• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
तलब भत्ता र मान पद्वीका लागि जेल बसिएन
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नयाँ संविधानमा आफ्ना अधिकार नसमेटिएको देखाउन मधेसवादीसहितका आन्दोलनरत समूहलाई चुनौती दिएका छन् ।

सोमबार काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा आयोजित नयाँ संविधानको विजयसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्ना अधिकार संविधानमा नभएको पत्ता लगाएर देखाउन चुनौती दिँदै यो संविधानले सबैको अधिकार समेटेको तर्क गरे ।

'संविधानको कुन् धारामा कहाँ निर कुनै समूहको अधिकार समेटिएको छैन ?', अध्यक्ष ओलीले भने, 'आफ्नो अधिकार नभएको देखाउन म चुनाैती दिन्छु ।'

‘यदि कुनै समस्या  र असन्तुष्टी छन् भने विभिन्न आयोगमार्फत जायज कुरालाई सम्बोधन गर्न सक्छौं’, उनले भने, ‘संविधान अपरविर्तनीय र असंशोधनीय व्यवस्था होइन । नेपाल र नेपाली जनाताको आवश्यकता र विकासका लागि संशोधन हुन्छ ।’

खुसियाली मनाउने बेलामा कुनै समूह र तत्प्काले चित्त दुखाउनु दुःखदायी भएको ओलीको भनाइ ।

ओलीले पहिलो संविधानसभा असफल भएको अवस्थामा दोस्रो संविधानसभा पनि असफल बनाएर देशको अन्त्य नगरे देश विकासतर्फ नजाने उल्लेख गरे ।

‘खुसियाली मनाउनुपर्ने ठाउँमा कुनै विशेष समूह र तप्काले चित्त दुखाउनुु दुःखदायी कुरा हो’, ओलीले भने, ‘सबैले खुसियाली मनाऔं । कुरा गरौं, वार्ता गरौं । सबै जायज मागलाई यथोचित सम्बोधन गरिने छ ।’

नेपाल स्वाभिमानीहरुको देश रहेको बताउँदै छिमेकी देशहरुमा आफ्नो स्वाभिमान कायम गर्दै सम्बन्ध राख्ने ओलीको भनाइ थियो ।

तलब भत्ताका लागि जेल बसिएन
अध्यक्ष ओलीले सम्बोधनका क्रममा जनता र देशका लागि जेल बसेको बताउँदै आफूजस्तै धेरैले लामो समय जेल बसेकै कारण नेपाली जनता सार्वभौम सम्पन्न हुन सकेको उल्लेख गरे ।

‘हामी जेल बसेको रामो पारिश्रमकि र भत्ताका लागि होइन । मानपदवी र विभुषणका लागि पनि जेल बसेको होइन’, ओलीले भने, ‘जनताका लागि, देशका लागि र लोकतन्त्रका लागि जेल बसेका हौँ ।’
annapurnapost.com
काठमाडौ : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत नेपालको अभिन्न मित्र  भए पनि नेपाल भारतको गुलाम (एसमेन) हुन नसक्ने बताएका छन् ।

नयाँ संविधान जारी भएपछि टुँडिखेलमा आयोजित विजयसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, हामी भारतको सच्चा मित्र हौं तर मित्र हुँदैमा उसको एसमेन हुनसक्दैनौं । उनले भारतका जायज चासो र चिन्तालाई सम्बोधन गर्न आफूहरु तयार रहेको बताउँदै भने, हामी मित्रका जायज चासो र चिन्तालाई सहयोग गर्न तयार छौं तर उसले पनि हाम्रा जायज चासो, चिन्ता र आवश्यकतालाई सहयोग गर्नुपर्छ र सम्बोधन गर्नुपर्छ ।


