काठमाडौँ ,३० भाद्र । तीजको दिन धेरै महिलाहरुले पानी पनि नपिएर व्रत बस्छन् । तर केही नखाँदा स्वास्थ्यलाई बेफाइदा हुने भएकाले सचेत हुनुपर्ने डाक्टरले बताएका छन् । तीजमा व्रत बस्ने महिलालाई डाक्टर दिएको सल्लाह यस्तो छ :
* व्रत बसे पनि पानी, दूध लगायत पानीको मात्रा धेरै पाईने फलफूल खानु पर्छ ।
* व्रतालुले मिश्री पानी खाए स्वास्थ्यका लागि राम्रो हुन्छ ।
* केहि नखाई व्रत बस्दा रिंगटा, लाग्ने, टाउको दुख्ने र बेहोस हुने जस्ता समस्या देखिन सक्छ ।
* मधुमेह र रक्तचापमा समस्या भएका महिलाले व्रत नबस्दा राम्रो ।
* गर्भवती र बच्चालाई दूध चुसाउने आमाले झोलिलो खानेकुरा अनिवार्य खानुपर्छ ।
* नाचगान गर्दा र हिँड्दा सकेसम्म चुच्चो र अग्लो जुत्ता लगाउन हुँदैन । यस्तो जुत्ता लगाए कम्मर दुख्ने समस्या आउन सक्छ ।
डाक्टरका अनुसार केहि नखाइकन व्रत बस्दा शरीरमा पानीको मात्रा कम हुन्छ र रिंगटा लाग्ने, टाउको दुख्ने, बान्ता हुने र बेहोस हुने भएकाले शरीरलाई आवश्यक पर्ने पानी पिउनु पर्छ । खानपान नमिल्ना साथ रक्तचापमा उचारचढाव आउनुका साथै शरीरलाई चाहिने आवश्यक तत्व नपुग्ने हुँदा स्वास्थ्य समस्या देखिने डाक्टर अरुणा उप्रतीले बताउनुभयो । आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र व्रत बस्न उहाँको सल्लाह छ ।www.nayakhabar.com

काठमाडौं, ३० भदौ । संविधान निर्माणमा भरसक संविधान भरसक आलटाल गर्न पाए हुन्थ्यो भन्ने सोच राखेका सुशील कोइरालाले अन्ततः दलीय सहमति विपरीत प्रधानमन्त्रीकै हैसियतमा अमेरिका जाने सोच बनाएका छन् ।
असोज ६ देखि १८ गतेसम्म हुने प्रधानमन्त्रीको विदेश यात्राका निम्ति अर्थमन्त्रीले गत सोमबार २ करोड ३२ लाख खर्च स्वीकृतिको समर्थन क्याविनेटमा पठाइदिएका छन् । परराष्ट्रको माग बमोजिम अर्थले अघि बढाएको खर्च सूची अनुसार प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले विजनेश क्लासको सिटमा बसेर यात्रा गर्नेछन् । यसका लागि प्रतिव्यक्ति ५ हजार सात सय १५ अमेरिकी डलर तिरेर आतेजाते टिकट खरिद गरिदैंछ ।
त्यस्तै प्रतिनिधिमण्डलका अन्य १६ जनाको लागि इकोनोमी क्लासको टिकटका लागि जम्मा ४५ हजार दुई सय ८८ अमेरिकी डलर खर्च गरिंदैछ । टोलीको दैनिका भत्ताको लागि २१ हजा र दुई सय ८०, प्रधानमन्त्री बस्ने भिआइपी सुइटका लागि प्रतिदिन २५ सय डलरका हिसाबले ८ दिनको २० हजार डलर, मन्त्री बस्ने जुनियर सुइटका लागि १२ सय डलर गरी जम्मा ९६ सय डलर र बाँकी टोलीलाई चारवटा सिंगल र पाँचवटा डबलर रुमका लागि ४५ हजार डलर खर्च हुनेवाला छ ।
यसैबीच प्रधानमन्त्रीले दैनिक ३ सयडलर मन्त्रीले दुई सय डलर र अन्य सदस्यका लागि १५० डलरका दरले खाना तथा खाजा खर्च छुट्याइएको छ । दुबईमा राती बास बस्दै १६ सदस्यीय भ्रमण टोली संविधान घोषणा लगत्तै अमेरिका जान लागेको हो । बहालवालाकै हैसियतमा जाँदा उपचार खर्च दह्रो पाइने र संयुक्त राष्ट्रसंघको साधारणसभालाई सम्बोधन गर्ने अवसर पनि मिल्ने हुँदा सुशीलदाले यस्तो बाटो रोजेका हुन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal.com

