मधेसी मोर्चाकै कार्यकर्ता लुटापाटमा संलग्न
इटहरी : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको भन्सार केन्द्रित आन्दोलन विफल बनाउन सुरक्षा संयन्त्र केन्द्रित भएपछि पूर्वी तराईका सीमाक्षेत्रको सुरक्षा व्यवस्था फितलो बनको छ ।
सीमाक्षेत्रको सुरक्षा फितलो भएको मौका छोपी हतियारसहितका भारतीयहरु नेपाल प्रबेश गरेको सीमाक्षेत्रका स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।
मधेसी मोर्चाको भन्सार आन्दोलनले सुरक्षा संयन्त्र पनि भन्सारमा केन्द्रित भएपछि अन्य सीमाक्षेत्रमा सुरक्षा व्यबस्था कमजोर भएको छ ।
खुल्ला सीमानामा सुरक्षा व्यवस्था कमजोर भएको मौका छोपी भारतीयहरु धमाधम नेपाल पस्न थालेर्का थालेका छन् ।
पूर्वी तराईका सुनसरी, मोरङ, सप्तरी र सिराहाबाट हतियारसहितका भारतीयहरु नेपाल प्रवेश गर्न थालेको स्थानीयबासीको भनाइ छ ।
नजिकिदै गएको दशै तिहारको तयारीमा जुटेका सर्बसाधारणबाट नगद र सुन लगायतका सामाग्री लुटपाट गर्ने उदेश्यले पनि भारतीय डाँकाहरुको समुह नेपाल प्रबेश गरेका हुन् ।
मोर्चाकै कार्यकर्ताहरु पनि शान्तिपूर्ण आन्दोलनका नाममा लुटपाटमा संलग्न हुन थालेपछि सीमाक्षेत्रको सुरक्षा व्यबस्था कमजोर बन्दै गएको हो ।
मोर्चाका कार्यकर्ताहरुले बुधवार राति धरान–८ का नविन राई र भारतीय सेनामा कार्यरत धरान –१६ कमल जिमी बा ५३ प ६८५४ नम्बरको मोटरसाइकलमा काठमाडौँ जादै गर्दा सुनसरीको भोक्राहा आक्रमण गरेका थिए ।
सो क्रममा मोटरसाइकलमा आगो लगाइ उनीहरुको साथमा रहेको ८३ हजार ६ सय रुपैयाँ र सुनको अाैंठी, मोबाइल फोन र मोवाइलसमेत लुटपाट गरेपछि सर्बसाधारण आतंकित बनेका छन् ।
मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरले विहारका मुख्यमन्त्री नितिश कुमार र विहारका पूर्व मुख्यमन्त्री लालु यादव, र जनतान्त्रीक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वाला सिंह, छुट्टा छुट्टै भेटेर मधेश आन्दोलनलाई सहयोग गर्ने सहमत भएपछि भारतीयहरु हतियारसहित नेपाल छिरेका हुन् ।
यादव, महतो र ठाकुरले ज्वाला सिंहलाईसमेत भेटेर मधेस आन्दोलनलाई सहयोग गर्न माग गरेपछि ज्वाला सिंहले हतियारसहितका २ सय ५० कार्यकर्ता नेपाल पठाएको श्रोतले जानकारी दिएको छ ।
भारतका एक पत्रकारले दिएको जानकारी अनुसार ज्वाला सिंहले विहारको पटनामा प्रेस बक्त्वय निकालेर तराईका जिल्लामा फेरि सशस्त्र संर्घषको घोषणा गरेका छन् ।
www.annapurnapost.com

आश्विन ११, २०७२- भारतीय कम्युनिष्ट पार्टी (माक्संवादी) का महासचिव एवं पार्टीको संसदीय समूहका प्रमुख सिताराम येचुरीले ‘झण्डै एक दशक लामो अन्र्तसम्वाद र सहमतिपछि दुई तिहाइभन्दा बढी मतबाट पारित गणतन्त्र नेपालको संविधानलाई खुलेर स्वागत गर्नुको साटो असन्तुष्टी जनाउँदै भारतले आफ्नो छवि धुमिल बनाउने काम गरेको’ बताएका छन् ।
