ओलीले भारतले नेपालमा गरेको नाकाबन्दी गर्नै नहुँने काम भनी टिप्पणी गरेका छन् । उनले देशको लागि लिइएको अडानबाट पछि नहट्ने बताए ।
आश्विन १४, २०७२- एमाले अध्यक्ष केपी अाेलीले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला चीनसँग तेल ल्याउने सहमति भए पनि भारतीय राजदूतले धम्क्याएपछि सहमति कार्यान्वयनमा नआएको दाबी गरेका छन् ।
‘गिरिजाप्रसाद कोइरालाको पालामा चीनसँग ५ वर्षका लागि तातोपानी नाकाबाटै नेपाललाई पेट्रोलियम पदार्थ दिनेबारेमा सहमति भएको थियो’, उनले भने, ‘लगत्तै भारतीय राजदूतले कोइरालालाई धम्क्याएपछि त्यो सहमति कार्यान्वयन भएन, अब त्यो सहमति कार्यान्वयनमा ल्याउन चीनसँग पहल गर्नुपर्छ ।’
नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेसँगको वार्तापछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । बिजुक्छेसँग आफूले यही सहमति कार्यान्वयन गर्नुपर्नेबारे छलफल गरेको ओलीले बताए । बिछुक्छेंलाई भेट्न ओली उनको निवास कमलविनायक पुगेका थिए ।
ओलीले भारतले नेपालमा गरेको नाकाबन्दी गर्नै नहुँने काम भनी टिप्पणी गरेका छन् । उनले देशको लागि लिइएको अडानबाट पछि नहट्ने बताए ।
बिजुक्छेंसँग संविधानको कार्यान्वयन, देशको राजनीतिक अवस्था र भूकम्पले भत्काएको संरचनाको पूर्ननिर्माण कसरी गर्ने बिषयमा छलफल भएको ओलीले बताए ।
भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशमा केही दिन यतादेखि पेट्रोलियम पदार्थको अभाव भएपछि आज असोज १४ गते नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीको अध्यक्षतामा बसेको 'पेट्रोलियम पदार्थ अभाव' विषयक बैठक सम्पन्न भएको छ।
बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।
विभिन्न कारणले पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भई सृजित समस्या सामाधानका लागि लागत, समय, गुणस्तर र दिगोपना लगायतका विषयमा विश्ले षण गरी आगामी तीन महिनाको लागि पेट्रोलियम पदार्थको मागको आकंलन गरी आपूर्तिको भरपर्दो बैकल्पिक उपायहरु समेत खुलाई गृह मन्त्रालय, वाणिज्य र अर्थ मन्त्रालयले ठोस प्रस्ताव तयार गरी कार्यान्वयन यथाशीघ्र अघि बढाउने।
गृह सचिवको संयोजकत्वमा रक्षा सचिव, अर्थ सचिव, वाणिज्य तथा आपूर्ति सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य रहने समिति गठन गरी आपूर्ति व्यवस्थाको निरन्तर सहजीकरण गरी राय सुझाव पेश गर्ने ।
सेवा प्रवाहका लागि अग्रपङ्तीमा खडा भएका भन्सार सुरक्षा निकाय र अन्य वस्तु र सेवा आपूर्ति गर्ने कार्यमा संलग्न भएका निकायहरुलाई नेपालीहरुको महान चाड दशै, दिपावली, छठ लगायतका चाडहरु नजिक आईरहेको अवस्थालाई समेत मध्यनजर गरी आपूर्ति व्यवस्था सहजका लागि प्रभावकारी व्यवस्था गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिने तथा जिल्लामा यस कार्यको समन्वय प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिने ।
नेपालीहरुको महान चाडमा काठमाडौंबाट बाहिर जाने र आउने यात्रीहरुको लागि भरपर्दो स्थलमार्गको सार्वजनिक यातायात व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, हवाई मार्गको यातायात व्यवस्था संस्कृत्ति, पर्यटन तथा नागरिक उड्डोयन मन्त्रालयले मिलाउने, सवारी साधनको सुरक्षा व्यवस्था गृह मन्त्रालयले र इन्धनको व्यवस्था वाणिज्य तथा आपूर्ति मन्त्रालयले मिलाउने। kinmel.setopati.com

