वि.सं. २०७२ साल कात्तिक १ गते। आइतबार। इश्वी सन् २०१५ अक्टोबर १८ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– पञ्चमी, १०:३७ बजेउप्रान्त षष्ठी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यावसायमा खर्च बढ्नेछ। आँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले केही काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा अलि सावधान रहनुपर्ने समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रतिष्ठित काम गर्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट पनि फुर्सद मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। व्यावसायिक काममा लगानी बढाउने समय छ। खर्चको मात्रा बढे पनि देश–विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिनेछ। समयमा होस नपुग्नाले केही चुनौती भने आइलाग्न सक्छन्। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। प्रयत्न गर्दा सामान्य फाइदा भने हुनेछ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुन सक्छ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। परिस्थितिले अलि निष्क्रिय बनाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट राम्रै लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

आइतबार, १ कार्तिक
एजेन्सी । अर्जेन्टिनामा ५.९ रिक्टर स्केलको भूकम्पको गएको छ । उक्त भूकम्पका कारण एक व्यक्तिको मृतयु भएको सरकारी अधिकारीहरुले जनाएका छन्।
भूकम्पका कारण एउटा स्कुल, सयौँ घर तथा खानेपानी लगायतका संरचनाहरू भत्किएका एल गाल्पनका नगरप्रमुख हेक्टर रोमेरोले बताए । उत्तरी अर्जेन्टिनाको एल गाल्पन तथा साल्टा नजिकै केन्द्रविन्दू बनाएर आएको ५.९ रिक्टर स्केलको भूकम्पको धक्का अर्जेन्टिनाको ठूलो भूभागमा महसुस गरिएको अर्जेन्टिनी भूकम्पविज्ञले जनाएका छन् ।
देशको प्राय हिमाली क्षेत्रमा स्थानीय समयअनुसार करिब ८ः३० बजे भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।
भूकम्प पृथ्वीको बाहिरी सतहबाट पाँच किलोमिटर गहिराइबाट आएको अमेरिकी भूकम्पीय अध्ययन संस्थाले जनाएको छ ।
सबैजसो संरचनामा ठूलो क्षति भएको छ । घरहरू भत्केका छन् । घर भत्किएपछि बिजुली, पानीलगायतका अति आवश्यक सामग्रीइका स्रोतहरू बिग्रिँदा जनजीवनमा नराम्रोसँग असर परेको छ ।
www.nepalsandesh.com

काठमाडौं : हङकङबाट काठमाडौं उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको ठूलो एयरबस गम्भिर दुर्घटनाबाट जोगिएको छ।
टेक अफ तयारी भइरहेका बेला पाइलटले पाइलटले जहाजमा प्वाल परेको पत्ता लगाएपछि उडान अचानक रोकिएको थियो। पाइलटको सावधानीका कारण ठूलो दुर्घटना टरेको छ।
खाना बोक्ने गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको बताइएको छ। यदि जहाज उडेको भए आकाशमै पड्किने खतरा रहेको जानकारी पाइलट विजय लामाले दिएका छन्।
annapurnapost.com

बुधबार, २७ असोज
काठमाडौ । नाकाबन्दीका कारण ग्यास अभाव भएर चुलो बल्न छाडेपछि काठमाडौं, ताहाचलका अमृत भुजेलले २७ वर्षअघि आफूले काम गरेको परियोजना सम्भ्किए।
मोरङको बाहुनी धारानगरमा तेल अन्वेषण कम्पनीको परियोजनामा उनले २०४५ सालमा काम गरेका थिए। ’त्यो परियोजना अधुरै रह्यो, नेपालले चाहेको भए यतिका वर्षमा त देशमै निकाल्न सकिन्थ्यो,’ भुजेलले भने।
