काभ्रे, १७ असोज । ‘पहरोमा उम्रेको पिपलमा होइन्, चौतारी भएको पिपलको छाहारी खोज्दै एमालेमा आएको हुँ’ उखान टुक्कामा माहिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अगाडि भन्दै थिए, नेकपा माओवादीका काभ्रे जिल्ला सह–इन्चार्ज विसेश्वर बञ्जारा । उनले ओलीलाई थुप्रै उखान एमालेको सभामा सुनाए ।
दश वर्षे सशस्त्र द्वन्द्वबाट आएको पार्टीका नेताले कम्युनिष्ट अनि त्यसमा एमालेको जबज र एमालेका कार्यकर्ताको व्यवहारबाट भएका कामलाई उनले लयबद्ध गीतमा प्रस्तुत गर्दै ओलीलाई चकित बनाए ।
शनिबार काभ्रेको बनेपामा नेकपा एमाले काभ्रेले आयोजना गरेको संविधान स्वागत तथा वृहत कार्यकर्ता भेलालाइ सम्बोधन गर्न आएका अध्यक्ष ओलीले विभिन्न दल छाडेर एमालेमा समाहित हुनेहरुलाई टिका लगाएर स्वागत गरे ।
यसरी ओलीको हातबाट टिका लगाउँदै प्रवेश गर्नेहरुमा नेकपा माओवादीका जिल्ला सह–इन्चार्ज विसेश्वर बञ्जार, नेकपा माओवादीका जिल्ला कमिटी सचिवालय सदस्य दिनेश घिमिरे (डिजी सर्वहारा), माओवादी जिल्ला सदस्य दुतलाल तामाङ, एमाओवादी राज्य कमिटी सदस्य तथा काभ्रे काठमाडौ गणतान्त्रिक मञ्चका सचिव मुरलीप्रसाद हुमागाई, नेकपा माओवादी भातृ संगठन युवा सुरक्षा बल जिल्ला अध्यक्ष ईश्वर बञ्जारा, युवा सुरक्षा बल पनौती नगरपालिका अध्यक्ष राधेश्याम खत्री, नेकपा माओवादी २ नं क्षेत्रीय सदस्य अमृत केसी, नेपाली कांग्रेस कुशादेवी गाविस इकाइ सदस्य भवनाथ तिमल्सिना, नेपाली कांग्रेस पनौतीकी प्रभावशाली नेतृ सुर्यमाया मिजार, नेपाली कांग्रेसकै पनौती नगर इकाइ सदस्य दलबहादुर मिजार, सविन बञ्जारा लगायत नेपाली काग्रेस, एमाओवादी, माओवादी परित्याग गरि दुई सय भन्दा बढी पार्टीमा प्रवेश गरेको एमाले जिल्ला कार्यालय सचिव बसुन्धरा हुमागाईले जानकारी दिए ।
3पार्टी प्रवेश गरेका नवप्रवेशीहरुले ओली प्रधानमन्त्रीका लागि अग्रिम बधाई दिँदै राष्ट्र निर्माणमा उदाहरणीय काम गर्न सुझाव दिएका थिए ।
संविधान निर्माणपछि काभ्रेमा एमाले पार्टीप्रति आकर्षण बढ्दै गएकाले प्रवेशको लहर चलेको जिल्ला सदस्य निर्मल त्रिपाठीले बताए ।
असारमा गर्ने भनिएको एमाले काभ्रेको जिल्ला अधिवेशन भूकम्पका कारण हुन सकेको छैन् । एमालेको ९ औँ महाधिवेशन पछि गुटका कारण जिल्ला नेताहरुबीच तिक्कता रहेपनि एकताको सन्देश अध्यक्ष ओली सहभागी कार्यक्रममा नेताहरुले दिएका छन् ।
dainiknepal.com

काठमाडौ : भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा नाकाबन्दी लगाउने भन्ने कुरा भारतले सोच्न पनि नसक्ने बताएका छन्।
गृहमन्त्रीको सरकारी निवास अकवर रोड १७ मा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै उनले भने, 'भारत सरकार, जनता कुनै पनि बहानामा नेपालमाथि नाकाबन्दी लगाउने कुरा सोच्न समेत सक्दैन । हामी त नेपालको विकासमा सहयोग गर्न चाहन्छौ । नाकाबन्दी भन्ने शब्दको उच्चरण नै नगर्नुस, भारतले यस्तो कुरा सोच्न पनि सक्दैन र कहिल्यै गर्दा पनि गर्दैन। यो कल्पना भन्दा बाहिरको कुरा हो, यस्तो कुरा गरेर सम्बन्धमा चिसोपन ल्याउने कुरा कसैले पनि नगरौ।'