‘लामो समयसम्म अन्तरिम संविधान तथा सरकारको कालखण्डबाट गुज्रिरहेको नेपालमा संविधानसभाबाट संविधान आएको घटना आफैंमा स्वागतयोग्य र उदाहरणीय छ,’ पार्टीको पोलिटब्युरो मिटिङपछि येचुरीले कान्तिपुरसँग फोनमा भने, ‘हाम्रो
पार्टीले नेपालको संविधानलाई खुलेर स्वागत गरेको छ, संवैधानिक उपलब्धीको यो घडीमा नेपाली जनतालाई बधाइ ज्ञापन गरेको छ ।’
उनले ‘अन्तरिम’ अवस्थाबाट अगाडी बढेर संविधान आउनुलाई आफैंमा ठूलो उपलब्धी भन्दै अब यही संविधानको आडमा असन्तुष्टी र नपुगेका बिषयलाई क्रमश सम्बोधन गर्दै जान सकिने राय सुनाए ।
‘नेपाल आफैंमा एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो,’मोदी सरकारले नेपालको संविधान उपलब्धीमा देखाएको असन्तुष्टीप्रति येचुरीले भने, ‘अत्याधिक बहुमतबाट आएको संविधानको प्रकृया अथवा उपलब्धीलाई लिएर हस्तक्षेपकारी बन्नुको कुनै अर्थ रहन्न । र, कुनै अरु देशको मामलामा यसरी हस्तक्षेप गर्न पनि मिल्दैन ।’
नेपालसँग भारतको आफ्नै बिशिष्ट परम्परागत र ऐतिहासिक सम्बन्ध रहेको भन्दै यी सम्बन्धका आधारहरु भुलेर नाकाबन्दी गर्ने तहसम्ममा उत्रनुलाई भारत सरकारको ‘ठूलो गल्ती’ भन्दै यसबारे तत्काल विदेश मन्त्रालयको ध्यानाकर्षण हुनु जरुरी रहेको येचुरीले बताए ।
उनका अनुसार बिशेषत कुनै अर्को सार्वभौम राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप गर्ने प्रयत्न आफैंमा गलत रहेको र राष्ट्रिय/अन्र्तराष्ट्रिय मान्यतामा समेत यसो गर्ने अधिकार कसैमाथि नरहेकोबारे बिस्तृत बहस पोलिटब्युरो बैठकमा भएको थियो ।
‘भारतीय जनता पार्टी र उसको भातृसंगठन आरएसस(राष्ट्रिय स्वयमसेवक दल)ले नेपाल हिन्दू राष्ट्र घोषित नभएकोमा असन्तुष्टी जनाएकोबारे हामी जानकार छौं,’ पार्टीको पोलिटब्युरोपछि नेपाल परिस्थितीबारे सोमबार जारी बिज्ञप्तीमा उल्लेख छ, ‘हामी भारतको केन्द्र सरकारलाई नेपाल–भारतबीच रहीआएको जनस्तरको सम्बन्धमा कुनै प्रकारको बाधा–ब्यवधान नपुऱ्याउन आग्रह गर्दछौं ।’
antipur.ekantipur.com

११ असोज, रुपन्देही । नेपालमा आपूर्ति रोकिने गरी सीमा क्षेत्रमा धर्नामा बसेका मधेसी मोर्चाको भैरहवाबासीले प्रतिकार गरेका छन् ।
रुपन्देहीको बेलहिया नाका अबरुद्ध गर्दै मोर्चाका नेता-कार्यकर्ताहरु सोमबार पनि धर्नामा बसेका थिए । त्यसको विरोधमा स्थानीय युवाहरु धर्नास्थलमै गएर नाराबाजी गर्दै हटाउने प्रयास गरेका थिए ।