उनी अहिले पनि झापास्थित घर जाँदा बाहुनी धारानगर पुग्ने गर्छन्। ’भारतलाई आफ्नो देशमा रहेको तेल खानी सुक्छ भन्ने डर थियो। कम्पनीका इन्जिनियरलाई नै भारतले लगेर तेल पत्ता लगाएको भन्ने हामीले त्यतिबेला सुनेका थियौं,’ उनले सुनाए।
खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट दिनेशकुमार नापित भने त्यतिबेला ३ हजार ४ सय २० मिटर खन्दा पनि तेल नदेखिएपछि उक्त अन्वेषण परियोजनाको ठेकेदार नेदरल्यान्ड कम्पनी फर्किएको बताउँछन्।
अन्वेषण परियोजनाका जियोलोजिस्ट नापित नेपाल आफैंले सक्रिय नेतृत्व नलिएसम्म तेल पत्ता नलाग्ने र निकाल्न पनि नसकिने बताउँछन्। ’हालसम्मको अन्वेषण अनुभवका आधारमा मेरो अन्तरआत्माले भन्छ, नेपालमा तेल छ तर हामी आफैंले अन्वेषण गर्न र उत्खननका लागि नेतृत्व नलिए सफल हुन सकिँदैन।’ आजको नागरिकमा समाचार छ ।

काठमाडौं । तीन महिनादेखि अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा उपचारत् चमत्कारिक क्षमताका धनी बालक आदित्य दाहालको रोग अझैसम्म पत्ता लाग्न सकेको छैन । तर उनले गरेका भविष्यवाणी भने मिल्दै गएको छ ।
उनले २०७२ सालमा संविधान जारी हुन्छ भनेर भविष्यावाणी गरेका थिए । ०७२ सालमै संविधान जारी भयो । त्यस्तै नेपालको भावि प्रधानमन्त्री को ? भन्ने विषयमा उनले लेखेका थिए – केपी ओली । त्यो पनि उनको भविष्यवाणी मिल्यो ।
तर एउटै उनले भनेको भविष्यवाणी एउटै मिलेको छैन । त्यो उनले आफ्नो रोग २०७२ साउन ३१ गते आफै निको हुने भविष्या वाणी गरेका थिए त्यो भने मिलेको छैन ।
नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास तथा विभिन्न संघ–संस्थाहरुको सहयोगमा गत श्रावण ११ गतेदेखि आदित्यको क्यालिफोर्नियास्थित स्टान्डफोर्ड अस्पतालमा उपचार भइरहेको छ ।
शारीरिक दुर्वलतालाई लिएर अनुसन्धान गरिरहेका चिकित्सकहरुले आदित्यमा ‘एनबीआइ ए डिसअर्डर’ भएको अनुमान गरेका थिए । तर, तीन महिनाको अनुसन्धानले उक्त रोगका कुनै पनि लक्षणहरु पुष्टि हुन नसकेको चिकित्सकहरुले बताएका छन् ।
उनको रोग विश्वमा पत्ता लागेका १३ प्रकार एनबीआइए डिसअर्डरसम्बन्धी रोगहरुमासमेत नपरेपछि चिकित्सकहरु गम्भीर वैज्ञानिक अनुसन्धानका रुपमा लागेको आदित्य प्रतिष्ठानले जनाएको छ ।
अस्पतालले थप परीक्षण तथा अनुसन्धान सुरु गरेको र नयाँ अनुसन्धानको रिपोर्ट आउन अझै तीन महिना बताएको जनाइएको छ ।
यसैबीच, अमेरिकामै रहेर पनि आदित्यले स्वदेशको सम्बन्धमा धारणा व्यक्त गर्नेक्रम पनि जारी रहेको छ । पछिल्लोपटक उनले ‘सत्ता र शक्तिको लागि आफ्नो इमान, स्वाभिमान र आत्मसम्मानको मोल आफैं नराखौं, आत्मसम्मान पाउन आत्मनिर्भर बन्ने प्रयास गरे एकदिन अवश्य सफलता मिल्नेछ’ भनेका छन् ।

केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ ग्रहण गरेको दिन देखि नै नयाँ मन्त्रिमण्डल गठनमा विवाद र तानातान देखिएकोले ओलीलाई पहिलो गाँस मै ढुंगा लाग्न थालेको छ ।
एकातिर नयाँ गठबन्धनमा रहेका दलहरु एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र अन्य साना दलहरुबीच मन्त्री मण्डलका पदहरु बाँडफाँड नमिल्नु र समझदारी भएका पदीय बाँडफाँडमा समेत पनि सम्वन्धित दल भित्र तीब्र विवाद र तानातानको स्थिति पैदा भएको कारणले गर्दा अर्थ र गृह जस्ता अति महत्वपूर्ण पदमा समेत पनि मन्त्री नियुक्त हुन नसक्नुले ओली सरकारको भावी दिनहरु कठिन हुने आँकलन गर्न थालिएको छ ।
