काठमाडौं : रामेछापमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना भएको छ ।
मन्थलीबाट गोठागाउँतर्फ जाँदै गरेको बा ४ ख ५२४८ नम्बरको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।
७० जना भन्दा बढी यात्रु सवार रहेको बस भिरबाट खसेको प्रहरीले जनाएको छ ।
पुरानो बस र क्षमताभन्दा बढी यात्रु बोकेको कारण दुर्घटना भएको अनुमान गरिएको छ । घाइतेको उद्धारको लागि उद्धार टोली र ४ वटा एम्बुलेन्स घटनास्थलमा गएको पनि बताइएको छ ।
annapurnapost.com

असोज ३ मा धमाका गर्न कैलालीमा थारु युवा दस्ता सार्वजनिक, यसरी हुनेछन् परिचालन
थारु नेताले भने- राज्यको दमनविरुद्ध लड्न युवा दस्ता बनायौं
पहलमानपुर (कैलाली), १ असोज । थरुहट÷थारुवान संघर्ष समिति कैलालीले आन्दोलन सशक्त बनाउन र राज्यको दमनविरुद्ध लड्न भन्दै युवा दस्ता सार्वजनिक गरेको छ ।
शुक्रबार कैलालीको पहलमानपुर गाविस ९ नक्फोर्वा गाउँमा जिल्लास्तरीय युवा भेला आयोजना गरी सो दस्ता गठन गरेको हो । भेलास्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य होरिलाल चौधरीले युवा दस्ताले थरुहट थारुवान आन्दोलनलाई सशक्त, मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्ने बताए । उनले आन्दोलनमा सुरक्षाको काम पनि दस्ताले गर्ने बताए ।
५१ सदस्य रहने दस्ताले संबिधान जारी हुने असोज ३ गतेका दिन कालो झण्डा सहित प्रदर्शन गर्ने र माग सम्बोधन नभएका धारा उपधारा सबै असोज ३ र ४ गते जलाउने र व्लाक आउट गर्ने आन्दोलनको अग्रमोर्चामा रहने एकीकृत नेकपा माओवादीका जिल्ला ईञ्चार्ज कृष्ण चौधरीले बताए ।
थारु नेताहरुले ३ दलको हेपाहा प्रबृति र निरंकुश निर्णयका कारण थारुहरुको मुद्दा ओझेलमा परेको आरोप लगाउदै अब निर्णायक आन्दोलनको तयारी स्वरुप युवा दस्ता गठन गरेको बताएका छन् । उनीहरुले आज ५१ सदस्यीय युवा दस्ताको समिति गठन गरिएकोमा त्यसलाई बढाएर एक लाख सदस्यीय बनाउने योजना रहेको बताएका छन् ।
तर थरुहट युवा दस्ता भुमिगत हुने हिंसात्मक क्रियाकलाप गर्ने अथवा हतियार उठाउने कुनै योजना नरहेको नेताहरुले बताएका छन । उनीहरुले थारुको मुद्धा सम्बोधन नगरेको संबिधान जारी गर्ने खोजिएको भन्दै त्यसलाई जलाउने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलन चलिरहदा उपस्थीत थार युवाहरुले थरुहट÷थारुवानका पक्षमा चर्का नाराबाजी पनि गरेका थिए । युवा भेलामा थरुहट आन्दोलनका लागि तयार पारिएका गीतहरुमा सांस्कृतिक नृत्य पनि देखाईएको थियो । नेताहरुले युवाहरुलाई बिशेष प्रशिक्षण दिएको जनाएका छन् ।
दैनिक नेपाल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं : संविधान निर्माण प्रक्रियामा असन्तुष्ट भएर आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको मधेसी मोर्चाका नेताहरुलाई भारतीय दूतावासमै बोलाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकरसँग भेटवार्ताका लागि मोर्चाका नेताहरुलाई शुक्रबार दिउँसो लाजिम्पाटस्थित ईन्डिया हाउसमा बोलाइएको हो ।
विशेष दूत जयशंकरलाई भेट्न मधेसी मोर्चाका संयोजक उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका नेता लक्षमणलाल कर्ण र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव दूतावास पुगेका थिए ।
