काठमाडौं, ८ असोज । भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भारतलाई कडा सुझाव दिएका छन् ।
शुक्रबार कञ्चनपुरका ६ विद्यार्थी संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गर्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनीसहितको सुझाव दिएका हुन् ।
कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अखिल क्रान्तिकारी, वैद्य/विप्लव निकट क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंले नेपालको स्वाभिमानमा भारतले पटकपटक हस्तक्षेप गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐरीले नेपाल कसैको पनि गुलाम नहुने जिकिर गरे । ‘नेपालको एक इन्च भूमि दिन तयार छैनौं, बरु मधेशका अराष्ट्रियता भएका नेताहरुलाई दिन तयार छौँ’, उनले भने-‘टिकट हामी काटिदिन्छौँ उपेन्द्र, राजेन्द्र महन्थ, अमशेसलाई फिर्ता लैजाउ ।’ आफ्नो देशको राष्ट्रियताका लागि नेपालीहरु टाउकोमा कफ्न बाँधेर युद्ध लडन तयार रहेको उनको भनाई थियो ।
विद्यार्थी नेताहरुले नेपालको आन्तरिक मामिलामा जथाभावी नबोल्न समेत भारतलाई आग्रह गरेका छन् । उनीहरुले नाकाबन्दी गर्न चुनौति समेत दिए । अखिल छैटौंका अध्यक्ष महेश जोशीले भारतीय हस्तक्षेप अघि बढे नेपालीहरु त्यसको सामना गर्न तयार रहेको चेतावनी दिए ।
dainiknepal.com

एजेन्सी : चिनियाँ सेनाले दुबै देशको सीमाक्षेत्रमा गडबडी नगर्न भारतलार्इ चेतावनी दिएको छ ।
विवादास्पद भूमि लद्दाखस्थित सीमानामा आफूले राखेका सीसी क्यामेरासहितका अस्थायी संरचना भारतीय सेनाले हटाइएदिएपछि चिनियाँ सेनाले सीमामा गडबडी नगर्न भारतलार्इ चेतावनी दिएको हो ।
लद्दाख क्षेत्रमा चीनले बनाएका अस्थायी ढाँचाका संरचना भारतीय सेनाका जवानले केही दिनअघि हटाइदिएपछि चीनले बिहीबार त्यसबारेमा कडा प्रतिक्रिया दिएको हो ।
चीनको सेनाले भारतीय सेनालार्इ सीमावर्ती इलाका स्थिरता र शान्ति खलबलिने कुनै पनि किसिमको 'एकतर्फी कारबाही' नगर्न भनेको हो ।
चिनियाँ सेनाले भारतको एकतर्फी कारबाहीका कारण युद्धको अवस्था निम्तने भन्दै त्यस्ता कार्य कुनै हालतमा नगर्न चेतावनी दिएको हो ।
चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल वु कियानले भने, 'भारतीय सेनाले सीमानामा रहेका हाम्रा भौतिक संरचना भत्काइदिने काम दुबै पक्षबीचको समझौता र सहमतिको भावना भन्दा प्रतिकुल रहेको छ ।'
लद्दाखको बर्तसे इलाकामा भारतीय सेनाले चिनियाँ सेनाबाट निर्मित क्यामेराजडित अस्थायी संरचना भत्काइदिएपछि चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले त्यसबारे चीनको तर्फबाट पहिलो र कडा प्रतिक्रिया दिएका हुन् ।
