• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं । नयाँ संविधान अनुसार संसद अधिवेशन सुरु भएको एक सातामा नयाँ प्रधानमन्त्री चयन हुनुपर्छ । दलहरुबीच यसअघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको खबरहरु आएका थिए ।
तर दलहरुबीच भद्र सहमति भएको भनिएपनि सत्तारुढ नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले आफू फेरि प्रधानमन्त्री बन्ने चाहाना व्यक्त गरिसकेका छन् । यस अवस्थामा यसअघिको भद्र सहमति घाममा सुकाउने षढ्यन्त्रको तानाबान बुनिइसकेको खुट्याउन गाह्रो नपर्ला ।
सत्ताको नेतृत्व गरेपनि भारतले अहिले नेपालमाथि थोपरिरहेको नाकाबन्दीबारे एक शब्द पनि उच्चारण गरेको छैन । यसले शंका उब्जाइरहेको छ की कतैबाट ‘लड्डु’ को आश्वासन आइरहेको छैन ?
तीन दलबीच भएको सहमति भत्काउन र आफू अनुकुलको राष्ट्रपति र प्रधानमन्त्री बनाउँन भारत सुक्ष्म रुपमा लागि परेको स्रोत बताउँछ । यस्तो अवस्थामा भारतले आगामी प्रधानमन्त्रीमा वर्तमान प्रधानमन्त्री कोइराला र राष्ट्रपतिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अघि सारेको उच्च स्रोतले जनाएको छ ।
कोइरालाको विकल्पमा काँग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवालाई अघि सारिरहेको छ । यदी अहिले यो समिकरण मिलाउन सकेमा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीमै सीमित हुनेछन् भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भूमिकाविहीन बन्नेछन् ।
यतिमात्रै होइन भारतको चाहाना अनुसार नेपालमा अस्थिरता मच्चाइरहन पनि कोइराला उपयुक्त पात्र भएको भारतको बुझाइछ । किनकी कोइरालाको पछिल्लो १८ महिने कार्यकाल विवादित नभएपनि कहिल्यै देश गतिशील बन्न सकेन ।
भारतको अहिलेको रणनीति तीन दलको सहमति भत्काएर ओलीलाई प्रधानमन्त्री बन्नुबाट रोक्नुमात्रै होइन एमाओवादीलाई अझै कमजोर बनाउनु पनि हुनेछ ।
किनकी एमाओवादीबाट वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बाहिरिइसकेको अवस्थामा प्रचण्डलाई राष्ट्रपति बनाएर भूमिकाविहीन अवस्थामा पुर्‍याउन सकियो भने एमाओवादी तत्काल नेपाली राजनीतिमा हावी हुनेछैन ।
यस्तै अहिले नेतृत्व नपाए एमाले सरकारमा जाने अवस्था रहने छैन त्यसो हुन सकेमा ओली प्रतिपक्षी दलको नेतामा सीमित हुनेछन् । नेपालमा संविधान निर्माणका लागि निर्णायक भूमिका निर्वाह गरेका प्रचण्ड र ओलीलाई फुटाउने र कमजोर बनाउने अनी भारतको दबदबा कायम राख्ने उनको पहिलो उद्देश्य हो ।
यदी अहिले तीन दललाई फुटाउन सकेमा भारत सत्ता राजनीतिमा खेल्नमात्रै पाउनेछैन भर्खरै जारी भएको संविधानको कार्यन्वयन पनि कमजोर हुनेछ । संविधान कार्यन्वयनका लागि तीन दलीय एकता आवश्यक रहेको तथ्यलाई नजरअन्दाज गरेर कुनै दलले पद लोलुपताको प्रदर्शन गरेमा देशका लागि घातक बन्ने निश्चित छ ।
www.nepalsandesh.com
इनरुवा : सुनसरीको सीमाना जोडिएको बिहारका भारतीयले तराई–मधेसमा जारी आन्दोलनमा सहभागी नभए घरैमा आएर आक्रमण गर्ने धम्की दिन थालेका छन् ।

विहार राज्यको अररिया जिल्लाका भारतीय नागरिकहरु सुनसरीको दक्षिणी क्षेत्रका गाउँमा छिरेर नेपाली नागरिकलाई धम्क्याउन थालेका हुन् ।

सुनसरीका दक्षिणी क्षेत्रका ग्रामीण बस्तीमा छिरेर भारतीयहरुले मधेस आन्दोलनमा सहभागी हुनउर्दी जारी गरेपछि सर्वसाधारण त्रसित भएको स्थानीय बासिन्दाले बताएका छन् ।

मोर्चाका कार्यकर्ताहरुले आन्दोलनमा उपस्थित नहुनेहरुका घरमा आक्राणण गर्ने र बालीनाली मासिदिने धम्की दिन थालेपछि सर्वसाधारण थप आतंकित भएको सुनसरीको राजगञ्ज सिनवरी गाविस निवासी एमाले नेता महेश्वर यादवले जानकारी दिए ।

मोर्चाकाका कार्यकर्ताहरुले आन्दोलनमा समर्थन नगर्ने र संविधानको सवागत गर्नेहरुका बालीनाली तथा रुख काटिदिन थालेपछि राजगन्ज सिनवारीका सर्वसाधारण आतंकित भएका छन् ।

