वि.सं. २०७२ साल असोज १५ गते। शुक्रबार। इश्वी सन् २०१५ अक्टोबर २ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– पञ्चमी, २२:०७ बजेउप्रान्त षष्ठी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। पहिलेका प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आँटले काम लिन नसक्दा पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले ढिलै भए पनि चिताएका कामहरू सम्पादन हुने समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासनाले लाभ मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। धेरैको मन लोभ्याउने उपलब्धि हासिल हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ। स्थायी सम्पत्तिमा पनि केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। तापनि, प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काममा लाभ मिल्नेछ।

काठमाडौं, अघिल्लो शनिबारको महाभूकम्पबाट आहत नेपालीलाई उद्धार र राहत सहयोग पर्याउने उद्देश्यले चिनिया सशस्त्र प्रहरीको टोली नेपाल पसेको छ। नेपाल सरकारको अनुरोधमा खासाको नाका हुँदै आइतबार चिनिया सशस्त्र प्रहरी सिन्धुपाल्चोकबाट पहिलो पटक नेपाल पसेको हो। एक्स्काभेटरसहित आएका चिनिया प्रहरीहलाई सीमा क्षेत्रमा नेपाल प्रहरीको टोलीले स्वागत गरेको थियो ।
भूकम्पका कारण पहिरो गएर अवरुद्ध तोतोपानी–बाह्रबिसे सडक खोल्न सो टोली आइतबारै परिचालित भएको छ। शनिबारको महाभूकम्पले ल्हासाबाट काठमाडौँ आउने सडकमार्गअन्तर्गत नेपाल–तिब्बत क्षेत्र समेत क्षतिग्रस्त गराएको थियो । तिब्बत क्षेत्रको ८ सय २९ किलोमिटर खण्डको क्षतिग्रस्त भाग शुक्रबार खोलेपछि आइतबार चिनिया टोली नेपाल पसेको हो । रसुवागढी–केरुङ नाका खुला गरिए पनि अहिलेसम्म तातोपानी–खासा नाका नै नेपाल–चीन ब्यापारको प्रमुख नाका रहँदै आएकोमा महभूकम्पदेखि नेपाल–चीन व्यापार पूरै ठप्प छ । आइतबार आएको टोलीमा चिनिया सशस्त्र प्रहरीका करिब ५ सय अधिकारीसहित इन्जिनियरिङ विभागका १ सय ८० युनिट चार समूहमा विभाजित भई सडक खोल्न परिचालन गरिने ब्रिगेडका एक कमान्डर फु लिङले बताएका छन् । चिनिया प्रहरीले नेपालको कानुन–नियमभित्र रहेर, स्थानीयको धार्मिक विश्वासलाई सम्मान गर्दै भूकम्पपीडितलाई राहत सहायता उपलब्ध गराउनेु उनले बताएका छन् ।

शम्भु यादव, लहान । जनकपुरमा एकै ठाँउमा गाडिएको अवस्थामा केही शंकास्पद शवहरु फेला परेका छन् ।
स्थानीय पत्रकार राजन सिंहका अनुसार अहिले सम्ममा ७ वटा बोरामा राखि गाडिएको १७ वटा शव भेटिएको छ । अझै केही शबहरु भएको आशंका गरिएपनि साँझ परेका कारण उत्खनन कार्य रोकिएको छ ।
जनकपुरको वडा नं. २१ विसविटी स्थित दुध नदीको छेऊमा शव गाडिएको अवस्थामा स्थानीयहरुले पत्ता लगाएका हुन् । बिहीबार मात्रै एक जना डोमले तीन वटा शब फाल्न लगेको अवस्थामा मानव साङ्गलोमा सहभागीहरुले ती डोमलाई पक्राउ गरेको छ ।
