सोमालीयाको राजधानी मोगादिसुमा अवस्थित यहाँका राष्ट्रपतिको कार्यालय भवनको प्रवेशद्धारमा सोमबार साँझ बम विस्फोट गराइएको छ ।
उक्त कार्यालयको प्रवेशद्वारमा एउटा कारबम ल्याएर ठोक्काइएको थियो । विस्फोटमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको समाचार छ । उक्त जानकारी प्रहरी स्रोतले दिएको छ ।
मोगादिसुका प्रहरी अधिकारी अहमद सिरेले सिन्ह्वा समाचार समितिलाई राष्ट्रपतिको प्रवेशद्वारमा भएको भीषण विस्फोटनबाट दुई सोमालीयाली सैनिक, चार सर्वसाधारण र तीन विदेशी नागरिकको मृत्यु भएको बताएका छन् । राष्ट्रपति भवनको प्रवेशद्वारमा भएको यो विस्फोटन शक्तिशाली थियो । विस्फोटमा परी नजिकैको होटेलबाट निक्लिएका तीन विदेशी नागरिकको समेत मृत्यु भएको सिरेले बताएक छन् ।
यस विस्फोटनको आवाज भीषण रुपमा सुनिएको स्थानीयहरुले जनाएका छन् । तर यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन । मोगादिसुका एक बासिन्दाले सिन्ह्वा समाचार समितिलाई सो विस्फोटबारे बताएका छन् । यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको पनि अर्काे एक समाचारमा जनाइएको छ ।
www.nepaljapan.com

काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतले नाकाबन्दी गरे पनि आत्तिन नहुने बताएका छन्।

प्रचण्डपथको विजय पुस्तकको विमोचनमा मंगलबार बोल्दै प्रचण्डले भने, 'नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भनेर हामी आत्तिनु हुँदैन।
नाकाबन्दी भए हाम्रो स्वाभिमान झुक्दैन ।हामी बीच दरो एकता आवश्यक छ। हामी सबै नेपाली एकजुट भएर परिस्थितिको सामना गर्नुपर्छ।'
भारतीय शासकहरुलाई चित्त नबुझे पनि भारतीय जनता नेपाल र नेपालीको साथमा रहेको बताउँदै भने, 'नेपालको सार्वभौमिकतामाथि चुनौती दिने कुनै गतिविधि हामीलाई स्वीकार्य हुँदैन ।'
उनले भारतसँग द्वन्द्व, असमझदारी तथा लडाइ झगडा गर्ने पक्षमा आफूहरु नरहेको बताउँदै भने, 'हाम्रो चाहना न्द्व, असमझदारी तथा लडाइ झगडा होइन। तर हाम्रो स्वाभिमान र आत्मसम्मानमाथि प्रहार हुन्छ भने त्यसको प्रतिवाद गर्न हामी तयार छौं।'
उनले नेपालीको शीर झुक्न नदिने भीष्म प्रतिज्ञा गर्ने बेला आएको बताउँदै भने, 'यो निकै महत्वपूर्ण घडी हो । यतिबेला हामी सबै संयमपूर्वक परिस्थितिको सामना गर्नुपर्छ।'
/annapurnapost.com

काठमाडौँ : राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच आज समसामयिक राजनीतिक विषयमा वार्ता भएको छ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा तराई–मधेसमा भइरहेको आन्दोलनलाई तत्काल सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए।
प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिका जानु एक दिनअघि भएको उक्त भेटमा राष्ट्रपति यादवले तराई–मधेसमा आन्दोलनरत पक्षसँग तत्काल संवाद थाल्न आग्रह गरेका थिए।
राष्ट्रपति यादवले तत्काल राजनीतिक र प्रशासनिक पक्षबाट पहल गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न र समस्या समाधान गर्न आग्रह गर्नुभएको सल्लाहकार दाहालले बताए।
सो भेटमा प्रधानमन्त्री कोइरालाले आन्दोलनरत पक्षसँग संवादको थालनी भइसकेको र आज मात्रै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट भएको राष्ट्रपतिलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीका अनुसार सरकारले मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसँग पनि वार्ता गर्दैछ । रासस
annapurnapost.com

