राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौँ, १ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटा, वाणिज्य तथा आपूर्ति गणेशमान पुन, सामान्य प्रशासन रेखा शर्मा र सिँचाइ मन्त्री उमेश यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
यस्तै, बिना विभागीय मन्त्री रामजनम चौधरी र विश्वेन्द्र पासवानले पनि आजै पद तथा गोपनीयताको शपथ लिनुभयो ।
शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सभामुख ओनसरी घर्ती, कामु प्रधानान्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, प्रमुख राजनीतिक दलका शीर्ष नेता, सांसदहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
गत असोज २४ गते वर्तमान सरकार गठन भएयता सरकार विस्तार भएको यो दोस्रो पटक हो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा लिइसक्नु भएको छ ।
एमाले अध्यक्ष ओलीले नेतृत्व गर्नुभएको वर्तमान सरकारमा एमाओवादीका आठ, एमालेका तीन, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का दुई, राप्रपा नेपालका दुई, बहुजनशक्ति पार्टीको एक र राज्य मन्त्रीमा मेघराज नेपाली निषादले समेत प्रतिनिधित्व गर्नुभएको छ । रासस
dainiknepal.com

नाकाबन्दी लगाइरहेका बेला नयाँ सरकार गठन भएपछि सो सरकारका परराष्ट्रमन्त्री कमल थापालाई भारत भ्रमणमा बोलाएर आफ्ना कुरा राखेको भारतले नेपालमा भैरहेको नाकाबन्दी हटाएर आपूर्ति व्यवस्था सहज बनाउने आश्वासन दिलाएको मन्त्री थापाले बताउनुभएको छ ।
सोमबार तीन दिने भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा मन्त्री थापाले भारतीय पक्षसंग नेपालमा आपूर्ति व्यवस्था असहज हुँदा उत्पन्न समस्या र राजनीतिक गतिरोधको गाँठो फुकाउन चालिएका कदमहरुको जानकारी दिंदै आपूर्ति सहज पार्न आग्रह गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेश मन्त्री सुषमा स्वराजसंगको भेटवार्ता सकारात्मक भएको भन्दै मन्त्री थापाल स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै भारतले आपूर्ति व्यवस्था सहज बनाउने प्रतिबद्धता जनाएको बताउनुभयो ।
भारतले नाकाबन्दी नै नलागेको र नेपालमा भैरहेको आन्दोलनका कारण आपूर्तिमा समस्या उत्पन्न भैरहेको बताइरहेका बेला मन्त्री थापा समक्ष भारतीय सीमासम्म सहज रुपमा आपूर्ति गराउने विश्वास दिलाएको र सम्बन्धित नाकामा अबरोध भए अर्को नाकासम्मको पहुँचमा सघाउन विश्वास दिलाएको पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री थापाले भारतीय नेताहरुले नेपालको समस्याप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको भन्दै आफूसंगको छलफलमा आपूर्ति व्यवस्थालाई सहज बनाउन कुनै पनि अवरोध हुने छैन । उपलब्ध नाकाहरुबाट लैजान सक्नुहुन्छ भनेको जानकारी दिनुभयो ।
त्यस्तै भारतीय अधिकारीहरुले उपलब्ध नाकाहरु नजिकका डीपोहरुबाट तेल लैजान सुझाएको बताउँदै भारतले बोर्डरहरुसम्म ल्याइदिने काम गर्ने त्यहाँबाट नेपालले लैजानुपर्ने बताएको समेत जानकारी दिनुभयो ।
यसका साथै नेपालमा बनेको नयाँ संविधानमा सबैको सामित्व कायम हुन सकोस् भन्ने प्रष्ट सन्देश दिल्लीले दिएको र कसरी सबैको स्वामित्व कायम गर्ने भन्ने नेपालको आन्तरिक मामिलाको कुरा भएको बताएको पनि जानकारी दिनुभयो ।