विशेष दूत जयशंकरसँगको भेटमा मोर्चाका नेताहरुले नेपालको जारी संविधान निर्माण प्रक्रियामा भारतको भूमिका कम्जोर भएको गुनासो गरेका थिए ।
संविधान निर्माणका क्रममा ठूला दलले पेलेर अघि बढ्दा पनि भारतले समयमा पहलकदमी लिन नसकेको कुरा मधेसी दलहरु राखेका थिए ।
भारतले समयमा हस्तक्षेप गर्न नसक्दा मधेसी, दलित, आदिवासी जनजाति र थारुहरुको मागको सुनुवाइ नगरी तीन ठूला दलले एकपक्षीय संविधान ल्याएको उनीहरुको भनाइ थियो ।
‘भेटवार्तामा सामान्य कुराकानी भयो, हामीले हाम्रो आन्दोलन र देशमा विकसित घटनाक्रमबारे जानकारी गरायौं’, मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्नपूर्णसँग भने, ‘राज्यले हाम्रा आवाज नसुनेकाले हामी अहिले पनि आन्दोलमा छौं, यसबारे जयशंकरले विशेष चासो व्यक्त गर्नुभयो ।’
भारतीय विदेश सचिव जयशंकरले सबै समुदायको आवाज समेटेरमात्रै संविधान ल्याउँला दिगो हुने भएकाले त्यसतर्फ अग्रसर हुन मधेसी दललाई सुझाव दिएका थिए । आन्दोलनरत दल र समूहका आवाज संविधानमा समेटिन नसकेकोमा उनको विशेष चासो थियो ।
‘राज्यले हाम्रो आन्दोलन र हाम्रा आवाज संविधानमा सम्बोधन गरेन’, यादवले भने, ‘आन्दोलन जारी रहने कुरा हामीले अवगत गरायौं । हाम्रा कुरा सम्बोधन नभएसम्म हामी रोकिन्नौं ।’ annapurnapost.com

संविधान निर्माण प्रक्रियामा सहभागी हुने सम्भावना अन्त्य
२०७२ असोज १ गते १५:१३ मा प्रकाशित
राजकुमार श्रेष्ठ
१ असोज, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउने प्रयास असफल भएको छ ।
बिहीबार राति १ बजेसम्म भएको वार्तामा सहमतिको मस्यौदा तयार भएको थियो । सहमतिको प्रस्तावलाई पार्टीमा छलफल गर्ने भन्दै गच्छदारले हस्ताक्षर गरेका थिएनन् ।
शुक्रबार गच्छदार सम्झौताका लागि तयार भएर पार्टी महासचिव जितेन्द्र देवसहित बालुवाटार पुगेका थिए । तर, सीमांकनबारे सहमतिमा उल्लेख गर्ने भाषामा विवाद भएपछि सम्झौता हुन सकेन ।
स्रोतका अनुसार प्रदेशको विषयलाई लिएर देशका विभिन्न भागमा भइरहेका आन्दोलनलाई राजनीतिक समस्याको रुपमा लिई समाधान गर्ने र संविधानमा व्यवस्था गर्ने भन्ने उल्लेख थियो ।
गच्छदारले विभिन्न भागमा भन्ने शब्दको अगाडि तराईर् मधेस लगायत भन्ने शब्द राख्न प्रस्ताव गरे । तर, कांग्रेस र एमालेका केही नेताहरुले त्यसलाई नमानेपछि सहमति हुन सकेन ।
एक नेताले अनलाइनखबरसँग भने-‘विजयजी र जितेन्द्र देवजी सहमति गर्ने गरी आउनु भएको थियो । तर, केही नेताहरुको हठका कारण हुन सकेन । यो राम्रो होइन ।’
बालुवाटार स्रोतका अनुसार सहमतिका लागि हदैसम्म लचिलो हुँदा पनि नभएको भन्दै बैठकमा गच्छदार र देव निकै भावुक भएका थिए ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

श्रीमानले उपहार नदिएकोमा नायिकाको चित्त दुख्यो
२०७२ भदौ ३०
चिरञ्जीवी पौडेल
नायिका करिश्मा मानन्धरलाई मनपर्ने पर्व हो तीज । त्यसो त उनलाई जूनसुकै पर्वहरु मन पर्छन् । भन्छिन्, ‘मलाई रमाइलो गर्न मन लाग्छ, त्यसैले जुनसुकै चाडपर्वमा रमाउँछु ।’
जब सानी थिइन् करिश्मा, तीजको दिन राति दुई बजे उठेर पशुपतिनाथको मन्दिरमा लाइन लाग्न पुग्थिन् । आधा दिन व्रत पनि बस्थिन् ।
किन आधा दिन मात्रै ? बाँकी आधा कसले बसिदिन्थ्यो ?