उनले नेपाललाई दुख सुखमा साथ दिदै आएको र भविष्यमा पनि साथ दिदै जाने स्पष्ट पार्दै नेपालमा समस्या परेको बेलामा भारतले जस्तो सुकै सहयोग पनि गर्ने प्रतिबद्धता ब्यक्त गरे।गृहमन्त्री सिंहले भने, अहिले आपूर्ति ब्यवस्था आएको असहजता प्रति हामी सजग छौ । नेपालकै आन्तरिक कारणले यो अवस्था सृजना भएको हो । त्यसलाई सकेसम्म हाम्रो तर्फबाट छिटो भन्दा छिटो समस्या समाधान गर्नको लागि हामी पहल गरिरहेका छौ । नेपालीलाई हामी कुनै पनि अभाव नहोस भन्नेमा सचेत छौ । नेपालीलाई दुख हुँदा सबैभन्दा बढी चिन्तित हामी हुन्छौ यसमा हाम्रँे सरकार सजग छ ।
उनले गतल सन्देश प्रभावित गरेर दुई देशको सम्बन्धलाई प्रभावित पार्ने प्रयास गरिएको दावी गर्दै नेपालमा भारत विरोधी गतिविधी बढेको मा आफू एक दमै दुखि भएको बताए ।उनले भने–नेपालसँगको सम्बन्ध अझै प्रगाढ बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी दुई पटक नेपाल जानु भयो । म पनि नेपाल भ्रमणमा गए । हामी दुई मुलुकका सम्बन्ध सुमधुर बनाउन लागेको बेला यस्तो गलत सन्देश फैलाईनु उचित होईन ।
गृहमन्त्री सिंहले नेपाललाई भुकम्पको बेला सबै भन्दा छिटो सहयोग गर्ने भारत भएको उल्लेख गर्दै नेपाली जनताले दुख पाउन नहुने स्पष्ट पारे ।गृहमन्त्री सिंहले नेपालमा बनेको नयाँ संविधानमा आफुहरुको कुनै पनि किसिमको आपत्ति र असन्तुष्टी नभएको स्पष्ट पार्दै संविधानसभाबाट सहमतिमा छिटो भन्दा छिटो नेपालमा संविधान बन्नु पथ्र्यो भन्ने सुरु देखिकै आफूहरुको बटमलाईन रहँदै आएको स्मरण गराए।
उनले भने– नेपालमा जारी भएको संविधानमा हामीले असहमति राख्नु पर्ने अवस्था छैन तर संविधानमा सबैको अपनत्व होस र सहमतिका साथ संविधान जारी होस भन्ने हाम्रो दृष्टिकोण थियो । संविधान जारी भएपछि मधेसी, थारु, जनजाति असन्तुष्टी ब्यक्त गरिरहेको अवस्थामा उनीहरुको भावना संविधानमा समेटियोस भन्ने हाम्रो चाहना हो । कस्तो संविधान बनाउने भन्ने नेपालका राजनीतिक दलले तय गर्ने विषय हो । हामीले त सुझाव दिने मात्रै हो ।
सिंहले नेपालमा जारी सरकार निर्माण प्रति चासो राखे पनि नेपालमा कस्तो र कस्को नेतृत्वमा सरकार बनाउने भन्ने कुरा नेपालका राजनीतिक दलहरुले निर्णय गर्ने कुरा भएकोले त्यसमा आफूहरुको कुनै चासो र हस्तक्षेप नभएको बताए ।उनले सो क्रममा आफूले पछिल्लो उत्पन्न असमझदारीको विषयमा नेपालका प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको समेत जानकारी दिए ।
annapurnapost.com
काठमाडौं : भारतीय विदेश मन्त्रालयले नाकाबन्दी खुलाउन निर्देशन दिएपछि विराटनगरको जोगवनी नाकास्थित भन्सारका दुवै तर्फका अधिकारीहरुको संयुक्त बैठक बसेर आपूर्ति सुचारु गर्न चार बुँदे सहमति भएको छ।
