पोखरा, ७ असोज- आठ बर्षिय एक बालिकालाई बलात्कार प्रयास गरेकोे आरोपमा भारत रक्सोलका जयकरण ठाकुरलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
असोज ५ गते सल्यान गाबिस वडा नं बस्ने बर्ष ३२ का अजय भन्ने जयकरण ठाकुरलाई बालिका बलात्कारको प्रयास गरेको भन्दै पक्राउ गरेको हो । कास्कीको नयाँपुलमा डेरागरी बस्ने एक बालिकालाई बलत्कार प्रयास गरेका भन्ने उजुरी परे पछि प्रहरीले ठाकुरलाई पक्राउ गरेका हो । बालिकालाई बिभिन्न प्रलोभन देखाइ बलात्कार प्रयास गरेको भनि पीडितका आफन्तले असोज ६ गते कास्की प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा तत्कालै आरोपीतलाई गिरफतार गरी थप अनुसन्धान शुरु गरीएको प्रहरी निरीक्षक देबि प्रसाद पौडेलले बताएका छन् । बालिकाको असोज ६ गते पश्मिाञ्चल क्षेत्रिय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरीएको छ । www.etajakhabar.comf

महेन्द्रनगर, ७ असोज । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरमा भारतविरुद्ध प्रदर्शन गरिएको छ ।
कञ्चनपुरका विभिन्न ६ विद्यार्थी संगठनहरुले विहीबार संयुक्त रुपमा सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । नेपाली जनप्रतिनिधीहरुले बनाएको संविधानको स्वागत गर्नुको साटो अनेकन तरिकाले हस्तक्षेप गरेको भन्दै नेपाली काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अखिल क्रान्तिकारी, नेकपा माओवादी वैद्य निकट क्रान्तिकारी, विप्लव माओवादी निकट अर्को क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।
अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव वीरेन्द्रराज विष्टले राष्ट्रियताका लागि यहाँका विद्यार्थी संगठन एकजुट भएर आन्दोलित भएको बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्यापस सिद्धनाथ बहुमुखीबाट जुलुस निकालेर बजार परिक्रमा गर्दै मदन चोकमा पुगेर कोणसभा गरेका छन् । यसैबीच विद्यार्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् । कोण स्थलम भानुचोकमा भारतीय प्रम मोदीको पुत्ला दहन गरेका हुन् ।
कोण सभामा बोल्ने सबै विद्यार्थी संगठनहरुका नेताहरुले भारतले छिमेकी मुलुकको जस्तो व्यवहार नगरेको भन्दै दुख व्यक्त गरेका छन् । कार्यक्रममा अखिल छैटौँका अध्यक्ष महेश जोशीले भारतले व्यवहारका कारण नेपाल आफै नाकाबन्द गर्न तयार भएको चेतावनी दिनुभयो ।
वैद्य माओवादी क्रान्तिकारीका नेता कैलाश गिरीले भारतले नेपालीहरुलाई त्रसाउन अनेकन प्रपोगाण्डा गरेको बताए । अखिल क्रान्तिकारी केन्द्रीय सदस्य राधाकृष्ण जोशीले भारतमा अँग्रेजहरुले गरेको आतंक बिरुद्ध नेपाली गएर भारतको स्वाभिमान बचाएको ईतिहास बभुल्न भारतलाई आग्रह गर्नुभयो ।
अनेरास्ववियुका अञ्चल सचिव गणेश ऐरीले नेपालको संविधानमा बारे विदेशीहरुलाई बोल्ने अधिकार नभएको बताउनुभयो । राष्ट्रियतामाथी आँच आउने काम नगर्न समेत उहाँले भारतलाई आग्रह गरे । नेवि संघ उपाध्यक्ष प्रकास थापाले राष्ट्रियतामा खलल् पु¥याउने काम गरेको भन्दै उहाँले भारतको आलोचना गर्नुभयो ।
विप्लव माओवादी क्रान्तिकारीका केन्द्रीय सदस्य विपी उपाध्ययले राष्ट्रियताका लागि विद्यार्थी मात्र नभई भोली आम नागरिक सडकमा आएर संघर्ष गर्न तयार भएको बताए । विद्यार्थी नेताहरुले हस्तक्षेप रोक्न समेत आग्रह गरेका छन् । भारतलाई नाकाबन्दी गर्न समेत उनीहरुले चेतावनी दिएका छन् ।
dainiknepal.com

