सोमबार, २ कार्तिक
दाङ । भारतले नाकाबन्दी दगाएपछि नेपालमा यतीबेला वैकल्पीक इन्धनको बहस चलिरहेको अवस्थामा सल्लाको खोटोबाट पेट्रोल बनाएका दाङका युवाले सरकारले अवसर दिए आफुले व्यवसायीक उत्पादन थाल्ने बताएका छन् ।
उनले दुई लिटर सल्लाको खोटोबाट एक लिटर पेट्रोल बन्ने बताएका छन् । साथै उक्त इन्धनले हालको भन्दा १५ प्रतिशत बढी माइलेज दिने र मात्र ७० रुपैपाँ पर्ने बताएका छन् ।
उनले आइतबार मात्रै पत्रकार सम्मेलन गरि सल्लाको खोटोबाटै मोटरसाइकलको सफल परिक्षण गरिसकेका छन् । घोराही नगरपालिका–११ निवासी युवा वैज्ञानिक मार्सल रोकाले सल्लाको खोटोबाट इन्धन उत्पादन गरेर सवारी साधन चलाई सफल परीक्षण समेत गरेका थिए ।
जंगलमा पाइने सल्लाको खोटोलाई प्रशोधन गरी सवारी साधन चलाउने इन्धन उत्पादन र सफल परीक्षण गरिएको थियो । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा सो इन्धनले काम गर्ने रोकाले दाबी गरेका छन् ।
उनले मोटरसाइकलको पेट्रोल पाइपमा खोटोको इन्धनलाई जोडेर मोटसाइकलको सफल परिक्षण गरेका हुन् ।
बैज्ञानीक रोकाले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी खोटोको इन्धनबाट मोटरसाइकल चलाउन सकिने विधि आफूले तयार पारेको दाबी गरे । दाङका प्रहरी प्रमुख, एसपी कुबेर कडायतले उक्त खोटोको इन्धनबाट मोटरसाइकल चलाएका थिए ।
www.nepalsandesh.com

काठमाडौं । हत्या, गोली र खुकुरी प्रहारको आरोप लागेका धादिङका डन राधे उपवर्m राधाकृष्ण भण्डारीलाई प्रहरीले सोमबार धादिङबाट पक्राउ गरेको छ।
धादिङकै गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का प्रतिस्पर्धी डनका रूपमा चिनिएका राधे पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । उनलाई दिनेश अधिकारी चरीको हत्या प्रयास गरेको भन्दै परेको उजुरीको छानविनकालागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राधेले करिब दुई वर्ष अधि मात्र प्रहरीकै गाडीमा रहेको अवस्थामा चरीमाथि गोली प्रहार गर्दै फरार भएका राधेलाई जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौँ प्रहरी परिसरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको थियो । उनलाई पक्राउ लगत्तै काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सविन प्रधानले बताए ।