तराई मधेसका अधिकांश माग र मुद्दाहरु सम्बोधन भइसकेकोले अब आन्दोलन छोडेर असन्तुष्टहरु वार्तामा आउनुपर्ने बताए । अधिकांश सम्बोधन नयाँ संविधान नेपालको राजनीतिक इतिहासकै सर्वाधिक महत्वपूर्ण उपलब्धी रहेको बताएका छन् । उनले भने, तराई मधेसमा उठेका नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका धेरै माग सम्बोधन भइसकेका छन् । सिमांकनमा केही समस्या भए वार्तामा बसेर सम्बोधन गर्न तयार रहेको प्रतिवद्धता तीन दलबाट लिखित रुपमा आइसकेको छ । त्यसैले अब आन्दोलन आवश्यक छैन ।


उनले नेपाली जनताको निकै लामो संघर्ष, महान् बलिदानी र संघर्षपछि संविधान संभव भएको बताए उनले उन्नत लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशी प्रतिनिधित्वको प्रणाली नै नयाँ संविधानको विशेषता रहेको उल्लेख गर्दै भने, हामीले नमूना संविधान बनाएका छौं। हामी सबैले गर्व गर्नुपर्दछ । उनले नेपाली स्वाभिमान र आत्मसम्मानको शानदार विजय भएको बताउँदै भने, यो शानलाई जोगाउन हामी सबै जुट्नुपर्छ ।

उनले तीन प्रमुख दल एक ठाउँमा आएपछि संविधान निर्माण सफल भएको बताउँदै भने, कुनै दल विशेषको चाहना, एजेन्डाअनुसार संविधान आएको होइन। सम्झौता र समझदारीमा यो संविधान आएको छ ।
annapurnapost.com
सिमरा : संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले व्यवस्थापिका संसद्का सदस्य राधेचन्द्र यादव र लालबाबु सिंहको कलैयामा रहेको घर तोडफोड गरी आगजनी गरेका छन् ।

एक महिनादेखि कलैयास्थित भरत चौकलाई आन्दोलनको केन्द्र बनाएका मोर्चाका कार्यकर्ताले नजिकै रहेको सांसद् यादवको घरमा तोडफोड गर्दै आगजनी गरेका हुन् । नेपाली कांग्रेसका नेता यादव बारा क्षेत्र नं. २ बाट निर्वाचित सांसद् हुन् ।

भरत चौकबाट नजिकै रहेको यादवको घरमा प्रवेश गर्दै प्रदर्शनकारीले तोडफोड गरेका थिए ।

प्रदर्शनकारीले यादवको बैठक कोठामा रहेको टिभी, कपडालगायतका सामान सडकमा ल्याएर आगजनी गरेका छन् ।

आक्रोशित प्रदर्शनकारीले यादवको घरको सटर भाडामा लिई सञ्चालन गरिएको टायर पसलबाट नयाँ टायर झिकेर आगोसमेत लगाएका छन् ।

यसैगरी प्रदर्शनकारीले सांसद् लालबाबु सिंहको घरमा पनि तोडफोड गरेका छन् । कलैया–६ मा रहेको सिंहको घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् । सिंह एमाओवादीका समानुपातिक सांसद् हुन् ।

प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि अघिल्लो दिनको तुलनामा कलैयाको जनजिवन सोमबार निकै तनावग्रस्त बनेको छ ।

हजारौको संख्यामा प्रदर्शनकारीले भरत चौकमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेपछि जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलय आगडीको सकडमा प्रहरी परिचालन गरिएको छ । annapurnapost.com
काठमाडौं, असोज ४ । संविधान जारी गरीएको खुशीयालीमा काठमाडौँको सैनिक मञ्चमा एक भब्य समारोहको आयोजना गरिएको छ । समारोहमा शीर्ष दलका शीर्ष नेताहरु उपस्थित भइसकेका छन् भने कैयौँको संख्या सर्वसाधारण उपस्थिति रहेको छ ।

यसैबिच केही बेर अघि समारोहमा थप उत्साह भर्न सेनाको हेलीकोप्टरले पुष्प वृक्षले स्वागत गरेको छ । काठमाडौँमा बिजय उत्सब मनाइरहँदा पूर्व विराटनगरमा भने प्रहरी र प्रर्दशनकारी बिच झडप भएको छ । विराटनगरको महावीर चोकमा भएको झडपमा प्रहरीको गोली लागी ३ जना प्रर्दशनकारी घाइते भएका छन् ।