-ज्योतिष विहङ्गमराज तिमल्सिना
मैले आजसम्म मुलुकका सम्बन्धमा गरेको कुनै पनि भविष्यवाणी गलत सावित भएका छैनन् । संविधानसभाको निर्वाचन, न्यायाधीश देशको कार्यकारी हुने, सुशील कोइराला प्रधानमन्त्री बन्ने भविष्यवाणी सत्य प्रमाणित भए ।
अब असोज ३ मा संविधान जारी गर्दा परिणाम के आउला ? यो प्रश्न धेरेको मनमा छ ।
२०७२ साल असोज ३ गते आइतबार अपरान्ह् पाँचबजे सप्तमी तिथी, प्रीति योग, जेष्ठ नक्षेत्र परेको छ । यो दिन सूर्य नारायणको तेजश्वी अंश पनि परेको छ । आइतबार सूर्यकै बार पनि हो ।
यो दिनको फल ज्योतिषको दृष्टिबाट नियाल्दा शुभ मंगलको दिन हो । यो दिन गरेका कामहरुले सुख, शान्ति, अमनचयन दिन्छन् । यो दिनलाई अशुभ भन्नु पर्ने कुनै कारण छैन ।
नेपालमा संविधान जारी गर्ने दिन असोज ३ गते नै तोकिएको छ । यो दिन संविधान जारी गर्दा के होला भन्ने आम चासो हुनु स्वाभाविक नै हो । तर आइतबारको ग्रह, नक्षेत्र आदिको विश्लेषण गर्दा यो दिन संविधान जारी गर्न शुभ मंगल छ ।
अब यो दिनको मात्रै होइन, देशकै अहिलेको अवस्था के छ भन्ने पनि बुझ्नु पर्छ । किनभने देशको अवस्थाले पनि देशभित्रका कार्यहरु प्रभावित हुन्छन् । नेपालमा अहिले वृहस्पति ग्रहको प्रभाव रहेको छ । त्यस्तै सूर्यको तेजश्वी अंश पनि नेपालमा अहिले परिरहेको छ । नेपालको राशी वृश्चिक हो । स्वामी मंगल हो । नक्षेत्र अनुराधा हो ।
यो वर्ष मुलुकको मंगल र शनिको अवस्था चाहिँ ठीक छैन । यी दुई ग्रह जब गलत स्थानमा बस्छन्, त्यो बेला अशान्ति, रक्तपात, दंगा हुने गर्छ । अहिले मंगल र शनिको अवस्थितिकै कारण मुलुकमा यस्तो भएको हो । तर शनि र मंगलको प्रभाव अहिले देखिए पनि यी दुई ग्रहको प्रभाव दीर्घकालीन हुन सक्दैन । किनभने वृहस्पति ग्रहको प्रभावले नेपाल शान्तितर्फ उन्मुख हुनै पर्छ । अमनचयन स्थापित हुनै पर्छ । मंगल र शनिको प्रभावलाई वृहस्पतिको प्रभावले उछिन्ने छ ।
डा. रामवरण यादबले संविधान जारी गर्ने कुरा छ । डा. यादवले संविधान जारी गर्दा पनि खास अनिष्ट हुने कुनै कारण देखिएको छैन । सुशील कोइरालाको चाहिँ कुण्डली नभएका कारण उहाँको प्रचलित नामबाटै भविष्यवाणी गर्नु पर्ने हुन्छ । प्रचलित नामकै आधारमा पनि कार्यकारी प्रमुखलाई यसपटक सफलताको योग परेको छ । सुरुमा बाधा र अड्चन आएपनि कोइराला असफल हुनेछैनन् । यहि अवसरमा म अर्को एक कुरा पनि सुनाउन चाहन्छु । मैले मुलुकको शान्ति, सुख र समृद्धिका लागि दश महाविद्याको साधना पनि गरेको थिएँ । जुन योगी नरहरि नाथ, धनशमशेरले मात्रै यस अघि गरेका थिए ।
(कुराकानीमा आधारित)
kathmandutoday.com