काठमाडौं– कार्यकर्ता भेटघाटका लागी शुक्रवार विहानै जनकपुर उड्न लागेका एमाओवादी डा. बावुराम भट्टराईलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रोक लगाउने निर्णय गरेको छ ।
पछिल्लो समय सामाजिक संजालमा विवादस्पाद पोष्ट गरेपछी आलोचना खेप्दै आएका भट्टराईलाई कालो झण्डा देखाउने र विरोध गर्ने निर्णय भएको तमलोपाका उपाध्यक्ष वृषेश चन्द्र लालले जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै उपाध्यक्ष लालले भने, ‘किन आउने मधेश ? उहाँलाई मधेशमा ठाउँ छैन ।’ संविधान जारी भएपछी तिब्र रुपमा आफु पक्षधर कार्यकर्ताको भेला गर्दै आएका भट्टराइले शुक्रवार सँगै खाना खानेगरी जनकपुरमा भेला राखेको उनी संवद्ध स्रोतले जनाएको छ । www.ratopati.com

एजेन्सी : साउदी अरबको पवित्र शहर मक्कामा हजका क्रममा भागदौड हुँदा २ सय २० जना बढीको मृत्यु भएको छ ।
सैतानको प्रतिमूर्तिलार्इ ढुंगा बर्साउने क्रममा बिहीबार भएको भागदौडका क्रममा ४ सय ५० जना बढी हजयात्री घाइते भएका छ्न् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मक्काको मीनामा सैतानलार्इ ढुंगा हान्ने रित पुरा गर्ने क्रममा भागदौड मच्चिएको थियो ।
केही दिनअघि पनि मक्कामा अल-हरम मस्जिदमाथि क्रेन खस्दा भएको दुर्घटनामा कम्तिमा एक सय जनाको ज्यान गएको थियो ।
सन् २००६ को जनवरी १२ मा सैतानलार्इ ढुंगा हान्दा भएको भागदौडका क्रममा ४ सय जनाको मृत्यु भएको थियो ।
मुस्लिम धर्मावलम्बीले विश्वास गरेअनुसार मक्काको बाहरी भागमा सैतानलार्इ ढुंगा हान्ने चलन छ ।
मक्कामा ढुंगा हान्नुलार्इ सैतानको विरोधको प्रतिककारुपमा लिइन्छ । सैतानको प्रतिकका रुपमा रहेका तीनवटा विशाल खम्बा ठड्याइएको हुन्छ ।
यही स्थानका ती खम्बामा हजयात्री ढुंगा जम्मा गरेर बर्साउँछन् । मुस्लिम धर्मावलम्बीले गरेको विश्वासअनुसार सैतान सबैभन्दा पहिले अब्राहम, उनकी पत्नी हेगर र छोरा इशामलको सामुन्ने देखा परेको थियो ।/www.annapurnapost.com