आज विहानै देखि जारी प्रर्दशनमा आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरी गोली चलाउन बाध्य भएको हो । स्थिति सामान्य बनाउन प्रहरीले ६ राउन्ड अश्रु ग्यास र केही राउन्ड हवाई फायर गरेको छ ।

झडपमा घाइते भएका ३ जना प्रदर्शनकारीको विराटनगरकै गोल्डेन अस्पतालमा उपचार भैरहेको छ । नयाँ संविधानको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् भने त्यो भन्दा ठुलो संख्यामा संविधानको स्वागतमा कार्यक्रमको आयोजना गरिएको छ ।
www.etajakhabar.com
क्रान्ति शाह |
२०७२ आस्विन ४ सोमबार


फोटो :कर्फ्यू तोडेर टायर बाल्दै प्रदर्शनकारी । तस्बिर : क्रान्ति शाह


वीरगन्ज : वीरगन्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्दै सोमबार बिहानैदेखि प्रदर्शन शुरु भएको छ ।

 सोमबार बिहान दुइ घण्टाका लागि हटाएको कर्फ्यू स्थानीय प्रशासनले बिहान ९ बजेदेखि फेरि लागू गरेको छ ।

 नगरका ठाँउ ठाँउमा मधेशी दलका कार्यकर्ता र स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।


 वीरगन्जको रानीघाट, अशोकबाटिका, पिपरा, नगवा, लक्ष्मणवा, ड्राइपोर्ट, हरपतगन्ज, भेडियाही लगायतका स्थानमा प्रदर्शनकारीहरुले टायर बाली संविधान जलाएर प्रदर्शन गरेका हुन् ।

 पिपरा र भेडियाहीस्थित नेशनल मेडिकल कलेज चोकमा प्रदर्शनकारीहरुले मुख्य तीन दलका शीर्ष नेताहरुको पुत्ला दहन गरेका छन् ।

 यस्तै पर्साको ग्रामीण क्षेत्रमा पनि नयाँ संविधानको विरोधमा सोमबार विहानै देखि प्रदर्शन शुरु भएको छ ।

 कौवाबन कटैया गाविसमा बिहान स्थानीयवासीले नयाँ संविधानको प्रतिलिपी जलाउनुको साथै राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री शुसील कोइराला, एमाले अध्यक्ष केपी ओली, नेताहरु झलनाथ खनाल, माधव नेपाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस उपसभापति रामचन्द्र पौडेल, सभासदहरु सुरेन्द्र चौधरी र नागेन्द्र चौधरीको पुतला दहन गरेका छन् ।

 यसअघि आइतवार वीरगन्जमा कर्फ्यू तोडेर भएको प्रदर्शनमा प्रहरीको गोलीबाट एकजना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

 यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधानको विरोधमा सोमबार वीरगन्जमा बृहत जनप्रदर्शन गर्दैछ ।

 दिउँसो वीरगञ्जमा हुने जनप्रदर्शनमा सहभागी हुन गाउँ गाँउमा सर्वसधारण र दलका कार्यकर्तालाई अपिल गरिएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

 प्रहरीले राष्टिय मधेस समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको घरमा सोमबार बिहान   खानतलासी गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरिक्षक होमेन्द्र बोगटीको नेतृत्वमा गएको प्रहरीको टोलीले वीरगन्जको आदर्शनगरस्थित सिंहको घरमा खानतलासी गरेको हो ।

 नेता सिंहलाई पक्राउ गर्न गएको टोली घरमा उनी फेला नपरे पछि रित्तै फर्किएको छ । मधेसी मोर्चाले नयाँ संविधानको विरोधमा सोमबार दिउँसो वीरगन्जमा बृहत प्रदर्शन गर्ने निर्णय गरेकाले प्रहरीले मोर्चाका नेताहरुलाई पक्रने अभियान चलाएको छ ।

 पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक होमेन्द्र बोगटीले भने शंका लागेर प्रहरीले नेता सिंहको घरमा खानतलासी मात्र गरेको बताए ।
annapurnapost

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
लम्की बजारमा सिलिन्डर बम पड्काइयो
धनगढी : देशभर नयाँ संविधानको उल्लास भइरहेका बेला कैलालीमा थरुहटका कार्यकर्ताले एउटा प्रहरी चौकी जलाएका छन् । थरुहटका कार्यकर्ताले अर्को प्रहरी चौकीमा तोडफोड गरेका छन् ।

आफुहरुको अधिकार सुनिश्चित नभएको भन्दै थरुहट÷थारुवानपक्षका आन्दोलनकारीले कैलालीको पवेरा गाविसमा रहेको छोट्की पलिया प्रहरी चौकीमा आगजनी गरेका छन् ।

गएराति प्रहरी नभएको मौकामा थरुहटका कार्यकर्ताहरुले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भदौ ७ गते भएको टीकापुर घटनापछि कम जनशक्ति भएका प्रहरी चौकीमध्ये छोट्की पलिया प्रहरी चौकीलाई पनि हसुलियामा गाभिएको थियो ।

यस्तै सोही समयमा मर्ज गरिएको रामपुर प्रहरी चौकीमा पनि गएराती नै तोडफोड गरिएको कैलालीका प्रहरी प्रमुख एसपी विक्रम बहादुर चन्दले जानकारी दिए ।

संविधानमा आफ्ना हक अधिकारको सुनिश्चितता नभएको भन्दै थारु समुदायले हिजो संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाएका छन भने आज संविधानका मन नपरेका धाराहरु जलाउने तयारी गरेका छन ।

थारुवान÷थरुहट संयुक्त संघर्ष समितिका प्रवक्ता माधव थारुले, संविधान जलाउनका लागि धनगढी आसपासमा पनि तयारी भईरहेको बताए । उनले पुर्व–पश्चिम राजमार्गको चौमाला, राजीपुर, मसुरिया, पहलमानपुर सुखड र लम्की आसपासमा प्रदर्शनकारी जम्मा भइरहेको बताए ।

लम्की बजारमा बम पड्काइयो
यस्तै कैलालीको लम्कीमा बम बिस्फोट भएको छ । अज्ञात समूहले सोमबार बिहान साढे ४ वजे लम्की चुहा नगरपालिका–२ थकालीपुरस्थित बी लाईनमा सिलिण्डर बम बिस्फोट गराएको हो ।

इलाका प्रहरी कर्यालय लम्कीका प्रहरी प्रमुख प्रहरी निरिक्षक जगन्नाथ खनालका अनुसार बिहान साढे ४ बजे सडक छेउँको खाली सिलिण्डर बम पड्काइएको छ ।

बम बिस्फोटका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति भएको छैन । घटनाको प्रकृति हेर्दा जनजीवन त्रसित पार्ने उद्देश्यले बम पड्काइएको प्रहरी निरीक्षक खनालको भनाइ छ ।
annapurnapost.com
जनकपुरधाम: संविधानसभाबाट नयाँ संविधान जारी भएको घोषणा हुनासाथ काठमाडौंमा दीपावली गरिए पनि जनकपुरमा राष्ट्रपतिको घरदेखि लिएर प्रमुख दलका नेताको घरमा समेत बत्ती नबाली ब्ल्याक आउट गरिएको छ।

जनकपुर उपमहानगरपालिका ९ ब्रह्मपुरीस्थित राष्ट्रपति डा. रामवरण यादवको घरमा आइतबार साँझ एउटा पनि बत्ती बलेन। कांग्रेसका नेता तथा भौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधिको निवास पनि अन्धकार थियो।