शबसहित अक्षय डुम पक्राउ परेका छन् र उनले अहिलेसम्म ३५ वटाभन्दा अधिक शब फालेको बताएका छन् । उनले ती शव अस्पतालबाट ल्याउने गरेको बताएपनि अस्पतालको नाम खुलाएका छैनन् ।
डोमले ३५ वटा लास गाडेको बताएपनि अहिलेसम्म बालबालिका सहित एक करिब १७ वटा शब भेटिएको छ । केही शबको शरीरमा गोली लागेको छ । केही शबको टाउकोमा कालो पट्टी बाँधिएको छ ।
शब कुहिन थालेका कारण दुर्गन्ध फैलिएपछि उत्खनन कार्यमा समेत कठिनाई उत्पन्न भएको छ । शव उत्खन्न गर्न थालेपछि घटना स्थलमा मानिसहरुको घुँइचो लागेको छ ।
धनुषा प्रहरीलाई उदृत गर्दै पत्रकार सिंहलेका अनुसार बेवारिसे शवहरुलाई त्यहाँ गाडिएको भनिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
ww.nepalsandesh.com

पोखरा : मोटरसाइकलमा पेट्रोल भर्न घरबाट निस्किएका ३७ वर्षीय निरज बराल पोखरा–२६ स्थित लब्ली डाँडामा बिहीबार दिउँसो मृत फेला परेका छन ।
पोखराको बगालेटोलमा दाना पसल चलाउँदै आएका आर्वाविजय घर भएका बराल बिहान डेरावाट निस्किएका आफन्तले प्रहरीलाई बताएका छन् ।
टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भीरमुनि भेटिएका उनको हत्या वा दुर्घटना भएकोबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । दाना व्यवसाय गर्दै आएका उनकी श्रीमति, छोरा र छोरी छन् ।annapurnapost.com

बिहीबार, १४ असोज
काठमाडौं । संविधान संशोधन गर्ने की नगर्ने भन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाबीच भनाभन भउको छ ।
प्रमुख तीन दलको बैठकको अन्त्यमा ओलीले भावि सरकारका बारेमा कुरा उठाएका थिए । ओलीले कुरा उठाउने वित्तिकै प्रधानमन्त्री कोइरालाले संविधान स.शोधन गर्नुपर्ने बताएका थिए ।
संविधानमा संसद आह्वान भएको सात दिन भित्र नयाँ सरकार गठन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर, कोइरालाले यो व्यवस्था संशोधन गर्नुपर्ने बताएपछि भनाभन भएको स्रोतले बतायो ।
www.nepalsandesh.com

भारतले केही समयदेखि गरेको नाकाबन्दीले यतिबेला नेपाली अर्थतन्त्र ठप्पप्राय बनेको छ । लामो समयदेखिको तराई बन्द र भारतको अघोषित नाकाबन्दीका कारण मुलुक संकटमा परेको छ । नेपालमा लामो समयदेखि आर्थिक क्रान्ति र स्वावलम्बी अर्थप्रणाली विकासको चर्चा गरिएपनि अहिले भारतले केहीदिन देखि गरेको नाकाबन्दीले धर्मराउने अवस्था सिर्जना भएको छ ।
हामीले यसै सन्दर्भमा नेपालका एक वरिष्ठ अर्थशास्त्री, पूर्वगर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीसँग यही विषयमा कुराकानी गरेका छौं । क्षेत्रीसँग गरिएको कुराकानीको सारसंक्षेपः
१. हामी आर्थिक विकासतर्फ लम्कने कुरा गरिरहेका छौं । तर, भारतले सात दिन पेट्रोल नपठाउँदा धर्मराउने हाम्रो यो अर्थतन्त्र कस्तो हो ?