प्रतिकार समूह र मोर्चाका कार्यकर्ताहरुबीच झडपको स्थिति सिर्जना भएपछि सुरक्षाकर्मीले रोकेका थिए । नेपालका प्रहरीले प्रतिकार समूहलाई फर्काइदिएपछि भारतीय सुरक्षाकर्मीले धर्नामा बसेका मोर्चाका नेता-कार्यकर्ताहरुलाई हटाएको थियो ।
नाकामा खुकुलो
अहिले रुपन्देहीको बेलहिया नाकामा कुनै पनि अवरोध छैन । भन्सार जाँच भएर भारत तर्फबाट मालबाहक गाडीहरु नेपाल भित्रिदै छन् । पेट्रोल, डिजल, ग्यास, तरकारी र फलफूल बोकेका गाडीहरु नेपाल भित्रिन लागेका हुन् । तर भारतीय पक्षले भन्सारमा जाँचपासको प्रक्रियामा निकै ढिलासुस्ती गरिरहेको ब्यापारीहरुले गुनासो गरेका छन् ।
www.onlinekhabar.com

सोमबार, ११ असोज
काठमाडौ । कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको घटनाको स्थलगत अध्ययन–अवलोकन गर्न गठन भएको संसदीय कार्यदलले आफ्नो लिखित प्रतिवेदन सामाजिक न्याय तथा मावन अधिकार समितिसमक्ष पेस गरेको छ ।
समितिको आजको बैठकमा कार्यदलका संयोजक जीवन श्रेष्ठले उक्त हिंसात्मक घटनामा भएको मानव अधिकार हनन सम्बन्धमा तयार पारिएको अध्ययन प्रतिवेदन प्रस्तुत गरेका छन् ।
कार्यदलले टीकापुर घटनालाई अकल्पनीय, निन्दनीय, दुखदायी, अमानवीय तथा हिंसात्मक घटनाको सङ्ज्ञा दिएको छ ।
संविधान निर्माणको प्रक्रियासँगै परिमार्जित ६ र ७ प्रदेशको अवधारणाको मस्यौदा प्रतिवेदन सार्वजनिक भएपछि बन्द÷हडतालका शृङ्खला चलिरहेको, अखण्ड सुदूरपश्चिमाञ्चल पक्ष र थरुहट स्वायत्त प्रदेशका पक्षधरबीच चुलिँदै गएको विवादको परिणामस्वरुप घटना हुन पुगेको कार्यदलको निष्कर्ष रहेको छ ।
घटना हुने अघिल्लो दिन जिल्ला सदरमुकाममा सर्वदलीय बैठक बसी कुनै समूहको विरोध प्रदर्शनमा कोही कसैबाट अवरोध नगर्ने र सभा सम्मेलन शान्तिपूर्ण गर्ने सहमति भएको थियो ।
तर आन्दोलनकारीले त्यसको विपरीत वरिष्ठ प्रहरी उपरीक्षकसहित सात सुरक्षाकर्मी नियन्त्रणमा लिएर तथा एक नाबालकलाई गोली प्रहार गरी हत्या गरेका थिए ।
सो घटनामा गम्भीर घाइते भएका एकजना सुरक्षाकर्मीको उपचारका क्रममा निधन भएको थियो ।कार्यदलले घटनास्थल, प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै राजनीतिक दल, आन्दोलनकारी पक्ष, सुरक्षा निकाय, स्थानीय नागरिक समाज र अन्य सरोकारवाला पक्षसँग छलफल गरेको थियो ।
सङ्घीयताका बारेमा बुझाउन नसकेको उपजका रुपमा घटना भएको देखिए पनि घटनाको प्रकृति विश्लेषणबाट टीकापुर घटना राजनीतिक षड्यन्त्र र आपराधिक मनसायबाट गराइएको स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको भनाइ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अधिकारकर्मी र पेसाकर्मीले सीमाङ्कनसहितको सङ्घीय प्रदेशको बहानामा राजनीतिक एजेन्डाबाट नियोजित रुपमा जातीय तवरले हिंसात्मक घटना गराइएको बताएका थिए ।
