सोमबार, ११ असोज
काठमाडौं । आगामी गतेवाट विहारको विधानसभाको चुनाव सुरु हुदैछ । विधानसभा भनेको भारतीय संविधान अनुसार नेपालको प्रदेशसभा जस्तै हो जसले विहारको प्रादेशिक सरकारको चुनाव गर्दछ ।
दिल्लीमा आम आदमी पार्टीले मोदीको पार्टी भाजपालाई पनि पत्तासाफ गरि हराएजस्तै विहारमा नहोस भन्नका लागि तथा विहारको प्रदेश सभामा वहुमत जितेर इतिहासमा पहिलो पटक विहारमा भाजपाको सरकार वनाउनका लागि पनि नेपाल पुरै नाकावन्द गरेको रहस्य खुलेको छ ।
श्रोतका अनुसार विहार तथा विहारससँग सीमा जोडिएका नेपाली जिल्लाहरुमा दोहोरो नागरिकता भएकाहरुले भाजपालाई मत दिन लगाउन मोदीलाई मधेश सेन्टिमेन्ट प्रयोग गर्न विहारका भाजपा नेताहरुले केही हप्ता अघि सुझाव दिएका थिए ।
विहारसँग सीमा जोडिएका नेपालका जिल्लाहरुमा रहेका साठी प्रतिशत भन्दा बढीको विहारमा नाता कुटुम्व कोही न कोही रहेकोले मधेशको भड्काइएको भावनालाई आफ्नो पक्षमा पार्न सके विहारमा आफ्नो पक्षमा थप दश देखि पन्ध्र प्रतिशत मत आउने अनुमान पनि विहारी नेताहरुले मोदीलाई रिपोर्ट सुनाए पछि मोदीले जसरी भएपनि विहारको चुनाव जितेर इतिहास वनाउन नेपाललाई विहार चुनाव नसकिए सम्म नाकावन्दी गर्न आदेश दिइ अमेरिका भ्रमणमा गएको समाचार श्रोतको दावी छ ।
पटना स्थित समाचार श्रोतका अनुसार सोही दश देखि पन्ध्र प्रतिशत मत नै निर्णायक बन्ने देखिन्छ । मधेशका सम्वन्धका सम्भवै नभएका र अन्तराष्ट्रिय रुपमा अमान्य मागहरु र आफैले भारतमा अस्वीकार गरेका माग समेतपनि राख्न लगाएर निहु खोज्न र मधेशी भावना भड्काउन भाजपा नेतृत्व मरिमेटेर लाग्नुको एक अति महत्वपूर्ण कारण यहि विहारको चुनाव भएको र यस पछि जे गर्न पर्ला गरौंला भन्ने मोदीले सोचाइ वनाएको उच्च स्रोतको दावी छ ।
www.nepalsandesh.com

थरुहटका युवाले जलाएको प्रहरीको भनाइ
धनगढी : धनगढी नगरपालिकको मनेहरा जंगलमा नगर बसमा आगजनी गरिएको छ ।
धनगढी नगरपालिका–७ मा पर्ने मनेहरा जंगलमा केही बेरअघि कर्णाली यातायाताको से १ ख १०१७ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीपछि नगरबस पुर्णरुपमा जलेको छ । पाँचजनाको नकाबधारी समुहले बसमा ढुंगा हानेर रोकेपछि पेट्रोल खन्याएर आगो लगाएको चालकलाई उधृत गर्दै कैलालीका प्रहरी प्रवक्ता डिएसपी विश्वराज खड्काले बताए ।
थारु समुदायका युवकहरुले आगो लगाएको बस चालकले जानकारी दिएको डिएसपी खड्काले बताए । बसमा लगाइएको आगो निभाउन धनगढी नगरपालिकाको दमकल घटनास्थलतिर गएको छ ।
नगरबस, जुगेडा हुदै कनरीको बस्ती भएर धनगढी चल्ने पर्छ । कनरीदेखि धनगढीको झण्डै ५ किलोमिटरको दुरीमा डेढ किलोमिटर मनेहरा सामुदायिक वनक्षेत्र पर्छ । सोही वनमा बस जलाइएको हो ।
www.annapurnapost.com