भारतले हरेकपटक आपूर्ति सहज बनाउने भन्दै आए पनि त्यस्तो वातावरण छैन । यसपटक मन्त्रीस्तरमै भएको छलफल भएकाले केही आश गर्ने ठाउँ रहे पनि भारतको व्यवहार सामुन्ने नआउँदासम्म यसै भन्न सकिने स्थति छैन । www.nepaljapan.com

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. १० सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिमको कात्तिक २ गते समापन गर्नुभयो ।
सोही तालिम महाविद्यालयमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत तथा सहायकहरुका लागि संचालित तालिम समेत सम्पन्न भएको छ । संयुक्त रुपमा आयोजित तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक वन्तले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले त्यसअवसरमा सुरक्षा चुनौतीहरुको आंकलन गरी त्यसलाई सामना गर्न सक्ने कार्य योजनाका साथ कार्यक्षेत्रमा परिचालित भई प्रचलित कानुन, मानवअधिकार र तत्कालिन परिस्थितिलाई ध्यानमा राखेर प्राप्त जिम्मेवारीलाई प्रभावकारी एवं व्यावसायीक कार्यकुशलताका साथ पुरा गर्न निर्देशन दिनुभयो ।
उहाँले राज्यले सुम्पेको जिम्मेवारी, संगठनले अख्तियार गरेको नीति तथा उद्देश्य परिपूर्तिका लागि प्रशिक्षित एवं अनुशासित जनशक्तिले संगठनको अपेक्षाबमोजिम आपूmभित्र भएको उर्जा, जोस र दक्षतालाई अधिकतम उपयोग गरी उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा खटिदा व्यावसायीक, मर्यादित, पारदर्शी एवं जनताको सहयोगी संगठनको रुपमा स्थापित सशस्त्र प्रहरी बललाई नयाँ उचाईमा पु¥याउन आफ्नो क्षमता, योग्यता र विवेकले भ्याएसम्म स्थानीय सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्र र नागरिकको सुरक्षालाई नै प्रमुख उद्देश्य लिएका सुरक्षा निकायबीच सौहाद्र सम्बन्ध र प्रभावकारी समन्वय सधैं अपरिहार्य रहने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले आगामी दिनमा अझै प्रभावकारी कार्यसम्पादनमा लाग्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले विभागका कर्मचारीहरुको व्यावसायीक दक्षता अभिबृद्धिका लागि सशस्त्र प्रहरी बलको उल्लेखनीय सहयोग रहेको उल्लेख गर्नुभयो ।
उहाँले तालिममा सिकेको ज्ञानलाई प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा कार्यान्वयन गर्दै आइपर्ने चुनौतीहरुको सामना गरी लक्षित उद्देश्य हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुहुँदै व्यावसायीक जनशक्ति उत्पादनका लागि संगठनले तालिममा विशेष जोड दिएको बताउनुभयो ।
तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कविन्द्रमान श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गत चैत्रबाट संचालित ६३ जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागि अल्पकालिन आधारभूत तालिममा सशस्त्र प्रहरी निरीक्षक शंकरबहादुर थापा सर्वप्रथम भएका छन् भने राष्ट्रिय अनुसन्धान विभागका अधिकृत तथा सहायकहरुका लागि संचालित आठ हप्ता अवधिको उक्त तालिममा अनुसन्धान अधिकृत यज्ञराज पाण्डे उत्कृष्ट प्रशिक्षार्थी ठहरिएका छन् । सो तालिममा कूल ३२ जना प्रशिक्षार्थीहरु सहभागि रहेका थिए । www.nepaljapan.com