अर्थ मन्त्रालय एमालेको भागमा पर्ने समझदारी गठबन्धनका दलहरुबीच भएतापनि एमाले भित्रै उत्पन्न विवादले गर्दा अर्थमन्त्रीका रुपमा टुंगो लागिसकेको भनिएका विष्णु पौडेलको पनि सपथ भएन । संचारमाध्यममा उनको नाम व्यापक प्रचारमा आएतापनि अर्थमन्त्री पद खाली नै रहन गयो ।
एमालेमा अरु मन्त्रीहरुबारे पनि विवाद चर्कन थालेको समाचार श्रोतहरु वताउँछन् । त्यसैले सपथ नलिएसम्म कुनै पनि व्यक्ति मन्त्री वनिहाल्छ भन्ने पक्का नहुने भन्ने तथ्य यसपटकको मन्त्रिमण्डल गठनले पुनः प्रष्ट पारेको देखिन्छ ।
त्यसैगरी एमाओवादीको भागमा परेको गृह मन्त्रीको पदमा पनि पार्टी भित्रै विवाद उत्पन्न भएकोले गृहमन्त्रीमा कसैलाई तत्काल नपठाइएको वताइन्छ । कृष्णबहादुर महरा सभामुख हुने भएमा टोपवहादुर रायमाझी आफूले उपप्रधानमन्त्री र गृहमन्त्री पाउनु पर्ने दावी गरेको वताइन्छ । तर उनी विगतमा बाबुराम पक्षधर भएकोले उपप्रधानमन्त्री दिएपनि गृहमन्त्रीमा शक्ति बस्नेतलाई प्रचण्डले पठाउन सक्ने सम्भावना पनि कायम रहेको समाचार श्रोतहरुको भनाइ छ ।
मुख्य कुरा नमिलेको राष्ट्रपति पनि हो भन्ने एकथरी समाचार पनि आइरहेको छ । प्रचण्ड नै राष्ट्रपतिमा जाने वा नजाने भन्ने अन्तिम टुंगो नलागेसम्म अरु पदहरुको गठबन्धनमा बाँडफाँड नमिल्ने बताइन्छ । राष्ट्रपतिमा प्रचण्ड जाने भएमा एमालेले सभामुख लिने हुन्छ । यदि प्रचण्ड राष्ट्रपतिमा नजाने अन्तिम टुंगो दिएमा सभामुख एमाओवादीले लिएर राष्ट्रपतिमा एमालेले सुवास नेम्वाङ, विद्या भण्डारी वा झलनाथ खनाल मध्ये एक जनालाई पठाउन सक्ने बताइन्छ ।
जे भएतापनि ओली सरकारको पहिलो दिनबाट नै पार्टीहरुबीच तथा पार्टीहरु भित्रै पनि कुर्सीमा जानको लागि विवाद जसरी सुरु भएको छ । यसले आगामी दिनहरु राम्रो नहुने संकेत गरेको राजनैतिक विश्लेषकहरु बताउँछन् । आगामी दिनमा दलहरुबीच तथा दलहरु भित्र यसैको बहानामा समेत पनि टुटफुट आउन सक्ने, भारत र कांग्रेशले गठवन्धन फुटाउन तथा दलहरु फुटाउन गर्ने प्रयासको शिकार हुन सक्ने र आकस्मिक रुपमा सरकार अल्पायु मै ढल्न सक्ने सम्भावना बढ्ने पनि आँकलन हुन थालिसकेका छन् ।

आश्विन २७, २०७२- संविधान घोषणाका बेला अधिक उत्साहित कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला यतिखेर निकै खिन्न छन् । दलीय नेताहरुबीचको ‘भद्र समझदारी’ विपरीत अन्तिममा जसरी सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बन्न पुगे, त्यसबाट सिटौला अधिक असन्तुष्ट छन् । सँगै तीन दलबीचको कसिलो गठबन्धन पनि प्रधानमन्त्री निर्वाचनसँगै टुटेको छ । संविधान जारी भएपछि ‘एक मिनेट पनि पदमा रहन्नँ’ आफ्नै अभिव्यक्तिविरूद्ध उम्मेदवारी दिएपछि कांग्रेसमा निराशा मात्रा बढेको छ । कोइरालाले उम्मेदवारी दिनुको कारण, प्रमुख विपक्षी बन्दै गरेको कांग्रेसको भावी रणनीतिलगायतका सवालमा मंगलबार बिहान कान्तिपुरका लागि हरिबहादुर थापा र कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
संविधान निर्माणमा कसिलो बनेको प्रमुख तीन दलबीचको एकता सरकार निर्माणसँगै तोडिनुको कारण के हो ?
दोष अर्कातिर पन्छाएर आफ्नो गल्तीको ढाकछोप गर्न म चाहन्नँ । हाम्रो पार्टीको केन्द्रीय कार्यसमिति त्यसमा पनि मभन्दा माथिको नेतृत्व तहको विश्लेषण गलत भएकै कारण यस्तो भएको हो ।
सुशील कोइरालालाई आफू प्रधानमन्त्री बन्न भन्दा पनि पार्टीभित्रै अर्को शक्ति केन्द्र खडा नहोस् भनी देउवा या पौडेललाई रोक्नका निम्ति उम्मेदवारी दिनुभएको हो भन्ने टीकाटिप्पणी पनि आएका छन्, यसमा कत्तिको सत्यता छ ?
