महोत्तरी, २७ भदौ । महोत्तरीको बर्दिबासमा आज दिउँसो स्वावलम्बन लघु वित्त सहकारी बैंकको तीन लाख लुटिएको छ । पाटु गाउँबाट बैंकको समूहबाट रकम सङ्कलन गरी मोटरसाइकलमा फर्किरहेका बैंकका कर्मचारी नवीन न्यौपानेबाट लुटेराको समूहले रकम लुटेको बैंकले जनाएको छ ।
चार÷पाँचजनाको सङ्ख्यामा रहेका लुटेराको समूहले बर्दिबास–४ स्थित स्मृति चौकमा न्यौपानेलाई कुटपिट गरी रकम लुटेर जङ्गलतर्फ फरार भएका थिए ।
घटना घट्ने बित्तिकै इलाका प्रहरी कार्यालय बर्दिबासले कर्मचारी न्यौपानेलाई नियन्त्रणमा लिई छानबिन सुरु गरेको प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए ।
www.etajakhabar.com

पोखरा, २७ भदौ । तनहुँको दमौलीमा भएको प्रदर्शनका क्रममा थप एकजनाको ज्यान गएको छ । बुधबार साँझ दमौली अस्पतालमा घेराउ गर्दा प्रहरीले चलाएको अश्रुग्यासले सख्त घाइते भएकी ७८ वर्षीया सुनिमाया श्रेष्ठको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।
दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत पूर्णबहादुर आलेको गत आइतबार शङ्कास्पद अवस्थामा शव भेटिएपछि आन्दोलनले उग्ररुप लिएको हो ।
यसअघि गोली लागी उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएका व्यास– १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुरालाई शनिबार साँझ बसेको सर्वपक्षीय भेलाले सहिद घोषणा र मृतकका परिवारलाई रु १० लाख दिनेलगायतका सहमति गरे पनि आन्दोलन साम्य बनेको छैन ।
मृतक पूर्णबहादुर आलेका आफन्तजनले पनि पुनः मेडिकल रिपोर्ट नआएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन् । दमौली बजार क्षेत्रमा बसिरहेका मानिसमाथि प्रहरीले आज बिहान अन्धाधुन्ध ढुङ्गा प्रहार गर्नुका साथै दुव्र्यवहारसमेत गरेको भन्दै पुनः आन्दोलनकारी आक्रोशित बनेका छन् ।

काठमाडौं, २७ भदौ । आइतबार दिउँसो मेक्सीकोमा शक्तिशाली भूकम्प गएको छ ।
दिउँसो १ बजेर ५९ मिनेटमा लोस मोचिस र सिनालो प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।
भूकम्पबाट भौतिक संरचनाहरु ध्वस्त भएको प्रारम्भिक सामाचार प्राप्त भएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी छ । यसअघि सोही क्षेत्रमा १० किलोमिटर गहिराइमा ५.२ रेक्टर स्केलको अर्काे भूकम्प पनि गएको थियो ।
dainiknepal.com

रुपन्देही : भैरहवाबाट सुनौलीतर्फ जाँदै गरेको युपी५३पी ८३०९ नम्बरको भारतीय ट्रकले शनिबार राति ठक्कर दिँदा तीनजानको ज्यान गएको छ ।
भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१०प २५२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो ।
ठक्करबाट मोटरसाइकल चालक पाल्पा सोमादी गाविस–१ का ३२ वर्षीय वीरबहादुर बर्मजा, मोटरसाइकलमा सवार अर्घाखाँचीको किमडाँडा गाविस-१ की ३७ वर्षीया मधु राना र उनकी तीन वर्षीया छोरी सिमरनको मृत्यु भएको हो ।
तीनैजनाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
फरार ट्रक चालकको खोजी भइरहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिए । रासस www.annapurnapost.com

काठमाडौं : संविधान निर्माण अन्तिम चरणमा पुगेका बेला थारुवान आन्दोलनका नेता र प्रधानमन्त्री सुशील कोइरालाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
आइतबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले थारुवानका नेतालाई आन्दोलन छाडेर संविधान निर्माणमा संलग्न हुन आग्रह गरेका थिए ।
प्रम कोइरालाले संविधान निर्माणपछि पनि आदिवासी जनजातिका मागहरुलाई सम्बोधन गर्दै जान सकिने बताएका थिए ।
थारुवान संघर्ष समितिक नेता तथा वार्ता टोलीका सदस्य राजकुमार लेखीले आफूहरुसँग विगतमा भएका सहमतिको कार्यान्वय तथा थरुहट स्वयत्त राज्यको माग पूरा हुनुपर्ने अडान राखेको बताए ।
सरकारसँग वार्ताका लागि थारुवान संघर्ष समितिले शनिबार राजकुमार लेखी, अमनलाल मोदी र मिनराज चौधरी सदस्य रहेको वार्ता टोली गठन गरेको थियो । annapurnapost.com