बैंकक, ११ असोज । मानसिक सन्तुलन गुमाएको एक व्यक्तिले थाइल्याण्डको राजधानी बैंककमा पाँचजना बालबालिकाको घाँटी रेटेर हत्या गरेको समाचार छ ।
सो व्यक्तिले तरकारी काट्ने चक्कुले घाँटी रेटेर ती पाँचको हत्या गर्नुको साथै अर्की एकजना गर्भवती महिलालाई पनि चक्कु धसेर गम्भीर घाइते बनाएको छ । बैंककको चाई प्रकरण जिल्लामा आइबार अपरान्ह सो हत्याकाण्ड भएको थाइल्याण्डबाट प्राप्त समाचारमा जनाइएको छ ।
प्रहरी लेफ्टिनेन्ट कर्णेल सोम्बुत कालासुकले भने- एक मानसिक रोगीले पाँचजना बालबालिकालाई तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको छ । उनीहरु सबैलाई टाउको र घाँटीमा चोट लागेको छ । मारिनेमा पाँच महिनादेखि आठ वर्षसम्मका बालबालिका रहेका पनि उनले जानकारी दिए ।
गर्भवती महिलाको अवस्था पनि अत्यन्तै नाजुक रहेको अस्पतालले जनाएको छ । मारिनेमा एकजना बच्चा तिनै महिलाको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मारिने बच्चामध्ये तीनको शव घरभित्रै र एकजनाको आँगनमा भेटिएको थियो । बाँकी एकजनाको भने अस्पतालमा मृत्यु भएको हो । उक्त व्यक्ति केही महिनामात्र पहिला अस्पतालमा उपचार गराइ फर्किएको थियो । उसलाई प्रहरी नियन्त्रणमा राखिएको छ । रासस/एएफपी
dainiknepal.com

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेको जानकारी पार्टी बैठकमा गराएका छन् ।
नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर
आफूले गरेको फोन रेप्पोन्स नभएको र सहयोगीले फोन उठाएपछि मोदीलाई आफूले सन्देश दिएको प्रचण्डले बैठकमा बताएका हुन् ।
चिनियाँ राजदुतलाई बोलाएर प्रचण्डले भने- नाका खोल्न सहयोग गर्नुस्
जारी केन्द्रिय समिति बैठकमा प्रचण्डले आफूले नाकबान्दी खुलाउन कुटनीतिक प्रयास गरिरहेको तर भारतीय पक्षबाट सकारात्मक जवाफ आउने र ब्यवहारमा लागु नहुने भैरहेको जानकारी समेत गराएका छन् ।
मोदीलाई शनिबार नै फोन गरेका प्रचण्डले उनका सहयोगमार्फत मोदीलाई सन्देश पठाएका बताइएको छ । भारतीय पक्षले आस्वासन दिने तर लागु नगर्ने गरेको जानकारी प्रचण्डले नेताहरुलाई गराएका छन् ।
बाबुरामलाई दिल्लीको दलाल देख्नु मण्डले राष्ट्रवाद- खगेन्द्र संग्रौला
प्रचण्डले आफूले चिनियाँ पक्षलाई पनि छिटो भन्दा छिटो नाका खोल्न आग्रह गरिसकेको जानकारी गराएका छन् ।

काठमाडौं : अन्तर्राष्ट्रिय कानुन तोड्दै भारतले नेपालमा नाकाबन्दी गरेको विरोधमा विद्यार्थी संगठनहरुले सोमबार दिउँसो लैनचौरस्थित भारतीय दूतावासको कार्यालय घेराउ गरेका छन् ।
अस्कल क्याम्पसबाट निस्केको विद्यार्थीहरुको जुलुसले नाराबाजी गर्दै भारतीय दूतावास घेरेको हो ।
नेपालको राष्ट्रिय झण्डा बोके विद्यार्थीहरुले भारतले गरेको नाकाबन्दीको नाराबाजी गर्दै बिरोध गरे । जुलुसमा देशमा क्रियाशिल सबै विद्यार्थी संगठनका अध्यक्षहरु सहभागी भएका अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले बताए ।
विद्यार्थीहरुले करिब एक घण्टासम्म दूतावास घेराउ गरेका हुन् । विद्यार्थीहरुले दूतावास घेराउ गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपनि अप्रिय घटना भएन।
जुलुसमाथि प्रहरीले हस्तक्षेप गर्न खोजे पनि झडप भने नभएको लामिछानेले बताए ।
भारतले नेपालमाथिको नाकाबन्दी हटाएर अनावश्यक हस्तक्षेप नगर्ने प्रतिवद्धता नजनाएसम्म उ विरुद्ध आन्दोलन चर्काइरहने विद्यार्थी संगठनहरुले जनाएका छन् ।
विद्यार्थीहरुले भारतीय नाकाबन्दीलार्इ अन्तर्राष्ट्रियकरण गर्न मंगलबार संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउने भएका छन् । www.annapurnapost.com