काठमाडौँ, १४ असोज । चीनले आफ्नो सिचुआन प्रान्तको इमिसान सहरमा भएको ‘दोस्रो सिचुआन अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो-२०१५’मा नेपालको पर्यटनको प्रवद्र्धनका लागि प्रचारप्रसार गरिदिएको छ ।
नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको सहकार्यमा नेपाल पर्यटन बोर्डले असोज ८ देखि १३ गतेसम्म सो प्रदर्शनीमा आफ्नो कक्ष राखेको बोर्डले जानकारी दिएको छ ।
नेपालको प्यागोडा शैली, विभिन्न क्षेत्रको पर्यटन आकर्षण, नेपाली हस्तकला लगायतका सामग्री प्रदर्शनीमा राखिएको थियो । बाह्र नेपाली हस्तकला संस्थाले त्यहाँ आफ्नो हस्तकलाको प्रचार गरेका थिए ।
प्रदर्शनीमा श्रव्य र दृश्य माध्यमबाट नेपालको पर्यटनबारे सूचना दिनुका साथै नेपालबारे जानकारीसहितको पुस्तिका नेपाली कक्षमा आएका चिनियाँ आगन्तुकलाई वितरण गरिएको थियो ।
कार्यक्रममा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का अध्यक्ष केभिन बी. मुर्फेले नेपाली कक्षमा उपस्थित भई भूकम्पपछिको नेपाली पर्यटनको पुनः उत्थानका लागि आफ्नो संस्थाले सहयोग गर्ने जानकारी दिनुभयो ।
प्रदर्शनीमा करिब एक लाख पचास हजार आगन्तुकले अवलोकन गरेका थिए । चीनको दु्रत आर्थिक वृद्धिसँगै त्यहाँका जनतामा देखिएको घुम्ने संस्कृतिको विकासको फाइदा लिन आवश्यक छ । सिचुआन प्रान्तको छेन्दुदेखि काठमाडौँसम्मको सिधा हवाई उडान रहेकामा यसले नेपालको पर्यटन विस्तारको विशाल सम्भावन बढाउने अपेक्षा लिइएको छ । रासस
dainiknepal.com

मोर्चाका कार्यकर्ता लखेट्दै प्रहरी
भैरहवा, १४ असोज । मधेसी मोर्चाले विगत सात दिन देखि भन्सार नाकालाई बन्द गर्ने उद्देश्यका साथ यस भन्सार नाकामा आन्दोलन गरेपनि मङ्गलबारदेखि उनीहरु नाका बन्द गर्न असफल भएका छन् ।
मङ्गलबार, बुधबार र बिहीबार आंशिक रुपमा भारतीय सीमाक्षेत्रबाट बेलहिया नाका हुँदै मालवाहक गाडीहरु भित्रने क्रम जारी छ ।
सो नाकाबाट आज ६ वटा पेट्रोल ट्याङ्कर, दुई वटा ग्यास बुलेट र अन्य विभिन्न सामान बोकेका २२ वटा ट्रक भैरहवा भन्सार कार्यालयमा भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । रासस

काठमाडौं, असोज १४ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन् ।
पदको दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि सिफारिस गरेका मन्त्री पौडेलले विहीबार बालुवाटार गइ प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजीनामा दिएका हुन् ।
अख्तियारको कारबाही सिफारिसपछि पनि राजीनामा नदिने अडानमा रहेका मन्त्री पौडेललाई प्रधानमन्त्री कोइरालाले बर्खास्त गर्ने चेतावनी दिएपछि पौडेलले राजिनामा दिएका हुन् ।
अख्तियारको कारबाही सिफारिसमा परेकी उर्जामन्त्री राधा ज्ञवालीले पनि राजिनामा दिने सम्भावना रहेको जनाइएको छ ।
फाइल फोटो imagekhabar.com

कन्नड अभिनेत्री नयना कृष्णलाई भारतीय प्रहरीले गीरफ्तार गरेको छ । उनिमाथि सेक्स भिडियोवाट ब्यबसायीको ब्ल्याकमेलिङ गरेको आरोप लागेको छ । प्रहरीको भनाई अनुसार नयनाले एक डक्टरसँग सेक्स भिडियो देखाउँदै १ करोड माग गरेकी थिइन् ।