हाम्रो अर्थतन्त्र प्रत्यक्ष रुपमा राजनीति प्रभावित छ । विक्रम सम्वत २००७ साल देखि नै नेपालमा भारतीय पक्ष हावी भएको उदाहरणहरु छन् । मोहन शम्सेरलाई प्रधानमन्त्री बनाउने की नबनाउने भन्ने विषयमा पनि भारत हावी भएकै हो ।
त्यसपछि २०१५, १९, २७, ३७, ०४६ मा पनि भारत हावी भएकै हो । पटक पटक नेपालमाथि ऊ हावी हुँदै आएको उदाहरणहरु छन् । यस पटक भारतले गरेको नाकाबन्दी अघोषित भन्नै मिल्दैन । दशगजामा आन्दोलनकारी जान्छन्, भारतले प्रोटेक्ट गर्छ ।
भन्सारले जाँच गरेर पठाएका गाडीहरु प्रहरीले रोक्छ । पाँच वर्षलाई गरिएको आइओसीसँगको सम्झौताको ठाडो उल्लंघन गर्दै एउटा व्यापारिक संस्थाले पहिला तिम्रो राजनीति मिलाउ, तराईको आन्दोलन मिलाउ अनि मात्र यताको मिल्छ, अनि तेल दिन्छु भन्छ भने यो नाकाबन्दी होइन भने के हो त ? भारतले नाकाबन्दी नै गरेको हो र यो घोषित नै हो ।
अर्को कुरा उत्तरी छिमेकी चीनले आधारभुत उद्योग डोनर गरेको थियो । जस्तै छाला जुत्ता, चिनी मिल, ट्रलीबस लगायतका । ती सबै चिज हामीले निजी क्षेत्रलाई कुचा पत्रका दरले दियौं । व्यवस्थापन गर्नै सकेनौं । बाँसबारी छाला जुत्ताको मेसिन त भारतको कानपुरमा अझै चल्दैछरे । कसले बेच्यो । यस्तो नीति भएको राजनीतिक अस्थिरता मौलाएको स्थानमा अर्थतन्त्र कसरी बलियो बन्छ ? अस्ती भर्खर २० वर्षका लागि सम्झौता गरिएको संस्थाले राजनीति भाष बोलेर तेल रोक्न मिल्छ ?
अर्कोतर्फ हामी कृषि प्रदान देशका मानिस, देश कृषिमा चलेको भन्ने अनि त्यही भारतसँग २५ अर्बको धान किन्नुपर्ने, गहुँ किन्नुपर्ने । भारतले किसानलाई सहुलियत दिएको छ । पानी तान्ने पम्प देखि चलाउन विजुलीसम्म सहुलियत छ ।
नेपालमा पनि पहिला यो कुरा चलेकै हो । तर, राजनीतिले सबै खाइदियो । हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्न सकेनौं । नुन देखि सुन सम्म, बाँच्ने चामल देखि मात्ने रक्सीसम्म परनिर्भर छौं । यसकारण पनि हाम्रो अर्थतन्त्र धर्मराएको हो ।
२. परनिर्भरता पनि भारतसँग बढी देखियो, भारतले नाका बन्द गर्दैमा चाँहि किन हामी यसरी फस्न पुग्यौं ?
पहिलो कुरा त सीमा यथावत रहोस भन्ने चाहना भारतले राख्नु एउटा कारण हो । संस्कृति परम्परा भन्दै सीमा बन्द गर्न नदिने रणनीति लिएको छ । यो सब राजनीति अरु केही नभएर पानीका लागि गरिएको राजनीति हो । भारतले प्रोइण्डियनको संख्या बढाउने चाहना राखेको छ ।
जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर भन्नेका कारण पनि त्यही हो । उसले नेपाललाई सिक्किमीकरण गर्न खोजे पनि त्यो सम्भव नहुने भएपछि फिजीकरण गर्न खोजेको छ । मौरिसस र फिजीमा पनि भारतीयहरु उखु रोप्न र बेच्न गएका हुन् । अन्तिममा यस्तैगरी अंगकिृत नागरिकताको बाध्यकारी अवस्था बनाउन लगाएर सत्ता नै कब्जा भएको थियो ।
भारत अझै चार दिन नेपालमा बन्द गराएर जनतालाई सरकार विरोधी बनाउने र उचाल्ने रणनीतिमा छ जस्तो लाग्छ । हाम्रा कतिपय नीतिगत निर्णयहरु पनि कमजोर भएका छन् । डलरमा सामान किनेर एक्सपोर्ट गर्ने तरिकाले हामी समस्यामा परेका छौं ।
डलर किनेर भारतसँग व्यापार गर्नाले पनि समस्या भएको हो । हाम्रा उद्योग धन्दाका कच्चा पदार्थहरु भारतले नपठाएपछि उत्पादन रोकिने अवस्था आउने नै भयो । अझ व्यापारका लागि उसैको बाटोमा निर्भर रहनुपर्दा पनि समस्या भयो ।
३. के उसोभए विगतमा हामीले अंगिकार गरेका आर्थिक नीतिहरुमा कमजोरी नै थिए त ? अब सुधारका लागि के गर्नुपर्ने हो हामीले ?