विराटनगरस्थि रानी भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेत र भारतीय भन्सारका प्रमुख प्रनेश गुप्ताको नेतृत्वमा बसेको दुवै पक्षका अधिकारी तथा कर्मचारीको बैठकले भन्सार जाँच तथा अन्य प्रक्रियालाई सहज बनाउने सहमति भएको हो। आजैदेखि नाका सुचारु हुने भएको छ।
चारबुँदे सहमतिमा औषधी, तेल, ग्यास, खाद्यन्नका समानलाई प्राथमिकता दिएर सहज रुपमा आपूर्ति गर्ने, नेपालतर्फ आउने मालबाहक गाडीहरुलाई स्कर्टिङसहित सुरक्षा प्रदान गर्ने, भन्सारमा उद्योग बाणिज्य संघको हेल्प डेस्क राख्ने उल्लेख छ।
रानी भन्सार कार्यलयका प्रमुख बस्नेतले भारतीय पक्षसँग चार बुँदे सहमति भएकोले अब आपूर्ति सहज हुने र भन्सार जाँपासमा समस्या नहुने बताए। annapurnapost.com

काठमाडौँ, १७ असोज । नेकपा एमालेले औपचारिक रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ ।
नेकपा एमाले संसदीय दलको आइतबारको बैठकले संसदीय दलका नेता समेत रहेका ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । ओलीलाई सहमतिय आधारमा प्रधानमन्त्री बनाउन पहल गर्न एमालेले शीर्ष नेता सम्मिलित पाँच सदस्ययीय कार्यदल पनि बनाएको छ ।
कार्यदलमा अध्यक्ष ओलीसहित बरिष्ठ नेता झलनाथ खनाल, शीर्ष नेता माधवकुमार नेपाल, उपाध्यक्षहरु वामदेव गौतम र विद्या भण्डारी रहेको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । कार्यदलले काँग्रेस, एमाओवादीसहित साना दलको समर्थन जुटाउन वार्ता र छलफल गर्ने बताइएको छ ।
राष्ट्रपति डा रामवरण यादवले ७ दिनभित्र सहमतिको आधारमा नयाँ सरकार गठन गर्न गत शुक्रबार एक साताको समयसीमा दिनुभएको थियो । एक साता भित्र सहमति नजुटे बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सहमतिय आधारमा प्रधानमन्त्री चयन हुने सम्भावना अति नै न्यून देखिएको छ । पहिलो चरणमा प्रधानमन्त्री चयन नभए स्वतः बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि प्रक्रिया आरम्भ हुनेछ ।

काठमाडौं– नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।
पार्टीको स्थायी समितिको आज बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेद्धार बनाउने निर्णय गर्दै अन्य दलसँग वार्ता गर्न शीर्ष नेताहरु सम्मिलित ५ सदस्यीय समिति गठन गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार वार्ता टोलीको संयोजकमा अध्यक्ष केपी ओली रहेका छन् भने माधव नेपाल , झलनाथ खनाल, वामदेब गौतम र विद्याभण्डारी सदस्य रहेका छन् । उनीहरुलाई ओलीको नेतृत्वमा सरकार गठन गर्न अन्य पार्टीलाई सहमतिमा ल्याउने जिम्मेवारी दिइएको छ । विगतमा भएको १६ बुँदे सहमति अनुसार ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको र सोकै आधारमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको ज्ञवालीको भनाई छ । www.ratopati.com

काठमाडौं, १७ असोज । संविधानमा असन्तुष्टि जनाउँदै आएको भारतले विगतदेखि ११ दिनदेखि नेपालसँग जोडिएका नाकामा अघोषित नाकाबन्दी लगाइरहेको छ ।