‘ब्रत बस्न रहर लागेर बिहान केहि नखाइ बस्थेँ । तर दिउसो भएपछि भोकले पेट बटार्न थाल्थ्यो । अति तीज न सिज, बर्त न सर्त भनेर कापकुप खाइदिन्थेँ,’ उनी सुनाउँछिन् ।
तीजमा मिसावट आयो
करिश्माको नजरमा अहिलेको भन्दा पहिलेका तीजहरु रमाइला थिए । ‘पहिले तीजको महत्व बेग्लै हुन्थ्यो । बिहे गरेर टाढा टाढा पुगेका दिदीबहिनीहरु माइती आउने, सुखदुख साट्ने अवसर यही थियो । त्यतिबेलाको तीजमा प्यूरिटी -शुद्धता) हुन्थ्यो । अहिले त चाडवाडमा पनि मिसावट छ ।’
हो नि त । आजकालको तीजमा खानादेखि गानासम्ममा मिसावटै मिसावट छ । दरका नाममा महिलाहरुले दारु खान थाले । साँच्ची करिश्माको दरमा दारु हुन्छ कि नाई ?
‘नाई,’ उनले जवाफ दिइन्, ‘आजकाल प्राय दिउसै दर खाइन्छ । दर खाइसकेर ड्राइभ गर्नुपर्छ । फेरि म ड्रिङ्स भनेपछि हुरुक्क हुने पनि होइन ।’
करिश्मालाई दरमा के खान मन पर्छ ?
‘भोक लाग्दा त जे पनि मन पर्छ,’ उनले जवाफ दिइन्, ‘तर मेरो बेस्ट आइटम चैं माछा हो ।’
श्रीमानको गोडा ढोग्दिँन
तीजमा एक थोपा पानी नखाइकन श्रीमानका लागि ब्रत बस्ने ‘पतिव्रता’ नारीहरु अझै पनि छन् । तर, करिश्मा ती नारीमा पर्दिनन् । ‘म पनि तीजमा व्रत बस्छु । तर भोको पेट लिएर होइन, टन्न खाएर बस्छु ।’
‘टन्न खाएर’ व्रत बस्ने करिश्माले तीजको दिन श्रीमानको खुट्टा ढोग्दिहुन् कि नाई ?
‘अहँ ढोग्दिनँ,’ उनले एक महिलावादीको भाकामा भनिन्, ‘श्रीमान र श्रीमतीको सम्वन्ध भनेको समानताका आधारमा हुनुपर्छ । यदि श्रीमतीले ढोग्ने हो भने श्रीमानले पनि ढोग्नुपर्छ ।’
(कल्पना गरौं, करिश्माको गोडामा विनोदले ढोगेको दृश्य कस्तो देखिँदो हो ? पत्नीको गोडाको पानी खाइरहेका माधव नेपाल कस्ता देखिँदा हुन् ?)
करिश्मा थप व्याख्या गर्न थालिन्, ‘श्रीमान र श्रीमतीको सम्वन्ध भनेको सीमारहित हुन्छ । माया-प्रेम छ भने जहाँ-जहाँ ढोग्दा पनि भयो, नत्र ढोगेर मात्रै सम्वन्ध गाढा हुने होइन ।’
त्यसो त उनले आजसम्म श्रीमानको खुट्टै नढोगेकी भने होइनन् । दशैंमा टीका लगाउँदा अन्य मान्यजनलाई जस्तै श्रीमानको पाउमा पनि शीर राख्ने गरेको उनले बताइन् । ‘तर तीजमा चाहिँ आजसम्म ढोगेकी छैन,’ उनले भनिन् ।
‘तीजमा राम्रा पक्ष र नराम्रा पक्ष के हुन् ?’ एउटा परम्परागत प्रश्न करिश्मालाई । जवाफका लागि सायद पहिल्यै तयार थिइन् ।
‘राम्रो पक्ष भनेको आफ्नो परिवार र साथीभाइसित जमघट हो । म त खानाको भन्दा पनि भेटघाटको बढी मज्जा लुट्छु । नराम्रो पक्ष चाहिँ….’ उनी अड्किइन् । एकछिनपछि भनिन्, ‘त्यस्तो केही छैन ।’
नाच्न जाँगर चल्दैन
तीजगीतको सन्दर्भ निस्कियो । ‘आजकालका तीजगीतहरु अर्कै-अर्कै खाले छन्,’ करिश्माले भनिन् । अर्कै-अर्कै भन्या के ?