संविधान बनेपछि घरमा दीपावली गरी खुसियाली मनाएको रिसमा सुनसरीको राजगन्ज सिनुवारी गाविसका एमाले नेता महेश्वरप्रसाद यादवको जग्गाका दुई सय रुख मधेसी मोर्चाका कार्यकर्ताले काटिदिएपछि यस क्षेत्रका बासिन्दा आतंकित भएका छन् । nnapurnapost.com
लुम्बिनी (रुपन्देही), १८ असोज । नेपाल–भारत सिमाना बेलहिया नाकामा तनाव सिर्जना भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि तनाव उत्पन्न भएको हो । अहिले बेलहिया नाकाको अवस्था तनावग्रस्त छ ।
आन्दोलनकारीले गुलेलीमा गुच्चा राखेर प्रहरीतर्फ प्रहार गर्दा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीसहित करिब दशजना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर पत्रकार शारदा मल्ल घाइते भएकी छिन् ।
मधेसी मोर्चाका कार्यकर्ता नाराबाजी गर्दै भारततर्फ लागेका छन् भने दुई–तीनजना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले भारतीय भूमिबाट ढुङ्गा प्रहार गरिरहेका छन् । केही दिनयता अवरोध हटेको बेलहिया नाकामा आइतबारदेखि मोर्चाले फेरि अवरोध सिर्जना गरेको छ । रासस
dainiknepal.com
– दशरथ घिमिरे
देउखुरी, १८ असोज । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजमार्ग केन्द्रित बन्द हड्ताल आन्दोलन फिर्ता लिएको छ ।
बन्द, हड्ताल नगरी अबदेखि कोणसभा, आमसभा, अन्तरक्रिया, छलफल लगायत जनजागरण अभियान सञ्चालन गर्ने समेत जनाएको छ ।  आज वेलुकी ५ बजेदेखि स्थानीय यातायात, बजार, सरकारी तथा गैर सरकारी कार्यालय सहित सबै खुला गरिएको संयुक्त संघर्ष समितिका प्रवक्ता प्रकाश कुमार चौधरीले विज्ञप्ती निकालेर जानकारी दिनुभएको हो ।
एक साता देखी थरुहटले सरकारले आफूहरुको माग नसुनेको भन्दै राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएको थियो । विज्ञप्तीमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै बन्द, हड्ताल नगरी कोणसभा, आमसभा, अन्तरक्रिया, छलफल लगायत जनजागरण अभियान जारी राख्ने उल्लेख गरिएको छ ।
साथै हाल सम्म जारी आन्दोलनका क्रममा भएका असहजताप्रति क्षमा याचना गर्दै सहयोग गर्नेहरु प्रति धन्यवाद ज्ञापन गरिएको छ ।
गत साउन २७ गते देखी थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आम हड्ताल गर्दै आएको थियो ।
थारुहरुको बाहुल क्षेत्रलाई समेटेर अलग प्रदेश लगायत जातीय जनसंख्याको आधारमा हरेक निकायमा पूर्ण समानुपातिक समावेशीको सुनिश्चितताको माग गर्दै आएको छ ।

काठमाडौँ, १८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ ।

घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । कात्तिक १ गते आइतबार पचली भैरबको यात्रा परेको छ । कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताउनुभयो ।

कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । “त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ,” अध्यक्ष गौतमले भन्नुभयो ।


फाइल तस्वीर

कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले स्पष्ट पार्नुभएको छ । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने पनि उहाँले जानकारी दिनुभयो ।

विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ ।

दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ । त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ । पूर्णिमा व्रत भने कात्तिक १० गते मङ्गलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ ।

यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो । नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो ।

चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ ।

दसैँका लागि समितिले निकालेको साइत विभिन्न व्यक्ति र संस्थाले आफूले निकाले झैँ गरी सञ्चारमाध्यममा प्रवाह गर्ने गरेकाले सरकारको आधिकारिक निकायका रुपमा रहेको समितिका माध्यमबाट भनिने साइतको मात्र जिम्मेवारी लिइने अध्यक्ष गौतमले सबैमा जानकारी गराउनुभएको छ । रासस

काठमाण्डु, १८ असोज भर्खरै दोलखामा भूकम्पको ठूलो पराकम्पन महसुस गरिएको छ । बैशाख १२ र २९ गतेयता सयौं पराकम्पन खेपेका दोलखालीले यो पटकको झड्का ठूलै महसुस गरेका थिए ।
पराकम्पनले घर र गाडीहरु हल्लाएको थियो । पराकम्पनको झड्कापछि सर्वसाधारण घर छाडेर आत्तिदै बाहिर निस्केका थिए । athmandutoday.com
काठमाडौँ  –प्रधानमन्त्री तथा काग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टीको केन्द्रीय कार्य समितिको वैठक बसेर भावी सरकारवारे ठोस धारणा बाहिर ल्याउने बताएका छन् । आज बिहान बसेको तीन दलको   वैठकमा प्रधानमन्त्री कोइरालाले यस्तो धारणा राखेका हुन् ।
सहमतियको सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गरेको तेस्रो दिन प्रधानमन्त्री कोइरालाले सर्बदलीय छलफल गर्नुअघि तीन दलको बैठकमा बोलाएका थिए ।

१६ बुँदे सहमति हुँदा भएको भद्र सहमति अनुसार काग्रेस अगाडि बढछ कि बढदैन भन्ने एमाले र एमाअ‍ोवादीको चासो रहदा प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो ।

वैठकमा प्रधानमन्त्री कोइरालाले संविधान कार्यन्वयनका लागि प्रमुख दलहरुको सरकार गठन उपयुक्त हुने धारणा राख्दै यसविषयमा आफ्नो पार्टीले आन्तरिक छलफल गरेर ठोस धारणा बाहिर ल्याउने बताएको वैठकमा सहभागी एक नेताले बताए ।
वैठकमा एकीकृत माअ‍ोवादीका अध्यक्ष प्रचण्डले संविधान जारी गर्ने बेलाजस्तै कार्यन्वयनका लागि पनि दलहरुवीचको सहकार्य टुटन नहुने धारणा राखेका थिए ।

www.ratopati.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home