सुत्केरी भएकी श्रीमतीले श्रीमानलाई गाली गरे जस्तै अवस्था हो अहिले । यातायात नपाउँदा ट्रलिबस सम्झने, बाँसबारी छाला जुत्ता सम्झने काम गर्नु अर्को गल्ती हुनेछ । किनकी त्यो विगत भैसक्यो । अब एउटा कोर टिम बनाएर अर्थतन्त्रका सवल र दुर्वल पक्ष पहिल्याउनुपर्ने पहिलो आवश्यकता छ ।
कृषि क्षेत्रलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्छ । हाम्रो अर्थतन्त्रको सवल पक्ष कृषि हो भने जग्गाको व्यवस्थापनमा जोड दिन पर्दैन ? भुमिसुधारको कुरा नारामा मात्रै सीमित भयो । कम्युनिष्टहरुले त यो कुरालाई ध्यान दिएनन् भने कांग्रेस र मधेसवादी भनिएकाहरुको त झनै यसमा मतलब छैन ।
यी मधेसवादी भनिएकाहरु त भुमिसुधारको कुरा सुन्ने वित्तिकै बैठक नै छाडेर भाग्छन् । उनीहरुलाई डर त्यसैमा छ । हामी कृषिमा आत्मनिर्भर हुने हो भने १२ महिना नै सिचाईं हुने वातावरण बन्नुपर्छ नी । पानी भएन भने कसरी उत्पादन हुन्छ । अनि प्राविधिकहरुको उत्पादन गर्नुपर्ने कुरा छन् ।
त्यसपछि हामी कृषिलाई प्रविधिसँग मिसाउन पनि लाग्नुपर्छ । कृषकलाई खेतीमै निर्भर बनाउनका लागि लाग्नुपर्छ । उनीहरुलाई राज्यले सम्मान गर्नुपर्छ । जस्तो अमेरिकामा तीन प्रतिशत ३ प्रतिशत मात्र कृषकहरु रहेका छन् । तर, अमेरिकामा उत्पादित गहँ विश्वकै सबैभन्दा उत्कृष्ट मध्येमा पर्छ । किनकी त्यहाँ किसानलाई सरकारले सम्मान गर्छ ।
जापानमा २० वर्षदेखि चामलको भाउ एउटै छ । यसकारण आफ्नो उत्पादनलाई प्रोत्सहान गरौं । त्यसका लागि राजनीतिक स्थिायित्व र प्रतिवद्धता आवश्यक छ ।
४. यी त भए अब नेपालले अंगिकार गर्नुपर्ने कुरा । तर, जनता तत्कालका लागि मारमा परेका छन् । के अहिले तत्काल चीनसँगको व्यापारलाई अघि बढाएर परेको संकट टार्न सम्भव छ त ?
हेर्नुहोस्, हामीले २०४५ सालमा पनि चीनलाई गुहारेका हौं । मन, वचन र कर्मले चिनियाँले सहयोग गर्छन् । यो सत्य हो । उनीहरु स्वार्थरहीत राजनीति गर्छन् । भूकम्पले दुःख पाएको, कोदारी र केरुङ नाका दुवै अहिले काम नलाग्ने अवस्थामा छन् । हेभी धेरै लोड बोकेका गाडीहरु गुड्नसक्ने अवस्था पनि छैन । भौतिक संरचना निकै कमजोर भएका छन् । अहिले खास समस्या पनि त्यही नै हो ।
हामीकोमा राजनीतिक परिवर्तन भएपछि सुनको अण्डा नै फल्छ भनेझैं गर्ने चलन छ । चीनतर्फको निर्भरता पनि त्यस्तै हो । चीनले आफ्नो गच्छेले भ्याएसम्म सहयोग गर्छ । दुईमत छैन । अमेरिकामा चिनियाँ राष्ट्रपति सि जिनपिङको भाषणले पनि त्यही पुष्टी गर्छ ।
हाम्रा सामान्य आवश्यकताका सामग्रीहरु, जस्तै लत्ता कपडा, जुत्ता, लसुन, प्याज यस्ता चिज त सधैं आएकै त हो । अहिले पनि नाका बन्द भएपछि भारत हुँदै ल्याईंदै थियो नी । अब हामीमा पनि परिवर्तनको आवश्यकता छ । खानपानमा परिवर्तन गर्नुपर्ने भएको छ । यस्तै हाम्रो काममा पनि परिवर्तनको आवश्यकता छ ।
