काठमाडौं, १० असोज । मधेसी दलहरूको आग्रहमा नेपालमाथि अघोषित नाकाबन्दी गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीले भारतीय नम्बर प्लेटका सवारी साधनलाई गुड्न नदिने जनाएको छ ।
माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर भारतीय नम्वर प्लेटका सवारी साधनहरूलाई भोलि सोमबारदेखि गुड्न नदिने चेतावनी दिनुभयो ।
‘नेपालको स्वाधीनता, सार्वभौमता र अखण्डतामाथि आक्रमण गर्ने भारतीयविरुद्ध हाम्रो आन्दोन सुरु भयो’, उहाँले भन्नुभयो, ‘भारतीय पक्षले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका विरुद्ध कडा रुपमा प्रस्तुत हुन्छौँ ।’
विप्लव माओवादीले भोलिदेखि भारतीय नम्वर प्लेट, चलचित्र, विज्ञापन र टेलिभिजन च्यानलहरूमा अबरोध गर्ने जनाएको छ ।
त्यसका लागि विप्लव माओवादीले फिल्महल, विज्ञापन एजेन्सी र सम्बन्धित निकायसँग भारतीय सामाग्री भएका फिल्म र विज्ञापन प्रसार नगर्न आग्रह गरेको प्रवक्ता विश्वकर्माले बताउनुभयो ।
उहाँले भारतविरुद्धको आन्दोलनमा सहयोग गर्न सबैलाई अपील गर्नुभयो । प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘आजैदेखि हाम्रो आन्दोलन सुरु भयो । राष्ट्रिय स्वाधीनताका लागि ज्यान दिनुपरे पनि दिन तयार छौँ ।’
प्रमुख दलहरूले जनविरोधी संविधान जारी गरेको बताउनुभएका प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘जस्तो संविधान ल्याए पनि त्यो हाम्रो आन्तरिक मामिला हो । हाम्रो आन्तरिक मामिलामा भारतले बोल्न पाउँदैन ।’
विप्लव माओवादीले मुलुकभित्रको आन्तरिक आपूर्ति व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ । भारतसँगको आर्थिक नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने जनाएका प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘अब मुलुकले अन्य छिमेकीहरूसँग पनि विकल्प खोज्नुपर्छ ।’
dainiknepal.com

वीरगन्ज, १० असोज– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका प्रम्ुख नेतालाई मधेस आउन चुनौती दिएका छन् ।
रक्सौलस्थित सिमा नाकामा भएको कार्यक्रममा उनले दुई तिहाईको ‘फुर्ती गर्ने’ सुशील कोइराला, केपी ओली र प्रचण्डलाई मधेस झरेर देखाउन चेतावनी दिएका हुन् ।
उनले तीन दलका नेतालाई मधेसी, थारु र जनजाति विरोधीको आरोपसमेत लगाए । ‘म चुनौती दिन चाहन्छु हिम्मत भए बोलीको गोली छाड्ने केपी ओलीसहित ठूला दलका नेता मधेस आएर देखाउन्’, महतोले भने, ‘ आफू आउने हिम्मत छैन भने तराईबाट प्रतिनिधित्व गर्ने आफ्ना पार्टीका सभासदलाई पठाऊ, मधेसका जनता उनीहरुलाई खोजिरहेका छन् ।’
महतोले भारतीय सिमामा आफूहरुले नाकाबन्दी गरेको भन्दै भारतसँग जोडेर गलत प्रचार नगर्न भने । मधेस जलेको ४० दिनभन्दा लामो समय भइसक्दा पनि काठमाण्डु बहिरो भएर बसेकाले काठमाण्डुको दानापानी रोकिदिएको उल्लेख गरे ।
आफूहरुको माग पुरा नभएसम्म नाकाबन्दी जारी रहने पनि महतोले बताए ।
महतोले काठमाण्डुमा भारतविरोधी गतिविधि भइरहेको भन्दै दुई देशबीचको प्राकृतिक र अद्वितीय सम्बन्धमा फाटो ल्याउन खोज्ने तत्व आफैं समाप्त भएर जाने बताए ।
kathmandutoday.com