काठमाडौँ : मधेसी दलहरुले तरार्इ-मधेसमा हिंसात्मक घटना र सीमाना नाकाबन्दी रोकेमा तीन दल उनीहरुसँग वार्तामा बस्ने भएका छन् ।
संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दललाई बन्द हडताल र बल प्रयोग बन्द गरेर वार्तामा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले पुनः आह्वान गर्ने भएका हुन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तराई-मधेसमा जारी आन्दोलनको समीक्षा गरेको थियो ।
बैठकले असन्तुष्ट दललाई वार्तामा आउन पुनः संयुक्त आह्वान गरी सहमतिका लागि खाका बनाइने बैठकमा सहभागी कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
उनले आजै दिउँसो साढे दुर्इ बजे बस्ने अर्को बैठकमा सोबारे छलफल हुने जानकारी दिएका छन् ।
एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले नाकाबन्दी र हिंसात्मक घटना रोकेर आएमा मधेसी दलहरुसँग वार्ता गर्न सकिने बताइन् । उनले हिंसा र नाकाबन्दी रोकेर जनजीवन सामान्य बनाउन आह्वान गर्ने कुरा भएको बताइन् ।
'राजमार्ग अवरुद्ध गर्ने, व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा तहसनहस गर्ने, फरक विचारका नेता, सभासद् र कार्यकर्ताका घरमा आक्रमण गरी हिंसा भड्काउने काम बन्द हुनुपर्छ', उनले भनिन्, 'शान्तिपूर्ण कार्यक्रम गरेर आएमा मधेसी दलसँग वार्तामा बस्न सकिन्छ ।'
वार्ताका लागि ढोका सधैँ खुल्ला रहेको जनाउँदै उनले हिंसात्मक गतिविधि गरी राजमार्ग बन्द गर्नेहरुसँग वार्ता गर्न नसकिने बताइन् ।
संविधानको पहिलो मस्यौदा आएदेखि नै तराईका विभिन्न जिल्लामा गत ३९ दिनदेखि बन्द हडताल जारी छ । रासस annapurnapost.com

काठमाडौं, ७ असोज । सरकारले संविधान जारी भएको दोस्रो दिन राजधानीको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विजय सभामा शीर्ष नेताहरु कडा रुपमा प्रस्तुत भए । उनीहरु नेपालको संविधानको विरोध गरिरहेको भारतविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए । जसमा सबैभन्दा बढी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कडा रुपमा प्रस्तुत भएका थिए ।
प्रचण्डले टुँडिखेलको मञ्चबाट आफूहरु भारतको ‘यस म्यान’ बन्न नसक्ने बताएका थिए । यो भाषणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतलाई कडा झट्का लाग्यो । यसअघि आफूना विशेष दूत जयशंकरमार्फत नेपालको कडा झट्का खाएका मोदीलाई प्रचण्डको भाषणले अर्काे झट्का दियो ।
नेपालका नेताहरु हामीले भनेको मान्छन्, नेपालमा हामीले जे भन्यो त्यही हुन्छ भन्ने घमण्डलाई प्रचण्ड र केपी ओलीको अडान र टुँडिखेलको भाषणले असफल पारिदिएपछि मोदीलाई ठूलो झट्का लागेको हो । यसैबीच प्रचण्डको कडा भाषणलाई भारतीय सञ्चारमाध्यमले कडा रुपमा लेखेका छन् ।
भारतको एक न्यूज च्यालन आजतकले भारतसँग मित्रका रुपमा अघि बढ्न तयार भएपनि नेपालमा भारतको ‘जि–हजुरी’ चल्न नसक्ने प्रचण्डको कडा भाषणलाई ‘भारत की जी–हुजूरी नहीं करेगा नेपालः प्रचण्ड’ शीर्षकमा छापेको छ ।
यस्तो छ भारतको न्यूज च्यालन आजतकले प्रकाशित गरेको समाचारः
भारत की जी-हुजूरी नहीं करेगा नेपाल: प्रचंड
‘नेपाल के प्रमुख राजनेताओं ने सोमवार को भारत और चीन के साथ अच्छे रिश्ते रखने की वकालत की. वहीं, यूनाइटेड कम्युनिस्ट पार्टी (माओवादी) के पुष्प कमल दहल प्रचंड ने कहा कि नेपाल भारत का अच्छा दोस्त बनना चाहता है, लेकिन उसकी जी-हुजूरी करने वाला नहीं बनना चाहता. नेपाल में भारतीय सीमा से लगे हिस्सों में नये संविधान को लेकर रविवार को हुए हिस्रक प्रदर्शन पर भारत ने चिंता जताते हुए बातचीत से मतभेद सुलझाने को कहा था. इसके एक दिन बाद प्रचंड ने यह बात कही. रविवार को नेपाल का नयाँ संविधान जारी हुअा था . स्वागत करें भारत-चीन संविधान लागू करने के मौके पर तुंडीखेल मैदान में आयोजित संयुक्त रैली को संबोधित करते हुए प्रचंड ने कहा कि नेपाल भारत की चिंताओं पर ध्यान देने को तैयार है. लेकिन भारत से भी ऐसे ही रुख की उम्मीद है. अपने भारत विरोधी रुख के लिए पहचान जाने वाले प्रचंड ने कहा कि भारत और चीन को संविधान लागू होने के इस ऐतिहासिक पल का स्वागत करना चाहिए. पड़ोसी देशों से हों अच्छे रिश्तेः कोइराला इसी सभा को संबोधित करते हुए प्रधानमंत्री सुशील कोइराला ने कहा कि नेपाल दोनों पड़ोसी देशों भारत और चीन के साथ सौहार्दपूर्ण रिश्ते रखकर आगे बढ़ना चाहता है.’