नाकाबन्दीले राजधानी काठमाडौं लगायत देशैभरीको हाहाकार मच्चिएको छ । शनिबार रातिदेखि नाकाबन्दी हटाएको जनाएपछि सीमा नाकामा भारतको अवरोध कायमै छ । नाकाबन्दीको बीचमै अर्काे छिमेकी देश चीनसँग जोडिएका नाका खोलेर व्यापार विस्तार गर्न आवाज पनि उठिरहेका छन् । सरकारको असयोगका बाबजुद पनि उत्तरी क्षेत्रको चीनसँग जोडिएको तातोपानी नाका खुलेको छ । तर, सरकारले चीनबाट आपूर्ति गर्न पहल गरिरहेको छैन् ।
तातोपानी तैनाथ चिनियाँ अधिकारी र सुरक्षाकर्मीहरुले आफूहरु नेपाल आपूर्ति गर्न तयारी अवस्थामा रहेको तर त्यसका लागि नेपाल सरकारले चिनियाँ सरकारसँग पहल गर्नुपर्ने बताइरहेका छन् । यद्यपी पहिरोले अवरुद्ध तातोपानीदेखि काठमाडौंसम्म जोड्ने कोदारी सडक भने शुक्रबार राति देखि नै खुलेको थियो ।
तातोपानी नाका जोड्ने सडक सूचारु भएपछि नेपालले चीनसँग व्यापार बढाउने डरले भारतले शनिबार राति नै नाकाबन्दी हटाउन मातहतका अधिकारीलाई निर्देशन दियो । साथै नेपाललाई चीनबाट कुनै वस्तु नल्याउन दबाब दिएको स्रोतको दाबी छ । तर, भारतले आपूर्ति गर्न नाकामा आनाकानी गरिरहेको छ ।
त्यस्तै, चीन सरकारले पेट्रोलियम पदार्थ समेत नेपाल पठाउन सकिने र त्यसका लागि नेपालबाट भरपर्दाे प्रस्ताव आउनुपर्ने बताइरहेको छ । छिमेकीलाई जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको चिनियाँ राष्ट्रपति सि जिनपिङले जनाइसकेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत वु छुन्ताईले पनि आफूहरुलाई नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको तर, त्यसका लागि नेपालले ठास पहल गर्नुपर्छ भन्दै आएका छन् । चीनको यस्तो प्रस्ताव आएपछि नेपाल आयल निगमले सरकारलाई पहल गर्न आग्रह गरेपनि अस्वीकार गरेको खुलासा भएको छ ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले छिमेकी चीनबाट इन्धन ल्याउन अनुमति माग्दा सरकारले नदिँएको खुलासा गर्नुभएको हो । उहाँले सहज रूपमा व्यापार हुने ठाउँबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्नेमा समेत जोड दिनुभयो ।
सरकारले छिमेकी देश चीनबाट इन्धन ल्याउन अनुमति नदिँदा अहिले असहज अवस्था आएको उहाँको विश्लेषण छ । उहाँले भन्नुभयो- ‘अघोषित नाकाबन्दीलगत्तै चीनबाट इन्धन आयात गर्नुपर्ने प्रस्ताव सरकारले मानेन । भारतको मात्रै भर पर्दा आपूर्ति असहज हुने भएकाले चीनबाट ल्याउन पटकपटक अनुमति माग्दा पनि सरकारले दिएन ।’
निगमले दशकौंदेखि भारतीय आयल कर्पोरेसनसँग कारोबार गर्दै आएपनि बारम्बार असहज अवस्था सिर्जना हुँदै आएको प्रबन्ध निर्देशक खड्काको गुनासो थियो । इन्धन आयातमा तत्कालै विकल्प खोज्नुपर्ने अन्यथा झन भयाभव अवस्था सिर्जना हुने उहाँको भनाई थियो ।
dainiknepal.com
नाकाबन्दीले राजधानी काठमाडौं लगायत देशैभरीको हाहाकार मच्चिएको छ । शनिबार रातिदेखि नाकाबन्दी हटाएको जनाएपछि सीमा नाकामा भारतको अवरोध कायमै छ । नाकाबन्दीको बीचमै अर्काे छिमेकी देश चीनसँग जोडिएका नाका खोलेर व्यापार विस्तार गर्न आवाज पनि उठिरहेका छन् । सरकारको असयोगका बाबजुद पनि उत्तरी क्षेत्रको चीनसँग जोडिएको तातोपानी नाका खुलेको छ । तर, सरकारले चीनबाट आपूर्ति गर्न पहल गरिरहेको छैन् ।