यसरी सोच्नुभएको भए ठूलो गल्ती हो । मलाई यस्तो संकेत गर्नुभएको छैन । प्रधानमन्त्री चयन गर्ने अघिल्लो दिन रातिसम्म म बालुवाटारमा थिएँ । मलाई उहाँ उठ्नुहुन्छ कि भन्ने ठूलो चिन्ता थियो । राति ९ बजे प्रधानमन्त्रीमा उठ्दिनँ भनेपछि म घर आएको थिएँ । शेरबहादुरजी र रामचन्द्रजी कसलाई बनाउने त भनेर सोधेँ । त्यसको जबाफ उहाँले दिनुभएन । भोलिपल्ट एकैचोटि ११ बजे सुशील कोइराला उठ्ने भए भन्ने थाहा पाएको हो । ककसले उहाँलाई उठाएका थिए, उनीहरूले नै किन उठाएका हुन्, जबाफ दिनुपर्छ ।
महामन्त्रीभन्दा माथिको नेतृत्वले गलत गर्यो भन्नुभएको हो ?
सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले मिलेर गरेको निर्णयलाई पार्टीभित्र सबैका निम्ति मान्य हुने पद्धति बसालेका छौं । यसपटक पनि हामीले विश्वास गरी तीन नेतालाई जिम्मेवारी दियौं । पदाधिकारीबीच पनि छलफल नभएको होइन । पदाधिकारी बैठकमा मेरो, प्रकाशमान सिंह, पूर्णबहादुर खड्काको एउटा मत थियो ।
हामी सरकार निर्माणका बखत र संविधान निर्माण हुँदा भएको ‘भद्र समझदारी’ अनुसार एमाले नेतृत्वमा नै संयुक्त सरकार बनाउनु उपयुक्त हुन्छ भन्नेमा थियौं । तीन दलको सहमतिबाट संविधान आएपछि यसको कार्यान्वयन चरण झनै जटिल छ । जटिलता सहज बनाउन पनि संविधान ल्याउने राजनीतिक दलहरूबीचको एकता अनिवार्य हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो । केन्द्रीय कार्यसमितिको बैठक र पदाधिकारीबीच मैले जसको नेतृत्वमा सरकार बनाए पनि बहुमतको बनाउनु हुन्न भन्नेमा जोड दिएको थिएँ । पार्टीमा हाम्रो विचार असफल हुन पुग्यो ।
म आफ्नै सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्दा संविधान निर्माणमा सहयोग गर्छु, सरकारमा जान्नँ भनेरै संविधान निर्माणमा लागेको थिएँ । संविधान निर्माणको विभिन्न आरोह/अवरोह र भद्र समझदारीलाई सम्झेर नै हामीले एमाले नेतृत्वमा संयुक्त सरकार बनाउनुपर्छ भन्ने मान्यता अघि बढाएका थियौं । हाम्रो मान्यतामा नेतृत्व ल्याउन सकिएन । यो हाम्रो पनि कमजोरी रह्यो ।
भद्र सहमतिचाहिँ भएकै हो नि ?
लिखित त होइन । अब यो विषय धेरै उठाउन उपयुक्त हुन्न । यो विषय इतिहासको गर्तमा पुगिसक्यो ।
तपाईंले बुझेको नेताहरूको विश्लेषण कस्तो थियो त ?
नेपाली कांग्रेसको नेतृत्वमा सहमतिकै सरकार बन्न सक्छ भन्ने विश्वास थियो । तर त्यो विश्वासमा नभएर भ्रम सीमित हुन पुग्यो । सहमतिको होइन, बहुमतको पनि सरकार बन्न सक्ने अवस्था थिएन । यो परिस्थितिबारे हामीले राम्रोसँग कुरा राखेका थियौं । पदाधिकारी बैठकमा त खुलेरै धेरै प्रस्ट पारेका थियौं । तर, सुशील दा, रामचन्द्रजी ‘कन्भिन्स’ हुन सक्नुभएन । वरिष्ठ नेता शेरबहादुरजीले संसदीय दलको नेताको निर्वाचनकै माग गर्नुभयो । महामन्त्रीले सहमति भन्ने, सभापतिले भएको छैन भनेपछि समस्या पर्यो । म ठूलो समस्यामा परेँ पनि ।
सुशील कोइरालाले अहिलेको परिस्थिति नबुझ्नुभएको हो या उहाँलाई कुनै शक्तिले बाध्य पारेको हो ?
राम्रो हुँदा आफूले गरेको हुने, नराम्रो हुँदा अरूले गर्दा भनी दोष दिन म चाहन्नँ । जे निर्णय गर्दा पनि आफ्नो स्वविवेक, पार्टी र राष्ट्र हेरेर गर्नुपर्छ । कहिलेकाहीं गल्ती हुन्छ । इतिहासमा नेताहरूले यस्तो गल्ती गरेका छन् । तर, गल्ती गरिसकेपछि पार्टी र राष्ट्रलाई अब यस्तो गल्ती हुँदैन भनेर सच्याएर अघि बढ्नु बुद्धिमानी हुन्छ ।
असफल भएपछि निर्णयकर्ताले सामान्य नैतिकता पनि प्रर्दशन गर्नुपर्ने होइन र ?
