हेल्लो शुभ बिहानी आज वि.सं. २०७२ साल असोज २७ गते। बुधबार। इश्वी सन् २०१५ अक्टोबर १४ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– प्रतिपदा, ६:२४ बजेउप्रान्त द्वितीया । हेर्नुहोस आजको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesव्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइने सम्भावना छ। मनग्य धनलाभ हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusद्वेष वा ईष्र्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसमयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै बन्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoनयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। मान–सम्मान पनि बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसमयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornप्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। सामाजिक उत्तरदायित्व बढ्न सक्छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, स्वास्थ्य कमजोर रहनेछ भने सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगीहरूले साथ दिए पनि काम अधुरै रहने सम्भावना छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काम सुरु गर्न समय पर्खंनुहोला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सजग रहनुहोला।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

काठमाडौं, २६ असोज । राजधानीको सबैभन्दा सुरक्षित मानिएको बालुवाटारमा प्रहरीमाथि आक्रमण भएको छ ।
आक्रमण गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ बालुवाटारमा महानगरीय प्रहरी बृत्त कमलपोखरीको गस्ती प्रहरी टोलीलाई मादक पदार्थ सेवन गरी केही युवाहरुले गालीगलौज तथा ढुङ्गामुढा प्रहार गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रहरीमाथि आक्रमण गर्ने काठमाडौं चक्रपथ बस्ने कास्कीका २८ वर्षीय साहिल श्रेष्ठसमेत ६ जनालाई ५ वटा मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com

काठमाडौ : प्रधानमन्त्रीको निर्वाचनपछि राष्ट्रपति चयनको प्रक्रियातर्फ मुख्य दलहरुको ध्यान केन्द्रित भएको छ।
कांग्रेस, एमाले र एमाओवादीबीचको सहमति तोडिएकोले अब राष्ट्रपति पदमा कांग्रेसले दाबी गर्न नपाउने विश्लेषण गर्दै एमाले र एमाओवादी नयाँ ढंगले सत्ता साझेदारीको रणनीतिमा जुटेका छन् । संविधान जारी भएपछि संसद् अधिवेशन बसेको एक महिनाभित्र राष्ट्रपति,उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने प्रावधान छ।
कांग्रेसले पनि राष्ट्रपतिको दाबी छोडेको छैन। कांग्रेसका दोस्रो तहका नेताहरुले प्रधानमन्त्री चयनमा केही कमजोरी भए पनि पनि राष्ट्रपति आफनो दललाई दिएर सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्ने र तीन दलको एकतालाई टुट्न दिन नहुने भन्दै लबिङ गरिरहेका छन् । यसबारेमा कांग्रेसका केही नेताहरुले प्रचण्डसँग भेटेर एक चरण छलफल गरिसकेका छन् ।
संसद्को प्रमुख दल कांग्रेसलाई राष्ट्रपति पद दिएर तीन दलीय एकतालाई पुनः बलियो बनाउने पर्ने पहल एमाले र एमाओवादीका एकथरी नेताबाट पहल भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएपछि प्रमुख तीन दलको ध्यान राष्ट्रपति पदमा केन्द्रित भएको छ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उपाध्यक्ष बिद्या भण्डारीलाई राष्ट्रपति उम्मेवारका रुपमा प्रस्ताव गरेका छन । दाहालसँग आफनै कार्यालय सिंहदरवारमा मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेका हुन । भण्डारी स्वर्गी मदन भण्डारीकी धर्मपत्नी हुन् र हाल उनी पार्टीको उपाध्यक्ष छिन्।
एमालेले राष्ट्रपति आफूले राख्ने,सभामुख एमाओवादीलाई दिने,उपराष्ट्रपति एमाओवादीलाई दिनेबारेमा छलफल थालेको छ । तर एमाओवादीका अध्यक्ष प्रचण्ड राष्ट्रपति पद पनि एमालेलाई सुम्पने विषयमा अझै सकारात्मक छैनन् । बुधबार दुई पार्टीका वरिष्ठ नेताहरु बसेर सत्ता साझेदार दलहरु वीच राष्ट्रपति,उपराष्ट्रपति,सभामुख,उपसभामुख र मन्त्रालयको बाँटफाँटलाई एकै साथ टुंग्याउने समझदारी भएको छ।
‘प्रधानमन्त्री एमालेको नेता भएपछि स्वभाविक रुपमा राष्ट्रपतिमा एमाओवादीको दावी हुन्छ। ,प्रधानमन्त्री निर्वाचनपछि तीन दलकै ध्यान अव राष्ट्रपतिमा केन्द्रित हुन थालेको छ’ कृषि मन्त्री समेत रहेका एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले अन्नपूर्णसँग भने ।
काँग्रेस,एमाले र एमाओवादी वीच १६ बुँदे सहमति हुँदा काँग्रेस सभापति सुशील कोइराला नेतृत्वमा संविधानसभाबाट संविधान जारी गर्ने,संविधान घोषणा भए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने,नयाँ राष्ट्रपति काँग्रेसलाई दिने र सभामुख एमाओवादीले दिने भद्र सहमति भएको थियो ।
annapurnapost.com

