यालयमा रहेको सवारी मुद्दाअन्तर्गत राखिएको एक मोटरसाइकलमा पनि आगजनी गरेका छन्www.annapurnapost.com

भारत, भदौ २४ । भनिन्छ भिआइपीका लागी वितरण गरिने हरेक कुरा स्तरय हुन्छन् । तर यो मामीलामा भारतमा त्यसको विपरितका कार्यहरु भएका खबर बेलबेलामा आउने गर्छन् । बुधबार पनि भारतको छत्तिस गढमा त्यस्तै भयो ।
भारतीय जनता पार्टीको कार्यालयमा आयोजीत एक कार्यक्रममा छत्तीसगढका मूख्यमन्त्री रमन सिंह र केन्द्रीय स्वास्थ्यमन्त्री जेपी लड्डा सहभागी थिए । उनीहरुलाई बाँडिएको पानीको बोटलमा सर्पको बच्चा फेला परेपछि कार्यक्रम हलमा नै हंगामा मच्चिएको थियो ।
शिलबन्दी गरिएको पानीको बोटलमा सर्पको बच्चा भेटिएपछि सबै आश्चर्यमा परेका थिए । यो विषयले हिजो दिनभर जसो नै भारतीय मिडियामा ठुलो रुप लियो र अन्तत छानविन गर्न खाद्य सुरक्षा विभागले निर्देशन दिएको छ भास्कर दैनिकले लेखेको छ ।
भास्करका अनुसार सो कार्यक्रममा ठूलो संख्यामा पार्टीका विधायक र मन्त्री समेत सहभागी थिए । मूख्यमन्त्रीको मेडिकल स्टाफ डा। पुनम पाण्डेलाई दिइएको बोटलको पानीमा सर्पको बच्चा देखिएपछि पाण्डे धेरै ट्वाल्ल परेकी थिइन् । घटना घटे लगत्तै कार्यक्रममा वितरीत सबै पानीका बोटल फिर्ता लिइएको थियो ।
यसैबिच उक्त घटनाका विषयमा पानी निर्माता कम्पनी अमन अक्वाका प्रवन्ध निर्देशक शैयद शफिकले कसैले कम्पनीका विरुद्ध षडयन्त्र गरेको भन्दै यसमा कम्पनी दोषी नरहेको बताएका छन् ।

काठमाडौं, २४ भदौ । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।
नेपाली बजारमा विहीबार सुन तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नयाँ मूल्य अनुसार विहीबार स्थानीय बजारमा सुन तोलाको ४९ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
बुधबार सुन प्रतितोला ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । नयाँ मूल्य अनुसार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।
dainiknepal.com

मलेसिया : मलेसियामा भएको सडक दुर्घटनामा बिहीबार एक नेपालीको ज्यान गएको छ ।
मलेसियाको जोहोर राज्यस्थित मुहार बखरी बातु लापानमा भएको सडक दुर्घटनामा तेह्रथुमका घनेन्द्र लिम्बूको ज्यान गएको हो ।
कम्पनी जाने क्रममा सडक पार गर्न लाग्दा लिम्बूलार्इ कारले ठक्कर दिएको उनका साथी मुकेश साहले जानकारी दिए ।
मुहारको टिटी गोलोवे कम्पनीमा कार्यरत लिम्बू रोजगारीका सिलसिलामा ९ महिनाअघि मलेसिया आएका थिए ।
लिम्बूको शव पोस्टमार्टमका लागि मुहार अस्पतालमा राखिएको छ । www.annapurnapost.com

जनकपुरधाम : मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरको जानकी मन्दिरनजिकै रहेको जानकी प्रहरी चौकीमा चारवटा पेट्रोल बम हानेका छन् ।
बम हानिएपछि चौकीमा आगो सल्किएपनि तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले भौतिक क्षति नभएको धनुषका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
चिया र तरकारी पसलमा तोडफोड
मधेसी मोर्चाका प्रर्दशनकारीले जनकपुर नगरक्षेत्रमा होटेल, चिया र तरकारी पसलमा समेत तोडफोड गरेका छन् । उग्र प्रदर्शन भएपछि सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रशासनले नगरबासीलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
प्रजिअ पराजुलीले संचारकर्मीहरुलाई फोन गरी नगरवासीमाझ सार्वजनिक सूचना दिँदै चोकहरुमा जम्मा नहुन र भीडको हिस्सा नबन्न सर्वसाधारणलाई अपिल गरेको बताए ।
नगरक्षेत्रको विभिन्न चारवटा भागमा निषेधाज्ञा लागू गरिएपनि अवस्था अझ बिग्रिए कर्फ्यू लगाइ सेना परिचालन गर्ने तयारी गरिसकेको प्रजिअले जानकारी दिएका छन् । www.annapurnapost.com

जनकपुरधाम : आन्दोलनका क्रममा विभिन्न जिल्लामा प्रहरीले दमन गरेको भन्दै जनकपुरमा सशस्त्र प्रहरीका उपरीक्षकमाथि मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेका छन् ।
गस्तीमा रहेको प्रहरी उपरीक्षक रविन्द्र ठाकुर सवार भ्यानमाथि आन्दोलनकारीले जनकपुर उपमहानगरपालिका–१ भानु चोकमा पेट्रोल बम हानेका थिए ।
बम हानिएपनि भ्यानमा सवार उपरीक्षक ठाकुरसहित सबै सुरक्षाकर्मीहरु सकुशल रहेको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिनप्रहरीले चार राउण्ड हवाई फायर समेत गरेको थियो । जनकपुरमा प्रर्दशनकारीहरुले केही खुलेका चियापसल समेत विहानै देखि बन्द गराएका छन् । www.annapurnapost.com