काठमाडौं : मुख्य तीन दलका शीर्ष नेताहरुले आजै अपरान्ह संयुक्त पत्रकार सम्मेलन गरेर असन्तुष्ट मधेस केन्द्रित दल तथा अन्य पक्षहरुलाई वार्तामा बोलाउने भएका छन्।
कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरुको शनिबार बिहान बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। अपरान्ह चार बजे तीन दलले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
१६ बुँदे सहमति गराएर संविधान निर्माणमा तीन दललाई एकै ठाउँमा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका गच्छदारलाई संविधानको घोषणा प्रक्रियासम्म भए पनि समेट्ने र अन्य असन्तुष्ट दलहरुलाई सम्बोधन गर्ने उद्देश्यले दलहरुले अन्तिम प्रयास गरेका हुन्।तराई मधेस शब्द राख्न तीन दलका केही नेताहरुले नमानेपछि गच्छदार मोर्चासँग हुने लागेको सम्झौता विथोलिएको थियो । यसमा तीन दलका नेताहरु लचिलो भएर गच्छदारसँग छलफल गर्न तयार देखिएका छन् ।
बालुवाटार बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत तीन दलका नेताहरुको उपस्थिति थियो।
बैठकमा प्रधानमन्त्रीको न्युयोर्क भ्रमण भारतीय विदेश सचिव एस जयशंकरको भ्रमण, आइतबार हुने नयाँ संविधानको घोषणा र सुरक्षा व्यवस्थापन, विजय गच्छदार नेतृत्वको मधेसी मोर्चालाई समेट्ने वार्ता र प्रयासबारे छलफल एव समीक्षा भएको छ। प्रधानमन्त्री राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क जानुपर्ने भएकोले संसद् अधिवेशन पनि स्थगित गर्ने र प्रधानमन्त्री फर्किनसाथ तत्काल डाक्ने सहमति भएको छ। संसद् अधिवेश डाकेको सात दिनभित्र नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने व्यवस्था छ
annapurnapost.com

पोखरा, २ असोज- नयाँ संविधानमा तमु लगायत आदिवासी जनजातिको अधिकार सुनिश्चित नगरिएको र पहिचानसहितको तमुवान प्रदेश घोषणा नगरिएको विरोधमा पोखराका तमुहरुले विरोध गरेका छन् । उनीहरुले शुक्रबार सिस्नुपानी र्याली निकाले भने आज शनिबार संविधानको शवयात्रा निकाल्दैछन् ।
उनीहरुले संविधानको शवयात्रासहित जलाउने तयारी गरेका छन् । धर्म निरपेक्षता कायम, पुर्ण समानुपातिक प्रतिनिधीत्वको सुनिश्चितता, बहुभाषिक निति, पहिचान र अस्तित्वको सुनिश्चितता हुनुपर्ने लगायतका माग गर्दै र अधिकार, पहिचान विहिन संविधानको विरोध गर्दै शवयात्रा निकाल्न लागिएको हो । तमुवान संयुक्त संघर्ष समितिको दोश्रो चरणको आन्दोलन अन्र्तगत तमु लगायत आदिवासी जनजातिलाई अधिकार विहीन संविधान जारी गर्न खोज्नेहरुलाई सिस्नो पानी लगाउने उद्घोष गर्दै संघर्ष समितिले पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सिस्नो पानी जुलुस गरी भिमसेनचोकमा कोणसभामा परिणत भएको थियो । संविधान जारी गरिने भनिएको असोज ३ गते विभिन्न पार्टीहरुले आयोजना गरेको बन्दमा तमुवान संयुक्त संघर्ष समितिले ऐक्यवद्धता जारी गर्दै बेलुका कालो झण्डासहित बृहत मसाल जुलुस वगर पिएन क्याम्पस गेट, सितलादेवी र लखनचोकबाट शुरु गर्ने र असोज ४ गते पश्चगामी संविधान विरुद्ध तमुवान प्रदेश बन्द गर्ने उनीहरुका भनाई छ ।

वि.सं. २०७२ साल असोज २ गते। शनिबार। इश्वी सन् २०१५ सेप्टेम्बर १९ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– षष्ठी, २०:४७ बजेउप्रान्त सप्तमी। नक्षत्र– अनुराधा, २६:२५ बजे उप्रान्त ज्येष्ठा।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। आजको प्रयत्न निष्फल जस्तै रहला। काम बिग्रने भयले पनि सताउन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। आश्वासन दिनेहरूको भरमा नबस्नुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। जिम्मेवारीबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै पारिवारिक सुख प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। रमाइलो यात्रा गर्ने मौका छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदा हुनेछ। व्यापारमा सामान्य र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझावप्रति शंका उब्जने समय छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। दीर्घकालीन रूपमा फाइदा हुने काम सुरु हुन सक्छ। तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ। ठीक समयको सही निर्णयले विभिन्न अवसर दिलाउनेछ। तर, काम समयमा सम्पादन नहुनाले अवसर फुत्कने सम्भावना देखिन्छ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्, सजग रहनुपर्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सामाजिक नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम बिस्तारै बन्नेछन्।