‘पहिलेभन्दा डिफरेन्ट क्या,’ उनी उही शब्दलाई अंग्रजीमा भनिन्, ‘पहिलेका तीज गीतमा सासु-बुहारीका कुरा हुन्थे । छोरीचेलीका गन्थन हुन्थे । अचेल समय पनि फेरिएको भएर होला, तीजगीत पनि त्यस्तै छन् ।’
करिश्मालाई मनपर्ने तीजगीत हो उही पुरानो ‘तीजको रहर आयो बरिलै… ।’ फिल्म कन्यादानको यो गीत उनी जति सुने पनि अघाउँदिनन् रे । यो गीतको रिमिक्समा करिश्मा नाचेकी पनि छिन् ।
‘यसमा छुट्टै मेलोडी छ क्या । मलाई त तीज भन्नासाथै यही गीत याद आउँछ ।’
‘भनेपछि करिश्मालाई अहिलेका तीजगीत कुनै पनि मन पर्दैन ?’ ऋषि धमला स्टाइलमा सोधियो ।
‘मैले अहिलेका मन पर्दैन भनेँ र ?’
कुन छ त मन पर्ने ?
‘ठ्याक्कै याद भएन । तर धेरै छन्,’ उनले टुंग्याइन् ।
गानापछि नाचको कुरा । तपाइर्ं सोच्नुहुँदो हो, तीजमा करिश्मा कसरी उफ्री उफ्री नाच्दिहुन् । तर करिश्मालाई तीजमा नाच्न अल्छी लाग्छ पर्दैन । तर, ननाचिकन सुख देलान् त अरुले ?
‘त्यहि भएर त म आजकाल तीजका धेरै कार्यक्रम अभोइड गर्छु नी, यसपाली अहिलेसम्म दुईपटक मात्रै दर खाएकी छु । त्यो पनि नाचगानवाला दर होइन । सामान्य गेट टुगेदर मात्रै ।’ उनी एउटा आफन्तहरुको र अर्को साथीभाइको जमघटमा सहभागी भएकी हुन् ।
नाच्न किन नाँच्न जाँगर मरेको हो ? कि बुढेसकाल लाग्यो ? (यो प्रश्न सोधिएन)
त्यसो त उनी केहि दिनयता डान्सको रिहर्सल गरिरहेकी छिन् । तर यो तीजको लागि होइन । भूकम्पपिडितको सहयोगार्थ अक्टोबरमा हङकङमा आयोजना हुने कार्यक्रमको तयारी गरिरहेको उनले बताइन् ।
माइती र घर आमने-सामने
यसपालिको तीजमा करिश्मालाई खासै उल्लास छैन । परिवारमा शोक परेकाले घरमा दर खुवाउने कार्यक्रम भएन । ‘मेरो सिस्टर इन लको हसबेन्ड एक्सपायर हुनुभएकाले यसपालि घरमा दर भएन,’ उनले सुनाइन् ।
उनको माइती र घर छेउछाउमै छन् । त्यसैले चाडवाडमा मेरीबास्सैकी सुन्तलीकै जस्तो अवस्था हुन्छ उनको । ‘हिजो आमाले दर खान आउदिनस् भनेर सोध्दै हुनुहुन्थ्यो । तर, यत्तिकै भयो ।’
श्रीमानले दिएनन् उपहार
करिश्मालाई रातो साडी लगाएर झमझम् गर्दै हिँड्न मन पर्छ । गरगहनामा चाहिँ धेरै ‘इन्ट्रेस्ट’ छैन । ‘विभिन्न कलरको छड्कै तिलहरी र चुरा टीका लगाउँछु । झ्याप्पै गहनाले पुरिएर हिँड्न चाहिँ मन पर्दैन,’ उनले भनिन् ।
तीजलाई भनेर खासै सपिङ गर्ने चलन पनि खासै छैन करिश्माको । ‘म त तीजमा आफ्नो लागि खासै सपिङ गर्दिन,’ उनले भनिन्, ‘लुगाफाटो सधैं किनिएकै हुन्छ । तीजमा लगाउन खाँचो हुँदैन ।’
विनोद दाईले किनिदिन्छन् होला नी त ?
‘अहँ’ करिश्माले चित्त दुखाइ गर्दै भनिन्, ‘आजसम्म यो त झन् रेकर्ड नै छैन । तीजमा मात्रै होइन, कहिल्यै पनि गिफ्ट दिनुहुन्न । उहाँलाई गिफ्ट दिँदा श्रीमती कति खुशी हुन्छन् भन्ने फिलिङ्स नै छैन । नपत्याए उहाँलाई नै सोध्नुस त एकचोटि ।’
यति राम्री श्रीमतीलाई कहिल्यै उपहार नदिनु भनेको त माल पाएर चाल नपाएको जस्तो भएन र ? भनेर सोधेको भए विनोदले के जवाफ दिँदा हुन् कुन्नि ?