दाङ, २ कात्तिक । वैदेशिक रोजगारमा जाँदा ठगिएको भन्दै दाङमा एक वर्षको अवधिमा ४३ वटा उजुरी परेको छ ।
श्रम तथा रोजगार मन्त्रालय र स्विस विकास नियोगको सहकार्यमा जिल्ला विकास समिति दाङअन्तर्गत सञ्चालित वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनाको सूचना तथा परामर्श केन्द्र घोराहीमा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका उजुरी परेको हो ।
एजेन्टदेखि लिएर मेनपावर कम्पनीका कारण दाङका युवा स्वदेशदेखि विदेशसम्म ठगिने र न्यायका लागि उजुरी दिने क्रम पनि बढ्दै गएको केन्द्रका संयोजक किरण पोख्रेलले जानकारी दिनुभयो ।
उजुरीमध्ये अधिकांश एजेन्ट तथा मेनपावर कम्पनीले बढी रकम लिएको, एउटा काम भनेर अर्को काम र कम्पनीमा लगाउने गरेको, तलब कम दिएको, पैसा बुझाएर पनि पाँच छ महिनासम्म विदेश नपठाएको, ढिलासुस्ती गरेको भनी न्यायका लागि निवेदन आएको पोख्रेलले जानकारी दिनुभयो ।
यसैबीच केन्द्रले गएको आवमा दुई हजार ५४० जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिएको छ ।
सरकारी तथ्याङ्कअनुसार २०५० देखि २०७१ चैतसम्म नेपालबाट वैदेशिक रोजगारीका लागि ३८ लाख ६४ हजार ६ जना विभिन्न देशमा गएका छन् । यता दाङबाट श्रम स्वीकृति लिएर आव २०६७/६८ देखि २०७१/७२ सम्ममा ३४ हजार ७८ जना विदेश गएका छन् । रासस

सोमबार, २ कार्तिक
दाङ । भारतले नाकाबन्दी दगाएपछि नेपालमा यतीबेला वैकल्पीक इन्धनको बहस चलिरहेको अवस्थामा सल्लाको खोटोबाट पेट्रोल बनाएका दाङका युवाले सरकारले अवसर दिए आफुले व्यवसायीक उत्पादन थाल्ने बताएका छन् ।
उनले दुई लिटर सल्लाको खोटोबाट एक लिटर पेट्रोल बन्ने बताएका छन् । साथै उक्त इन्धनले हालको भन्दा १५ प्रतिशत बढी माइलेज दिने र मात्र ७० रुपैपाँ पर्ने बताएका छन् ।
उनले आइतबार मात्रै पत्रकार सम्मेलन गरि सल्लाको खोटोबाटै मोटरसाइकलको सफल परिक्षण गरिसकेका छन् । घोराही नगरपालिका–११ निवासी युवा वैज्ञानिक मार्सल रोकाले सल्लाको खोटोबाट इन्धन उत्पादन गरेर सवारी साधन चलाई सफल परीक्षण समेत गरेका थिए ।
जंगलमा पाइने सल्लाको खोटोलाई प्रशोधन गरी सवारी साधन चलाउने इन्धन उत्पादन र सफल परीक्षण गरिएको थियो । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा सो इन्धनले काम गर्ने रोकाले दाबी गरेका छन् ।
उनले मोटरसाइकलको पेट्रोल पाइपमा खोटोको इन्धनलाई जोडेर मोटसाइकलको सफल परिक्षण गरेका हुन् ।
बैज्ञानीक रोकाले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी खोटोको इन्धनबाट मोटरसाइकल चलाउन सकिने विधि आफूले तयार पारेको दाबी गरे । दाङका प्रहरी प्रमुख, एसपी कुबेर कडायतले उक्त खोटोको इन्धनबाट मोटरसाइकल चलाएका थिए ।
www.nepalsandesh.com

काठमाडौं । हत्या, गोली र खुकुरी प्रहारको आरोप लागेका धादिङका डन राधे उपवर्m राधाकृष्ण भण्डारीलाई प्रहरीले सोमबार धादिङबाट पक्राउ गरेको छ।
धादिङकै गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का प्रतिस्पर्धी डनका रूपमा चिनिएका राधे पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । उनलाई दिनेश अधिकारी चरीको हत्या प्रयास गरेको भन्दै परेको उजुरीको छानविनकालागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राधेले करिब दुई वर्ष अधि मात्र प्रहरीकै गाडीमा रहेको अवस्थामा चरीमाथि गोली प्रहार गर्दै फरार भएका राधेलाई जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौँ प्रहरी परिसरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको थियो । उनलाई पक्राउ लगत्तै काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सविन प्रधानले बताए ।