चिनियाँ जनमुक्ति सेनाको प्रवक्ताको जिम्मेवारी हालै सम्हालेका युले दुबै देशका सरकारले गरेको सहमति अनुसार सीमाक्षेत्रमा शान्ति कायम गर्नु दुबै देशका सेनाको दायित्व रहेको उल्लेख गरे ।
'भारत-चीन सीमामा संयुक्तरूपमा शान्ति र सौहार्द कायम राख्ने एक अहम सहमति हो', उनले भनेका छन् 'जो दुबै देशको नेतृत्वबीच बनेको छ। जसलार्इ दुबै देशका सरकार र सेनाले पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।'
उले भारतीय सेनालार्इ लक्षित गर्दै इमान्दारीपूर्वक दुबै देशले गरेको सहमति पालना गर्न पनि आग्रह गरे ।
'दुबै देशबीच भएको सहमतिको इमान्दारपूर्वक भारतीय सेनाले पालना गरोस', उनले भनेका छन्, 'त्यो सहमति तोड्ने कुनै पनि किसिमको एकतर्फी कारबाही भारतीय पक्षबाट नहोस् ।'
सीमावर्ती इलाकाको अहिलेको शान्ति सु-व्यवस्था खलबलिन नदिन दुबै देशको दायित्व रहेको चिनियाँ सेनाले सम्झाएको छ ।
'दुबै देशका सेना चीन-भारत सीमावर्ती इलाकामा संयुक्तरूपमा शान्ति र स्थिरता कायम राख्नका लागि मिलेर काम गर्नु जरुरी छ', प्रवक्ता वुले भनेका छन्, 'जसले गर्दा सीमानामा तनाव बढ्ने गतिविधि रोक्न सकियोस ।' www.annapurnapost.comf

काठमाडौं, ८ असोज । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
ओली निवास बालकोटमा शुक्रबार भएको गोप्य भेटवार्तामा करिब एक घण्टा छलफल भएको थियो । भारतले नाकाबन्दी गरेको विषयमा नेपाल सरकारले स्पष्टिकरण सोध्ने तयारी गरिरहँदा भारतीय राजदूत रेले अध्यक्ष ओलीलाई भेटेका हुन् ।
भेटमा ओलीले भारतले सीमानामा नाकाबन्दी गरेकोबारे राजदूतसँग चासो राखेको बालकोट स्रोतले जनाएको छ । जवाफमा भारतीय राजदूत रेले नेपालकै तर्फबाट सीमानाकामा अवरोध भएको भन्दै राजनीतिक समस्या भएकाले राजनीतिक नेतृत्वले यसलाई समाधान गर्नुपर्ने बताए । राजदूतको जवाफपछि अध्यक्ष ओलीले भारतले नाकाबन्दी गरिहाल्नुपर्ने गरी हामीले कुनै गलत काम नगरेको बताएका थिए ।
भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई भेट्न भारतीय राजदूत राय शुक्रबार बिहान ओली निवास पुगेका थिए । नेपालमा संविधान जारी भएपछि भारत असन्तुष्ट छ ।

पल्पसा डंगोल ‘चम्सुरी’ अहिलेकी चर्चित हास्यकलाकार हुन् । हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैमा चम्सुरीको भुमिका निर्वाह गर्दै आएकी पल्पसा स्टेज कार्यक्रममा पनि सक्रिय छिन् । टेलिचलचित्र, टेलिभिजन कार्यक्रम, फिचर फिल्म र स्टेजमा समेत उनको उपस्थिती देखिन्छ । अनलाइनखबरको ‘सेलीब्रेटी फेशन’ स्तम्भ अन्र्तगत उनीसँग गरिएको कुराकानीः
तपाईं कत्तिको फेसनेबल हो ?
आफुलाई कुन ठाउँमा कसरी प्रस्तुत गर्नुपर्छ त्यो बुझेर फेसन गर्छु । मलाई फेसनेवल भन्दा हुन्छ । कलाकार भएपछि फेसनेवल हुनैपर्छ ।
मन पर्ने पहिरन के-के हुन् ?
टिसर्ट र पाइन्ट नै मनपर्छ ।
मन नपर्ने पनि छ ?
मलाई कुर्ता, सुरुवाल, टप्स पटक्कै मन पर्दैन । कुर्ता सुरुवाल प्रेग्नेन्ट भएको बेला मात्रै लगाएँ । त्यो पनि ठूलो भुँडी नदेखियोस् भन्नका लागि । मलाई साथीहरुले पनि कुर्ता सुहाउदैन भन्छन् ।
लुगा किन्दा के-के कुरामा ध्यान दिनुहुन्छ ?
कलरमा ध्यान दिन्छु । ब्राण्ड पनि हेर्छु तर, ब्राण्ड बिनाका लुगा किन्दै नकिन्ने चाँही होइन । आफुलाई कस्तो लुगा सुहाउछ त्यसैमा ध्यान दिन्छु । डिजाइन पनि राम्रो लाग्नुपर्यो ।
बजारमा आएका नयाँ-नयाँ फेसनबारे कसरी जानकारी लिनुहुन्छ ?
यस्ता डिजाइनहरु धेरैजसो कुर्ता र टप्सको आउने हो । मलाई त्यो चाहिँदै चाहिँदैन । पाइन्ट र टिसर्ट त कसैले लगाएको मनपर्यो भने किन्न गइहाल्छु ।
विदेशी सेलिबि्रटीको फेसन कत्तिको नक्कल गर्नुहुन्छ ?
विदेशी सेलीब्रेटी र हाम्रो शरीरको आकारप्रकार नै फरक हुन्छ । त्यसकारण उनीहरुको नक्कल गरे पनि हामीलाई सुहाउदैन । अर्को कुरा हामीलाई त्यसरी नक्कल गर्नुपर्ने जरुरी नै छैन ।
तपाईंलाई कस्तो रंगको लुगा सुहाउछ ?
मेरो स्पेशन कलर ब्ल्याक हो । ९० प्रतिशत भन्दा धेरै लुगा कालै छ ।
तपाईसँग अहिले लुगा कति जोर होला ?
खै कति छ कति । ठूल्ठूला तीनवटा दराज लुगैलुगाले भरिएको छ ।
सारी लगाउन कत्तिको मन पर्छ ?
मन पर्छ । तर, सँधै लगाउदिन । सारी लाउन त्यस्तै खालका कार्यक्रम हुनुपर्छ ।
मिनिस्कर्ट लगाउनु भएको छ ?
लगाएको छु । अस्ती भर्खर एउटा प्रोग्राममा लगाएकी थिएँ । छोरीले राम्रो देखिएको कुरा गरेकी थिई । मिनीस्कर्ट भन्दा पनि स्कर्ट बेलाबखत लगाउँछु ।
आफ्नो डे्रसको वारेमा कोसँग सल्लाह लिनुहुन्छ ?
ठुली छोरीसँग । कुनै पनि डे्रस लगाइसकेपछि यो कस्तो देखियो भनेर सोध्छु । उसले सही मुल्याङ्कन गर्छे ।
लुगाको सपिङ प्राय कहाँ गर्नुहुन्छ ?
पहिला-पहिला कुमारीपाटीतिरै गर्थें । अहिले पिपल्स प्लाजातिर जान्छु ।
लुगा किन्दा कतिसम्म बार्गेनिङ गर्नुहुन्छ ?
अलि-अलि त गर्नु परिहाल्छ । तर, अहिले धेरैजसो ठाउँमा फिक्स्ड प्राइस हुन्छ, के किचकिच गर्नु ।
बजारमा लुगा छनोट गर्न कति समय लाग्छ ?
लाग्छ नि । हेर्नु पर्यो । छान्नु पर्यो । १०/१५ मिनेटदेखि आधा घण्टासम्म पनि लाग्न सक्छ ।
लुगा किन्न एक्लै जानुहुन्छ कि अरुलाई पनि लैजानुहुन्छ ?
कहिले एक्लै जान्छु । कहिले श्रीमानलाई लैजान्छु ।
आफूलाई बाहेक अरु कसका लागि लुगा किनिदिनुहुन्छ ?
मलाई भन्दा पहिला छोरीहरुका लागि किनिदिन्छु ।
तपाईंको नजरमा केटीहरुले लगाउने सबैभन्दा सेक्सी लुगा के हो ?
सबैभन्दा सेक्सी ड्रेस सारी नै हो ।
लुगा आइरन आफैं गर्नुहुन्छ कि अरुले गर्छन् ?
लुगा धुने र आइरन गर्ने काम म आफैं गर्छु । तर, म प्राय आइरन गर्न नपर्ने लुगा मात्रै किन्छु ।
विदेशमा जाँदा कस्ता लुगा किन्नुहुन्छ ? कुन देशमा लुगा किन्न मन पर्छ ?
विदेश जाँदा मैले ल्याउने भनेकै लुगा हो । यो ठिक यो बेठिक भन्ने छैन । आफुलाई मन पर्ने छ भने जहाँ जाँदा पनि कपडा नै लिएर आउछु ।
जुत्ता र ड्रेसअपको सेट कसरी मिलाउनुहुन्छ ?
मैले प्राय कालो डे्रस लगाउने भएकाले खासै समस्या छैन ।
तपाईंसँग कति जोडी जुत्ता छन् ?
होला २० जोर भन्दा बढी ।
घर बस्दा के लगाउनुहुन्छ ?
वानपीस, ट्राउजर वा अरु जे सजिलो हुन्छ त्यहि ।
www.onlinekhabar.com
काठमाडौँ, असोज ८ । आफ्नै रफ्तारमा चलीरहेको दुनिया र विश्वमा नै शक्तिशाली, समृद्ध बनेको चीन र उसको सेनाले बिरलै मात्र आफ्ना भनाई सार्वजनिक गर्ने गर्दछन् । शुक्रबार त्यही दुर्लभ खबर मध्येको एक चेतावनी शैलीमा चिनिया जनमुक्ति सेनाले भारतका विरुद्ध बोल्यो त्यो पनि नेपालको पक्षमा ।
चिनिया जनमुक्ति सेनाले नेपाली सीमानामा भारतीय गतिविधिको कडा बिरोध गर्दे त्यसो नगर्न चेतावनि दिएको छ । सीमा क्षेत्र लद्दाखमा चीन द्वारा निर्माण गरिएको अस्थायी पोष्ट भारतीय जवानले हटाएको केहि दिन पछि चीनको यस्तो प्रतिक्रिया सार्वजनिक हुनुलाई गम्भिरतापूर्वक हेरिएको छ ।
एक विज्ञप्ति जारी गर्दे चिनिया सेनाले भारतीय सेनाले सीमा क्षेत्रमा रहेको स्थिरता खलल पुग्ने कुनै पनि काम नगरोस् भनीएको छ । चीनको रक्षा मन्त्रालयका प्रवक्त वू कियानले जारी गरेको विज्ञप्तिमा भारतीय सेनाको पछिल्ल्ला गतिविधि दुई पक्षबीच भएको सम्झौताको भावना अनुरुप नभएको उल्लेख छ ।
www.etajakhabar.com

विराटनगरमा महावाणिज्य दूतावास राख्न भारतीय दबाब
काठमाडौं: चीनले पोखरामा महावाणिज्य दूतावास खोल्न नेपालसमक्ष पुनः प्रस्ताव गरेको छ।दुई देशबीचको बढ्दो व्यापारलाई ध्यानमा राखी उत्तरी छिमेकी चीनले पोखरामा महावाणिज्य दूतावास खोल्न चाहेको बताइएको छ।
चीनले यसअघि सन् २०१३ मा पहिलोपटक पोखरामा महावाणिज्य दूतावास खोल्न प्रस्ताव गरे पनि नेपालले त्यसमा निर्णय लिन सकेको थिएन।एक महिनाअघि चीनका तर्फबाट पुनः महावाणिज्य दूतावास खोल्न अनुरोध आएको जानकारी एक उच्च सरकारी अधिकारीले अन्नपूर्णलाई दिए।
उनका अनुसार सरकारले चीनको निर्णयमा सहमति दिनेबारे कुनै निर्णय भने दिएको छैन।काठमाडौंस्थित चिनियाँ दूतावास स्रोतले चीनको महावाणिज्य दूतावास खोल्ने विषय 'नेगोसिएसन' कै चरणमा रहेको जानकारी दियो।
'हाम्रातर्फबाट प्रस्ताव भएको छ तर नेपाल सरकारबाट सहमति पाइसकेको छैन', दूतावास स्रोतले भन्यो। केही वर्षयता नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको प्रमुख गन्तव्य पोखरा रहँदै आएको छ। चीनको प्रस्तावअनुसार पोखरामा महावाणिज्य दूतावास स्थापना भएमा यो नै नेपालमा चीनको पहिलो महावाणिज्य दूतावास हुनेछ।
राजधानी बेइजिङमा दूतावास तथा चीनको स्वाशासित क्षेत्र तिब्बत र विशेष प्रशासनिक क्षेत्र हङकङमा दुईवटा महावाणिज्य दूतावास गरी हाल चीनमा नेपालका तीनवटा कूटनीतिक नियोग छन्। नेपालले दुई वर्षअघि चीनको व्यापारिक सहर ग्वान्जाओमा महावाणिज्य दूतावास खोल्ने मौखिक अनुमति चीन सरकारबाट पाए पनि हालसम्म नेपालले त्यसका लागि प्रक्रिया अघि बढाउन सकेको छैन।
दुई वर्षअघि चीनको ग्वान्जाओ तथा साउदी अरेबियाको जेद्दामा महावाणिज्य दूतावास खोल्ने निर्णय गरेअनुसार जेद्दामा महावाणिज्य दूतावास स्थापना भई सञ्चालनमा आइसकेको छ। तर परराष्ट्र मन्त्रालयले ग्वान्जाओमा महावाणिज्य दूतावास खोल्न दुई वर्षअघि नै संगठन तथा सर्वेक्षण प्रतिवेदन (ओएन्डएम) मा समेटे पनि हालसम्म कुनै ठोस प्रक्रिया बढ्न नसकेको जानकारी मन्त्रालय स्रोतले अन्नपूर्णलाई दियो।
ग्वान्जाओमा रहेका नेपाली व्यापारीले महावाणिज्य दूतावास खोल्न सरकारलाई लामो समयदेखि आग्रह गर्दै आएका छन्। ग्वान्जाओमा रहेका नेपालीलाई भिसा, राहदानी बनाउनेलगायत अन्य भैपरी आउने समस्याका लागि बेइजिङ वा ल्हासा जाँदा टाढा पर्ने हुँदा सहजताका लागि ग्वान्जाओमै महावाणिज्य दूतावास खोलिदिन आग्रह गर्दै आएका छन्।
नेपाली व्यापारीले चिनियाँ सामान ग्वान्जाओबाट ल्हासा हुँदै कन्टेनरलगायत सवारीसाधनबाट तातोपानी नाका हुँदै नेपाल भित्र्याउँदै आएका छन्। तर वैशाख १२ को भूकम्पबाट तातोपानी नाकामा समस्या देखिएको भए पनि केही समयभित्रै यो नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन गृहकार्य भइरहेको अधिकारीहरू बताउँछन्।
भारतीय महावाणिज्यदूतावास खोल्नेबारे सरकार अनिर्णीत
यसैबीच अर्को छिमेकी भारतले केही महिनाअघि विराटनगरस्थित आफ्नो 'फिल्ड अफिस' लाई महावाणिज्य दूतावासमा स्तरोन्नति गर्न राखेको प्रस्तावमा सरकारले कुनै निर्णय लिन सकेको छैन। उच्च सरकारी स्रोतले भारतको उक्त प्रस्तावमा थप छलफल नभएको जानकारी दियो।
पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकालमा परराष्ट्रले भारतलाई उक्त फिल्ड अफिस बन्द गर्न पटकपटक लिखित आग्रह गरे पनि भारतीय विदेश मन्त्रालय मौन थियो। सन् २००८ मा कोसीमा आएको बाढीले पूर्वपश्चिम राजमार्गको १७ किलोमिटर सडकखण्ड बिगारेपछि नेपालले भारतीय फिल्ड अफिसलाई अस्थायी रूपमा स्थापनाका लागि अनुमति दिएको थियो।
उक्त सडकखण्ड पूर्ववत् रूपमा सञ्चालनमा आएसँगै नेपालले फिल्ड अफिस हटाउन आग्रह गरेको थियो। तर नेपालको अनुरोधविपरीत भारतले नेपालको प्रस्तावलाई अस्वीकार गरी दीर्घकालीन रूपमै महावाणिज्य दूतावास खोल्ने प्रस्ताव राखेको हो। उक्त फिल्ड अफिसमा भारतीय झन्डा राखेर त्यसवरपरका नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने र अन्य गोप्य गतिविधिसमेत भारतले सञ्चालन गर्दै आएको सरकारी अधिकारीहरू बताउँछन्।
एकाएक केही महिनाअघि भारतीय विदेश मन्त्रालयले उक्त फिल्ड अफिस दुई देशीय व्यापार प्रवर्द्धनलगायत विभिन्न कारणले जरुरी रहेको भन्दै महावाणिज्य दूतावासका रूपमा स्तरोन्नति गर्न प्रस्ताव राखेपछि सरकार अन्योलमा परेको एक उच्च सरकारी अधिकारीले बताए।
भारतको हाल काठमाडौंमा दूतावास र वीरगन्जमा महावाणिज्य दूतावास सक्रिय छन्। परराष्ट्र मन्त्रालयको पनि वीरगन्जमा सम्पर्क कार्यालय छ। भारतले विराटनगरका अलावा नेपालगन्जमा समेत महावाणिज्य दूतावास खोल्न प्रस्ताव गरे पनि सरकारले अस्वीकार गरिसकेको छ।
annapurnapost.com

काठमाडौं : भारतले नेपाल -भारत बीचको नाकाहरुमा भइरहेको अवरोधमा भारतको कुनै हात नरहेको स्पष्ट पारेको छ।
काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार चौथो पटक जारी गरेको विज्ञप्तीमा नेपाल भारतबीचको सिमामा भारतीय पक्षबाट कुनै अवरोध नगरिएको उल्लेख छ।
नेपाल भारत नाकाका विभिन्न् ठाँउमा ढुवानीमा भइरहेको समस्या तथा अवरोध भारत नीति अनुरुप नभएको उसले स्पष्ट गरेको छ।असन्तुष्ट नेपाली पक्षको प्रदर्शन र आन्दोलनका कारण यस्तो अवस्था आएको उसले बताएको छ।
‘हामी फेरी आग्रह गर्दछौं, तराईमा देखिएको समस्या पूर्णतया राजनीतिक समस्या हो यसको सम्बोधन गरियोस् ’विज्ञप्तीमा भनिएको छ। उसले सिमा क्षेत्रमा देखिएको समस्या छिटै अन्त्य हुने अपेक्षा व्यक्त गरेको छ।
तराई आन्दोलन हिंसात्मक बन्दै गएकाले असुरक्षाको कारण देखाउँदै ढुवानीकर्ताले भारतीय पक्षसँग बारम्बार गुनासो गरेको विज्ञप्तिमा उल्लेख छ। नेपालमा संविधान जारी भएपछि भारतले निकालेको यो चौथो विज्ञप्ती हो। भारतले यसअघि तीनवटा विज्ञप्ति निकालेर असन्तुष्टी जनाइसकेको छ।
शुक्रबार जारी भएको विज्ञप्ती यस्तो छ :