राष्ट्रपति निवासकै छेउमा घर रहेको एमाले नेता तथा पूर्वमन्त्री रघुवीर महासेठको घरमा पनि बत्ती बलेन।सभासद् रामकृष्ण यादव, सभासद् शीतल झा, एमाले केन्द्रीय नेता शत्रुघ्न महतोसहित कांग्रेसका पूर्वसभासद् एवं जिल्लाअध्यक्ष रामसरोज यादवलगायत नेताको घरमा समेत बत्ती निभाइएको थियो।


प्रमुख तीन दलले जिल्लामा संविधान जारी भएको खुसीमा दीपावली मनाउने र अन्तरक्रिया गर्ने निर्णय गरे पनि धनुषा र महोत्तरीमा मधेसी मोर्चाको आन्दोलनका कारण संविधान जारी भएको दिनलाई कालो दिवसका रूपमा मनाइएको छ।

सदरमुकाम जनकपुर, जलेश्वरलगायत ग्रामीण क्षेत्रमा समेत बत्ती निभाएर ब्ल्याक आउट गरी विरोध प्रदर्शन गरिएको थियो। यसै क्रममा साँझको बेला ब्ल्याक आउट गराउँदै हिँडेका आन्दोलनकारी जनकपुरको भानुचोकस्थित निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले हवाईफायर गरी हटाएको थियो।


यसै क्रममा मधेसको माग सम्बोधन नगरी जारी गरिएको संविधानको विरोधमा आइतबार धनुषा र महोत्तरीमा 'कालो दिन' घोषणा गरी बृहत् प्रदर्शन गरिएको थियो।

मधेसी मोर्चा, स्थानीय युवा क्लब, विभिन्न पेसागत संघसंगठनसहितको आह्वानमा मुखमा कालोपट्टी बाँधेर कालोझन्डा बोकी हजारौंको संख्यामा आन्दोलनकारीले जनकपुर नगरक्षेत्रमा विरोधजुलुस प्रदर्शन गरेका थिए । मोर्चाद्वारा नगरसहित ग्रामीण क्षेत्रमा समेत घरघरमा कालोझन्डा गाडेर विरोध प्रदर्शन गरिएको छ।

आन्दोलनकारीले प्रमुख तीन दलका नेता तथा सभासद्को पुतलादहन गर्नुका साथै उनीहरूका घरघरमा गई कालोझन्डा गाडेका थिए।यसै क्रममा मोर्चाले ग्रामीण क्षेत्रमा संविधान जारी भएको खुसीयाली कसैले मनायो र आइतबार राति घरमा बत्ती बाल्यो भने ५ हजार १ सय रुपैयाँ जरिबाना तिर्नुपर्ने उर्दीसमेत जारी गरेको छ।

जिल्लाका बोहरवा, नगराइन, देवपुरा रुपैठा, जटही, लक्ष्मीनिया, औरही, धनुषाधाम, कपिलेश्वरलगायत स्थानमा युवाले सयौंको संख्यामा कालोपट्टी बाँधेर मोटरसाइकल जुलुस प्रदर्शन गरेका थिए।यता प्रशासनले जनकपुर नगर क्षेत्रमा सुरक्षाव्यवस्था कडा बनाएको छ।

नगरका विभिन्न चारवटा सडकखण्डलाई निषेधित गरी व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। सरकारी कार्यालय भएको क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ।

यसै क्रममा महोत्तरीको जलेश्वरमा स्थानीय प्रशासनले मोर्चाको प्रदर्शनमा कुनै उग्र क्रियाकलाप नहोस् भनेर दिउँसो १ बजेबाट कफ्र्यु जारी गरेको छ। कर्फ्यूका कारण सदरमुकाममा प्रदर्शन नगरिए पनि महोत्तरीका ग्रामीण क्षेत्रमा भने तनाव उत्पन्‍न भएको थियो।

मोर्चाले सोमबार गाउँगाउँबाट आन्दोलनकारीलाई सदरमुकाममा जम्मा गरी संविधान जलाउने कार्यक्रम राखेको छ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home