• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
मोरङ, १२ असोज । बन्दकर्ताको दबाबपछि बन्द भएका केही विराटनगरका पसल आज मोरङ प्रहरीले खुलाएको छ ।
मोरङ प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालका अनुसार विराटनगरमा बजार, पसल बन्द गराउँदै हिँडेका बन्दकर्तालाई प्रहरीले पक्राउको तयारी गरेपछि बन्द गराउन छाडेर भागेका कारण आन्दोलनकारीले बन्द गराएका पसल प्रहरीले खुलाएको हो ।
संयुक्त मधेसी मोर्चाको नाममा बन्द गराउँदै आएका १०/१२ जनाको एक समूहलाई प्रहरीले पक्राउ गर्न खोजेपछि बन्दकर्ता मोटरसाइकलमा चढेर भागेको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । बन्दकर्ताको नाममा विभिन्न ठाउँमा बन्द गराउँदै हिँड्ने र धम्की दिनेहरुलाई तत्काल पक्राउ गरेर कारबाही अघि बढाइने एसपी लम्सालले बताउनुभयो ।
सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै संयुक्त मधेसी मोर्चाले आह्वान गरेको विगत डेढ महिनादेखि विराटनगर बजार बन्द गराउँदै आएको छ । प्रहरीको सहयोगमा यस्तै एक दुई पसल खोल्ने गरिएको छ । रासस
dainiknepal.com
महोत्तरी, १२ असोज । गाउँकै एक युवतीको हत्यामा संलग्न भएको आरोपमा नेपाली काँग्रेस महोत्तरी क्षेत्र नं ६ का क्षेत्रीय सभापति रामश्रेष्ठ महतोलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
सुन्दरपुर–७ सिंहासनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी सबिताकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा सभापति महतोलाई महानगरीय प्रहरी वृत्त कार्यालय गौशाला, काठमाडौंले राजधानीको गौशाला क्षेत्रबाट पक्राउ गरेको हो ।
गाउँकै रामजानकी मन्दिरको परिसरमा रहेको इनारमा २०७२ साल भदौ १४ गते सबिताको लास फेला परेपछि मृतकका परिवारजनले सभापति महतोलगायत अन्य पाँचजनाको नामै किटान गरी इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा उजुरी दिएको प्रहरीस्रोतले जनाएको छ ।

घटनाका मुख्य योजनाकार सोही गाउँका रामजीवन राउतलाई प्रहरीले घटनापश्चात् तत्कालै पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो । महोत्तरीको सुन्दरपुर घर भएका महतो घटनापश्चात् पक्राउ पर्ने डरले फरार रहँदै आएका स्थानीय बासिन्दाले बताएका छन् ।
महतोलाई कर्तव्यज्यान मुद्दाको आरोपमा प्रहरीले आइतबार साँझ राजधानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ सिंह राणाले बताउनुभयो । उनलाई गएराति महोत्तरी ल्याएको र आज अदालतमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अभियुक्त महतो गौशालास्थित नवीन जनसेवा अस्पतालका सञ्चालकसमेत रहेका छन् । रासस
dainiknepal.com
मंगलबार, १२ असोज
जनकपुर । एमाओवादी पार्टी र संसदबाट राजिनामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जनकपुर पुगेर नयाा पर्टी खोल्ने घोषणा गरेका छन् ।
मधेशी मोर्चा संवद्ध जनआन्दोलन समितिले आयोजना गरेको सभामा सहभागी हुन् जनकपुर बिमानस्थलमा पत्रकार संग नयाँ पर्टी खोल्ले बताएका हुन् ।
आफु आन्दोनलको लागी जनकपुर नआएको तर मधेसको समस्या समाधानका लागि आएको बताएका हुन् ।
उनले एमाओवादीले मधेसीमा मुद्धालाई धोखा दिएकोले आफु निरन्तर मधेसी समुलायको पक्षमा लड्ने बताए । भट्टराईले केहीबेरमा बाबुराम पक्षका मधेसी नेताले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
www.nepalsandesh.com