मूल्यको राजनीति गर्ने सबै राजनीतिक दल र नेतालाई नैतिकता बहुमूल्य हुनुपर्छ । नैतिकताबिनाको राजनीतिले देशलाई अघि बढाउन सकिँदैन । राजनीतिमा नैतिकता छोडेपछि राजनीति नै रहन्न ।
त्यसो भए सुशील कोइरालाले पार्टी सभापति या संसदीय दलको नेताबाट राजीनामा दिनुहुन्छ त ?
यो विषयमा बोल्दा उपयुक्त हुँदैन । हामी छलफल गर्छौं । सभापतिजीले सोच्नुपर्ने विषयमा म नबोलौं । यही विषयका आधारमा राजीनामा दिनुपर्छ जस्तो मलाई लाग्दैन । अब हाम्रो तयारी १३ औं महाधिवेशनतिर हुने छ । गाउँदेखि नै महाधिवेशन सुरु हुन्छ । यतैतिर हामी सबैको ध्यान जान्छ ।
प्रधानमन्त्रीको उम्मदेवार बन्न कोइरालालाई कहाँबाट कस्तो खालको दबाब आएको थियो ?
पार्टीभित्र हामी केन्द्रीय तहका साथीहरूमा केही मतभेद रह्यो । कुन साथीले उहाँलाई उम्मेदवार बन्न उक्साए भनी मेरो मुखबाट भन्न चाहन्नँ । जसले उक्साए पनि यसको जिम्मेवारी अन्तत: सभापतिजीले लिनुपर्छ । सुशील दाले मेरो निष्कर्ष गलत थियो भन्दै यस्तो गल्ती नदोर्याउने प्रतिबद्धता व्यक्त गर्नु माहनता हुन्छ । म आफैंलाई पनि उहाँलाई किन मनाउन सकिनँ भनी आश्चर्य लाग्छ । १२ बुँदे समझदारीदेखि संविधान घोषणासम्मको हरेक निर्णायक घडीमा नेताहरूलाई मनाउन सफल भएको थिएँ । तर, सत्ताको खेलमा मनाउन सकिनँ । यतिखेर मेरो सोच, लाइन हारेको महसुस गरिरहेको छु । मतदान गर्न जाँदा पनि यो गल्ती भयो भनेर मैले अनूभूति गरिरहेकै थिएँ । तर, पार्टीले निर्णय लिइसकेपछि त्यसको अनुशासन पालना गर्नु हरेकको दायित्व हो ।
सुशील कोइरालाले हारेपछि त तपाईंको लाइनको जित भएन र ?
त्यो त नेतृत्वले कसरी लिन्छ भन्नेमा भर पर्छ । ००७ सालको क्रान्तिदेखि संविधान जारी गर्दासम्मको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्यो । सुशील कोइरालको नेतृत्वमा संविधान जारी गर्न पाउँदा पार्टीकै लागि अत्यन्त गौरवको विषय भइरहेको थियो । तर, सत्ताको खेलमा आएपछि हामी निजी स्वार्थबाट माथि उठ्न सकेनौं ।
पहिला कांग्रेस कार्यकर्ता चुनाव हार्दा निराश हुन्थे, यसपालि उम्मेदवारी दिँदा निराश भए, के कारणले यस्तो भयो ?
चार दलका नेताबीचमा भद्र समझदारी भएपछि फास्ट ट्रयाकबाट संविधान आउँछ भनी नेताहरूले बोल्दै जानुभयो । स्वयं हाम्रा पार्टी सभापति सुशील कोइरालाले सार्वजनिक रूपमै संविधान जारी भएपछि एक सेकेन्ड पनि सरकारमा रहन्नँ भन्दै आउनुभयो । त्यसैले तमाम कार्यकर्तालाई संविधान कांग्रेसको नेतृत्वमा आउँछ र त्यसपछि उहाँ पुन: प्रधानमन्त्रीमा उठ्नुहुन्न भन्ने पर्यो ।
आम कार्यकर्तालाई पनि उहाँको पुन: उम्मेदवार अनपेक्षित र अप्रत्याशित भयो । मसमेत छक्क परें भने साथीहरूलाई पर्नु स्वाभाविक हो । अब त्यस्तो परिस्थितिमा बस्न हुन्न । यो सामान्य दुर्घटना भएको हो । सधैं खिन्न भएर बस्न पर्दैन । बिनाकांग्रेस देश अघि जान सक्दैन, यो सबैले बुझ्नुपर्छ ।
सुशील कोइरालाको व्यक्तिगत स्वार्थ हावी भएको हो कि संविधान घोषणासँगै बढेको उनको उचाइ समाप्त पार्ने कुनै शक्तिको खेल थियो ?