३० भदौ, सुनसरी । सुनसरीको भोक्राह गाविस ६ शिवगंजस्थित एक घरबाट अवैध हतियार, गोली तथा बम बनाउन प्रयोग हुने विभिन्न सामाग्री बरामद भएको छ ।
एपीएफ टोलीले एउटा कटुवा पेस्तोल, दुई राउण्ड गोली, सकेट बम बनाउन प्रयोग हुने जिआई पाईप चार थान र तार २५ मिटर बरामद गरेको हो ।
घरमा सिके राउतसँग सम्बन्धित दस्तावेज समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । घरधनी निज देवराम यादव भने फरार छन् ।
एपीएफ टोलीले बरामद हातहतियार तथा उक्त दस्तावेज आवश्यक कारवाहीको लागि तत्कालै स्थानीय प्रहरीमा बुझाएको छ ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नाका नाकामा सयाैं सुरक्षाकर्मी खटाइयो
विराटनगर : विराटनगरका सबै नाकामा बुधबारबाट खानतलासी र चेकजाँचलाई तिव्रता दिइएको छ । मधेस केन्द्रीत दलले बुधबार लाठी जुलुस प्रदर्शन गर्ने जनाउ दिएपछि सुरक्षा कडा पारिएको हो ।
बिहानैदेखि बरगाछी, घिनाघाट, रानी, कटहरी नाकामा सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । मोटरसाइकल, साइकल र शरीर तथा झोला खानतलासी गरेर मात्रै नगर प्रवेश गर्न दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रमोदकुमार खरेलले सुरक्षा संबेवदनशीलतालाई मध्यनजर गरी सुरक्षा कडा पारिएको जानकारी दिए ।
बुधबार राजवंशी समुदायले पनि विराटनगरमा राजधानी कायम हुनुपर्ने माग राख्दै जुलुस तथा सभा गर्ने तय गरेका छन् ।
कार्यक्रममा भाग लिन गाउँगाउँबाट मानिसहरु ट्याक्टरमा बसेर विराटनगर आइरहेका छन् ।
‘मोर्चालाई लाठी जुुलुस आयोजना नगर्न कडा निर्देशन दिइएको छ’, प्रहरी प्रवक्ता खरेलले भने, ‘यसको साटो झन्डा जुलुस निकाल्न आग्रह गरेका छौं ।’
खरेलले उत्तेजना भड्काउने किसिमका कुनैपनि कार्यक्रम गर्न नदिइने बताए । लाठी जुलुस निकालिए त्यसलाई कडा प्रतिवाद गरिने तयारी सुरक्षाकर्मीले गरेका छन् ।
यता, संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले पूर्व निर्धारित कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
‘हाम्रो पूर्वनिर्धारित कार्यक्रमलाई प्रहरीले दमन गर्ने तयारी गरेको छ’, उनले भने, ‘हामी पनि पछि हट्दैनौं ।’
www.annapurnapost.com

काठमाडौँ : एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले आफै संविधान लेख्ने ७० वर्षदेखिको सपना साकार हुन लागेको बताएका छन्।
उनले संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनभित्रै जारी हुने भएकाले आफ्नो ध्यान पार्टीलाई सुदृढ गर्नमा लाग्नेतर्फ केन्द्रित हुने बताएका छन्। एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित स्वर्गीय नेता पोष्टबहादुर बोगटीको पहिलो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगत ७० वर्षदेखि नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान लेख्ने चाहना पूरा भएको उल्लेख गरे।
अध्यक्ष दाहालले संविधान लेखन प्रक्रियाले पूर्णता पाएपछि पार्टीलाई एकीकृत र केन्द्रीकृत गर्ने अभियानमा पार्टीको सम्पूर्ण शक्ति लाग्ने बताउँदै हाल प्राप्त भएको उपलब्धीमा टेकेर थप उपलब्धीका लागि सङ्घर्ष गर्ने अध्यक्ष दाहालको कथन थियो ।
लामो समयदेखि संविधान लेखन प्रक्रियामा लाग्दा अन्य महत्वपूर्ण विषय छुटेको भन्दै उहाँले आगामी दिनमा जनताको एजेण्डामा झन् प्रतिबद्ध भएर लाग्ने विचार व्यक्त गरे।
अध्यक्ष दाहालले आफ्नो पार्टीले २०५७ सालमा सम्पन्न गरेको दोस्रो राष्ट्रिय सम्मेलनले संविधानसभामार्फत संविधान लेखनको कामलाई अगाडि बढाउने निर्णय गरेको स्मरण गर्दै संविधानसभाको महत्वपूर्ण कार्यभारबाट आफूहरू पछाडि हट्न नसक्ने तर्क गरे।
प्रचण्डले नेपाली राजनीतिक नेतृत्वमा इमान्दारिता र नैतिकताको खडेरी परेका बेला स्वर्गीय नेता बोगटीले देखाउनुभएको मार्गलाई आत्मसात् गर्दै अगाडि बढ्नु नै महत्वपूर्ण कार्यभार भएको बताए। सो अवसरमा उनले स्वर्गीय नेता इमान्दारिता र पारदर्शीताको प्रतीक रहनुभएकाले नेपाली राजनीतिमा उहाँको अभाव सधै खड्किरहने बताए।
कार्यक्रममा एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्वर्गीय नेता बोगटीले जनयुद्ध, जनआन्दोलन तथा नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए। गत साल हृदयाघात भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा भदौ ३० गते नै एमाओवादीका उपाध्यक्षसमेत रहनुभएका बोगटीको निधन भएको थियो । रासस
annapurnapost.com

काठमाडौं, ३० भदौ । भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका नेपाली महिलालाई आफ्नै बुहारीले बिक्री गरेको खुलेको छ ।
प्रहरीले मंगलबार एक लाखमा बिक्री गर्ने कल्पना परियारलाई पक्राउ गरेको छ । परियार बलात्कारमा परेकी एक ५० वर्षीय महिलाकी आफ्नै बुहारी हुन् ।
साउदी अरबमा आकर्षक तलबमा हाउसमेडको जागिर लगाइीदने भन्दै परियारले आफ्नै सासूआमा र अर्की एक महिलालाई साउदी दूतावासका कर्मचारीलाई बिक्री गरेकी थिइन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।