काठमाडौं, १२ असोज । एकीकृत नेकपा माओवादी पार्टी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसमा ‘सेफ ल्याण्डिङ’ गरेका छन् । माओवादी पार्टी छोडेपछि बाबुराम पहिलोपटक मंगलबार मधेसको सहर जनकपुर पुगेका हुन् ।
जनकपुर पुगेलगत्तै बाबुरामले मधेसी समुदायलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएका छन् । सुरुमा आफू आन्दोलनकारी नभई सहजकर्ताका रुपमा मधेस आएको बताएका बाबुरामले पहाडी शासकले मधेसलाई सधै धोका दिएको भनेर उत्तेजित अभिव्यक्ति दिए । जनकपुर विमानस्थलमा ‘सेफ ल्याण्डिङ’ गरेका बाबुरामले भने- ‘म आन्दोलनकारी होइन । मधेसको समस्या समाधानका लागि सहजकर्ताका रुपमा यहाँ आएको हुँ ।’
त्यसलगत्तै उनले पहाडी शासकले मधेसलाई सधै धोका दिएको आरोप लगाए । उनले आफूमाथि पनि अविश्वास भएको बताउँदै पार्टी र संसद्बाट राजीनामा दिएर मधेसी दाजूभाईलाई सहयोग गर्न आएको बताए ।
४५ दिनदेखि मधेसमा भइरहेको आन्दोलनलाई वार्ताबाट समाधान खोज्नुपर्ने बताउँदै उनले मधेसका मुद्दालाई सम्बोधन गर्नका लागि संविधान जारी गर्नुभन्दा पहिले पनि आफूले धेरै पहल गरेको तर, तीनै दलका शीर्ष नेताहरुलाई पटकपटक आग्रह गर्दा पनि कसैले कुरा नसुनेको गुनासो गरे ।
संविधानमा मतदानअघि नै मधेससँग वार्ता गरेर समाधान खोज्न पार्टी अध्यक्ष प्रचण्डलार्इ अनुरोध गरे पनि नमानेको उनको आरोप छ ।यसअघि मधेसी मोर्चाको विरोधका कारण शुक्रबार जनकपुर जाने बाबुरामको कार्यक्रम स्थगित भएको थियो ।
dainiknepal.com
भैरहवा: भैरहवाको सुनौली नाकामा बन्दकर्ता र स्थानीयबीच झडप भएको छ।

नाकामा बसेर स्थानीयलाई समेत आवतजावत गर्न रोक लगाएका प्रदर्शनकारीविरुद्ध स्थानीयले विरोध गरेपछि झडप भएको हो। स्थानीय प्रतिकारपछि दसगजाबाट भाग्दै भारतीय भूमितर्फ अघि बढेका आन्दोलनकारीहरुले नेपालतिर ढुंगामुढा गरेका थिए।

नाकाको अवरोध खुलाउन स्थानीयले बिहानदेखि नै सिमामा प्रतिकार गरिरहेका छन्। स्थानीयको कडा प्रतिकारपछि सोमबार भैरहवा नाका खुलेको थियो। मंगलबारदेखि मधेसी मोर्चाका कार्यकर्ताहरु फेरि नाकामा धर्ना दिएर अवरोध सुरु गरेका थिए।


सिमा ठप्प पार्ने आन्दोलनको नेतृत्व महेन्द्र यादव, सन्तोष पाण्डे, अमप्रकाश यादवले गरिरहेका छन्।
annapurnapost.com
काठमाडौं, १२ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारतले अहिले अघोषित नाकाबन्दी गरिरहेको छ ।
अघोषित नाकाबन्दीका कारण भारत सरकारको चर्काे अलोचना भइरहेको छ । देशभित्रैबाट समेत भारत सरकारको नेतृत्व सम्हालिरहेका नरेन्द्र मोदीलाई नेपालमा लगाइएको नाकाबन्दी खोल्न चर्काे दबाब परेको छ ।
विश्वभर र देशभित्रैको चर्काे दबाबका कारण नाकाबन्दी हटाउने मनस्थितीमा मोदी पुगेको दिल्ली स्रोतले जनायो ।