काठमाडौं । देशमा नयाँ संविधान जारी भई कार्यन्वयनमा समेत गईसक्दा पनि त्यस बारे कुनै प्रतिक्रिया नजनाएका पुर्वराजा ज्ञानेन्द्र शाहले अहिले भने आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
विजया दशमी २०७२ को सोमबार शुभकामना दिँदै शाहाले नयाँ संविधानमा सनातन धर्मसंस्कृतिलाई समावेश नगरिँदा देशमा अहिले विग्रह, विरोध र विवाद उत्पन्न भएको टिप्पनी गरेका छन् ।
शाहले राष्ट्रको मूल कानुनमा राष्ट्रका सबै वर्ण, वर्ग, समुदाय र भूक्षेत्र तथा अधिकतर जनताले अंगिकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृति र गतिविधिलाई नसमेटिँदा स्भावत त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गराउने बताएका हुन् ।
‘लामो समयको अनिश्चितता र कठिन संक्रमणकालिन अवस्था पछि, राष्ट्रको मूल कानुनबाट मूलूकमा शान्ति, Gyanendra-Shahप्रजातन्त्र, स्थायित्व र आर्थिक समृद्धिसँगै आपसी सद्भाव स्थापित हुनेछ भन्ने चाहना र धैर्य नेपालीहरुले राख्दै आएका हुन्’, पूर्वराजा शाहले विज्ञप्ति निकालेर भनेका छन्, ‘विधि निर्माण र व्यवस्थापनको महत्वपुर्ण घडीमा देशका जिम्मेवार सुरक्षापात्र र होनहार नागरिकको जिउ ज्यान नै जोखिममा पर्नु गम्भीर चिन्ताको विषय हो ।’
परस्पर मिलिजूली एकताका साथ रहिआएकोे नेपाली समाजमा हाल देखा परेको परिस्थिति नेपाल र नेपालीको अहित हूनेतर्फ अघि नबढोस् भन्ने कामना पनि उनले गरेका । पुर्वराजा शाहले समग्र सहभागिता, समस्त सामन्जस्य र सम्पु समावेशी समर्थन नै हाम्रो राज्य व्यवस्थाको आधार बन्नू पर्नेमा जोड दिएका छन् ।
‘हिमाल, पहाड र तराईमा देखा परेको विद्यमान द्वन्द्व, विग्रह, कचिंगल, अन्योल, असन्तोष र दैनिक जीवनमा आइपरेको क७िन अवस्था एवं अभावको स्थितिमा, मेरो चासो र चिन्ता रहनू स्वाभाविकै हो’, उनले भनेका छन्, ‘आम नागरिकले सधैं नै निर्धारित सूलभ वजार व्यवस्था तथा नियमित आवागमनको सूचारु सुविधा पाउनू पर्दछ ।’
दशैं, तिहार र छटजस्ता नेपालीहरुको विशेष चाडपर्वमा समेत बजारमा इन्धन, औषधि एवम् खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तूकै अभाव हुनुको साथै नेपाली नागरिकहरुले सहज ढंगले आवागमन गर्न समेत नपाएको पूर्वराजा शाहले चिन्ता जाहेर गरेका छन् ।
‘यसबाट न्युन आयस्रोत भएकाहरुले त झनै मार खप्नु परेको तितो तथ्य हाम्रा अघिल्तिर देखा परेको छ’, उनले भनेका छन्, ‘भूकम्पको प्राकृतिक कम्पन एवम् अन्योल र अलमलको राजनीतिक उल्झनबाट पीडित नेपाल र नेपाली जनजीवनको यो कठोर कालखण्ड अव धेरै लम्विनु हुदैंन भन्ने मेरो चाहना रहेको छ ।’
उनले नेपाली समाजको मौलिक पहिचान, गौरव र गरिमा प्रस्तूत गर्ने बडा दशैंको यो महान् धार्मिक, सांस्कृतिक एवम् सामाजिक पर्वका उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका नेपालीहरुमा शुभकामना पनि दिएका छन् ।
www.etajakhabar.com

modiकाठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले लगाएको अघोषित नाकाबन्दी तत्कान सुचारु हुन नसक्ने संकेत गराएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न उनको दिल्लीस्थित सरकारी निवास रेसकोर्समा पुगेका उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापासँगको भेटमा मोदीले केही नाका खुकुलो बनाउने आश्वासन दिए पनि कुन नाका र कहिलेबाट भन्ने विषयमा कुरै गरेनन् ।
उनले मधेसमा जारी आन्दोलनको उचित समाधान र संविधान संशोधन नभएसम्म भारतले सहज आपुर्ति नगराउने संकेत गरे ।
मोदीसँगको भेट पछि निराश बनेका थापाले प्रधानमन्त्री केपी ओलीको भ्रमण पछि मात्र सबै समस्या समाधान हुनसक्ने बताए । ओली तिहार रगत्तै भारत जाने लगभग तय भएको बताइएको छ ।