काठमाडौं । देशमा नयाँ संविधान जारी भई कार्यन्वयनमा समेत गईसक्दा पनि त्यस बारे कुनै प्रतिक्रिया नजनाएका पुर्वराजा ज्ञानेन्द्र शाहले अहिले भने आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
विजया दशमी २०७२ को सोमबार शुभकामना दिँदै शाहाले नयाँ संविधानमा सनातन धर्मसंस्कृतिलाई समावेश नगरिँदा देशमा अहिले विग्रह, विरोध र विवाद उत्पन्न भएको टिप्पनी गरेका छन् ।
शाहले राष्ट्रको मूल कानुनमा राष्ट्रका सबै वर्ण, वर्ग, समुदाय र भूक्षेत्र तथा अधिकतर जनताले अंगिकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृति र गतिविधिलाई नसमेटिँदा स्भावत त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गराउने बताएका हुन् ।
‘लामो समयको अनिश्चितता र कठिन संक्रमणकालिन अवस्था पछि, राष्ट्रको मूल कानुनबाट मूलूकमा शान्ति, Gyanendra-Shahप्रजातन्त्र, स्थायित्व र आर्थिक समृद्धिसँगै आपसी सद्भाव स्थापित हुनेछ भन्ने चाहना र धैर्य नेपालीहरुले राख्दै आएका हुन्’, पूर्वराजा शाहले विज्ञप्ति निकालेर भनेका छन्, ‘विधि निर्माण र व्यवस्थापनको महत्वपुर्ण घडीमा देशका जिम्मेवार सुरक्षापात्र र होनहार नागरिकको जिउ ज्यान नै जोखिममा पर्नु गम्भीर चिन्ताको विषय हो ।’
परस्पर मिलिजूली एकताका साथ रहिआएकोे नेपाली समाजमा हाल देखा परेको परिस्थिति नेपाल र नेपालीको अहित हूनेतर्फ अघि नबढोस् भन्ने कामना पनि उनले गरेका । पुर्वराजा शाहले समग्र सहभागिता, समस्त सामन्जस्य र सम्पु समावेशी समर्थन नै हाम्रो राज्य व्यवस्थाको आधार बन्नू पर्नेमा जोड दिएका छन् ।
‘हिमाल, पहाड र तराईमा देखा परेको विद्यमान द्वन्द्व, विग्रह, कचिंगल, अन्योल, असन्तोष र दैनिक जीवनमा आइपरेको क७िन अवस्था एवं अभावको स्थितिमा, मेरो चासो र चिन्ता रहनू स्वाभाविकै हो’, उनले भनेका छन्, ‘आम नागरिकले सधैं नै निर्धारित सूलभ वजार व्यवस्था तथा नियमित आवागमनको सूचारु सुविधा पाउनू पर्दछ ।’
दशैं, तिहार र छटजस्ता नेपालीहरुको विशेष चाडपर्वमा समेत बजारमा इन्धन, औषधि एवम् खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तूकै अभाव हुनुको साथै नेपाली नागरिकहरुले सहज ढंगले आवागमन गर्न समेत नपाएको पूर्वराजा शाहले चिन्ता जाहेर गरेका छन् ।
‘यसबाट न्युन आयस्रोत भएकाहरुले त झनै मार खप्नु परेको तितो तथ्य हाम्रा अघिल्तिर देखा परेको छ’, उनले भनेका छन्, ‘भूकम्पको प्राकृतिक कम्पन एवम् अन्योल र अलमलको राजनीतिक उल्झनबाट पीडित नेपाल र नेपाली जनजीवनको यो कठोर कालखण्ड अव धेरै लम्विनु हुदैंन भन्ने मेरो चाहना रहेको छ ।’
उनले नेपाली समाजको मौलिक पहिचान, गौरव र गरिमा प्रस्तूत गर्ने बडा दशैंको यो महान् धार्मिक, सांस्कृतिक एवम् सामाजिक पर्वका उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका नेपालीहरुमा शुभकामना पनि दिएका छन् ।
www.etajakhabar.com