तर, अझैपनि भारत सरकार नाका खोल्न आनाकानी गरिरहेको छ । त्यसको कारण मधेसी मोर्चा । मधेसी मोर्चाका १०/१२ जना कार्यकर्ताको डरले भारतले नाकाबन्दी नखुलाएको स्रोतको दाबी छ ।
माथि राखिएको फोटोमा मधेसी नेता जेपी गुप्तासहित १०/१२ जना नेता कार्यकर्ता सीमा नाकामा धर्ना दिइरहेका छन् । उनीहरुले महोत्तरीमा सीमा नाकामा अवरोध खडा गरेका छन् । मधेसी मोर्चाका यी १०/१२ नेताको धर्नाको कारण भारतले नाकाबन्दी खोल्न डराएको उसले जारी गरेका व्यक्तव्यमा प्रष्टसँग उल्लेख गरिएको छ ।
पछिल्लो समय भारतले जारी गरेका वक्तव्यमा मधेसी मोर्चाको अवरोधका कारण सामग्री ढुवानी गर्न नसकिएको र मधेसको समस्या समाधान गरेमात्रै नाकाबन्दी खुल्ने जनाएको छ ।
उसो १०/१२ जनालाई स्थानीय प्रशासनले लखेटेर सहज रुपमा नाकाबाट सामग्री आयात गर्न सक्छ । तर, भारत यिनै १०/१२ जना मधेसी मोर्चाका नेता कार्यकर्तासँग डराएर नाका खोल्न मानेको छैन् ।
नेपालको संविधानमा असन्तुष्टि जनाएको भारतले मधेसी मोर्चाका १०/१२ नेताको डर मानेरै महोत्तरीका नाका बन्द गरेको हो त ? यो प्रश्न पनि यहाँनेर आउँछ । भारतले नाका खोलिदिए १०/१२ जनालाई तह लगाउन सकिन्छ तर, त्यसो भइरहेको छैन् । यहाँनेर भारतले बहाना बनाएको प्रष्ट देखिन्छ । तर, उसका पछिल्ला वक्तव्यले मधेसी मोर्चाका १०/१२ नेता कार्यकर्तासँग डराएरै नाकाबन्दी खुलाउन नचाहेको देखिन्छ ।
यसो भन्छन् जेपी गुप्ताः
तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ता आज दिउसो जलेस्वर–भिठ्ठामोड बोर्डरमा धरनामा बस्नुभयो । उक्त समयमा उहाँले भन्नुभयो- ‘मधेसी जनता बर्षौदेखि आफ्ना मागहरु राख्दै आएको हो । भारतले त पहिलो पटक मधेसीको मागमा सानो सहानुभूति देखाएको हो । मधेसीको मागलाई भारतको माग भनी गलत ब्याख्या गर्नु भन्दा राज्यले मधेसीको माग पुरा गर्नुपर्दछ ।
त्यसपछि पनि सीमामा नाकाबन्दी भए भारतलाई दोष दिनु ठिक ठहर्छ । मधेसीको मागबाट जनताको ध्यान अन्त लान राज्यले बदनीयत पूर्ण तरिकाले भारतलाई समस्या बताउँदै छ । यसबाट समस्या अझ जटिल बनाएको छ, राज्यले’ गुप्ताले भन्नुभयो ।
dainiknepal.com
काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भारतीय हस्तक्षेपविरुद्ध कडा प्रतिक्रिया जनाउनुभएको छ ।
मंगलबार सामाजिक सञ्जालमा आक्रोश पोख्दै नेता थापाले नाकाबन्दी फिर्ता नलिए भारतले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको हो ।
नेता थापाले भन्नुभएको छ-‘संसारकै ‘ठूलो लोकतन्त्रको’ सानो छिमेकीसँगको यस्तो तुच्छ व्यवहारले हामीलाई सानो दुख हुन्छ, तर अन्ततःठूलोले नै ठूलो क्षति ब्योहोर्नुपर्छ ।’
नजिकको छिमेकी हुँ भन्दै भारतले नेपालीमाथि तुच्छ व्यवहार गर्नु निन्दनीय कदम भएको उहाँको ठहर छ । नेपालमा संविधान जारी भएदेखि असन्तुष्ट भारतले विभिन्न वहाना बनाएर नेपालमाथि अघोषित नाकाबन्दी गर्दै आइरहेको छ ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home