प्रेमी रोबर्टसँग विवाह गर्दै अभिनेत्री रिमा विश्वकर्मा (फोटो:अनुप भट्टराई)
अभिनेत्री रिमा विश्वकर्माले प्रेमी रोबर्ट विश्वकर्मासँग आइतबार विवाह गरेकी छन्। उनले बौद्ध स्थित होटल हायातमा रोबर्टसँग लगनगाँठो कसेकी हुन्।
रोबर्ट एक अमेरिकन टेलिकम कम्पनीको यूके शाखामा फाइनान्स म्यानेजरका रूपमा कार्यरत छन् । म्युजिक भिडियोमा ठिकठाक चलेकी रिमा अब केहि दिनमा नै यूके जाने बताइएको छ। रिमाले अभिनय गरेको नयाँ फिल्म 'भाले फाइट' गत शुक्रबार रिलिज भएको छ तर फिल्मले सोचेजस्तो चलेको छैन्।
‘स्वर’बाट डेब्यू गरेकी रिमाले साँझ फिल्मकर्मी,संचारकर्मी एवम् साथीहरुका लागि ह्यातमा रिसेप्सन राखेकी छन्। रोबर्ट र रिमा फेसबुकमार्फत एकअर्कासँग नजिकिएका थिए।

काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुक गम्भीर अवस्थामा रहेका बेला बाबुराम भट्टराईको राजीनामा आउनु पनि गम्भीर विषय भएको बताएका छन् ।
पर्टी छोड्ने बाबुरामको घोषणापछि प्रचण्डले अन्नपूर्णसँग भने, मैले यसलाई गम्भीर रुपमा लिएको छु ।
तर बाबुरामजी पार्टीमा फेरि फर्किनुहुन्छ भन्नेमा म आशावादी छु । उनले आकस्मिक रुपमा यसरी बाबुरामको घोषणा आउँदा आफूलाई पनि अचम्म लागेको बताए।
शनिबार पार्टी छोड्ने घोषणाअघि शुक्रबार प्रचण्डसँग लाजिम्पाटमा भेटेर बाबुरामले झन्डै दुईघन्टा लामो छलफल गरेका थिए। तर बाबुरामले चरम असन्तुष्टी पोखे पनि पार्टी नै छोड्ने संकेत दिएका थिएनन्। प्रचण्डले आइतबार केन्द्रीय समितिको बैठक बोलाएका छन्।
www.annapurnapost.com

बोलबम मेलामा लुकेर प्रदर्शनकारीद्वारा ढुङ्गामुढा
राजविराज : बोलबम मेलामा लुकेर प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्गअन्र्तगत भारदहस्थित सडखण्डमा दर्जनौ यात्रु बस र मालबाहक ट्रकमा गएराति ढुङ्गामुढा गरेका छन् ।
चतुर्दशीको अवसरमा जिल्लाको बलुवा घोघनपुरस्थित भजनेश्वर महादेव र महदेवा गाविसस्थित अंकुरी महादेव मन्दिरमा जल चढाउन कोशी ब्यारेज आएका भक्तजनहरुको भींडमा लुकेर बसेका प्रदर्शनकारीले आइतबार बिहान साढे १ बजे ढुङ्गामुढा गरेको प्रहरी उपरीक्षक शिशिर कुमार कर्माचार्यले बताए ।
प्रदर्शनकारीहरुको ढुङ्गामुढाबाट बसमा सवार झापा काँकडभिट्टा–९ का ३७ वर्षीय पदमबहादुर दास र ट्रकका सहचालक मकवानपुर फापरबारी गाविस–६ का २५ वर्षीय राजकुमार लोप्चन घाइते भएका छन् ।
दासको टाउकोमा नौवटा टाँका लागेको छ भने लोप्चनको टाउको र बायाँ आँखामा ढुङ्गाले चोट लागेको छ । उनीहरुको कञ्चनरुप ठेलियास्थित धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि धरान पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।
ढुङ्गामुढाबाट बोलबम मेला भर्न आएका गम्हरिया प्रवाहा १ का १३ वर्षीय गौतमकुमार यादवको टाउको फुटेको छ ।
टाउकोमा चारवटा टाँका लागेका यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मेलाको भींडमा लुकेर ढुंगामुढा गर्ने प्रदर्शनकारीहरु भागेपनि मेला भर्न आएका भक्तजनहरुलाई प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको मेला समितिका अध्यक्ष कमलदेव मण्डलले गुनासो गरे ।
राजमार्गस्थित सडक खण्डमा ढुङ्गामुढाबाट फुटेका सवारी साधनका सिसाहरुका कारण साईकल तथा मोटरसाईकल समेत पञ्चर हुने गरेको छ ।
मोर्चाले दुई दर्जन बढी सवारी साधनमा तोडफोड गरिएको बताए पनि ८÷१० वटा सवारी साधनको सिसा फुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
ढुङ्गामुढा गरेको आरोपमा इलाका प्रहरी कार्यालय भारदहले कञ्चनरुप नपा–५ का १८ वर्षीय अमर कुमार ठाकुर, मधवापुर गाविस–३ का २२ वर्षीय अरविन्द कुमार दास र हरीहरपुर गाविस–७ का १८ वर्षीय सेमान्द्र चौधरीलाई गिरफ्तार गरेको छ ।
गिरफ्तार भएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ ।