यहाँ त काम गर्नेलाई गोठालो भनिदिन्छन् । यस्तो प्रवृत्तिको अन्त्य हुनै पर्छ । राज्यले वस्तु उत्पादनको स्थान तोक्ने र दस्ता तयार पार्ने काम गर्नुपर्ने जरुरी छ । अहिले पनि उन र पश्मिना बाहिरबाट ल्याउँछौं । हाम्रो वन नीति पनि कमजोर छ । यस कारण जुम्लाका भेडा अहिले हराए ।
खाद्यान्न, पशुपंक्षी, फलफूल भारतबाटै ल्याउँछौं । सजितो भो अहिले । आइहाल्छ नी भन्ने सरकारी बानीले अहिले डुबायो नी । भारतबाट हामी ३ अर्ब ७० करोडको फलफूल, एक अर्ब ९५ करोडको पशुपंक्षी, २५ अर्बको चामल र ८ अर्बको तरकारी ल्याउँछौं । यसकारण पनि समस्या नै हो । अब, हामीले पुर्वाधारलाई विकास गर्दै तत्कालको गर्जो टार्न लाग्नुपर्छ ।
५. हैन अहिले जुन किसिमले तेलको समस्या देखिएको छ, यो त भयानक बन्ने देखिन्छ नी । दशैं, तिहार, छठ जस्ता पर्वहरु आउँदैछन् । यातायातको समस्या हुने देखिन्छ । यसको तत्कालीन समाधान चाँही के हुनसक्छ ?
हामीकहाँ अभाव छ है भन्ने सुन्न नभ्याउँदै चाहिने भन्दा बढी लाने प्रवृत्ति छ । यस्तो अवस्थामा चाँहि जनताले पनि राज्यलाई सहयोग गर्नुपर्छ । वैकल्पिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । तत्काललाई सोलार पावरको प्रयोग गर्नुपर्छ । तर, यो, समाधान भने होइन । भारतले घुँडा टेकाउन खोजेकाले राजनैतिक समाधान खोज्नुपर्छ ।
अब हामीले जनतादेखि जनतासम्म पहल गर्नुपर्छ । आफूले चिनेका भारतीय साथीहरुलाई लौन तिम्रो सरकारले त हामीलाई मार्न आँट्यो, पहल गर्नुप¥यो भन्ने । सम्बन्ध भएकाहरुलाई पनि भन्ने गरौं । भारतबाट पनि दबाब भैरहेको छ । सिताराम यचुरीले पनि दबाब दिए । भारतका व्यापारीलाई पनि घाटा भएको छ । उनीहरुले पनि दबाब दिएका छन् ।
भारतलाई पनि व्यापार घाटा भएको छ । यसकारण भारत सरकारलाई चौतर्फी प्रेसर दिन सक्नुपर्छ । चीनतिर पनि धेरै आशावादी बन्न हुँदैन । २०४६ सालमा पनि भारतसँग हरेक सम्बन्ध निकट भएकाले भारतलाई मनाउ भनेको चीनले अहिले पनि त्यसो नभन्ला भन्न सकिदैन । चिनियाँलाई तिब्वत जोगाउन मात्र अहिले चिन्ता छ ।
त्यसो त, चीनले कुनै उद्देश्य नराखी बनाइदिएको उद्योगबारे सोध्यो भने सरकारले के जवाफ दिने ? नेपालीलाई विभाजित गर्न खोजिएको अवस्था छ अहिले । आत्मसुद्धितिर लागौं । मितब्ययी हुनै नसक्ने भयौं त हामी ? मागको तुलनामा आपुर्ति पुरा हुँदैन । लिपुलेकका बारेमा पनि त चीन नबोलेकै हो नी ।
चीनसँगको सम्बन्ध निकट पनि छैन र टाढा पनि भएको छैन । चिनियाँहरु नेपालीको पारा देखेर चिढिएकै हुन् । भूकम्पका बेलामा विदेशीले दिन्छु भनेको ४४० खर्व खर्च गर्ने कुरो खोई ? पुनः निर्माणको बहस कहाँ पुग्यो ? खर्च गर्न नसक्ने हामी कसरी देश चलाउँछौं । तेलको समस्या समाधानका लागि अहिले पहल गरौं ।