नयाँ संविधानप्रति शुभेक्षा
सोल : तीन महिनाअघि मात्र रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् ।
खजेदोस्थित पानीजहाज बनाउने डीएसएमइ कम्पनीमा कार्यरत बोरलांग–७ गोरखाका २५ वर्षीय प्रदीप भट्टले शुक्रबार बाथरुममा झुन्डिएर आत्महत्या गरेका हुन् ।
तीन महिनाअघि कोरिया आएका भट्ट काम सुरु नगर्दै कम्पनी बन्द भएपछि अर्को कम्पनीमा स्थानान्तरण भएका थिए ।
उनका सहकर्मी पोखराका मनोज भण्डारीका अनुसार भट्टले कोरियामै रहेका सहोदर दाजुलाई सम्बोधन गरी लेखिएको ‘सुसाइड नोट’ फेला परेको छ ।
सुसाइड नोटमा उनले दाजुले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आफुले सहयोग गर्न नसकेमा दुःख व्यक्त गरेका छन् ।
उनले झुन्डिनुअघि लेखेको सुसाइड नोटमा नेपालमा संविधानप्रति पनि शुभेक्षा व्यक्त गरेका छन् ।
पित्तथैलीमा समस्या भएपछि भट्टले यसअघि १५ दिन आराम गरेको सहकर्मी पोखराका मनोज भण्डारीले जानकारी गराए ।
नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुङले घटनाबारे अनौपचारिक जानकारी आएको बताउँदै पोस्टमार्टमपछि शव नेपाल पठाउने प्रक्रिया थालिने जानकारी दिए ।
मृतक भट्टको परिवारमा बुबाआम, दुइ दाइ र एक बहिनी छन् । भट्टका एक दाजु कोरियामै रोजगारीको क्रममा रहेका छन् ।

इस्लामाबाद, १ असोज । पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाका दक्षिणी वाजिरिस्तानमा शुक्रबार अमेरिकासँग आवद्ध चालकरहित विमान आक्रमणमा कम्तीमा सात व्यक्तिको मृत्यु भएको समाचार छ ।
स्थानीय सञ्चारमाध्यम उर्दुले सो जानकारी दिएको छ । दक्षिणी वाजिरिस्तानको सोनक्राई नराई क्षेत्रमा आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्यगरी सो आक्रमण भएको जनाइएको छ ।

पाकिस्तानको यो क्षेत्र अफगानिस्तानको सीमा क्षेत्रमा जोडिएर रेहेको छ । एक सवारी साधनलाई लक्ष्यगरी दुई वटा क्षेप्यास्त्र आक्रमण गरिएको जनाइएको छ ।
सो इलाकामा हुने गरेको हवाई आक्रमणबाट स्थानी बासिन्दालाई त्रास पैदा गर्ने गरेको जनाइएको छ । यस आक्रमणमा मारिएका व्यक्तिहरुको परिचय भने हालसम्म खुलेको छैन । वाजिरिस्तानमा पाँच महिनापछि अमेरिकी चालकरहित विमान आक्रमण भएको जनाइएको छ ।
प्रायः उत्तरी वाजिरिस्तानमा गर्ने गरिएको यो अमेरिकासँग आवद्ध चालकरहित विमान आक्रमण गएको करिब पाँच महिनायता रोकिएको थियो ।
यस वर्षको सुरुदेखि हालसम्ममा आदिवासी क्षेत्रमा भएको यो १३ औँ चालकरहित विमान आक्रमण हो । यस अवधिभर यस इलकाहरुमा ८५ भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ । रासस÷सिन्ह्वा
www.etajakhabar.com