तनहुँ, २७ भदौ । मृतक पूर्णबहादुर आलेका आफन्तजनले मेडिकल रिपोर्ट नआएसम्म शव नबुझ्ने अडान राख्दै गत बुधबार साँझ दमौली अस्पतालमा घेराउ गर्दा प्रहरीले चलाएको अश्रुग्यासले सख्त घाइते भएकी एक वृद्धाको शनिबार राति मृत्यु भएको छ ।
आक्रोशित भीडलाई नियन्त्रण गर्न प्रहरीले हानेको अश्रुग्यासले सडकमा हिँडिरहेकी जामुने गाविस वडा नं ८ घर भई हाल व्यासनगरपालिका वडा नं २ बस्दै आएकी ७८ वर्षीया सुनिमाया श्रेष्ठको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
दमको रोगी रहेकी वृद्धा श्रेष्ठको दमौलीमा सामान्य उपचारपछि थप उपचारका लागि सोही दिन पोखरा पठाइएको थियो ।प्रहरीले उक्त दिन उत्तेजित भीड नियन्त्रण गर्न दुई राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
प्रहरीको गोली लागी घाइते भएकाहरुको एकाएक उपचारका क्रममा मृत्यु हुँदै गएपछि दमौली बजार यतिबेला तनावग्रस्त हुदै गएको छ ।त्यसैगरी प्रहरीको गोली लागी उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएका व्यास– १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुरालाई शनिबार साँझ बसेको सर्वपक्षीय भेलाले सहिद घोषणा र मृतकका परिवारलाई रु १० लाख दिनेलगायतका सहमति गरे पनि आन्दोलन साम्य बनेको छैन ।
दमौली बजार क्षेत्रमा बसिरहेका मानिसमाथि प्रहरीले आज बिहान अन्धाधुन्ध ढुङ्गा प्रहार गर्नुका साथै दुव्र्यवहारसमेत गरेको भन्दै पुनः आन्दोलनकारी आक्रोशित बनेका छन् ।
तनहुँ उद्योग वाणिज्य सङ्घ र दमौली बजार एकाइले शान्तिपूर्ण आन्दोलन गर्ने भनेर आइतबार बिहान माइकिङ गर्दै बजार परिक्रमा गरे पनि आक्रोशित युवाले पृथ्वीराजमार्ग अवरुद्ध गर्नुका साथै बजारसमेत बन्द गराएका छन् ।
उक्त बन्दका कारण दमौली बजार आसपास क्षेत्रका विद्यालयमा पठनपाठनसमेत बन्द गरिएको छ ।
दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत पूर्णबहादुर आलेको गत आइतबार भएको मृत्यु शङ्कास्पद भएको भन्दै आन्दोलनकारी आन्दोलनमा उत्रिएका हुन् ।
मृतक आलेको शव पुनः परीक्षणका लागि शनिबार बिहानै काठमाडौँ पठाइएको थियो ।

काठमाडौं : संविधानसभामा नयाँ संविधान जारी गर्ने प्रक्रिया अब निर्णायक चरणमा प्रवेश गरेको छ। आजैदेखि मतदानको प्रक्रिया सुरु हुने भएको छ।
सबै नेताहरु एघार बजे नै संविधानसभा भवन नयाँ बानेश्वरमा आइपुगेका छन्। पार्टीको आन्तरिक छलफल, दुई पक्षीय वार्तामा नेताहरु व्यस्त छन्। एघार बजे बस्ने भनिएको बैठक साढे १२ बजेसम्म सुरु भएको छैन। तीन दलबीच औपचारिक बैठक बसेर संविधानसभाको बैठक सुरु गर्ने तयारी छ ।
यसका लागि समध्यक्ष सुवास नेम्वाङले शीर्ष नेताहरुसँग निरन्तर समन्वय र सम्पर्क गरिरहेका छन् । कांग्रेस एमालेले प्रक्रिया अघि बढाउने निर्णय गर्दै ह्वीप जारी गरिसकेका छन् भने एमाओवादी पनि आन्तरिक छलफलमा छन्।
एमाओवादीका नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रक्रिया स्थगन गरेर वार्ता गर्नुपर्ने पक्षमा क्रियाशिल देखिएका छन्। तर प्रचण्डलगायतका अरु सबैजसो नेताहरु प्रक्रिया रोक्न नहुने पक्षमा दरो रुपमा उभिएका छन्।
सुरुमा संविधानका विभिन्न धारामाथि मतदान हुनेछ र धाराहरुको अनुमोदनपछि सम्पूर्ण विधेयक संविधानको रुपमा पारित हुने छ। संविधान जारी गर्ने मतदानको तालिका र कार्यसूची संविधानसभा सचिवालयले तयार गरिसकेको छ। दुई दिन प्रक्रिया रोकेर आन्दोलनकारीलाई वार्तामा प्रतिक्षा गर्दा पनि उनीहरु वार्तामा नआएपछि आइतबारदेखि मतदान गर्न लागिएको हो।
annapurnapost.com