दसैं-तिहारमा पनि आन्दोलन जारी राख्ने
काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसैं-तिहारमा पनि आन्दोलन जारी राख्ने भएको छ । मोर्चाको सदस्य घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको आपत्तिपछि कात्तिक ३ गतेदेखि ९ गतेसम्म बन्द फिर्ता लिने निर्णयबाट मोर्चा पछि हटेको हो ।
मोर्चाले सोमबार पत्रकार सम्मेलन गरेर आफ्ना मागहरुको सम्बोधन नभएसम्म दसैं-तिहारमा पनि आन्दोलन जारी राख्ने जानकारी गराएको हो । मोर्चाले आफ्ना राजनीतिक मुद्दाहरू नछोडेको जनाउँदै 'प्रतिगामी संविधान' पनि स्वीकार नगरिएको मंगलबार पत्रकार सम्मेलन गरेर जनाएको हो ।
‘हामीले आफ्ना राजनीतिक मुद्दाहरू छोडेका छैनौँ र प्रतिगामी संविधान स्वीकार गरेका पनि छैनौँ,' मोर्चाले भनेको छ, 'त्यसैले, यस प्रतिगामी संविधानको विरोधमा हामीले उठाएका मुद्दाहरूप्रति हाम्रो प्रतिवद्धता यथावतै छ ।’
मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा भोट हालेर मधेसी मोर्चाले संविधान स्वीकार गरेको हल्लाको पनि खण्डन गरेको हो । ‘मधेसी, थारु, आदिवासी जनजाति, शिल्पी-दलित, मुस्लिम, महिला, पिछडा वर्ग र सीमान्तकृत समुदाय लगायत सम्पूर्ण उत्पीडित वर्ग तथा समुदायहरूको हक अधिकारलाई संवैधानिक रूपले सम्बोधन नगरेसम्म हाम्रो आन्दोलन निरन्तर जारी रहने छ', उसले भनेको छ ।
दसैं-तिहारमा बन्द फिर्ता लिने निर्णयसहितको विज्ञप्ती पत्रकारहरुलार्इ सुनाउन तयार मोर्चाका नेतालार्इ महतोले फोन गरेर कुनै हालतमा बन्द फिर्ता नलिन चर्को दबाब दिएपछि मोर्चाले चाडपर्वमा पनि सीमानामा नाकाबन्दी जारी राख्ने भएको हो ।
बन्द फिर्ता गर्ने निर्णयसहितको विज्ञप्ती मोर्चाका नेताहरुले फोन गरेर सुनाएपछि महतोले त्यसमा कडा आपत्ति जनाउँदै बन्दका कार्यक्रम यथावतै राख्नुपर्ने अडान लिएका थिए ।
सोमबारको बैठक बहिष्कार गरेको सद्भावनाका तर्फबाट आजको बैठकमा लक्ष्मणलाल कर्ण सहभागी थिए । बन्द फिर्ता लिने कुरामा कर्णले पनि सहमति जनाएका थिए । तर राजेन्द्र महतो पड्किएपछि मोर्चाले दसैं-तिहारमा पनि आन्दोलन गरिरहने अप्रिय निर्णय लिएको हो ।
महतोले आपत्ति जनाएपछि अन्तिम समयमा बन्द फिर्ता लिने निर्णय हटाउँदै मोर्चाले अर्को विज्ञप्ती बनाएको थियो । जसमा राज्यले संकिर्ण राष्ट्रवादको कुरा गरिरहेको आरोप लगाउँदै छिमेकीहरुसँगको सम्बन्ध विगार्न पनि राज्य लागिरहेको उल्लेख गरिएको छ ।
‘देशभित्र जातीय विद्वेष फैलाउनु, छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई कमजोर पार्नु र आफ्नै देशका फरक अनुहार र नश्लका नागरिकहरूले गरेको आन्दोलनलाई दमन गरेर राष्ट्रवादको कुरा गर्नु सङ्किर्ण अन्ध राष्ट्रवाद हो', उसले भनेको छ, 'नेपाली जनताले पञ्चायत कालको जस्तो एकल जातीय राष्ट्रवाद होइन, सबै जातिको पहिचान सहितको वहुलतायुक्त राष्ट्रवाद चाहेका छन् ।’

