शनिबार, ९ असोज
काठमाडौं । संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि भारतको सपना भताभुंग हुने अवस्थामा पुगेको हो ।
विश्वभर आदर्श बाँड्दै हिड्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका प्रति विश्वले नै आशंका गरिरहेको छ । छिमेकीप्रति उनको भुमिकालाई लिएर अहिले विश्वभर विरोध भैरहेको छ ।
स्थायी सदस्यताकालागि भारतले लामो समयदेखि पहल गरिरहेको छ । भारतले नेपाललाई समेत मतदानकालागि सहयोग मागेको थियो भने नेपालले पनि बचन दिइसकेको थियो । तर, भारतको पछिल्लो हर्कतका कारण नेपालले उसलाई सहयोग गर्ने कि नगर्ने भन्नेमा बहस चलिरहेको छ ।
अर्को छिमेकी मुलुक चिनले भने भारतलाई स्थायी समिति सदस्य बनाउन नहुने भन्दै लविङ गरिरहेको छ । अझ रुसले लिखित रुपमै भारतको विरोध गरेको छ ।
रुसले दुई तिहाइ मतका आधारमा सदस्य छान्न नहुने बताउँदै सर्वसम्मतीकालागि आग्रह गरेको छ । भारतले जी ४ को नाममा अनावश्यक गुटबन्दी गर्न खोजेको रुसको आरोप छ ।
www.nepalsandesh.com

काठमाण्डु, ९ असोज– संविधानको विरोधमा आन्दोलनरत मधेस केन्द्रित दलले हिन्दू नेपालीको दुई ठूला चाड दसैं र तिहारमा समेत भारतबाट दैनिक उपभोग्य बस्तु आयात गर्ने नदिने भएको छ ।
केही दिनयता भारतीय सिमा नाकामा ढुवानीका साधन आवत जावतमा रोक लगाएको मोर्चाले दसैं र तिहारका लागिसमेत सामान आउन नदिने भएको हो ।
मोर्चा घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई–मधेसका जनताका लागि दसैं र तिहारभन्दा आफ्नो अधिकार ठूलो भएको बताए ।
सिंहदरबार र काठमाण्डुलाई झुकाउन आफूहरुसँग नाकाबन्दीबाहेक अरु विकल्प बाँकी नरहेको भनाइ उनको छ ।
‘हामीलाई अधिकार चाहिएको छ’, महतोले भने, ‘दसैं आओस् कि तिहार आओस् मधेसी जनताको माग पुरा नभएसम्म भारतबाट एक छटाक सामान पनि भित्रँन दिँदैनौं ।’
उनले दसैैं र तिहारको बहानामा सामान लिन आउनेलाई आगो लगाइदिने धम्कीसमेत दिए । ‘मधेसका जनता अधिकारका लागि लडिरहेका बेला पहाडमा दसैं र तिहारको खुसीयाली किन चाहियो ?’, महतोले भने, ‘कोही सामान लिने आयो भने हामी आगो लगाउन बसेका छौं ।’
महतोले शनिबारबाट मुख्य भन्सार नाका वीरगञ्जमा भइरहेको नाकाबन्दीको नेतृत्व आफूले गर्न लागेको जानकारी पनि दिए । प्रमुख दलले माग सम्बोधन नगरेसम्म नाकामै बस्ने र नाकामै खाने बताए ।
महतोले तराईका जनता आफ्नो अधिकारका लागि सडकमा आउँदा भारतीय उक्साहट देख्ने काठमाण्डुसहित पहाडका बासिन्दाको आँखाको पट्टी खुलाउन पनि दसैं र तिहारमा समेत नाका नखोल्ने निर्णय भएको बताए ।
उनले नाकाबन्दी भारतले नभई मधेसी जनताले गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतीय झण्डा जलाउने काम बन्द गर्न भने ।
भारतविरोधी गतिविधिको घाटा नेपाललाई नै हुने भन्दै उनले पहाडे राष्ट्रवादको नारा नलगाउन चेतावनीसमेत दिए ।