कार्यदलले घटनामा ज्यान गुमाएका परिवारजनलाई यथाशीघ्र राहत एवम् क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन गर्न सुझाव दिएको छ ।
घटनामा परी घाइते भएका नेपाल प्रहरीका ३०, सशस्त्र प्रहरीका २७ र थरुहटका आठ कार्यकर्ताको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि कार्यदलले सरकारको ध्यानाकर्षण गराएको छ ।
टीकापुरमा भएको घटनापछि निषेधाज्ञा जारी भएको अवस्थामा समेत घर टहरा, सङ्घसंस्था, पसल होटल, सवारी साधन, एफएम रेडियो तोडफोड र आगजनी भएकाले छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन तथा आन्दोलनकारीहरुले राखेका जायज मागलाई सम्बोधन गरी समझदारी र सहमतिको वातावरण बनाउन पनि राजनीतिक दल र सरकारलाई सुझाव दिइएको छ ।
कार्यदलले कैलाली घटनालाई विशेष ब्युरोबाट सुक्ष्म र वैज्ञानिक अनुसन्धान गर्न गराउन तथा स्थानीय प्रशासनले थारु समुदायका अगुवासँग सौहार्द्रता र हार्दिकता साथ सामाजिक सद्भाव कायम राख्न आवश्यक रहेको सुझाव दिएको छ ।
www.nepalsandesh.com

‘भक्तपुरलाई भारतीय चलचित्र मुक्त क्षेत्र घोषणा’
काठमाडौं, ११ असोज । भारतीय हस्तक्षेपविरुद्ध एक पछि अर्काे कदम उठाइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी सोमबार भक्तपुरलाई भारतीय चलचित्र मुक्त क्षेत्र घोषणा गरेको छ ।
विप्लव माओवादी भक्तपुरका सेक्रेटरी क्षितिज मल्लले दिएको जानकारी अनुसार सोमबारदेखि लागू हुनेगरी भक्तपुर जिल्लामा भारतीय चलचित्रलाई प्रतिबन्ध लगाइएको हो ।
‘भारतको नाङ्गो हस्तक्षेपविरुद्ध भक्तपुरमा हिन्दी फिल्म, विज्ञापन गीत, टेलिभिजन सबै बन्द तथा प्रतिबन्ध गरिएको छ, आजैका दिनदेखि जिल्लालाई भारतीय चलचित्र मुक्त क्षेत्र घोषणा गरका छौं ।’ सेक्रेटरी मल्लले भने ।
यसअघि आइतबार विप्लव माओवादी देशैभरी भारतीय चलचित्र, भारतीय नम्बर प्लेटमा गाडिलाई नेपालमा प्रवेश गर्न नदिने जनाएको थियो । भने, भारतीय राजदूतावास अगाडि नारा जुलुससहित विरोध प्रदर्शन गरेको थियो ।
-दैनिक नेपालमा प्रकाशित

पोखरा: भारतबाट मालबाहक सामग्री नेपाल भित्रिन रोक लगाएपछि यस क्षेत्रमा उपभोग्य सामानको मूल्य आसिएको छ। पेट्रोल, डिजेल, खाना पकाउने ग्यासका लागि उपभोक्ता पहुँचवालालाई भनसुन गर्न थालेका छन्।
निर्यात ठप्प हुने क्रम लम्बिएर खाद्यान्न नपाइने चिन्ताले उपभोक्ताले अनावश्यक भण्डारण गर्ने प्रवृत्तिले अभाव झनै बढेको छ। निर्यात रोकिएपछि अभाव, मूल्य वृद्धि र उपभोक्ताले भोग्नु परेको सास्तीबारे पोखराबाट प्रेम नेपाली, लमजुङबाट दीपक अधिकारी, स्याङजाबाट भवानी अधिकारी, पर्वतबाट माया अधिकारी, म्याग्दीबाट गोपाल छन्त्याल, गोरखाबाट शिवप्रसाद उप्रेती र तनहुँबाट पवन पौडेलको रिपोर्ट:
'म सीडीयो बोलेको, घरमा श्रीमतीले ग्यास सकिएर खाना पकाउनै पाइन भनेकी छन्, जताबाट हुन्छ, एउटा सिलिन्डर मिलाइदिनुपर्यो हजुर,' उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालासँग आइतबार बिहान कास्की घर भएका एक प्रमुख जिल्ला अधिकारीले फोनमार्फत बिन्ती बिसाए।
लमजुङ बेसीसहरको हाइस्कुलचोकमा बस्दै आएकी जमुना गुरुङ एलपी ग्यासका लागि भौतारिँदै हिडेको ६ दिन बित्यो । म्याग्दी बहुमुखी क्याम्पसमा १२ मा अध्ययनरत अनील शर्माले तीन दिनदेखि चाउचाउको भरमा रात काटिरहेका छन्। बजारभरि डुल्दा पनि ग्यास नपाएपछि उनी चाउचाउको खाएरमा पेट भर्न बाध्य भएका हुन्।
स्याङजा पुतलीबजारकी कमला आचार्य दालको भाउ सुनेपछि छाँगोबाट खसेजस्तै भइन्। केही दिनअघि एक सय ७० रुपैयाँमा किनेको अडहरको दाल अहिले दुई सय ५ रुपैयाँ पुगेको र अरू खाद्यान्नको भाउ पनि बडेको सुन्दा निराशा भइन्।
पोखरा गैह्रापाटनमा डेरामा बस्दै आएकी ५० वर्षीया राधादेवी दाल, चाम, तेलको भाउ एकाएक आकासिएको सुनेपछि सहरमा बाँच्न नसक्ने निश्कर्षमा पुगेकी छन्। दुई हजार रुपैयाँ बोकेर गएकी उनी पहिलाभन्दा कम सामान लिएर निराश हुँदै कोठामा फर्किइन्। अब उनको परिवार गाउँ फर्कने सुरमा छ।
एक सातादेखि भारतबाट मालसामान ढुवानी नहुँदा पोखरा र छिमेकी जिल्लामा विभिन्न सामग्रीको अभाव र महगीले सर्वसाधरणले सास्ती खेपेका यी केही नमुना मात्र हुन्।
सामान नपाएर भौतारिँदै हिँड्नुपर्ने, बढी मूल्य तिर्नुपर्ने बाध्यताले उपभोक्ता कसरी गुजारा गर्ने भनेर पिरोलिएका छन्। पेट्रोल नभएर सवारी साधन चलाउन नपाउँदा, ग्यास नभएर खाना पकाउन नसकेपछि टाठावाठा उपभोक्ता सामानको जोहो गर्न शक्ति र पहुँचवालालाई गुहार्न थालेका छन्।
'एक सीडीयोसापले बिहानै ग्यास मिलाई दिनुपर्यो, खाना पकाउन नपाएर श्रीमतीले साह्रै दुःख पाइन् भनेर अनुरोध गर्नुभयो,' उपभोक्ता संघ कास्कीका अध्यक्ष कोइरालाले भने, ‘म ग्यास बिक्रेता होइन, कहाँबाट दिऊँ भनेर सम्झाएँ।'
बजारमा चर्को अभावले उपभोक्ताले भनसुन गर्न थालेपछि व्यवसायी ‘छैन हजुर, सकियो हजुर, खै नाकाबन्दी छ कहिले खुल्छ थाहा छैन हजुर' भन्ने जवाफ दिँदै हैरान परेका छन्। 'फोन उठायो कि एउटा सिलिन्डर भए पनि दिनुपर्यो भन्दै मरिहत्ते गर्छन्,' एलपी ग्यास बिक्रेता संघ कास्कीका अध्यक्ष नारायणप्रसाद पौडेलले भने, ‘आफ्नै घरमा ग्यास सकिएर कता खोज्न जाऊँ भनेर तनाव भइरहेको बेला समाजका ठूलावडा भनिनेहरूले जसरी पनि देऊ भनेर दबाब दिने गरेकाले फोन नै उठाउन छाडेको छु।'