दुवै तर्फ, भारतले सम्झौता नै गरेको छ । आइओसीले बेइमान गर्न मिल्दैन । हैन भने क्षतिपुर्तिका कुरापनि त्यसमा आउँछन् । सरकारले पहल गर्नुपर्छ । नेपालमा त, नेताहरु पनि विकास निर्माण रोक्न लागि पर्दछन् । सीपी गजुरेलले सिन्धुलीमा ८ वटा टावर बनाउन नदिँदा २० मेघावट विद्युत घाटा लागिरहेको छ ।
कोरियाका एकजना शासकले ४ सय किमी बाटो निर्माण गर्दा सारा विरोध भयो । उनले बाटो बनाउँदा अवरोध गर्नेलाई सिधै गोली हान्ने आदेश दिए । करिब ५ सय मारिए पनि । तर अहिले त्यही बाटो कोरिया विकासको मेरुदण्ड भएको छ । विकास विरोधीलाई त सिधै सुट गर्ने कानुन चाहिन्छ । नेपालमा पनि बाबुरामले बढाएको बाटोले काम गरेको छ नी । त्यसबेला त निकै विरोध भएकै हो ।
७.तपाईं पनि गर्भनर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुभयो । तपाईको कार्यकालमा देशलाई आत्मनिर्भर गराउनका लागि गरेका महत्वपूर्ण कामहरु के के हुन् ?
मैले केही राम्रा काम गरेको छु । जसका कारण अर्थतन्त्रलाई बलियो बनाउन योगदान पुगेको छ । पहिलो त, स्रोतको पहुँच नभएका, स्रोत सम्बन्धित इलाकासम्म लान नसकेकाहरुको लाइसेन्स खारेजी गर्ने निर्णय गर्ने हिम्मत गर्ने म नै हुँ । नेपाल विकास बैंकको खारेजी गराएर एउटा महत्वपूर्ण निर्णय गरेको हुँ ।
अर्को नेपाली रुपैयाँबाटै अन्तर्राष्ट्रिय उडानका टिकट किन्ने व्यवस्था मेरै पालादेखि भएको हो । तेस्रो, क्यापिटल मार्केटमा, कुन संस्थाको सेयर के हुन्छ भन्ने हाम्रा कर्मचारीलाई पहिल्यै थाहा हुने । यस कारण मैले नै राष्ट्र बैंकका कर्मचारीले सेयरमा लगानी गर्न नपाउने निर्णय गराए । मेरो आफ्नो नेचरका कारण मैले धेरै बैरी बनाएको छु ।
तर, देशका लागि धेरै फाइदाजनक काम गराएको छ । हामी ५ वर्षमा भारतलाई जित्न सक्छौं । जलस्रोतको उपयोग गर्न सक्यौं भने, उर्जाबाट हामी विश्वकै धनी बन्ने ल्याकत राख्छौं । पूर्व पश्चिम ट्रलीबस चलाएर, इलेक्ट्रिक कार चलाएर हामी उर्जामा निर्भर बन्छौं ।
हामी पानीको व्यापार गरेर विश्वको धनी बन्न सक्छौं । यसो भन्दा भाषण भन्नुहोला, यो सम्भव छ, हुन्छ । हेर्दै जानुस्, राम्रो शासक आयो भने उस्ले गर्ने पनि त्यही हो ।
९. एमाओवादी छाडेर गएका नेता बाबुराम भट्टराई अर्थमन्त्री हुँदा तपाई गर्भनर र प्रधानमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष हुनुभयो । उहाँ अहिले पार्टी छाडेर नयाँ शक्तिको कुरा गर्दै हुनुहुन्छ । व्यक्तिगत रुपमा उहाँलाई तपाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