‘जुन रुपमा भारतविरोधी गतिविधि बढेको छ, त्यसले नेपालको हित गर्दैन’, महतोले भने, ‘मधेसी जनतालाई भारतीय देख्ने पहाडी राष्ट्रवाद घातक छ ।’
kathmandutoday.com

काठमाडौं । नेपालमाथि अघोषित नाकाबन्दी गरेको भारतले मधेसका आन्दोलनकारीहरुलाई संरक्षण दिएको पुष्टि भएको छ ।
भारतीय प्रहरीको सहयोगमा बाँकेको जमुना नाकामा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपाल प्रहरीमाथि आक्रमण गरेका छन् ।
आनदोलनकारीले बाँकेको नेपालगञ्ज जमुना नाका अवरुद्ध गर्दै नेपाल प्रहरीमाथि आक्रमण गरेका हुन् ।
दशगजा क्षेत्र भन्दा पर भारतीय भुमिमा बसेर उनीहरुले नाका ठप्प पारेका छन् । भारतीय भुमिबाट नेपाली प्रहरीमाथि भएको आक्रमणमा चार जना प्रहरी घाइते भएका छन् ।
आन्दोलनकारीको आक्रमणबाट प्रहरी हवल्दारहरु दिलबहादुर घर्तीमगर, सुरेस बस्याल, प्रहरी जवानहरु कमल खनाल र कमल विक घाइते भएका छन् ।
उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

भारतीय प्रहरीले प्रर्दशनकारीलाई लखेट्यो
नेपालगन्ज : बाँकेको नेपालगञ्जस्थित नेपाल–भारतको सीमा दशगजामा प्रहरी र मधेसी मोर्चाका प्रर्दशनकारीबीच झडप भएको छ ।
रुपेडिस्थित जनुनाहा नाकामा धर्ना बसेका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी र प्रर्दशनकारीसहित १० जना घाइते भएका छन् ।
प्रर्दशनकारीले सीमाको गेटैमुनि बसेर चेकजाँच गर्न थालेपछि प्रहरी त्यसो नगर्न आग्रह गर्दा झडप भएको हो ।
प्रर्दशनकारीहरुले प्रहरीमाथि दशगजा क्षेत्रबाट ढुङगा प्रहार गरेका थिए । एक प्रहरी अधिकृतले भने, ‘पुलिसले जस्तै सर्वसाधरणले चेक जाँच गर्न थाले त्यसो नगर्न भन्दा हामीमाथि जाइलागे ।’
प्रर्दशनकारीको ढुङ्गा प्रहारबाट प्रहरी नायब निरीक्षक दिलबहादुर घर्ती, हवाल्दार सुरेश बस्याल लगायत ४ जना प्रहरी घाइते भएका छन् ।
प्रर्दनकारीतर्फ संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य जगदीशबहादुर सिंहलगायत ६ जना दर्जन घाइते भएका छन ।
भारतीय भूमिबाट नेपालका प्रहरीलाई ढुङ्गा प्रहार गर्न थालेपछि भारतीय भारतीय प्रहरीले प्रदर्शनकारी लखेटेको थियो । भारतीय प्रहरी आएर प्रर्दशनकारीलाई लखेटेका थिए ।
अहिले अवस्था समान्य बन्दै गएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए ।
www.annapurnapost.com

विराटनगर : संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सीमामा आफूहरुले नाकाबन्दी गरेको बताउँदै भारतलाई दोष दिन नहुने बताएका छन् ।
बिराटनगरमा शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सीमापारी समस्या देख्ने सरकारले सीमावारी समस्या नदेखेको आरोप लगाए ।
‘समस्या सीमापारी होइन सीमावारी छ’, उनले भने, ‘यसलाई सेना र सशस्त्रबाट नभएर राजनीतिक रुपमा समाधान गरिनु पर्छ ।’
अध्यक्ष यादवले ‘विवाहमा निमन्त्रणा’ गर्न कार्ड पठाएजसरी बोलाउँदैमा सरकारसँग वार्ता हुन नसक्ने बताएका छन् ।
