काठमाण्डु टुडे डेस्क/काठमाण्डु, १४ असोज– नेपालको संविधानमा असन्तुष्ट जनाउँदै भारतले नेपालमा नाकाबन्दी गरेपछि त्यसको घाटा भारतले नै ब्यहोर्नु परेको छ । नाकाबन्दी भएको दुई हप्ता पुग्दा भारतीय ब्यापारीलाई त्यसको नकारात्मक असर त पुगेको छ नै भारत सरकारले पनि थुप्रै आलोचना खेप्नु परेको छ ।
विश्वमा बलियो राष्ट्रका रुपमा स्थापित हुने सपना बोकेको भारत सुरक्षा परिषदको सदस्य राष्ट्र बन्न नपाउनु त्यसको गतिलो उदाहरण हो । नेपालमा
गरेको नाकाबन्दीका कारण रुस र चीनले भारतलाई समर्थन नगरेपछि भारतको सदस्य बन्ने सपना अधुरै हुने देखिएको हो । यस्तोमा भारतले थप दबाब झेलेको र नेपालको नाकाबन्दी खोल्ने सम्भावना बलियो बनेको देखिन्छ ।
तर, भारत नेपालसँग सजिलै झुकेर नाकाबन्दी खुलाउने पक्षमा भने छैन । ‘म पिटेजस्तो गर्छु त रोएजस्तो गर’ भन्ने उखान जस्तैगरी भारत नेपालले आफ्ना अधिकतम माग पुरा गरेको भन्दै नाकाबन्दी खोल्ने पक्षमा रहेको बताइन्छ ।
यसै विषयमा छलफलप गर्नका लागि मोदी न्युयोर्कबाट भारत फर्किएको जानकारहरुको ठम्याई छ । मोदीको जतिसक्दो छिटो नेपालसँग कुरा मिलाएर नाकाबन्दी खुलाउने र भारतलाई सुरक्षा परिषदको सदस्यको दाबेदारीका रुपमा प्रस्तुत गर्ने योजना रहेको छ । त्यसका लागि मोदीका विशेष ब्यक्ति काठमाण्डुमा रहेको र मधेसी दललाई पनि वार्ताको संकेत आइसकेको चर्चा चल्न थालेको छ ।
यससँगै दलहरुले मधेसका माग पुरा गर्ने भन्दै अभिब्यक्ति दिन थाल्नुले पनि समस्या छिट्टै हल हुने संकेत देखिन्छ । संविधान संशोधन गरेर मधेसका केही माग समेट्ने र त्यसो गर्दा भारतलाई पनि मागको समर्थन भएकाले नाकाबन्दी फिर्ता लिएको भनेर आफ्नो अस्तित्व जोगाउने अवसर मिल्ने जानकारहरु बताउँछन् ।
सोही योजना अनुरुप अहिले नेपाल संविधान संशोधनको तयारीमा लागेको र भारत नेपालमा संविधानको संशोधनपछि नाकाबन्दी खोल्ने शुरमा रहेको स्रोत बताउँछ ।
athmandutoday.com

काठमाण्डु, १४ असोज– भारतले अघोषित नाकाबन्दी गरेपछि चीनको नाका खुलाउनुपर्ने सर्वत्र बहस भैरहेका बेला एनेकपा माओवादीका नेता अग्नि सापकोटाको नेतृत्वमा तातोपानी नाका खुलाउन बिहीबार त्यहाँका सरोकारवाला पक्षसँग छलफल भएको छ ।
स्थलगत निरिक्षणका क्रममा सो पार्टीका भातृसंगठन वाइसिएल र अखिल क्रान्तिकारीका प्रतिनिधी सहित त्यहाँ पुगेका सापकोटाले चीनतर्फका तातोपानी नाकाका सुरक्षा प्रमुखसँग समेत छलफल गरेका थिए । सुरक्षा प्रमुखले सो नाका खुलाउन अबिलम्ब लाग्ने प्रतिबद्धता जनाएको सापकोटाले बताएका छन् । नेपाल सरकारको तदारुकता भए हप्ता दिनभित्र नाका सञ्चालन हुनसक्ने समेत उनले बताए ।
kathmandutoday.com

राष्ट्रपतिबाट ६ वटा विधेयक प्रमाणीकरण
काठमाडौँ, १४ असोज । राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्बाट पारित छ वटा विधेयकको आज प्रमाणीकरण गर्नुभएको छ । नयाँ संविधान जारी भएपछि राष्ट्रपति यादवले विधेयक प्रमाणीकरण गर्नुभएको यो पहिलो अवसर हो ।
प्रमाणीकरण भएका विधेयकमा विनियोजन ऐन २०७२, आर्थिक ऐन २०७२, राष्ट्र ऋण उठाउने ऐन २०७२, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संसोधन गर्ने ऐन २०७२, केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२ र भूमिसम्बन्धी (छैटौँ संशोधन) ऐन २०७२ छन् ।
राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम ती विधेयकको प्रमाणीकरण गरिएको हो ।
- dainiknepal.com

'केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दाबी'
काठमाडौं, १४ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकबाट बाहिरिँदै अध्यक्ष प्रचण्डले बैठकमा नयाँ सरकार गठनबारे छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘भोलीदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । संविधान कार्यान्वयन सुरु गर्नपर्यो । त्यसका कारण अबको एक हप्ताभित्र नयाँ सरकार गठन हुनुपर्छ । जहाँसम्म नेतृत्वको कुरा छ त्यो १६ बुँदे सहमति अुनसारै हुन्छ ।’
तीन दलबीच भएको १६ बुँदे सहमतिमा संविधान निर्माणपछिको सरकारको नेतृत्व एमालेले पाउने उल्लेख छ । त्यसैअुनसार प्रचण्डले एमाले अध्यक्ष ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दाबी गर्नुभएको हो ।
अहिलेको संविधान कार्यान्वयन गर्न राष्ट्रिय सरकारमा अधिकमत दलहरुको सहभागिता रहने प्रचण्डको भनाई छ । ‘संविधान कार्यान्वयनको मूख्य जिम्मेवारी अहिले हाम्रो काधँमा छ’ उहाँले भन्नुभयो-‘त्यसलाई कार्यान्वयन गर्न सरकारमा प्रमुख तीन दलकै सहभागिता हुन्छ । साथसाथै कमल थापा, विजय गच्छदार जो-जोलाई ‘कन्भिन्स’ गर्न सकिन्छ उहाँहरुलाई पनि समावेश गर्छाै ।’
राष्ट्रिय सरकारमा आफ्नो भने कुनै पनि पदमा भूमिका नहुने प्रचण्डले स्पष्ट पार्नुभयो ।

काठमाडौं, १४ असोज । भारत र पाकिस्तानको दुश्मनी संयुक्त राष्ट्रसंघको महासभामा समेत छर्लङ भएको छ ।
विवादित राज्य जम्भू काश्मिरको मुद्दा र नेपालमाथि लगाएको नाकाबन्दी मुद्दामा पाकिस्तानले राष्ट्रसंघमै भारतमाथि आक्रोश पोखेको हो । महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले कुनै पनि प्रकारको बलको धम्की दिएर छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी दिनुभयो ।
प्रधानमन्त्री शरीफले आफ्नो छिमेकीले पाकिस्तानमा अस्थिरता निम्त्याउन लागिपरेको आरोप लगाउनुभयो । पाकिस्तानले आतंकवादसँग जुधिरहेको र दक्षिण एशियामा शान्ति सुव्यवस्था कायम गर्न प्रयत्नरत रहेको शरीफले बताउनुभयो ।
गरीबी र शस्त्रीकरण भारत र पाकिस्तानका साझा समस्या भएकाले तिनीहरुसँग मिलेर जुध्न आग्रह गर्दै प्रधानमन्त्री नवाजले आफ्नो छिमेकीलाई कुनै पनि प्रकारको बल प्रयोग गरेर वा बल प्रयोग गर्ने धम्की दिएर नतर्साउन भारतसँग आग्रह गर्नुभयो ।
उनले नेपालको नाकाबन्दीको संयुक्त राष्ट्रसंघमा सांकेतिक उदाहरण प्रस्तुत गर्दै आफूलाई शक्तिशाली देखाउन साना देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिनुभएको हो । आफ्नो सम्बोधनका क्रममा शरिफले विवादित काश्मिर मुद्दालाई समेत राष्ट्रसंघ महासभामा जोर तोरका साथ उठाउँदै भारतविरुद्ध बोल्नुभएको थियो ।
ainiknepal.com