उहाँ बाबुराम माक्सवादी चिन्तन भएको मान्छे हो । यो बेलामा यस्तो नीति लिदा ठिक हुन्छ भन्ने निर्णय गर्नसक्ने पार्टीबाट आएको मान्छे हो । गणतन्त्र, संघीयता जस्ता कुराहरु उनले पहिला नेतृत्व गरेकै पार्टीका कारण आएको हो नी ।
अघिल्लो संविधानसभामा ११ प्रदेशको सहमति बन्दा उनीहरुकै पार्टीका वैद्यहरुले नमानेका हुन् नी । संघीयता र गणतन्त्र गुम्ने डरले संविधानमा सहमति गराएको उनकै मुखबाट आएको हो नी । अब संविधान लागु गराउन पनि उनको भुमिका रहन्छ ।
यस्तो बेलामा संसद र पार्टीबाट राजीनामा दिएका छन् । यसकारण उहाँको कुरा बुझ्न भने समस्या भइरहेको छ । नयाँ शक्तिको कुरा गरेकाले त्यसतर्फ पो लाग्नुभएको हो की ? रविन्द्र श्रेष्ठहरुले नै बाबुराम बेठीक छन् है भनेर चुनवाङ बैडकमा भनेकै हुन् नी । जीवन नै खतरामा राखेर हिँडेका बाबुराम अहिले आएर त्यही पार्टी किन छाडे भन्ने मा छु म ।
उनी प्रधानमन्त्री भएका बेला पनि मधेसवादी दलहरुले बत्तीको प्याला बनाए । उनी नाकामजस्तै बने । अहिलेको चर्चालाई हेर्दा अनिल शाह, रविन्द्र मिश्र लगायतका व्यक्तिहरुसँग मिलेर पार्टी बनाउँदै छन् भन्ने कुरा आएको छ । पुरानो घर छाडें भन्नुको कारण पनि यही हो की जस्तो लाग्छ । मैले लामो समयदेखि उहाँलाई भेटेको भने छैन । कुराकानी पनि भएको छैन ।

iपश्चिबंगाल । भारतको पश्चिम बंगालको सत्तारुढ दल तृणमुल कांग्रेसले नेपाल भाषी भारतीय नागरिकहरुलाई भारत छाडेर नेपाल जान धम्की दिएका छन ।
जारी स्थानीय निर्वाचनमा नेपाल भाषीहरुले असहयोग गर्ने भएपछि उनीहरुले धम्क्याउन थालेका हुन् । भारतको सिलगुडी, नक्सलबासीका नेपालीभाषी समुदायका भारतीय नागरिकहरुलाई तृणमुल कांग्रेसका कार्यकर्ताले घर घरमै गएर धम्क्याउन थालेका हुन् ।
उनीहरुलाई धम्क्याइएकोमा भारतमा चौतर्फी विरोध भएको छ । सिलगुडी महकुमा स्थानीय परिषद् र पञ्चायतका विभिन्न पदहरुमा निर्वाचन हुँदै छ ।
नेपाली भाषीलाई पक्राउ गर्ने, कुट्ने, धम्क्याउने लगायतका हर्कत भैरहेको भन्दै कम्युनिष्ट पार्टीले भने चर्को विरोध गरेको छ । चुनावमा सत्तारुढ तृणमुल र प्रतिपक्षी माक्सवादी दलका बीच चर्को प्रतिश्पर्धा हुने पक्का छ ।
दार्जिलिङको तराई भेगमा पर्ने नक्सलवडी र सिलगुडीमा नेपाली मुलका भारतीयहरुको बाहुल्यता रहेको छ । चुनावको नतिजा उनीहरुमा भर पर्ने भएको र उनीहरु कम्युनिष्ट समर्थक भएकाले उनीहरुलाई धम्क्याइएको हो ।
उनीहरुलाई धम्क्याइएको बारे हिमालय दर्पणले पनि पुष्टि गरेको छ । पत्रिकाले नेपालभाषीलाई नेपाल जान भन्दै जारी गरिएको उर्दीले भारतकै खील्ली उडाएको उल्लेख गरेको छ ।
पत्रिकाले त्यहाँका नेपालीलाई ध्रैय र शान्तसँग बस्न आग्रह समेत गरेको छ । कम्युनिष्ट पार्टीले पनि त्यस्तै आग्रह गरेको छ ।