पटकसोमबार, २ कार्तिक
चन्द्रपुर । नेकपा एमालेका नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाओवादीलाई मान्ने नाममा एमालेले सबै राम्रा मन्त्रालय गुमाएको स्विकार गरेका छन् ।
उनले आफुहरु अनावश्यक रुपमा एमाओवादीसँग झुकेका कारण सबै राम्रा मन्त्रालयहरु गुमाउनुपरेको बताए ।
सोमबार चन्द्रपुर नगर कमिटीले रौतहटको चन्द्रनिगाहपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले नेता नेपालले मन्त्रालय बाँडफाँटमा पार्टीको कमजोरी रहेको समेत दाबी गरे ।
नेता नेपालले राष्ट्रपति बन्न आग्रह गरेपनि आफू राष्ट्रपति बन्न तयार नभएको र अझै सक्रिय राजनीति गर्न चाहेको बताएका थिए । उनले राष्ट्रपतिमा सम्मानीत व्यक्तित्वलाई ल्याउनु राम्रो हुने बताए ।
नेता नेपालले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दी गैर कानुनी र भुपरिवेष्टीत राष्ट्रले पाउने अधिकार विपरित भएको बताए ।
www.nepalsandesh.com
एजेन्सी । ब्रिटेनको बर्मिंघमको एक स्कुलले आफ्ना छात्रालाई सेक्स नगरेको अभियोगमा कुटपिट गरेर यानता दिँदै आएको खुलासा भएको छ । त्यहाँ मुस्लिम समुदायका छात्रालाई जो आफ्ना श्रीमानसँग सेक्स गर्दिनन् उनीहरुलाई कुटपिट गरी कडा यातना दिइएको हो । यो घटनापछि एक अनुशासन समितिले ‘ट्रोजन हायर्स’ स्कुलविरुद्ध आएको उजुरीको सुनवाई सुरु गरेको ।
अंग्रेजी पत्रिका डेलीमेलको रिपोर्टअनुसार यहाँका स्कुलहरुले छात्र र छात्राहरुलाई विहे र सेक्सका बारेमा मात्रै सिकाउने गर्छन् । स्कुलहरु विहेपछि मात्रै सेक्स गर्न सिकाइरहेका छन् । विशेषगरी मुश्लीम समुदायका महिलालाई लक्षित गरी यहाँ
विद्यालयहरुले सेक्स र विहे सम्बन्धी शिक्षामा जोड दिएका हुन् । विद्यालयका एक शिक्षक अहमद हासिमले भनेका छन्– ‘अझै पनि मुश्लीम समुदायका महिलाहरु सेक्सका कुरा गर्न लजाउँछन् र आफ्नै
श्रीमानको सेक्स प्रस्ताव समेत अस्वीर गर्छन् । त्यही कारण हामीले सेक्स विहे सम्बन्धी शिक्षालाई अनिवार्य गरेका छौं ।’ - dainiknepal

काठमाडौँ । एकीकृत नेकपा माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाहीको अनुगमन गर्न सरकार सञ्चालन समन्वय समिति गठन गरेको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
सो समितिमा महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, सचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल, कोषाध्यक्ष हरिबोल गजुरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा छन् ।
पार्टी र सरकारबीच समन्वय नहुँदा निर्णयको प्रभावकारिता नरहने र निर्णयको स्वामित्वसमेत नरहने भएकाले सो समिति गठन गरिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दियो ।
सरकारमा बसेर जनताको पक्षमा अधिकभन्दा अधिक काम होओस् भन्ने ध्येयका साथ समिति गठन गरिएको र समितिले सरकारलाई आवश्यक परामर्श तथा निर्णयमा पारदर्शीतालाई विशेष ध्यान दिइने प्रवक्ता शर्माको भनाइ छ ।
‘‘पार्टीलाई जानकारी नदिई आफूखुसी निर्णय गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि समिति गठन गरिएको हो’’, बैठकपछि प्रवक्ता शर्माले बताए ।
यस्तै बैठकले यही कात्तिक १२ गते प्रदेश नं २ को कार्यकर्ता भेला बर्दिबास र १३ गते प्रदेश नं ५ को कार्यकर्ता भेला कोहलपुरमा गर्ने निर्णयसमेत गरेको छ ।