पछिल्लो समय काँचको पर्दामा श्रीमान-श्रीमतीका रुपमा देखिदै आएका छन् केदार घिमिरे ‘माग्ने बुढा’ र सुनीता गौतम ‘मैयाँ’ । उनीहरु दम्पित्तिका रुपमा देखिन थालेको एक दशक भइसक्यो ।
हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’ मा माग्ने र मैयाँ बनेर खेलेका उनीहरुले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । ठेट गाउँले भूमिकामा देखिने यो जोडीलाई दर्शकले निकै मन पराउछन् । माग्नेबुढासितको आफ्नो यात्रालाई मैयाँले यसरी वर्णन गरिन् :
केदार दाईसँग मेरो पहिलो भेट १० वर्ष अगाडी कलंकीमा भएको थियो । त्यतिबेला निशान बजगाईसँग मेरो भर्खर ‘लभ’ सुरु भएको थियो । हामी डेटिङका लागि कलंकी पुगेका थियौं । घर जानका लागि बस चढ्ने तयारी गरिरहेका बेला श्रीमानले भन्नु भयो-‘एकपटक केदार दाईलाई भेटेर जाउँ ।’ उहाँको केदार दाईसित पुरानो चिनजान रहेछ ।
कलंकीमा केदार दाईको एउटा क्यासेट पसल रहेछ । त्यही सिताराम कट्टेल दाई पनि हुनुहुँदो रहेछ । कुराकानी भयो । उहाँहरु त्यतिखेर ‘जीरे खुर्सानी’मा अभिनय गर्नुहुन्थ्यो । मेरो श्रीमान्ले केदार दाईसँग कुरा गर्दै भन्नु भयो, ‘यो मेरो गर्लफ्रेण्ड हो । अभिनयप्रति असाध्यै रुची राख्छे । यसलाई पनि खेलाउनुपर्यो ।’
केदार दाईले हुन्छ, पछि काम गरौंला भन्नु भयो । उहाँहरुले नयाँ कमेडी सिरियल बनाउने योजना बनाएको पनि त्यतिवेलै सुनाउनु भएको थियो । त्यसको केही दिनपछि ‘मेरी बास्सै’को सुटिङ भयो । केदार दाईले मलाई बोलाउनु भयो, गएँ । सुरुमा मैले थापा काजीको श्रीमतीको भुमिका निर्वाह गरेकी थिएँ । केही भागसम्म मैले थापा काजीकी श्रीमती भएरै काम गरे ।
अभिनयकै क्रममा केदार दाईले थापाकाजीको श्रीमतीलाई माग्नेले भगाएको सिचुएसन बनाउनु भयो । माग्नेले मैयाँलाई भगाएको दृष्य दर्शकले निकै रुचाए । त्यसपछि म माग्नेकै बुढी भएर बसें ।
पोखरीमा धकेलिदिए माग्नेले
दश वर्ष भयो केदार दाईसँग काम गरेको । उहाँको मिहेनत असाध्यै लोभलाग्दो छ । काम गर्दा पटक्कै अल्छी गर्नुहुन्न । सुटिङ सुरु गरेपछि पानी परोस्, घाम चर्कोस् वा अरु जेसुकै होस् काम नसकेसम्म दायाँबायाँ गर्नु नै हुन्न ।
रुख चढ्ने, कुस्ती खेल्ने, हाम फाल्ने, दगुर्ने जस्ता दृष्य उहाँ जहिल्यै रियल गर्नुहुन्छ । कहिल्यै चिटिङ गर्नुहुन्न । उहाँ त रुख चढ्न र पौडी खेल्न धेरै सिपालु हुनुहन्छ । जस्तोसुकै अप्ठयारो ठाउँमा पनि जानसक्नु हुन्छ ।
तर, म त्यस्तो काम गर्न सक्दिन । त्यस्तो वेला भने जोड गर्नुहुन्छ । गरेपछि सकिहालिन्छ नि भनेर । एउटा सिन रहेछ पौडी खेल्न पर्ने । मलाई त पौडी खेल्न पटक्कै आउदैन थियो । उहाँले सकिहाल्छ्यौ नि भन्दै जर्बजस्ती पोखरीमा धकेलिदिनु भयो । मेरो त सात्तो गयो ।
www.onlinekhabar.com

आश्विन १४, २०७२- संविधानसभा व्यवस्थापिका संसद्मा रुपान्तरित भएपछिको पहिलो अधिवेशन शुक्रबार सुरु हुँदैछ । संसद अधिवेशन प्रारम्भ भएको सात दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने संविधानमा व्यवस्था छ ।
प्रधानमन्त्री सुशील कोइराला निकट एक मन्त्रीका अनुसार संविधान कार्यान्वयनको लागि भोलि शुक्रबार नै प्रधानमन्त्रीले राजीनामा गर्ने सम्भावना छ । शुक्रबार बस्ने संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले राजीनामा गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
संविधानको संक्रमणकालीन व्यवस्थामा नै अधिवेशन सुरु भएको एक साताभित्र राजनीतिक सहमतिको सरकार गठन गर्ने र त्यसो हुन नसकेमा संसदको बहुमतले प्रधानमन्त्री चयन गर्ने व्यवस्था छ । संविधानको उक्त व्यवस्था कार्यान्वयनका लागि प्रधानमन्त्रीले राजीनामा गर्न लागेको ती मन्त्रीले बताए ।
‘प्रधानमन्त्रीले सदनलाई सम्बोधन गरी राजीनामा दिए लगत्तै राष्ट्रपतिले सात दिनभित्र सहमतिको सरकार गठनको आह्वान गर्नेछन्,’ स्रोतले भन्यो, ‘संविधानमा नै सात दिनमा सहमतिको सरकार गठन हुन नसकेमा बहुमतीय प्रक्रिया सुरु हुने संक्रमणकालीन व्यवस्था भएकाले विगतमा जस्तो सहमतीय सरकारका लागि म्याद थप हुने सम्भावना छैन ।’
सबै दलको समर्थनबिना सहमतिको सरकार गठन नहुने भएकाले संसद्ले असोज २२ देखि बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ गर्ने सम्भावना छ ।
अन्तरिम कार्यविधिमार्फत प्रधानमन्त्री चयनको प्रक्रियाअघि बढाउन सकिने निष्कर्षसहित संसद् सचिवालयले राष्ट्रपति निर्वाचनको कार्यविधि सहितको पूर्ण नियमावली मस्यौदाको गृहकार्य सुरु गरेको छ ।antipur.ekantipur.com