यसको विश्लेषण सुशीलदा’कै मुखबाट हुनु अत्यन्त उपयुक्त हुन्छ । उहाँलाई ककसले उठाए, यसमा कोको सहभागी छन् भन्नेमा म प्रवेश गरेको छैन । नीतिगत रूपमा मेरो फरक मत रहे पनि उम्मेदवारी बनाउने घेराभित्र बस्न मेरो नैतिकताले दिएन । त्रिशंकु संसद्मा पारदर्शी ढंगले बहुमत पुग्दैन भने अपारदर्शी ढंगले बहुमत पुर्याउने खेलमा लाग्न हुँदैन । यो मेरो मान्यता हो ।
संसदीय अभ्यासमा ०५२ देखि ०५५ सम्म अत्यन्त गलत अभ्यास भएको थियो । यसबाट मुलुकले ठूलो दु:ख बेहोर्नुपर्यो । लोकतान्त्रिक मूल्यमान्यतालाई ठूलो नोक्सान पुर्यायो । नेपाली कांग्रेसले बहुमत पुग्दैन भन्ने पारदर्शी तथ्य थाहा पाइसकेपछि अपारदर्शी रूपमा सामेल हुनुहुन्थेन । तथापि सभापतिलगायत उपसभापति र वरिष्ठ नेतै त्यो बाटोमा लागिसकेपछि सोच्ने परिस्थिति भएन । भोलिका दिनमा पनि पारदर्शी ढंगले सत्ताको खेल खोल्नुपर्छ भन्ने मेरो मान्यता छ ।
सुशील कोइरालालाई उठाउन दक्षिण छिमेक भारतको ठूलो भूमिका रहेको बाहिर प्रचारित भइरहेको छ । वास्तविक कुरा के हो ?
यसको उत्तर तिनैले दिनुपर्छ, जसले सुशील कोइरालालाई उठाउन पार्टीभित्रै प्रेरणा दिए । यतिबेला आएर मित्रराष्ट्रप्रति विष वमन गर्ने बेला होइन । सुशील कोइरालाकै कार्यकालमा मधेस आन्दोलन भयो । हिंसात्मक गतिविधि भयो । नाकाबन्दी भयो । जनताले ठूलो कष्ट बेहोर्नुपर्यो । तिनै प्रधानमन्त्री सुशील कोइरालालाई फेरि प्रधानमन्त्री बन्छन् भनी विश्वास गर्नु नै आश्चर्यचकित विषय हो । मैले बुझ्न नसकेको विषय यहीँनेर थियो । यो विषय मैले पार्टीमा पनि राखेको थिएँ ।
संविधानसभा बहिष्कार गरी आन्दोलनरत मधेस केन्द्रित दलहरूसमेत संसद्मा फर्केर मताधिकार प्रयोग गर्नुलाई तपाईं कसरी लिनुहुन्छ ?
यसमा नकारात्मक टिप्पणी गर्न हुन्न । संविधानसभाको अन्तिम चरणमा बहिष्कार गरेर आन्दोलनमा जानुभएको मधेसवादी दलका साथीहरू निर्वाचनमा भाग लिनु भनेको नयाँ संविधान स्विकारेको सन्देश हो । यो सकारात्मक छ । संविधानभित्र रहेका कतिपय व्यवस्था मलाई पनि चित्त बुझेको छैन । चित्त नबुझेका विषयमा भोलि संसद्को वैधानिक प्रक्रियामार्फत् समाधान हुँदै जान्छ । मधेसी दलहरूले मतदानमा भाग लिनेदेखि मन्त्रिपरिषद् बनाउने काममा सहभागी हुनुभएकोमा धन्यवाद दिनुपर्छ । अझ विजय गच्छदारजी त सरकारमै सहभागी हुनुभएको छ । उहाँलाई विशेष धन्यवाद छ ।
कांग्रेसको अबको भूमिका कस्तो रहन्छ ?
हामी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौं । संविधान कार्यान्वयन र संघीय संरचना खडा गर्ने सवालमा हामी सहयोग गर्छौं । संविधान कार्यान्वयनमा हामी अप्ठ्यारो पार्दैनौं । संघीयता नेपालको नयाँ प्रबन्ध हो । धेरै कानुनहरू बनाउनुपर्छ । प्रहरी, प्रशासनका संरचना निर्माण गर्नु छ । संघीय आयोग बनाउनुपर्ने छ । आयोगले संसद्लाई सुझाव दिनुपर्छ । सुझावका आधारमा परिमार्जन गर्ने विषय संसद्को दुई तिहाई मतले पारित गर्नुपर्छ । यी सबै विषय सहज रूपमा अघि बढाउन हाम्रो भूमिकाबेगर सरकार एक्लै अघि बढ्न सक्दैन । विगतमा भएको सहमति कार्यान्वयन गर्न नसके पनि कांग्रेस राष्ट्रको स्वार्थमा एकताबद्ध भएर अघि बढ्छ ।
स्थानीय निकायको निर्वाचन, प्रदेशको निर्वाचन, संघीय संसद्, राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु नयाँ संविधानको पहिलो चरणको कार्यान्वयन हो । पहिलो चरणको काम नहुँदासम्म सरकार जसको नेतृत्वमा बने पनि प्रतिपक्षले रचनात्मक सहयोग गर्नैपर्ने हुन्छ । हामी त्यही भूमिकामा रहन्छौं ।
यो सरकारलाई संविधान कार्यान्वयनको चरणमा काम गर्न अप्ठ्यारो छ भन्नुभएको हो ?