उनले पोखरा र आसपासको क्षेत्रमा दैनिक चार हजार सिलिन्डर खपत हुने र १० दिनदेखि ग्यास नआएकोले अभाव भएको बताए। 'ग्याससहित २५ वटा मालबाहक ट्रक नेपाल छिर्न लाग्दा जोगवनीमा भारतीय सुरक्षाकर्मीले दिल्लीको आदेश भन्दै रोकिदिएछन्,' उनले भने, ‘धेरै दिनदेखि आयात रोकिएकोले बजारमा ग्यास अभाव भएको हो। टाठावाठाले पाँच सातवटा सिलिन्डर भरेर लगेकाले पनि झनै समस्या भएको छ।'
यसैगरी स्याङजा, पर्वत, म्याग्दी, गोरखा, लमजुङमा पनि पेट्रोल र ग्यासको हाहाकार हुँदा सर्वसाधरणले दुःख पाएका छन्। कुस्माका शक्ति ग्यास बिक्रेता देव शर्माले नाकाबन्दीको हल्लाले ग्यास धेरै स्टक राखेको र आपूर्ति बन्द भएकोले समस्या भएको बताए।
लमजुङ बेसीसहरको प्रभु सप्लायर्सका प्रोपाइटर प्रभु प्रधानले दिनमा झण्डै सय उपभोक्ता ग्यास खोज्न आउने गरेको बताए। बेसीसहरकै न्यु आयुस स्टोर्सका प्रोपाइटर शशी रेग्मीले प्रशासनले अनुगमन गरे केही व्यापारीले लुकाएको ग्यास फेला पर्न सक्ने बताए। 'सेल्स' कम हुने पसलमा पक्कै स्टक छ', उनले भने, ‘अनुगमन गर्ने हो भने १ सय देखि २ सयसम्म ग्यास निस्कन सक्छ।'
म्याग्दीमा ग्यास नपाएकोले होटल तथा रेस्टुरेन्ट बन्द हुने अवस्थामा पुगेको म्याग्दी होटल व्यवसायी संघका अध्यक्ष गोपाल पौडेलले बताए । म्याग्दीको बेनी, गलेश्वर, तिप्ल्याङ, भुरुङ तातोपानी, दाना, सिंगा तातोपानी, बाबियाचौर, दरबाङलगायतका स्थानमा करिब २ सय होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् ।
म्याग्दी, पर्वत, गोरखा, तनहुँमा पेट्रोल नपाएकोले सवारी कम चलेका छन्।
गोरखामा एउटा मात्र पेट्रोलपम्प छ । त्यसमा तीन दिनदेखि डिजेल, पेट्रोल ठप्पै छ। गत बिहीबार बेचेपछि अहिलेसम्म बेच्न नसकिएको पम्प सञ्चालक शीतलकाजी मास्केले बताए।
यातायात व्यवसायी समिति गोरखाका अनुसार बस, मिनीबस, माइक्रोबस, ट्रक गरी गोरखामा दैनिक करिब दुई सय ६० वटा गाडी चल्छन्। अब एक–दुई दिनमै सबै गाडी बन्द हुने समितिका अध्यक्ष नारायण खत्री बताउँछन्।
तनहुँको दमौलीमा पेट्रोल तथा डिजेल वितरक तीनवटै पेट्रोल पम्प बन्द छन् । इन्धनज अभावमा एम्बुलेन्स नै बन्द हुने अवस्थामा छ। तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइको एम्बुलेन्सका चालक रमाकान्त ढुंगानाले एक पटक पोखरा जान पुग्ने डिजेल मात्र मौज्दात भएको बताए।
महगीले ढाड सेक्दै
पोखरामा गत शुक्रबार खाने तेल प्रतिकार्टुन ११ सय २० रुपैयाँ भएकोमा शनिबार १२ सय ६० र आइतबार १३ सय १० रुपैयाँ पुगेको उपभोक्ता मञ्चका अध्यक्ष कोइरालाले जानकारी दिए । रातारात व्यापारीले दाल, चामल, प्याजलगायतका खाद्यान्नमा प्रतिकिलो दश रुपैयाँदेखि ३० रुपैयाँसम्म बढाएका उनले बताए।
आयात रोकिएको बहाना बनाउँदै व्यापारीले उपभोक्ताको ढाड सेक्ने काम भएकोले राज्यले चाँडै सामानको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।स्याङ्जामा दैनिक उपभोग्य सामग्रीको अभाव र मूल्यवृद्वि भएको छ।
