जलेश्वर, भदौ २५ – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आन्दोलनकारीहरुको कुटपिटबाट सशस्त्र प्रहरी असई नेपालगञ्ज निवासी थमन बहादुर विश्वकर्माको मृत्यु भएको छ । हत्या गरिएका विक संयुक्त राष्ट्रसंघको मिशनमा भाग लिनको लागि पथलैयाबाट परिक्षा दिएर आउदै थिए । उनी एक्लै रहेको वखत जलेश्वरका आन्दोलनकारीहरुले उनलाई जलेश्वर नगरपालिकानिर फेला पारेर लखेटेपछि उनी ज्यान बचाउन त्यही रहेको पोखरीमा हामफालेका थिए तर पनि आन्दोलनकारीहरुले उनलाई पोखरीबाट बाहिर निकालेर बाँसको भाटा लगायतबाट कुटपिट गरेका थिए । जलेश्वरमा नै आन्दोलनकारीहरुले बिहान साढे ८ बजे कुटपिट गरेका विकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । टाउकोमा चोट लागेको उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि अस्पतालकै एम्बुलेन्सबाट जनकपुर लग्दै थिए । मुख्य बाटो ठाउँ ठाउँमा अवरुद्ध भएका कारणले उनलाई गाउँको बाटो भएर लाग्दै थिए तर महोत्तरी गाविसको अनैठा गाविस पुग्दा आन्दोलनकारीहरुले सो एम्बुलेन्सलाई रोकेर आगजनी गरेका थिए । एम्बुलेन्समा रहेका अन्य पाँचजनालाई पनि कुटपिट गर्न थालेपछि उनीहरु भागेका छन् । तर असई विक भाग्न नसकेपछि उनलाई थप कुटपिट गरेपछि त्यही मृत्यू भयो । विकको शव एम्बुलेन्स जलेको ठाउँबाट करिब ५ सय मिटरको खेतमा फेला परेको सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक धिरेन्द्र पाण्डेले बताए । एम्बुलेन्समा रहेका सशस्त्र प्रहरीका सियापति पासमान, चालक, अस्पतालका एक कर्मचारी तथा सशस्त्रका कर्मचारी राजकुमार झा अहिलेसम्म सम्पर्कमा नरहेको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी बिहीबार मात्रै आन्दोलनकारीहरुले सशस्त्र प्रहरीकै जवान सुधिर शर्मालाई पनि कुटपिट गरेको बेला उद्धार गरेका थिए । बाराको पिलुवा गणमा कार्यरत उनी महोत्तरीकै पर्सापतैलीका स्थानीय थिए । घर आएको बेला उनलाई जलेश्वरमा स्थानीयहरुले कुटपिट गर्न थालेपछि सुरक्षाकर्मीले हवाईफायर र अश्रुग्याँस छोडदै उनको उद्धार गरेका थिए । www.ratopati.com
जलेश्वर : मधेसी मोर्चाका कार्यकर्ताले विदामा बसेका सशस्त्र प्रहरीका एक असईको क्रुरतापूर्वक लखेटेर हत्या गरेपछि महोत्तरीको जलेश्वर तनावग्रस्त भएको छ ।
सशस्त्रका असई थमनबहादुर विकलाई कुटपिट गरेपछि उपचारका लागि जनकपुरमा लाने क्रममा मोर्चाका कार्यकर्ताले लखेटेर हत्या गरेपछि जलेश्वर तनावग्रस्त भएको हो ।
जलेश्वरमा लगाइएको अनिश्चिकालिन निषेधाज्ञा तोड्न उत्रेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले गोली चलाउँदा रामशिला मण्डल मारिएकी हुन् ।
जलेश्वरको महादेव मन्दिर नजिकै प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले चलाएको गोली टाउकोमा लागेर मण्डलको ज्यान गएको हो ।
टाउकोमा गोली लागेर गम्भीर घाइते बनेकी मण्डललाई जलेश्वर अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए ।annapurnapost.com

भदौ । सामाजिक सञ्जाल फेसवुकमा आफ्ना अर्ध–नग्न तस्विरहरु पोष्ट गर्दै चर्चामा आएकी नेपालकी सनी लियोनलाई प्रहरीले पक्राउ गरेको छ । महेन्द्रनगर भाँसीमा रहेको लिटिल वुद्ध स्कुलमा कक्षा १० मा पढ्ने अर्चना पनेरुले विगत एक हप्तादेखि आफ्ना नग्न तस्विरहरु लगातार पोष्ट गर्दै आएकी थिईन । समाजिक सद्भाव भड्काएको तथा अश्लिलता फैलाएको आरोपमा प्रहरीले उनलाई महेन्द्रनगरस्थित आफ्ना घरबाट पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले उनकी आमा सुनिता पनेरुलाई समेत पक्राउ गरेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको महिला सेलले ठाडो उजुरीको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकी आमा सुनिताले भने आफ्नी छोरीमाथि लगानी गरेको भन्दै गर्व गरेकी छिन ।उनले छोरीलाई स्टार बनाउने भन्दै छोरीमाथि लगानी गरेको बताएकी छिन् । यता अर्चनाले फेसवुकमा फोटो राख्न तथा यी गतिविधि गर्न आमाले हौसला दिएकी बताएकी छिन । श्रोत अनलाइन पत्रिका
biswokhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं : मुख्य तीन दलले संविधान निर्माण प्रकियालाई आइतबारबाट मतदानमा लैजाने निर्णय गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहानदेखि भएको तीन दलको शीर्ष बैठकले संविधान निर्माणको प्रक्रियालार्इ दुर्इ दिन रोकेर आन्दोलनकारीसँग वार्ता गर्ने निर्णय गरेका हुन्। वार्ता भए पनि नभए पनि आइतबारबाट मतदान प्रकिया नरोकिने निर्णय दलहरुले गरेका छन्।
बालुवाटारमा भएको आजको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत तीन दलका नेताहरुको उपस्थिति थियो ।
बैठकबाट बाहिरिँदै एमालेका उपाध्यक्ष भीम रावलले मधेसी दलसहितका आन्दोलनकारीसँग दुर्इ दिनसम्म वार्ताको प्रयास भइरहेको जनाउँदै आइतबारबाट मतदान प्रकियामा जाने निर्णय भएको जानकारी दिए ।
'मधेसीसहितका आन्दोलनकारी दलसँग वार्ताको प्रयास भइरहेको छ', उपाध्यक्ष रावलले भने, 'हामीले यो निर्णय कसैको दवाब र प्रभावमा गरेका होइनौं, संविधानको प्रक्रियासँगै वार्ता पनि जारी राख्ने निर्णय भएको छ ।'
कांग्रेस महामन्त्री तथा संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले असन्तुष्ट पक्षहरुलार्इ समेट्ने अन्तिम प्रयासस्वरुप दुर्इ दिन कुर्ने निर्णय भएको जानकारी दिए ।
'यो अन्तिम अवसर हो, दुर्इ दिनमा वार्ता भएपनि नभए पनि प्रक्रियामा जाने निर्णय भएको छ', सिटौलाले भने ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिको प्रयास सकारात्मक हुँदै गएकाले दुर्इ दिन पर्खेर मतदान प्रक्रियालार्इ अघि बढाइने जानकारी दिए ।
संविधानसभाको कार्यसूची अनुसार संविधानको परिमार्जित विधेयक, २०७२ माथि शुक्रबार दफाबार छलफल सकेर मतदान गर्ने कार्यक्रम थियो ।annapurnapost.com

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जारी संविधान निर्माणप्रक्रिया नरोक्ने स्पष्ट पारेका छन् ।
आन्दोलनरत मधेसी दलका मागलाई सम्बोधन गर्न संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने आशयसहित बालकोट पुगको भारतीय राजदूत रञ्जीत रेलाई ओलीले यो जबाफ दिएका हुन् ।
संविधान निर्माण प्रक्रिया रोकेर मधेसी दलका माग सम्बोधन गरी अघि बढ्न सुझावसहित बालकोट पुगेका राजदूत रेलाई अध्यक्ष ओलीले अन्तिम अवस्थामा आएर संविधान निर्माण नरोकिने प्रष्ट पारेका हुन् ।
‘संविधान निर्माणको प्रक्रिया रोकिन्न । अहिले चलिरहेको प्रक्रियाबाट संविधान जारी गर्छौं’, रञ्जीत रेसँगको भेटमा अध्यक्ष ओलीको भनाइ उधृत गर्दै उनका स्वकीय सचिव रमेश आचार्यले अन्नपूर्णसँग भने, ‘आन्दोलनरत मधेसी दललाई सरकारले पटक पटक वार्तामा बोलाउँदा पनि आउन मानेका छैनन् । अहिलेकै प्रक्रियामा रहेर पनि उनीहरुका माग सम्बोधन गर्न सकिन्छ ।’
मधेसी दलले उठाएका मागबारे छलफल गर्न पार्टीको तर्फबाट, नेताको तर्फबाट र व्यक्तिगरुपमा पनि वार्तामा डाक्दा उनीहरु नआएकाले समस्या भएको ओलीको भनाइ थियो ।
‘मधेसलगायतमा चलेको आन्दोलनमा जे कुरा उठेको छ’, ओलीले रेसँग भने, ‘त्यसलाई सम्बोधन गर्न सरकारको तर्फबाट फार्टीको तर्फबाट, पार्टीका नेताको तर्फबाट र व्यक्तिगत पहलमा वार्तामा आउन भनेका छौं । तर उहाँहरु आउन मान्नु भएको छैन ।’
अध्यक्ष ओलीले मधेसीसहितले उठाएका मागलाई संविधान जारी गरिसकेपछि संशोधनमार्फत सम्बोधन गर्न सकिने विकल्प अझै बाँकी रहेको ओलीको भनाइ थियो ।