अप्ठ्यारो पर्छ । हामीले सहयोग गरेनौं भने त सरकार अघि बढ्न सक्दैन । संसद्मा एक तिहाईभन्दा बढी मत कांग्रेसको छ । दुई तिहाई नपुगी संविधनका वाक्य, अंश केही पनि परिवर्तन हुन सक्दैन । एमाले नेतृत्वलाई यो प्रस्ट जानकारी छ । कांग्रेसले पनि हामीसँग एक तिहाई छ भनी बाधा खडा गर्नु हुन्न । हामीले संविधान संशोधन र कार्यान्वयनका विषयमा एक भएर अघि जाने पद्धति निर्माण गर्न सक्नुपर्छ । अन्यथा राज्य कमजोर हुन्छ । दिगो शान्ति, सुशासन र विकास निर्माण अघि बढ्न सक्दैन । बलियो नेपाल निर्माण हुन सक्दैन । सजगकतासाथ कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्छ । सरकारका खराब कामको त विरोध हुन्छ नै ।
अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेसको कस्तो भूमिका रहन्छ ?
प्रधानमन्त्रीको निर्वाचनमा त्रय नेताले गल्ती गर्नुभएको छ । त्यसपछि उहाँहरूसँग बसेर यस विषयमा छलफल भएको छैन । अब हामी यस्तो गल्ती गर्दैनौं । नेतृत्व तहले पनि गल्ती महसुस गरिसकेको हुनुपर्छ । पहिला हामी पार्टीकै नेतृत्वसँगै सल्लाह र समझदारी गर्दै अन्य दलसँग छलफल गर्छौं ।
कांग्रेसले राष्ट्रपति या सभामुखको दाबी लिने र त्यसका लागि समर्थन खोज्ने प्रयास पनि गर्छ कि ?
कांग्रेस संसद्मा ठूलो राजनीतिक दल हो । राष्ट्रका सामु देखिएका समस्या समाधान गर्न सहमतिसाथ अघि बढ्नुपर्छ । नयाँ निर्वाचन प्रणालीले भोलि आउने संसद् पनि त्रिशंकु नै हुन्छ । ओलीजीको नेतृत्वमा सरकार बने पनि संविधान कार्यान्वयन गर्ने कामको अग्रसरता लिने संविधान निर्माणको अगुवाइ गरेको कांग्रेसले लिनुपर्छ ।
यसको अर्थ राष्ट्रपति कांग्रेसले पाउनुपर्छ भन्ने हो ?
कांग्रेसले औपचारिक निर्णय गरेको छैन । तर मेरो मान्यता सहमतिबाटै अघि बढ्नुपर्छ । राष्ट्रपतिको उम्मेदवार दिने, नदिने विषय अहिल्यै पार्टीमा छलफल भएको छैन । एक, दुई दिनमा एउटा निष्कर्षमा पार्टी पुग्ला ।
एमाले र एमाओवादीबीच राज्यका सबै पदको भागबन्डा भइसकेको भन्ने छ नि त ?
प्रधानमन्त्री ओलीले के गर्दा ठीक हुन्छ भन्ने विश्लेषण गरेर नै अग्रसरता लिनुहोला । लिनु पनि पर्छ । शान्ति प्रक्रिया र सरकार निर्माणका महत्त्वपूर्ण पक्षको हैसियतले एमाओवादीको पनि यसमा ठूलो जिम्मेवारी छ । पद भागबन्डा गरिसकेको विषय हामीलाई थाहा छैन । हामीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चाहिन्छ भनी पदीय आशक्ति राख्दैनौं । तर, ठूला तीन राजनीतिक दलहरू संक्रमणकालीन अवस्थामा एकसाथ भएर अघि बढ्न सकेन भने राष्ट्रले कष्ट बेहोर्नुपर्छ । जनताले कष्ट बेहोर्ने थाहा पाउँदापाउँदै सरकारमा रहेका दलहरू एक्लै अघि बढ्छन् भन्ने लाग्दैन । हामी पनि प्रतिपक्षमा बस्ने भएकाले निराश हुनुपर्ने कुनै अवस्था छैन ।
कांग्रेसलाई एक्ल्याएर गयो भने सरकार अप्ठ्यारामा पर्छ भन्ने तपाईंको धारणा हो ?
