लहान, ३१ भदौ । संविधान घोषणा हुने मिति तय भएसँगै भारतबाट हतियार बोकेर युवाहरु नेपाल प्रवेश गर्ने क्रम बढेको छ ।
विशेषगरी तराई मधेसका जिल्लाबाट धमाधम हतियार भित्र्याउन खोजिएको छ । यही क्रममा मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
सीमावर्ती भारतीय बजार जयनगरबाट मोटरसाइकल चढेर सिरहा आउँदै गरेको अवस्थामा बुधबार राति ९ बजेतिर सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट माडर खैरटोकामा रोकेर जाँच गर्दा स्वचालित पेस्तोलसहित भेटिएकाले युवकलाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रहरी उपरीक्षक महेश श्रेष्ठले जाँचको क्रममा सिरहाको इटारी प्रसाही गाविस–४ का २८ वर्षीय लेखनाथप्रसाद यादवलाई पक्राउ गरिएको बताउनुभयो ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार पक्राउ परेका यादवको साथबाट ९ एमएमको स्वचालित पेस्तोल एक थान, त्यसमा लोड गरिएको ७ राउण्ड गोली समेत बरामद गरिएको छ ।
पक्राउ गरिएका यादवको साथबाट सशस्त्र प्रहरीले एचटिसी कम्पनीको मोबाइल एक थान, रु दुई हजार २४०, स २ प २५२६ नम्बरको पल्सर मोटरसाइकल र सिडिएमए सेटको एक थान ब्याट्रीसमेत बरामद गरिएको जनाइएको छ ।
पक्राउ परेका यादवलाई नेपाल प्रहरीलाई बुझाई थप अनुसन्धान गरिने जनाइएको छ ।
त्यसअघि नेपाल प्रहरीले सिरहाको पूर्वी दक्षिणी नाका इनर्वाबाट मङ्गलबार बिहान कटुवा पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको थियो । रासस
-dainik nepal
Video हेर्न तलको बाकसको बीचमा थिच्नुहोसः

डिसी नेपाल संवाददाता - अभिनेत्री श्वेता खड्गालाई फेरि अर्को चोट थपिएको छ। उनका श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको एक बर्ष पुग्दै गर्दा उनकी सासु आमाको पनि निधन भएको छ। ८८ वर्षिय उनकी सासु जगत कुमारी श्रेष्ठको बुधवार निधन भएको हो।
छोराको निधनपछि अत्यन्तै चिन्तित अवस्थामा रहेकी जगत कुमारीलाई नियमित उपचारका लागि मंगलबार चावहिलको ओम अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको अस्पतामा निधन भएको स्रोतले बताएको छ।
यति बेला उनको पार्थिव शरिरलाई अन्तिम दाह संस्कारको लागि पशुपति आर्यघाट पुर्याइएको छ। अहिले आर्यघाटमा श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी तथा अभिनेत्री स्वेता खड्कासँगै जगत कुमारीका छोराहरू तथा आफन्तहरू र केहि फिल्मकर्मी मलामीको रूपमा उपस्थिती छन्।

भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि बिहिबार एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने भएको छ ।
२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाको रुपमा गत साउन २० गतेबाट ३० गतेसम्म सञ्चालन भएको थियो ।
सो पूरक परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिए ।
'भोलि बिहान १० बजेभित्र एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेका छौँ', उनले भने ।
परीक्षामा कूल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी भएका थिए ।
परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेका छन् । रासस -

काठमाडौं : गणतन्त्र नेपालको नयाँ संविधान संविधानसभाबाट पारित हुँदै गर्दा काठमाडौं तथा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार राति ८ बजेर ३७ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको ठूलो पातल गाउँ विकास समिति केन्द्रबिन्दु भएको भूकम्पको धक्का गएको हो ।
यसअघि एक साताअघि दोलखा नै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । www.annapurnapost.com

काठमाडौं : नयाँ संविधानको खुसीयाली मनाउन सरकारले तीन दिन सार्वजनिक विदा दिने तयारी गरेको छ।
संविधानसभाले तीन विदाका लागि सुझाव दिइसकेको छ। मन्त्रिपरिषद्को बिहीबार बस्ने बैठकले यसबारेमा निर्णय लिनेछ।
असोज ३ र ४ गतेलाई सरकारले सार्वजनिक विदा दिन लागिएको छ।
निकै लामो संघर्ष र सकसपछि इतिहासमै पहिलोपटक जनताका प्रतिनिधि संविधान बनाएकोले यो विशेष अवसरलाई राष्ट्रिय चाडका रुपमा मनाउन सरकारले तीन दिन विदा दिन लागेको हो।
annapurnapost.com