दाल, चामल, तेल, गेडागुडीमा ह्वातै मूल्य बढाएपछि आफूहरू मर्कामा परेको उपभोक्ताले गुनासो गरेका छन् । केही दिनअघि एक सय ७० रुपैयाँमा किनेको अडहरको दाल अहिले २ सय ५ देखि १० रुपैयाँ, चामलमा प्रतिक्विन्टल ४ सय रुपैयाँ र तेलमा प्रतिलिटर १० रुपैयाँ, चनामा प्रतिकिलो ३० रुपैयाँ मूल्य बढेको छ।
व्यवसायीले खरिद गर्दा नै मूल्य बडेर आएको भन्दै उपभोक्तासँग बढी मूल्य लिने गरेका छन् । तरकारी तथा फलफूल व्यावसायी ज्ञानेन्द्र बास्तोलाले प्याजको मूल्य १ सय ३० पुगेको र अझै बढ्ने जानकारी दिए । खाद्य किराना व्यवसायी संघ कास्कीका अध्यक्ष धनीराम बरालले आयात रोकिएको बेला भारतबाट मूल्य वृद्वि गरेर आउने र व्यापारीले अलिअलि सामान भए पनि लुकाइदिने भएकोले उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुने गरेको बताए ।
अनुगमन गर्ने आश्वासन
बजारमा देखिएको कृत्रिम अभाव, कालोबजारीबारे सरोकारवाला निकायले अनुगमन र कारबाही गर्ने जनाएका छन्। व्यवसायीलाई आफूसँग भएका सामग्री बेच्न र नलुकाउन आग्रह गरिएको र अटेर गर्नेलाई ऐनअनुसार कारबाही उनीहरूले चेतावनी दिएका छन्।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालोबजारी गर्नेलाई कारबाही गरिने बताए। 'भएका सामान बेच्न भनेका छौं, लुकाएको पाइए अनुगमन गरेर कारबाही गर्नेछौं,' उनले भने।
उद्योग वाणीज्य संघ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले आयात रोकिएको र स्थानीय व्यवसायीसँग स्टक सकिएकाले आपूर्तिमा समस्या आएको बताए। पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन तथा निरीक्षण अधिकृत सुवास लामिछानेले समस्या समाधानका लागि पहल गर्ने बताए।

काठमाडौं, असोज ११ । प्रमुख तीन दलले संविधानप्रति असन्तुष्ट देखिएका मधेस केन्द्रित दलहरुसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठकले तराई मधेसमा भइरहेको आन्दोलनको समीक्षा गर्दै आन्दोलनरत मधेस केन्द्रीत दलहरु वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेका हुन् ।
समितिमा नेपाली कांग्रेसका तर्फबाट वन मन्त्री महेश आचार्य र एमालेका तर्फबाट अग्नी खरेल रहेका छन ।
एकीकृत माओवादीका तर्फबाट भने समितिमा रहने सदस्यको टुंगो लागेको छैन । बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनरत मधेसी दल तथा अन्य समूहहरुसँग छलफल गरी समितिले सहमतिको प्रयास गर्ने जानकारी दिए ।
तीन दलका शीर्ष नेताहरुको बैठकमा मधेसमा जारी आन्दोलन र भारतीय पक्षबाट भइरहेको अघोषित नाकाबन्दीलगायतका विषयमा पनि छलफल भएको थियो ।magekhabar.com