काठमाडौं : नाकाबन्दीको विरोधमा चितवनमा भारतीय च्यानलहरु बन्द गरिएका छन् ।
एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियु चितवनले ६ घण्टाभित्र भारतीय टेलिभिजन च्यानलहरु बन्द गर्न अल्टिमेटम दिएपछि शनिबार साँझ ७ बजेदेखि भारतका हिन्दी च्यानलहरु बन्द गरिएको हो ।
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी नाकाबन्दी लगाएकाले अनेरास्ववियुले भारतीय टेलिभिजन च्यानलहरुको प्रसरण बन्द गराउन चितवन युनिक केबुल प्रालिलाई शनिबार अनेरास्ववियुले लिखित पत्र दिएको थियो ।
अनेरास्ववियु चितवनका अध्यक्ष देवप्रसाद पाठकको नेतृत्वमाको टोलीले चितवनको चितवन युनिक केवल टेलिभिजन र सीम टीभीमा ज्ञापनपत्र बुझाउँदै हिन्दी च्यानल बन्द गराउन आग्रह गरेको थियो ।
युनिक केबुलका पूर्वअध्यक्ष महेन्द्र प्रधानले देशको विषम परिस्थितिमा विभिन्न संघसंस्थाबाट भारतीय च्यानलहरु बन्द गर्न माग भएपछि अनिश्चितकालका लागि हिन्दी च्यानल बन्द गरिएको जानकारी दिए ।
प्रधानले अन्य केबल टिभीहरुले हिन्दी च्यानल सुचारु गरिरहेमा आफ्नो कम्पनीले पनि सुचारु गर्न बाध्य हुने जानकारी दिएका छन् । भारती नाकाबन्दीको विरोध गर्ने हो भने केन्द्रबाटै भारतीय च्यानलहरुमाथि प्रतिबन्ध लगाइनुपर्ने उले बताए ।
नेपालमा संविधान जारी भएसँगै भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा भारतविरुद्ध आक्रोश बढाएको छ ।
पछिल्ला दिनमा सामाजिक सञ्जालदेखि सडकसम्म भारतको हस्तक्षेपको विरोध बढ्दै गएका छन् । www.annapurnapost.com

काठमाडौँ, १० असोज । विभिन्न १३ विद्यार्थी सङ्गठनले छिमेकी भारतको नेपालका सीमा क्षेत्रमा भएको अवरोध र आपूर्ति व्यवस्थापनको असहजताबारे भारत सरकार र संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा आज बसेको ती विद्यार्थी सङ्गठनको संयुक्त बैठकले सीमा क्षेत्रमा भएको अवरोधको विरोधमा भोलि देशभर प्रदर्शन र सोमबार राष्ट्र सङ्घलाई ध्यानाकर्षण गराउने निर्णय भएको सो सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो । रासस