राजविराज, असोज ६ ।
नेपाली झण्डा राष्ट्रियता हो । जहाँ जस्तो विरोध र प्रदर्शन भएपनि राष्ट्रियतालाई खल्वल पुराउनु उचित मानिदैन । तर अहिले संविधानको विषयलाई लिएर मदेशबादी दलहरुले विरोध गरिरहेका छन् । यस अवस्थामा भारतको जयपुरमा रहेका मधेशी विद्यार्थीहरुले नेपालको संविधान २०७२ जलाउने क्रममा नेपालको झण्डालाई कालो पारी प्रदर्शन गरेका छन् खबर बानीमा समाचार छ ।
जयपुर स्थित ज्ञान बिहार युनिर्भसिटीबाट सयौको सहभागितामा निकालिएको विरोध र्यालीमा नेपालको कालो झण्डा प्रदर्शन गरिएको सहभागी विद्यार्थीहरुले फोनमार्फत् बताएका छन् ।
www.etajakhabar.com

काठमाडौं : भारतले नेपालको संविधानमा चाहेका सात बुँदा सार्वजनिक भएको छ। नेपालका राजदूतसँगको व्रिफिङपछि भारतीय विदेश मन्त्रालयले तयार गरेको गोप्य रिपोर्टमा यी सातबुँदा उल्लेख छन।
सात बुँदामा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने, न्यायको हकअन्तर्गत समानुपातिक शब्द राखिनुपर्ने राष्ट्रका विशिष्ट पदमा अंगिकृत नागरिकता पाउनेले पनि अवसर पाउनुपर्ने, राज्यसभामा प्रान्तीय जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने, कञ्चनपुर कैलाली सुनसरी झापा मोरङ मधेस प्रदेशमा आउनुपर्ने, हरेक बीस वर्षमा निर्वाचन क्षेत्र पुनरावलोकन गरिने भन्ने व्यवस्था हटाउनुपर्ने, नेपालीसँग बिवाह गरेकी विदेश महिलाले नागरिकता पाउनुपर्ने उल्लेख छन्।
तराई मधेसमा आन्दोलन गरिरहेका दलहरुले राखेका माग र यी सातबुँदामा धेरै भिन्नता छैन। यी बुँदा समावेश भएमा मधेस आन्दोलन सकिने संकेत दिइएको छ।
annapurnapost.com

६ असोज, काठमाडौं ।
पछिल्लो समयमा सामान्य उतारचढाव देखिंदै आएको सुनको भाउ मंगलबार प्रतितोला एकसय रुपैंयाँ घटेको छ । यसअनुसार प्रतितोला छापावाल सुन ५० हजार २ सय तथा तेजावी सुन ४९ हजार ९ सय ५० रुपैंयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार चाँदी प्रतितोला ७ सय रुपैंयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला छापावाल सुन ५० हजार ३ सय, तेजावी सुन ५० हजार ५० र चाँदी ७ सय रुपैंयाँमा कारोबार भएको थियो ।
चिनियाँ शेयरबजारमा आएको भारी गिरावटका साथै चिनियाँ मुद्रा युआनको अवमूल्यनका कारण उकालो लागेको सुनचाँदीको भाउ पुनः अमेरिकी डलर मजबूत बनेपछि ओरालो लागेको हो ।
अमेरिकी संघीय बैंकले व्याजदर नबढाउने निर्णय गरेकाले अर्कोसातादेखि भने सुनको भाउ पनि उकालो लाग्ने अनुमान छ ।

काठमाडौं, असोज । आफ्नो मान्यता अनुसार संविधान नबनाएको भन्दै रिसाएको भारतले नेपालमा नाकाबन्दी गर्न थप छलफल सुरु गरेको छ ।
नेपालमा नाकाबन्दी गर्ने की नगर्ने भन्ने विषयमा भारतीय विदेश मन्त्रालय नयाँ दिल्लीमा अहिले बैठक बसिरहेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जीत रे र भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायको पनि बैठकमा सहभागिता रहेको छ ।
नेपाली दूतावास स्रोतका अनुसार बैठकमा अधिकांश भारतीय कुटनीतिज्ञ नेपालमा नाकाबन्दी लगाउनैपर्ने पक्षमा उभिएका छन् । केहीले अहिले नै यस्तो कदम चाल्न नहुने पनि बताएका छन् । यद्यपी कुनै निर्णय भएको छैन् । अहिले बैठक जारी छ ।
बैठकमा नेपालका लागि भारतीय राजदूत रन्जित राय, विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरसहितका अधिकारी उपस्थित छन् । बैठकमा नेपाली पक्षको सरोकार राख्न राजदूत दीपकुमार उपाध्याय सहभागी छन् ।