बिरामीको मृत्यु कहिले हुन्छ ?अब कम्प्युटरले बताइदिनेछ
२०७२ असोज १ गते ८:११ मा प्रकाशित
अब कम्प्युटरले नै मानिसको मृत्यु हुने दिनको भविष्यवाणी गरिदिने भएको छ । अमेरिकामा एउटा यस्तो सुपर कम्प्युटरको विकाश गरिएको छ जसले कुनैपनि मानिसको मृत्युको सम्भावनाका विषयमा भविष्यवाणी गर्न सक्छ । मिडिया रिपोर्टका अनुसार उक्त सुपर कम्प्युटरले गर्ने भविष्यवाणी शतप्रतिशत सही हुने गरेको छ ।
बेलायती संचार माध्यम दी मिररका अनुसार अमेरिकाको बोस्टनस्थित बेथ इसरायल डिकोन्सेन्स मेडिकल सेन्टरमा यो सुपर कम्प्युटर स्थापना गरिएको छ । यो कम्प्युटरमा झण्डै ३० वर्ष लगाएर अढाइ लाख भन्दा बढि मानिसका विभिन्न जानकारीहरु संग्रहित गरिएको छ ।
हस्पिटलका प्रमुख डाक्टर स्टिभ हर्ग भन्छन् : यदि तपाइँ यहाँ आउनुभयो भने हामी तपाइँको विषयका सबै जानकारीहरु हाँसिल गर्छौँ । ती जानकारीहरुको तुलना हामी समान लक्षणवाला अन्य रोगीहरुसँग गर्न सक्छौँ र भविष्यमा तपाइँको उपचार कस्तो हुनेछ यसको विषयमा पनि जानकारी दिनसकिन्छ । यो असाधारण खोजमा पहिलो पटक बिग डाटा सिद्धान्तको प्रयोग गरिएको छ ।
उनका अनुसार यो सुपर कम्प्युटरले हरेक तिन मिनेटमा विरामीका विभिन्न खाले तथ्य तथा जानकारीहरु संकलन गर्दछ, जसमा रगतमा रहेको अक्सिजनको मात्रा देखि रक्तचाप सम्म सामेल हुन्छन् । अस्पताल प्रमुख हर्गका अनुसार यसका कारण डाक्टरहरुमा विरामीहरुको उपचार तथा रेखदेख गर्ने क्षमतामा वृद्धि हुन्छ ।
विरामीको बारेमा संकलन गरिएका तमाम विस्तृत डाटाहरुकै विश्लेषणका आधारमा सुपर कम्प्युटरले उक्त विरामीको मरणको अधिक सम्भावना कहिले हुन्छ भन्ने कुराको घोषणा गरिदिन सक्छ । उनका अनुसार यदि कम्प्युटरले कुनै विरामीको मृत्यु हुने घोषणा गरिदियो भने उक्त विरामीको एक महिनाभित्रमै मृत्यु हुने गरेको अस्पतालका प्रमुख डाक्टर हर्ग बताउँछन् ।

सुवास गोतामे |
२०७२ आस्विन १ शुक्रबार
फोटो :आगो लागेको जहाजको चक्का मर्मत गर्दै प्राविधिकहरु ।
काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान अवतरण गर्ने क्रममा थाई एयरको जहाजको चक्कामा आगो लागेको छ ।
बैंककबाट आएको थार्इ एयरको विमान त्रिभुवन विमानस्थलम अवतरण गर्ने क्रममा पछाडिको दायाँ चक्कामा आगो लागेर धुवाँ निस्केको हो ।
एक सय भन्दाबढी यात्रु बोकेर काठमाडौं आएको विमान अवतरण गर्ने क्रममा एक्कासी चक्कामा आगो लागेको थियो ।
चक्कामा आगो लागेको थाहा पाएपछि विमानस्थल प्रशासनले तत्कालै सबै यात्रुलाई ओरालेको थियो ।
विमानस्थलका प्राविधिकले जाँच गरेर चक्कामा लागेको आगो निभाएका थिए ।
विमानस्थल स्रोतका अनुसार जहाजको चक्कामा आगो लागेपछि केहीबेर विमानस्थलमा खैलाबैला मच्चिएको थियो ।
चक्कमा लागेको आगो प्राविधिकहरुले नियन्त्रणमा लिइसकेको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
विमानका सबै यात्रु सकुशल रहेका विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।
annapurnapost