स्वाभाविक हो । त्यस्तो अवस्थामा सरकारले केही गर्न सक्दैन । यो सरकारले नेपाली कांग्रेसलाई साथमा लिएर हिंड्न सकेन भने कुनै पनि समस्याको समाधान गर्न सक्दैन । त्यसैले सरकारलाई अहिल्यैदेखि सजग हुन पनि म आग्रह गर्छु । सत्ता र सरकार केही समय चलाउनु कुनै ठूलो कुरा होइन । प्रधानमन्त्रीको कुर्सीमा बस्नु पनि ठूलो होइन । बरु थोरै समय बसेर पनि राष्ट्रिय समस्या हल गर्न ओलीजीले सक्नुभयो भने त्यसले उहाँको उचाइ बढाउँछ ।
ऐतिहासिक सफलता लिन ओलीजीले कांग्रेससँग निरन्तर संवाद, छलफल र समझदारी कायम गरेर अघि बढ्न सक्नुपर्छ । सक्नुभएन भने उहाँ आफैं असफलताको बाटोमा धकेलिनुहुन्छ । पहिलोपटक प्रधानमन्त्री बन्दा हरेक शासकलाई राष्ट्र आफ्नै मुठ्ठीमा भएजस्तो भान हुँदोरहेछ । त्यो गल्ती ओलीजीमा नहोस् । जति नम्र भएर अघि बढ्यो त्यति मुलुकले निकास पाउँछ ।
यो चुनावको प्रभाव पार्टीको आसन्न महाधिवेशनमा कतिको पर्ने देख्नुहुन्छ ?
यसको असर पर्छ । यसको मूल्यांकन साथीहरूले गर्नुहुन्छ । देशभरका साथीहरूमा यो चुनावले गर्दा मनोबल घटेको पाएको छु । मनोबल घट्नुको मूल कारण कांग्रेसको हातबाट सत्ता गुम्यो भनेर होइन । कांग्रेसले जुन निर्णय लिनुपथ्र्याे, त्यो गर्न सकेन र संविधानको कार्यान्वयन सहज ढंगले हुँदैन कि भनेर चिन्ता भएको हो । कांग्रेस सत्ताका लागि आसक्त पार्टी होइन । तल्लो तहका कार्यकर्ताले कांग्रेसले केही गरोस् भन्ने थियो । तर, अप्रत्याशित रूपमा सुशील कोइराला उठाउने जुन निर्णय भयो त्यसबाट साथीहरू आश्चर्यचकित भएका छन् ।
कार्यकर्ताहरूको मनोबल बढाउन तपार्इंहरू के गर्दै हुनुहुन्छ ?
ओलीजी प्रधानमन्त्री भएपछि यो सरकार निरन्तर रहन्छ । जेजे गरे पनि छुट हुन्छ भन्ने कांग्रेसका आम मानिसमा भ्रम छ । त्यस्तो होइन । ओलीजीले सबैलाई साथमा लिएर जान सक्नुभएन भने अहिलेको सरकार कुनै पनि बेला गिर्न सक्छ । नेपाली कांग्रेसको साथ विपरीत यो सरकार अघि बढ्नै सक्दैन । राम्रा काम गरुन्जेल साथ दिन्छ । नराम्रा काम गर्नलाई साथ दिंदैन । जुन दिन यो सरकारले गलत काम गर्छ, त्यसै दिन यो सरकार गिर्छ । नयाँ संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत प्रधानमन्त्रीले गल्ती गरेमा या बुहमत गुमाएको खण्डमा जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव ल्याउन सकिने व्यवस्था छ ।
खालि एउटै अधिवेशनमा दुईपटक अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था हो । कतिपयलाई दुई वर्षसम्म अविश्वास राख्न पाइँदैन भन्ने भ्रम छ । त्यो होइन । आम निर्वाचनपछि बनेको संसद्बाट निर्वाचित प्रधानमन्त्रीलाई मात्रै दुई वर्षपछि अविश्वासको प्रस्ताव ल्याउने व्यवस्था हो । त्यसमा पनि प्रधानमन्त्री निर्वाचित भएको दल फुटेमा या गठबन्धन दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत प्रधानमन्त्रीले अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था छ । विश्वासको मत प्राप्त भएन भने प्रधानमन्त्री पद मुक्त हुन्छ ।
देशभरका कांग्रेसका कार्यकर्ता र शुभेच्छुकले मनोबल गिराउनुपर्ने कुनै कारण छैन । सभापति उठ्ने विषयमा हतारिएर बोल्नु हुन्न । यतिबेला मेरो मूल दायित्व महाधिवेशनको वातावरण बनाउनु हो । antipur.ekantipur.com