‘विवाहमा कार्ड पठाएजसरी बोलाएर हामी वार्तामा जाँदैनौं तर वार्ता नै नगर्ने भन्ने हाम्रो मनासय होइन’, यादवले भने, ‘सरकारबाट वातावरण बनाएर विगतमा मधेससँग भएका सम्झौता कार्यान्वयन गर्छु’ भन्ने प्रतिबद्धता आउनसाथ हामी वार्तामा जान्छौं ।’
वार्ताका लागि पहिलो प्रस्थान बिन्दु मधेसमा परिचालित नेपाली सेना र सशस्त्रको फिर्ता र ‘निहत्था’ जनतामाथिको दमनको अन्त्य हुने उनको जिकिर थियो ।
‘तराई–मधेसका मधेसी र थारु, पहाडका मगरात र लिम्बुवान, हिमालका जनजाति सबैले न्याय पाउने गरी सम्बोधन गर्छौ भनेर सरकारले भन्नु प्रतिबद्धता जनाउनु पर्छ,’ यादवले भने, ‘वार्ता सुरु भएपनि हामी आन्दोलन रोक्दैनौं, आन्दोलन भइरहन्छ र वर्ता पनि जारी रहन्छ ।’
यादवले संविधान पुनर्लेखन र संशोधन प्राविधिक विषय भएको बताए । उनले विगतका सम्झौता कार्यान्वयनमा राज्य सकारात्मक भए पुनर्लेखन वा संशोधन जे भएपनि आफूहरुलाई आपत्ती नहुने बताए । ‘जे भएपनि हुन्छ तर हाम्रा अधिकार सुनिश्चित हुनुपर्छ’, उनले भने ।
सरकारले वास्ता नगरे यादवले परिर्वतनशील शक्तिसँग सहकार्य गरेर आन्दोलनलाई थप उचाइमा पुर्याइने पनि बताउँदै यसका लागि गृहकार्य पनि सुरु भइसकेको बताए ।
यादवले यो आन्दोलन मधेसी, आदिवासी, जनजाति, महिला पिछडा वर्ग सबैको भएको बताए ।
‘वार्ता गरेरै हामी समस्या समाधान गर्ने पक्षमा छौँ,’ उनले भने, ‘तर भाषण गरेर वार्तामा आउ भन्दै नौटंकी गरेर वार्ता हुँदैन ।’
राज्य घुँटा टेक्ने हो अथवा बेला छँदै समस्या समाधानमा गम्भीर भएर आउने हो त्यो उसकै व्यवहारमा भरपर्ने पनि यादवले बताए ।
भारत र चीन दुबैसँग नेपालको अत्यन्तै राम्रो सम्बन्ध रहेको बताउँदै यादवले सम्बन्ध बिग्रिएको भन्ने हल्ला गलत भएको बताए । www.annapurnapost.com

भैरहवा — प्रधानमन्त्री रुपन्देहीको सुरक्षा ब्यावस्थाबारे जानकारी लिन भैरहवा आउन लागेको दिन रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको शवयात्रा निकालेका छन् ।
मर्चवारका स्थानियले प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री बामदेव गौतम, एमाले अध्यक्ष केपी ओली र एमाआवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको शवयात्रा निकालेका हुन् ।
मर्चवारको सिलौटिया गाविस वडा नं. ८ वोडवलिया चोकका स्थानियहरुले जारी नेपालको संविधान २०७२ मधेश बिरोधी रहेको बताउदै शिर्ष नेताहरुको शवयात्रा निकालेको बताए ।
मधेशमा रहेको रीतिरिवाज अनुसार नै शीर्ष नेताहरुको शवयात्रामा स्थानीय महिलाहरुले रुदै शवहरुलाई अन्तिम बिदाई समेत गरेका थिए ।
“रामनाम सत्य है”, “मधेशबिरोधी संविधान चाहिँदैन” लगायतका नारासहित शीर्ष नेताहरुको प्रतिकात्मक शवहरुलाई मर्चवारका बिभिन्न स्थान परिक्रमा गराई स्थानीय चण्डी घाटमा पुर्याई बिधिवत रुपमा दाह संस्कार गरेका छन् ।
www.ratopati.com/