स्रोतका अनुसार, भारतका उत्तरप्रदेश/बिहार राज्य सिमावर्ती नेपाली भूभागमा देखिएको अशान्तिको माहोल र बढ्दो असुरक्षाका कारण भारतले आवतजावतका सीमावर्ती नाका बन्द गर्ने विषयमा छलफल गर्न भारतीय विदेश मन्त्रालयमा आकस्मिक बैठक राखिएको हो ।
dainiknepal.com

काठमाडौं, ६ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता भगतसिंह कोशियारीले तराईमा जारी हिंसात्मक आन्दोलन समाधान नभए नेपाल सिरिया बन्न सक्ने खतरा रहेको रहेको अभिव्यक्ति दिएका छन् । नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बुधबार बिहान कुरा गर्दै कोशियारीले नेपालको अशान्तिबाट नेपालका मान्छे शरणार्थीका रुपमा भारतमा आउने हुन् कि भन्ने चिन्ता भारत सरकारलाई रहेको बताए । ‘नेपालको अशान्तिले भारतमा शरणार्थीको समस्या आउन सक्छ’, उनले भने, ‘हामी यस विषयमा सतर्क छौँ । तयारी गर्नुपर्छ । सिरियाका मान्छे पनि शरणार्थी बनिरहेका छन् । जर्मनीमा गएका छन् ।
नेपालमा त्यो समस्या नआउला भन्न सकिँदैन ।’ नेपालमा हिंसा मच्चिएपछि नेपालीहरु पनि भारतमा शरणार्थी हुन सक्ने भएकाले नाका बन्द गर्नुको विकल्प नरहने उनले बताए । तर, नेपाललाई नाकाबन्दी लगाउने विषयमा आफूलाई कुनै जानकारी नरहने कोशियारीको भनाइ थियो । ‘नाकाबन्दी लगाउने नलगाउने भन्ने विषयमा भारत सरकारले भन्छ’, उनले भने, ‘मलाई यस विषयमा जानकारी छैन ।’
मधेसमा आन्दोलनरत समूह र दलका मागलाई सम्बोधन गरेर आन्तरिक राजनीतिक विषय मिलाउनुपर्ने उनको भनाइ छ । संविधान जारी भएको विषय राम्रो भए पनि असन्तुष्ट पक्षको मागलाई सम्बोधन नगर्दा त्यसले तराईका जिल्लाहरूमा प्रदर्शन र हिंसा भएको उनको भनाइ छ । ‘नेपालमा अशान्ति हुँदा त्यसको प्रभाव भारतमा पर्छ’, भाजपाका नेता कोशियारीले भने, ‘नेपालमा माओवादीले बन्दुक उठाउँदा र भूकम्प आउँदा भारत दुखित भएको छ ।’ उनले विद्रोह र अशान्तिले भारत सधैँ चिन्तित रहने उल्लेख गरे । नेपालमा संविधान आइसकेको अवस्थामा असन्तुष्टका मागलाई फेरि पनि सम्बोधन गर्न सकिने नेता कोशियारीको भनाइ थियो । नेपालको संविधानमा आफूहरूको कुनै विमति नरहेको बताउँदै उनले थपे, ‘अरु विदेशीले संविधानमा समर्थन गर्दा तपाईहरू खुसी हुने तर भारतले केही असन्तुष्ट पक्षका मागलाई पनि ध्यानमा राख्नभन्दा असन्तुष्टि जनाउने यो त भएन नी ? छिमेकीको सुझाव पनि मान्नु पर्छ ।’
नेता कोशियारीले आन्दोलनरत मधेसी दलका नेताहरूलाई वार्ता र सम्वादमा बसेर निकास खोल्न सुझाव पनि दिए । ‘आफ्नो आन्तरिक विषयमा आफै निकास खोज्नुस्’, उनले भने, ‘मधेसी दल र तिनका नेताहरूले वार्ता गर्नुपर्छ । सम्वाद गर्नुपर्छ । आन्दोलन र खुनखराब गर्नु हुँदैन ।’ नेपालको राजनीतिक उथलपुथल हुँदा काठमाडौं आउने गरेका भाजपाका नेता कोशियारी नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग सम्पर्कमा रहँदै आएका छन् । आफू छिट्टै नेपाल आउन चाहेको पनि उनले बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं । नेपालको आन्तरिक मामलामा छिमेकी राष्ट्र भारतले अनावश्यक हस्तक्षेप गरेको भन्दै सामाजिक संजालमार्फत बिहिवार काठमाडौंको भृकूटीमण्डपमा युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरेका छन् ।