काठमाडौं: नयाँ संविधान असोज ३ गतेदेखि प्रारम्भ हुने छ। यसमा ३७ भाग तीन सय आठ धारा र ९ अनुसूची छन्। नयाँ संविधानले झन्डै अढाई सय वर्षपछिको परिवर्तलाई संस्थागत गरेको छ।
२०६३ परिवर्तनसँगै स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र विधिवत रुपमा सुनिश्चित भएको छ।
झण्डै २४० वर्षदेखि एकात्मक ढाँचामा चलेको शासन प्रणालीलाई नयाँ संविधानले परिवर्तन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मकमा रुपान्तरण गरेको छ। मुलुकमा पहिलो पटक सात प्रदेशको सङ्घीय खाकासहित समावेशी लोकतन्त्रको व्यवस्था गरेको छ।
केन्द्रीय, प्रान्तीय र स्थानीय गरी तीन तहका शासन प्रणालीको व्यवस्था गरिएको छ भने तीनै तहबीच समन्वयात्मकरुपमा शाक्ति, साधन स्रोतको बाँडफाँडको प्रावधान राखिएको छ।
लामो समयको बहस र छलफलपछि विधेयकले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक हुनुपर्ने व्यवस्थालाई पारित गरेको छ।
त्यस्तै गैरआवासीय नेपालीलाई सङ्घीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने विधेयकले सुनिश्चित गरेको छ।
धर्म निरपेक्षताको व्यवस्था अन्तर्गत धर्म निरपेक्षतालाई थप स्पष्ट पारिएको छ।‘धर्म निरपेक्षता भन्नाले सतानतदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, स्वतन्त्रता सम्झनुपर्छ’ भनी उल्लेख छ ।
संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालगायतका व्यवस्था उल्लेख छन्।
नयाँ संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अटुट राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ ।
विधेयकले क्रान्तिकारीरुपमा जनताको अधिकार सुनिश्चित गर्न भाग ३ मा धारा १६ देखि ४८ सम्म मौलिक अधिकारको व्यवस्था गरेको छ ।
मौलिक अधिकारको संवैधानिक उपचारका साथै कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्ने प्रावधान विधेयकको महत्वपूर्ण पक्ष हो । यसमा मौलिक अधिकारसँगै नागरिकका कर्तव्यसमेत उल्लेख गर्नु हो ।
नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहीत हुनेछ भने राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ मन्त्री रहेको मन्त्रिपरिषद् गठन हुने प्रावधान छ । नयाँ संविधानमा केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक सङ्घीय व्यवस्थापिका हुनेछ ।
त्यसमध्ये प्रतिनिधिसभामा २७५ सदस्य र राष्ट्रियसभामा ५९ सदस्य रहनेछन् । त्यस्तै प्रदेशमा व्यवस्थापिका एक सदनात्मक हुनेछ, जसलाई प्रदेशसभा भनिनेछ।
स्थानीय तहको कार्यकारिणी अधिकार यो संविधान र सङ्घीय कानुनको अधीनमा रही गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निहीत रहनेछ। जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न जिल्लासभा रहनेछ ।
सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतको न्यायिक व्यवस्था गर्नुका साथै प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलास रहने प्रावधान छ। त्यस्तै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त २० जना न्यायाधीश रहने व्यवस्था कायम गरिएको छ।
अन्तरिम संविधानमा कायम रहेका संवैधानिक आयोगबाहेक नयाँ संविधानले थप राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुश्लिम आयोगको व्यवस्था गरेको छ। यसअघि गठित राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगलाई संवैधानिक आयोग बनाइएको छ ।

काठमाडौं– नेपाली चेलीलाई साउदी अरेवियन कुटनितीज्ञ ‘मजिद’ सम्म पुर्याउने दुई दलाल पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेहरुमा कल्पना परियार भन्ने कल्पना लिम्वु र कृष्ण भन्ने जित बहादुर दर्जी रहेका छन् । बर्ष ३३ कि कल्पना लाई प्रहरीले मंगलबार पोखराको हस्पिटलचोकबाट पक्राउ गरेको हो भने, बर्ष ४२ का जित बहादुर दर्जी राजधानीको महाराजगंजबाट पक्राउ परेका हुन् ।
मोरङकी ५० बर्षिय र बाग्लुङका ३० बर्षिय नेपाली चेलीहरुलाई साउदी अरबमा घरेलु कामदारको रुपमा काम गर्दा राम्रो तलव हुन्छ भन्दै उनिहरुले सडकमार्ग हुँदै दिल्ली पुर्याएर भारतिय दलालहरुको गिरोहलाई बिक्री गरेका थिए ।
बिक्री पश्चात पिडीतहरुलाई बन्धक बनाई भारतको गुडगाउस्थित साउदी अरेवियका मजिद नामका कुटनितीज्ञको अपार्टमेन्टमा राखिएको थियो । साउदी कुटनितीज्ञ र उनका पाहुनाहरुले लगातार यौनशोषण गरेको खबर पाएपछी गएको भदौ २१ गते नेपाली चेलीहरुलाई भारतीय प्रहरीले गुडगाउँबाट उद्धार गरेको थियो । उद्धार पछी उनिहरुलाई नेपाल ल्याईएको थियो ।
पक्राउ परेका कल्पना र जित बहादुर विरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचविखन तथा ओरापसार मुद्धा दर्ता गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । यस गिरोहमा संग्लग्न अन्यको खोजी जारी रहेको बताईएको छ ।
नेपाली दलालहरुले पिडीतहरुलाई नयाँ दिल्ली पुर्याएर एक÷एक लाख लिइ भारतिय गिरोहलाई विक्री गरेका थिए । त्यसपछी भारतिय र दलालहरुले भारत स्थित साउदी अरेवियन राजदुतावासमा कार्यरत कर्मचारीलाई जिम्मा लगाएका थिए ।
पिडीतहरुलाई मुम्वइ, श्रिलंका हुँदै साउदी अरेविया पुर्याएर एक महिना होटलमा राखी पुन भारतको नयाँ दिल्ली ल्याएर गुडगाउँको अपार्टमेन्टमा राखिएको थियो । गुडगाउँको अपार्टमेन्टमा राखेर उनिहरुलाई यौन शोषण गर्दै राम्रो सँग खान समेत नदिई ३ महिनासम्म शरिर बन्धक बनाएर राखेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
पक्राउ परेकी कल्पनाको वाग्लुङको तारा गाविस र मोरङ बाहुनी–९ मा समेत घरजग्गा रहेको छ । हाल उनी काठमाडौंको कपन बस्दै आएकी थिइन् ।
अर्का दलाल जित बहादुर दर्जि पनि बाग्लुङ तारा गाविस–९ कै स्थायि बासिन्दा हुन् । उनी पोखरा उपमहानगरपालीकाको हस्पिटल चोक बस्दै आएका थिए ।www.ratopati.com