काठमाडौँ, ११ असोज, आज आकाशमा विचित्रको खगोलिय घटना हुन पुगेको छ । विश्वका खगोलीय वैज्ञानिकहरु सो घटनालाई गहिरिएर हेरी रहेका छन् । पूर्वीय दर्शनअनुसार आज पूर्णिमाको दिन हो । पश्चिमी वैज्ञानिक तथा दार्शनिकहरु आजको दिनलाई सुपरमुन डेको रुपमा अध्ययन र अनुसन्धानमा छन् । सुपर मुनको अर्थ आज चन्द्रमा उसको कक्षबाट पृथ्वीको सबैभन्दा नजिक आइपुग्ने र आकाशमा सामान्य भन्दा ठूलो आकारमा देखिने गर्दछ । साथै आजको चन्द्रमाको रङ पनि रातो देखिने हुन्छ । त्यसैले पनि खगोलविद्हरुले आजको दिनलाई असाधारण मानेका छन् ।
आज लागेको चन्द्र ग्रहण पश्चिम युरोप, उत्तर र दक्षिण अमेरिका तथा पश्चिम अफ्रिकाबाट प्रस्टै देखिएको छ भने उत्तर अमेरिकाको पश्चिमी भाग, पश्चिम युरोप र अफ्रिका बाहेक मध्य पूर्वी र दक्षिणी एशियाबाट भने आंशिक मात्रै देखिएको छ । बेलायतमा सोमबार विहान तथा उत्तर र दक्षिण अमेरिकामा आइतबार चन्द्र ग्रहण र सुपर मुनको अवलोकन गरिएको छ ।
विरलै हुने यस्तो घटनालाई खगोलविद्ले निक्कै चासो र महत्व दिएर अध्ययन, अनुसन्धान गरिरहेका छन् भने यसले प्राणी जगत र खगोलिय पिण्डमा पर्ने असरको बारेमा अध्ययन भइरहेको बताइएको छ । खगोलिय पिण्डमा हुने यस्तो प्रकारको घटना यसअघि सन् १९८२ मा देखिएको थियो भने सन् २०१५ को आजको दिन दोस्रो पटक देखिएको हो । साथै अब यस्तो घटना सन् २०३३ मा मात्रै देख्न पाइने खगोलविद्हरुले बताएका छन् ।
सुपरमुन र चन्द्र ग्रहण एकै पटक पर्नुलाई केही खगोलविद्हरुले निक्कै आश्चर्यको र खगोलिय पिण्डमा उतारचढावको दिनको रुपमा लिए पनि यस्ता घटनाले अन्य कुनै दुर्घटना निम्त्याउँछ भन्ने पुष्टि नभएकोले केही खगोलविद्हरुले सर्वसाधारणलाई हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् । उनीहरुले यो संयोग मात्रै भएकोले यसबाट प्राणी जगतमा कुनै प्रत्यक्ष हानी नपर्ने दाबी सहित अध्ययन भने भइरहेको उल्लेख गरेका छन् ।
तस्विर: एपी
aajakokhabar.com.

काठमाडौँ : वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले नयाँ संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दीबारे दिल्लीमा भारतीय अधिकारीसमक्ष कुरा राख्ने भएका छन्।
नेपाल–भारत वाणिज्य मन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार थापा नयाँ दिल्ली पुगेका छन्। प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री थापाले भारतीय सीमा क्षेत्रमा देखापरेका अवरोधलाई संवादका माध्यमबाट हल गर्न सकिने र त्यसबारेमा भारतीय समकक्षी एवम् अन्य उच्च राजनीतिक नेतृत्वसँग वार्ता गर्ने बताए।
तीनदिने सो बैठकमा दुई मुलुकको वाणिज्य तथा आपूर्तिका विविध विषयमा छलफल हुनेछ । थापाले संविधानसभामार्फत जारी भएको नेपालको नयाँ संविधानबारे भारतीय उच्च राजनीतिक नेतृत्वसँग छलफल हुने बताए।
दिल्ली जानुअघि मन्त्री सुनिलले प्रधानमन्त्री तथा तीन दलका नेताहरुसँग पनि छलफल गरेका थिए।
annapurnapost.com