विराटनगर, ५ असोज । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताका लागि मार्गचित्रसहित सरकार अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सीमाङ्कन, समानुपातिक, समावेशीता जस्ता मधेसी मोर्चाले उठाएका मुद्दामा सरकार मार्गचित्रसहित वार्ताका लागि अग्रसर हुनुपर्ने स्पष्ट पार्नुभयो ।
एक महिनाभन्दा बढी समयदेखि विद्यालय, यातायात, उद्योग बन्दका कारण जनजीवन अस्तव्यस्त भएकाले आन्दोलनको स्वरुप परिवर्तन हुने हो कि भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष ठाकुरले भन्नुभयो – ‘आज राजविराजमा हुन गइरहेको मोर्चाको बैठकमा आन्दोलनको समीक्षाका साथै आन्दोलनको स्वरुप परिवर्तनको सन्दर्भमा छलफल हुनेछ ।’
उहाँले बैठकमा राज्यको दमनविरुद्ध कडा कदम चाल्ने विषयमा पनि निर्णय हुने बताउनुभयो । भारतको पछिल्लो विज्ञप्तिको सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासामा उहाँले भारतीय पक्षको विज्ञप्तिबारे आपूmलाई कुनै जानकारी नभएको बताउनुभयो । रासस
ainiknepal.com
काठमाडौँ, ५ असोज । प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर छलफल भएको छ ।
बिजुली बजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले वार्ता र छलफलको माध्यमबाटै सबै समस्या समाधान गर्न सकिने भएकाले वार्तामा आउन अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभयो ।
जवाफमा अध्यक्ष ठाकुर र उक्त पार्टीका अन्य नेताहरुले सरकार र प्रमुख राजनीतिक दलहरुले नै वार्ताको वातावरण बिगारेकाले आन्दोलन छाडेर वार्तामा बस्न आफूहरुलाई अप्ठेरो भएको बताउनुभएको थियो ।
छलफलमा सहभागी वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यका अनुसार मधेसवादी दलहरुले उठाएका अधिकांश माग संविधानमा सम्बोधन भएको तथा सम्बोधन हुन केही त्यस्ता बुँदाहरु बाँकी रहेका भए वार्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने तथ्य प्रधानमन्त्रीले अवगत गराउनुभएको थियो ।
सो पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले तराईमा भएको आन्दोलन राजनीतिक भएको र त्यसलाई सम्बोधन गर्नुको साटो प्रमुख राजनीतिक दलहरुले नै वार्ताको वातावरण बिथोलेको बताउनुभएको थियो ।
आन्दोलन छोडेर अहिले त्यत्तिकै वार्ताको टेबलमा बस्न आफूहरुलाई अप्ठेरो पर्न जाने उहाँको भनाइ थियो । वार्ताका लागि छलफललाई भने निरन्तरता दिँदै जाने सहमति प्रधानमन्त्री कोइरालासँग भएको उहाँले जानकारी दिनुभयो ।
तमलोपाका नेताहरुले प्रधानमन्त्रीलाई आन्दोलनबाट तराईमा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको थियो । रासस
dainiknepal.com

काठमाडौं, ५ साउन । आफूले भनेको नेपालका शीर्ष नेताले नमानेको भन्दै सीमा नाकाबन्दीको धम्की दिएको भारतले अर्काे कदम उठाएको छ ।
सोमबार राति नाकाबन्दी गर्ने चेतावनी दिएको भारतले मंगलबार नेपालको सीमामा कडाइ गरेको छ । सीमा नाकाबाट आवतजावत गर्ने नेपालीलाई समेत चेकजाँचमा कडाइ गरेको हो । भारतसँग जोडिएका सीमा नाकामा माथिको आदेश भन्दै नेपाली नागरिकमाथि विशेष निगरानीसहित चेकजाँच समेत सुरु गरेको छ ।
तराईमा आन्दोलनरत मधेसी दललाई संविधान जारी गर्ने प्रक्रियामा सामेल गराउन भारतले दबाब दिएको भएपनि नेपालका दलले त्यसलाई अस्वीकार गरी सार्वभौम संविधानसभाबाट संविधान जारी गरेका कारण भारतले नेपालमाथि नाकाबन्दी लगाएको हो ।
यस्तै, रक्सौलबाट पट्रोलियम पदार्थ बोकेर भन्सार आइपुगेका नेपाली तेल ट्यांकरहरुलाई भारतले मंगलबार नेपाल प्रवेश गर्न समेत दिएको छैन् । भन्सार जाँचपास नगरी नेपाली ट्यांकरहरुलाई भारततर्फ नै रोकिएको छ ।
यसअघि नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागतसमेत नगरी निकै बेखुस देखिएको भारतले संविधान जारी भएपछि दोस्रोपटक सोमबार वक्तव्य निकालेर नेपालमाथि कूटनीतिक दबाब दिएको थियो । र नाकाबन्दी गर्ने धम्कीपूर्ण भाषा प्रयोग गरेको थियो ।

झापा : झापाका विभिन्न चार सहरका चर्चमा बम राखेको अभियोगमा प्रहरीले तीनजालाई पक्राउ गरेको छ ।
झापाको खजुरगाछी, दमक गौरादह र सुरुङ्गाका चर्चमा बम राखेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा कटहरी–१ मोरङ निवासी हिन्दु मोर्चानेपाल सैन्य प्रमुख राम भण्डारी, रािष्ट्रय हिन्दु जागरण अभियानका कोषाध्यक्ष विर्तामोड–७ निवासी कृष्ण चुँडाल र बिर्तामोड–८ निवासी राष्ट्रिय संयुक्त धार्मिक मञ्चको सक्रिय सदस्य रामचन्द्र बानियाँ रहेका छन् ।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
चर्चमा बम राख्ने मूख्य योजनाकार हटिया–५ मकवानपुर निवासी माधव भण्डारीसहित चारजना फरार रहेका जिल्ला प्रहरी कार्यालय झापाका एसपी ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए । उनी हिन्द मोर्चा नेपालका , केन्द्रीय सम्योजक पनि रहेको खुलेको छ ।
सुरुङ्गास्थित चर्चमा राखेको बम प्रहरी चौकीमा लगेर डिस्पोजन गर्न खोज्द असईसहित तीनजना घाइते भएका थिए । annapurnapost.com