आधा घन्टासम्म भएको अध्यक्ष ओलीसँगको भेटमा राजदूत रेले घुमाउरो भाषामा मधेसी दलका मागलाई सम्बोधन गर्न संविधान निर्माणप्रक्रिया रोक्नुपर्ने सुझाव दिएका थिए ।
‘सबैको सहमति र सबैको सहभागितामा संविधान आउनुपर्छ’, राजदूत रेले ओलीसँग भने, ‘संविधान आउनुमात्रै ठूलो कुरा होइन । सबैलाई सहमति गराएर संविधान ल्याउनुस् ।’
राजदूत रेले शुक्रबार बिहानै एमाओवादीका अध्यक्ष प्रचण्डलाई पनि भेटेर मधेसी दलको माग सम्बोधन गर्न जारी संविधान निर्माण रोक्न आग्रह गरेका थिए । annapurnapost.com

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय, धनुषाले जनकपुर नगरमा विहान ६ बजेदेखि लगाएको कफ्र्यू संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले उलंघन गर्दा ठाउँठाउँमा झडप भएको छ ।
कर्फ्यू अवज्ञा गर्दै विहानदेखि ठाउँठाउँमा टायर बाली सरकार र प्रमुख तीन दलको विरोधमा नाराबाजी गरेका छन् ।
यता, प्रहरीले सडकमा देखीने व्यक्तिलाई लखेट्दा नगरको मुख्य चौकहरुमा झडप जारी रहेको छ ।
अहिले जनकपुरका मिल्स एरिया, विश्वकर्मा चोक, महावीर चोक, जानकी चोक, देवीचोक र बजरंग चोकसहितका स्थानमा प्रहरी र प्रर्दशनकारीबीच झडप जारी छ ।झडपका क्रममा प्रहरीले १२ राउन्डबी हवाई फायर गरिसकेको छ ।
मोर्चाले शुक्रबार ‘चलु जनकपुर भरुजनकपुर’ नाराका साथ गाउँगाउँबाट प्रदर्शन गर्दै दिउँसो २ बजे सदरमुकाममा प्रवेश गरी कर्फ्यू अवज्ञा गर्ने जानकारी गराएको छ ।
विहीबार बसेको सुरक्षा समितिको बैठकले शुक्रबार विहान ६ बजेदेखि अनिश्चितकालको लागि नगरक्षेत्रमा कफ्र्यू लगाउने निर्णय गरेको हो ।
सुरक्षाकर्मीहरु बिहानैदेखि नगरका मुख्य नाकाहरुमा तैनाथ गरिएको छ । नगरका मुख्य चोकहरुमा समेत उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् ।
जनकपुर प्रवेश गर्ने मुख्य नाकाहरु पूर्वको कपिलेश्वरदेखि पुल्चोकसम्म, पश्चिमको बेलापूल, उत्तरको बाबा पेट्रोल पम्प तथा दक्षिणको कुवा रामपुरस्थित शिक्षा कार्यालय क्षेत्रमा कफ्र्यू लगाई ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
annapurnapost.com

एम्बुलेन्समै धावा बोलेर हत्या गर्ने प्रयास
जनकपुरधाम : महोत्तरी सदरमुकाम जलेश्वरमा मधेसी मोर्चाका प्रर्दशनकारीहरुले नेपाल प्रहरीका एकजना असईलाई निर्घात कुटपिट गरेका छन् ।
स्थानीय शंकर चौकमा सादा पोसाकमा रहेका असई थमनबहादुर विकलाई कर्फ्यू खुकुलो भएको मौकामा प्रर्दशनकारीहरुले समातेर निर्घात कुटपिट गर्दा उनी गम्भीर घाइते भएका छन् ।
विकलाई टाउकोमा बढी प्रहार गरिएको छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा भर्ना गरिएपनि उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाउने प्रयास भइरहेको छ ।
तर, प्रर्दशनकारीहरुले एम्बुलेन्समा घाइते प्रहरी रहेको थाहा पाएपछि गाडीमाथि ढुंगामुढा गर्दै मार्ने प्रयास गरेको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले जानकारी गराए ।
एम्बुलेन्स चालकले तीव्र गतिमा गाडी भगाएपछि प्रर्दशनकारीहरु मोटरसाइकलमा चढेर एम्बुलेन्सको पछि लागेको प्रहरीले जनाएको छ ।
घाइते प्रहरी बोकेको एम्बुलेन्सको अवस्था खुल्न नसकेकोे उपरीक्षक राणाले बताएका छन् ।
जलेश्वरबाट जनकपुर आउने बाटोमा प्रहरी भ्यान पठाएर घाइते प्रहरीको अवस्था बुझ्ने प्रयास भइरहेको राणाले बताए ।
जलेश्वरमा विहान केही बेर कर्फ्यू खुकुलो बनाइए पनि प्रहरीलाई प्रर्दशनकारीले कुटपिट गरी घाइते बनाएपछि पुनःकफेर्यू लगाइएको छ ।
यता प्रदर्शनकारीहरुले कफर््यू तोड्ने प्रयास गर्दा ठाउँ ठाउँमा झडप भएको छ ।