गोरखा : आफन्तलाई भर्ती गर्न नपाएको भन्दै गोरखा ठिगुरेस्वाँराका बासिन्दाले नेपाली सेनाको ब्यारेकमा आक्रमण गरेका छन् ।
स्थानीयले आक्रमण गर्दा ड्युटीमा रहेका सिपाहीँ चेतन थापा घाइते भएका छन् । उनको टाउकोमा तीनवटा टाँका लगाइएको ठिगुरेस्वाँरास्थित भैरवी दल गणले जनाएको छ ।
आक्रोशित स्थानीयले गणको बाहिरी सुरक्षापोष्टको पर्खाल भत्काइदिएका छन् । संचार उपकरण (इन्टरकम) पनि चुँडाइदिएको सैन्य स्रोतले बताएको छ ।
आक्रोशित स्थानीयको भींडमाथि सेनाले लाठीचार्ज गरेको थियो । लाठी लागेर स्थानीय गोविन्द सुनार घाइते भएका छन् । उनको गोरखा अस्पतालमा उपचार भएको छ ।
शुक्रबार अपरान्ह ४ बजे भर्ना छनौटको लिखित परीक्षाको नतिजा सार्बजानिक भएको थियो । ‘रिजल्ट टाँस्नेबित्तिकै ब्यारेक परिसरमा भेला भएका स्थानीयबासीले आफन्त युवाहरु पास नभएको भन्दै विरोध गर्न थाले’, एक सैनिक अधिकृतले भने, ‘त्यसपछि हाम्रो पोष्टको पर्खाल भत्काए । इन्टरकमको तार चुँडाइदिए । पोष्टमा ड्युटी गरिरहेका सिपाहीमाथि ढुंगा प्रहार गरे ।’
आक्रोशित स्थानीयबासीले पोष्टमा टायर राखेर जलाउने प्रयास पनि गरेको उनले बताए । स्थानीय एकराज उपाध्यायका अनुसार यसअघि भर्ना खुल्दा पनि स्थानीय भर्ना हुन पाएका थिएनन् ।
यसपटक आशवासन दिएर पनि लिखितमा अनुत्तीर्ण गराइदिएपछि स्थानीयबासी आक्रोशित भएका हुन् ।
‘स्थानीयबासीलाई अहिलेसम्म पास गराइदिएन । यसपटक आस्वासन दिएका थिए, तर कसैको नाम ननिस्केपछि सबै आक्रोशित भए’ उनले भने ‘मसँग प्रमाण त छैन तर ठूलामान्छेको भनसुनको आधारमा पक्षपातपूर्ण रिजल्ट निकालेको बुझेर स्थानीयबासी आक्रोशित भएका हुन् ।’
बिबाद बढ्दै गएपछि साँझ सात बजे थप प्रहरी घटनास्थल पुगेपछि घटना साम्य भएको छ ।
शनिबार फेरि छलफल गरिने गणपति प्रेम थापाले बताए । लोकसेवाका कर्मचारीले नियमानुसार परीक्षा लिई नतिजा प्रकाशित गरेकाले अनियमितता भएको भन्ने आरोप झुठो रहेको उनको भनाइ छ । annapurnapost.com

काठमाण्डु, १ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एवं विदेश सचिव जयशंकरको नेपाल भ्रमण समय सान्दर्भिक नभएको बताएका छन् ।
आफूलाई भेट्न लाजिम्पाटस्थित निवास पुगेका जयशंकरलाई उनले भ्रमणका लागि अहिलेको समय गलत भएको बताए ।
स्रोतका अनुसार प्रचण्डले भ्रमण दुई साताअघि वा संविधान भएको दुई सातापछि भएको भए स्वभाविक हुने धारणा राखेका थिए ।
‘तपार्ईंको भ्रमणको समय मिलेन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कि दुई साताअघि नै आएको भए हुन्थ्यो, कि दुई सातापछि आउनुपथ्र्यो ।’
भेटमा जयशंकरले सकेसम्म आन्दोलनरत मधेस केन्द्रित दलका माग संविधानमा समेटेर जान सुझाव दिएका थिए ।
अध्यक्ष प्रचण्डले संविधानको टुंगो लागिसकेकाले मधेस केन्द्रित दलका माग तत्काल सम्बोधन गर्न नसकिने स्पष्ट गर्दै तत्काल राजनीतिक प्रतिबद्धता जनाउने र केही समयपछि तराईसहित थरुहट र जनजाति आन्दोलनका माग संशोधन मार्फत मिलाउन सकिने जवाफ दिएको उनका स्वकीय सचिव चुडामणि खड्काले काठमाण्डु टुडेलाई बताए ।
खड्काका अनुसार जयशंकरले तराई–मधेसमा जारी आन्दोलन लम्बिँदा सिमा क्षेत्रमा सुरक्षा चुनौती बढेको उल्लेख गरेका थिए ।
प्रचण्डले भने तराई र सिमा क्षेत्रको मात्र नभई समग्र नेपालको हितमा सोच्न आग्रह गरेका थिए । साँझ ५ बजेबाट सुरु भएको भेटवार्ता करिब ४५ मिनेटसम्म चलेको छ ।
भारतले मधेस केन्द्रित दललाई समेत सहमतिमा ल्याएर संविधान जारी गर्न दिएको दबाब अस्वीकार गर्दै दलहरुले संविधानको विधेयक पारित गरेपछि मोदीले नेपालको अवस्था बुझ्न जयशंकरलाई काठमाण्डु पठाएका हुन् ।
दुई दिने भ्रमणमा आएका जयशंकर शुक्रबार दिनभर राजनीतिक भेटवार्तामा व्यस्त रहे ।
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस