मलेसिया, – मलेसियाका एक सय ८४ कम्पनीले नेपाली कामदारका लागि निःशुल्क हवाई टिकट र भिषा दिने भएका छन् । बुधबार दूतावासले एक विज्ञप्ती निकालेर मलेसियाका विभिन्न कम्पनीले फरक फरक क्षेत्रमा ५ हजार ३ सय ५३ नेपालीका लागि मागपत्र आह्वान गरेको जनाएको छ । दूतावासले माग गरेका
कम्पनीमा गएर निरीक्षण गरेर मात्र मागपत्र स्वीकृत दिने विज्ञप्तीमा उल्लेख छ । नेपाल सरकारले गएको असार २१ गते मलेसियासहितका ६ वटा खाडीका देशमा रोजगारदाताले निःशुल्क भिषा र टिकटको व्यवस्था गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको थियो । घोषणा भएको तीन महिना बितिसक्दा पनि अहिलेसम्म निःशुल्क भिषा र टिकटको निर्णय कार्यान्वयनमा नआएको गुनासो छ । मलेसिया जाने नेपालीले एक लाख ५० हजार रुपैयाँसम्म तिरेर जानुपरेको गुनासो गरेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

वासिङ्टन, ८ असोज । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच संयुक्त राज्य अमेरिकामा भेटवार्ता भएको समाचार छ ।
उहाँहरुबीच बिहीबार भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीच चार घन्टासम्म भेटवार्ता भएको अमेरिकाबाट चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । सो समाचार समितिले उहाँहरुबीच द्वीपक्षीय सम्बन्धका साथै आपसी विविध विषयमा छलफल भएको बताएको छ ।
बिहीबार राति तीन घन्टासम्म भएको सो वार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध विस्तारका साथै आपसी समझदारीमा सघाउने पु¥याउने अपेक्षा आफूले गरेको राष्ट्रपति सिले जानकारी दिनुभयो ।
चीनमा कुनैपनि विदेशी लगानी तथा व्यापार प्रवर्धनका लागि चीनले कहिल्यै पनि अप्ठेरो अवस्थाको सिर्जना नगरेको भन्दै चीनले सबै विदेशीहरुका लागि आवश्यक पारदर्शी वातावरण सिर्जना गर्ने जानकारी पनि दिनुभयो ।
विदेशी लगानीकर्ताका लागि चीनले कहिल्यै पनि ढोका बन्द नगरेको र व्यापार प्रवर्धनमा चीन सरकार सधैँ सकारात्मक रहेको बारेमा आफूले जानकारी गराएको पनि उहाँले बताउनुभयो ।
राष्ट्रपति सि बिहीबारमात्र वासिङ्टन पुग्नुभएको हो । तर उहाँ तीन दिनदेखि अमेरिकाको भ्रमणमा हुनुहुन्छ । उहाँले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा नै अमेरिकाको राजकीय भ्रमणको कार्यक्रम मिलाउनुभएको हो ।
ओबामा पुटिन पनि भेट्दै
यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच पनि आगामी हप्ता भेटवार्ता हुने भएको अर्काे एक समाचारमा जनाइएको छ ।
सिरियाका विषयमा उहाँहरुबीच भेटवार्ता हुनसक्ने अपेक्षा गरिएको बेला उहाँहरुबीच सो वार्ता हुन लागेको बताइएको छ । रसियाली राष्ट्रपति पुटिनले सो भेटका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दिनुभएको निमन्त्रणा ओबामाले स्वीकार गर्नुभएको हो ।
आगामी सोमबार उहाँहरुबीच न्युयोर्कमा भेटवार्ता हुने छ । रसियाली राष्ट्रपति पुटिन संयुक्त राष्ट्रसंघमा सहभागिताका लागि अमेरिका जादै हुनुहुन्छ । रासस/सिन्ह्वा/एएफपी
dainiknepal.com

काठमाडौं : नेकपा (एमाले) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद्को अधिवेशन सुरु भएको एक साताभित्र आफ्नो पार्टीको नेतृत्वमा सहमतिको सरकार बन्ने दाबी गर्दै त्यसका लागि गृहकार्य सुरु भइसकेको बताएका छन्।
रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले मुलुकको सार्वभौमिकता, अखण्डता र स्वाधीनताको विषयमा कसैसँग सम्झौता नहुनेमा जोड दिँदै हामीले पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकी राष्ट्रसँग सम्बन्ध अझै सुदृढ बनाउनुपर्ने बताए।
पूर्वप्रधानमन्त्री खनालले नेपालको संविधान बनाउन हामीले कसैलाई सोध्नुनपर्ने विचार व्यक्त गर्दै हामी आफ्नो आन्तरिक मामिलाको समस्या आफैँ समाधान गर्न सक्षम छौँ, कसैको पनि हस्तक्षेप स्वीकार्य हुने छैन भने।
नेता खनालले यही असोज ३ गते जारी भएको संविधानले देशको भविष्यका लागि दूरगामी महत्व राख्ने हुँदा संविधान कुनै पनि हालतमा लागू गर्ने बताउँदै अब मुलुकमा गरिबी, बेरोजगारी, अशिक्षा र रोगव्याधि उन्मूलन गरी आर्थिक रुपान्तरणका लागि अगाडि बढ्नुपर्ने बताए।
उनले नयाँ संविधानमा सङ्घीयता, मधेसी आयोग, समानुपातिक समावेशीता, मौलिक हक नागरिकताको समस्या, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनेजस्ता सबै विषय समावेश भएको अवस्थामा तराईमा आन्दोलनको अर्थ नरहेको बताए । उनको भनाइ थियो– “औचित्य नभएको आन्दोलनलाई हामी समर्थन गर्न सक्दैनौँ । केही जायज माग छन् भने छलफल गर्न तयार छौँ ।”
नेता खनालले नेपालको पारवहन अधिकार भारतको कृपाको विषय नभई अन्तर्राष्ट्रिय अधिकार भएकाले भारतले नेपालमा आवश्यक सामग्री आपूर्ति गर्न सहयोग गर्नुपर्ने बताए । रासस
annapurnapost.com

काठमाडौं । भारत सरकारले काठमाडौंमा रहेको भारतीय दुतावासका सबै कर्मचारीलाई फिर्ता बोलाउने भएको छ ।
विशेष स्रोतले नेपाल सन्देशलाई दिएको जानकारी अनुसार अबको एक हप्ता भित्रै अधिकांश कर्मचारीलाई फिर्ता बोलाउने तयारी भएको हो ।
भारतीय राजदुत रञ्जीत रे लगभग असफल भएको भन्दै उनलाई पनि फिर्ता बोलाउने तयारी भएको छ भने मिडिया कन्ट्रोल एवं सांस्कृतिक विभागका प्रमुख अभय कुमार ठाकुरलाई पनि नेपालबाट बेलायत सरुवा गरिएको बताइएको छ ।
त्यस्तै दुतावासका अन्य उच्च कर्मचारीहरुलाई पनि अन्यत्रै सरुवा गर्ने तयारी भएको छ । रेको स्थानमा परराष्ट्र मन्त्रालयका अर्का अधिकारीलाई पठाउने भारतीय तयारी छ । तर, रेलाई एक हप्ताको मौका दिन भारत सरकार तयार भएको छ ।
रेले भारत गएर आफुलाई एक हप्ता समय दिन माग गरेको स्रोतले दाबी गरेको छ । रेकै कारण नेपालमा भारत विरोधी गतिविधि भएको भन्दै भारतीय सरकारले उनलाई फर्काउन खोजेको थियो ।
रेले मधेस आन्दोलनका क्रममा नेपालका मधेसवादी नेताहरुले भारतबारे भ्रम फैलाएकाले यस्तो भएको बताएका थिए ।
www.nepalsandesh.com

वासिंगटन असोज ८ ,२०७२
अमेरिकी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राष्ट्रिय झण्डाको अपमान गरेकोमा ३ बर्षको जेल सजाय हुने दाबी डीएनएइन्डिया डटकमले गरेको छ | संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनु अमेरिका गएका मोदीलाई राष्ट्रिय झन्डामा आफ्नु हस्ताक्षर गरेको बिषयले तिब्र बिबादमा तानेको छ ,यो बिषयलाई धेरै बुद्दिजिबिहरुले सामाजिक संजालमा व्यापक आलोचना गर्दै मोदीलाई सजाय हुनु पर्ने माग गरेको छ |
अमेरिकामा रहेका सेलिब्रेटी सेफ बिकाश खन्नालाइ उपहार स्वरूप तिरंगा ,भारतको राष्ट्रिय झन्डा प्रदान गरेका थिए जुन झन्डामा मोदीले हस्ताक्षर गरेर दिएका थिए |
मोदीले राष्ट्रिय झन्डामा सहि गरेकोले तिरंगाको अपमान गरेको भन्दै टुइटरमा भारतीयको ह्यासट्यागको अभियान नै संचालन भएको छ | बिरोधलाइ मध्य नजर गर्दै उपहार दिएको सो झन्डा सेलिब्रेटी सेफ बिकाश खन्नाबाट फिर्ता लिएको भारतीय विदेश मन्त्रालयले जानाएको छ |
भारतमा राष्ट्रिय झण्डाको अपमान गर्नेलाई ३ बर्षको जेल सजाय सहित जरीवानाको ब्यबस्था छ |
झन्डा बिबाद मोदीको लागि कुनै नौलो होइन | विश्व योगा दिवसको दिन पनि झन्डाले पसिना पुछेकोमा बिबादमा तानिएका थिए मोदी |
साथै अमेरिकी राष्ट्रपतिले मोदीलाई एयरपोर्टमा स्वागत गर्नु पठाएको ब्यक्ति एक सामान्य न्यु योर्क काउन्सिलको सदस्य रहेको पनि थाहा हुनु आएको छ जसले गर्दा अमेरिकाले भारतको अपमान गरेको भन्दै बिभिन्न बुद्दिजिबिहरुले अमेरिकी राष्ट्रपति बराक ओबामाको आलोचन गरेका छन् साथै मोदीको पनि ekoshi.com

काठमाडौं : दिल्लीबाट शुक्रबार काठमाडौं आइपुगेका भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय नेपाल भारतबीच उत्पन्न असमझदारी हटाउन र सम्बन्ध सुधारका लागि सक्रिय भएका छन्।
काठमाडौं उत्रेदेखि उपाध्याय भेटघाटमा व्यस्त छन्। शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँग भेटेर भारतीय पक्षको धारणा एवं प्रतिक्रियाबारे छलफल गरेका छन् । उनले मुख्य दलका शीर्ष नेताहरुसँग पनि भेटेर छलफल गर्दैछन्। राजदूत उपाध्यायसँग सरकारले विशेषदूत पठाएर नयाँदिल्ली संस्थापनसँग नेपालको धारणा प्रस्ट पार्ने विषयमा पनि छलफल गर्ने जानकारी प्रधानमन्त्री निकट स्रोतले दियो ।
उपाध्यायले भने, भारत हाम्रो नजिकको छिमेकी हो। उसँग सम्बन्ध बिगारेर होइन, थप सुमधुर बनाएर अघि बढ्नुपर्छ। केही असमझदारी छन् भने दुवै पक्षबीचको सम्वादबाट त्यसलाई हटाउन सकिन्छ।'
भारतले नेपालको नयाँ संविधानलाई स्वागत नगरी चिसो अभिव्यक्ति दिएपछि राजदूत उपाध्यायले भारतीय विदेश मन्त्रालय र त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग नियमित सम्पर्कमा रहेर नेपालको धारणा राख्दै आएका छन् । भारतले मधेसमा जारी हिंसाका बीच संविधान जारी गरेको भन्दै सार्वजनिक रूपमा नेपालमाथि नाकाबन्दी गर्ने संकेतसहितको वक्तव्य दिएपछि नेपालमा अहिले अनेक शंकाउपशंका जन्मिएकै बेला राजदूत उपाध्याय आउन लागेका हुन् ।
उपाध्यायले अधिकतम सहमतिमा जारी भएको संविधानमा भारतले आफ्नो रिजर्भेसन राख्नु नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो भन्दै नेपालका तर्फबाट भारतीय विदेश मन्त्रालयसमक्ष अडान राखेको जानकारी दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले टेलिफोनमा दिए ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र परराष्ट्र निमित्तसचिव हाल राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क भए पनि सरकारले राजदूत उपाध्यायलाई उनले भारतसँग गरेका पछिल्ला वार्ताबारे जानकारी लिन डाकेको हो । उपाध्यायले प्रमुख तीन दलसँगसमेत कुराकानी गर्ने बताइएको छ।
‘राजदूतज्यू नेपाल–भारतबीचका समसामयिक घटनाक्रमका विषयमा कुराकानीका लागि काठमाडौं आउन लाग्नुभएको हो’, परराष्ट्रका सहायक प्रवक्ता दीपक अधिकारीले अन्नपूर्णसँग भने । उनका अनुसार राजदूत उपाध्यायले नयाँदिल्लीमा केही दिनयता आफूले गरेका भेटवार्ताबारे सरकारलाई विस्तृत रूपमा जानकारी गराउने भएका छन् ।
९० प्रतिशतभन्दा बढी संविधानसभा सभासद्ले लोकतान्त्रिक प्रक्रियाबाट संविधान अनुमोदन गरी आइतबारबाट लागू भएको नयाँ संविधानमा मधेसी दलहरूको सहभागिता नरहेको भन्दै भारतले आफ्ना सर्तहरूसहित असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

अर्गानिकपोनिको डी अल्मार अर्थात् क्युबाको हभाना नजिकैको कृषि परियोजना । यहाँ कामदारले थुप्रै ग्रामीण फार्म चलाएका छन् । यसैको आडमा बजार र रेस्टुरेन्ट सञ्चालनमा छन् । पौरखी हातले बनाएका सामग्री र मानव श्रमले ऊर्जाबाट चल्ने मेसिनलाई विस्थापित गरेका छन् । कीराको उत्पादन गर्दै माटोलाई स्वच्छ र मलिलो बनाइएको छ । पानीको संरक्षण र माटोको संरक्षणमा लागेको समुदाय स्वस्थ खाना उत्पादन गर्न सक्रिय छ ।
राजधानी हभानासँगैका अन्य क्षेत्र जहाँ अल्मारमा जस्तो खेतीका लागि पर्याप्त जमिन छैन । त्यहाँ स्थानीयले गार्डेन बेड बनाएर खेती गर्दै आएका छन् । धेरैले आफ्नो घरको छतमाथि पर्याप्त तरकारी उत्पादन गर्छन् ।
क्युबामा अमेरिकी नाकाबन्दी लामो समयदेखि छ । अमेरिकाको छिमेकी टापु क्युबा टर्कस् आइल्यान्ड, बाघामास, मेक्सिको, साइमन्ड आइल्यान्ड, जमैका र हाइटीको बीचमा पर्छ । सन् १४९२ देखि १८९८ सम्म क्युबा स्पेनको उपनिवेश थियो । त्यसपछि स्पेन र अमेरिकाबीच चलेको युद्धका कारण क्युबा मारमा पर्यो । सन् १९०२ मा गणतन्त्र क्युबाले अमेरिकाबाट समेत स्वतन्त्रता पायो । सन् १९५२ बाट क्युबामा राष्ट्रपति फुल्जेन्सियो बाटिस्टाको निरकुंश शासन सुरु भयो । त्यसपछिको आन्दोलनमा छिमेकी अमेरिकाले ठूलो सहयोग गरेको थियो । तर, क्युबेली आन्दोलनमा सघाउ पुर्याउने अमेरिका त्यतिबेला झस्कियो, जतिबेला फिडेल क्यास्ट्रो नेतृत्वमा भएको आन्दोलनले क्युबालाई कम्युनिस्ट राष्ट्रका रूपमा स्थापित गर्यो । फिडेल क्यास्ट्रो सत्तामा आए पनि उनलाई स्विकार्न त्यतिबेला अमेरिका तयार भएन । अमेरिका भ्रमणमा गएका क्युबेली राष्ट्रपति क्यास्ट्रोलाई तत्कालीन अमेरिकी राष्ट्रपतिले भेट समेत दिएनन् । त्यसयता, छिमेकी अमेरिकालाई धम्का दिनेगरी क्युबाले कम्युनिस्ट शक्ति सोभियत संघसँग सम्बन्ध बढायो । शीतयुद्धका दौरानमा अमेरिकाको सट्टा सोभियत संघसँग सम्बन्ध स्थापित गरेका कारण क्युबालाई अमेरिकी नाकाबन्दीको मार परेन । क्युबा र सोभियत संघबीच निकै नजिकको सम्बन्ध थियो र क्युबा पूर्णरूपमा सोभियत संघमाथि निर्भर रह्यो । यसबीच दुई देशबीच सैन्य सहयोग समेत आदान–प्रदान भएको थियो । सोभियत संघको सहयोगमा विकासको तीव्र गतितर्फ अघि बढेको क्युबाले तीन दशकपछि सन् १९९१ मा सोभियत संघ विघटन हुँदा त्यसको सबैभन्दा ठूलो मार खेप्नुपर्यो । क्युबाले आफ्नो देशमा प्रयोग हुने ५० प्रतिशत इन्धन सोभियत संघबाट लिँदै आएको थियो, त्यस्तै खाद्यान्नसहित क्युबाको ८५ प्रतिशत अर्थतन्त्र सोभियत संघमा निर्भर थियो ।
सोभियत संघको पतनपछि क्युबेलीहरूले खान नपाउने स्थिति आयो । क्युबाका एक स्थानीय भन्छन्, ‘जब संकटको स्थिति आयो । त्यतिबेला मानिसहरूले कृषि सुरु गरे । हामीसँग अरू विकल्प पनि त थिएन ।’
इन्धनको कमीका कारण क्युबामा सवारी–साधनको संख्यामा कमी आउन थाल्यो, उद्योग तथा कलकारखाना बन्द हुन थाले । त्यतिबेला अस्ट्रेलियनहरूको एउटा समूह सन् १९९३ मा क्युबा आएको थियो । उक्त समूहले यस क्यारेबियन क्षेत्रमा सामुदायिक अवधारणा विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन्, अल्मारका स्थानीय । क्युबा त्यतिबेला इन्धनको निर्भरता घटाएर कसरी बाँच्न सकिन्छ भन्ने खोजीमा थियो ।
सामुदायिक समाधानका कार्यकारी निर्देशक पाक पाक मुर्फी भन्छन्, ‘समय निकै खराब थियो । तर, क्युबाको संस्कृति र क्युबाका जनताको एकताले हामीलाई खराब समयसँग लड्ने साहस जुरायो ।’
हामीले पेट्रोलियम पदार्थको संकटका बाबजुद आफ्नो कृषि क्षेत्रलाई मात्रै माथि उठाएनौँ । सानो तहमा वैकल्पिक ऊर्जाको विकास गरेर त्यसरी उत्पादित ऊर्जालाई संरक्षण गर्ने पद्धति समेत सिक्यौँ ।
सोभियत संघको विघटनपछिको युगलाई क्युबामा स्पेसल पिरियडका रुपमा चिनिन्छ । सोभियत संघ विघटन हुनअघि क्युबाले ८० प्रतिशत सामग्री ढुवानी गर्ने गरेको थियो । त्यसपछि बजार बिग्रँदा क्युबाको कुल गार्हस्थ उत्पादनमा एकतिहाईभन्दा बढीले कमी आयो । त्यतिबेलाको अवस्था सम्झँदै क्युबाका अर्थशास्त्री जर्ज मारियो भन्छन्, ‘जब उडिरहेको विमानको इन्जिन बिग्रन्छ । त्यतिबेला के हुन्छ ? आफैँ अनुमान लगाउनुहोस् ।’
अन्तर्राष्ट्रिय विकास तथा सहायता एजेन्सी अक्सफामले त्यतिबेलाको क्युबाको अवस्था चित्रण गर्दै तयार पारेको रिपोर्टमा उल्लेख छ, ‘सहरहरूमा बसहरू गुड्न बन्द भए । जेनेरेटरहरूले विद्युत् उत्पादन बन्द गरे । उद्योग र कलकारखाना शान्त देखिन्थे । धेरैका लागि दैनिक खानाको जोहो गर्नु नै ठूलो उपलब्धि हुन्थ्यो ।
एकातर्फ अमेरिकी नाकाबन्दी र अर्कोतर्फ ध्वस्त भएको विदेशी बजार, क्युबाले पर्याप्त खाद्यान्न समेत ल्याउन सकेन । ठूलो संख्यामा कृषिमा प्रयोग हुने मेसिनरी सामानका कारण कृषिबाट हुने उत्पादनमा एक्कासि कमी आयो । त्यसपछि नै हो, क्युबाका जनता अरूमा भर पर्न छाडेर आफैँ कृषिमा सक्रिय भएको, सानदार गाडी चढ्नेहरूले सडकमा हिँड्न सिकेको र क्युबामा राष्ट्रिय एकता र आपसी सहयोगको वातावरण तयार भएको । क्युबामा रहेको फाउन्डेसन फर नेचर एन्ड ह्युमानिटीका रोबर्ट सान्चेज भन्छन्, ‘ठूला समस्याको साना समाधान पनि हुन्छन् । संकट र परिवर्तनले हामीले आत्मसात गर्नुपर्ने तिनै आधारभूत कुराहरूको स्मरण गराउँछन् ।’
नयाँ कृषिक्रान्ति
क्युबेलीहरूले मेसिनरी सामानको प्रयोग छाडेर आफ्नै श्रमको बलबुतामा खेती सुरु गरे । आज राजधानी हाभानामा प्रयोग हुने तरकारीको ५० प्रतिशत हिस्सा सहरभित्रै उत्पादन हुन्छ । अन्य सहरमा आवश्यक तरकारीको ८० प्रतिशत सहरभित्रै उत्पादन हुन्छ । क्युबा फेरि आधुनिकतातर्फ बढ्दै छ । तर, कृषि पेसालाई धेरैले सधैँका लागि अंगालेका छन् । आफ्नै श्रमले अहिले क्युबेलीहरूले सहर सफा र हराभरा राख्ने गरेका छन् ।
इन्धनको समाधान
विदेशबाट आयात गरिएको पेट्रोलमा विद्युत् निर्भर रहने भएका कारण सोभियत संघको पतनपछि क्युबामा जहाँतहीँ अन्धकार थियो । धेरै वर्षसम्म घोषित लोडसेडिङ जारी रह्यो । फ्रिज चलाउन नपाउँदा खाना सडेर जाने गरेको थियो । पंखा चलाउन नपाउँदा गर्मीले देश आक्रान्त थियो । आर्थिक रूपमा टाट पल्टिएका बेला ऊर्जा शक्तिमा लगानी गर्ने हैसियत समेत क्युबासँग थिए । त्यति नै बेला साना वैकल्पिक योजना सुरु भए र इन्धनको फजुल खर्चमा कमी ल्याइयो । इकोसोल सोलार र क्युबा सोलार अहिले क्युबामा चलेका दुई वैकल्पिक ऊर्जा उत्पादन गर्ने संस्था हुन् । यी संस्थाले वैकल्पिक ऊर्जाको बजार विस्तार गर्ने, सिस्टम जडान गर्ने, अनुसन्धान गर्ने तथा पुस्तकहरू प्रकाशित गर्ने गर्छन् । सोलार फोटो भोल्टिकको १.२ मेघावाट दुवै साना सिस्टम (दुई सय वाट क्षमता) तथा ठूला सिस्टम (१५ देखि ५० किलोवाट क्षमता) इस्कोल सोलारले जडान गरेको छ । अमेरिकामा यति नै मेघावाट विद्युत्ले एक हजार घरलाई मात्रै धान्न सक्छ, तर क्युबामा यति विद्युत्ले त्योभन्दा धेरै घटनामा पुग्छ । मानिसहरू सानो घरमा बस्छन् र ऊर्जाको प्रयोगमा सकेसम्म कमी ल्याउँछन् । इस्कोल सोलारले ६० प्रतिशत सेवा सामाजिक परियोजना विद्यालय, अस्पताल तथा ग्रामीण क्युबामा रहेका सामुदायिक केन्द्रमा पुर्याउँदै आएको छ । दक्षिण–पश्चिम हभानाको ग्रामीण क्षेत्रमा अहिले प्रत्येक घरमा साना सोलार प्यानल जडान गरिएको छ । एउटा सानो बत्ती र रेडियो सुन्ने शक्ति त्यसले दिन्छ । ठूला सिस्टमले स्कुल, अस्पताल र सामुदायिक कोठामा विद्युत् प्रवाह गर्छन् । त्यस्ता केन्द्रमा राउन्ड टेबल नामक कार्यक्रम हेर्न स्थानीयहरू प्रत्येक साँझ भेला हुने गरेका छन् । पहिला जानकारी दिएर खोलिने टेलिभिजन रुमले सबैलाई एकै ठाउँमा उभ्याउन समेत भूमिका खेल्ने गरेको छ । क्युबा सोलारका निर्देशक ब्रुनो बेरिस भन्छन्, ‘सूर्यले संसारमा लाखौँ वर्षदेखि जीवन छर्दै आएको छ । जब हामीले आफ्नो ढंंगबाट प्रकाशको प्रयोग गर्न थाल्यौँ, त्यसपछि हामीलाई सौर्यऊर्जा कम लाग्न थालेको हो । त्यसैले समस्या हाम्रो समाजमा हो । ऊर्जा नामक शब्दमा होइन ।
यातायात मिलेर चढ्ने सिस्टम
इन्धनको कमीपछि क्युबाले सामना गरेको अर्को ठूलो समस्या यातायात सञ्चालन थियो । आदिवासी क्युबेलीबाट यसको समाधान निस्कियो । क्युबामा एउटा भनाइ निकै लोकप्रिय छ, ‘आवश्यकता नै आविष्कारको आमा हो । थोरै पैसा र इन्धनका बाबजुद अहिले क्युबाको हभानामा व्यस्त समयमा पनि थुप्रै मानिस सहज आवागमन गर्छन् । सानो वा ठूलो दुवै यातायातका साधनमा धेरैभन्दा धेरै मानिस बस्ने गर्छन् । मानिसले यातायातका लागि रिक्सा, साइकल तथा जनावरको पर्याप्त प्रयोग गर्ने गरेका छन् । ट्रयाक्टरले कुदाउने एउटा विशेष सवारी, जसलाई हभानामा क्यामेल भनिन्छ, त्यसमा मात्रै तीन सय जना अट्छन् । दुईजना अट्ने रिक्सा तथा साइकल पनि हभानाका लोकप्रिय सवारी हुन् । त्यसबाहेक घोडाले कुदाउने बग्गी र पुराना ट्रकहरू ग्रामीण क्षेत्रमा गुड्ने गर्छन् ।
शिक्षा र स्वास्थ्य
शिक्षा र स्वास्थ्य क्युबामा सरकारको प्राथमिकतामा पर्छ । दुबै निःशुल्क उपलब्ध छन् । प्रत्येक घरमा नियमित चेकजाँचका लागि डाक्टर उपलब्ध हुन्छन् । गरिब देश भए पनि क्युबाको सारक्षता ९७ प्रतिशत छ । अमेरिकाको तुलनामा क्युबेलीहरूको औसत आयु बढी छ । त्यस्तै बाल मृत्युदर क्युबामा कम छ । संकटका बाबजुद क्युबाले निःशुल्क स्वास्थ्यलाई कायम राख्दै थयो । क्युबेली क्रान्तिअघि यस देशमा दुई हजार व्यक्तिका लागि एक डाक्टर उपलब्ध थिए । अहिले एक सय ६७ व्यक्तिका लागि एक डाक्टर उपलब्ध छन् । क्युबाका डाक्टरले आफ्नो देशमा मात्रै नभएर गरिब देशमा समेत सेवा निःशुल्क सेवा उपलब्ध गराउँदै आएका छन् । प्रत्येक वर्ष २० हजार क्युबेली डाक्टर यसरी गरिब देशमा सेवा गर्न जान्छन् । सन् १९९५ मा मासुको संकट हुन थालेपछि क्युबेलीहरूले कम फ्याट भएको स्वस्थ तरकारी खान थाले । अहिले साइकलमा सवारी र स्वस्थ फलफूल तथा तरकारीको प्रयोग क्युबेलीको विशेषता मानिन्छ । फाउन्डेसन फर नेचर एन्ड ह्युमानिटीका रोर्बट सान्चेज भन्छन्, ‘पहिलो भात र सुँगुरको मासु यहाँको आधारभूत खाद्यान्न थियो । अहिले स्वस्थ तरकारी सबैको रोजाइमा पर्छ ।
डाक्टर र नर्सहरू समुदायभित्रै बस्छन् र उनीहरू सधैँ स्थानीयवासीको समस्यासँग परिचित रहन्छन् । समुदायमा तीनतले भवन लोकप्रिय छ । पहिलो तलामा कार्यालय, दोस्रोमा डाक्टर र तेस्रोमा नर्सका लागि आवास । क्युबामा ६० प्रतिशत चिकित्सक महिला छन् । रोगको उपचार गर्नेभन्दा रोग नै लाग्न नदिने नीति क्युबा सरकारले लिएको छ ।
शिक्षा क्युबाको सबैभन्दा ठूलो सामाजिक क्रियाकलाप मानिन्छ । क्रान्तिअघि क्युबामा तीन हजार जनताका लागि एक शिक्षक उपलब्ध थिए । अहिले ४२ जनताका लागि एक शिक्षक उपलब्ध छन् । १६ विद्यार्थी बराबर एक शिक्षकको औसत आँकडा छ । ल्याटिन अमेरिकाको कुल जनसंख्याको दुई प्रतिशत मात्रै क्युबाको जनसंख्या छ । तर क्युबामा ल्याटिन अमेरिकाका ११ प्रतिशत वैज्ञानिक छन् । ग्रामीण क्षेत्रलाई बलियो बनाउने गरी स्पेसल पिरियडमा क्युबाले आफ्ना सबै प्रान्तमा शिक्षालाई मजबुत बनाएको थियो । संकटको समयअघि क्युबामा जम्मा उच्च शिक्षाका लागि तीन विश्वविद्यालय थिए भने अहिले ५० कलेज तथा विश्वविद्यालय छन् । सातवटा त राजधानी हभानामा मात्रै छन् ।
समुदायको शक्ति
क्युबेली जनता सधैँ आशावादी रहन्छन् र उनीहरू बारम्बार आफ्नै भाषामा भन्ने गर्छन्– सीसी पिउडी अर्थात् हामी गर्न सक्छौँ । उनीहरूमा समस्यासँग जुध्न सक्ने जबर्जस्त बानी छ । सन् १९६० देखि नै अमेरिकी नाकाबन्दी सहर पनि क्युबेलीहरू कहिल्यै कमजोर देखिएका छैनन् । कम्युनिटी सोलुसनका कर्मचारीहरू क्युबेलीबाट अन्य विकासशील तथा कम विकसित देशहरूले धेरै सिक्न सक्ने बताउँछन् । अहिले विकसित देशहरूमा समेत ऊर्जासंकट देखिएको छ । यस्तो अवस्थामा ऊर्जाको खपतमा कमी ल्याउनु नै समस्याको समाधान रहेको क्युबेलीको बुझाइ छ ।
नयाँ ढंगले अघि बढ्दै गरेको क्युबेली सरकारले अहिले आफ्नो नारालाई समेत परिवर्तन गरेको छ । कुनै बेला क्युबामा नारा थियो, समाजवाद वा मृत्यु । अहिले नारा बनेको छ, राम्रो विश्व सम्भव छ । अहिले निजी व्यापारी तथा कृषकहरूलाई सार्वजनिक जग्गा पर्ने गर्ने तथा आफ्नो उत्पादन बेच्ने अधिकार क्युबा सरकारले दिएको छ । निर्णय गर्ने क्षमता तल्लो तहलाई छ । सामुदायिक समाधानको पक्षबाट हेर्दा आफ्नो आदर्श र केन्द्रीकृत अर्थतन्त्रका बाबजुद क्युबाले आत्मनिर्भर हुनका लागि जे गर्न सक्थ्यो, त्यो गरेको छ । इन्धनको संकटका बाबजुद क्युबेलीहरूले एक भएर आफ्ना विचार र आदर्श थाँती राख्दै जुन विकास गरेका छन्, के यस्तै परिस्थितिमा अमेरिकाजस्ता शक्ति राष्ट्रले यस्तो धैर्यता देखाउन सक्छन् । के क्युबेलीझैँ समुदायका लागि अमेरिकीहरू एक ढिक्का हुन सक्छन् र उनीहरूले त्याग र आपसी सहयोगका साथ अघि बढ्ने हिम्मत राख्छन् । क्युबा सोलाका बेरिस भन्छन्, यो जलवायु परिवर्तन हो । तेल र इन्धन अभावको मूल्य हो । हामीले के याद गर्नुपर्छ भने विश्व परिवर्तनशील छ र हामीले विश्वलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ ।
क्युवाको अर्को कथा पनि पढ्नुहोस्
एउटा देश जहाँ सारा जनतालाई निःशुल्क उपचार गरिन्छ
www.ratopati.com