प्रहरीले दिएको जानकारी अनुसार नयनाहरुको एउटा समुह नै छ । पहिला उनिहरु धनीमानीहरुको नम्बर पत्ता लगाएर फोन गर्छन र सेक्सको लागि उक्साउछन् । जब उनिहरु सेक्सका लागि राजी हुन्छन् । आफै आफ्नो सेक्स भिडियो खिच्छन र ब्ल्याकमेलिङ सुरु गर्छन् ।
उनिहरुले यसअघि धेरैलाई यसरी ब्ल्याकमेलिङ गरेपनि प्रहरीमा उजुरी गर्ने हिम्मत गरेका थिएनन् । तर, बैंगलोरका एक डक्टरले प्रहरीमा उजुरी गरेपछि नयना पक्राउ परेकी हुन् । ति डक्टरले पनि २५ लाख बुझाएपछि मात्रै प्रहरीमा उजुरी गरेका थिए ।
www.onlinekhabar.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस
– अशोक पहाडी
रौतटह १४ असोज । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री माधव कुमार नेपालले घोषित वा अघोषित रुपमा नेपाल माथि नाकाबन्दी गरेर नेपालको आन्तरिक मामिलामा दखल नदिन भारतलाई चेतावनी दिएका छन् ।
गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुरमा बिहिबार आयोजिता जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता नेपालले नेपाली जनता अब सरकारको नभई भारतको बिरुद्धमा उत्रन थालेकाले नाकाबन्दी खोलेर नेपाली जनताको मन जित्न भारतलाई आग्रह गरेका छन् ।
मधेसबाट नेकपा एमाले, नेपाली काँग्रेस र एमाओवादीले २५ लाख मत पाएको र पाँच हजार मत पाएका मधेसी दलको ईसारामा भारतले नाकाबन्दी गरेर बहुमतको खिल्ली उडाएको आरोप लगाए । नेपाल भारत सीमामा बसेर आन्दोलन गर्नेलाई आफ्नो देशमा खाना खुवाउनेले नाकाबन्दी गरेको छैन् भन्नु आफैमा हाँस्यस्पद कुरा भएको बताउदै नेता नेपालले उपेन्द्र, महन्थ र राजेन्द्रको उक्साहटमा आन्दोलन गर्नुभन्दा जारी सविधानमा आफ्नो अधिकार उल्लेख छ की छैन भनेर सविधानको पाना पल्टाउन समेत आग्रह गरेका छन् ।
मधेसी दलका नेताले कागले कान लग्यो भने भन्दैमा कागको पछि लाग्नु लाग्नु भन्दा कान छाम्न आग्रह गर्दे उनले संविधान पढन समेत सबै मधेसीलाई आग्रह गरे । नेपालमा संसारको सबै भन्दा उत्कृष्ठ संविधान बनेको बताउदै नेता नेपालले मधेसी दलले तीन ठुला दलले सबै मधेसीलाई अंगिकृत बनायो भन्ने हल्ला चलाएर आन्दोलनको नाममा एमाले, कांग्रेसका पार्टी कार्यालयहरुमा आगजनी, तोडफोड गर्नुका साथै ति दलका स्थानीय नेताको घरमा समेत आगजनी गर्ने क्रम नरोके आफूहरु समेत प्रतिकारमा उत्रने चेतावनी दिए ।
पहिलो संविधानसभाको निर्वाचनमा ८४ वटा सिट ल्याएका मधेसी दलले पछिल्लो संविधानसभाको निर्बाचनमा १२ सिट मात्र पाएपछि बिभिन्न बखेडा झिकेर आन्दोलन गरेको बताउदै नेपालले अहिलेको आन्दोलन रिसाएको बिरालोले रुखको बोक्रा चिथोर्नु जस्तै भएको जिकिर गरे ।
स्थानीय बज्जिका भाषमा भाषण गरेका नेपालले चित्त नबुझेका कुरा अझै पनि राख्न सकिने ठाउ भएकाले बार्ताको माध्यमबाट समस्या समाधान हुने बताउदै आन्दोलनरत पक्षलाई बर्तामा आउन आग्रह गरे । कार्यक्रम एमाले केन्द्रिय सदस्य कल्याणी खड्का, डाक्टर बंशिधर मिश्र, सभासद रामकुमार भट्टराई, लालबाबु यादव लगायतका बक्ताले यो संविधानमा सबैको भावना समेटिएको बताएका थिए ।