पाकिस्तान : पाकिस्तानमा चार दाजुभाइसहित नौजना अपराधीलाई फाँसी दिइएको एक पाकिस्तानी कारागारका अधिकारीले बताएका छन् ।
मङ्गलबार सुनाइएको मृत्युदण्डको सजाय पाकिस्तानमा मृत्युदण्डको फैसला कार्यान्वयनमा लगाइएको रोक गतवर्ष तालिवान समूहबाट एक स्कुलमा आक्रमण गरी १५० मानिसको ज्यान लिएपछि उक्त घटनाका अभियुक्त उपर सुनाइएको मृत्युदण्डको फैसलापछिको २५५ औँ श्रृङ्खला हो ।
उक्त स्कुलमा भएको घटनाबाट ठूलो सङ्ख्यामा स्कुले बालबालिकाको हताहती भएको थियो ।
पाकिस्तानले मृत्युदण्डको सजायलाई वर्षौंलामो तालिवानी विद्रोहीका हिंसात्मक आक्रमणका अभियोगविरुद्ध पुनःस्थापित कानुनी सजाय भएको बताएको छ । तर यहाँका मानवअधिकारवादी समूहले भने धेरैजसो फाँसीका सजाय अपराधमा संलग्नमाथि गरिएको जनाएका छन् ।
काराबास अधिकारी खुराम इजाजले फाँसी सुनाइएका चारभाइसहित नौजना विभिन्न हत्या अभियोग लागेका अपराधी भएको जनाएका छन् ।
फाँसी दिइएका कोही पनि आतङ्कवादसम्बन्धी अभियोगी नभएको इजाजको दाबी छ ।

पटकमंगलबार, २६ असोज
विराटनगर । भारतबाट विराटनगर भन्सार कार्यालयको परिसरमा आज अपराह्नसम्ममा ८८ वटा इन्धनका गाडी भित्रिएका छन् ।
भन्सार परिसरमा भित्रिएका गाडीमा १२ वटा पेट्रोल, ६१ वटा डिजेल र १५ ग्यास बुलेट गरी ८८ वटा इन्धनका गाडी रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराए ।
भारतबाट गाडीहरु आउने क्रम जारी रहेकाले राति ९ बजेसम्म भित्रिने गाडीहरुको सङ्ख्यामा बढोत्तरी हुने कार्यालय प्रमुख बस्नेतले बताए । रासस
www.nepalsandesh.com

मंगलबार, २६ असोज
काठमाडौं । नयाँ संविधानको प्रावधानअनुसार प्रधानमन्त्री निर्वाचनमा सहभागी भएपछि मधेसी मोर्चामा तिव्र विवाद देखिइरहेका बेला आन्दोलन खुकुलो बनाउने तयारी सुरु भएको छ ।
हिन्दूहरुको महान् पर्व बडादशैं दीपावली र छठ पर्वको समयमा आन्दोलन खुकुलो बनाउने विषयमा मोर्चामा छलफल चलिरहेको र दिउँसा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।
मोर्चाको बैठकमा राजेन्द्र महतो भने सहभागी छैनन् । उनी मोर्चाको पछिल्ला निर्णयहरुप्रति असन्तुष्ट रहेको बताइएको छ ।
दशैको समयमा बजार, यातायात, वित्तीय संस्थाहरु खुला गर्ने तथा राजश्व कार्यलयहरुमा भने अवरोध गर्ने मोर्चाको तयारी रहेको बुझिएको छ ।
नयाँ संविधानको विरोधमा रहेका मधेसकेन्द्रीत दलहरुले सीमा नाकाहरुमा अवरोध गर्दै आएका छन् । तर, प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएपछि उनीहरुको विरोध र आन्दोलनको औचित्य सकिएको विश्लेषण गर्न थालिएको छ ।