कपिलवस्तु – शुक्रबार राती संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक तथा फोरम अध्यक्ष सतिश गुप्तासहित ६ जना बन्दकर्ता कुटिएका छन् ।
कपिलवस्तुको कृष्णनगरमा शुक्रबार राती १२ बजे गुप्ता सहितको टोलीले बन्दको अवज्ञा गर्दै ग्यास सिलन्डर बोकेको ट्रक स्कटिङ गरेपछि स्थानियबासीले रोकेका थिए । आफै आन्दोलनको अगुवा भएर बन्दको अवज्ञा गरेको भन्दै स्थानियबासीले उनी सहित ६ जनालाई कुटपिट गरेका थिए । नेपालगंजबाट ग्यास लिएर आएको भे १ क १७० नम्बरको ट्रक स्र्कटिङ् गर्न व्यापारीबाट रकम लिएको भन्दै स्थानियले शतिश गुप्ता, अजित सिंह, राजु कोरी, शेखर बर्मा, लालमन पासी र संजय गिरीलाई कुटपिट गरेका थिए । घटना लगत्तै पुगेको नेपाल प्रहरी र शशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए । आफुहरु घटनास्थल पुग्दा सर्वसाधारले मोर्चाका नेता सहित केहिलाई घेरा हालेर आक्रमण प्रयास गरेकोमा स्थिति नियन्त्रणमा लिई उनीहरुलाई सुरक्षित स्थानमा लगिएको कृष्णनगरका प्रहरी निरिक्षक नमराज भट्टराईले जानकारी दिए । ‘कुटपिट भएको कुरा आएको छ तर कोहि घाइते हुनुभएको छैन’ उनले भने । लगातारको बन्दले पीडित बनेका गाँउले आन्दोलनकारीले आफै स्र्कटिङ गरेर गाडी ल्याएको देखेपछि आक्रोशित बनेका थिए । ‘आफुहरुको जनजिवन अस्तव्यस्त बनेको छ, स्कुल बन्द छ, अस्पतालमा औषधी छैन, आम्दानी ठप्प छ, कसैले हेर्दैनन् आफुहरु चाहि बन्दको नाउमा कमाउ धन्दामा लाग्न मिल्छ ।’ स्थानीय धिरज चौधरीले भने, ‘आन्दोलनको माग जायज होला तर आफै बन्दको अवज्ञा गर्न पाइन्छ ?’ यता मोर्चाले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । मोर्चाका नेता तथा तमलोपा उपाध्यक्ष धर्मबहादुरलाल श्रीवास्तवले घटनाबारे कुनै जानकारी नभएको बताए । घटनाबारे मोर्चा संयोजक गुप्ताले सर्वसाधारणको व्यापक दबाबका कारण आफुहरुले ग्यास आपूर्तिका लागि सहयोग मात्र गरेको बताए । ‘समान्य विवाद हो, कुटपिट भएको होइन’ उनले भने । केहि दिन अघि पनि भिल्मीमा आन्दोलनकारी आफैले गाडी चलाएको भन्दै स्थानीयले उनको पिकअप तथा मोटरसाइकलमा आगजनी गरेका थिए । लागतारको ४५ दिनको बन्दका कारण जिल्लाको दक्षिणी क्षेत्रको जनजिवन अस्त व्यस्त बन्दै गएपछि आन्दोलनकारीहरुलाई बन्द खुकुलो बनाउन व्यापक दबाब आएको छ । केहि दिन अघि मात्र सभासद अभिषेक प्रताप शाहले बन्द फिर्ता गरेको स्वघोषणा गरेपनि मोर्चाले पुन दबाब दिदै बन्द गराएको थियो । आन्दोलनका क्रममा मोर्चा भित्रै विवाद बढ्दै गएपछि जिल्लाको आन्दोलनको नेतृत्व विस्तारै नियन्त्रण बाहिर गएको देखिन्छ । फोरमले गरेको आन्दोलनमा तमलोपा र सदभावनाका कार्यकर्ता को न्यून उपस्थिती र तमलोपा र सदभावनाको कार्यक्रममा फोरमको कम सहभागिताले पनि भित्रको विवाद चुलिदै गएको प्रष्ट हुन्छ । यसमा पनि जिल्लाका मुस्लिम तथा थारु नेता कार्यकर्ता समेत आन्दोलनमा सहभागी नहुदा मोर्चाको आमहडताल फितलो बन्दै गएको छ । www.ratopati.com