बुधबार नेपालका नाकाहरुमा भारतले नाकाबन्दी लगाएको भन्दै सामाजिक संजालहरुमा चर्को विरोध भएको थियो । सोही संजाल मार्फत केही स्वतन्त्र युवा तथा विभिन्न राजनीतिक पार्टीसम्बद्ध युवाहरुले बिहिवार विहान विरोध स्वरुप प्रदर्शन कार्यक्रमको आयोजना गरेका थिए । ‘व्याकअप इण्डिया’ लेखेको प्लेकार्ड छातिमा टाँसेर ‘आन्तरिक मामला हल गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं’ भन्ने नारा समेत लगायका थिए ।
कार्यक्रममा बैद्य नेतृत्वको माओवादीका युवा नेता लेखनाथ न्यौपाने, एमालेसम्बद्ध विद्यार्थी नेता राजकूमार राई, एमाओवादी सम्बद्ध विद्यार्थी नेता रंजित तामाङ, बैद्य माओवादीसम्बद्ध विद्यार्थी नेता विरेन्द्र वस्नेत लगायतले भारतीय हस्तक्षेप स्विकार्य नहुने बताएका थिए ।
ती युवाहरुले आन्तरिक मामला आफै हल गर्ने तर भारतीय हस्तक्षेप अस्विकार्य हुने बताएका थिए । कार्यक्रम सामाजिक संजालमा आव्हान गरिएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं : प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क नजाने भएका छन् ।
राष्ट्र संघको ७० औं महासभामा भाग लिन जाने कार्यक्रमलाई प्रम कोइरालाले अन्तिम समयमा अाएर स्थगति गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रम भ्रमणमा नजाने भएपछि मधेसी दलसँगको संवाद अघि बढाउन बुधबार मध्यान्ह तीन दलको बैठक बस्दैछ ।
तीन दलको बैठकअघि प्रमले भारतीय राजदुत रञ्जीत रेसँग भेटवार्ता गर्दैछन् । राजदूत रे प्रमलार्इ भेट्न दिल्लीबाट काठमाडाैं अाेर्लेर बालुवाटार जाने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले बुधबार बिहानै विज्ञप्ती निकालेर प्रमको भ्रमण अन्तिम समयमा स्थगित भएको जानकारी दिएका छन् ।
संविधान जारी भएपछि भारतको आक्रोशपूर्ण व्यबहार र मधेसमा आन्दोलन नरोकिएपछि प्रम कोइराला राष्ट्र संघको महासभामा नजाने भएका हुन् ।
मधेसी दलहरुको माग सम्बोधनका लागि वार्तामार्फत समाधान खोज्न चौतर्फी दबाब बढेपछि प्रम कोइरालाको न्यूयोर्क भ्रमण रद्द भएको हो ।
मंगलबारदेखि तीन दलका शीर्ष नेताहरुले मधेसी दलसँगको संवादलाई तीब्र पारेको अवस्थामा त्यसलाई बीचैमा छाडेर विदेश नजान दबाब बढेपछि प्रम कोइराला रोकिएका हुन् ।
मंगलबार बालुवाटारमा बसेको तीन दलको बैठकमा पनि शीर्ष नेताहरुले मधेसीसँगको वार्तालाई बीचैमा छाडेर न्यूयोर्क नजान प्रम कोइरलालाई सुझाएका थिए ।
‘नेपालमा जारी घटनाक्रम र मधेसी दलसँगको संवादलार्इ निष्कर्षमा पुर्याउन भ्रमण स्थगित भएको हो ’, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले भने, ‘देशमा जारी राजनीतिक घटनाक्रमले भ्रमणमा नजाने निष्कर्श निकाल्नु भएको हुनसक्छ ।’
प्रम कोइराला आजै बेलुका ४ बजे १७ सदस्यीय टोलीसहित न्यूयोर्क जाने कार्यक्रम थियो ।
महासभामा प्रम कोइरालाले नेपाली नयाँ संविधान जारी भएको बारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम थियो ।
एक वर्षअघि न्यूयोर्क क्यान्सरको उपचार गराएका प्रम कोइरालाले त्यहीँ स्वास्थ्य परीक्षण गर्ने योजना बनाएका थिए ।
न्यूयोर्क नजाने भएपछि मंगलबारबाट मधेसी मोर्चासँग शुरु वार्तालाई तीन दलले निचोडमा पुर्याउने भएका छन् । संविधान संशोधन गरेर भएपनि मधेसी दलको माग सम्बोधन गर्ने तयारी तीन दलको छ । annapurnapost.com