तातोपानी नाका जोड्ने सडक सूचारु भएपछि नेपालले चीनसँग व्यापार बढाउने डरले भारतले शनिबार राति नै नाकाबन्दी हटाउन मातहतका अधिकारीलाई निर्देशन दियो । साथै नेपाललाई चीनबाट कुनै वस्तु नल्याउन दबाब दिएको स्रोतको दाबी छ । तर, भारतले आपूर्ति गर्न नाकामा आनाकानी गरिरहेको छ ।
त्यस्तै, चीन सरकारले पेट्रोलियम पदार्थ समेत नेपाल पठाउन सकिने र त्यसका लागि नेपालबाट भरपर्दाे प्रस्ताव आउनुपर्ने बताइरहेको छ । छिमेकीलाई जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको चिनियाँ राष्ट्रपति सि जिनपिङले जनाइसकेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत वु छुन्ताईले पनि आफूहरुलाई नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको तर, त्यसका लागि नेपालले ठास पहल गर्नुपर्छ भन्दै आएका छन् । चीनको यस्तो प्रस्ताव आएपछि नेपाल आयल निगमले सरकारलाई पहल गर्न आग्रह गरेपनि अस्वीकार गरेको खुलासा भएको छ ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले छिमेकी चीनबाट इन्धन ल्याउन अनुमति माग्दा सरकारले नदिँएको खुलासा गर्नुभएको हो । उहाँले सहज रूपमा व्यापार हुने ठाउँबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्नेमा समेत जोड दिनुभयो ।
सरकारले छिमेकी देश चीनबाट इन्धन ल्याउन अनुमति नदिँदा अहिले असहज अवस्था आएको उहाँको विश्लेषण छ । उहाँले भन्नुभयो- ‘अघोषित नाकाबन्दीलगत्तै चीनबाट इन्धन आयात गर्नुपर्ने प्रस्ताव सरकारले मानेन । भारतको मात्रै भर पर्दा आपूर्ति असहज हुने भएकाले चीनबाट ल्याउन पटकपटक अनुमति माग्दा पनि सरकारले दिएन ।’
निगमले दशकौंदेखि भारतीय आयल कर्पोरेसनसँग कारोबार गर्दै आएपनि बारम्बार असहज अवस्था सिर्जना हुँदै आएको प्रबन्ध निर्देशक खड्काको गुनासो थियो । इन्धन आयातमा तत्कालै विकल्प खोज्नुपर्ने अन्यथा झन भयाभव अवस्था सिर्जना हुने उहाँको भनाई थियो ।
dainiknepal.com
मुगु, १७ असोज । मुगुमा एक पुरुषले काका र श्रीमतीको हत्या गरेका छन् ।
आफ्नी श्रीमतीले काकासँग शारीरिक सम्बन्ध राखेको थाहा पाएपछि मुगुको कार्कीबाडा गाविसस्थित ताल्चा गाउँमा शनिबार राति कार्कीबाडा–४ निवासी २० वर्षीय धर्मराज बिकले पत्नी र काकाको हत्या गरेको प्रहरीले जनाएको छ ।
विकले २० वर्षीय पत्नी पुतली र सोही गाविसका नातामा काका पर्ने २७ वर्षीय गजेन्द्र विकको हत्या गरेको मुगुका प्रहरी प्रमुख डीएसपी सोम थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘गजेन्द्रले आफ्नो पत्नीसंग शारिरीक सम्बन्ध राखेको थाहा पाएपछि धर्मराजले रिसको आवेगमा दुबै जनाको हत्या गरेको बयान दिएका छन, घटनाको थप अनुसन्धान हुँदैछ ।’
काका र श्रीमतीको हत्या गरेलगत्तै धर्मराज दुई बच्चा बोकेर ताल्चा एयरपोटको सुरक्षा पोष्टमा आत्मसमपर्ण गर्न गएका थिए ।