काठमाडौं, २८ भदौ । संघीय प्रदेशको सिमाङ्कनमा असन्तुष्टि जनाएर सडकमा आन्दोलनमा गएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ रणनीति बनाउने योजनामा पुगेको छ ।
प्रमुख दलहरू कांग्रेस, एमाले र एकीकृत माओवादीसहितका दलहरू मिलेर संविधानसभाबाट नयाँ संविधान जारी गर्ने पक्षमा दृढताका साथ प्रक्रियामा गएपछि मधेसी मोर्चाले थप नयाँ रणनीति बनाउने पक्षमा पुगेको हो । मोर्चाले त्यसको तयारी पनि सुरु गरेको जनाएको छ ।
दैनिक नेपालसँग कुरा गर्दै सद्भावना पार्टीका महासचिव मनीष सुमनले प्रमुख तीन दलले मधेसी दलहरूका मागलाई वेवास्ता गर्दै संविधान निर्माणको प्रक्रिया अगाडि बढाएकाले अब आफूहरूले पनि आन्दोलनलाई त्यही ढङ्गले अगाडि बढाउने बताउनुभयो । ‘मधेसी दलका मागको सुनुवाई भएन’, उहाँले भन्नुभयो, ‘ठूला तीन दलले गम्भीर धोका दिएका छन् ।’
उता, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आदिवासी जनजातिका मागलाई सम्बोधन नगरेर ल्याइने संविधानको औचित्य नरहेको बताउनुभएको छ । ‘संविधानका लािग एक थान संविधान निर्माणको कार्य भएको छ’, सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सेना परिचालन गरेर युद्धकालीन अवस्थामा जस्तो गरी जारी गरिने संविधान टिकाउन हुँदैन ।’
उहाँले सबै उत्पीडित समुदायका अधिकार सुनिश्चित हुने पर्ने माग गर्नुभयो । ‘आन्दोलन जारी रहन्छ’, सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अधिकार विहीन संविधान मान्ने पक्षमा छैनौ ।’
मधेसी मोर्चाले संविधान जारी भएको अर्को दिन त्यसको प्रति जालउने योजना बनाएको छ । सद्भावनाका महासचिव सुमनले मधेसीको अधिकार विना आउने संविधान जलाउने चेतावनी दिनुभयो ।
dainiknepal.com

काठमाडौं, २८ भदौ । राजधानीमा केही समय यता सामान्य रहेको तरकारीको मूल्य ह्वात्तै आकाशिएको छ । शनिबार र आइतबारको तुलनामा सोमबार मात्रै तरकारी १५ देखि २० प्रतिशतले बढेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार अधिकांश तरकारीको भाउ बढेको छ । जसमध्ये काउली र गोलभेंडाको भाउ ह्वात्तै आकाशिएको छ ।
काउली किलोको ८० रुपैयाँ छ भने गोलभेंडा ४० रुपैयाँमा कारोबार भैप्याज भने किलो ९५ रुपैयाँमा कारोबार भइरहेको समीतिले जनाएको छ ।
त्यस्तै खुर्सानी किलोको ५५ देखि ६०, काँक्रो ५५, बोडी ४० देखि ४२ मा कारोबार भइरहेको छ । त्यस्तै सुन जस्तै महगों भनीएको प्याज किलोको ९६ रुपैयाँँ थोक मूल्य छ । बन्दा ४० देखि ४५, रातो नेपाली आलु ३९, रातो आलु २६ रुपैयाँमा कारोबार भइरहेको समीतिले जनाएको छ ।

हेल्लो शुभप्रभात आज वि.सं. २०७२ भाद्र २८ गते सोमबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर १४ तारिख
भाद्रपद शुक्ल प्रतिपदा, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, शुभ योग, बब करण
आजको व्रत/पर्व : चन्द्रोदय, गूँलाधर्मको समाप्ति,
आजको मूहुर्त : अग्निवास(होमादि),
भोलिको व्रत/पर्व : दर खाने दिन, बाल दिवस,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),
आजको राशिफल
Aries Rashifal मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Taurus Rashifalबृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ, अन्यथा नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । मित्र र सहयोगीको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो । तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । दिदीबहिनीको सहयोग पाइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । साथीभाइ टाढिने छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आर्थिकपक्ष कमजोर छैन, कर्मसिद्धिको समय छ, जेगरे पनि फाइदा नै छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न आजको दिन अनुकूल छ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।):

गोलबजार : मधेस अान्दोलन चर्किरहेका बेला सिरहा नगरपालिका–७ स्थित नेपाली कांग्रेस पार्टी कार्यालय जाने बाटोमा आइतबार दिउँसो भेटिएको शक्तिशाली प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरेको छ ।
स्थानीय रन्जित यादवको घर अगाडि भेटिएको बम नेपाली सेनाको नयाँ गोरखगण चोहर्बाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिए । उनका अनुसार बम शक्तिशाली थियो ।
बमलाई जिल्ला कृषि विकास कार्यालय सिरहा परिसरमा लगेर डिस्पोज गर्दा ठूलो आवाज आएको थियो ।
बम कसले र किन राखेको भन्ने विषयमा केही नखुलेपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस www.annapurnapost.com

कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । तर यो बानी बैज्ञानिक दृष्टीले त नराम्रो मानिन्छ नै धार्मिक दृष्टीले समेत अशुभ मानिन्छ । धर्म ग्रन्थले मानिसको आयु १०० वर्ष भन्दा पनि बढी हुने तर हाम्रा आनी बानीका कारण कम हुँदै गएको उल्लेख गरेका छन् । यस्तै अशुभ र आयु घटाउने बानी मध्ये मानिन्छ नङ टोक्ने बानी ।
यहाँ आयु घटाउने भनेर धर्म ग्रन्थमा उल्लेख गरिएका केही ब्यवहारको चर्चा गरिएको छ ।
१ जुन मानिस अस्थिर छ र नङ टोक्छ उसको मन अशुद्ध हुन्छ र चंचल हुने धार्मिक ग्रन्थमा उल्लेख छ । यस्ता ब्यक्तिको मृत्यु पनि छिटो हुने उल्लेख छ । यस्ता ब्यक्तिको अल्पायुमै मृत्यु हुन्छ ।
२ क्रोधहिन सत्य बोल्ने र हिंसा नगर्ने ब्यक्तिको आयु मात्र १०० वर्ष वा त्यस भन्दा बढी हुन्छ । तर हिँसा गर्ने र अन्य मानिसलाई समेत दुर्ब्यवहार गर्ने परपुरुष वा परस्त्रीको संगत गर्ने मानिसको आयु छोंटो हुने शास्त्रमा उल्लेख छ ।
३ रातिको समयमा कपाल कोर्ने, आँखामा गाजल लगाउने, दाँत माझ्ने काम अशुभ मानिन्छ । यी काम रातिमा गर्ने ब्यक्तिको पनि आयु छोंटो हुने शास्त्रमा उल्लेख छ ।
४ औंशी पूर्णिमाको दिन वा रातमा पनि यौन कार्यमा संलग्न हुने ब्यक्तिको पनि अल्पायुमा निधन हुने धर्मग्रन्थमा उल्लेख छ ।
५ गर्भवती स्त्री, कमजोर र अपाङ्गलाई बाटो नछोड्ने उल्टै धक्क्याएर हिँड्ने ब्यक्तिको समेत अल्पायुमा निधन हुने शास्त्रमा उल्लेख छ ।
यी ५ काम भुलेर पनि नगर्नुस् ।
nepaliheadlines.com

कालिकोट : मोबाइल फोन चार्ज गर्ने क्रममा कालिकोटमा दुर्इजना बालकको ज्यान गएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा ब्याट्री पड्कँदा जिल्लाको मेहलमुडी-२ जोगीबारा निवासी पदमनाथ योगीका छोरा १४ वर्षीय चनेसनाथ योगी र सोही ठाउँ बस्ने हरिनाथ योगीका छोरा १३ वर्षीय माननाथ योगीको शनिबार घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीयबासीले शुरुमा मेहलमुडी–२ जोगीमारामा सकेट बमजस्तो देखिने बस्तु बिष्फोट हुँदा २ बालकको मृत्यु भएको खबर प्रहरीलार्इ दिएका थिए ।
खवर प्राप्त भएपछि गएको प्रहरीले बुझ्दा पदमनाथ योगीको घरमा अन्य मानिस नभएको अवस्थामा १२ भोल्टको ब्याट्रीमा मोवाइल चार्ज गर्दा ती बालकको ज्यान गएको पत्ता लागेको हो ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय कालिकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ ।annapurnapost.com

रौतहट : स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोडेर गौरमा प्रर्दशन गर्न खोज्दा प्रहरीले चलाएको गोली लागी दुइ जना प्रर्दशनकारी गम्भीर घाइते भएका छन् ।
आइतवार दिउँसो गौरस्थित कविर चौकमा भएको झडपमा प्रहरीको गोली लागेर गौर नगरपालिका–६ का लालबाबु पटेल र अकोलवा गाविस–७ का ३९ शेष मैरुद्धिन गम्भीर घाइते भएका छन् ।
उनीहरुको जिल्ला अस्पताल गौरमा उपचार भैरहेको छ । निषेधित क्षेत्रमा प्रवेश गरी प्रर्दशन र सुरक्षाकर्मीलाई ढुंगा हान्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रभित्र अर्को सूचना जारी नहुँदा सम्म दिउँसो १२ बजे देखि कर्फ्यू जारी गरेको थियो ।
गौर नगरपालिकाको बरहवा पुल, पश्चिममा टिकुलिया, उत्तरमा नयाँ बसपार्क गढवा र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।
गौर बजार छिर्ने नाकाहरुमा सुरक्षाकर्मीले निषेधित क्षेत्र घोषणा गरेको सूचना टाँसेको थियो ।
मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष समितिको गठबन्धनले गौरमा आइतवार बृहत्त जुलुस प्रर्दशन गर्ने कार्यक्रम राखेपछि प्रशासनले कफ्र्यू लगाएको थियो । annapurnapost.com