dainik nepal

। असोज ७ गते- इसाइ धर्मप्रति विश्वास राख्नेहरुको पवित्र धार्मिकगन्थ बाइबलमा उल्लेख भएको दाबी गरिएको जस्तो यो महिना अर्थात् ग्रेगेरियन क्यालेन्डरको सेप्टेम्बरमा मानव सभ्यताको अन्त्य हुन्छ त ? उक्त विवादास्पद सिद्धान्तले पृथ्वीको विध्वंश नजिकिसकेको संकेत गरेको छ ।
प्रलयको दिन भनिने उक्त भनाइले सेप्टेम्बर को २२ देखि २८ को बीचमा पृथ्वीसँग एउटा भीमकाय आकाशीय पिण्ड ठोक्किने र सबै ध्वस्त हुने दाबी गरिएको छ । तर, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी सय वर्षसम्म पृथ्वीलाई ध्वस्त पार्ने खालका कुनै आकासीय पिण्ड वा छुद्र ग्रह नभएको प्रस्ट पारेको छ । उत्तः कस्पिरेसी थ्यौरीले ३ मभहिना अगाडि मात्रै सेप्टेम्बरमा मानव सभ्यता ध्वस्त हुने भविष्यवाणी गरेको हो । आफूलाई गैगम्बर दाबी गर्दै आइरहेको रेव इफ्रेन राडिङग्वेजनामक १ जना व्यक्तिले सबैभन्दा पहिलो यो विनाशकारी प्रलयको दाबी गरेका थिए । उनले एउटा आकाशीय पिण्ड क्यारेवियनसागरस्थित प्युर्टो रिको टापुमा खस्ने र यसले पृथ्वीमा शक्तिशाली भूकम्प आउने र सबै विनाश हुने बताएका थिए । अन्य बाइबल समर्थकहरुले पनि यो घटनाको भविष्यवाणीलाई मान्यता दिएका छन् । यद्यपि वैज्ञानिकहरुले यो चेतावनीलाई अस्वीकार गरिसकेका छैनन् । उनीहरुले पछिल्ला अध्ययनमा कुनै पनि आकासीय पिण्ड पृथ्वीका लागि खतरा नदेखिएको जनाएका छन् । केही स–साना उल्कापिण्डहरु आए पनि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि जलेर भष्म हुने उनीहरुले बताए । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीलाई खतरा हुने आकाशीय पिण्ड पत्ता लगाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । उक्त नयाँ भविष्यवाणीलाई लिएर नासाका प्रवक्ताले भने,‘हाललाई कुनै पनि आकासीय पिण्ड पृथ्वीसँग नठोक्किने नासालाई थाहा छ । यस प्रकारको घटनाको आशंका अत्यन्त न्यून छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । www.etajakhabar.com